नेपालको पत्रकारिताको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको थियो। [१][२] सुधा सागर वि सं १९५५ साउनमा प्रकाशन भएको थियो। [३]

नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लिएको थियो।[३] गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवसम्शेरले १९५८ जेष्ठ बदी २ (२४ बैशाख १९५८) मा सुरू गरेका थिए। [४] त्यसैको आधारमा बैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रूपमा मनाइन्छ।[५]

नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो। यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए। [५]

क्रमिक विकासको रूपमा नेपालको पत्रकारिताको इतिहासलाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ।

२००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका "आवाज" प्रकाशित भएको थियो ।

  • परम्परागत सञ्चार प्रणाली
  • राणाकाल
  • प्रजातन्त्र काल
  • पञ्चायत काल
  • बहुदलीय संसदीय काल
  • राजाको प्रत्यक्ष शासनकाल
  • गणतन्त्रकाल[६]

सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

यो पनि पढ्नुहोस्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाली साहित्यिक पत्रकारिताको इतिहास"।  লেখা " http://gorkhapatraonline.com/news/3791" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र अनलाइन
  2. "प्रविधि र पत्रकारिता"।  লেখা " http://www.radiotulsipur.com.np/news-details/377/2016-12-29" উপেক্ষা করা হয়েছে (सहायता); रेडियो तुल्सीपुर
  3. ३.० ३.१ नेपाली साहित्यिक पत्र-पत्रिका संक्षिप्त ग्रन्थकोश, प्रेस काउन्सिल नेपाल, पृ: क। 
  4. "पत्रकारिता दिवस र गोरखापत्र"।  লেখা " http://gorkhapatraonline.com/news/24095" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र
  5. ५.० ५.१ "पत्रकारिताको इतिहासमा दोहोरिएको खोट"।  লেখা " https://www.kantipurdaily.com/Blog/2016/05/06/20160506133749.html" উপেক্ষা করা হয়েছে (सहायता); कान्तिपुर दैनिक
  6. "History of Nepali Journalism"।  লেখা " http://npi10month.blogspot.com/2010/02/history-of-nepali-journalism.html" উপেক্ষা করা হয়েছে (सहायता); नेपाल प्रेस इन्स्टिच्यूटको ब्लग

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]