प्रयोगकर्ता:Narendradahal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा पहिलो कम्युनिष्ट सशस्त्र संघर्ष कहिले भएको थियो ? यो प्रश्नमा सायद इतिहासका विद्यार्थीहरुको जवाफ हुन्छ होला– २०२८ को झापा विद्रोह । नेपाली कम्युनिष्ट सशस्त्र संघर्ष को इतिहास पढ्नेहरुका यो जानकारी मात्र छ भने त्यो निकै अधुरो जवाफ छ । किनकि २००७ सालकै वरिपरि रोल्पा रुकुमबाट पहिलो कम्युनिष्ट सशस्त्र क्रान्तिको शुरुवात भएको थियो र जसको पहल र नेतृत्व कामी बुढाले गरेका थिए । त्यस्तै नेपालमा कम्युनिष्टहरुले पहिलोपटक कहाँ समानान्तर जनसरकार घोषणा गरेका थिए भन्ने प्रश्नमा धेरैको जवाफ हुनसक्छ– २०५७ पुस ५ गते, रुकुमको बाँफीकोटमा गरिएको जिल्ला जनसरकार घोषणा । जिल्ला जनसरकारकै हकमा यो नै पहिलो हो तर कम्युनिष्टहरुले समानान्तर जनसरकार घोषणा गरेको यो नै पहिलो होइन किन कि उतिबेलै कामी बुढाले रुकुमको चौखावाङ लिंगुरमा बाजागाजासहित भब्य जनसभा गरेर समानान्तर जनसरकार घोषणा गरेर मन्त्रीहरु समेत नियुक्त गरेका थिए ।

  1. हो, महान् सहिद कामी बुढा इतिहासका तिनै व्यक्तित्व हुन्, जसले रोल्पा रुकुमबाट सशस्त्र क्रान्तिको शुरुवात गरे र आफ्नो यात्रालाई विस्तार गर्न नपाउँदै गिरफ्तारपछि चरम यातना पाएर शहादत प्राप्त गरे । कामी बुढा रुकुम जिल्लाको चौखावाङ– ८ मा वि.सं. १९७८ सालमा वुवा खिन्तु वुढा र आमा मंगली वुढाको कोखबाट जन्मेका हुन् । सामान्य किसान परिवारमा जन्मेका सहिद कामी वुढाको परिवार पछाडि चौखावाङ– ५ हिलमा बस्न थाल्यो र अहिले पनि उनका छोरी र नाति नातिनी सोही गाउँमा बस्छन् । उनको विस्तृत जीवनी र वीरताको गाथा त खोजी हुन बाँकी नै छ तर बाहिर आएअनुसार लाहुरे वन्ने तीब्र इच्छाका कारण उनी पहिले अंग्रेज पल्टनमा भर्ति भएका थिए । उनले पल्टनमै हुंदा शिक्षा दिक्षा पाए । भारतीय स्वतन्त्रता संग्राम, तेलंगनामा चलेको सशस्त्र किसान र चिनियाँ जनयुद्धको प्रभावले कामी वुढालाई राम्ररी छोयो । अंग्रेजपल्टनको भारतीय सेनामै छँदा राम्रो प्रशिक्षकमा स्थापित नयाँ अंग्रेजसँग मोह भङग भयो । गोराहरुसँग मुक्त भए पनि काला साहेबको अधिनमा भारत रहेको देखेपछि र आफ्नो देशमा पनि क्रान्तिको आवश्यकता महसुस गर्दै कामी वुढा २००७ सालतिर स्वदेश फर्केको देखिन्छ ।
  2. नेपाल आएपछि काठमाडौं पुगेर कम्युनिष्ट पार्टीको नेतृत्वसँग छलफल गरेपछि उहाँलाई जिम्मेवारीका लागि कमलराज रेग्मीको सम्पर्कमा पाल्पा पठाएको देखिन्छ । त्यसबेलासम्म आन्दोलन काङग्रेसबाट मोह भङग भएका दैलेख चौराठाका भवानीप्रसाद शर्मा अधिकारीसँग उनको सहकार्य अघि वढ्यो । त्यतिवेला रक्षा दलको बिद्रोरोहमा कम्युनिष्टहरुको सहभागिता र समर्थनको आरोपमा कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाइएको थियो । त्यति नै बेला पार्टीमाथिको प्रतिबन्धको समेत वास्ता नगरेर उनले ग्रामीण वर्गसंघर्षको थालीन गरे । किसान जागरण गराउँदै स्थानीय जाली फटाहाविरुद्ध आन्दोलन चर्काउदै रुकुम, रोल्पा, सल्यानहुँदैं जुम्लाको कँडेरी पुग्दा सहयात्री उत्पीडनहरुको संख्या बढ्यो । स्थानीय अड्डाहरु कब्जा गर्दै उनीरु अगाडि बढ्छन् र आन्दोलनकै क्रममा चिनिंयाँ जनमुक्तिसनासँग भेट्ने योजना रहन्छ । तर, उनीहरुको अभियान सिमिकोटसम्म पुग्दै प्रशासन र स्थानीय जिम्वाल, ठालुहरुको संयुक्त आक्रमणबाट विद्राहीहरु एम्वुसमा परेर गिरफ्तारमा परे । त्यसवेलासम्म सिमीकोटमा अदालत, जेल नभएकोले विद्रोही कामी र भवानीरुको १७ जनाको समूहलाइ जुम्ला लगियो । गिरफ्तार परिसकेपछि कामी बुढाले अरु सबै आफ्ना सहयोगी मात्र भएको र आफू अगुवा भएको बताएपछि अरुलाई छाडियो तर उनलाई भने २०१० असोजमा जुम्ला चौभान जेलमै हत्या गरिए ।
  3. कामी बुढाको योगदान र उनको यति छोटो चिनारी दिएर मात्र हाम्रो भूमिका पूरा हुँदैन । कामी बुढाको जीवनी र उनको कर्मबारे विस्तृत अध्ययन गरेर बाहिर ल्याउन जरुरी छ । त्यसका लागि अहिलेसम्म खासै पहल भएको छैन भन्दा पनि हुन्छ । रुकुमका माओवादी नेता हेमन्तप्रकाश ओलीले उनी जिल्ला सेक्रेटरी हुँदा केही अध्ययन गरी राजनीतिक प्रतिवेदनमा कामी बुढाबारे समेटेका छन् भने मगर राष्ट्रिय मुक्ति मोर्चाले उनको बारेमा डकुमेन्ट्री बनाउने निर्णय गरेको भए पनि अहिलेसम्म त्यसमा खासै सफलता प्राप्त भएको देखिएको छैन । कामी बुढाका सहकर्मीहरु कहिले कति जीवित छन् वा मरिसके, त्यो पनि जानकारी छैन । काम बुढालाई नजिकबाट चिनेका पुराना बामपंथी नेता कमलराज रेग्मी हुन्, उनीबाट अझै पनि केही कुरा खोतल्न सकिने संभावना छ । उनले कामी बुढालाई ‘रुकुमका धनबहादुर’ भनेर कतै कतै सम्वोधन गरेको पाइएको छ । केही समयअघि नेपाल साप्ताहिकमा प्रकाशित स्मरणमा उनले भनेका छन्– ‘२००८ मंसिरमा रुकुमका धनबहादुर र दैलेखका भवानी शर्मा नामका व्यक्ति आएर मलाई भेटेका थिए, उनीहरुले कम्युनिस्ट पार्टीको प्रचारप्रसार गर्नचाहेको भन्दै सदस्यताका निम्ति अनुरोध गरेका थिए । त्यसबेला कम्युनिस्टको सदस्यता लिन ज्यादै गाह्रो थियो । जोकसैले चाहँदैमा त्यत्तिकै दिने चलन थिएन । मैले पनि उनीहरुलाई सोही कुराको जानकारी गराएर किसान संगठनको सदस्यता दिएर काममा पठाएको थिएँ । उनीहरु प्यूठानदेखि किसान संगठनको काम सुरु गरी सल्यान, दैलेख, रुकुम, रोल्पा, डोटीहुँदै जुम्ला र हुम्लासम्म पुगेका रहेछन् । शान्तिपूर्ण जुलुस उठाएर जाली फटाहा र शोषकहरुको विरोध गरे पनि उनीहरुमाथि हतियार लिएर कब्जा गर्न खोजेको आरोप लगाइएछ र पक्राउ गरिएछ । हुम्लाको मूल अड्डा जुम्लामा रहेकाले उनीहरुलाई जुम्ला कारागारमा थुनिएको रहेछ ।’ रेग्मीले अर्को एक प्रसंगमा बताएअनुसार त्यतिबेला कामी बुढामाथि चरम यातना दिएर लखतरान बनाइएको थियो । अन्तत: चरम यातनापछि उनलाई जुम्ला चौभानमै हत्या गरियो ।
  4. कामी बुढाबारे जानकार व्यक्तिहरु पनि धेरै छैनन् । उनकै छोरीको निधन भइसकेको छ । उनको बारेमा अध्ययन गरिरहेका नरेन्द्रजङ् पिटरले नै अहिलेसम्म अलि बढी उनको बारेमा सार्वजनिक जानकारी दिंदै आएका छन् । उनले कामी बुढाको सशस्त्र क्रान्तिलाई ‘पहिलो कम्युनिष्ट सशस्त्र संघर्ष’ भनेका छन् । त्यसो हो भने कामी बुढा पहिलो पहिलो या दोस्रो तेस्रो कम्युनिष्ट सहिद हुनसक्छन् । पहिलो दोस्रो जे भए पनि उनी कम्युनिष्ट सहिद पक्कै हुन् । कम्युनिष्ट विचारको प्रचारप्रचार र शोषक सामन्तविरुद्धको संघर्षका क्रममा पक्राउ परेर जेलभित्र हत्या गरिएका व्यक्तिलाई सहिद घोषणा गर्ने सवालमा ध्यान नजानु पक्कै पनि विडम्बनाको बिषय हो । उनको योगदान र सहादतलाई पूजीकृत र संस्थागत गर्ने सवालमा नेपाली कम्युनिष्टहरु चुकेका छन् । अहिले नेपालमा दुई तिहाइ जनता कम्युनिष्टप्रति सहानुभूति राख्दछन् तर २००७/००८ सालमा कम्युनिष्ट पार्टीको समर्थक, कार्यकर्ता मात्र होइन अगुवा बनेर सशस्त्र संघर्षको शुरुवात गर्नु चानचुने बिषय थिएन त्यो पनि भारतीय सेनाको प्रशिक्षक छाडेर नेपाल आएर क्रान्तिको नेतृत्व गर्ने त्यतिबेलाको चेतनास्तर हेर्दा कामी बुढा साँच्चिकै महान् व्यक्तित्व हुन् भन्ने प्रमाणित हुन्छ । तर, फेरि पनि दु:खका साथ भन्नैपर्दछ कि नेपालका कम्युनिष्ट पार्टीहरुले उनको पहिचान खोजी गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनमा जग हाल्न उनले निर्वाह गरेका योगदानको मूल्यांकन गर्ने सवालमा पहल लिन सकेनन् । अहिले भर्खर आएर एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनबाट बुढालाई सहिद घोषणा गरेको छ । अब पार्टीगतरुपमा मात्र होइन, राज्यबाट समेत उहाालाई राष्ट्रिय सहिद घोषणा गर्नतिर लाग्न आवश्यक छ ।
  5. उनी त्यतिबेला साझा कम्युनिष्ट पार्टीको नेता भएकाले कामी बुढाको योगदानको पूँजीकृत गर्नु सबै कम्युनिष्टहरुको साझा दायित्व हो । अहिले माओवादी पार्टीले राजनीतिकरुपमा कामी बुढालाई सहिदको रुपमा सम्मान गरेको छ, यो स्वागतयोग्य कुरा हो तर पार्टीबाट मात्र होइन राज्यबाट पनि उनलाई सहिद घोषणा गराउन पहलकदमी लिन जरुरी छ । त्यति मात्र होइन ‘कामी बुढा अध्ययन प्रतिष्ठान’ वा अन्य यस्तै निकाय बनाएर उनको जीवनी र कर्मको संस्थागत गर्ने र त्यसलाई समाजका हरेक क्षेत्रमा सम्मान गर्दै लैजान अब ढिलाई गर्नु हुँदैन । हत्या भएको झण्डै ६ दशकपछि नेपाल मगर संघले रुकुम चाँपामा उहाँको शालिक स्थापना गरेर एउटा प्रशंसनीय काम गरेको छ । हामी चाहन्छौं यस्तो कामको नेतृत्व सके राज्यले, त्यति नभए सम्पूर्ण कम्युनिष्ट पार्टीहरुले गरुन् । त्यति पनि गर्न संकीर्ण देखाइन्छ भने कामी बुढालाई आदर्श मान्दै आएको माओवादीले उनको योगदानलाई चीरस्थायी राख्ने काम गरोस् । होइन भने जातीय वा क्षेत्रीय (भेगीय)रुपमा हुने अगुवाइको पनि स्वागत गर्नुपर्ने हुन्छ । पश्चिममा भीमदत्त पन्तको सम्झना चीरस्थायी बनाउन भीमदत्त नगरपालिका घोषणा गरिएको, भीमदत्त राजमार्ग बनाइएको छ र उनकै नाममा थुप्रै क्याम्पस तथा संस्था खुलेका छन् । अन्य क्षेत्रतिर पनि यस्ता पहलहरु भइरहेका छन् । तर, हामीले कामी बुढाको योगदानलाई चीरस्थायी बनाउन के गर्न सक्यौं ? उनको योगदानलाई आदर्श मान्नेहरुका लागि यो गम्भीर प्रश्न हो । कामी बुढाको योगदानलाई चीरस्थायी बनाउन सकेसम्म राष्ट्रब्यापीरुपमा केही नमूनायोग्य काम होस् । नभए राप्ती र रुकुम जिल्लाब्यापी नै भए पनि केही काम होस् । कम्तीमा एउटा अध्ययन प्रतिष्ठान बनाएर संस्थागतरुपमा अध्ययन थालिनुपर्दछ । उनको सम्झना युगयुगसम्म रहने गरी जीवनी र डकुमेन्ट्री तयार गरिनुपर्दछ । योगदानको सम्मान हुने गरी क्याम्पस, विद्यालय, सडक आदिको नामाकरण कामी बुढाको नामबाट गरिनुपर्दछ । यी कामको तत्काल शुरुवात भयो भने बाँकी काम संस्थागतरुपमा क्रमश: अघि बढाउन सजिलो हुने छ ।

--Narendradahal (कुरा गर्ने) ०४:००, २५ मे २०१३ (युटिसी(UTC))