नेपालको पत्रकारिताको इतिहास
नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको थियो। [१][२] सुधा सागर वि सं १९५५ साउनमा प्रकाशन भएको थियो। [३]
नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लिएको थियो।[३] गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवसम्शेरले १९५८ जेष्ठ बदी २ (२४ बैशाख १९५८) मा सुरू गरेका थिए। [४] त्यसैको आधारमा बैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रूपमा मनाइन्छ।[५]
नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो। यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए। [५]
क्रमिक विकासको रूपमा नेपालको पत्रकारिताको इतिहासलाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ।
२००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका "आवाज" प्रकाशित भएको थियो ।
- परम्परागत सञ्चार प्रणाली
- राणाकाल
- प्रजातन्त्र काल
- पञ्चायत काल
- बहुदलीय संसदीय काल
- राजाको प्रत्यक्ष शासनकाल
- गणतन्त्रकाल[६]
डिजिटल युग र डाटा पत्रकारिताको उदय
[सम्पादन गर्नुहोस्]नेपालमा वि.सं. २०७० को दशकपछि अनलाइन पत्रकारिताले परम्परागत रिपोर्टिङको दायरा नाघेर प्रविधिमैत्री स्वरूप ग्रहण गर्न थालेको छ। आधुनिक सञ्चारमाध्यमहरूले सरकारी जवाफदेहिता सुनिश्चित गर्न र जटिल तथ्याङ्कलाई सरल रूपमा प्रस्तुत गर्न 'डाटा जर्नलिज्म' (Data Journalism) र विभिन्न 'डिजिटल ट्र्याकर' हरूको प्रयोग गर्न थालेका छन्।
यसै क्रममा, नेपाली न्यूज पोर्टलहरूले नागरिकलाई सूचनाको हक (Right to Information) प्रयोग गर्न सहज बनाउने उद्देश्यले नवीन वेब एपहरू सञ्चालनमा ल्याएका छन्। उदाहरणका लागि, समाचार पोर्टल विचारधारा डटकम ले प्रधानमन्त्री बालेन शाहको १०० दिने कार्ययोजनाको प्रगति र भ्रष्टाचार विरोधी अभियानको अद्यावधिक विवरण राख्न डिजिटल ट्र्याकिङ प्रणाली सार्वजनिक गरेको छ।[७]
यस्ता डिजिटल प्रयासहरूले नेपाली पत्रकारितालाई 'वाचडग' (Watchdog) का रूपमा थप सशक्त बनाउन र सार्वजनिक सुशासनमा नागरिक निगरानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाली साहित्यिक पत्रकारिताको इतिहास"। লেখা " http://gorkhapatraonline.com/news/3791" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र अनलाइन
- ↑ "प्रविधि र पत्रकारिता"। লেখা " http://www.radiotulsipur.com.np/news-details/377/2016-12-29" উপেক্ষা করা হয়েছে (सहायता); रेडियो तुल्सीपुर
- 1 2 नेपाली साहित्यिक पत्र-पत्रिका संक्षिप्त ग्रन्थकोश, प्रेस काउन्सिल नेपाल, पृ: क।
- ↑ "पत्रकारिता दिवस र गोरखापत्र"। লেখা " http://gorkhapatraonline.com/news/24095" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र
- 1 2 "पत्रकारिताको इतिहासमा दोहोरिएको खोट"। লেখা " https://www.kantipurdaily.com/Blog/2016/05/06/20160506133749.html" উপেক্ষা করা হয়েছে (सहायता); कान्तिपुर दैनिक
- ↑ "History of Nepali Journalism"। লেখা " http://npi10month.blogspot.com/2010/02/history-of-nepali-journalism.html" উপেক্ষা করা হয়েছে (सहायता); नेपाल प्रेस इन्स्टिच्यूटको ब्लग
- ↑ "बालेन सरकारको १०० दिने लक्ष्य र भ्रष्टाचार विरोधी अभियानको डिजिटल निगरानीका लागि वेब एप सार्वजनिक", कालोपाटी, २०२६-०३-३०, अन्तिम पहुँच २०२६-०३-३१।
सम्बन्धित लेखहरू
[सम्पादन गर्नुहोस्]यो पनि पढ्नुहोस्।