प्रयोगकर्ता:Mahendra Prasad Pokharel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैदेसिक रोजगारीले गाँउमा युवाहरु खाली भएका छन । उड्न हतार नगरौँ लाखौँ सपनाहरु पनि उड्लान

महेन्द्र प्रसाद पोखरेल एम पि

नेपालको हालत बिस्तारै सुधारीएला हज्जारौँ युवाहरु पलायन हुन कम हुँदै जाला अनि देशमा नै रोजगारीका अबशरहरु प्राप्त होलान ।
सरकारले पाँच बर्ष भित्र बिदेश गएर काम गर्न पर्ने छैन भन्दै गर्दा त्यस्का पुर्बाधार र बिस्वासिलो कुनै आधारसिला भने देखिदैन ।
तथापि  यहाँ बिदेश जान रोक्ने भन्दा पनि बिदेश जान हतार नगर्ने बिषयमा बहस गरिने छ  ।

सबै भन्दा पहिले कहाँ जाने हो त्यो चयन अनिबार्य गर्नुपर्ने हुन्छ सरल भाषामा भन्नु पर्दा सिधै राहदानी लगेर म्यानपावर कम्पनीमा जहाँ भएपनि उँडाईदिनुस भन्नु अत्यन्तै गलत हो।

आफु जाने देश चयन गर्दै गर्दा उक्त देशको बारेमा साधरण जानाकारी अनिबार्य रुपमा लिने बानि हुनु पर्छ ।
अरबी देशमा धेरै कामदारहरु जाने गर्दछन कतार,सँयुक्त अरब इमिरेट्स साउदी लगाएत बहराईन कुबेतमा बोलिने अरबी भाषाको बारेमा अलिकती ज्ञान लिए झनै राम्रो ।बजारमा अरबी भाषाका किताबहरु पाईने गर्दछन ।
सामान्य भाषा जस्तै कि यो ठाँउ कुन हो ?ट्याक्सी कहाँ पाईन्छ? म नेपालबाट आएको जस्ता सामान्य शब्द बोल्न सक्ने गरि कण्ठ गरे उत्तम हुन्छ ।
आफु जाने देश ,आफुले जानेको काम लगाएतमा आफु दृण भएपछी आफ्नो ब्याक्तीगत बिबरण लगाएतको साथमा राम्रो म्यानपावर कम्पनीमा गएर बुझ्नु पर्छ ।
त्यहाँ रहेका अन्य मानिसहरु सँग कुनै आर्थिक कारोबार भने गर्नुहुन्न।
सम्बन्धीत मानिसलाई भेटेर आफुले जाने बुझेको काम या गर्न सक्ने काम पक्का भएपछी मात्र आफ्नो बिबरण दिने गर्दा राम्रो ।
तर अधिकाँस बैदेसिक रोजगारीमा जानेहरु आफ्नो कामको बारेमा अनभिज्ञ रहन्छन र बिदेश पुगेपछी पछुताउने गर्दछन ।यसो हुँदा मानसिक रुपमा उ तयार हुदैन र काममा बाधा ,स्वास्थ्य बिग्रने र कुलतमा फस्ने गर्दछन।
आफ्नो अन्तबार्तामा खुलेर काम र तलबको बारेमा अनि सुबिधाको बिषयमा बहस गर्नु पर्छ ।
आफ्नो सम्पुर्ण बिबरण राम्रो सँग हेरेर आफुले पाउने सेवा सुबिधाबारे पडिसके पछी मात्र आफ्नो हस्ताक्षर गर्ने गर्नु पर्छ ।
नेपालबाट जाँदै गर्दा अरु कुनै देशको बाटो प्रयोग हुँदैछ कि छैन आफ्नो टिकटमा हेर्नुपर्छ आफुले नबुझे अरु कसैलाई देखाएर भएपनि आफ्नो गन्तब्य ठिक छ कि छैन जाँच गर्नु पर्छ ।
कहिले काहीँ भारत ,बँगलादेश,थाईल्याण्ड लगाएत देशमा लगेर कामदार अलपत्र छाडिएका घटनाहरु पनि नभएका होईनन।
सके सम्म नेपालकै हवाई मार्ग प्रयोग गर्नु पर्छ।
बिमानस्थलमा चेक जाँच गर्ने क्रममा झुट नबोली आफ्नो बिबरण देखाउने बताउने गर्नु पर्छ ।कतिपय कामदारहरुलाई म्यानपावर कम्पनीले यसो भन्नु यसो नभन्नु भनेर पहिले नै सम्झाएको हुन्छ तर बैदेसिक रोजगारीमा जाने कामदारले आफ्नो शत्य कुरा भनिदिएमा बिमानस्थलबाटै पनि फर्कन सक्ने अबस्था रहन्छ ।
आफ्नो सामानको झोलामा खैनि पान जस्ता सामानहरु भुलेर पनि नलैजानु होला ।
नेपालबाट यि सामानहरु केही मात्रामा लैजान दिए पनि अरबी देशहरुमा यो सबै हराम मानिन्छ। यानेकी बर्जित हुन्छन ।
हवाईजहाज यात्रा समाप्त भएपछी आफ्नो गन्तब्यमा तपाई ओर्लदै हुनुहुन्छ भने अब त्यहाँ दिईएका सुचना बोर्डहरु पछ्यानुहोस र त्यहाँको ईम्रिगेसनबाट आफ्नो सामान सहित लिएर बाहिर बस्नुहोस ।
तर कहिल्यै पनि बिमानस्थलबाट बाहिर नजानुहोस त्यहाँ तपाईलाई लिन कोहि आएको हुन्छ जस्को हातमा तपाईको नाम शहितको पम्प्लेट हुन्छ उसैसँग मात्र जानुहोस यदि तपाँई पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने त्यस देशमा रहेको नेपाली दुताबासको फोन नम्बर शुरक्षीत सँग राख्नुहोस ।
त्यहाँ तपाईलाई जरुरत पर्न सक्छ ।
तपाईलाई कामदिने कम्पनीले कोठामा बस्ने ब्याबस्था गरिदिएको हुन्छ ।तपाँईको काम शुरु हुँदै गर्दा त्यहाँ फेरी तपाईको नयाँ करारमा हस्ताक्षर गराईन्छ ।
नेपालमा गरिएको करारनामा र उक्त देशमा कम्पनीले दिएको नयाँ करारमा केही मिलेको छैन भने आफ्नो गुनासो राख्नुहोला ,सुनुवाई भएन भने हस्ताक्षर नगर्नु होला र नेपाली दुताबास र आफुलाई पठाउने म्यानपावर सँग कुरा गर्नुहोला ।
अन्य साथिभाईहरुको लहै लहैमा लागेर भाग्ने या गलत काम गर्ने गर्दा पछि आफैलाई अप्ठेरो पर्ने हुन्छ ।
म्यानपावरले ठग्यो वा धोका दियो भनेर पछि पछुताउनु भन्दा जानु अगावै सबै कुराहरु निश्चित गर्दा उत्तम हुने गर्छ ।
यदि  कतै तपाईलाई लाग्यो केही गलत हुँदैछ तुरुन्त सम्बन्धीत निकायमा गएर बुझ्ने गर्नुहोला ।
बिदेशमा एकमात्र सरकारको पहुँच हुने ठाँउ भनेको दुताबास मात्र हो ।तसर्थ दुताबासमा गएर वा फोन गरेर सबै बुझेर मात्र कुनै पनि कदम उठाउनुहोला ।
अरबी देशहरुमा काम रोकेर वा काम बन्द गरेर गुनासो गर्न पाईदैन तसर्थ काम निरन्तर रुपमा बन्द नगरी दिन बिराएर दुताबास जाने वा समस्या बारे अबगत गराउनु पर्छ ।
नेपालमा रहेका हेल्प डेस्क तथा परराष्ट मन्त्रालयका बिभिन्न ठेगानाहरु याद  गर्ने वा टिपेर राख्ने गर्नु पर्छ ,कुनैबेला आफुलाई समस्या पर्दा ति निकायहरु सँग आफ्नो कुरा राख्न सजिलो हुन्छ ।
कतारको हकमा अहिलेको समस्या भनेको नेपालमा फ्रि भिषा भन्दै आजाद भिषा र काम भन्दै कामदार ठग्ने प्रबृती रहेको छ ।
स्मरण रहोस आजाद भिषा भन्ने भिषा नै हुन्न ।
कुनै पनि देशमा काम गर्न जाँदै गर्दा दुई पाँच मिनेट त्यो देशको श्रमिक कानुन बारे बुझ्नु पर्छ ।
ईन्टरनेटमा देश देशका लेबर ल का साईटहरु छन ।
आफ्नो देशमा रहुञ्जेल सबै बुझेर मात्र बिदेश जाने बानि बसालौँ र उँड्ने रहर होईन कि कमाउने रहर गरौँ ।
उडाउनु ठुलो कुरा होईन उँडेर पुगेको ठाँउबाट तपाई हिँडेर फर्कन सक्नुहुन्न   त्यहाँ बिभिन्न कानुनी बाधा अड्चन हुन्छन तसर्थ उँड्न होईन बुझ्न हतार गरौँ।