परित्राण
परित्राण शब्द पर तथा त्राण शब्दहरु मिलेर बनेको शब्द हो । यो विशेषःत भगवान बुद्धले बताउनु भएको आरक्षण गर्ने सूत्रहरुको सँगालो हो । परित्राणको अर्थ पाली तथा सँस्कृत भाषामा कुनिमित्तहरुलाई हटाउने अथवा त्राण गर्ने साधनको रुपमा पनि लिन सकिन्छ । यस परित्राणको किताव यहाँ https://dhamma.digital/sae_books/parittran-bhichu-buddhaghos-mahasthavir/ हेर्न सकिन्छ ।
यो परित्राण सूत्रहरुमा भगवान बुद्धले बोल्नुभएको बचनहरु संलग्न भएको हुनाले मानव जीवनमा राम्रो असर गर्दछ । यी सूत्रहरुले विभिन्न प्रकारका विघ्न बाधा तथा डर र त्रासलाई हटाउन मद्दत गर्दछ । विशेष गरि शीलले विभूषित भएका भिक्षुहरु वा भिक्षुणीहरुले पाठ गरेको सुन्दा वा भावना गर्दा पनि राम्रो फल दिने गर्दछ । यी सूत्रहरुलाई सामान्य मानिस आफैले पनि पाठ गर्न सकिन्छ । नियमित रुपमा पाठ गर्दा भाषा उच्चारण शुद्ध भएर जान्छ भने यसले वातावरणमा सकारात्मक उर्जा थपी पाठ गरिएको स्थान तथा आसपासका जीवहरुलाई पनि शान्ति प्रदान गर्दछ ।
हाम्रो जीवनमा विभिन्न घटनाहरु घटित भईरहन्छन् केही प्रिय हुन्छन्, त केही अप्रिय , केही भौतिक तवरले बुझ्न सकिन्छ, तर केही सकिँदैन । हामी अथक परिश्रम पश्चात पनि केही काम हुँदैन र सावधानीका वावजुद पनि दुर्घटनाहरु घटिरहन्छ । यस्ता घटना कर्म विपाक बाट पनिहुने गर्छ तर केही अन्य अशुद्धि र अदृश्य शक्तिबाट पनि असर भएको हुन्छ । यस्ता अदृश्य शक्तिबाट सबै भय अर्न्तराय हटाउन यो परित्राण किताव वा साधना वाचन उपयोगी हुन्छ ।
यी सूत्रहरु मध्ये निम्न अवस्थाहरुमा निम्न सूत्रहरु पाठ गर्दा राम्रो फल दिने विश्वास गरिन्छः
क्रसं | सूत्र | कुन बेला पाठ गर्ने | |
---|---|---|---|
१ | आव्हान सूत्र | लोकपाल देवी देवता हरुलाई स्थापना गर्दा वा आरक्षाको लागि पुकार गर्दा प्रयोग | |
२ | मङ्गल सूत्र | मङ्गल कार्य गर्दा वा नयाँ कार्य शुरु गर्दा | |
३ | रतन सूत्र | नयाँ घर वा आवासमा सर्दा वा भूत प्रेतलाई शान्त पार्न | |
४ | मेत्त सूत्र | वरपर मैत्री वातावरण बनाउन | |
५ | खन्ध सूत्र | साँप तथा विषालु जीवहरुलाई मैत्री छाड्नलाई | |
६ | मोर सूत्र | काम वासना को अवगुण बाट छुटकारा पाउन | |
७ | वट्ट सूत्र | आगो बाट सुरक्षाको लागि | |
८ | धजग्ग सूत्र | डर र त्रास बाट आरक्षणको लागि | |
९ | आटानाटिय सूत्र | यक्ष नाग गन्धर्व कुम्भाण्ड बाट सुरक्षण तथा मैत्री लागि | |
१० | अंगुलिमाल सूत्र | प्रसव पिडामा परेकी महिलालाई स्वास्थ्यको निम्ति | |
११ | बोज्झङ्ग सूत्र | रोग व्याधि निवारणको लागि | |
१२ | पुब्बण्ह सूत्र | नराम्रो सपना लक्षण तथा निमित्तबाट सुरक्षणको लागि | |
आदि |