प्रत्याहार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

५ प्रत्याहार ः (विषय वासना बाट इन्द्रियहरु लाई पूर्ण मुक्त गर्नु) चरतां चक्षुरादीनां विषयेषु यथाक्रमम् । यत्प्रत्याहरणं तेषां प्रत्याहार स उच्यते ।। (गोरक्षसंहिता) अर्थात्ः आँखा आदि पाँच ज्ञानेन्द्रीय हरुका रुप, रस, गन्ध स्पर्श र शब्दश्रवण यी ५ विषयहरु छन् । यी विषयहरु बाट ती ज्ञानेन्द्रीयहरु लाई अलग गरिदिनु लाई प्रत्याहार भनिन्छ । प्रत्याहारको अवस्थामा आँखाले देख्ने, कानलेसुन्ने, नाकले गन्धको अनुभव गर्ने, जिब्रोले स्वादको अनुभव गर्ने, र छालाले स्पर्शको अनुभूति गर्ने कार्य रोकिन्छ । ध्यानस्थ यो मुद्रामा शरीर चेतनाशून्य भएको तथा एकदमै हलुको भएको महसुस हुन्छ । मन्त्र जाप द्वारा पनि यो स्थितिमा पुग्न सकिन्छ । निरन्तर प्राणायामको अभ्यास बाट पनि यो अवस्थामा पुग्न सकिन्छ । भक्ति योग वा भजन–कीर्तनबाट पनि यो अवस्थामा पुग्न सकिन्छ । जव यो घट्छ मन पूर्ण रुपमा शान्त भएर अन्तरमुखी हुन्छ । मनको तेश्रो आँखा खुल्दछ र यसले सुक्ष्म शरीरगत चक्रहरुको अवलोकन गर्ने गर्दछ । योग शास्त्रमा यो स्थिति लाई शरीरगत ऊर्जाको उध्र्वगमन भनिन्छ । तन्त्रशास्त्रमा यसलाइ शरीरगत कुण्डलिनी शक्तिको जागरणको तयारी मानिन्छ । प्रत्याहारमा नपुगी ध्यान, धारणा र समाधिको अनुभव गर्न सकिदैन । यी पाँचवटा बहिरंग साधना सिद्घ छन् भने, बाँकी ३ साधना (धारण, ध्यान र समाधी) अतिशीघ्र सहज रुपमा सिद्घ हुन्छन् । प्रत्याहार योग मार्ग मा एस.एल.सि.जस्तै खुट्किला हो । बौद्घ दर्शनमा यसलाई वोधिसत्व भन्दछन् । एक अनुभवी साधकको अनुभवमा प्रत्याहार सम्म यम–नियमको अभ्यास नगर्ने , आचार विचार ठिक नभएको, जथाभावी खाने, मांस मदिरा भक्षणगर्ने, हिप्नोटिज्म वा मेस्मरेजिम(सम्मोहनशास्त्रका) विद्यार्थिहरु पनि पुग्न सक्दछन् । तर योभन्दा पछिको साधनामा साधकमा अति मानवीय शक्तिको विकास हुने भएकोले सुक्ष्म जगतमा विचरणगर्ने देवी–देवताहरु यम–नियमको पालना नगर्ने साधकको साधना भ्रष्ट गराइ दिन्छन् । प्रत्याहार सिद्घ नभए योगको मूल तत्व ध्यान,धारणा र समाधि सम्म पुग्न सकिदैन । प्रत्याहार सिद्घहुनु योग मार्गमा सफलताको लक्षण पनि हो । पातञ्जल योगदर्शनमा महर्षि पतञ्जली लेख्नु हुन्छ ः– स्वाविषया सम्प्रयोगे चित्तस्वरुपानुकार इवेन्द्रियाणाप्रत्याहारः ।। अर्थात ः ज्ञानेन्द्रीय हरुले आफ्नो विषयको सम्वन्ध बाट विच्छेद भई चित्तको स्वरुपमा तदाकार हुनुनै प्रत्याहार हो ।