प्रयोगकर्ता:Bikram Ahikari Shreejanashil Chowk Bidur,4 Nuwakot

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मैले पढें मलाई ठिक लाग्यो अनि बाँडी (share)दिएँ !! एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " । यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो । अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन " दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ । " तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । " जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर , प्रयास गर । घोडा जुरुक्क उठ्छ, खसीले भन्छ - हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ। उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो " चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्यानी खुवाउछु " । खसि काटिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुँदोरहेछ ! यहाँ