प्रयोगकर्ता:116.66.193.244/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकीकरण अभियानका महत्त्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला डडेलधुरामा अवस्थित छ । काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरणअन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए ।

कणर्ालीपश्चिमका भू-भागमा शासन-व्यवस्थालाई सुदृढ गर्न काजी अमरसिंह थापाले उक्त किल्ला निर्माण गराएका थिए । राजा रणबहादुर शाहको शासनकाल तथा अधिराजकुमार बहादुर शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियान अन्तर्गत वि.सं. १८४७ भदौ ३१ गते आइतबारका दिन सेती नदीको नारीडाङमा डो टेली फौजले गोर्खाली सेना समक्ष आत्मसमर्पण गरेको थियो । त्यसपछि वि.सं. १८४० मा कर्णाली पश्चिम भूभागमा शासन व्यवस्था सुदृढ एवं विस्तार गर्न काजी अमरसिंह थापा प्रशासक नियुक्त भए । सोही वर्ष उनले उक्त ढुङ्गे किल्लाको निर्माण गराएका थिए ।'

डडेलधुराको सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । उक्त किल्लाकै नामबाट अमरगढी नगरपालिकाको नामकरण गरिएको छ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनैतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । अमरगढी किल्लाबाट यस क्षेत्रका थुप्रै सुन्दर हिमाली श्रृखंलाहरूको अवलोकन गर्न पाइन्छ । त्यसका अतिरिक्त यहाँबाट घनघस्याको लेक, महाभारतको लेक, सेरी लेक, धार्मिक स्थलका रूपमा रहेका उग्रतारा मन्दिर, डोटी घटाल, सिलगढी आदि क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

किल्ला स्थापनापश्चात् त्यसको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । वि.सं.२०१४ माकिल्लामा रहेको खड्कदल गुल्म त्यहाँबाट सरुवा भएर जाने क्रममा किल्लाभित्र राखिएका सबै पुराना हातहतियार आफूसँगै लिएर गएको थियो । संकटकालपूर्व स्वतन्त्र रूपमा प्रवेश गर्न पाइने उक्त किल्लामा माओवादी सशस्त्र जनयुद्धका कारण सुरक्षाका दृष्टिकोणले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा लगाइएको संकटकालपछि सर्वसाधारणको प्रवेश निषेध गरिएको थियो । अहिले पनि किल्लाको सुरक्षार्थ नेपाली सेनाको एउटा टुकडीले पहरा दिँदै आएको छ ।

काजी अमरसिंह थापाले यही किल्लालाई आधार शिविर बनाएर वि.सं. १८४७ चैत १५ गते कुमाउका राजा महेन्द्र चन्दलाई, वि.सं. १८६१ मा गढवालका राजा प्रद्युम्न शाहलाई र वि.स. १८६३ भाद्रमा कांगडाका राजा संसार चन्दलाई परास्त गरी नेपालको सिमाना विस्तार गरेका थिए । वि.सं. १८६५ भदौमा कंागडा र १६ वि.सं. १८७२ वैशाखमा कुमाउँले अंग्रेजहरूलाई धपाई स्वतन्त्रताको घोषणा गरेपछि चौतरिया पुस्कर शाह नयाँ प्रशासक भै आएका थिए । वि.सं. १८८४ मा उक्त क्षेत्रको सदरमुकाम डो टी जिल्लाको सिलगढीमा सारिएपछि अमरगढीले आफ्नो प्रशासनिक महत्त्व गुमाएको थियो ।

नेपाली सेनाको टुकडीले सुरक्षा गर्दै आएको भए पनि यसको उचित मर्मत-सम्भारका लागि सम्बन्धित पक्षबाट ध्यान दिइएको पाइँदैन । साथै अस्पतालको फोहर तथा दुगर् न्धले पनि किल्लाक्षेत्रको वातावरणमा नकारात्मक प्रभाव पारेको छ । उचित संरक्षण एवं संवर्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको यो किल्लाको अस्तित्व संरक्षणका लागि सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्छ । [[१]]