प्रयोगकर्ता:Keshab raj bhandari 1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो देश नेपाल कृषि प्रधान देश हो । कृषि उपजका क्षेत्रमा विभिद कठिनाइ भएपनि यस क्षेत्रमा संघर्स गरिरहनु भएका थुप्रै ब्याक्तित्व हरु अनि समुहहरु अहिले आएर सक्रीय रहेको पाइन्छ । खाद्य संकट लाइ न्युनिकरण गर्न साथै आत्म निर्भर वन्न प्रयासरत एउटा उदाहरण हो , वैधिक एग्रो प्लानेट पशु तथा कृषि फम । सनिअर्जुन नगरपालिका वार्ड नं. १ मा अवस्थित यो पशु तथा कृषि फर्म विधिवत रुपमा दर्ता गरि २०७१ साल वैसाख वाट सुरु भएको फर्म हो । स्थानिय ब्यक्तित्वहरुको सामुहिक प्रयास वाट स्थापना भएको फर्ममा विभिन्न जातका गाइहरु साथै अर्गानिक तरकारी खेति संगैै ६ घार जंगल वाट आएका मौरी समेत पालन गरिएको छ । स्थानिय ९ जना ब्यक्तित्व हरु कमल वाहादुर भण्डारी , लिला सिटौला, सागर वावु सिटौला, सेखरचन्द्र थापा, गोविन्द प्रसाद खतिवडा, निर्मला अधिकारी, मदन कुमार गौतम, गिता देवि वुढाथोकि, चन्द्र प्रसाद खरेलको संयुक्त ४० लाख लगानि वाट १० विगाहा जग्गा २० वर्षका लागि लिजमा लिएर सुरु गरिएको पशुपालन तथा कृषि फर्ममा दुध दिने गाई १५ वटा छन भने साना वाच्छा वाच्छी र एउटा उन्नत जातको गोरु गरि जम्मा ३५ वटा पशुहरु रहेका छन् । सनिश्चरे वजार वाट २०० मिटर दक्षिण्मा पर्ने यो पशु तथा कृषि फर्म भित्र सरदर १९ जनाले रोजगारी पाउने गरेका छन् । त्यसमा ४ जनाले प्रत्यक्ष रोजगारी अर्थात मासिक तलब थाप्छन भने ,अन्यले फुर्सदको समयमा आएर ज्यालादारीमा काम गर्ने गरेका छन् ।

मान्छेले चाह्यो भने जस्तो सुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सिकन्छ , यसको जलन्त उदाहरण हो बैधिक एग्रो प्लानेट पशु तथा कृषि फर्म । सनिश्चरे क्षेत्रमा १० विगाहा क्षेत्रफलमा समेटिएको यो फर्म भित्र विभिन्न बे मौसमि तरकारी साथै कोलाका घरी जता ततै झुण्डिएका देखिन्छन परिश्रम गरे के फल्दैन र ? झपा जिल्लाकै नमुनाको रुपमा कागति खेतिका लागी नर्सरी समेत लगाइको छ यो फर्ममा । एउटा गाइले एक सा“झमा ४ लिटर देखि ७ लीटर सम्म दुध दिने गरेको छ । गाइको गोबर मललाइ अझ्झ प्रभावकारी कम्पोष्ट मल वनाउनका लागि भर्मिक प्रविधिको समेत विकास गरिएको छ । लगाइको बालिमा गाइको मल प्रयोग गरे वालि अर्गानिक हुने तथा स्वस्थ्यकर हुने सर्वविधितै छ । त्यसमा पनि गाइको गहुतको महत्व त झन छुट्टै रहेको छ, हिन्धु धर्मवलम्बि हरुमा गाइको गहुतको प्रयोगलाइ विषेश महत्वका साथ हेरिन्छ । गहुतवाट प्राकृतिक किटनासक औषधि पनि वनाउन सकिन्छ अर्थात प्रयोग गर्ने गरिन्छ । साग सब्जि तथा अन्य वालिमा लाग्ने हानिकारक किटाणुहरु गाइको गहुतको प्रयोग वाट मार्न सकिन्छ । त्यसरी साग सब्जीमा गाइको गहुत प्रयोग गर्ने वित्तिकै पनि खान सकिन्छ , तर वजारमा पाइने अन्य औषधी प्रयोग गरिएका साग सब्जी खानका लागी औषधि लगाएको केहि दिन सम्म खानु हुदैन । वजारमा पाइने औषधि प्रयोग गरिएको साग सब्जीको तुलनामा गहु“त प्रयोग गरिएको साग सब्जी बढि स्वादिस्ट तथा लामो समय सम्म ताजा रहिरहन्छ । सुद्ध दुध उपलब्ध हुने यस फर्ममा दैनिक जसो फर्म वाटै विहान वेलुका दुध किन्ने ग्राहकको पनि चाप उत्तिकै देखिन्छ । यहा“ उत्पादित दुध विर्तामोड तथा सनिश्चरे वजारमै खपत हुने गरेको छ । वजारमाग अत्याधिक रहेको दुधको हालको खुद्रा मुल्य रु ५०रुपैया“ प्रतिलिटर र डेरिमा बेचिने दुधको हालसेल मुल्य रु ४३ रुपै“या प्रतिलिटर रहेको छ । उत्पादनको क्षेत्रमा रसायनिक मलको प्रयोग दिन प्रतिदिन वढिरहेको हुदा उत्पादन हुने परिमाण पनि सोहि क्रमानुसार घटिरहेको छ । पसुको गोवर वाट वन्ने कम्पोष्ट मल पशुपालनमा आएको कमि संगै लोप हुने खतरा पनि वढिरहेको छ । यस कुरालाइ मध्यनजर गर्दै यो वैधिक एग्रो प्लानेट पशु तथा कृषि फर्मले भार्मिक कम्पोष्ट मल वनाउने सिस्टमको पनि प्ररम्भ गरेको छ ।

फर्म आसपासका क्षेत्रमा हुने धान खेति वाट उत्पादन हुने पराल यसै फर्मले किनिदिने हुदा धान उत्पादन गर्ने किसानलाइ समेत पराल बिक्री गर्न सहज भएको छ । वार्षिक रुपमा सरदर रु २ लाखको परालमात्र यसै फर्ममा खपत हुन्छ । त्यहि अनुपातमा अन्य पशु खाद्य सामग्री पनि खपत हुने गरेको छ । वैधिक एग्रो प्लानेट पशु तथा कृषि फर्ममा उत्पादित वाच्छा वाच्छि हाल सम्म विक्रि गरिएको छैन । यहा“ उत्पादित वाच्छी देखेर लोभिनेहरु पनि धेरै छन् । हुने विरुवाको चिल्लो पात भनेझै“ पालिएका विषेस प्रकारका गाइ वाट उत्पादन भएका वाच्छिहरु मध्ये एउटा वाच्छिमा ३ महिनाको हुन नपाउदै फरक गुण देखिएको छ । यो वाच्छि देखेर किन्न माग्नेको समेत वेला वखत होड वाजिनै चल्ने गर्छ । पशु सेवा केन्द्र वाट वेला वेलामा स्वास्थ्य परिक्षण गरिए पनि अन्य किसिमको सहयोग कम पाएको यस वैधिक एग्रो प्लानेट पशु तथा कृषि फर्मले झपा जिल्लाको सनि अर्जुन नगरपालिका भित्रको सोभा त वढाएको छनै । त्यसमा पनि सुद्ध दुध खान वाच्छा वाच्छि भएर जन्मनु पर्छ भन्ने हा“स्य उक्ति लाइ झुटो वनाइदिएको छ । फर्ममै पुगेर रोजी रोजि दुह“दा दु“हुदै गरेको गाइको दुध लीन सकिने र्फमको प्राकृतिक सुन्दरता समेत थप रोमान्चकारी छ । नेपालका युवाहरु दिनानुदिन विदेसिने क्रम वढिरहेको अवस्थामा यस्किसिमको स्वरोजगार तथा रोजगारि मुलक कृयाकलापहरु नेपालमै सञ्चालन हुनुले सवैका लागि पाठ वन्नेमा विश्वस्त हुन सकिन्छ । प्रसस्तै अवसरहरु हाम्रो वरिपरि छन तिनलाइ पहिचान गरि आफ्नो विषय दक्षता अनुसारको काम थालनि गरे कसैको मुख ताक्नु पर्दैन विदेसमा फलाउने चा“दि दानाको सट्टा नेपालमै मोतिदाना फलाउन सकिन्छ । छाया“ङ्कन÷लेखन तथा निर्माण – केशवराज भण्डारी ९८०१४०१६२४, ९७४२६०१३५४ HIMSHIKHAR TELIVISION DAMAK