सामग्रीमा जानुहोस्

प्रतितपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तरराष्ट्रिय ब्यापारमा बैङ्कमार्फत कागजपत्रका आधारमा भुक्तानी दिने प्रकृयालाई प्रतितपत्र भनिन्छ । प्रतितपत्र भनेको आयातकर्ताको तर्फबाट स्थानीय बैङ्कले निर्यातकर्ताको स्थानीय बैङ्कबाट निर्यातकर्ताले निर्यात गरेको सामानको मुल्य भुक्तानी गर्ने बैङ्क जमानतपत्र हो । आजको विश्व ब्यापारमा प्रतितपत्र खोलेपछी मात्र निर्यातकर्ताले सामान पठाउन सुरु गर्दछ । बैङ्क तथा बित्तिय संस्था ऐन, २०७३ मा दिइएको परीभाषा अनुसार प्रतितपत्र भन्नाले "कुनै एक बैङ्क वा बित्तिय संस्थाले अर्को बैङ्क वा बित्तिय संस्थाको नाममा कुनै ब्यक्तीको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट, वा बिनिमयपत्र स्विकार गर्नु भनी लेखेको पत्र सम्झनु पर्दछ ।" यस प्रकार निर्यातकर्ताको आफ्नो कारोबारको मुल्य भुक्तानी गर्न दुई देशको बैङ्क बिच खाताखोली बैङ्क जमानी बसी कारोबार गरेको पत्र नै प्रतितपत्र हो । []

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. बैङ्क तथा बित्तिय संस्था ऐन २०६३, नेपाल सरकार। 

खरिदकर्ता (प्रथम पक्ष) को अनुरोधमा वस्तु तथा सेवा उपलब्ध गराउने विक्रेता (दोस्रो पक्ष) ले वस्तु वा सेवा उपलब्ध गराएको प्रमाणित कागजातको आधारमा बैंक वा वित्तीय संस्था (तेस्रो पक्ष) ग्यारेन्टी बसी भुक्तानी गर्ने शर्तमा वित्तीय अभिलेखलाई प्रतितपत्र (Letter of Credit) भनिन्छ । खरिदकर्ता, विक्रेता र बैंक बिचको सम्बन्धमा वस्तु वा सेवा खरिद वापत विक्रेतालाई भुक्तानी गर्ने गरी जारी भएको वित्तीय Instrument लाई Letter of credit पनि भन्ने गरिन्छ । Letter of credit मा बेनीफिसियरी Seller हुने, खरिदकर्ताको Request  मा बैंकले LC जारी गर्ने र विक्रेताले वस्तु उपलब्ध गराएको कागजात र बिलको आधारमा बैंकले भुक्तानी गर्ने त्रिपक्षीय वित्तीय डकुमेन्टलाई अर्को शब्दमा प्रतित पत्र भनिन्छ । []

Types of Letter of Credit

·           Export/Import LC

·           Transferable LC

·           Untransferable LC

·           Revocable LC

·           Irrevocable LC

·           Stand by LC

·           Conformed LC

·           Unconformed LC

·           Revolving LC

·           Red Clause LC

·           Green Clause LC

Important/Objective of LC

·           Buyer and Seller protection

·           Payment Assurance

·           Credit Worthiness

·           Trade Relation

  1. "Gmail", accounts.google.com, अन्तिम पहुँच २०२४-११-१३