प्रयोगकर्ता:टेकनाथ दहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विवर्तन महाभारतकाे कथामा अाधारित उपन्यास हाे । यसका लेखक टेकनाथ दहाल हुन् । याे उपन्यासलाई इन्डिगाे इन्क प्रकाशन गृहले प्रकाशनमा ल्याएकाे हाे । महाभारतका पात्र पाण्डुले दुईअाेटी श्रीमती विवाह गरेपछि वाानप्रस्थ जाने निर्णय गर्छन् । माद्री पृथा र पाण्डु वनतिर जान्छन् । पाँच भाइ छाेरा उतै जन्मन्छन् । माद्री र पाण्डु उतै मर्छन् भने पृथा पाँच भाइ छाेरा लिएर हस्तिनापुर अाउँछे । महाभारतकाे यही कथालाई अाैपन्यासिकीकरण गरिएकाे छ । उपन्यासमा महाभारतमा नभएका धेरै सन्दर्भकाे कल्पना गरिएकाे छ । पात्रहरू माैलिक पहिचान दिन समर्थ छन् । वर्तमानमा नारी अधिकारवादीहरूले उठाएका धेरै सन्दर्भहरूलाई उपन्यासले समर्थन गरेकाे छ ।[[ https://www.loksambad.com/news/19266 ]] याैन, दर्शन, मनाेविज्ञान, मिथक, समाज,राजनीति, भूगाेल,पर्यावरण, पात्रहरूकाे स्वभाव र जीवन दर्शन, नारीअधिकार, तेस्राेलिङ्गी अादि अनेक काेणबाट उपन्यासकाे व्याख्या विवेचना गर्न सकिन्छ ।