प्रयोगकर्ता:बेस्ट कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ? छैन भने थाहा पाइहाल्नुस् यि रोचक कुराहरु । मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ । तपाइलाई थाहा छ किन यी चिन्हहरू फरक- फरक हुन्छन् वा एउटै सेटमा पनि स्थान विशेष वा समय विशेषमा भिन्न भिन्न चिन्हहरू देखिन्छन ? । वास्तवमा यी चिन्हहरूले तपाइको सेटमा तत्कालको लागि उपलब्ध इन्टरनेटको गतिलाई ईङ्गीत गर्छन् । यस पोस्टमा यही बारेमा सामान्य जानकारी दिइएको छ : G: “G” अर्थात GPRS । मतलव आजकलको प्रविधिको कुरा गर्ने हो भने, GSM network मा यो दोस्रो पुस्ताको (2G) प्रविधिमा गनिन्छ। र अझ प्रस्ट भन्नु पर्दा मोबाईलबाट इन्टरनेट चलाउने सबैभन्दा कम गतिको प्रविधि हो यो । त्यसैले तपाइको मोबाइल सेट इन्टरनेटमा जोडिएको बेलाम यदि तपाईको सेटमा “G” देखिन्छ भने तपाइले द्रुतगतिको आशा नराख्दा हुन्छ । E: E अर्थात EDGE को छोटकरी नाम हो यो। हुन त यो पनि GPRS कै सुधारिएको रूप हो तर GPRS कै extension भएपनि र GSM network को दोस्रो पुस्ताकै (2G) प्रविधि भएपनि यो “G” भन्दा “E” केही हदसम्म छिटो हुन्छ । वा सामान्य शब्दमा भन्दा, तपाईको सेटमा “G” देखिएको बेलामा भन्दा “E” देखिएको बेलामा इन्टरनेट केही छिटो चल्छ। 3G : छोटकरीमा तेस्रो पुस्ताको प्रविधि वा third generation(3G)को विकसित रूप हो यो । यो GSM network को UMTS (Universal Mobile Telecommunications System) पनि भनिन्छ। H : मोबाईलको डिस्प्लेमा देखिने “H” ले HSDPA (High-Speed Downlink Packet Access) जनाउँछ । जुन माथिका सबैभन्दा द्रुत गतिको इन्टरनेट प्रविधि हो । यसले UMTS बेस्ड नेटवर्कमा माथीका अन्य भन्दा पनि छिटो गतिको सुविधा दिन्छ । त्यसैले यसलाई बोलीचालीमा 3.5G, 3G+ र turbo 3G पनि भनिन्छ । सजिलोगरी भन्दा G, E, 3G र H मा G सबैभन्दा ढिलो चल्ने र H सबैभन्दा छिटो चल्ने हुन्छ। तलको तालिकाले यसलाई अझ प्रस्ट पार्नेछ: क्र.सं. सेवा सङ्केत गति (देखि...) कैफियत १. GPRS G 56kbps पहिलो पुस्ता (1G) २. EDGE E 236 kbps दोस्रो पुस्ता (2G) ३. UMTS 3G 386 kbps तेस्रो पुस्ता (3G) ४. HSDPA H 3.2 MBps साढे तेस्तो पुस्ता 3.5G) क्रमगत रूपमा १ नं. सबैभन्दा ढीला र ४ नं सबैभन्दा छिटो भएपनि तिनको ठीक गति भने माथि लेखिए जस्तै तपाइँको सेवा प्रदायकको हार्डवेयर-सफ्टवेयरको उच्चता, तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा फरक हुनसक्छ । भनिरहनु नपर्ला, तपाईँले कुनै 3G वा सो भन्दा बढी गतिको सुविधा लिनु भएको छ भने पनि यदि तपाईको सेवा प्रदायकको नेटवर्कको रेन्ज भित्र हुनुहुन्न भने तपाईको मोबाईलको गति स्वत E वा G मा झर्न सक्छ । साथै यदि तपाई नेपालमा हैन् विदेशमा हुनुहुन्छ र बढी गतिको सेवा लिनु भएको छ भने हार्डवेयर र सफ्टवेयर क्षमताले धान्ने मोबाईलमा तपाइँले 4G वा H+ को 14.4 MBps सम्मको गति पनि पाउन सक्नुहुन्छ ।