प्रयोगकर्ता:ज्ञवा क्षेत्र गुल्मी/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्ञवा : एक परिचय :-          

'ज्ञवा' गुल्मीको बलेटक्सार, चौतारा र बम्घा गाबिसको पुरानो लोपोन्मुख नाम हो | ज्ञवालीहरुको उत्त्पत्ति भएको ठाउं ज्ञवाभन्ने बिभिन्न ऐतिहासिक कुराले पुस्टि गर्छन | हाल ज्ञवाबासिले आफ्नो ठेगाना ज्ञवा भनेर कमै दिन्छन जसको सट्टामा गाबिसको नामबाट बलेटक्सार, चौतारा, बम्घा भनेर चिनाउछन किनकि देशको भौगोलिक नक्सामा यो नाम छैन | हाल ज्ञवाबासि नया पुस्तामा यो ज्ञवा भन्ने सब्दको नै ज्ञान नहुने अवस्था आउन लागेको छ |

ज्ञवा क्षेत्र : ज्ञवासंगै यस क्षेत्रको महिमा अपरम्पार छ | बिश्व धार्मिक सम्पदाको रुपमा परिचित प्रसिद्ध धार्मिक स्थल रुरु रिडी, रूरू कन्याले तपस्या गरेको ठाउं, ज्ञवाको आसपासमै रहेको छ | ऐतिहासिक महत्तो बोकेको, धेरै बर्ष अघि ऋषिमुनीहरुको तपोबनको रुपमा परिचित स्थल हाल 'लेख' नामबाट परिचित छ | श्रीन्गेश्वोर ऋषिको नामबाट सृङ्गानामको स्थान बिस्वको नक्सामा पनि अबलोकन गर्न सकिन्छ | यो स्थान ज्ञवा आसपासमै रहेको छ | यसैगरि ज्ञवामै रहेको अर्को स्थान बौवा(बम्घा), यसको उचाईको बारेमा चर्चा हुने गर्छ | यस्तै ऐतिहासिककालमा राजामहाराजाहरु यहाँ रहने गरेको प्रसंगको पनि इतिहासले देखाउछ | यस्तै यस क्षेत्रका अन्य बिभिन्न कोटहरु पनि ऐतिहासिक प्रसंगबाट चर्चित रहेकाछन |

ज्ञवा क्षेत्र गुल्मी : एक परिचय  :- गुल्मी जिल्लाको एक प्रसिद्ध धार्मिक एबमं ऐतिहासिक क्षेत्र ज्ञवाको आफ्नो बेग्लै पहिचान छ | श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको लेख तपोबनलाई ऐतिहासिक ठाउको रुपमा चिनिन्छ | उनै ऋषिको नामबाट सो ठाउँलाई अहिले सृङ्गा भनिदै आएको छ. श्रावन महिनामा औशिको दिन पारेर लेख नुहाउन जाने प्रचलन छ | यस ठाउँमा पुराना मोठ मन्दिर, देवालयहरु अबलोकन गर्न सकिन्छ . संसार भरिका ज्ञवालीहरुको पुरखौली थलोको रुपमा ज्ञवालाई चिनिन्छ .

        रुरु क्षेत्र अर्थात रिडी ज्ञवा क्षेत्रको एक धार्मिक स्थल हो. रुरु कन्या ले तपस्या गरेको ठाउँ हो | यहा विभिन्न मोठ, मन्दिर, देवालय, स्नान घाट, पुराना ऐतिहासिक भवन, पुराना ढुंगे सडक आदि अबलोकन गर्न सकिन्छ | बैसाखे संक्रान्तिमा स्थानीय मानिसहरु रिडीमा गंगा स्नान गर्न जाने चलन छ | 
               त्यस्तै माघे संक्रान्तिमा यहाँ तिन दिन सम्म ठुलो मेला लाग्छ | देस विदेशका लाखौ धर्मालम्बीहरु कालीगण्डकीमा स्नान गर्न र ऋषिकेशव मन्दिर को दर्सन गर्न आउँछन | पश्चिम पाल्पा र गुल्मी को संगम स्थल , कालीगण्डकी(गंगा) नदीको तिर, सानो बजार लाई रिडी बजार भनेर चिनिन्छ | 
            खास गरि मानकोट, लिम्घा, बलेटक्सार, चौतारा, वहादी, रिमुवा, ग्वादी, थोर्गा, दिगाम आदि ज्ञवा क्षेत्रका मुख्य ठाउँहरु हुन् |            

ज्ञवा क्षेत्रका मुख्य ठाउँहरु : श्रीङ्गा श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको तपोबनको नामबाट श्रीङ्गा नाम रहन गएको भन्ने भनाइ छ यो ठाउँको अर्को नाम लेख हो | श्रीन्गेश्वोर ऋषि ले तपस्या गरेको लेख तपोबनलाई ऐतिहासिक ठाउको रुपमा चिनिन्छ | उनै ऋषिको नामबाट सो ठाउँलाई अहिले सृङ्गा भनिदै आएको छ. श्रावन महिनामा औशिको दिन पारेर लेख नुहाउन जाने प्रचलन छ |

बलेटक्सार

           बम्घामा बाइसे चौबिसे राज्य हुँदा बम्घाका राजाले मुद्रा काट्ने ठाउँमा बले नाम गरेको लोहारले टक काट्ने ठाउँ लाई अहिले बलेटक्सार भनिएको भनाइ छ |

बम्घा

          बाइसे चौबिसे राज्यका एक राजाले यो ठाउँबाट राज्य संचालन गरेको ठाउको रुपमा बम्घा(बौवा) लाई चिनिन्छ | यो ठाउँ ज्ञवा क्षेत्रकै अग्लो ठाउँमा रहेको छ |

ग्वादी

       मगर भासामा दि को अर्थ पानि हुन्छ . कुनै निश्चित ठाउँ लाई उनीहरुकै भासामा नामाकरण गर्ने क्रम मा ग्वादी ठाउँ को नामाकरण भएको भन्ने भनाइ छ .

थोर्गा

          बाइसे चौबिसे राज्यका राजाले यो ठाउँमा बलि दिने गरेको पुरानो किम्बंदंतिमा पाइन्छ थोर्गा कोट भन्ने ठाउँ मा पन्चौली लिएर राजा हरु नाचगान र रमाइलो गर्न जान्थे रे |

दिगाम

              दुई गाउ मिलेर दिगाम ठाउँ को नामाकरण भएको भन्ने भनाइ छ हाल पनि तल्लो दिगाम र माथिल्लो दिगाम भन्ने चलन छ | दिगाम धेरै गाउँहरु मिलेर ठुलो भागमा फैलएको छ | 

रुरु क्षेत्र रिडी

           रुरु कन्या ले तपस्या गरेको ठाउँ हो यो . पबित्र गंगा नदि रुरु हुँदै बगेकी छन् .बाइसे चौबिसे राज्यका पाल्पाली राजाले रिडी मा ऋषिकेशव मन्दिर बनाएका छन् | विभिन्न कला कृति ले सुसज्जित मन्दिर को महतोपूर्ण स्थान छ . रिडी लाई पुराना मान्छे हरु ले नेपाल को बनारस पनि भन्ने गर्छन |