प्रयोगकर्ता:Hari Pd. Gautam/sandbox
समय' लेख हरि प्रसाद गाैतम , बाइसी बिचवा ८ , कञ्चनपुर
मान्छेकाे जीवनसँग गाँसिएका बहुमूल्य विषयहरुबारे विचार गरी प्राथमिकताकाे अाधारमा सूचीकृत गर्दा मैले समयलाई नै पहिलाे स्थानमा
राख्न पुगेँछु । अरु कुराकाे जतिसुकै महत्व भएपनि , अरु तत्वहरुकाे जतिसुकै ज्ञान र अनुभव रहे पनि समयानुसार गरिएन भने वा समयकाे
अभावले कार्यान्वयन गर्न सकिएन भने त्याे ज्ञान वा अनुभवले कुनै महत्व राख्दैन ।
धेरै मान्छेकाे यही गुनासाे रहन्छ कि कुनै काम गर्न नसकेकाे मूल कारण समयकाे अभाव हाे । संसारका अनगन्ति अल्झन बिल्झनहरुले
सबैकाे साताे लगेकाे हुन्छ , समय भने सुटुक्क अल्पिहाल्दछ । जीवनमा कति गराैंला भन्ने अाकांक्षा हुँदा हुँदै , उपयुक्त परिस्थिति छँदा छँदै
पनि समयले नकारनाले केहि गर्न पाइँदैन ।
समयकाे टुप्पी अघिल्तिर हुन्छ रे ! त्यसैले त समय उम्कायाे भने यसकाे टुप्पी समातेर अड्काई राख्ने कसैकाे बुता हुँदैन । समयकाे
टुप्पी छ छैन कसैले छामेकाे वा प्रत्यक्ष देखेकाे छैन तर हामी सबैलाई थाहा छ कि याे बाइपंखी समय कहिलै अनि काँही पनि अडिएन । याे
अाफ्नै प्रवाहमा गई नै रह्याे रामराज्यलाई सुदीर्घ बनाउन पनि अडिएन , न त विश्वयुद्धकाे विभीषिकालाई लम्ब्याउन नै । तपाई हामीलाई हाम्रा
सबै कामहरु गरीसक्न दिन पनि अडिदैन।
त्यसाे भनेर समयले सबैलाई असर पार्ने कहाँ रहेछ र । सिपालुहरुले त्यही समयकाे सदुपयाेग गरेर अाफ्नाे काम सुविस्तासँग गर्ने
गरेका छन । उइनष्टन चर्चिल जाे बेलायतका प्रधानमन्त्री रहेर हिटलरकाे प्रतिद्वन्द्वी हुँदै दाेस्राे विश्वयुद्ध लडे अनि हिटलरकाे विनाश गर्न सक्षम
भए । उनी विश्वयुद्धकाे धपेडीमा पनि दिउँसाे खाना खाएर अाधा घण्टा सुतेर विश्राम गर्न समय पाउँथे रे ! महात्मा गान्धी जसले भारतमा
अंग्रेजकाे विरुद्ध लामे लडाई लडे , बिहान घुम्ने , प्राकृतिक चिकित्साबारे अध्ययन र प्रयाेग गर्न , लामा लामा उपवास गर्न , धागाे कातेर
अाफ्नाे लगाउने कपडा अाँफै बुन्न जस्ता कामहरु नियमित गर्न समय निकाले ।
सिकारु दमाईले जति कपडाकाे दाैरा सिलाउँछ , सिपालुले त्याे भन्दा कम कपडाले नै दाैरा सिलाउला । नजान्ने कृषकलाई धेरै जमीन
भएर पनि वर्षभरि अाफ्नाे परिवारकाे छाक टार्न धाै धाै पर्छ भने चतुर कृषकले अलिकति जमीनबाट नै वर्षभरि खाई लाई उबार्ने पनि गर्छ ।
जसरी सम्पत्तिकाे सदुपयाेग गरियाे भने थाेरैले नै पुगीसरी हुन्छ , समयकाे पनि काैशलपूर्ण उपयाेगले अरुकाे लागि छाेटाे लाग्ने समयलाई नै
लामाे बनाउन सकिन्छ । काम खापाखाप गरेर एउटा कामकाे बीचमा उब्रेकाे समयलाई अर्काे काममा उपयाेग गर्ने बानी बसाल्न सके यसै
संसारमा ऋषिमुनि झैं तपस्या गर्ने समय पनि निस्कन्छ । नजानेमा दुई गाँस च्यापेर काममा निस्कन पनि काेलाहा काेलाहा पर्छ ।
समय अमूल्य छ । याे किनेर वा माँगेर पाइदैन । चाैबीस घण्टाकाे समय भित्रनै पल पलकाे सदुपयाेग गर्दै , निमेष निमेषकाे जगेडा
गर्दै अाफ्नाे लागि समय कमाउनु पर्दछ ।
समयकाे सदुपयाेगबारे प्रसङ्ग निस्कँदा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङ्टनकाे सम्झना अाउँछ । भनिन्छ वहाँकाे दिनचर्या हेरेर
मानिस अाफ्नाे घडी मिलाउँथे रे । राष्ट्रपतिका दैनिक कार्यहरु घडीकाे सुईकाे साथसाथै समयतालिका अनुसार चल्थे ।
हाे , जसलाई अाफ्नाे छाेटाे जीवनमा केही गरेर जाने , याे धरतीमा मानव समाजमा केही दिएर जाने अाकाङ्क्षा हुन्छ , उसले समयकाे
गतिसँग अाफ्नाे गतिकाे छन्द मिलाउनै पर्छ । जीवनकाे अन्तिम घडीमा अाफुलाई अफसाेसबाट जाेगाउन मन हुनेहरुले समयकाे महत्वलाई
स्वीकारेर यसकाे सदुपयाेग गर्नुनै पर्दछ । समयकाे सदुपयाेग गर्न जान्नु संसारका श्रेष्ठतम कलाहरुमध्ये एक हाे । याे कलामा पारङ्गत हुन
कर्मबीच रहेरनै सिक्नु पर्दछ । सबैभन्दा पहिला त अाफ्नाे दिनचर्यामा नयाँ कामहरु थपेर अाफ्नाे क्रियाशीलता बढाउने प्रयास गर्नुपर्दछ । काम
थपिए पनि त्यसलाई गरी सकेर मात्र विश्राम लिने र माैका पर्ने बित्तिकै अाफ्नाे सूचीमा नयाँ काम जाेडदै गरे थाेरै समयमा धेरै काम गर्ने
कला जान्न थालिन्छ । समयकाे प्रवाहभन्दा अधिक गतिमा कार्य सम्पन्न गर्छु भन्ने बज्रसंकल्प मनमा लिई अघि बढनेहरुलाई प्रकृतिले
निराश पारेकाे कहिलै छैन । बरु प्रकृतिनै उदार भएर स्वागत गरेकाे छ । तर क्षाीण संकल्प , प्रमाद र घमण्डले मात्र रावणकाे जस्ताे
असफलता निम्त्याउँछ ।
समयको जो गति छ त्यो एकनास रहन्छ । न घट्छ न त बढ्छ नै । तर मानिसको आफ्नो कार्य गर्ने गति बढाउने वा घटाउनेमा
मानिसकै हात हुन्छ । त्यसैले हामी आफ्नो गतिलाई सुपरिकल्पित र सुनियोजित ढङ्गले क्रमश: द्रुतबाट द्रुततर बनाउँदै लगे एकदिन
समयको गतिलाई उछिनेर अघि जाने बाटो निश्चय पाइन्छ । त्यतिबेला हाम्रा कार्यहरु समयको छन्दसँग सङ्गीतमय लहरी झैं प्रवाहमान
हुन थाल्छन् । तब नै कार्य र समयबीचको खट्पट् मेटिएर , ती दुई बीचको विरोध सकिएर समय र कार्य हातेमालो गरी अन्तरङ्ग मित्र
भएर अघि बढ्छन । हामीले जति कार्य सम्पन्न गरे पनि कर्ता भएको अवसाद (थकाई) ले हामीलाई झम्टिदैन । मनमा हतार र उद्विग्नताले
डेरा पाउँदैन । जीवन नदी झै छन्दमय , रसमय र अानन्दमय हुन जान्छ । अनि समयकाे बन्धनबाट मुक्त हुन सकिन्छ । अाफ्नाे कार्यमा
मस्त भएर लागेकाहरुलाई हेर्ने हाे भने व्यस्ततामानै उनीहरु सुमधुर सङ्गीतमा डुबुल्की लाएझै रमाएका हुन्छन् । प्रख्यात वैज्ञानिक तथा
अाविष्कारक थमास अल्भा एडिसन साठी घण्टा लगातार काम गरेर तीस घण्टा निदाएका थिए रे ।
असाधारण काम गर्ने मानिसकाे समय तालिका पनि असाधारण नै हुन्छ । वास्तवमा असाधारण कामकाे लागि मान्छेकाे जीवनमा
सुलभ समय नै हुँदैन । त्यसैले असाधारण कामकाे लागि चाहिने समय सुत्न् समयबाट , खाना खाने समयबाट , अाराम विश्राम गर्ने समय
बाट र दैनन्दिन काम गर्ने समयबाट उबारेर निकाल्नु पर्दछ ।
असाधारण कामकाे लागि मान्छेकाे जीवनमा
सुलभ समय नै हुँदैन । त्यसैले असाधारण कामकाे लागि चाहिने समय सुत्न् समयबाट , खाना खाने समयबाट , अाराम विश्राम गर्ने समय
बाट र दैनन्दिन काम गर्ने समयबाट उबारेर निकाल्नु पर्दछ ।असाधरण काम गर्ने चाहना भएको मान्छेले अरु सामान्य कामलाई थोरै समयमा सक्ने प्रयत्न गर्नै पर्दछ । भोलिको कामको अंश आजनै गर्ने कोशिश हुनु नै पर्दछ । विश्राम अत्यावश्यक नभएमा आराम गर्ने भावना मनमा आयो भने त्यो जिवनलाई भताभुङ्ग पार्ने छाँट हो भनेर चनाखो भैहाल्नु पर्दछ । नयाँ कार्यको थालनी गर्ने समयको चुनाव गर्नमा धेरै मान्छे अल्मलिन्छन । कुनै काम् गर्ने सोच् आउने बित्तिकै त्यो कामको थालनी गर्ने सर्वोत्तम समय हो , यदि विशेष बाधा छैन भने । कत्ति कामहरु त अब राति भयो के गर्ने भनेर हामि छाडी दिन्छौं । निन्द्रा परेन र घर भित्रै बत्ती बालेर गर्न सकिने काम रहेछ भने त्यतिबेलानै उठेर गरीहाले केहि न केहि होला ।स्वास्थ्य हानि हुन्छ कि , भोलि पनि समय छ भनेर शुरु गरिएन भने त्यो छाडियो ।असाधरण काम गर्ने चाहना भएको मान्छेले अरु सामान्य कामलाई थोरै समयमा सक्ने प्रयत्न गर्नै पर्दछ । भोलिको कामको अंश आजनै गर्ने कोशिश हुनु नै पर्दछ । विश्राम अत्यावश्यक नभएमा आराम गर्ने भावना मनमा आयो भने त्यो जिवनलाई भताभुङ्ग पार्ने छाँट
हो भनेर चनाखो भैहाल्नु पर्दछ ।
नयाँ कार्यको थालनी गर्ने समयको चुनाव गर्नमा धेरै मान्छे अल्मलिन्छन । कुनै काम् गर्ने सोच् आउने बित्तिकै
त्यो कामको थालनी गर्ने सर्वोत्तम समय हो , यदि विशेष बाधा छैन भने । कत्ति कामहरु त अब राति भयो के गर्ने भनेर
हामि छाडी दिन्छौं । निन्द्रा परेन र घर भित्रै बत्ती बालेर गर्न सकिने काम रहेछ भने त्यतिबेलानै उठेर गरीहाले केहि न केहि
होला ।स्वास्थ्य हानि हुन्छ कि , भोलि पनि समय छ भनेर शुरु गरिएन भने त्यो छाडियो । त्यो काम गर्ने बेला न आइनै
मर्ने बेला आउला । शुरुवात गर्ने बेलामा अरु सामान्य बेलाको भन्दा बढी प्रयत्न र उर्जा लाग्ने कुरा त प्राकृतिक नियम नै हो ।
विजुली बत्तीलाई शुरुमा बढी विद्युत् उर्जा चहिए झैं , माघे जाडोमा पहिलो लोटा पानी खन्याउन बढी प्रयत्न गर्नु परे जस्तै हो ।
हामि धेरै जसोको सोचाई हुन्छ कि हामी साधारण मान्छे त हौं नि , के त्यस्तो असाधारण काम गर्नु छ र? हामी जस्ताले त्यति
माथिको कुरा किन चिताउने र? यस्तो भावना तपाईंको छ भने यी पंक्तिका लेखकको यति मात्र स्मरण गराउने ईच्छा छ कि तपाईलाई ,
मलाई , सबै मानिसलाई प्रकृतिले असाधारण हुन सक्ने भरपुर् सम्भावना र क्षमता दिएर यो संसारमा पठाएको छ । तपाईंको जस्तो अनुहार
र बोली भएको , तपाईसँग हुबहु मिल्ने व्यक्ति यो पृथ्वीमा न कहिलै जन्म्यो न त आउँदो समयमा यहाँ पाइला टेक्ने छ । तपाईंलाइ
प्रकृतिले यो सृष्टिमा अद्वितीय बनाएर उतारेको छ । प्रकृतिको उद्देश्य पनि यही हो कि तपाईं आफ्नो शरीर , विवेक र तपाईं बास गर्नु भएको
संसरमा उपलब्ध सम्भावित सबै स्रोत र साधनहरुको उपयोग गरेर अद्वितीय बन्नुहोस् ।हुन त केहि गर्न नचाहनेहरु पनि यो दुनियाँमा बाँचेकै
छन् , लत्रेर भए पनि नाचेकै छन् । चौबाटोमा पछारिएर पनि रुन्चे हाँसो हाँसेकै छन् , रुन्चे हाँसो मन नपराई हृदयको पिँदै देखि टुसाएको
, कलंक नलागेको स्वच्छ , निर्मल आनन्द र सन्तोषको हाँसो हाँस्न चाहनेहरुलाई त समयको सदुपयोग बाहेक अरु कुनै विकल्प छैन ।
( समाप्त )
==================================================================================
[सम्पादन गर्नुहोस्]धर्म विश्लेषणको आवश्यकता
लेख
हरि प्रसाद गौतम , अमरबस्ती , कन्चनपुर
सय वर्ष पहिलाको जस्तो घर आज हामी बनाउन चाँहदैनौं । सय वर्ष पहिलाको जस्तो कपडा हामीलाई लगाउन मन
लाग्दैन । न त त्यत्तिकै पुराना पाठ्यक्रम आज हामी हाम्रा शिशुहरुलाई पर्याप्त ठान्दछौं । समयसँगै मानिसको जीवनसँग गाँसिएका विषयहरुको
निरन्तर विकास र परिवर्तन हुँदै जानु जिउँदो मान्छेको लक्षण हो । समयसापेक्ष अझै अर्थपूर्ण , अझै कला-कौशलपूर्ण हुँदै योग्या भोग्या
वसुन्धराको आशयलाई आत्मसात् गर्दै अझै योग्य प्रकृयाहरुको आविस्कार् र प्रचलन भएरनै ; संसार अघि बढ्छ अनि मान्छेले प्रगतिको सीँढी
उक्लन सक्छ ।
विज्ञानमा निरन्तर विश्लेषण , परीक्षण भए । असार्थक जति हटाईए , सार्थकलाई ग्रहण गरियो । त्यसैले बैलगाडा गोरुगडाको ठाउँमा
मोटरकार र रकेट् भए । रुखका बोक्रा र पशुका छाला ओड्ने मान्छे महीन र कलात्मक पहिरन लाउन सक्षम भयो । मान्छेले अति
कम परिवर्तन गर्न सकेका विषयहरु मध्ये धर्म एक विषय हो । जबकि धर्मले हाम्रो जीवनमा ज्यादै ठुलो भुमिका , ज्यादै गहिरो प्रभाव
राख्दै आएको छ । के धर्ममा पनि समयसापेक्ष परिवर्तन् र परिमार्जन हुनु पर्ने होइन र ? हजारौं वर्ष अघिका धर्मिक कृयाकलाप ,
रीति-नीति आज पनि सबै उत्तिकै सार्थक छन् त ?
"यथार्थकाे अनुभव नै धर्म हाे " भनेर धर्मकाे गहिराईमा पुग्नेहरुकाे भनाई छ । धर्म जीवनकाे लागि हाे भने , धर्मले जीवनकाे विकास
सँग सँगै अझ सार्थक र समय सापेक्ष हुँदै जाने हाे भने यसमा प्रक्रियागत परिवर्तनहरु देखिनु पर्ने हाेइन र ? हाम्राे जीवनमा धर्मकाे
प्रभाव जति गहिराे छ त्यत्तिकै गहिराे , त्यत्तिकै विस्तार र परिमाणकाे विश्लेषण , परीक्षण र परिमार्जन गर्ने अाँट नै अाधुनिक कालमा
गरिएन । दरिलाे प्रयास नै गरिएन । फलतः समयकाे गति सँगसँगै खारेज हुँदै जानु पर्ने रीति नीति र विधि व्यवस्थाहरुकाे थुप्राे पनि
हटेन । नयाँ मान्छे र नयाँ युगकाे लागि उपयाेगी विधि विधान पनि धर्ममा अाउन सकेनन् । एक्काइसाैं शताब्दीकाे मान्छे रामायण र
महाभारत कालका धार्मिक कृत्यहरु गर्दा अाँफै झस्किरहेछ , अाँफैलाई गाेप्यमा साेधिरहेछ __ के म ठीक गरी रहेकाे छु ?
जीव श्रेष्ठ , सभ्य मान्छेकाे प्रत्येक कार्यकाे अाधार उसकाे विवेकपूर्ण विचार हुन्छ । विचार तथ्यमाथि , वास्तविक अनुभवमाथि उभिएकाे
हुनु पर्छ । तथ्य बिना , अनुभव बिना , कुनै मानसिक प्रेरणा बिना अरुले यसै गरेका छन भनेर , बाबु बाजेका पाला देखि गरी ल्याएकाे
हाे त्यसैले गर्न लागेकाे भनेर अाँखा चिम्ल्रेर हिँडनु अाजकाे स्तरमा पुगेकाे मानिसलाई मर्यादाहीन तुल्याउँछ । अाफुले जाे गरिँदैछ त्याे सही
हाे वा गलत किटान गरेर भन्न पनि नसक्नु र त्यसबारे खाेज गर्ने , विचार र विश्लेषण गर्ने प्रयास नै नगर्नु अाजकाे मान्छेलाई पटक्कै
सुहाएकाे छैन ।
धर्मकाे कारणले समाजमा कुनै असर नपरेकाे भए , धर्मका नाममा कुरीतिहरुले डेरा नहालेकाे भए , अन्धविश्वासजनित संकटहरु खडा
नगरेकाे भए , राष्ट्र् र जातिहरुबीच घृणा र युद्धकाे डडेलाे नसल्काएकाे भए धर्म जसरी चल्छ चलाेस भनेर उदासीन रहन सकिन्थयाे हाेला
तर धर्मकाे वैज्ञानिक अाधार बलियाे नबनाएकाेले अाधिकारिक रुपमा विश्लेषण र संशाेधन गर्ने प्रकृया नअपनाइएकाेले धर्मलाई जडताले
गाँजेकाे छ । धर्माचरणबाट हुने फाईदाबाट मान्छे वञ्चित भएकाे छ ।
जसरी बाबुकाे प्रमाणपत्र देखाएर छाेराले जागीर खान सक्दैन , हरेक पीँढीले अाफ्नाे लागि चाहिने शिक्षा अाँफै हासिल गर्नु पर्दछ । त्यसै
गरी मान्छेकाे हरेक पीँढीले अाफ्नाे धर्मकाे खाेज स्वयम् नै गर्नु पर्दछ । पुर्खाले खाेजेका धर्मका तथ्य र सत्यहरु हामीले अाफ्नाे लागि
पुनः खाेजेर प्राप्त गर्नु पर्दछ , अाफ्नाे बनाउनु पर्दछ । धर्मकाे बाली हरेक पीँढीले अाफ्नै मेहनतले खनजाेत् गरी लगाएर मात्र भित्र्याउन
पाइन्छ । किनभने धर्म यथार्थकाे अनुभव हाे रे । बाबुकाे यथार्थ र छाेराकाे यथार्थ एउटै नहुनु नै स्वाभाविक छ ।
धर्मकाे बारेमा वैज्ञानिक ढंगले चर्चा , खाेज र शाेध चलाउनु अावश्यक छ । समयानुसार थप घट गर्ने सत्साहस हामीले गर्नै पर्दछ ।
काेही एक दुईले अाफ्नै काेशिशले , अाफ्नै प्रेरणाले धर्मकाे खाेजी नीति र व्याख्या नगरेका हाेइनन् । गरेकै छन् अनि अाउने समयमा
पनि गर्लान । तर यस्ताे प्रयास सारा मानव जातिकाे लागि पर्याप्त र सर्वमान्य भएन । तसर्थ मानवकाे सिङ्गाे पीँढीलाई सम्बाेधन गर्न
सक्ने धर्मकाे निरुपण गर्नुपर्ने खाँचाे छ ।
प्रकृत धर्मकाे अाचरणबाट अध्यात्म फलित हुन्छ । अध्यात्म मानव जीवनकाे उच्चतम क्रान्ति हाे जसले मंगलमय अानन्द र ज्ञान
जन्माउँछ ।
समाप्त ।