प्रयोगकर्ता:सिजा नरेश, नागराज वंश नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुम्लाहुँदै डोटी प्रवेशगर्ने रैकाराजा[सम्पादन गर्नुहोस्]

जुम्लारैका राज्यसँग सम्बन्धित अछाम र बझांग सम्बन्धि सामान्य चर्चा पृथ्बी मल्लका सर्वाधिक प्रभाव शालि महामत्य यसोवर्मा अछाम भेगमा महामण्डलेश्वर(प्रमुख प्रान्तीय प्रशासक) भई आछाम क्षेत्रमा बसे उनलाई रैका राजाबाट अछाम भेगको रजवारी मिलेको थियो | अछामी राउला भनिने यसो बर्मा / ब्रहमको प्रभाव अछाम भेगमा मात्रनभएर बझांगभेगमा पनि देखिन्छ | रैकाराजा पृथ्बीमल्ल,सुर्यमल्ल,अभयमल्लका ताम्रपत्रमा दृस्ट साँक्षी रहेका उनले बि.स १४४८ मा बझांगको कुमालतड़ो, सुनकाटीया ,भाटगाउँ तन्दुरुआदि स्थानको भूमि नबिकरण गरि दिएका छन | त्यो समयको "राउला" पद राजपुत्रको पर्यायवची मानिन्छ | जसै बम्म/ ब्रहम (यसो बर्मा) अछामको वंशावली र बझांगको वंशावलीदुबैमा भेटिन्छन् | यी दुबैले मात्र होइन यिनलाई आफ्नो पूर्खा बताउँने अन्य राजाहरु पनि देखिएको कारण इतिहासकारहरुले यस्तै आधार अनुसार बझांग ,थालारा, बाजुरा ,अछाम ,दर्ना ,जाजरकोट .सल्यान ,रुकुम आदि राज्यका राजाका शाझा पूर्खा यसो बर्मा ,मलय /माले बर्मा बताएका छन् | यी सबैका देवता १२ थरी ८४ रुपका मस्टो र मस्टोसँग सम्बन्धित विभिन्न नामका देबी छन् | बर्तमानमा यिनका गोत्र र वंश फरक-फरक भएपनि यिनको सम्बन्ध जुम्ला रैका राज्यसँग थियो | जुम्लाका रैका राजाका रजवार /प्रभावशालि भारदार मानिने अछाम ,बझांग सहितका प्रान्तीय प्रशासकहरुले रैका राजाले डोटी पाल राजाको राज्य बिजय गरे लगतै स्थानिय रजवार /राजा भएका थिए | यिनै रैका राजाका प्रान्तीय प्रशासकका उत्तराधिकारी मानिनेहरुको राज्य अछाममा बि.स १४८५बाट र बझांगमा बि.स १४४७ बाट रैका अधिनस्त रजवारको हैसियतमा थियो भन्ने निम्न आधारले पनि प्रमाणित गर्छ | अछाम : ओम स्वस्ति अत्रि गोत्रस मुत्पन्नौ इन्द्र चन्द्रो नृपदरो ............... श्री शाके १३५० (बि.स १४८५ ) समय मार्गसिर सुदि अस्टमय रबिदिने चन्द्रब्रहम | इन्द्रब्रहम दुवै रजवारको आदेश | ...... भनेर अछामी राजाकापूर्वज चन्द्रब्रहम र इन्द्रब्रहमको ताम्रपत्र छ | बि.स १५६७ फागुन सुदि एकादशीको हरिब्रह्मको ताम्रपत्रमा पनि हरिब्रहम भूमिदाताको रुपमा उल्लेख भएतापनि यसमा हरिब्रहम रजवारको आदेश भनेर अधिनस्त राजाको हैसियत देखीएको छ | यो राज्य पनि रैका अधिनस्त राज्य थियो | जुम्ली रैका राजाकि राजकुमारीसँग अत्रि गोत्रीय ब्राह्मणको बिबाह हुँदा राजाबाट अछाम राज्य दाईजो पाएको मानिने अत्रि गोत्र, सोमवंशी यो वंशज ब्रहम, बम्म, शाही,शाह भएर चिनियो | यो राज्यको उत्तरार्धमा राजामहाराजको हैसियत यस राज्यलाई पनि भयो | बझांग : अभय मल्लको बि.स १४३३को दान पत्रमा दृस्ट साँक्षी रहेका उदय सिंह राउलाले बि.स १४४७ मा राउदु भण्डारीलाई बझांग भेगमा जमिन दान दिएको पाईएको छ | यसमा राजधिराजा उदय सिंह चिरंजयातु || रजवार दत्त पसाकीई भनिएको छ | उदय सिंहको हैसियत रजवार (रजौटा)को बताईएको छ | जुम्लाबाट डोटी आएको रैका राज्यको रजवार भएर बि.स १७३५ सम्म बझांगी राजाको रजवारको हैसियत थियो | यो हैसियत रजवार रतनसिंहसम्म रहन गयो | बि.स १७९४ पछि कल्याण सिंहको समयबाट गोर्खाले बिजय गर्ने समय बि.स १८४७ सम्म ५३ बर्ष मात्र बझांग स्वतन्त्र राजाको हैसियतमा देखिन्छ | शौनक गोत्रीय, सूर्यवंशी, तेडी मस्टो ,निमौने ,कैलाश ,जठे ,जिम्दार, डाँडाबाग ,काफली केदार (मस्टो) कुल र इस्टदेवता, इस्ट देबीको रुपमा शिला देवी (शैलेश्वरी) भगवती, मालिकासँग सम्बन्धित रहेका रैका मल्ल/शाही राजाका यी देवताहरु डोटी गडसेरा,तेलेकोलेक देखिपारी सेती नदी पूर्वको भूमि, अछाम, बझांग ,बाजुरा देखि जुम्ला सम्ममा धेरै भेटिन्छन |

सिजानरेश,नागराजवंश डोटी रैकाराजा हुन्[सम्पादन गर्नुहोस्]

डोटी रैका मल्ल/शाही राजाको जुम्ला पश्चात डोटीमा स्थापित प्रमाणित वंशावली निम्न अनुसार छ | १) नागराज (१२औ सताब्दीका राजाधिराज नगराज देखि पृथ्बीमल्ल सम्मनको वंशावली तिब्बती वंशावलीमा पनि उल्लेख छ | ), २) चाप , ३) चपिल्ला , ४) क्राशी चल्ल , ५) क्राधि चल्ल ( कत्युरीहरुको कुमाऊ कार्तिकेय पुरी राज्य धोस्त गर्ने राजा यिनै हुन् | यिनका अभिलेखमा पनि यो कुरा उल्लेख छ ), ६) क्रचाल्ल , ७) अशोक मल्ल , ८) जितारी मल्ल , ९) अक्षय मल्ल , १०) रिपुमल्ल , ११) आदित्य मल्ल बि.स १३८५ ( यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्दलड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राईका" आदेश शब्द पनि उल्लेख छ | यसमा रैका ज्यु भेनेको छ ), १२) पुण्य मल्ल /श्री मल्ल बि.स १३९३ , १३) पृथ्बी मल्ल /अभय मल्ल बि.स १४१४ -१४३३ (यी कत्युरी पाल राजा सँगको युद्दमा सक्रिय रैका राजाहरु ) (पृथ्बी मल्लको ताम्रपत्र बैतडी मल्लो स्वराडमा बि.स.१४१४ मा जारी भएको छ | त्यो ताम्रपत्रमा "राईका आदेस" उल्लेख छ | त्यही "राईका आदेश" भन्ने सब्द नै " रैका /राईका " बनेको हो | त्यस कारण डोटीको मल्ल/शाही राजालाई "रैका राजा " भिनिन्थ्यो | १४) सुर्य मल्ल बि .स १४२४ (डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) , १५) अभय मल्ल ( बि.स १४३३ ) (डोटी पाल राज्य बिजेता जुम्ली राजा ) १६ ) नागी मल्ल १३०६ -१३१५ बि.स. १४४१ -१४५० ( डोटी कत्युरी पाल राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ | बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहरु बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरु साँक्षी भेटिन्छन् | नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकि बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ | यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ | यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् | यस वंशजका वृद्दव्यक्तित्वहरुले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरुको पूर्वज जुम्लाबाट डोटी आएको हो | जुम्लाबाट जारी गरिएका यी राजाहरुका अभिलेखहरुमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ | त्यसैले इतिहासकारहरुले यी राजालाई खस राजा भनेर लेखेका छन् | डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ | यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा "खस आर्य" भनेर ठकुरी ब्राहमण सहितकालाई उल्लेख गरेको हो | ) १७) त्रिभुवन मल्ल शाके १३१७ , १८) रिपुमल्ल शाके १३२१ , १९) आनन्द मल्ल शाके १३५३ , २०) कल्याण मल्ल शाके १३६९ , २१) सुर्तन मल्ल शाके १३९० , २२) कृति मल्ल शाके १३९९-१४०४ ,२३) पृथ्बी मल्ल शाके १४१९ , २४) अशोक मल्ल शाके १४१९ , २५) प्रताप मल्ल शाके १४२८-१४४४, २६) नृप मल्ल शाके १४७७-१४९४, २७) भूपति मल्ल शाके १४८० -, २८) महिपति शाही शाके १५०२, २९) हरि शाही शाके १५१८-१५२०, ३०) राम शाही शाके १५२५-१५४० , ३१) रुद्र शाही शाके १५३६-१५५५ ,३२) क) पहाडी शाही शाके १५५९-१५९४ , ३३) बिक्रम शाही शाके १५९३-१६०७ ,३४) मन्धता शाही शाके १६१०-१६४१ ,३५) रघुनाथ शाही शाके १६४२-१६४८ , ३६) कृषण शाही शाके १६८२-१६९४ , ३७) दीपा शाही शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा ,३८) बिष्णु शाही शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ), ३९) ख) पहाडी शाही शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरु डोटी, डडेल्धुरा, बझांग, कैलाली ,कंचनपुर र भारतको सिंगाही,लखनौ क्षेत्रमा रहेका छन् | डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् | जुम्लाबाट आएको यो वंशजले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयामेहरु, निरोली, रिसेडी सम्मन कब्जा गर्यो, अजयमेहरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्टगरेको थियो | आज यो दरवार भाग्न अवस्थामा छ |