सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Lnghimire

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समृद्ध सिन्धुली नागरिक अभियान

सिन्धुलीमा धेरै सम्भावनाहरु छन् । तर के, कुन, कहाँ र? जलस्रोत, पर्यटन र कृषिलाई समृद्धिको आधार भन्ने गरिएको छ । तर कसरी, कहिले ? हो, विकास र समृद्धिका लागि एउटा वहस आवश्यक छ । एउटा साझा विसौनी खोज्नुछ । अनि, सानै किन नहोस्, यात्रा थाल्नु छ । यही उद्देश्य लिएर सिन्धुलीमा जन्मे हुर्केर राजधानीमा विभिन्न पेशा ब्यवसायमा संलग्न युवाहरू् युवाले यो अभियानको सुरुआत सन् २०१४ मा गरेका थिए । अभियान सुरु गर्दा पत्रकारहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुंग, दीपक श्रेष्ठ र इन्जिनियर भुवन थापा सामेल थिए । अभियानले लीलानाथ घिमिरेको संयोजकत्वमा अनौपचारिक मञ्च स्थापना गरेको थियो । आर्थिक तथा सामाजिक विकासका दृष्टिले प्रदेश ३ को १३ औं नम्बरमा छ, सिन्धुली । त्यसैले अभियानले यात्रा यहिँबाट थालनी गर्न खोजेको छ । सम्भावनाको साना–साना पाइलाबाट समृद्धिको लामो यात्राको थालनी गर्नुछ । सिन्धुली पछाडि भए पनि सम्भावनाको खोजीका हिसावले कुरा गर्दा पहिलो नम्बरमै छ। त्यसैले विकास र समृद्धिको प्रसस्त सम्भावना सिन्धुलीभित्रै भएकाले समृद्ध सिन्धुली नागरिक अभियानले त्यहि सम्भावना खोजी गरिरहेको छ । यो एउटा स्वयंसेवी नागरिक अभियान हो, जसले सिन्धुली जिल्लाको समग्र बिकासका लागि बृहत् छलफल गरी सिन्धुलीको बिकासको सामुहिक नागरिक परिकल्पना तयार गर्नेछ । सोही परिकल्पनाका आधारमा सवै सरोकारवालाहरूसँग मिलेर बिकास योजना अगाडि बढाउन छलफल गर्ने र बिकास कार्यमा सहयोगी तथा संयोजनकारी भूमिका निभाउने छ ।

मुलमन्त्र

एकएक ब्यत्ति मिलेर पनि सिन्धुलीको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने अवधारणका आधारमा यो अभियान अघि बढाइएको हो । सकारात्मक सोच र छलफलले जिल्लाको सुन्दर भविष्य संम्भव छ । बिकास नहुनुमा मबाहेक अरु सवै जिम्मेवार छन् भनी गुनासो गर्ने हाम्रो बानीलाई हटाएर हामी आफैं केही गर्न सक्छौं भन्ने मनोवलका साथ यो अभियान थालिएको हो ।

किन परिकल्पना ?

ब्यबस्थित र ब्यबहारिक रुपमा सपना देख्न सक्नु नै परिकल्पना हो । नागरिक परिकल्पना भनेको सवै सिन्धुलीबासीले आफूले देख्न चाहेको सिन्धुलीको बिकास हो । परिकल्पनामा सवै सिन्धुलीबासीहरूलाई जोडेर लैजान सकियो भने त्यो सपना, परिकल्पना दिगो र सम्भब पनि हुनेछ । आफनो खुबी र क्षमताका आधारमा परिकल्पना गर्न थालियो भने त्यसले छिटो प्रतिफल दिन सक्छ ।

सिन्धुलीको चिनारी

सिन्धुली जिल्ला आफैमा धेरै कुराहरूबाट सक्षम र सवल जिल्ला हो । यो जिल्ला देशकै धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला पनि हो । एतिहासिक रुपमा एशियाबाट नै बेलायती सेनालाई पहिलो पटक हराएको केन्द्र पनि यहि हो । अहिले सडक संजालहरूबाट जोडिँदै गरेको यो जिल्लाले केही बर्षभित्रै पूर्वको केन्द्रबिन्दु हुन सक्ने संभावना बोकेको छ । त्यसैले पनि सिन्धुलीको बिकासलाई ब्यबस्थित र जनमुखी बनाउन यो नागरिक अभियानले महत्वपूर्ण भूमिका निर्भाह गर्नसक्छ । सिन्धुलीमा ऐतिहासिक गढीहरु हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल रहेका छन् । महाभारत पर्वत शृङ्खलाकै उच्च टाकुरा फिक्कल, महाभारतमा पाइने सुनाखरी, लालीगुराँस र जडीबुटीले पर्यटकलाई पक्कै आकर्षित गर्ने छ । फिक्कलबाट सगरमाथाको दक्षिणी मोहडा स्पष्ट देख्न सकिन्छ । हिमशृङ्खला मात्र होइन महाभारतका घ्याङ्डाँडा, मरिणचुली, फापरचुली, मतानवास, ल्यान्द्राङ्, जीर्घाशीरलगायत स्थानबाट तराईका सुन्दर फाँट नियाल्न सकिन्छ । सिन्धुलीमा बसोबास गर्ने अल्पसंख्यक हायू, थामी, पहरी, दनुवारलगायत विविध जातजातिको कला, संस्कृति, भाषा, रितिरिवाज, लोक साहित्य, लोक गीतसंगीतको संरक्षण र विकासले पर्यटन विकासमा टेवा पुग्नसक्छ । हजारौं विगाह उब्जाउ भूमि छ । सुनकोशी गढीतिर, महाभारत पर्वत श्रृङ्खला, मरिण, चँदाहा र कमलाको पानी स्रोत भएको हजारौं विगाह उर्वर भूमि र जंगलैजंगलको चुरे पहाड सिन्धुलीमा छ । बीपी राजमार्ग, पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम मध्यपहाडी राजमार्गले सिन्धुलीलाई नेपालको सडक सञ्जालसँग जोडेको छ ।

समृद्ध अभियान कसरी सम्भव छ ?

सिन्धुलीको ऐतिहासिक पृष्ठभूमीलाई बुझ्ने । सिन्धुलीको बर्तमान सम्भावनाहरू उजागर गर्ने । जिल्लाका ९ स्स्थानियतहमा छलफल गरेर समृद्ध सिन्धुलीका लागि सामुहिक परिकल्पना तयार गर्ने । कम्तीमा सन २०३० सम्म कस्तो सिन्धुली हामी हेर्न चाहन्छौ भन्ने धारणाका लागि नागरिक अभियान चलाउने । परिकल्पनाबाट संकलन भएका क्षेत्रगत धारणाहरूलाई योजनामा पार्न पहल गर्ने वा नागरिक तहवाट थप अभियानहरू चलाउने ।

अभियानले गर्दै आएका कार्यक्रमहरु

असोज १५ गते सिन्धुलीगढी बिजय दिवस

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव असोज १५ गते गर्ने भएको छ । अंग्रेजमाथि गोर्खाली सेनाले विजयप्राप्त गरेको दिन भनेर यसअघि हरेक बर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो । इतिहासकारहरुसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन लागिएको हो ।

सिन्धुलीगढी कला शिविर

सिन्धुलीगढीको युद्ध र त्यहाँको पुरातात्विक महत्वको सम्पदा एवम् प्राकृतिक सौन्दर्यलाइ चित्रकलाको माध्यमबाट संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यसहित चित्रकला कार्यशाला प्रस्ताव गरिएको हो । इतिहासकारको कथन र प्राप्त प्रमाणका आधारमा तत्कालीन युद्ध परिकल्पना कलाकारले क्यानभासमा गर्नेछन् । यसले हाम्रा पूर्खाका विलदानी र वीरतालाइ आउँदा पुस्तामा जीवन्त इतिहास बनेर हस्तान्तरण गर्ने छ भन्ने हाम्रो विश्वास छ । यसले चित्रकलाको माध्यममा समेत गढीको युद्धका साथै वीर नेपालीको वीर गाथालाइ संरक्षण गर्ने छ । सो क्षेत्रको सम्पदालाइ हस्तकलाको माध्यममा कसरी प्रस्तुत गर्न सकिने छ भन्ने विषयमा पनि कला कार्यशालामा छलफल गरिने छ । उक्त कार्यशालामा तयार पारिएका चित्रकलालाइ देश विदेशक विभिन्न स्थानमा प्रदर्शनी गरिने छ ।

राइड थ्रू सिन्धुलीगढी

यसै गरी अभियानले हरेक राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । सन् २०१९ मा नोभेम्बर २२ देखि २५ सम्म ४ दिन साइकल यात्रा गरिने ्छ । काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । यस बर्ष साइकल यात्रामा २ सय जना यात्रीलाई सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । यात्रा क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सव समेत हुनेछ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्ने छन् । जनकपुरमा जानकी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने छ । यसअघि ‘राइड टु सिन्धुलीगढी’ भनेर गरिँदै आएको साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरिएकाले राइड थ्रु सिन्धुलीगढी नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यात्रामा सहभागी गराउने योजना अभियानको छ ।

एकिकरण पदमार्ग

नेपाल एकिकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अभियानको छ । अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेको छ । अभियानले सन् २०१८ मा नमोबुद्धदेखि सिन्धुलीगढीहुँदै फिक्कलसम्मको पदमार्ग अध्ययन गरेको थियो । यस्तै सन् २०१९ मा हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म अध्ययन गरेको थियो । अभियानका संयोजक लीलानाथ घिमिरेको संयोजकत्वमा गठित हरिहरपुरगढी सिन्धुलीगढी पदमार्ग निर्माण उपभोक्ता समितिले यस पदमार्गको पहिलो खण्डको करिव १५ किलोमिटरमा सिँढी निर्माणको कामसमेत गरिसकेको छ । हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्ग, घरबास (होमस्टे) गर्ने ठाउँ, खाना खाने ठाउँ, हेर्न लागयकका स्थलहरु, जातजाति, तिनका संस्कृति, मेलापर्व, ऐतिहासिक स्थलहरुको अध्ययन सकिएको र आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारहरु संग सहकार्य गरेर ८ महिनामा नै यो पदमार्ग संचालन गर्ने लक्ष्य लिइएको छ । अभियानले आगामी पुष २६ देखि यो पदमार्गमा यात्रा गराउन सकिने बताएको छ ।

सिन्धुली २०३० परिकल्पना युवा भेला

समृद्ध सिन्धुलीका लागि सामुहिक परिकल्पना तयार गगर्न ९ स्थानिय तहमा छलफल गरेर कम्तीमा सन २०३० सम्म कस्तो सिन्धुली हामी हेर्न चाहन्छौ भन्ने धारणा तयार पारिने भएको छ । परिकल्पनाबाट संकलन भएका क्षेत्रगत धारणाहरूलाई योजनामा तर्जुवा तथा कार्यान्वयनका लागि स्स्थानिय सरकारहरु सग संवन्वय गरिने छ । साथै क्षेत्रगत बिकासका लागि आवश्यक मानव संसाधानका लागि सिपमूलक कार्यक्रमहरु तय गरिने छ । जस्तै पर्यटन कृषि तथा प्रविधिक तालिमहरु साथै उद्दयमशिलता ।

‘तस्वीरमा सिन्धुली’२०२०

हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल छन् । अल्पसंख्यक हायु, थामी, पहरी मात्र होइन दनुवारलगायत विविध जातजातिको बसोबाससमेत सिन्धुलीमा छ । यसर्थ, कृषि उत्पादनलाई जोड्दै सिन्धुलीको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रसस्त सम्भावना छन् । तिनै सम्भावनाको खोजी हो, तस्वीरमा सिन्धुली । सो प्रदर्शनीमा सिन्धुलीको प्राकृतिक, सांस्कृतिक, सामाजिक, जनजीवन, जीवनशैली, धार्मिक महत्वका तस्वीर राखिने छ । ‘तस्वीरमा सिन्धुली’ प्रदर्शनीमा सिन्धुलीका सबै स्थानीय तहको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । प्रत्येक गाउँपालिका तथा नगरपालिका को एकरएक पोष्टकार्ड तयार पनि गरिएको छ । त्यस्तै, प्रदर्शनीका लागि प्रत्येक गाउँपालिका र नगरपालिकाको जानकारी दिने जानकारी पुस्तिका पनि बनाइने छ ।

स्थानीय तहमा घुम्ती प्रदर्शनी

सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा पनि घुम्ती प्रदर्शनीका रुपमा तस्वीर प्रदर्शनी गर्ने योजना अभियानको छ । यसले स्थानीयस्तरमा रहेका पर्यटकीय महत्वको स्थलबारे जनमानसमा सचेतना ल्याउन सहयोग पुग्नेछ । संरक्षणमा जागरण ल्याउने छ । यसको महत्व थप प्रष्टहुने छ ।

सिन्न्धुली कृषी सम्मेलन

कृषिमा नयाँ प्रविधि, सीप तथा ज्ञानको बारेमा छलफल चलाउने । कृषि, कृषक र उद्यमीलाई एक ठाउँमा ल्याउदै उनीहरुबीच बलियो सम्बन्ध तथा संजालीकरण बनाउन मद्दत पुग्नेछ । सम्मेलनमा कृषि वस्तुको बजारीकरण, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषि उत्पादनको अवस्था, कृषी पर्यटन, दिगो विकास लक्ष्यका तथा कृषि पर्यावरणमा जलवायु परिवर्तनको असर लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

संचालक समिति समृघ सिन्धुली अभियानको २३ सदस्यिय संचालक समिति हुनेछ । त्यसमा हरेक स्थानीय तहबाट एक जना महिलासहित २ जनाको प्रतिनिधित्व हुने छ । समाजका विभिन्न क्षेत्रमा योजदान पुर्याइ रहेका ब्यक्तित्वहरूमध्येबाट ५ जनाको यसमा प्रतिनिधित्व हुने छ । यसरी २३ जनाको कार्य समिति रहने छ । भर्खरै नाफा वितरण नर्गे कम्पनीका रुपमा दर्ता भएको समृद्द सिन्धुली अभियानको अध्यक्षमा लीलानाथ घिमिरे रहनु भएको छ ।