प्रयोगकर्ता:27.34.20.98

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


के हो डार्विनको विकासवादी सिद्धान्त ?[सम्पादन गर्नुहोस्]

Minendra Bhandari

विकास प्रकृतिको निरन्तर गतिशील प्रक्रिया हो । विकासको प्रादुर्भाव संघर्ष हो, निरन्तर विकास निरन्तर परिवर्तन हो । यथार्थमा विचार र विज्ञानको संयुक्त योगफल विकास हो । अन्ततः आजको मानव समाजको मुल पहिचान विचार ,विज्ञान र विकास हो ।

यस लेखमा प्रख्यात अंग्रेजी बैज्ञानिक चार्ल्स रोबर्ट डार्विन (१८०९-१८८२) को  theories of evolution को बारेमा संक्षिप्त चर्चा गरिन्छ । राजनीतिक दृस्ठिकोणले मार्क्सवादको एउटा आधार समेत मानिएको विकासवादी सिद्धान्त प्रकृति तथा जैविक विज्ञानको क्षेत्रमा क्रान्तिकारी उपलब्धि हो ।  डार्विनले विभिन्न प्रकारका जीव-जन्तु र वनस्पतिहरुको संकलन गरि त्यसको समुहगत रूपमा गहिरो अध्ययन , अनुसन्धान र परिक्षण पश्चात् निष्कर्षमा विकासवादी सिद्धान्तको प्रस्तुत गरेका थिए । डार्बिनले सन १८५९ मा   "on the origin of species by means of natural selection " नामक आफ्नो मौलिक रचना मार्फत विकासवादी सिद्धान्तका आधिकारिक धारणा पेश गरेका थिए । जीव भगवानको सृष्टि होइन, पदार्थको उच्चतम विकास हो र  सम्पुर्ण प्राणीजगतको चरीत्र द्वन्द्वात्मक छ भन्दै समकालीन धार्मिक अधिभूतवादी दृस्ठिकोणमाथि डार्विनले दरिलो मुक्का हाने । उनले जैविक-प्राकृतिक संघर्षबाट प्राणी जगतको उत्पत्ति भएको , जीवहरुको लामो संघर्षको प्रक्रियाबाट मानव-उत्पत्ति र विकास  भएको भन्दै वांदरलाई मान्छेको पू्र्खाको रूपमा पेश गरे । जिवहरुको उत्पत्ति वा विकास दुवैमा संघर्षको भुमिका अनिवार्य हुने उनको निष्कर्ष छ ।

* विकासवादी सिद्धान्तका प्रमुख सैद्धान्तिक आधारहरु :-

(१) अस्तित्वका लागि संघर्ष : सबै प्रकारका जीवजन्तू तथा वनस्पतिले आफ्नो अस्तित्वका लागि जिवनपर्यन्त ३ प्रकारका संघर्ष गर्दछन ।

क) अत:प्रातिय संघर्ष - आफ्नै वर्ग वा जातभित्र खाना , यौनक्रिया र अन्य सुबिधाका हुने संघर्ष ।( जात वा वर्ग एउटै )

ख) अन्तरजातीय संघर्ष - दुई भिन्न प्रकारका प्राणीहरुकाविच हुने रक्षा र आक्रमण सम्बन्धि संघर्ष ( मुसा र बिरालो )

ग) पर्यावरणिय संघर्ष - प्राकृतिक प्रकोप, र प्रतिकुल वातावरणसंग हुने संघर्ष ।( भुकम्प , चिसो , आंधी,अध्यारो  आदि ।)

(२) असाधारण उत्पादन क्षेमता- सबै प्राणीहरुमा उत्पादन क्षेमता हुन्छ । सबैभन्दा कम उत्पादन क्षेमता भएको जीव हाति हो , यसले ९७ वर्षमा बढीमा ६ वटा मात्रै बच्चा जन्माउन सक्छ । सबैभन्दा बढी उत्पादन क्षेमता भएको प्राणी समुन्द्रीसिपि (oyster) हो ,यसले एक वर्षमा ६० लाख फुल पार्छ, यसको सबै सन्तान बाच्ने हो भने एक वर्षमा पृथ्वीको ८ गुणा भाग ढाक्छ । प्राणी-जगतमा उत्पादन क्षेमता र त्यसको विकासले  प्राणी स्वयंको बिनास वा मृत्युको आधार बनाउछ ।

(३) योग्यतम प्राणीको बचावट र प्राकृतिक छनौट -  प्रत्येक प्राणीले बाच्नका लागि आफूलाई स्थानीय वातावरणसंग अनुकुल बनाउनु प्राकृतिक छनौट हो र आफ्न दुश्मनहरुबाट  बच्नका लागि  आफूसँग भएको दांत , नंग्रा ,सिङ , पुच्छर , हात , खुट्टा आदिको प्रयोग वा परिचालन गर्नु बचावाट ( रक्षा ) हो ।

(४) विविधता,वंशगति र नयाँ प्राणी विशेषको उत्पती -

प्राकृतिक छनौट र बचावटको लामो अवधि पार गर्दा प्राणीहरु विविधतामा बिभक्त हुँदै आफ्ना पू्र्खा भन्दा भिन्न वा पृथक बन्छन् । यहाँ भिन्नताविना विकास र छनौटविना  भिन्नता सम्भव हुदैन । तसर्थ, प्राकृतिक छनौटले भिन्नता, भिन्नताले विविधता र विविधताले प्राणीमा नयाँ गुण, नयाँ विशेषता र नयाँ स्वरुपको विकास गराउंछ ।

यसरी प्राणिहरु भिन्न परिस्थितिसंग अनुकुलित बन्ने प्रक्रियामा श्रम, संघर्ष , छनौट र बचावटको लामो अवधि पार गर्दा नयाँ प्राणी विशेषको उत्पत्ति र विकास हुन्छ । बांदरबाट मान्छेको विकास यही प्रक्रियाबाट सम्भव भयो ।