पिटर हिग्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिटर वेयर हिग्स (२९ मे १९२९ – ८ अप्रिल २०२४) ब्रिटिश सैद्धान्तिक भौतिकशास्त्री, एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक थिए तथा भौतिकशास्त्रका, उप-परमाणु कणहरूको द्रव्यमानमा सम्बन्धित, कामका लागि नोबेल पुरस्कार विजेता थिए।

सन् १९६० को दशकमा हिग्सले विद्युतीय कमजोर सिद्धान्तमा टुटेको सममितिले सामान्यतया प्राथमिक कणहरूको द्रव्यमानको उत्पत्ति र विशेष गरी डब्ल्यू र जेड बोसन्सको व्याख्या गर्न सक्ने प्रस्ताव गरे। यो तथाकथित हिग्स संयन्त्र, जुन लगभग एकै समयमा हिग्स बाहेक धेरै भौतिकशास्त्रीहरूले प्रस्ताव गरेका थिए; यसले नयाँ कण 'हिग्स बोसोन'को अस्तित्वको भविष्यवाणी गर्दछ, जसको पत्ता लगाउनु भौतिक विज्ञानको एक महान लक्ष्य भयो। ४ जुलाई २०१२ मा, सीईआरएनले लार्ज ह्याड्रन कोलाइडरमा बोसोनको खोजको घोषणा गर्यो। हिग्स संयन्त्र सामान्यतया कण भौतिकीको मानक मोडेलमा महत्त्वपूर्ण घटकको रूपमा स्वीकार गरिन्छ, जस बिना केही कणहरूको कुनै द्रव्यमान हुँदैन।

हिग्स बोसोनको खोजले अर्का भौतिकशास्त्री स्टीफन हकिङलाई हिग्सले आफ्नो कामको लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्नुपर्ने विचार राखे; नभन्दै सन् २०१३ मा हिग्सले नोबेल पुरस्कार प्राप्त गर्दै फ्रान्कोइस एंग्लर्टसँग बाँडे।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]