प्रयोगकर्ता:हिक्मत शाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

--हिक्मत शाही (कुरा गर्ने) २३:४४, २४ जनवरी २०१४ (युटिसी(UTC))

  • [[परिचय
नाम ठेगाना उमेर जन्म पेसा बाबु को नाम आँमा को नाम रास्ट्रीयता
हिक्मत शाही सिंहासैन गा.बि.स. वार्ड नं ७ दैलेख नेपाल १७ साल बि.स.२०५३/०१/१३ गते बिह्बार बिधार्थी प्रेम बहादुर शाही देउरुपा देबी शाही नेपाली

रगत हुन्छ रातै,दलित कोही छैन

जनम देखि याहाँ,पतित कोही छैन

गर विचार ठूलो,नियत राखी साफ सकल प्राण एकै,कथित कोही छैन

नभन माथि तल्लो,कपट छोडी देऊ बचपनै नबित्दै,पठित कोही छैन

विगत बिर्सिएरै अब त माया राखौँ नजर आज फेरौँ,अहित कोही छैन

फरक वर्ण भन्दै,नगर हेँला फेरि बुझ,मनुष्य आफैँ रचित कोही छैन

2[सम्पादन गर्ने]

जिन्दगीमा माया पनि दुई दिनको खेल रैछ

जवानीलाई बिगार्दिने अनौठो यो भेल रैछ

प्रेमी अनि प्रेमिकाको मिलन हो भन्थे माया

बास्ना आउने हराउने चमेलीको तेल रैछ

के गरिन आजसम्म यही मायाको लागि मैले भाडा दिए चल्ने हजुर सार्वजनिक रेल रैछ

बाहिर चोट नदेखिने मायाको यो पिटाइमा कैदी थुन्ने भन्दापनि अझ कठोर जेल रैछ

तिम्रो लागि भनेर घर परिवार छोडी आएँ

हर्ष न विष्मात् भो कागलाई पाक्या बेल रैछ 

3[सम्पादन गर्ने]

असल जन चुनेमा,बन्छ नेपाल हाम्रो

सकल मन मिलेमा,बन्छ नेपाल हाम्रो

अब त शरम होला,सम्बिधानै नबन्दा लगन सित गरेमा,बन्छ नेपाल हाम्रो

धुरु धुरु मन रोयो,ब्यर्थ भो वर्ष चारै अदब हुन सकेमा,बन्छ नेपाल हाम्रो

कलह अति भएरै,ठप्प भो काम सारा असहमति हटेमा बन्छ नेपाल हाम्रो

अलमल नगरे नै,मिल्छ गन्तव्य चाँडै पयर अघि बढेमा,बन्छ नेपाल हाम्रो

छल कपट हुनाले,छैन क्यै शुद्ध भाव कुमति जति हिंडेमा,बन्छ नेपाल हाम्रो

4[सम्पादन गर्ने]

डस्यो नागले तिम्रो तनमा, जहर अझ बाँकी नै छ बुझेको छु भित्री मनमा, रहर अझ बाँकी नै छ

पस्यो होला खोज्दा खोज्दै, गाउँका कुना कुना उथलपुथल पार्नलाई, शहर अझ बाँकी नै छ टोक्न टोक्यो बरु असर, परेन कि कतै तिमीलाई बल्ल ऐया आत्थु भाछ, कहर अझ बाँकी नै छ गर्छु गर्छु आजै गर्छु, कति हतारिन्छ्यौ तिमी मध्यरात बिते पनि, पहर अझ बाँकी नै छ लैजाने छु अस्पतालमा, जाँच गराउन तिम्रो कति काम गर्यो भन्ने, ठहर अझ बाँकी नै छ त्यति मात्रै कहाँ हो र ?, भनौँ भने बढी अझै खुसीयाली उदाउने, लहर अझ बाँकी नै छ

5[सम्पादन गर्ने]

स्वतन्त्रता,समानता र भाइचारा छैनन् अब सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब

सतसङ्गले डाँडो काट्यो पापाचार भो जता ततै हेँला भए सन्त बाणी अमृत धारा छैनन् अब

स्वार्थी भए सत्ताधारी लोभ लालच बढ्यो धेरै नेता चड्छन आफ्नै गाडी सर्वहारा छैनन् अब

ममताको धज्जी उड्यो कर्तव्यलाई कुल्चिनाले माता रुन्छिन आँसु झार्दै दुधको भारा छैनन् अब

उत्ताउला र छाडा तस्वीर टाँस्न थाले भित्ता भरि ज्ञान बुद्धि भरिएका मिठा नारा छैनन् अब

सुधार गरौँ विसङ्गति लेख्ने कोशिश हुन्छ मेरो कसैले नि नठान्नुस है "कोमल प्यारा छैनन् अब

6[सम्पादन गर्ने]

7[सम्पादन गर्ने]

रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा उब्जेका भावनाहरुलाई कापीमा उतार्न सक्दैन। मनमा एकैचोटि धेरै कुराहरु खेल्न थाल्छन्। तैपनि जस्तो जानेको कोरेर शान्त हुन चाहन्छ। त्यसैले लेख्न बस्छ। प्रायजसो दिनभरि गरेका, देखेका, भोगेका कामहरुलाई साँझमा आफ्नो डायरीमा टिप्ने गर्दथ्यो। तर सधैँ एउटै कुरा मात्र उठेको समय, खान खाएको समय, घुम्न गएको समय, गफ गरेको समय, पाखा बसेको समय यस्तै यस्तै। कुनै नयाँ कुरा छैन। सायद त्यो ज्ञानको अभावले होला कुनै नयाँ कुरा फुट्न सकेन। तैपनि लेख्ने गर्थ्यो।

पटक–पटक नौलो कुरा लेख्न भनेर बस्छ तर अलमलमा पर्छ, अनि रोकिन्छ। फेरि लेख्छ। धेरै समयको प्रयासबाट ऊ फेरि एकपल्ट आफ्नो अनुभूति लेख्ने कोशिस गर्दैछ जानेर वा नजानेर।

धेरै भयो केही लेखेको छैन, डायरी पल्टाएको पनि छैन। धेरै दिनदेखि त्यो डायरी त्यहीँ टेबलमा छ। हुन सक्छ, एउटै कुरा बारम्बार दोहोरिएकाले ऊ दिक्क भएर लेख्न छोडेको होला। तर आज आधा रात हुन लाग्यो ऊ चाहिँ डायरी लेख्न बसेको छ। निन्द्रा पटक्कै आउँदैन। मध्यरात हुन केही समय मात्र बाँकी हुँदो हो। बिस्तारै वरिपरि घरहरुमा बत्ती बन्द हुन थाले। माथी डाँडामा जोडजोडले कुकुरहरु भुकेको आवाज मात्र आइरहन्थ्यो। आकासमा ताराहरु चम्कँदै थिए। कोठामा सन्नाटा छाएको थियो। नजिकैको झाडीबाट कीराहरुको एकोहोरो आवाजले वरिपरिको वातावरण निस्तब्ध हुन्छ।

कोठाको त्यस निस्तब्ध वातावरणमा घडीको टिकटिक बाहेक अरु कुनै आवाज सुनिँदैन। तर अचानक बाहिरको मसिनो खत्र्याक्खुत्रुक आवाजले उसको लेखाइको क्रम टुट्छ। अलिकति टाउको निकालेर बडो ध्यान पूर्वक झ्यालबाट बाहिर हेर्छ। एक हुल मानिसहरु साना पिलपिले बत्ती बोकेर उत्तरतिर लाग्छन्। कसैले गाग्रो, कसैले बाल्टिन, कसैले जर्किन बोकेका अलिअलि झल्याकझुलुक देखिन्छ।

उसले अचानक हिजो टेकुमा देखेको कुटाकुट सम्झन पुग्दछ। लाइन मिलाएर पानीको प्रतिक्षामा डोरीले बाँधेर राखेका रित्ता भाँडाकुँडा सम्झन्छ। हेर्दाहेर्दै दुई महिला बीचको कुटाकुट सम्झन्छ र कोठाको कुनामा थुपारेका आफ्न रित्ता भाँडाकुँडालाई सम्झेर झल्यास्स हुन्छ। सपना हो कि विपना हो छुट्याउन गाह्रो पर्छ।

ऊ फेरि तिनीहरुको आवाजले बाटातिर तानिन्छ। तिनीहरु मध्ये एउटाले भन्छ–यार मेरो त पाँच लिटर मात्र भए पनि ल्याउनै पर्छ नत्र भोलिलाई खाना पकाउने पानीको थोपो छैन।

दोस्रोले भन्छ–एक महिना १० दिन भैसक्यो तै पनि धारामा पानी दिने पत्तै छैन।

तेस्रोले भन्छ–अहिले ल्याउन सकिएन भने त भोली दूधपोखरी पुगेर भए पनि ल्याउनु पर्छ, मेरी त जाहान सुत्केरी छन्।

यस्तै संवाद चलिरहेको थियो। बाँकी उसले सुन्न सकेन। तिनीहरु निकै अगाडि पुगिसकेका थिए। बिस्तारै तिनीहरु अँध्यारोमा बिलाउँछन्। ऊ फेरि लेख्न बस्छ।

चन्द्रमाको उज्यालो किरण झ्यालबाट कोठामा पर्दै थियो। कोठाको एउटा कुनामा पानी बिनाका रित्ता ग्यालेनहरु लडिरहेका थिए। उसलाई केही लेख्न मन लाग्दैन। बिछ्यौनामा पल्टिन्छ। धेरै बेरसम्म आँखा चिम्लिएर पल्टिरहन्छ तर निदाउन सक्दैन अनि खाटबाट उत्रिन्छ र झ्याल लाग्छ। उसले धेरै बेरसम्म अँध्यारोलाई चिर्दै टाढाटाढा सम्म हेरिरहन्छ। अचानक के सम्झिन्छ कुन्नि नजीकैको टेबलमा बस्छ र कापीमा केही कोर्न थाल्छ।

उसका आँखामा अनौठो सपनाहरु छाइरहन्थ्यो। दुब्ला औँलाका नङहरु लामा भएका थिए। कपाल ६ महिना देखि नकाटेको जस्तो भएको थियो। चिउँडोमा चुस्स दारी पलाएको थियो। साँझपख केही समय छतमा बस्थ्यो। वरिपरिको वातावरणलाई हेरेर केही समय आफूलाई भुलाउँथ्यो। अनि कोठामा फर्कन्थ्यो।

ऊ अब कसैसँग पनि धेरै बोल्न छोडिसकेको थियो। ऊ एक्लै कोठामा दिनभरि बसिरहन्थ्यो, जस्तो जानेको कुरा लेखिरहन्थ्यो। पढिरहन्थ्यो। उसका दिनचर्या धेरै जसो कोठामा नै बित्ने गर्दथे। साथीभाइसँग भेटघाटका लागि जान छोडिसकेको थियो। सम्पर्क बिहिन र एकान्त जीवन उसलाई प्यारो लाग्न थालेको थियो। समाचार सुन्न पनि छाडिसकेको थियो। जहिले पनि बिग्रेका, भत्केका, अशुभ खबरहरुले वाक्क लागेर होला। उसले अलिकति लेख्थ्यो, त्यसलाई पढ्थ्यो फेरि के चित्त बुझ्दैनथ्यो कुन्नि त्यसलाई काटेर फेरि लेख्न थाल्थ्यो। राम्रा कुरा लेखेर दिनको उपभोग गर्न हतार गर्दै थियो। ऊ बाँच्न हतार गर्दैथ्यो। उसमा अब डरलाग्दा विचारहरु उब्जन थालेका थिए। प्रेममा तल्लिन प्रेमीहरु, मृत्युमा शोकाकुल मृतकका आफन्तहरु, आफैलाई बेचिरहेका बेश्याहरु, बच्चा फुल्याइरहेका आमाहरु यी सबै कुरा उसका नजरमा कुनै मानब थिएनन्। यी सबै दृष्टि भ्रमहरु हुन्, खुसीका भ्रमहरु हुन, सौन्दर्यका भ्रमहरु हुन् र यी सबै नाशवान छन्। यस्तै सोचाइमा ऊ डुब्न थालेको थियो। हावाको लहर बिस्तारै उसको झ्यालबाट कोठामा सर्दै थियो।

अचानक माथिल्लो कोठामा डाङ्डुङ्को आवाज आउँछ। ऊ कान ठाडो पारेर चुपचाप उभिन्छ र मनमनै सोच्छ। हुनसक्छ कोठामा मुसो पस्यो क्यार। ऊ झसङ् हुन्छ। उसले पनि दूर गाउँबाट आमाले पोका पारेर पठाएको । त्यसमा पनि बन्दको अनेक मार खप्दै ल्याएको चामलको सम्झना हुन्छ। हतार–हतार झ्याल बन्द गर्छ र सुत्ने तरखर गर्छ।

उसले धेरै बेरसम्म ओछ्यानमा पल्टिएर कोठाका रित्ता जर्किनलाई नियालिरहन्छ, उसलाई खटपटी भइरहन्छ। र बिहान सबैभन्दा चाँडो उठेर कुवामा पानी लिन जाने कल्पनामा ऊ निन्द्राले चूर भएर निदाउँछ। अब ऊ सधैँलाई डायरी लेख्न बन्द गर्ने निधो गर्छ। सायद नै कहिल्यै फेरि लेख्ने छैन।

8[सम्पादन गर्ने]

राजनीतिले प्रभाव नपार्ने कुनै पनि विषय र क्षेत्र हुदैंन, भलै केही मानिसहरु “ राजनीति भनेको फोहोरी खेल हो राजनीतिमा मलाई कुनै चासो छैन” भनेर उम्किन खोज्छन् तर उनिहरुले के बुझ्नु पर्दछ भने राजनीतिले समाज र राष्ट्रका हरेक क्षेत्रमा प्रभाव पारिरहँदा त्यस प्रभावबाट उनिहरु पनि मुक्त हुन सक्ने छैनन्।

कतिपय युवाहरु राजनीतिको कुरा गर्ने वित्तिकै मुन्टो बर्टान थाल्छन्। तर त्यस्तो प्रवृक्तिले उनिहरुको चेतना स्तर न्युन रहेछ भन्ने कुरा झल्काईरहेको हुन्छ। पछिल्ला केही दिनका राजनीतिक घटनाक्रमले शान्ति प्रकृया र संविधान निमार्ण प्रकृयालाई नराम्रो धक्का लागेको छ। यदि यस्तै अन्यौलता कायमै रह्यो भने संविधान समयमा बनाउन सकिदैंन र यदि संविधान समयमै बन्न सकेन भने त्यस बेला अहिलेको भन्दा पनि भयानक संवैधानिक र राजनैतिक जटिलताको अनुभव हामीले गर्नु पर्ने हुनसक्छ। सौचौं त…… त्यत्तीबेला हामी कहाँ हुन्छौं? जब सबै विकल्पहरु समाप्त हुन्छन् त्यस समय पुर्पुरोमा हात राख्दै आफुले गरेका गलत कृयाकलापको पश्चाताप गर्नु बाहेक हामीसंग अरु केही बाँकी रहनेछैन। त्यस समय गोहीको आँशु चुहाँउदै कुहिनो बजार्ने र हाम्रो कमजोरीमा आफ्नो फाइदा देख्ने अर्न्तरार्ष्टिय शक्तिहरुको निर्विकल्प दवाव हामीले सहनु पर्ने हुनसक्छ। वितेका केही दिन देखी गैह्र राजनीतिक युवाहरुको ठुलो समुह वर्तमान गतिविधीहरुले निम्त्याउन सक्ने गम्भिर परिणामबारे चिन्तित छ। युवा भन्ने वित्तिकै एक त मनोरन्जन, पिक्निक, रमाइलो, डाङ्गडुङ्ग मात्रै सोचिने या राजनैतिक दलहरुमा आवद्ध युवाको झुण्डलाई बुझने गरिएको यस समयमा राजनीति प्रति सचेत राजनैतिक चेनता भएका तर कुनै पनि राजनैतिक दलको झण्डामुनि नबसेका लाखौं युवाहरुले आफ्नो आवाजलाई समयमै उठाउन जरुरी छ। आवाज उठाउने भन्नाले कुनै माग राखेर आन्दोलन गर्ने, सडकमा टायर बाल्ने, चक्का जाम, तोडफोड गर्ने जस्तो साघुँरो दायरामा मात्रै सोच्नु हुदैंन। यो युवा पुस्ताले बुझेको छ, एक एक जनताको करबाट बनाईएको सार्वजनिक सम्पक्तिको मुल्य कति छ भन्ने कुरा….। प्रतिकृयाको राजनीति गर्ने अनि भावावेशमा आएर आन्दोलन गर्ने कामले देशलाई कुनैपनि कोणबाट हित गर्दैन भन्ने कुरा आज सम्मका गतिविधीबाट प्रस्ट भएका छ। राजनीतिको कुरा गर्ने वित्तिकै दलका नेताहरुको सक्तो सराप गर्ने, अरुलाई मात्रै दोष दिने, अरुलाई आरोप लगाउँदै आफुलाई चोखो सावित गर्न खोज्ने प्रवृत्तिले भन्दा फरक भएर अगाडी बढ्नु पर्नै आव्श्यकता छ। किनभने अरुलाई आरोप लगाएर अरुलाई दोष दिएर र अरुका कमजोरी औंल्याएर हामीले आफ्नो कर्तव्यलाई भुल्न पाउँदैनौं। यो समय कसले कहाँ गल्ति गर्यो भनेर सोच्ने मात्रै होइन, हामीले आफ्नो तर्फबाट के गर्यौं भनेर घोत्लिने समय पनि हो। यो देशमा राजनैतिक दलहरुमा आवद्ध युवा कति होलान्? २ लाख? ५ लाख? तर जनसंख्याको करिब ३५ प्रतिशत हिस्सा ओघट्ने अरु लाखौं कराडौं युवाहरु जो देशको वर्तमान परिस्थिती प्रति साच्चिंकै गम्भिर छन्, ति युवाले संगठित भएर सकारात्मक दबाब दिन सक्नुपर्छ। यदि हामीले यस समयमा हाम्रो उर्जा र सिर्जना शक्तिको उपयोग गर्दै रचनात्मक भुमिका खेल्न सकेनौं भने देशको इतिहासको सबैभन्दा जटिल र संवेदनशील राजनैतिक प्रकृयामा शहभागी हुनबाट हामी विमुख हुनेछौं। तर हाम्रो भुमिका यतिबेला घटनाको साक्षी बन्ने मात्रै होइन। यस्तै किसिमको अन्यौलता कायमै रहेर शान्ति प्रकृया र संवैधानिक प्रकृया धरापमा पर्यो भने हामीले पानी माथिको ओभानो हुने छुट पाउनेछैनौं र त्यस दुर्दषाको दोषी हामी पनि हुने छौं। कुनै पनि विकसित देशको इतिहासलाई पल्टाएर हेर्ने हो भने त्यस देशको एक पुस्ताको योगदान र त्याग रहेको हामी पाउँदछौं। अब पालो हाम्रो आएको छ। यो देशले हामी सबैको सार्थक भुमिकाको खोजी गरेको छ। यतिबेला हामी आफ्नो पढाई, जागिर, परिवारलाई देखाएर आफ्नो भुमिकाबाट उम्कन सक्दैनौं। भोली डुङ्गा डुब्यो भने के हामी बाँकी रहन्छौं? अब प्रश्न उठ्छ, हामी के गर्न सक्छौं? हाम्रो भुमिका के हुन सक्छ? निश्चित रुपमा राजनैतिक दलहरुले हामीलाई स्थान दिनेछैनन् त्यसैले हाम्रो लागी स्पेस हामी आफैले खोज्नुपर्छ। यति बेला कलाकार, व्यवसायी, विधार्थी, कृषक, संचारकर्मी, जागिरे, कृषक सबै युवाहरुको एउटा खुकुलो संयन्त्र बनाई हाम्रो आवाजलाई जोडदार रुपमा राख्न सक्छौं। ताकी, त्यसबाट राजनैतिक दलहरुलाई सकारात्मक दबाब दिन सकियोस्। हाम्रो आवाज के हुन सक्छ त? हामीले कुनै दललाई ठिक र वेठिक अनि कस्को कति गल्ति छ भनेर छुट्याउनु हुदैंन। हामीले राजनीतिक प्रकृयामा भए गरेका त्रुटि औंल्याउनु पर्दछ र त्यसलाई सुधार्ने दिशामा दबाब दिनु पर्दछ। यतिबेलाका प्रमुख दुई राष्टि्रय मुद्दा भनेको शान्ति प्रकृयालाई तार्किक निर्श्कषमा पुर्याउने र अर्को भनेको समावेशी र जनताको चाहानालाई सम्बोधन गर्नै किसिमको संविधान तोकिएको अवधी भित्रै बनाउने हो। यि दुइवटा प्रकृया संगसंगै अघि बढ्दा राजनैतिक दलहरु विच ठुलो विवाद आउनसक्छ र त्यो विवादमा एकले अर्काे विचारलाई निषेध गर्न खोजिइन सक्छ। हामीले त्यस्ता खाले कुनैपनि संवादहिनताको अवस्थामा राजनैतिक संवादलाई अघि बढाउन दबाब दिन सक्छौं। राजनैतिक दल विच संवाद अघि बढाउन सहजकर्ताको भुमिका खेल्न सक्छौं। संविधानमा लेखिने कुरालाई व्यापक जनबहशमा लग्नको लागी त्यसमा युवाको व्यापक शहभागिता बढाउने कृयाकलाप गर्न सक्छौं। र जबसम्म इतिहासमै पहिलो पटक नेपाली जनताले आफैले संविधान लेखिसक्दैनन् त्यत्तिबेलासम्म हामीले आफ्नो सकृयतालाई कायमै राख्नुपर्छ। हामीले अहिले नै केही गरेनौं भने हामी चुक्ने छौं र हाम्रो चुकाईको मुल्य धेरै महँगो सावित हुनसक्छ। यसर्थ देशको कुनाकुना देखी काठमान्डुसम्म आफ्नो दैनिकीमा व्यस्त गैह्र राजनीतिक युवाहरु, एकपटक गम्भिर भएर सोचौं, यदि हामी अघि बढेनौं भने कोही बढ्ने छैनन्।

9[सम्पादन गर्ने]

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो। झमक्क साँझ परिसकेको थियो। परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ। एक त भरखर–भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु। एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ। ‘आमा, भित्र को हुनुहुन्छ?’ ‘छोरा आइस्, बाबू!’ बुढी आमा भित्रबाट बोलिन्। असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन्। नियालेर हेरिन्। बरर आँसु झारेर भनिन् –’म त छोरो आएछ भनेर झुक्किएँ!’ ‘बास पाइन्छ आमा?’ ‘बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई।’ छाप्रो नछाएको दुईवर्ष भयो। पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा। नानी मसँग यही बासी मकैको रोटी छ। नमिठो छ कसरी निल्छौं? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है!’ ‘छोरो कहाँ गएको नि आमा?’ मैले कुरा झकेँ। ‘जुलुस उठ्ने बर्ष मेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी! मलाई बिर्स्यो। तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो। मास्टर नानी पनि सहराँ ठूला मान्छे भा’का छन् रे। उनी दुब्ला पातला थिए, तिमी मोटा छौं। उनी देश जन्ता के के जातिका कुरा गर्थे। उनी शीर ठाडो पारेर हिँड्थे। तिमी टाउको झुकाएर कुरा गर्छौ। फरक यति हो।’ म चुपचाप सुनिरहेँ, बुढी आमा भन्दै गइन्। ‘भोलि त तिमी सहराँ जान्छौं। मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ। मेरो लुरेले सहराँ ठूलो मान पा’को छ रे! राजाभन्दा पनि ठूलो मान! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा! पोहोरसालबाट महिनाको ५ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात। लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो। त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी? आमाको मुख हेर्न एकपल्ट त घर फर्कन पर्छ नि! म भने बाटो हेरेर आशामा बाँचेकी छु। छाप्राको दुःख लुरेले बिर्सेजस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है! पै सा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो डण्द दिन्छ।’ ………………………. म बिहान झसमिसेमा ओरालो लागेँ। असी बर्षे बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन। कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरह्यो, बिझाइरह्यो।

10[सम्पादन गर्ने]

आफूजस्तै कदकाँटीका दौँतरीसँग गोठालो गएका दिनहरु सम्झँदा आज यो पाको आङ् जिरिङ्ग हुन्छ। त्यो बेला गरेको कतिपय उपद्रो साँच्चै नै ज्यानमारा किसिमका हुन्थे। अहिले सम्झदाँ कहाली लागेर आउने खालको। कसरी पो बाँचेछु जस्तो। मेरा दिन बलिया रहेछन् भन्नु जस्तो। घटना सम्झेर साध्य नलाग्ने गरी असङ्य छन्। बाँसको चोकेजस्तो धारिलो सिङ भएको भैँसी चढेको। दुर्छे बाछाबाछीको पुच्छर तानेको। जुरेलीका अण्डा खान गुँड खोतल्दै तारे भीरमा बाँदरझैँ बुर्कुसी मारेको। आजको चलनचल्ती शब्दमा भन्नुपर्दा हाम्रो मोन्टेश्वरी कक्षा थियो त्यो।

यो असङ्ख्य सम्झनाहरुको कोलाजमा हरेक सम्झनाले बेग्लै किसिमको अनुभूति दिन्छ। एउटा घटना छ जुन सम्झेँ भने आज पनि थरथरी काम्छु। म त्यो डरलाग्दो भेडोको कुरा गर्दैछु। मलाई आलीका डिलमा लडाएर भकुर्ने त्यो भेडो सम्झँदा अहिले पनि गोडा लुलिन्छन्।

त्यतिविध्न उपद्रो मच्चाउने म र मेरा साथीहरुको हुलिया चाहिँ कस्तो हुन्थ्यो त? यो पनि सुनाइहालौँ। नाङ्गा पाखुरामा बेहोसी तालले स्वाट्ट सिँगान पुछिन्थ्यो। ती सिँगानका लाप्कालाई हुरीले सुकाएर पाखुरामै अह्ररो गरी टाँसिदिन्थ्यो। पखालेर नपखालिने गरी। भैँसी आहाल बसेजस्तो गरी हिलो खेल्नु स्वच्छन्दाको चरम आनन्द थियो। कपाल कोर्नु, नुहाउनु दैनिकीमा पर्दैनथ्यो। चपरी मैलोले ठाडो परेको हुन्थ्यो कपाल। अत्याधुनिक हेयर जेल दलेजस्तो। गरिबिले होइन। पानीको अभाव पनि होइन। सम्झिल्याउँदा त्यो बेला चेतना थिएन।

म त्यो सनकी भेडोको कुरो गर्दैथिएँ। त्यो हिउँदको समय थियो। बर्खामा भन्दा हिउँदमा गोठालो जानु सजिलो हुन्छ। सबैले बाली थन्क्याइसक्ने हुनाले बस्तुभाउ टाढाटाढा नभड्किउन् र कुन्युको पराल नखाउन् भन्नाका लागि मात्र त्यो दिन गोठालो गएको थिएँ। बर्खायाममा जस्तो पशुको थुतुनुमै लौरो तेर्स्याएर ढुक्कै गोठालो लाग्नु पर्ने स्थिति थिएन। समय कटौनीका लागि दौँतरी गोठाला कोही डण्डीवियो खेल्दैथिए। कोही पैँठेजोरी लडाउँदै थिए। म भने मस्तसँग साँझसम्म तरुनी तन्नेरी जिस्केको हेरी बसेको थिएँ। ती भाका हालेर गीत गाउँदै थिए― सिरिमा सानको…..भातखानु धानको… दुध खानु थोरेको………।

बेलुकी अघाएका गाईवस्तु वाटो लाग्न थालेका थिए। कोही वस्तु फर्काउँदै थिए। कोही बगालबाट आफ्ना चौपाया छुट्याउँदै थिए। हाम्रो घरमा एउटा थुवा (भेडाको भाले) थियो। कुलदेवतालाई भाकेर पालेको भएर हो कि क्या हो कुन्नी त्यसले लाठे मान्छेलाई पनि हान्न बाँकी राख्दैनथ्यो। गोठालाहरु त्यसका बटारिएका सिङ् देखी डराउँथे। ती दोहोरी गाउने तन्नेरीहरुलाई चुनौती दिने मनसायले म सानसँग आँखा चिम्लेर खेतका आली आली हाम्फाल्न थालेँ। खै कसरी कसरी त्यै रिसाहा भेडोको अगाडि पो परेँछु। मलाई एक्कासी ऐँठन परेजस्तो भो। सातोपुत्लो उडेर एक शब्द चुँइक्क निस्केन मुखबाट। बजिया भेडोलाई के चाहियो र। जिस्क्याएजस्तो ठानिहाल्यो। घोडाजस्तो जोर खुट्टा उचालेर हिनहिनाउन पो थाल्यो। हेर्दाहेर्दै त्यसका नरसिङ्गा जस्ता सिङ्ले मार भकुर्न थाल्यो। हात गोडा मर्किए। पिँडुलो फर्कियो। ढाड अररो भो। जिऊ सबै पिल्सियो। अघिका दोहोरी गाउने तरुण मन्डली हाइ हाइ र हुइ हुइ गर्दै आए। भेडोको नजिक त के पर्न सक्थे र। परै बाट माटाका डल्लाले हिर्काउन थाले। एकदुई डल्ला मलाई समेत लाग्यो। माटाका डल्लासँग त्यो जब्बर भेडो के टेर्थ्यो र! त्यसको हनाइले तोजहरान भएर म बेहोस भएँछु। म मरेँ भन्ठानेर त्यो भेडो बाटो लागेछ।

आँखा खुल्दा गोठालाहरु मलाई पानी छम्कँदै थिए। मुख रगताम्य थियो। पीडा थामिनसक्नु थियो। हाब्रो च्यातेर ड्वाँ ड्वाँ रोएँ। डाको छोडेर रुँदा पो गोठालाले भने– ‘लौ, यसका अगाडिका दुइटा दाँत खै?’ धन्य ती दुधे दाँत थिए। पछि पलाए।

11[सम्पादन गर्ने]

केहि पानाहरु भेटिए। मैले कुनै समय कुनै मोडमा केहि लेखेको रहेछु। शुरुमा आफैले पढे। त्यसपछि एकदम घनिष्ट मीत्रलाई पढन दिए। अनि डियरनेपाललाई पठाए – तपाईले पनि पढिदिनु हुन्छ कि भनेर। ‘तिम्रो व्याग हेरुनँ।’ ‘के भनेको?’ व्याग पर सार्दै उसले भनी। मैले मूण्टो अर्कोतिर घूमाए। उसले मेरो अनुरोध शब्दमा वुझेन । ठिकै छ। ईशारा गर्दा पनि वुझेन । मलाई खूव चिढिन मन लाग्यो। सुतेकोलाई व्यूझाउँन सकिन्छ, सुत्या जस्तो गर्नेलाई….??? ‘तिम्ले के हेरुँ भनेको?’ ‘भन्दै छु त तिम्रो व्याग’ ‘धत …यो मान्छे … के भन्या’ – गाई तर्सेर भागेजस्तै लाग्यो। ‘हेर्छुनि ‘ – वच्चा हुन पाए कति मजा हुन्थ्यो। ‘के … हुदैन … किन?’ ‘केटिहरुको व्यागमा के हुन्छ हेर्न मन लाग्यो।’ ‘तिम्रो काम छैन?’ उसको कानमा सिउरिएको कपाल एउटा सप्को वनेर तल झर्‍यो। ऊ निर्दोश तरिकाले मलाई हेरिरहिँछे। हैन मलाई किन ऊ यति राम्री लाग्छ? मैले उ सँगै गफिएकाहरु तिर हेरेर भने– ‘केटिहरु हेर्न नमिल्ने कुरा बोक्छन कि क्या हो?’ ‘तिम्ले सवैको सामू मेरो बइज्जत गर्न खोज्या?’ ला ऊ त आगो भैसकिछ। ‘होइन बम पो छ कि भनेर नि …’ ऊ आफै बम भैसकेकि थिई, धन्य अवचाहिँ पड्किन्। ‘पर तिम्ले देख्यौ।’ – मैले सोधे। ‘के’ – उसलेपनि सोधी। ‘दुईवटा कूर्सी छन्।’ – प्रश्नपनि आफ्नै उत्तरपनि आफ्नै के कराकानी हो यो? ‘मैले के गर्नु त?’ – फेरि प्रश्न। कति प्रश्नमात्र सोध्या होला? ‘गएर एउटा कूर्सीमा बसिदेउन। तिम्रो छेऊमा म बस्छु।’ कलेजमा आज स्ववियू चुनाव थियो। म पनि आएको थिएँ । जब म उसलाई खोज्दै थिए, कसैले मलाई खोजेजस्तो गरेनन्। अरु त अरु नेता भनाउँदाहरुले पनि वास्तै गरेनन्। ठिक छ, मैले अरुको लागी मत मागिन। तर मलाई पनि मत नमाग्नुको अर्थ के? म मतदाता थिइँन? मैले पैसा लिएर मेरो मत किन्नु आइज भनेको थिएँ ? या म एक्लो फूर्के स्वतन्त्र नेता थिएँ ? – मैले केहि बुझिन । ‘बाल मतलव!’ मैले किन बुझ्नुपर्‍यो ? तब मैले उसलाई खूव मिहिनतसाथ खोजेको थिए। बल्लबल्ल उसँग एकान्तमा छु। तर यहाँ उल्टो भइरहेको छ। मलाई खोज्ने अहिले धेरै भएका छन्। आफूलाई मात्र यस्तो लागेको त होइन होला। उसँग बल्लतल्ल कुराको धागो बाट्दै हुन्छु, एउटा आउँछ चुटाउँछ। अर्को आउँछ त्यसै गर्छ। टाढाको होइन आफ्नै नजिकका साथी भनाउँदाहरु आइरहन्छन्। ‘मैले उनीहरु डुल्ने चोकमा चीया पसल खोलेर?’ ‘उनीहरुले मात्र घरजम गर्नु भन्ने छ? मैले चाहिँ घरजम बसाल्नु पर्दैन?’ एउटा आउँछ, अल्मलाउँछ। अर्को आउँछ त्यसै गर्छ। केटिको अगाडि लुतेपाडो पनि जङ्गी राँगा हुन्छ। म झन के कम। ‘हान्दिम १/२ जनालाई?’ – साथी/फाथी गोलीमार्दो!!! आ भैगो शालीन केटिको अगाडि शभ्य हुनैपर्छ। कमसेकम भएजस्तो गर्नैपर्छ। नत्रभने उसलाई मायाजालमा फसाउने प्रतिस्पधाबाट आफै बाहिरिनु पर्नेहोला। यस्तो नियती भोग्न म कहाँ चाहन्छु र? तर उसँग भएको बेला अरु आएर झिंझो गरेको भने पक्कै मन पर्दैन्। जस्तो कि …., हाम्रो छेऊमा २ नेता साथीहरु आए। वहश गर्न लागे भन्या। एउटा काग्रेस प्राइभेट लिमिटेडको विज्ञापन गर्छ। अर्को माओवादी हैकमवादको क्यारीकेचर गर्छ। मलाई वाक्क लागी सक्यो। कति ‘हो नि’ ‘कुरा ठिक हो’ भन्दै स्वर थाप्नु? एक पक्षमात्र भएपो, दुवै पक्षलाई उकास्नु छ। एमाले जस्तै एता–उता सन्तुलन मिलाउनै गाह्रो। ‘तिमीहरुले भनेको कुरामा म असहमत छु।’ भन्नपनि आँट आएन। किनभने राजनैतिक बहसमा म यिनीहरुलाई सक्दिन। आफ्नो तरुनीको अगाडि कोहि पराजीत हुन चाहन्छ र? राजनैतिक वहश नजान्ने वेबकूफ हुनुपर्छ भन्नेपनि त छैन होला। ठाउँ छोडेरपनि कता जानु (?) हाम्रोलागि यो भन्दा एकान्त अरु ठाऊँ पक्कै छैन्। ‘ओइ तँहरु यहाँबाट जान्छौ कि बोतल उठाम …’ नेताहरु पहिले चुपलागे। कोकको बोतल हेरे अनि वाटो लागे। हो पक्कैपनि मैले हाँसेर नभनेको भए बबाल हुन्थ्यो त्यहाँ। ‘तिम्ले भोट दियौ?’ उसले सोधी। ‘अहँ छैन’ ‘सवैले भोट हालिसक्यो त मैलेपनि हाले’ ‘ए’ ‘अन्त तिमीले भोट नदिने?’ भोटको साटो मेरो चिन्ता गरे हुन्थ्यो नि! कुरा गर्ने विषयनै नभएजस्तो । आफू विहानदेखि अहिलेसम्म उसैलाई खोज्या खोज्यै। भोटदिनको लागी भन्दापनि उसलाई भेट्नको लागी आएको कुरा किन नबुझ्या । एकछिन त वित्थामा आएछु जस्तो पनि लाग्यो। ‘भन तिम्ले कसलाई भोट दियौ?’ मेरो प्रश्न। ‘जीत्नेलाई’ केटिको भित्री मन बुझ्न गाह्रो हुन्छ नै। ऊ त यहाँ सरल प्रश्नको उत्तरपनि नवुझने गरि दिदैंछे। प्रस्ट जवाफ दिएको भएपनि ममा जलन पक्कै हुने थिएन। ‘तिमीचाहिँ कसलाई भोट दिने नि?’ उसले मौनता भङ्ग गरिदिई। ‘हार्नेलाई’ ‘मैले जित्नेलाई मत दिएँ भनेर हो?’ उसको सुन्दर आँखा मेरा सामू सिंङ्गेजोरी खेल्न आइपुग्यो। ‘होइन’ ‘अनि के त?’ ‘म आफूपनि हारिरहने उमेद्धार हुँ त्यहि भएर’ ‘तिमी कसरी उमेद्धार भयौ र खै? चुनावमा उमेद्धारी दिएकै छैनौ।’ मेले के भन्ने चुप लागिरहे। ‘मलाई थाहा भएसम्म राजनितिमा तिम्रो चासोपनि छैन।’ ‘तिम्ले भन्या ठिकै होला।’ ‘खै त मैले जवाफ नै पाइन’ मलाई उस्ले छाडिन। ‘मेरो समर्थन पराजीत हुनेलाई किनभने शायद जस्ले मेरो पराजयलाई महशुष गर्छ’ – यहि थियो मेरो उत्तर। ‘तिम्रो कुरा म बुझ्दिन’ – अवचाहिँ उसले नाँक खुम्च्याई। ‘तिम्ले मलाई र मेरो कुरालाई बुझ्दैनौ र त म हरेक चोटि पराजीत हुन्छु।’ ऊ अझै अलमल्ल छे। ‘तर म हिम्मत हार्दिन। बुझ्यौ ?’ ‘वुझे’ ‘के बुझ्यौ?’ ‘यहि कि तिमी हिम्मत हार्दैनौ।’ ऊ सँग छुटेपछि भोट हाल्न गए। तर मलाई भोट हाल्न नै दिइएन। मैले परिचय पत्र नवीकरण गरेकै थिएनछु। गेट पालेले सवैसामू एकछिन उभ्यायो। कस्तो अप्ठ्यारो लाग्यो भने के भन्ने र। अर्काको वगली मारेर पब्लिक सामू लज्जित भएझै लाग्यो। रिस पनि उठेकै हो। वाटामा एउटा नेताले पछ्यायो। ‘तिम्ले भोट हाल्यौ?’ ऊ भन्छ। ‘अँ हाले’ ‘कसलाई हाल्यौ?’ ‘उमेद्धारलाई’ ‘त्यो त हो तर मैले भन्न खोजेको …’ ‘हाम्रै उमेद्धारलाई’ ‘तिम्ले भोट हालेको जस्तो लागेन, खै औला हेरुँ?’ ‘तेरो वाउको … मेरो औलामात्र हैन के–के हेर्छस … देखाइदिम्…चल भाग यहाँवाट’ आखीर म पनि त मूर्ति त हैन नि हौ।