प्रयोगकर्ता:सुवास खनाल/प्रयोगस्थल
सुवास खनाल [१] [२][३][४][५][६][७][८][९][१०][११][१२][१३][१४][१५][१६][१७][१८]बकैया–५ ,पावस मकवानपुरमा जन्मिएका सुवास खनाल (२०४३) कविता लेखनमा २०५७ सालदेखि क्रियाशील छन् । यसअघि उनको विचारको उल्टो नदी (२०७१) कविता सङ्ग्रह प्रकाशित छ । लेखनका साथसाथै साहित्यिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खनाल गजल मञ्च मकवानपुरका संस्थापक सचिव, चितवन एसोसिएसन अफ फिजिक्स स्टुडेन्ट्सका पूर्व उपाध्यक्ष, साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष ,श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका संस्थापक सचिव र प्रलेस,नेपालका केन्द्रीय परिषद् सदस्य रहेका छन् । हेटौँडाको टिम टेलिभिजनमा साहित्यिक कार्यक्रम सिर्जनाका सुसेलीको प्रस्तोता समेत रहेका खनाल माध्यमिक तह विज्ञान विषयका स्थायी शिक्षक हुन् । झरना साहित्यिक अर्धवार्षिकका प्रधान सम्पादक समेत रही सकेका यिनी कविता बाहेक साहित्यका कथा , निबन्ध , समीक्षा लेखनमा पनि कलम चलाउँछन् । सपनाका अवयव खनालको दोस्रो कविता सङ्ग्रह हो । उनले पाएका सम्मान तथा पुरस्कारहरुमा पुरस्कार कोल्गेट उत्कृष्ट छात्र पुरस्कार -२०५८, शेषजङ्ग स्मृति कथा पुरस्कार -२०५९, एसएलसी मकवानपुर जिल्ला तृतीय (कर्मचारी मिलन समाजद्वारा )सम्मान- २०५९, खबरपत्र सम्मान -२०६२, सङ्काय प्रथम सम्मान मकवानपुर बहुमुखी क्याम्पस -२०६२,६३,६४ , महिला हिंसा विषयक जिल्लास्तरीय कविता प्रतियोगिता प्रथम- २०६३ , आकुरा राष्ट्रिय कविता प्रतियोगिता नेपालगञ्ज -२०६४ (तृतीय), खबरब्रेक सम्मान- २०७६ थाहा साहित्य सम्मान -२०७६ मेरठ साहित्य रत्न सम्मान -२०७४, नेपाल भारत साहित्य सम्मान,बीरगञ्ज- २०७५, सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान -२०७७ हातेमालो सिर्जनशील युवा सम्मान- २०७७, मकवानपुर साहित्य श्री सम्मान-२०७८ । ।https://poetkhanal.blogspot.com/
- ↑ खनाल, सुवास, "शब्दक्षेत्र", शब्दक्षेत्र, सुवास खनाल।
- ↑ उपासक, मसान (श्रावण ३१, २०७१), "विसङ्गतिको विपक्षमा उल्टो नदी", कान्तिपुर।
- ↑ श्री, समर्पण, "मोफसलको साहित्य बेवास्ता गर्दा मिडिया कमजोर हुन्छ : सुवास खनाल"।
- ↑ प्रियवन्दना, शान्ति, "जीवनलाई साहित्यले सम्बोधन गर्नुपर्छ"।
- ↑ खनाल, सुवास, "सुवास खनालका रचनाहरू"।
- ↑ खनाल, सुवास, "साहित्यकार सुवास खनाल र उनकाे कृति सपनाकाे अवयवका विषयमा अन्तरङ्ग कुराकानी"।
- ↑ खनाल, सुवास, "सुवासको ‘सपनाका अवयव’ माथि चर्चा"।
- ↑ श्रेष्ठ, सुरेश, "वैज्ञानिक र चेतनशील समाज निर्माणका सपना नै साहित्यकारका सपना"।
- ↑ प्रभात, रमेश, "कवि सुवास खनाललाई खुल्लापत्र"।
- ↑ खनाल, सुवास, "कविताको पाण्डुलिपीमाथि अन्तरक्रिया"।
- ↑ थाहासञ्चार, रेडियो, "'विचारको उल्टो नदी'को सफलताको कामना"।
- ↑ खनाल, सुवास, "कवि सुवासको ‘सपनाका अवयव’ बिमोचित"।
- ↑ सिलवाल, छविरमण, "अँध्यारोका निर्मातालाई खुला चुनौती"।
- ↑ रायमाझी, निर्भिकजङ्ग, "कम्युनिस्ट कस्तो हुनुपर्छ भनेर कविले नबोले कसले बोल्ने ?"।
- ↑ बर्तौला, डि.बि., "सपनाको खेती अर्थात् ‘सपनाका अवयव’"।
- ↑ खनाल, सुवास, "कवितामा झुम्यो भरतपुर"।
- ↑ प्रदेश, सञ्चार, "कवि सुवास खनालको ‘सपनाका अवयव’बारे अन्तरक्रिया"।
- ↑ पौड्याल, महेश, "दक्षिण एसियाली कविताको परप्रेक्षमा समकालीन नेपाली कविता एक तुलना"।