पुस्कर
Jump to navigation
Jump to search
चित्र:पुश्कर ताल.JPG
पुश्कर ताल
चित्र:पुश्करमा अवस्थित ब्रम्हाको मन्दिर.JPG
पुश्करमा अवस्थित ब्रम्हाको मन्दिर
पुश्कर भारतको राजस्थान प्रान्तमा अवस्थित एक शहर हो। यो हिन्दूहरूको एक पवित्र तीर्थस्थल पनि हो। पौराणिक कथा अनुसार यस स्थानमा ब्रम्हाले एक कमलको फूल खसालेका थिए। त्यसैले यो ठाउँका नाम पुश्कर रहन गएको हो। यो स्थानलाई तीर्थ राज, तीर्थस्थलहरू मध्येको राजा, मानिन्छ। हालसालै आएर यो बिदेशी पर्यटकहरूका लागि पनि आकर्षक गन्तब्यस्थल भएको छ।
पुस्कर सहर पुस्कर तालको नजीकै रहेको छ। यहाँ पाँच वटा प्रमुख मन्दिरहरू, थुप्रै साना मन्दिरहरू तथा ५२ वटा घाटहरू छन्। घाटमा तीर्थयात्रीहरू स्नान गर्ने गर्दछन्। यहाँ १४औं शताब्दीमा बनेको एक ब्रम्हाको मन्दिर, जुन संसारमै अत्यन्तै कम संख्यामा छन्, पनि छ।
पुस्करमा हरेक वर्ष पुश्कर ऊँट महोत्सब पनि हुने गर्दछ।
![]() |
विकिमिडिया कमन्समा Pushkar सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |