सामग्रीमा जानुहोस्

नेपाल कानुन पत्रिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"नेपाल कानुन पत्रिका" नेपालको सर्वोच्च अदालतका महत्त्वपूर्ण फैसला एवम् नजिरहरू छापिने आधिकारिक प्रकाशन हो। यो पत्रिका विसं २०१५ फागुनदेखि प्रकाशित हुँदै आएको छ। २०१५ साल फागुनमा छापिएको पत्रिकाको पहिलो अंकमा २०१२ सालदेखिका केही फैसला समेटिएका थिए।[१] तत्कालीन प्रधान न्यायाधीश अनिरुद्धप्रसाद सिंहसमेतको अग्रसरतामा 'अन्य देशको प्रचलनअनुरूप' तथा ‘नेपाल अधिराज्यमा नजिरको सिद्धान्त कार्यरूपमा परिणत गराउने' उद्देश्यले प्रकाशन सुरु गरिएको भनिएको थियो। पत्रिका सुरुमा ३ खण्ड भएको प्रकाशित गरिएको थियो। प्रथम खण्डमा न्याय तथा कानुनसम्बन्धी लेखहरू, द्वितीय खण्डमा नयाँ महत्त्वपूर्ण ऐन कानुनहरू तथा पुराना सनद, सवाल, सूचना तथा आदेशहरू र तृतीय खण्डमा सर्वोच्च अदालत र प्रधान न्यायालयका महत्त्वपूर्ण फैसलाहरू प्रकाशित हुने गरेका थिए।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

नेपाल कानुन पत्रिकाको आधिकारिक वेबसाइट https://supremecourt.gov.np/web/nkpold