प्रयोगकर्ता:Artist of Nepal

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Biography | Nepali Artists | Nabin Dhungel

नेपाली लोक संगितमा लागेका धेरै स्रस्टाहरु जनमानसमा अपरिचित छन्। जत्तिले चिन्न खोज्दछन अथबा चिन्दछन तिनीहरु लोक संगीतका वास्तबिक अनुवाइ हुन् । रेडियो नेपालको स्थापना पछि धेरै लोकस्रस्टाहरुको जन्म भयो। त्यहि स्रस्टाहरुको बीचमा आफ्नो छुट्टै परिचय लिएर देखा परेका संगीतकर्मी हुन -नबिन ढुङेल ।

नबिन ढुङेलले अत्यन्तै थोरै गीत गाए । तर जति गाए सबै प्रसिद्द भए । यसको अर्थ के हुन्छ ? यसको अर्थ उनका गितमा गुणात्मकता छ । उनको स्वरमा अलौकिक जादु छ । त्यहि कारणले लोक स्रस्टाका बीचमा उनी शिखर मानिन्छन् । र लोक गायनमा अजम्बरी भएका छन् ।

नबिन ढुङेल बिक्रम सम्बत २०१८ साल श्राबन ७ गतेबुधवार ओखलढुङाको पोकली गाउको वाच्पु भन्ने ठाउँमा जन्मे । बाबु दुर्गाहरी ढुङेल र आमा लालकुमारी ढुङेलका ४ सन्तान मध्येका कान्छा छोरा थिए। उनका बाबु आमा पनि त्यो बेलाका स्थानिय चर्चित कलाकारका रुपमा परिचितका साथै नबिनका २ दाजुपनि संगीत र साहित्यमा निकट नै थिए। तर पछि निरन्तरता भने कसैले दिन सकेनन ।

२०३६ सालमा गाउको स्कुलबाट एसएलसी पछि काठमान्डौं आए र यतै जागिर खोज्न थाले । त्यतिकै टहल्दा टहल्दै उनि सैनिकमा भर्ती भए र आधा उमेर सैनिक जीवनमै बिताए । सैनिकमा छंदा आर्मी हेडक्वाटर बाट आयोजित हुने वार्षिकउत्शव मा सबै ठाउँ र भाषाभाषीको गीत गाउन नबिन लाई नै जिम्मा आउथ्यो । आफ्नो सैनिक जिबन देखि हाल सम्म नबिन ले पूर्वाञ्चल देखि सुदुर पच्छिमान्चल सम्मका ७५ जिल्लामै भ्रमण गरेका छन् भने यी सबै क्षेत्र अन्तर्गतका गीत पनि आफुले गाएका छन्। आफ्नो सुमधुर आवजले गर्दा अधिकाम्स सैनिक जबान देखि अफिसर सम्म परिचित छन् उनि ।

२०३८ साल फाल्गुन ७ गते रेडियो नेपालमा अधिराज्य ब्यापी लोक गीत प्रतियोगिता हुँदै छ भन्ने थाहा मात्र पाएका थिए नबिन ले । साथीभाइ र अफिसरहरुको उक्सावटले एउटा गीत लिएर गए । बोल थियो - काँचो कटर , मै जान्छु राङखोला रोक मोटर.... यो गीत बाट नबिन ढुङेल सर्बोक्रिस्ट भई प्रथम हुनु भए । साथै उहाँ को रेकर्ड भएको पहिलो गीत पनि यही थियो । २०३८ साल देखि नबिन ढुङेलले निरन्तर रुपमा लोक कोसेलीहरु पस्कदै गए ।

उनको स्वरमा पाइने फरक प्रकारको स्वादले त्यो समयको लोक गीत नबिनमय भएको थियो, नबिन को भाका संगै पल्पिएको थियो । भर्खरै स्थापना भएको नेपाल टेलिभिजनले पनि उहाँको गीतमा भिडियो बनाएर प्रसारण गरेको रहेछ ,त्यो भिडियो २०५२/२०५३ ताका टेलिभिजनमा देखेपछी थाहा भएको स्मरण गर्दछन्।

तर पछि २०४२/ ४३ तिर नबिन ढुङेल रेडियोमा गीत गाउन नै छाडिदिए । कारण थियो, ४० को दसकको बहुचर्चित गीत माछी मारन हो बैनी ,भरेलाई चटनी माछी मारन........ आफ्ना मित नबिन गुरुङको सन्कलनमा हिरादेवी राइ र तिर्थकुमारी लाई जोडी गायनको साथ अर्का गायक सुर्य थुलुङलाई आफु सँग गीत गाउन मौका दिएका थिए । तर जुन मान्छेलाई गीत गाउने मौका दिइएको थियो , त्यहि मान्छेले उनको नाम हटाइ आफ्नो नाम राखेर बजाउन थाल्यो ,यसको बिरुद्दमा पटक पटक रेडियोलाई जानकारी गराउदा सुनुवाई नगरेपछि रेडियोलाई उनले सधैंलाई छाडिदिए । र त्यसपछि नबिनले रेडियोमा कहिलेपनि गीत गाएनन । २०३६ देखि २०४२/४३ सम्म करिब करिब नबिनले ३५/ ३६ वटा गीत मात्र गाए । तर जति गाए ,सबै उत्कृष्ट गाए ।

आफ्नो ब्यक्तिगत ब्यस्तताले संगीतमा निरन्तरता दिन सकेनन । हाल सम्म उनका ५ एल्बम मात्र प्रकाशित छन् । पिपल संगै बर (१९८८ ), डोरीको तीन फुदा (१९९४),चरी हिमालमा (१९९५) साली भेना (२००४) र तिर्खा मेटाइदेउ (२००५) । र्धेरै बर्षसम्मको बिदेश बसाइपछि २०६० मा नबिन ढुङेलले साली भेना एल्बम प्रकाशन गरेका थिए । आफ्ना सुपुत्र अभय ढुङेल को शब्द र लय संकलनमा तयार भएको उक्त गीत ले अर्कि हराइसकेकी गायिका रेखा साह लाई पनि पुन:स्थापित गराएको थियो ।