नो बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नो बल क्रिकेटमा बलरले गर्ने एक प्रकारको गल्ती हो । तर कुनै बेला खेल मिलेमतो गर्दा पनि बलरहरूलाई नो बल फ्याकन लगाइन्छ । नो बल कस्तो अवस्थामा हुन्छ भन्दा जब बलरले आफूलाई दिइएको घेरा भन्दा अगाडि पूरै खुट्टा टेकेर बलिङ गर्छन्, तब नो बल हुन्छ । यस्तो अवस्थामा गरिएको बल खारेज गरिन्छ र फ्रि हिट दिइन्छ । फ्रि हिटमा रन आउट बाहेक अरू किसिमको आउट हुदैन । त्यसरी नै जब पछाडिको खुट्टा घेरा भन्दा अगाडि पूरै खुट्टा टेकेर बलिङ गर्छन् त्यो बेला पनि नो बल हुन्छ । तर यो नो बलमा फ्रि हिट मिल्दैन, तर गरिएको बल भने पुनः गर्न लगाइन्छ । जब बलरले ब्याट्सम्यानको कम्मर भन्दा माथि बल फालेर बलिङ गर्छन्, त्यो बेला पनि नो बल हुन्छ । यसमा भने फ्रि हिट पाइन्छ । यदि नो बल भएको बलमा ब्याट्सम्यान आउट भएमा त्यो निर्णय फिर्ता लिेइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]