प्रयोगकर्ता:Pragya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रदीप बस्याल (जन्म २०४७) नेपालको राजधानी काठमाडौंमा रहि अध्ययन गर्छन् । नवलपरासी जिल्लाको सदरमुकाम परासीमा जन्मेका प्रदीप रुपन्देही जिल्लाको करहिया गाउँ विकास समिति ९, मनिग्राम़को रमाइलो गाउँमा हुर्केका हुन् । परासीकै सयपत्री माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका हुन् । मनिग्राम़,सुनवल,परासी र काठमाडौंमा पढेका उनी नवलपरासीबाट प्रकासित हुने 'उषा' बाल पत्रिकाका सम्पादक पनि भएका हुन् । उनका बाबु खगेन्द्रप्रसाद बस्याल नेपालका नामुद गजलकार हुन् । प्रदीपले भोजपुरी र नेपाली नाटकमा अभिनय पनि गरेका छन् । प्रदीपका पिता खगेन्द्रप्रसाद र माता रेनुका बस्याल हुनुहुन्छ । उनका एक बहिनी, र दुइ दिदी छन् । उनी काठमाडौंको हिमालयन व्हवाहिटहाउस कलेजमा भौतिक बिज्ञान अध्ययन गर्छन् ।