प्रधान मध्याह्न
Jump to navigation
Jump to search
प्रधान मध्याह्न वा प्रधान मध्याह्न रेखा भौगोलिक निर्देशाङ्क प्रणालीमा मध्याह्न रेखा (देशान्तरको रेखा) हो जसमा देशान्तर० डिग्रीको रूपमा परिभाषित गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा बेलायतको ग्रिनविच भन्ने ठाउँ छुने गरि खिचिएको ० डिग्रीको मध्याह्न रेखा भन्ने बुझिन्छ। एक मध्याह्नरेखा र यसको पूर्वाह्न रेखामा (३६० डिग्री-प्रणालीमा भएको १८०औँ मध्याह्नरेखा) एकदमै ठूलो वृत्त बन्छ। यो ठूलो वृत्तले गोलाकार रूपमा दुई गोलार्द्धलाई विभाजन गर्दछ। यदि कुनै व्यक्तिले पूर्व र पश्चिम दिशाबाट परिभाषित प्रमुख मध्याह्नरेखाबाट प्रयोग गर्छ भने त्यसलाई पूर्वीय गोलार्द्ध र पश्चिमी गोलार्द्ध भन्न सकिन्छ।