प्रणायाम
स्वरूप
प्राणायामः
[सम्पादन गर्नुहोस्]आसनको सिद्धि भएपछि श्वास–प्रश्वासको गतिलाई रोक्नु, लामो गर्नु वा नियन्त्रण गर्नु प्राणायाम हो । यो बाह्यवृत्ति, आभ्यन्तरवृत्ति, स्तम्भवृत्ति र बाह्यआभ्यन्तरविषयाक्षेपी गरी चार प्रकारको हुन्छ एवं स्थान, समय र संख्याबाट देखिन्छ जुन लामो तथा हल्का हुन्छ । प्राणायामको अभ्यास गर्दा स्वासको गतिलाई लामो पार्ने, रोक्ने तथा नाक, मुखबाट विभिन्न तरिकाहरुबाट स्वाससम्बन्धी विशेष अभ्यासहरु गरिन्छ र कतिपय अभ्यासको क्रममा स्वतः पनि हुन जान्छ ।
विभिन्न शोधहरुको आधारमा प्राणायामको अभ्यास गरेपछि अनगिन्ति लाभहरु प्राप्त हुने देखिएको छ, जस्तैः
- फोक्सोलाई बलियो बनाउने र
- श्वासप्रश्वास प्रणालीका रोग कम गर्ने,
- मुटु र रक्तनलिलाई विशेष लाभ दिने,
- तौल घटाउने,
- अन्तःस्रावीरोग,
- मधुमेह,
- मृगौलारोग,
- मनोरोग आदिमा लाभ मिल्ने,
- एकाग्रता र स्मरणशक्ति,
- सोच्ने–निर्णयक्षमता, मनोशारीरिक नियन्त्रणक्षमतामा वृद्धि हुने
- तनाव, चिन्ता, डर, डिप्रेशन आदि मनोरोगहरुमा पनि प्राणायामको अभ्यास उपयोगीपाइएको छ ।
हठयोग प्रदीपिकाका अनुसार प्राणायामका आठ विधिहरु छन्,
[सम्पादन गर्नुहोस्]- सूर्यभेदन,
- उज्जायी,
- सीत्कारी,
- शीतली,
- भस्त्रिका,
- भ्रामरी,
- मूच्र्छा,
- प्लाविनी ।
यसरी नै महर्षि घेरण्डका अनुसार पनि आठ प्राणायामहरु छन्,
[सम्पादन गर्नुहोस्]- सहितः,
- सूर्यभेदन,
- उज्जायी,
- शीतली,
- भस्त्रिका,
- भ्रामरी,
- मूच्र्छा,
- केवली ।
यी बाहेक अन्य विभिन्न प्रचलित प्राणायामहरु पनि छन्
[सम्पादन गर्नुहोस्]- अनुलोमविलोम एवं नाडीशोधन,
- सर्वाङ्क,
- चन्द्रभेदी आदि ।