प्रयोगकर्ता:Natamagar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल समी मार्केटिङ् प्रा.लिबारे एक छोटो चर्चा
धुमबाराही, पिपलबोट, काठ्माडौं नेपाल।

संस्थापक अध्यक्ष श्री बिकाश राईका साथमा अम्बिका देवी भट्टराई, नारायण तारुङ र जगन्नाथ खत्री हुनुहुन्छ। बि.सं २०७५ असार १३ गते तदनुसार सन् २०१८ को जून २७ मा विधिवत् रुपमा दर्ता भएर सोही बर्ष बि स २०७५ कार्तिक १५ गते तदनुसार सन् २०१८ नोभेम्बर १ बाट विधिवत् बजार थालनी गर्यो। हाल नेपाल समी कम्पनी राष्ट्रिय रुपमा विधिवत् सञ्चालित छ।

नेपाल समी र स्वास्थ्य, शिक्षा र समृद्धि[सम्पादन गर्नुहोस्]

नेपाल समी रोकथाममुलक स्वास्थ्यसेवा उद्योगसंग सम्बन्धित विशुद्ध व्यापारिक कम्पनी हो। यो पूर्णत: नेपाली स्वामित्वको कम्पनी हो। कम्पनीको प्रधान कार्यालय, धुमबाराही, काठ्माडौं नेपालमा अवस्थित् छ। यस कम्पनीका संस्थापकहरु अध्यक्ष श्री बिकाश राईका साथमा अम्बिका देवी भट्टराई, नारायण तारुङ र जगन्नाथ खत्री हुनुहुन्छ। नेपाल समीले अबलम्वन गरेको व्यापारिक पद्दति विशुद्ध परम्परागत छ। समी-सबिन्सा ग्रुप अफ कम्पनीका उत्पादनहरु बजारसम्म पुर्याउने ध्येयका साथ नेपाल समी मार्केटिङ् प्रा. लि, कम्पनी बि.सं २०७५ असार १३ गते तदनुसार सन् २०१८ को जून २७ मा विधिवत् रुपमा दर्ता भई काठ्माडौंमा खुलेको हो भने यसले सोही बर्ष बि स २०७५ कार्तिक १५ गते तदनुसार सन् २०१८ नोभेम्बर १ बाट विधिवत् बजार थालनी गर्यो। हाल नेपाल समी कम्पनी राष्ट्रिय रुपमा विधिवत् सञ्चालित छ।

डा० मुहम्मद मजीदद्वारा संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमा स्थापित सबिन्सा कर्पोशन र समी-सबिन्सा ग्रुप लिमिटेड बैङ्गलोर, भारतसंग अनुबन्धित रही त्यस कम्पनीद्वारा प्रसोधित, सुत्रबद्ध र मूलत: संयुक्त राज्य अमेरिका र विश्वभरका विभिन्न मुलुकबाट स्वामित्व अधिकार प्राप्त गरिएका आयुर्बेदिक महत्वका बनस्पतीय सत्वहरुको संयोजनबाट तयारी र उत्पादित खाद्यपुरक आहारहरुको प्रवर्धन र विक्रि वितरण गर्दछ। स्वास्थ्य सेवासंग सम्बन्धित धेरै विकल्पहरुमध्ये एउटा विकल्प पेश होस भन्ने हेतुले ल्याईएको हो।

संयुक्त राज्य अमेरिकाकै न्यू जर्सी शहरमा सन् १९८८ मा खुलेको सबिन्सा कर्पोरेशनको प्रधान कार्यालय र यूटाहामा उत्पादन केन्द्र रहेको यस कम्पनीका संस्थापक डा० मुहम्मद मजीद हुन्। डा० मजीदलाई वैश्विक जगतले आयुर्वेदका विश्वदूत, एक वैज्ञानिक, परोपकारी (Philanthropist) र उद्यमीका रुपमा चिन्दछन्। किनभने वहाँको यस क्षेत्रमा पदार्पणभन्दा पहिले परम्परागत आयुर्वेदिक पद्धतिमात्र थियो। त्यसपछि मात्र आधुनिक वा उन्नत आयुर्वेदाको उदय भएको हो। डा० मोहम्मद मजीद र उनीद्वारा सञ्चालित समी-सबिन्सा समूह एक अजेय र कालजयी संस्थानका रुपमा चीरपरिचित छ। वहाॅको जन्म भारतको केरला राज्यको कोलम गाउॅको एक साधारण किसान परिवारमा सन् १९४८ मा भयो। सन् १९७२ मा बीँफार्मको अध्ययन सकिएलगतै सन् १९७५ मा संयुक्त राज्य अमेरिका जानुभयो। त्यहा वहाॅले १९७८ मा औद्योगिक औषध विज्ञानमा स्नातकोत्तर (एमएस) र सन् १९८६ मा सोही विषयमा विद्यावारिधी गर्नुभयो। अमेरिकामा वहाॅ प्रसिद्ध यूनानी औषधी उत्पादन कम्पनी फाईजर, कार्टर-वालाॅसकासाथै पाको रिसर्जजस्ता ठूला कम्पनीहरुमा युवा उद्यमी वैज्ञानिकका रुपमा कार्यरत रहनुभयो।

अमेरिकामा सन् १९८० ताका, त्यहाॅका बासिन्दाहरुको दिनानुदिन बिग्रॅदै गएको स्वास्थ्य अवस्थालाई लिएर अमेरिकी संसदमा चिन्ताको विषय बन्यो। मानिसहरुलाई किसिम-किसिमको बिमारी भईरहेको थियो। जस अन्तर्गत मूलत: मोटापा, मधुमेह, शरीरमा बोसीयतत्व बढ्नु, उच्च-न्यून रक्तचाप, भुलक्कड बिमार, हृदयघात, दम-धम्की, अर्वुद (क्यान्सर), स्मरणशक्ति गुम हुनु (अल्जाईमर), पुरुषहरुमा पौरुषत्व ह्रास हुनु, जोर्नीहरुमा दुखाई, महिला सम्बन्धि रोग तथा कम उमेरमै बूढा हुनु, शरीरमा रोग विरुद्द लड्न सक्ने प्रतिरोध क्षमतामा ह्रास आएर लाग्ने नसर्ने रोगहरु (अटोईम्यू्न डिजिज) समावेश थिए।

दुईपटकससम्म नोबल पुरस्कारबाट पुरस्कृत अमेरिकी भौतिकशास्त्री डा० लिनस पाउलीनले आफ्नो अनुसन्धान पत्रमा बताउनु भएको छ - मानव शरीर ६० देखि ७३ ट्रीलियन कोशिकाले निर्माण भएको हुन्छ। सम्पूर्ण कोशिकालाई स्वस्थ, तन्दुरुस्त र चुस्तस्फूर्त राख्न १२० पोषकीय तत्व जरुरत पर्दछ। त्यसमध्ये ४६ वटा चाॅहि दैनिक रुपमा जरुरत पर्दछ । यसर्थ, मानिसहरुलाई उचितमात्रामा ३ अपरिहार्य चीज उपलव्ध गराईएमा १२० बर्षसम्म जीवित रहन वा जबसम्म उ जीवित रहन्छ तबसम्म स्वस्थ जीवनयापन गर्न सक्नेछ। ती तीन आवश्यक चीजहरु हुन्;

१) शुद्ध जल - जुन अचेल प्रशोधित् खनिज-जल, डिस्टील पानीबाटमात्र सम्भव छ ।

२) शुद्ध अक्सिजन - २१.९ प्रतिशतका हिसाबले, जुन अचेलको प्रदुषणयुक्त वातावरणबाट सम्भव छैन्। साथमा,

३) ४६ वटा पोषकीय तत्व जसले हाम्रो शरीरका कोषिकालाई तन्दुरुस्त राख्न सकोस्।

तर आजको युगमा सागपात, फलफुल र अन्नलाई खेतमा उमारेदेखि प्याकीङ गर्दासम्ममा विविध किसिमका रासायानिक प्रक्रियाबाट गुज्रनुपर्दछ। जसकारण ती अनाजहरुमा पोषकीय आहारको मात्रा हुनसम्म कम हुने गर्दछ । त्यसैले उच्च गुणबत्तारहित अनाज, फलफुल वा शुष्क र रुग्ण फल खानाले ४६ किसिमका पोषकीय आहारको आपूर्ति हुन सक्दैन र उपचार सम्भव छैन। त्यसैले डा० लिनस पाउलीन भन्नुहुन्छ - यस्ता बिमारीबाट बच्नका लागि अमेरिकाबाट सम्पूर्ण बाहन, मोटर-कार र गाडीहरु हटाईदेऊ ! सबै उद्योगधन्दा, कलकारखाना बन्द गर! सम्पूर्ण विद्युतीय उपकरण-टावरहरु सबै हटाईदिनु पर्दछ। जसकारण प्रदुषण विलकुलै नरहोस् ! अमेरिकाबासीले शुद्ध र स्वच्छ जल पिऊन पाऊन् ! खानपानमा प्रसाधित् रासायनिक प्रक्रियाको प्रयोग कहीं नहोस् र ४६ वटा अत्यावश्यक पोषकतत्व प्रचुर मात्रामा लिन सकोस्। तब, अमेरिकन नागरिकहरुको स्वास्थ्यमा सुधार सम्भव हुनेछ। तथापि अमेरिका जस्तो विकासशील देशका लागि यो सम्भब नै थिएन।

डा० मजीद एक भारतीय भएकाले आयुर्वेदबारे भलीभाॅती जानकारी राख्दथे। जबकि उस बखत अमेरिकामा आयुर्वेदको क्षमताबारे कोहि जान्दैनथे। साथमा, वहाॅले यो पनि देख्नुभएको थियो कि फाईजरका मालिक सारा दुनियाॅलाई आफ्नो एलोपैथिक दबाई खुवाॅउथे। तर जब उनको आफ्नो घरपरिवारमा कोही सदस्य बिरामी हुन्थ्यो त चीनिया जडीबुटी झिकाउँथे अनि त्यसलाई उमालेर रसादि बिरामी सदस्यलाई पिलाउंथे। यसैभित्र केही सार र रहस्य भएकाले नै डा० मजीदले आयुर्वेदको गहन अध्ययन पश्चात अनुसन्धान थाले। अनि, अमेरिकी नागरिकहरुलाई स्वस्थ बनाउने गम्भीर जिम्मेवारी लिए। वहाॅलाई यो पनि थाहा थियो कि ४६ किसिमको पोषकतत्व केवल आयुर्वेदिक उत्पादनबाट मात्र सम्भब छ। आयुर्वेदिक बनस्पतिबाट अपोषकीय आहार (प्रतिपोषक तत्व) हटाएर पोषकीय आहार (पोषक तत्व) मात्र दिन सकिएमा जसको कुनै किसिमको प्रतिअसर पनि हुदैन। यसकारण डा० मजीदले आफ्ना साथीहरुसहित अनुसन्धान शरुवात गरे। अनि दुनियाॅलाई पाॅचौंपन्थ आधुनिक आयुर्वेदा यानी 'एलोवेदा'लाई रोगथाममूलक स्वास्थ्य विज्ञानका रुपमा नयाॅ जन्म दिनु भयो। जुन एक क्रान्तिकारी खोज "सारतत्व-सत्व विज्ञान पद्दति"मा आधारित छ। सारतत्व पद्दतिको अर्थ अणुविज्ञान विधि हो।

आयुर्वेदको खोज पाॅच हजार बर्ष पहिले महर्षि चरकद्वारा भएको हो। आफ्नो आयुर्वेदिक ग्रन्थ "चरक संहिता"मा महर्षि चरक लेख्छन् - "खाना असल छ भने औषधी खानु पर्दैन, खाना कमसल छ भने औषधी वा दबाई लाग्दैन।" चरक संहितामा उल्लेख्य चौध हजार बनस्पतिमध्ये सात हजार बनस्पतिको मात्र पहिचान भएको र त्यसबाट पनि मौजुदा चार सय साठी बनस्पतिबाट मात्रै सत्व प्रयोगमा ल्याउन सकिएको विषय डा० मजीद उजागर गर्छन् । हजारौं बर्षदेखि आयुर्वेदमा एकै र उस्तै विधिद्वारा काम गरिरहेका थियौं। परम्परागत आयुर्वेदिक औषधीहरु परीक्षण गर्दा ६५ प्रतिशतसम्म लीड र ३५ प्रतिशतसम्म आर्सेनिक नामक विषाक्त पदार्थ भेटियो। परम्परागत आयुर्वेदिक उत्पादनहरुमा प्रतिपोषक तत्व जस्तै अक्जालिक एसिड (क्याल्सियम अवरोधक), फाईटिक एसिड (कलेजोमा रहेको प्रोटिन पचाउने ईन्जाईम ट्रिप्सिन र पेप्सिन अवरोधक), गोईट्रोजिन (आयोडिन अवरोधक), टिनानिन, गहूँ-जौ र ऊवाजन्य अन्नमा ग्लूटेन पाईयो । अन्य ट्यान्नीन, क्याफिन, निकोटिन, ओपियम र मर्फिनेज आदि बनस्पतीय खानामा पाइएकाले अप्रशोधित खाना खानु शारीरिक असुरक्षा निम्त्याउनु हो ।

यसले शरीरलाई असल त गर्दै गर्दैन थप अत्यधिक खराव प्रतिअसर गर्दछ । डा० मजीदको खोज नै यही हो। परम्परागत आयुर्वेदलाई बचाएर आधुनिक र उन्नत आयुर्वेदाको आविष्कार गर्नुभयो । जुन सत्व विधिमा आधारित छ। यसले विलकुलै शरीरमा कुनै किसिमको हानि नोक्सानी गर्दैन। त्यसैले त वहाॅलाई "दि वर्ल्ड एम्बैसाडोर अफ आयुर्वेदा"को उपाधि मिल्। त्यसै गरी हालै सन् २०२० जुन महिनामा भारतीय आयुर्वेदिक संस्था ASSOCHAM ले डा• मजीदलाई 'The Father of Indian Nutraceuticals Industry' नामक उपाधिले विभुषित गर्यो ।ो

भारतबर्षबाट पश्चिमाहरुलाई के दिन सकिएला ? भारतले दुई बस्तुका कारण शताब्दीऔं लामो उपनिबेश भोग्नु परेको थियो। ती कारण, सुगन्धित मसला र हीरारत्न जुहारत थिए। शुरुका दिनहरु थिए । सन् १९८८ को बर्ष थियो । डा० मजीदसंग "गुगुलिपीड" नामको पहिलो सत्व थियो। सोही बर्षको अन्तिम ताका डा० मजीदले अमेरिकाको न्यू जर्सी शहरमा "Sabinsa Corporation" खोल्नुभयो। यो जीवन विज्ञानलाई वैश्विक जगतमा उजागर गरिनका लागि कोशेढुङ्गा सावित भयो । यसरी आज सबिन्सा कर्पोरेशनले फाईजर, सिप्ला, डा० रेडी, रेन्भेक्सी, यूएसएनए, युनीसिटी, एमवे, ओरीफ्लेम र नेपाल समीजस्ता ५० भन्दा अधिक कम्पनीहरुलाई मोल्युकल्स र वस्तु विक्रि गर्दछ। यही सबिन्सा कर्पोरेशनबाटै सत्वहरुको स्वामित्व अधिकार सुरक्षित गर्दै १९९१ मा भारतको बैङ्गलोरमा अर्को एउटा कम्पनी खुल्यो। त्यो हो, सामी ल्याब अर्थात् साईन्टिफिक आयुर्बेदिक मोलेक्यूर ईन्ग्रिडैन्स, आज यो कम्पनी समी-सबिन्सा ग्रुप लिमिटेडमा परिवर्तित भईसकेको छ। त्यस यता कम्पनीले निकै बर्षहरु लगाएर ६ वटै महाद्वीपलाई नै छुने गरी विश्वभरि २६ भन्दा धेरै मुलुकमा यसको समी ल्याब्स पुर्याई १२० भन्दा धेरै वैज्ञानिकहरु यस ल्यावमा निरन्तर अनुसन्धानमा जुटिरहेका छन्। एक वैज्ञानिकका लागि  मासिक व्यय रु.१६ लाख पर्न आउंछ। यसरी आज डा० मजीद यानी समी-सबिन्सा ग्रुप लिमिटेडसंग ३९९ स्वामित्व अधिकारयुक्त (पेटेन्ट राईग्ट्स) सत्वहरु छन्। एक मोलेक्यूलस्को बार्षिक खर्च ४ करोड लाग्दछ। अन्य  बांकी ३५० भन्दा धेरै पैटैन्टका लागि अनुसूचित छन्। यस कम्पनीले अरुहरुसंग सत्व नलिई आफैंसंग भएको सुपर क्रिटिकल्स एब्स्ट्याक्ट पद्धतिबाट निकालिएको सत्व प्रयोग गर्दछ। यसैले समी ल्याब्सलाई अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त आईएसओ २२००० प्राप्त छ। समी ल्याबले १७०,००० एकड जमीनमा कृषिकर्म (cultivation) गरेकाले ८०,००० भन्दा अधिक किसानहरु लाभान्भित् छन्।

संसारभरका १०७ महान व्यक्तित्वहरुको सूचीमा डा० मजीदको नाम छ। अति उच्च अवार्ड Prestigious Ellis Island Medal of Honer, USA बाट सन्मानित डा० मजीदलाई दोश्रो मुलुकमा गएर उन्नति गरी स्वदेश फिर्ता भएकाले राष्ट्रपति पुरस्कारबाट पनि विभूषित गरिएको छ। दुई दुई पटक "थोमस एल्बा एडिसन अवार्ड" पाउने कमै व्यक्तित्वभित्र डा० मजीद पर्दछन् जुन संसारको ठूला पुरस्कारमध्ये एक हो। एक दशकदेखि "NABL" प्रमाणित गर्नका लागि भारत सरकारका तर्फबाट समी ल्याबले जिम्मेवारी पाएको छ। भारत देशबाट जो जसले आयुर्बेदिक मोलेक्युल्स बिदेश लैजान चहान्छ त्यस कम्पनी वा व्यक्तिले समी ल्याबबाट यो "NABL" प्रमाणपत्र लिन अनिवार्य छ।

नेपाल समीका सम्पूर्ण उत्पादनहरु एन्टिअक्सीडेन्टयुक्त आयुर्वेदिक वा बनस्पतीय सत्व भएकाले अक्सिडेशनको प्रक्रिया रोकी कोशिकाहरुको अस्थिरतालाई रोक्छ र कोशिकामा हुने क्षयीकरणलाई सुधार गर्दै फ्रि-याडिकलस्मुक्त बनाउन मद्दत गर्दछ। त्यसकारण यसलाई न्यूट्रास्यूटिकल्स यानेकि उत्तम र गुणवत्ता खानाको रुपमा लिईएको छ । यो पुरक आहारिक खानाकै रुपमा प्रयोग हुन्छ। यसले कुनै पनि रोग निदान गर्दैन। यसले त केवल मानव शरीरमा रहेको प्राकृतिक प्रतिरोधी क्षमता बढाउन एक सहयोगी (क्याटालिष्ट)को भूमिका निर्वाह गर्दछ । शरीर डाक्टर हो । पानी र खाना औषधी हुन्। हिप्पोक्र्याट्स लेख्छन्  -"खानाले औषधीको जस्तो र औषधीले खानाको जस्तो काम गर्नुपर्दछ !" उमेर ढल्किंदै जॅादा शरीरका ईन्जाईमहरु थाक्दै र मर्दै जाने प्रक्रियामा तिब्रता आउने भएकाले थप पोषण जरुरत पर्दछ। त्यसैले यी उत्पादन कुनै पनि रोगीको लागि दिईंदैन तर रोग लागेका मानिसहरुको उत्तम खाना खान पाउने नैसर्गिक अधिकारलाई हनन् नहुने गरी हरेक व्यक्तिको आफ्नो खाना आफै छनौट गरेर खान पाउने हकलाई सुरक्षित गरिएको छ। यसका सबै उत्पादनहरु आयुर्बेद, ईस्लामिक परम्परागत औषधी (आईटीएम) र टीसिएमबाट मान्यता प्राप्त र विज्ञानसम्मत् छन् । नेपाल सामीका उत्पादनहरुले भोजन र औषधी बीचको पुलको रुपमा काम गर्दछ।

विश्व स्वास्थ्य संगठनको आँकडा बताउंछ - विश्वभरमा जम्मा ५ प्रतिशत मानिस मात्र स्वस्थ छन्। २० प्रतिशत मानिसहरु त अस्वस्थ नै छन् भने ७५ प्रतिशत मानिसहरु अल्पस्वस्थ छन्। एउटा मानिस पूर्ण स्वस्थ हुनका लागि उल्लेखित मापडण्ड पुरा हुनुपर्दछ। विश्व स्वास्थ्य संगठनको अझ एउटा परिभाषा छ - १) शारीरिक स्वास्थ्य २) संवेगात्मक स्वास्थ्य ३) कुनै पनि संक्रमित वा असंक्रमित रोग नलागेको अवस्था र जन्म तथा जन्मान्तरण पछि अपाङ्ग नभएको अनुकुल अवस्था र ४) सामाजिक स्वास्थ्य पर्दछन्। अझ अगाडि चिन्तकहरु थप्दछन् - "आर्थिक स्वास्थ्यसाथै आर्थिक स्वतन्त्रता हुन जरुरी छ।" हामी विश्वभरका अधिकाधिक मानिसहरु ७५ प्रतिशत अल्प स्वस्थको चपेटामा छौं। यसो हुनाका प्रमुख कारणहरु चाहि विशाक्त आहार, पानी र हावा हुन्। प्रसाधित खाना, अप्राकृतिक भोजन, प्रेस्टीसाईज तथा प्रिजर्भेटीभ खानाहरु, मद्यपान, धुम्रपान, सुर्ती र गुट्खाजन्य बस्तु सेवन गर्नु अझ हानिकारक छ। दैनिक उपभोग्य सामग्रीहरु मोबाईल, माईक्रो ओभन, रेफ्रिजेटर, विद्युतीय उपकरण आदि पर्दछन्।

आज हामीले भावी सन्ततिका लागि केही योगदान गर्न सकौं भन्ने ध्येयका साथ नेपाल सामीले प्रौढ, यूवा, महिला, पुरुषहरुका साथै बालबालिकाहरुलाई ध्यानमा राख्दै आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ। खाद्यजन्य उत्पादनहरुमा पोषण आहार बिक्रि गर्दछ। कुनै पनि किसिमका हानीकारक कीटनाशक र प्रिजर्भभेटिभ तत्व मिसावट नगरिएका बस्तुहरुको बजार प्रबर्धन हाम्रो लक्ष्य हो। साथै केही सौंन्दर्यजन्य र व्यक्तिगत जीवनमा आवश्यक बस्तुहरु बिक्रि वितरण गर्दछ, नेपाल समी। नेपाल समीले बजारमा ल्याईएका सौंन्दर्यजन्य उत्पादनहरुमा पाराबेन, फर्मल्डिहाईड, सेन्टेथिक डाई र सल्फैट जस्ता हानिकारक तत्वहरुको समिश्रण छैनन्। यस्तै प्रकृतिका बस्तुहरुबारे सचेतना जगाउंदै नेपाली बजार र नेपालीहरुको स्वास्थ्य सुधार गर्दै जाने सपना नेपाल समीको हो।

आजको क्लिष्ट र व्यस्त जीवन शैलीका कारण मानिसहरु प्रतिष्पर्धात्मक अर्थतन्त्रको सामना गरिरहेको तितो यथार्थ दिनको घाम जत्तिकै छर्लङ्ग छ। हामी आज नितान्त नयाॅ युगमा छौं । यस उत्तर आधुनिक कालखण्डसम्म आईपुग्दा विश्व जगतले सूचना र प्रविधिका कारण अत्यधिक विकास गरिसकेको यस वर्तमान परिप्रेक्षमा, हामी पनि आर्थिक विकास अभियानमा अत्यन्तै उर्जाशील अभियन्ताका रुपमा उपस्थित् छौं। हाल विश्वजगतले भोगिरहेको तितोसत्य महामारी र पटक पटक दोहोरिरहने Covid-19 र Covid 2.1, हालै सन् २०२२ मा संसारभर फैलिएको डेंगी भाईरसजस्ता महामारीका अगाडि मानव र मानव सभ्यता निरीह बन्दै गएको छ। भौतिक विकास र बैभवशाली जीवनपद्दतिले जन्माएको रोगब्याधबाट बच्नका लागि नेपाल समीको रोजाई प्रतिरोध क्षमता बढाएर रोगमुक्त बनाउन र अटोईम्यूनजन्य रोगहरुबाट छुटकारा पाउनका लागि अव्बल एन्टिअक्सिडेन्टयुक्त भोजन बिक्रिवितरण गर्दै आईरहेको छ। यसर्थ "स्वस्थ नेपाल, हाम्रो अभियान!" पूरा गर्न क्रियाशील रहने बाचाकासाथ निरन्तरता दिईरहने छौं।

धन्यबाद !