सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Lg sherpa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विचार संविधानसँग साइनो –लाक्पा गेल्जे शेर्पा ”भनिन्छ, गरिदैन, गर्न खोजिन्छ, गर्न दिइदैन, गर्न दिन्छन्, ढंग पुग्दैन, ढंगपुग्दा कसै कसैको चित्ता बुझ्दैन, चित्ता बुझाउँदा आफँ तल परिन्छ” यो अहिलेको नेपालको राजनीतिक वृत्तको चक्र हो यो । यो चक्रलाई पुरा गर्न सबैले जानेका छन् तर सकेका छैनन् । मुलुक लोकतान्त्रिक परिपाटीमा छिर्दछिर्दै यो चक्रको परिकल्पना कुन माकुराले ग¥यो या ज्योतिष शास्त्रले यो भने अध्ययन कै विषयको रुपमा छ । तथापी अध्ययनको प्रयास पनि भएको छैन । सबैले यो राजनैतिक चक्र हो जसरी माकुरा जाल बुनेर शिकार खेल्छन त्यसरी नै यो त्यस्तै खाले नेपालका राजनीतिक दलहरुको सत्ताको शिकार गर्ने जाल हो भनेर बुझ्छन् । सत्ता, शाक्ति र सानका पछि लागेका नेपालका राजनीतिक दलहरुले यस्तै जालहरु बुन्ने सफलता हात पार्दै आएका छन् । किन्चित उनीहरुले आफुँहरु कुन दिन जनताको जालमा परिने हो भन्ने तिर भने ध्यान पु¥याएको पाइदैन । प्रसंग संविधान सभाको निर्वाचनको होस् र राजतन्त्र समाप्तीको । गिरीजाको वोलीमा होस या अहिलेका राष्ट्रपतिको धोतीमा यस्तै चाल बाजीका जालले छोपेको पाउँछौं । पहिलो पटक संविधान सभाको निर्वाचन हुँदा आम नागरिकमा जनुखाले विश्वास र आशाहरु थिए ती अहिले विलाय भएका छन् । उनीहरु खाली राजनैतिक दल र नेतालाई सक्दो सराप मै छन्, अनुहारमा कुनै आशाका किरणहरु बाँकी देखिदैन । हाम्रो सपना र पसिनालाई यीनले कुर्सी र पदसँग साटे, यीनलाई फेरी कसरी विश्वास गरौं तोतेवोली देखि थोतेवोली सम्मको मुखबाट यस्तै सुनिन्छ । अहिले सडक, गोरेटो, चौतरा, चियापसल, भट्टी पसल, सभा, कचहरी, गोष्ठि सेमिनर, काजभोज जहाँ पनि दुईचार जना जम्मा भयो कि नेतालाई गाली गरेको सुनिन्छ, देख्न पाउँछौं । भन्न त स्यालको सरापले गोरु मर्दैन पनि भन्छन तर यहाँ जनताको सरापले कसैलाई केही असर त नपर्ला तर हाम्रा नेता र राजनैतिक दलहरुले वेइज्जतीका खेती भने राम्रै सपारेका छन् । गोडमेल राम्रै गरेका छन् २५ वटा दलबाट ३० वटा सम्म खेती विस्तार गरेको छ । संविधान सभामा सबै भन्दा ठूलो भनेर परिचय दिएका देखि इतिहाँस मै लुलो भनेर परिचित दलहरुले समान रुपमा उब्जानी दिईरहेका छन्, जनताको गाली र ठाँउ ठाँउमा जनताबाट हुने वेइज्जतीका खेतीबाट । लगभग ४ बर्ष नाघ्न लागि सकेको छ । लोकतन्त्रको वहाली भै गणतन्त्रको घोषणा भएको तर यस अवधीमा नत सर्प मरे नत लठ्ठी जोगिए । यहाँ राजनीतिक दलका कारणले सर्पपनि मर्ने लठ्ठि पनि नबाँचिने भन्ने उखानको समेत उपहास भएको छ । मुलुकमा लामो समयको संघर्ष पछि हासिल गरेका उपलब्धी र सम्पन्न संविधान सभाको निर्वाचनलाई पनि उपेक्षा गरियो । फेरी संविधान वनाउने समयवधी सकियो अनि म्याद थपियो, तर यस अवधीमा न लेखियो न देखियो । उपलब्धि विहिन मै वित्यो सबै अवधी, यहाँ यस अवधीमा धेरैले सिहदरबारमा आफ्नो फोटो सजाए, कतिले बजेटका बाजा बजाए, आफन्त र पार्टीका सदस्यहरुलाई मोजमस्तीमा नचाए । कतीले झापट खाए, खुवाए गिन्ती छैन । राज्यकोषको चरम दुरुपयोग भयो । राज्यविहीन भै रहनु प¥यो आम नागरिकहरुले । यहाँ रातोपास पोर्टको दुरुपयोग गरिए । खाग तस्कर गर्ने देखि स्थानीय स्तरमा खयर सम्म बाँकी राखेनन् । मुलुकमा अयमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेहरु राज्यको चौथो अङ्ग माथि जोडतोडले लागि परे । खिलानाथ ढकाल कुटिए, जमिम शाहलाई मारिए, उमा सिंहलाई काटिए, कति लुटिए गणना छैन, लेखाजोखा भएन । कानुनलाई आफ्नो हातमा लिई बलजफतीले लादियो, गृह प्रशासनलाई राजनीतिमा तानियो र जनता माथि फेरी कलो बज्रले प्रहार गरियो । जनताका आकांक्ष, इच्छा माथि कुठराघात गर्दै फेरी सहमतिको कुरा गरे, वार्ताको नाटक रचिए, प्रधानमन्त्रीको लडाई लडे, संविधान बनाउने म्याद पर सारे । यहाँ जस्ले जे गर्दा पनि हुने भयो । यति बेला नेताले नीति बनाउने बेला नीति नै निलीदिएपछि यस्तो अवस्था आयो । राजनैतिक मैदानमा फुटवल खेली रहेका हाम्रा नेताहरुलाई खगेन्द्र संग्रौला र प्रदिप नेपालको गालीले मात्रै पुगेन नकी संघियताको बारेमा श्याम श्रेष्ठको बोली यहाँ प्रयाप्त छ । चन्द्रकिशोर तराई केन्द्रित वहस गर्छन् विजय गच्छदार त्यसको खिल्ली उठाउँछन् अनि कसरी, कहाँ एकता हुन्छ । यी सबै व्याख्या संविधान र संघियताको निम्ती हुँदै छ । यहाँ मारि गाली गरेर पो के गर्ने जसले कानै सन्दैनन्, वेइज्जत गरेर के गर्ने जसको इज्जत नै छैन । वस् अब जनता जर्नादन हो यीनलाई यही उपाधीले मात्र सिमित गराउन खोजिँदै छ । अब जनताको नाता संविधानसँगबाट तोडिदै छ फेरी नीति छोडिँदै छ । यहाँ लेख्न खोजेको र लेखेको बिषय वस्तु नै फरक हुन थालेको छ । कसैको आँटमा कोही छ भने त्यो पाकेको फलको जस्तै गति हुन्छ । न त तीनको फलिफाप छ नत अभिसाप नै यहाँ दुनियाँमा कही नभएको नाटक मञ्चन गरिदै छ । संविधान सभाको म्याद २ बर्ष १ बर्ष हुँदै ३ महिना र उप्रन्त ढुलमुले अवस्थामा केन्द्रित हुँदै छ । संविधान सभासँग आम नेपालीले गाँसेको साइनो रातोपासपोर्ट र सुडानमा साटिदैछ । यहाँ जोड्नुको सट्टा तोडिदै छ । जनताका लागि गर्छु र मर्छु भन्ने यी सपुतहरु आज कपुतको रुपमा परिचय परिवर्तन गर्दैछन् । संविधान निर्माणसँग गाँसिएका गनगिन्ती बिषयहरु यहाँ अलपत्र छन्, सेना समायोजन, राज्यको पुर्नसरचना, हतियार व्यवस्थापन, शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउनु जस्ता । यी आधारभूत बिषयवस्तुहरुको सम्वोधन नभई कदपि संविधान निर्माणको कार्य सफल हुँदैनन् । न की यहाँ अन्य बाँकी बिषयवस्तुले नै पूर्णरुप पाउँछन । आन्तरिम संविधानलाई अनगिन्ती पटक संशोधन गरि त्यसैको जगमा टेकेर नानाभाती संबोधन गरिए तर कसैले केही गर्न सकेको छैन, गर्न खोजिदै छ तर सकिरहेको छैन मात्र जनताले संविधानसँग जोड्न लागेको साइनो दलले तोडिदै छ, जनताबाट संविधान खोसिदै छ । तसर्थ यस तर्फ सबै सजग रही नाटकको मुख्य भूमिकामा रहेका नेता पात्रहरुलाई इतिहासमा चिनेर तिनको चिरफार र पुनर्याेग गर्नु जरुरी छ । םओखलढुङ्गा