प्रयोगकर्ता:Aastha kc (Anamika)
नमस्कार, मेरो नाम आस्था केसी हो । म अहिले ३४ बर्षकी भएँ । म नेपालको राजधानी काठमाडौंमा बस्छु । अहिले कान्तिपुर सिटी कलेजमा पत्रकारिता र आमसंचार बिषयमा स्नातकाेत्तर पढिरहेकी छु । अर्को एक बर्षमा मेरो स्नातकाेत्तर सकिनेछ र त्यसको नतिजा राम्रो हुनेछ भन्ने विश्वास मैले लिएकी छु । म नेपालमा १० बर्षसम्म चलेको जनयुद्धकी एक सहभागी हुँ । त्यतिवेला म जम्मा १५ बर्षकी थिएँ, जतिवेला म जनताको मुक्ति र व्यवस्थाको परिवर्तनका लागि घर छोडेर भूमिगत भएकी थिएँ । १० कक्षाको मेरो पढाई अधुरै छोडेर म युद्धमा लागेकी थिएँ । मैले पार्टीमा अनेक भूमिका र जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक काम गरेँ । म पार्टीको एरिया सेक्रेटरी र महिला संगठनको गुल्मी जिल्ला अध्यक्ष भएर काम गरेँ । त्यसवाहेक मैले जनसाँस्कृतिक संगठन र लेखकहरुको संगठनमा पनि आफ्नो भूमिका निर्वाह गरेँ । अहिले म पत्रकारहरुको संगठनकी केन्द्रिय सचिवको भूमिकामा छु ।
युद्ध सकिएपछि जव पार्टी सरकारमा सहभागी भयो, म जस्ता धेरै कार्यकर्ताहरुले आफूलाइ सडकमा पायाैं। जाे कुनै पनि नेताका आफन्तहरु थिएनन्, उनीहरुले कुनै राम्रो पदमा नियुक्ति पाउन सकेनन् । देशमा राजनीतिक परिवर्तन त भयो तर त्यसले आम जनताको जीवनमा गहिरोसँग प्रभाव पार्न सकेन । सरकार र संसदमा पुगेका वा अन्य जिम्मेवारीमा पुगेकाहरु आजभोली व्यक्तिगत स्वार्थमा र्चुलुम्म डुवेका छन् जस्ताे लाग्छ। यस्ताे लाग्छ सायद, उनीहरुको जीवनमा समाजवाद र साम्यवाद आईसकेको छ तर म जस्ता कार्यकर्ताहरु जसले युद्धका दिनहरुमा संगठन र पार्टीका लागि पढाइ, परिवार र प्राइवेट जीवन त्यागेर आफ्नो जीवनका सबैभन्दा रहरलाग्दा दिनहरु लगानी गर्यो, हामीहरु आज कलेजको फि तिर्न नसकेर, डेरा भाडा तिर्न नसकेर कामको खोजीमा भौंतारिनु परिरहेको छ । लथालिंग परेको आफ्नो जीवनलाई सम्हालेर म जस्तै हज्जारौं कार्यकर्ताहरु आफ्नो जीवनमा अगाडि बढ्न खोजिरहेका छन् । मैले शान्तिप्रकृयामा आएपछि पत्रकारिता शुरु गरेँ, र अहिले पत्रकारिताकै क्षेत्रमा काम गरेर आफ्नो जिविकोपार्जन गर्नुका साथै आफ्नो ठाँउवाट, कलमका माध्यमबाट आवाज बिहिनहरुको लागि आवाज उठाउनेकाम गरिरहेकी छु । राम्रो जीवनका लागि सपना देख्नु राम्रो कुरा हो तर अनाबश्यक सपनाहरु देखाएर अरुकाे जीवनलाइ तहसनहस पार्नु कदापी राम्राे मान्न सकिँदैन । म आफ्ना भोगाई र बिचारहरु संसारभरका मानिसलाई सुनाउन चाहन्छु ताकि मेरा बिचारहरु पढेर मानिसहरु भ्रमको पछाडि होइन आफ्नो जीवनलाई माया गर्नेछन् । यसले समाजलाई, सारा बिश्वलाई एउटा सकारात्मक सन्देश दिनेछ ।
मलाइ नयाँ नयाँ कुराहरु खाेजी गर्नु, नयाँ नयाँ पात्रहरुकाे जीवनका भाेगाइलाइ स्टाेरी र फिचरहरुमा उतार्नु निकै राेमाञ्चक लाग्छ र पत्रकारितावाट नै याे सब संभव छ । यसरी लेखेका पात्र र स्टाेरीहरु तिनका भाेगाइहरु विकिपिडिया मार्फत म धेरै भन्दा धेरै मानिसहरुसम्म पुर्याउन चाहन्छु । मैले याे अवसरका लागि विकिपिडियालाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
आस्था केसी (अनामिका)
काठमाडौं नेपाल
kcaastha26@gmail.com