नेपाल नेत्र-ज्योति सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल नेत्र-ज्योति सङ्घ अन्धोपन निवारणका लागि कार्यरत संस्था हो ।

स्थापना[सम्पादन गर्नुहोस्]

वि. सं. २०३५ मा डा. रामप्रसाद पोखरेलको सक्रियतामा यो सङ्घको स्थापना भएको हो ।

कानको उपचार[सम्पादन गर्नुहोस्]

सङ्घले बहिरोपन निवारण गर्ने अभियान स्वरूप कानको उपचार सेवा पनि सुरु गरेको छ । आफ्नो विधानलाई संशोधन गर्दै सङ्घले कानको उपचारमा सहयोगी हात बढाएको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घलाई स्वीकृतिसमेत प्रदान गरेको छ । सङ्घअन्तर्गतका १४ आँखा अस्पताल र विशेषज्ञ सेवा नभएका ५६ वटा आँखा उपचार केन्द्रमा बहिरोपन निवारणका लागि कानको उपचार क्रमशः सुरु गर्दै जाने लक्ष्य छ ।