पोलेको घाउ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पोलेको घाउ
Hand2ndburn.jpg
दोस्रो डिग्रीको पोलेको घाउ
विशिष्टता अाकस्मिक सेवा
लक्षणहरू पहिलो डिग्री: फोका हुँदैन र छाला रातो[१]
दोस्रो डिग्री: फोका र पीडा[१]
तेस्रो डिग्री: पीडा हुँदैन र बलेको ठाउँ कडा[१]
अवधि केही दिनदेखि केही हप्तासम्म [१]
प्रकार सुपरफिसियल, पार्सियल-थिक्नेस, फुल-थिक्नेस[१]
कारक तातो, चिसो, विद्युत, रसायन, घर्षण वा विकिरण[२]
जोखिम खुल्ला आगो.असुरक्षित स्टोभ, धुम्रपान, मद्यपान, काम गर्ने ठाउँको वातावरण[३]
उपचार पोलेको मात्रामा भर पर्ने[१]
औषधि दुखाइ कम गर्ने अौषधि, स्लाइन पानी, टिटी खोप[१]
बारम्बारता 67 million (2015)[४]
मृत्यु 176,000 (2015)[५]

पोलेको घाउ भन्नाले छाला वा अन्य तन्तुहरूमा तातो, चिसो, विद्युत, रसायन, घर्षण वा विकिरणका कारणले हुने घाउलाई चिनिन्छ।[२] प्रायजसो पोलेको घाउ तरल पदार्थ, ठोस पदार्थ वा आगोबाट निस्किने तातोले गर्दा भएको पाइन्छ। [६] महिला र पुरुषमा यो समस्या बराबर मात्रामा देखिने भए पनि पोल्ने कारणहरू फरक-फरक हुने गरेको पाइन्छ। [३] केही क्षेत्रका महिलाहरूमा खाना पकाउन प्रयोग गरिने खुल्ला आगो वा असुरक्षित स्टोभले पोल्ने समस्या भएको पाइन्छ।[३] तर पुरुषहरूमा काम गर्ने ठाउँको वातावरणका कारण जोखिम बढ्ने गरेको पाइन्छ।[३] त्यस्तै धुम्रपान र मद्यपानले पनि यो समस्या निम्त्याउने गरेको पाइन्छ।[३] आवेसमा आएर आफैंलाई चोट पुर्याउन गरिने आगजनी वा मानिसहरू बिचको द्वन्द्वका कारण हुने हिंसाले पनि पोलेको घाउको समस्या देखिने गरेको पाइन्छ।[३]

छालाको बाहिरी तहलाई मात्र असर गर्ने गरी पोलेको घाउलाई सुपरफिसियल बर्न अथवा पहिलो डिग्रीको पोलेको घाउ भनिन्छ। यस्ता घाउहरूमा कुनै फोका हुँदैन र छाला रातो वा कलेजी रङ्गको मात्र हुन्छ भने घाउका कारणले हुने पीडा तीन-चार दिनमा हराएर जान्छ।[१][७] जब पोलेको घाउ छालाको तल्लो तहसम्म पुग्छ त्यसलाई पार्सियल-थिक्नेस बर्न अथवा दोस्रो डिग्रीको पोलेको घाउ भनिन्छ। यस्तो घाउमा प्रायजसो फोका पनि देखिन्छ र यो निकै पीडादायक हुन्छ।[१] दोस्रो डिग्रीको पोलेको घाउ निको हुन आठ हप्तासम्म लाग्न सक्छ भने घाउ लागेको ठाउँमा दाग पनि बस्न सक्छ।[१] त्यस्तै फुल-थिक्नेस बर्न अथवा तेस्रो डिग्रीको पोलेको घाउमा छालाका सबै तहहरू डढेर नष्ट भएको हुन्छ।[१] प्रायजसो यस्तो घाउमा पीडा हुँदैन र बलेको ठाउँ कडा भएको हुन्छ।[१] साधारणतया यस्तो घाउ आफैँ निको हुँदैन।[१] चौथो डिग्रीको पोलेको घाउमा छालाभन्दा मुनिका मांसपेसी, टेन्डन वा हाड जस्ता तन्तुहरू पनि डढेको हुन्छ।[१] यस्तो पोलेको घाउ पूर्ण रूपमा कालो हुन्छ र प्रायजसो डढेको भाग काम नलाग्ने गरी नष्ट भइसकेको हुन्छ। त्यसैले यो घाउमा मानिहरूले बलेको भाग गुमाउने गर्दछन्।[१][८]

साधारणतया पोलेको घाउ रोकथाम गर्न सकिने समस्या हो।[३] यसको उपचार पोलेको मात्रामा भर पर्ने गर्दछ।[१] सुपरफिसियल बर्न अथवा पहिलो डिग्रीको पोलेको घाउको व्यवस्थापन सामान्य हेरबिचार तथा दुखेको भए दुखाइ कम गर्ने अौषधिले गर्न सकिन्छ भने गम्भीर प्रकृतिका घाउहरूका लागि पोलेको घाउ उपचारका लागि खोलिएका विशेष अस्पतालहरूमा लामो समयसम्म उपचार गर्नु पर्ने हुन सक्छ।[१] धाराको पानीले चिसो बनाएर पीडा कम गर्न तथा अझ धेरै क्षति हुनबाट बचाउन सकिन्छ। तर लामो समयसम्म चिसो पानी मा रहदा शरीरको तापक्रम घटेर हाइपोथर्मिया हुन पनि सक्छ।[१][७] छालाको केही तह मात्र जलेको छ भने यस्तो घाउलाई साबुन पानीले धोएर ड्रेसिङ गर्नु पर्छ।[१] पोलेर उठेको फोकालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा हालसम्म स्पष्ट धारणा बन्न सकेको छैन, तर सानो फोका छ भने नफुटाइ राख्नु र ठूलो फोका प्वाल पारेर पानी निकाल्नु राम्रो हुन्छ।[१] छाला पूर्ण रूपमा जलेर भएको घाउको उपचार सल्यक्रियाबाट गर्नु आवस्यक हुन्छ। स्किन ग्राफ्ट भनिने यस्तो उपचारमा शरीरको अन्य भागको छालालाई निकालेर पोलेको ठाउँ टालिन्छ।[१] गम्भीर रूपमा जलेको बेलामा केशीकाहरूबाट तरल पदार्थ चुहावट हुने तथा तन्तुहरू सुन्निने हुनाले बिरामीलाई नसा मार्फत (इन्ट्रा भेनस) तरल पदार्थ (स्लाइन पानी) दिनु पर्छ।[७] धेरै जसो पोलेको घाउमा सङ्क्रमण भएर यसमा जटिलता आउने गर्दछ।[९]पोलेको बिरामीले यदि नियमित रूपमा टिटी खोप (टिटानस टक्सोइड) नलगाएको भए उक्त खोप दिनु पर्छ।[१]

सन् २०१५ मा आगो तथा तापका कारणले करीब ६ करोड ७० लाख मानिसहरू घाइते भए।[४] जसका कारण करीब २९ लाख मानिसहरू अस्पताल भर्ना गरिए भने करीब १ लाख ७६ हजार मानिसको मृत्य भयो।[१०][५] पोलेको घाउका कारण मृत्यु हुने मध्ये प्रायजसो मानिस विकासोन्मुख देशहरू, विशेष गरी दक्षिणपूर्वी एसियाका हुने गर्दछन्।[३] शरीरको ठूलो भाग जलेको छ भने मानिसको मृत्यु हुन सक्ने भए पनि सन् १९६० देखि पोलेको घाउको उपचारमा भएको विकासले विशेष गरी बालबालिका तथा युवायुवतीहरूमा धेरै राम्रो नतिजा निकालेको पाइन्छ।[११] संयुक्त राज्य अमेरिकामा पोलेको घाउ उपचारका लागि अस्पतालमा भर्ना भएका ९६% मानिसहरू निको भएर फर्केको पाइन्छ।[१२] पोलेको घाउ निको हुन लाग्ने समय तथा नतिजा घाउको आकार तथा घाइतेको उमेरमा भर पर्ने गर्दछ।[१]

लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

पोलेको घाउको प्रकृति यसको गहिराइमा निर्भर गर्दछ। सतही घाउ दुई वा तीन दिनसम्म दुख्छ भने छाला निस्केको भए थप केही दिन दुख्न सक्छ।[७][१३] गम्भीर रूपमा जलेका मानिसहरूले अप्ठेरो वा पीडा भन्दा पनि दबाब महशुस गर्ने गरेको पाइन्छ। छाला पूर्ण रूपमा जलेर भएको घाउ हल्का छुँदा वा फुटाउँदा महशुस हुँदैन।[१३] पोलेको बेलामा हुने सतही घाउ साधारणतया रातो हुन्छ भने गम्भीर रूपमा पोलेको घाउ फुस्रो, सेतो वा कालो हुने गर्दछ।[१३] मुखको वरपर पोलेको छ वा नाकभित्रका रौँहरू डढेका छन् भने श्वास नलीमा असर परेको पनि हुन सक्छ तर यस्ता चिह्नहरू सही निर्णय लिन पर्याप्त छैनन्।[१४] छोटो सास फेर्ने, धोत्रे स्वर तथा सास फेर्दा घ्यार्-घ्यार् वा सिठी फुकेको जस्तो आवाज आउने जस्ता लक्षणहरूले घाइते गम्भीर अवस्थामा रहेको सङ्केत गर्दछन्।[१४] प्रायजसो निको हुँदै गरेको पोलेको घाउमा चिलाउने गरेको पाइन्छ। करीब ९०% वयस्क र लगभग सबै बालबालिकाहरूमा चिलाउने समस्या देखिन्छ।[१५] यदि विद्युतीय करेन्ट लागेर घाउ भएको छ भने धेरै पछिसम्म पनि छुँदा महशुस नहुने तथा झम्झमाउने समस्या रहिरहन सक्छ।[१६] पोलेका घाउका कारण भावनात्मक तथा मनोवैज्ञानिक तनाव पनि पैदा हुन सक्छ।[१७]

प्रकार[१] सम्लग्न भाग प्रकृति ढाँचा महशुस निको हुने अवधि अन्य जटिलता उदाहरण
सुपरफिसियल (पहिलो डिग्री) इपिडर्मिस[७] फोका हुँदैन र छाला रातो[१] सुख्खा दुख्ने[१] ५–१० दिन[१][१८] पूर्ण रूपमा निको हुन्छ;[१] लगातार रूपमा घामले पोलेमा पछि गएर छालाको क्यान्सर हुने सम्भावना हुन्छ[१९] घामले पोलेको घाउ साधारणतया पहिलो डिग्रीको हुन्छ
सुपरफिसियल पार्सियल-थिक्नेस (दोस्रो डिग्री) सुपरफिसियल (प्यापिलरी) डर्मिससम्म असर गर्छ[१] छाला रातो र फोका[१] दबाब तथा सेतो[१] अोसिलो[१] अत्यन्तै पीडादायक[१] दुई–तीन हप्ताभन्दा कम [१][१३] वरपरको सङ्क्रमण/सेलुलाइटिस तर दाग बस्दैन [१३]

बुढी औँलामा भएको दोस्रो डिग्रीको पोलेको घाउ

डिप पार्सियल-थिक्नेस (दोस्रो डिग्री) तल्लो डर्मिससम्म असर गर्छ[१] पहेँलो वा सेतो, फोका देखापर्न सक्छ[१] हल्का सुख्खा[१३] दबाब तथा अप्ठेरो महशुस हुन्छ[१३] ३–८ हप्ता[१] दाग, छाला खुम्चिने (छालाको सल्यक्रिया अावस्यक छ)[१३] उम्लेको पानीले पोलेको दोस्रो डिग्रीको पोलेको घाउ
फुल-थिक्नेस(तेस्रो डिग्री) डर्मिस पूर्ण रूपमा नष्ट हुन्छ [१] कडा तथा सेतो/खैरो[१] सेतो [१३] सुकेको छाला जस्तो [१] कम पीडा[१] धेरै महिनासम्म लाग्छ र अपूर्ण रूपमा निको हुन्छ[१] दाग, छाला खुम्चिने, डढेको भाग काट्नु पर्छ (सकेसम्म छिटो काट्नु पर्छ)[१३] मोटर साइकलको धुवाँ निस्कने पाइपले पोलेको अाठ दिनपछिको घाउ
चौथो डिग्री छालाको पूरै भागका साथै बोसो, मांसपेसी तथा हाडसम्म फैलिन्छ[१] कालो; डढेर पाप्रा निस्केको सुख्खा नदुख्ने निको हुँदैन, काट्नु पर्छ[१] डढेको भाग काट्नु पर्छ, अपाङ्ग र केही अवस्थाहरूमा मृत्यु हुन्छ[१] चौथो डिग्रीको पोलेको घाउ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ १.२५ १.२६ १.२७ १.२८ १.२९ १.३० १.३१ १.३२ १.३३ १.३४ १.३५ १.३६ १.३७ १.३८ १.३९ १.४० १.४१ १.४२ १.४३ १.४४ Tintinalli, Judith E. (2010). Emergency Medicine: A Comprehensive Study Guide (Emergency Medicine (Tintinalli)). New York: McGraw-Hill Companies. pp. 1374–1386. ISBN 0-07-148480-9 . 
  2. २.० २.१ Herndon D, सं (2012). "Chapter 4: Prevention of Burn Injuries". Total burn care (4th संस्करण). Edinburgh: Saunders. प॰ 46. ISBN 978-1-4377-2786-9 . https://books.google.com/books?id=nrG7ZY4QwQAC&pg=PA47-IA4. 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ "Burns", World Health Organization, सेप्टेम्बर २०१६, २१ जुलाई २०१७-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति १ अगस्ट २०१७ 
  4. ४.० ४.१ GBD 2015 Disease and Injury Incidence and Prevalence, Collaborators. (८ अक्टोबर २०१६), "Global, regional, and national incidence, prevalence, and years lived with disability for 310 diseases and injuries, 1990–2015: a systematic analysis for the Global Burden of Disease Study 2015", Lancet 388 (10053): 1545–1602, डिओआई:10.1016/S0140-6736(16)31678-6, पिएमआइडी 27733282, पिएमसी 5055577 
  5. ५.० ५.१ GBD 2015 Mortality and Causes of Death, Collaborators. (८ अक्टोबर २०१६), "Global, regional, and national life expectancy, all-cause mortality, and cause-specific mortality for 249 causes of death, 1980–2015: a systematic analysis for the Global Burden of Disease Study 2015", Lancet 388 (10053): 1459–1544, डिओआई:10.1016/S0140-6736(16)31012-1, पिएमआइडी 27733281, पिएमसी 5388903 
  6. "Burns Fact sheet N°365", WHO, अप्रिल २०१४, मूलबाट २०१५-११-१०-मा सङ्ग्रहित, अभिगमन मिति ३ मार्च २०१६ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ Granger, Joyce (Jan २००९), "An Evidence-Based Approach to Pediatric Burns", Pediatric Emergency Medicine Practice 6 (1), २०१३-१०-१७-को मूल रूप सङ्ग्रहित 
  8. Ferri, Fred F. (2012). Ferri's netter patient advisor (2nd संस्करण). Philadelphia, PA: Saunders. प॰ 235. ISBN 9781455728268 . Archived from the original on 2016-12-21. https://web.archive.org/web/20161221093201/https://books.google.ca/books?id=li1VCwAAQBAJ&pg=PA235. 
  9. Herndon D, सं (2012). "Chapter 3: Epidemiological, Demographic, and Outcome Characteristics of Burn Injury". Total burn care (4th संस्करण). Edinburgh: Saunders. प॰ 23. ISBN 978-1-4377-2786-9 . https://books.google.com/books?id=nrG7ZY4QwQAC&pg=PA15. 
  10. Haagsma, JA; Graetz, N; Bolliger, I (फेब्रुअरी २०१६), "The global burden of injury: incidence, mortality, disability-adjusted life years and time trends from the Global Burden of Disease study 2013.", Injury prevention : journal of the International Society for Child and Adolescent Injury Prevention 22 (1): 3–18, डिओआई:10.1136/injuryprev-2015-041616, पिएमआइडी 26635210, पिएमसी 4752630 
  11. Herndon D, सं (2012). "Chapter 1: A Brief History of Acute Burn Care Management". Total burn care (4th संस्करण). Edinburgh: Saunders. प॰ 1. ISBN 978-1-4377-2786-9 . https://books.google.com/books?id=nrG7ZY4QwQAC&printsec=frontcover. 
  12. "Burn Incidence and Treatment in the United States: 2012 Fact Sheet", American Burn Association, २०१२, २१ फेब्रुअरी २०१३-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति २० अप्रिल २०१३ 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ १३.७ १३.८ १३.९ Herndon D, सं. "Chapter 10: Evaluation of the burn wound: management decisions". Total burn care (4th संस्करण). Edinburgh: Saunders. प॰ 127. ISBN 978-1-4377-2786-9 . 
  14. १४.० १४.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Schw2010
  15. Goutos, I; Dziewulski, P; Richardson, PM (Mar–Apr २००९), "Pruritus in burns: review article", Journal of Burn Care & Research 30 (2): 221–8, डिओआई:10.1097/BCR.0b013e318198a2fa, पिएमआइडी 19165110 
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named RosenChp140
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Epi2011
  18. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named AFP2012
  19. Buttaro, Terry (2012). Primary Care: A Collaborative Practice. Elsevier Health Sciences. प॰ 236. ISBN 978-0-323-07585-5 . Archived from the original on 2016-05-13. https://web.archive.org/web/20160513060829/https://books.google.com/books?id=YBcHR-wQOWQC&pg=PA236.