प्रयोगकर्ता:आचार्य कैवल्यानन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निवासयोग्य भूमिको चयन[सम्पादन गर्नुहोस्]

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हर्ेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हर्ेर्नुपर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दर्रि्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति -जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ । राशि नक्षेत्रको साथसाथै वर्ग विचार पनि अति आवश्यक हुन आउँछ । वर्ग विचारको लागि आफ्नो प्रचलित नाम लिनर्ुपर्दछ । वर्ग विचरण प्रक्रियालाई नारद पुराणमा यस प्रकार बताइएको छ । यसमा ‘क‘ वर्ग भनेको क, ख, ग, घ, ङ, च वर्ग भनेको च, छ, ज, झ र ञ लाई बुझनर्ुपर्दछ । आफ्नो वर्गदेखि पाँचौर्ँवर्गको दिशामा पनि बसोबास गर्नु हुँदैन । जस्तै- यमलाल भन्ने व्यक्ति ‘य‘ वर्गमा पर्‍यो, जसको दिशा उत्तर र स्वामी गज । अब उसले आफूभन्दा पाँचौँ वर्ग एवं दिशा अर्थात् आफूभन्दा सम्मखुको च वर्ग एवं दक्षिण दिशामा बसोबास गर्नु भएन । यो त स्थुल नियम भयो । अब सूक्ष्मरूपमा विचार गरी कुन व्यक्तिलाई कुन ठाउँमा बस्दा कति फाइदा र कति घाटा हुनेछ त त्यो पनि विचार गर्नुपर्दछ । यसमा व्यक्तिलाई साधक र स्थानलाई साध्य भनिन्छ । लाभ र हानीको विचार निम्न गणितीय विधिअनुसार गर्नुपर्दछ । साधक . साध्य / ८ Ö धन -लाभ) साध्य . साधक / ८ Ö ऋण -हानी) ऋणभन्दा धन धेरै आएमा त्यस्तो ठाउँ उपयुक्त हुनेछ । जस्तै- सुनील सिटौला भन्ने व्यक्तिलाई काठमाडौँले कति लाभ या हानि के दिन्छ त - हर्ेर्नुपर्‍यो । सुनीलको ‘श‘ वर्ग संख्या ८, काठमाडौँको ‘क‘ वर्ग संख्या २ । अब गणितअनुसार, ८२ / ८ Ö शेष २, लाभ२८ / ८ Ö शेष ४ हानीयसबाट प्रस्ट भयो कि सुनील सिटौलाले काठमाडौँमा बस्दा, व्यवसाय गर्दा २ भाग लाभ तर ४ भाग हानी हुने भयो । यसरी आफ्नो नामको वर्ग र ठाउँको वर्ग विचार गरी निवासयोग्य ठाउँको चयन गर्नुपर्दछ । यो त भयो नारदपुराणमा वणिर्त विधि, यसैगरी, ज्योतिषशास्त्रमा राशीअनुसार केही ठाउँलाई बस्न वर्जित गरिएको छ । जस्तै- वृष, सिंह, मकर र मिथुन राशिले गाउँको बीचमा नबस्ने, वृश्चिक राशि हुने व्यक्ति पर्ूवमा नबस्ने, मीन राशि हुने व्यक्ति आग्नेय कोणमा बस्नु हुँदैन । त्यस्तै कन्या राशि हुनेले दक्षिण दिशामा, कर्कट राशिले नैऋत्य कोणमा, धनुले पश्चिममा, तुला राशिले वायव्य भागमा, मेष राशि हुनेले उत्तर दिशामा र कुम्भ राशि भएका व्यक्तिले इसान कोणमा बसोबास गर्नु हुँदैन । यदि गरेमा दुःख, कष्ट र हानी उठाउनुपर्ने छ । त्यस्तै कुनै पनि ठाउँको इसान कोणमा चरकी आग्नेयमा विदारी, नैऋत्यमा पुतना र वायव्यमा पापाराक्षसी निवास गर्दछे, त्यसले गाउँ या सहरको कुनामा बस्दा दोष लाग्दछ । तर, अन्त्यज एवं श्वपञ्च आदि जातिहरूलाई भने शुभ र उन्नतिदायक नै रहेनछ । (सुनील सिटौलाको प्रकाशोन्मुख ‘गृहवास्तु प्रकाश‘ बाट उधृत) '''सुखी जीवनको लागि वास्तु निर्देशन''' पूजा गर्ने ठाउँ जस्तोसुकै होस्, तर त्यो इसान कोणमा नै हुनर्ुपर्दछ । पूजा गर्दा उत्तर वा पर्ूवतर्फफर्किएको हुन पर्दछ । पूजा कोठामा विभिन्न मर्ूर्तिहरू राख्ने चलन छ । त्यो एकदमै अशुभ हो । यसले गर्दा घरमा पिता र पुत्रबीच वैमनस्यता बढ्न जानेछ, जसले गर्दा घर भाँडिने सम्भावना रहन्छ । सुत्ने कोठामा भगवानको मर्ूर्ति या तस्विर नराख्ने, न त पूजा पाठ नै गर्ने, सुत्ने खाटलाई भित्तामा टाँसेर नराख्ने, कमसेकम ६ इञ्चको दूरीमा राख्ने । लोग्ने-स्वास्नी सुत्ने खाटमा पाहुना वा अन्य व्यक्तिलाई नसुताउने, खाटमा तन्ना बैजनी रङको हुनु सुखी यौनजीवनको परिचायक बन्नेछ । व्यापारीहरूले पसलमा गणेशको मर्ूर्ति राख्दा ढोका सामुन्नेको भित्तामा राख्ने, मुख्य बोस नैऋत्य कोणमा बस्ने, पानी पिउँदा पर्ूव या उत्तरतर्फफर्केर पिउने, काँस, पित्तल, शिशाको भाँडामा पानी पिउने, तामा एवं माटोका भाँडामा पानी भरेर राख्ने, फलाम, एल्मुनियम एवं प्लाष्टिकको भाँडामा भोजन नखाने यदि खानै परेमा टेबलमाथि राखेर खाने, भुइँमा नराख्ने । घरमा मुख्य ढोका सामुन्ने नै कुनै ठूलो खम्बा या अर्कैको ढोका छ भने आफ्नो ढोकाको मथि ऐना राखिदिने । घर बनाउँदा उत्तर-पर्ूव फर्केको ढोका हाल्ने, दक्षिण दिशामा छ भने बाख्राको पाठी दान गर्ने । यदि आग्नेय कोणमा जलस्थान परेमा स्त्री जातिलाई पिर्नेछ । उपचारको लागि इसान कोणमा तामाको भाँडामा पानी भरेर राखिरहने । घरमा कौसी निकाल्द पर्ूव र उत्तर दिशामा उत्तम फलदायी हुनेछ । दक्षिण-पश्चिम दिशामा कौसी निकाल्नु घरमा दर्ुघटना निम्त्याउनु हो । सुत्ने कोठामा ऐना नराख्ने यदि राख्नै परेमा पनि गोलो ऐना राख्ने ।खाना खाने ठाउँमा ऐना राख्ने यसले गर्दा खाएको शरीरमा पोष लाग्नेछ र धन समृद्धिमा पनि वृद्धि हुन पुग्नेछ । टेलिफोनको नजिकै एक्युरियम नराख्ने, राखेमा रङ नम्बरका फोन आउनेछन् । [[ '''सन्तान बाधा एवं शान्ति उपाय''' जन्मकुण्डलीमा पञ्चम भावलाई सन्तानभाव मानिन्छ । त्यसै भावबाट नै सन्तानको बारेमा विचार गर्ने गरिन्छ । अझ सूक्ष्मतासँग जाँदा, पञ्चम भाव, पञ्चमेशर बृहस्पतिको उचित अध्ययन गरी सन्तानको बारेमा विवेचना गर्ने गरिन्छ । आठौँ या बाह्रैा स्थानमा गएमा सन्तान प्राप्तिमा बाधा आँउछ । यदि कुनै कारणवश सन्तान हुन गएमा पनि सन्तान सुख भने मिल्दैन । यस्तै प्रकारले कुनै ग्रहनीच राशि शत्रुराशि या अस्त भएर पञ्चम भावमा या छैठौँ, आठौँ र बाह्रैँ भावको स्वामी पञ्चम भावमा आई बसेमा पनि सन्तानको सुख हुँदैन । अब यहाँ कुरा उठ्न सक्छ कि किन कुनै व्यक्तिको जन्मकुण्डलमिा ग्रहहरू यसरी बस्दछन् त - यसको जवाफको लागि हामीले हिन्दुहरूको पर्ूवजन्म र पर्ुनर्जन्मको सिद्धान्तलाई बु‰mने कोसिस गर्नुपर्दछ । हामी हिन्दूहरूको विभिन्न ग्रन्थहरूमा पर्ूवजन्ममा गरेका क्रियाकलाप नै अहिले व्याधि या ग्रहको रूपमा देखिने उल्लेख गरिएको छ । पाश्चात्य विद्वान्हरू पनि यस तथ्यलाई स्वीकार्दन् अझ उनीहरूले त माता-पिताले गरेका पापहरूलाई पनि ग्रह वा व्याधिका रूपमा स्वीकारेका छन् । हो, यिनै पर्ूवजन्ममा गरिएका पाप या कर्महरूले नै अहिले सन्त्रान पक्षमा पनि विभिन्न बाधा अड्चनहरू ल्याउने गर्दछन् । अब यहाँ, कुनै ग्रहले सन्तान बाधा पारेको छ भने त्यसको पर्ूवजन्ममा गरिएका कार्य र त्यसको शान्ति उपाय प्रस्तुत गर्दैछौँ । यदि सन्तानबाधक ग्रह र्सर्ूय भएको भए भगवान् शम्भू र गरुडासँग द्रोह गरेको मानिन्छ । या आफ्ना पितृको कश्राप परेको हुनर्ुपर्दछ । यस्तोमा हरिवंश पुराण श्रवण गर्नालेसन्तान उत्पन्न हुनेछन् । यदि चन्द्रमाले गर्दा सन्तान बाधा भएको भए माता या अन्य कुनै सधवा स्त्रीको चित्त दुखाएको या भगवतीको श्राप परको हुनर्ुपर्दछ । यस्तोमा सन्तान गोपालको मन्त्र जपेमा सन्तान हुनेछ । त्यस्तै मङ्गलले गर्दा सन्तान नभएको भए गाउँ देवता या भगवान् कार्तिकेयप्रति अवज्ञा गरेको या शत्रु तथा भाइबन्धुको श्राप परेको हुनर्ुपर्दछ । यस्तोमा श्री महादेवको अभिषेक गरेमा सन्तान सुख मिल्नेछ । यदि बुधले सन्तान बाधा ल्याएको भए बिरालोमो हत्या गरेको या बालबालिकाको श्राप परेको या भगवान् विष्णुलाई घृणा गरेको हुनर्ुपर्दछ । यस्तोमा शिवपूजा गरे सन्तान सुख पाइनेछ । त्यस्तै यदि बृहस्पतिको कारण सन्तान बाधा भएको भए उसले फलदायी वृक्ष काटेको या कूल गुरु या कूल पुरोहितसँग द्रोह गरेको हुनर्ुपर्दछ । यस्तोमा कूलदेवताको आराधना गर्ने या औषधि मूलोबाट सन्तान हुनेछ । यदि शुक्रग्रहको कारण सन्तान बाधा भएको भए व्यक्तिले फूलको वृक्ष काटेको या गाईप्रति कुनै पाप गरेको या कुनै सधवा स्त्रीको श्राप परेको हुनर्ुपर्दछ । प्रायः यस्तोमा दक्षिणीको श्राप परेको मानिन्छ । यस्तोमा शिवपूजा गरे हुन्छ ।त्यस्तै यदि शनिको कारण सन्तानबाधा भएको भए, पिपलको रुख काटेको या पिशाच, प्रेत या यमराजको श्राप परेको हुनेछ । यस्तोमा श्री महादेवको अभिषेक गरे सन्तान हुनेछ । त्यस्तै यदि राहुको कारण सन्तान बाधा भएको भए र्सप मारेको या नागको श्राप परेको मानिन्छ । यस्तोमा नागपूजा या कन्यादान गरे सन्तान सुख मिल्नेछ । त्यस्तै केतुको कारणले सन्तान बाधा भएको भए ब्राहृमणको श्राप परेको हुनेछ । यस्तोमा गाईदान गर्नाले सन्तान सुख पाइनेछ । आचार्य कैवल्यानन्द GPO Box No.:10535 MaitiDevi Kathmandu,Nepal Cell. No.:+977-9851072188 suneelsitaula@hotmail.com www.astrologernepal.com www.jyotishmagazine.com

वार्षिक भविष्यवाणी २०६४[सम्पादन गर्नुहोस्]

]] २०६४ सालमा शर्वरी नामको संवत्सर परेको छ । संवत्सर फलअनुसार यो साल जलवृष्टि र बालिनालीले पृथ्वीमा हरियाली र भरिभराउ हुनेछ । मनुष्यहरु सुखी रहने चेष्टा गर्दछन् । चैत शुक्ल प्रतिपदाको प्रवेश सोमबारको दिन २०६३ साल चैत ५ गते बिहान ८ बजेर २८ मिनेट जाँदा मेष लग्नमा भएको छ । त्यसैले यस वर्षो राजा चन्द्रमा भए । त्यस्तै र्सर्ूयको मेष राशि प्रवेश २०६४ साल बैशाख १ गते मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा कर्कट लग्नमा भएको छ । त्यसैले यो सालको मन्त्री शनी ग्रह भए । अब यि राजा चन्द्रमा र मन्त्रि शनिले पूरा वर्षभरिनै देश र जनताको दिशा र दशा निर्धारण गर्नेछन् । वर्षो राजा चन्दमा शुभ ग्रह भएता पनि कुण्डलीमा द्वादश भावमा बसेको हुनाले राजा र सरकारबीच मेलमिलाप देखिएता पनि राजालाई पिर्नेछ । राजाको काम कारबाही विपरीत आत्मघाती हुने देखिन्छ । मन्त्री ग्रह शनि जन्म लग्नमा नै विराजमान हुनु र वृहस्पतीको पूर्ण दृष्टि पाउनाले मन्त्रीहरु आपसी मेलमिलापमा रही देशको विकास हुन जाने देखिन्छ तर पूरा वर्षभरी नै अष्टम भावको राहुले गर्दा हत्या हिंसा बढी नै रहन्छ । राष्ट्र विरोधी शक्तिहरु र विदेशीको चलखेलले सरकार अप्ठयारोमा पर्नेछ । शनिको दृष्टि दक्षिणतिर नै भएको हुनाले दक्षिण भागले धेरै दुःख कष्ट उठाउनु पर्नेछ । साथै देशको पश्चिमी भागमा प्राकृतिक दुर्घटना बाढी पहिरो, भुइँचालोले जनधनको क्षती गर्ने देखिन्छ । ज्ञट वगथि द्दण्ण्ठ सम्म जगलग्नको टाउको मै बसेको शनिले सरकार प्रमुखलाई पिर्नेछ, मृत्युसम्म हुन सक्नेछ । सरकारमा विभाजन आउने देखिन्छ । शनि र नेप्च्युनको अशुभ युतीले गर्दा देशमा गुप्त अपराध बढ्ने र लोकपक्ष एवं प्रजामा हानी आउन सक्ने हुनाले लोकतान्त्रिक सरकार र नागरिक समाजले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । वृहस्पती र शुक्रको परस्पर दृष्टिले सामाजिक आर्थिक र बौद्धिक क्षेत्रमा यो साल विशेष उल्लेखनिय रहने छ । नेपाली वैज्ञानिक एवं बौद्धिक वर्गले अन्तर्रराष्ट्रिय क्षेत्रमासमेत ख्याती कमाउनेछन् । द्दद्द ल्यखझदभच द्दण्ण्ठ सम्म पञ्चम भावको वृहस्पतीले भाग्य र बुद्धिलाई आर्शिवाद दिइरहेको हुनाले जनसंख्या शिक्षण संस्था एवं समाजको उन्नती भइरहेतापनि त्यस पछिको समयमा मृत्युदर बढ्नेछ । संविधानसभाको चुनाव तिहार पछि गरे राम्रो हुनेछ । नेपालको लागि जेठ र कात्तिक महिना सदैव अनिष्टकारक नै रहन्छ । त्यसैले यी महिनामा बिर्सेर पनि राष्ट्रले कुनै नयाँ, योजनाको कार्यान्वयन गर्नु हुँदैन । विशेष गरेर ज्योतिष शास्त्रअनुसार नेपालको लागि शुक्ल पक्ष शुभफलदायी रहनेछ भने कृष्णपक्ष अशुभ । चतुर्थी, नवमी र चतुदर्शी तिथि सर्वोत्तम रहनेछ भने प्रतिपदा, षष्ठी र एकादशी अनिष्ट रहनेछ । त्यसैले राष्ट्रले आफ्नो नीति नियमको संकल्प र कार्यान्वयन गर्दा उपरोक्त माथिका तिथिलाई प्रयोगमा ल्याएमा नेपालको सर्वोत्तम हित हुने देखिन्छ '''ग्रहशान्ति सप्तबार व्रतविधि''' रविवार व्रतविधि सबै प्रकारको कामनासिद्धि एवं नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणको साथसाथै आयु एवं सौभाग्य वृद्धिको लागि रविबारको व्रत राख्ने गरिन्छ । व्रत राख्दा शुक्ल पक्षको पहिलो रविबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म राख्न सकिन्छ । यदि कुनै कारणवश एक वर्षपूरा गर्न नसकेको अवस्थामा १२ रविबारसम्म भने अवश्य नै राख्नर्ुपर्दछ । व्रतको दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा अगाडि स्नान गरी शुद्ध रातो कपडा लगाएर ‘ç ह्रा, ह्री, ह्रौ सः सर्ूयाय नमः‘ बीज मन्त्रको पाठ ५ मला गर्ने । त्यसपछि रविवार व्रत कथा पढ्ने त्यसपश्चात र्सर्ूयलाई अक्षता, रातो फूल, दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिने- नमः सहस्त्रकिरण र्सवव्याधि विनासन । गृहणहर्य मया दत्तं संज्ञया सहितो रवे ।। फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउने व्रतको सम्पत्ति अर्थात् अन्तिम रविवारको दिन हवनपश्चात ब्राहृमण दम्पतीलाई भोजन गर्राई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न गर्राई आशर्ीवाद लिने ।सोमबार व्रतविधियो व्रत श्रावण, चैत, वैशाख, कात्तिक या मंसिर महिनाको शुक्लपक्ष प्रथम सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत पाँच वर्ष चौध वर्षया सोह्र वर्षम्म श्रद्धासहित विधिपर्ूवक गर्नुपर्दछ । चैत शुक्ल अष्टमी तिथि आद्रा नक्षेत्र सोमबार या श्रावण मासको प्रथम सोमबारबाट व्रत सुरु गरे एकदमै ठूलो फल पाइन्छ । व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर जलमा केही कालो तिल हालेर स्नान गर्ने, त्यसपछि ‘çनमः शिवाय‘ लगायत शिवका मन्त्र या पर््रार्थनाले शिवा-पार्वतीको पूजा गर्ने, श्वेत कपडा लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्ने, पूजा गरिसकेपछि ब्राम्हाणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्ने । भोजन गर्दा एक छाक विनानुनको हुनर्ुपर्दछ । व्रतको समापन पनि मथि बताइएका महिनामा परे उत्तम हुनेछ । सोमबारको व्रत राख्नाले मानसिक शान्ति, धन, पुत्र पति प्राप्ति एवं सबै प्रकारको कष्टबाट छुटकारा पाइनेछ । मंलबार व्रतविधिसबै प्रकारका सुख रक्तविकार, शत्रुदमन, स्वास्थ्य रक्षा, पुत्र प्राप्तिको लागि मंलबारको व्रत एकदमै उत्तम रहन्छ । यो व्रत शुक्ल पक्षको प्रथम मंलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ मंलबारसम्म राख्नर्ुपर्दछ । सकेमा त जीवनभर नै राखे पनि हुन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनर्ुपर्दछ । एक छाक विनानुनको भोजन गर्नुपर्दछ । यस व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ç क्रा, क्री, क्रौँ, सः भौमाय नमः‘ ५ माला जप गर्नैपर्दछ । गणेश भगवानको आराधाना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल, दान गर्ुनपर्दछ । ब्राम्हणलाई यथाशक्य तामा, मुसुरोको दाल दान गर्नुपर्दछ या भाइलाई खुशी पार्ने चीज दिनर्ुपर्दछ ।

बुधबार व्रतविधिबुधबारको व्रत बुधग्रह शान्ति एवं धन बुद्धि, विद्या र व्यापार वृद्धिको लागि राख्ने गरिन्छ । यो व्रत विशाखा नक्षेत्र युक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ बुधबारसम्म गर्नुपर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर विष्णु भगवानसामु विष्णु नाम जप गर्ने ‘ç ब्रा-ब्री-ब्रौ-संः बुधाय नमः‘ मन्त्रलाई जप गर्ने, यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । भोजनमा घ्यू, मुंगी अथवा मुंगीको दालबाट बनेका परिकार हुनर्ुपर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्ने, गाई छ भने गाईलाई सेवा गरिरहने । बिहीबार व्रतविधियो व्रत वैवाहिक सुख विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि गरिन्छ । यो व्रत शुक्लपक्षको प्रथम बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षेत्र परेमा एकदमै उत्तम हुनेछ । यो व्रत १३ महिना या कम्तीमा ७ महिनासम्म राख्नर्ुपर्दछ । व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ç ग्राँ-ग्री-ग्रौ संः गुरवे नमः‘ मन्त्र ५ माला जप गर्नुपर्दछ । केराको रुखलाई पूजा गर्नुपर्दछ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डुको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

शुक्रबार व्रतविधियो व्रत विवाह, सन्तति आदि भौतिक सुख समृद्धिको लागि राख्ने गरिन्छ । श्रावण महिनाको प्रथम शुक्रबारबाट सुरु गरेमा विशेषरूपमा लक्ष्मी कृपा मिल्नेछ । व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत कपडा धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारीले पूजा गरी सेतो मिर्ठाई खिर, बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ‘ç द्राँ(द्री(द्रौ(संः शुक्राय नमः‘ मन्त्र ३ माला हरेक पटक जप्ने, व्रतको दिन एक छाक नुन बार्नुपर्नेछ । सेतो चीज बढी प्रयोग गर्ने । व्रत सकिएपछि बालक ब्राम्हणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी पार्ने यो व्रत कमसेकम २१ शुक्रबारसम्म राख्नर्ुपर्दछ । शनिबार व्रतविधियो व्रत शनि ग्रह शान्ति तथा जर्ीण्ा रोग, शत्रु, भय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको हेतुले पनि लिने गरिन्छ । यो व्रत शूक्ल पक्षको शनिबारबाट लिन सकिन्छ । अझ श्रावण महिनाबाट सुरु गरेमा राम्रो हुनेछ । फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गर्राई धूप, अक्षता, फलफूलले पूजा गरी ‘ç शनैश्चराय नमः‘ मन्त्र ३ माला जप्ने, व्रतको दिन नीलो वस्त्र धारण गर्ने, एउटा भाँडामा शुद्ध जल, कालो तिल, ल्वाङ, दूध राखी पर्ूव फर्केर पीपलको बोटमा चढाउने, त्यसपछि शिव उपासना गर्ने, १९ शनिबारसम्म गर्नुपर्दछ । अन्तिम दिन कालो मास तिल, फलामका सामन दान गर्ने र ब्राम्हण भोजन गर्राई ब्राहृमणलाई खुशी बनाउने ।