पात बाजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पात बाजा /पालुवा बाजा

पातको एउटा छेउ दोबारेर दुइटा ओठमा च्यापी माथिल्लो ओठबाट सास बाहिर फ्याँकेर बजाउने लाई गाउघर तिर पात बजाउने भनिन्छ र यसमा प्रयोग हुने पात लाई पात बाजा भनिन्छ|पातबाजाका लागि चिलाउने रूखको पात उपयुक्त हुन्छ। चिलाउनेको पात कोमल भएकाले यसबाट अत्यन्त सुमधुर धुन निकाल्न सकिन्छ। चिलाउनेको अर्को विशेषता हो, यसको पात टिकाउ पनि हुन्छ।