प्रयोगकर्ता:Surendra pokhrel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

   तिनाउ जलविद्धुत गृहको वातावरणीय अध्ययनसम्बन्धी

एक अध्ययन प्रतिवेदन २०७३

त्रिभुवन विश्वविद्धालय

शिक्षाशाश्त्र सँकाय तेस्रो वर्ष

वातावरणीय शिक्षा ३३८ को

आँशिक पाठ्यभार पुरा गर्नका लागी

तयार पारिएको अध्ययन प्रतिवेदन

                  प्रस्तुतकर्ता

             सुरेन्द्र  पोखरेल (ICT)

             सिम्वोल नं. ..............

             वि.एड.तेस्रो वर्ष

         त्रिभुवन विश्वविद्धालय शिक्षाशाश्त्र सँकाय

             बुटबल बहुमुखी क्यम्पस

                  बुटवल,रूपन्देही

                  २०७१/२०७३

          त्रिभुवन विश्वविद्धालय

    TRIBHUVAN UNIVERSITY

  बुटबल बहमुखी क्याम्पस

BUTWAL MULTIPL CAMPUS

च.नं.:-

प.सं.:-                                                                                                         मिति:- ……………..

                                  सिफारिस-पत्र

        त्रिभुवन विश्वविद्धालय शिक्षाशाश्त्र सँङ्काय अन्तर्गत तेस्रो वर्ष अन्तविषयक

विषय वातावरणिय शिक्षा (३३८) को प्रयोगात्मक खन्डको आँशिक पाठ्यभार पुरा गर्नको लागी देहायका अध्ययनकर्ताहरूको समुहद्वारा “तिनाउ जलविधुत गृहको वातावरणीय अध्ययनसम्वन्धी एक अध्ययन प्रतिवेदन २०७३” शीर्षकमा सुरेन्द्र पोखरेलद्वारातयार पारिएको  यस अध्ययन प्रतिवेदन  मेरो प्रत्यक्ष निर्देशनमा तयार पारिएको हुनाले आवश्यक मुल्याङ्कनका लागी सिफारिस गर्दछु ।

                                               ...................................

                                                     धनबहादुर रेश्मी

                                                           उप-प्रा.

                                                                                   विज्ञान तथा वातावरणीय शिक्षा विभाग

                                               बुटबल बहुमुखी क्याम्पस

          त्रिभुवन विश्वविद्धालय

    TRIBHUVAN UNIVERSITY

  बुटबल बहमुखी क्याम्पस

BUTWAL MULTIPL CAMPUS

च.नं.:-

प.सं.:-                                                                                                         मिति:- ……………..

                                       स्वीकृति-पत्र

           बुटबल बहुमुखी क्याम्पस शिक्षाशाश्त्र सँकायद्वरा वि.एड. तेस्रो वर्ष अन्तरविषयक विषय वातावरणीय शिक्षा(३३८) को आँशिक पाठ्यभार पुरा गर्नका लागी “तिनाउ जलविधुत गृहको वातावरणीय अध्ययनसम्वन्धी एक अध्ययन प्रतिवेदन २०७३” शीर्षकमा तयार पारिएको यस अध्ययन प्रतिवेदन मुल्याङ्कन समितिबाट स्वीकृत गरिएको छ।

                       प्रतिवेदन मुल्याङ्कन समिति

                                          हस्ताक्षर

१.)...............................................                      ......................................

                                                           बाह्य सुपरीवेक्षक

२.)...............................................                      ........................................

                                                     आन्तरिक सुपरीवेक्षक

परीक्षा मिति:/……/…………………

                       कृतज्ञता-ज्ञापन

         स्नातक तह शिक्षाशास्त्र सँकाय तृतीय वर्षमा Interdisciplinary वर्गको वातावरण शिक्षा विषयमा २० पूर्णाङ्कको field work report तयार पारेको छु।

    यस लघु सर्वेक्षणमा सर्वप्रथम मलाइ लघु प्रतिवेदन तयार पार्ने क्रममा आफ्नो अमुल्य समय दिइ सहयोग गर्नुहुने आदारणीय श्री धन बहादुर रेश्मी ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।यसैगरी लेखानका क्रममा आ-आफ्नो क्षेत्रबाट आवश्यक सामाग्री जुटाइ दिइ सहयोग गर्ने मेरा सहपाठी साथी लगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावमा म हृदयदेखी नै धन्यवाद ज्ञापन गर्दछु ।

    अन्त्यमा यस अध्ययन प्रतिवेदन प्रति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरोकार राख्ने जोकोहीबाट यो प्रतिवेदन अध्ययन गरी सृजनात्मक सल्लाह,सुझाब एबं प्रतिक्रियाको अपेक्षा राख्दछु। धन्यवाद!

                                                                                               सुरेन्द्र पोखरेल

                   बिषयसुची

शीर्षक                                                            पृष्ठ सँङ्ख्या

परिच्छेद –एक:  परिचय

१.१ अध्ययनको पृष्ठभुमी                                                  ६

      १.२ अध्ययन क्षेत्रको परिचय                                               ६

      १.३ अध्ययनको उदेश्य                                                    ८

      १.४ अध्ययनको महत्व                                                   ८

      १.५ अध्ययनको सीमाहरू                                                  ९

परिच्छेद –दुइ : अध्ययन विधि                                        

     २.१ अध्ययनको ढाचा                                                     १०

      २.२ तथ्याङ्क संकलनको साधन                                             १०

      २.३ तथ्याङ्क संकलनको श्रोत                                              १०

      २.४ तथ्याङ्क संकलनको विधी                                              ११

      २.५ तथ्याङ्क विश्लेषण र व्याख्या                                          ११

परिच्छेद  -तिन: तथ्याङ्क विश्लेषण तथा व्याख्या

           ३.१ तिनाउ जलविधुत गृहको विधुत उत्पादन अवस्था                             १२

      ३.२ तिनाउ जलविधुत गृहको पर्यावरणीय अवस्था(समस्याहरू)                      १३

      ३.३ समस्या समाधानका उपायहरू                                           १३

परिच्छेद –चार : निष्कर्ष र सुझाव

           ४.१ निष्कर्ष                                                            १५

      ४.२ सुझाव                                                            १५

सन्दर्भ सामाग्री                                                                १७

अनुसुची १                                                                    १८                      

परिच्छेद एक

                             CHAPTER: 1

                                   परिचय(INTRODUCTION)

१.१ अध्ययनको पृष्ठभुमी (BACKGROUND OF THE STUDY)

           प्राकृतिक सौन्दर्यताले भरिएको नेपालमा विभिन्न भौगोलिक विविधता पाइन्छ । समुन्द्री सतहदेखी लिएर ८,८४८ मिटरसम्मको उचाइ रहेको देशमा विधुत उत्पादन क्षमता निकै नै वढी देखीन्छ । हिमाल पहाड र तराइ मिली बनेको नेपालमा ८३,२९० मेगावाट जलविधुत उत्पादन गर्न सकिने अनुमान छ। पश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत लुम्विनी अञ्चलको रूपन्देहि र पाल्पा जिल्लाको आफ्नो भौगोलिक पहिचान छ र नेपालको पहिलो सुरूङ पावर हाउस तिनाउ जलविधुत आयोजना हो ।शुरूमा बुटबल बासीको विधुत आपुर्तिको लागी निर्माण गरिएको थियो ।

जलविधुत विकासक्रमको झन्डै एकसय वर्षको इतिहासमा वि.स.२०७३सम्ममा साना ठुला जलविधुत आयोजनावाट करिव              मेगावाट जलविधुत उत्पादन भएको देखिन्छ ।जलस्रोतमा बिश्वको दोस्रो धनि देशको रूपमा चिनिने हाम्रो देश नेपालको कुल जलविधुत उत्पादन क्षमता ८३,२९० मेगावाट रहेको छ।हाल नेपालको कुल जलविधुत शक्ति प्रतिशत र उत्पादन हुन बाकी    प्रतिशत रहेको छ।

     मानव समुदायको सुविधाको साथसाथै विकाशको पुर्वाधारको रूपमा रहेको विधुत मध्येको तिनाउ जलविधुत गृह पनि एक हो ।उच्च वेगमा बगेको पानीबाट उत्पादन गरिएको विधुत उर्जालाइ जलविधुत भनिन्छ ।तिनाउ नदिलाइ बाँध निर्माण गरि सुरूङ मार्फत अग्लो स्थानवाट पानी बगाएर डायनामो वा जेनेरेटरको सहयोगमा पानीको गति शक्तिलाइ विधुत शक्तिमा रुपान्तरण गरिन्छ।यसरी उत्पादित विधुत तारको माध्यमबाट एक ठाउँबाट अर्को ठाँउमा लगी विधुतिय उपकरणहरू सँन्चालन गर्न प्रयोग गरिन्छ।मानिसको सामाजिक एबं आर्थिक स्तर वृध्दिसँगै उर्जाको खपत पनि दिनानुदिन बढदै गइरहेको छ ।

१.२अध्ययन क्षेत्रको परिचय (INTRODUCTION OF THE STUDY AREA)

           तिनाउ जलविधुत गृह पश्चिमाञ्चल विकाश क्षेत्रको लुम्विनी अञ्चल अन्तरगत पाल्पा जिल्लाको दोभान गा.वि.स. मा रहेको छ।वि.सं.२०२३ सालमा स्थापना भइ २०३५ सालमा नेपाल विधुत प्राधिकरणलाइ हस्तान्तरण गरिएको हो ।पाल्पाको माडिफाटवाट शुरु भएपनि झुम्साको सिस्ने खोला ,माडीखोला र खहरेखोला गरि तिनवटा नदि एकैठाउँ मिसिएको ठाँउबाट तिनाउ खोला नामाङ्करण गरिएको छ।दोभानमा तिनाउ नदिलाइ बाँध बाँधी दुइ किलोमिटर सुरुङ मार्गद्वारा पावर हाउसम्म ल्याइएको छ ।

     तिनाउ जलविधुत गृहको कार्य प्रारम्भ वि.सं.२०२३ सालमा शुरु भइ २०२६ सालमा सम्पन्न गरि एउटा टर्वाइन देखी ५० किलोवाट उत्पादन गरि बुटबलमा प्रसारण गरिएको थियो ।दुइ बर्षको परिक्षण कालपछी तिनवटा टर्वाइन राखियो । जसमध्ये ५०० र२५० किलोवाटको दुइवटा राखी १०००किलोवाट उत्पादन क्षमता भएपनि ८५० किलोवाट सम्म बिधुत उत्पादन हुने गर्दथ्यो।हाल आएर दुइवटा टर्वाइन सञ्चालन हुदा ४५० किलोवाट विधुत उत्पादन भएको छ।तिनाउ जलबिधुत पाल्पाको दोभानमा बाँध बाँधी सुरूङ्गमार्ग हुँदै२००० मिटर तलबाट पावरहाउसमा ल्याइएको छ।विधुत गृहबाट विधुत उत्पादन भइसकेपछी उक्त पानीलाइ सुरूङ्कै माध्यमवाट पावरहाउसदेखी १००० मिटर दुरीमा सहस्त्र धारा ल्याइ मिसाइएको छ।तिनाउ जलविधुत गृह बुटबल पावर कम्पनीको मुख्य लगानी सहायकमा नेपाल सरकार नेपाल विधुत कर्पोरेशन ,नेपाल उद्धोग सँघ र अन्य संस्थाहरूको सहयोगमा १,०२,००,०००/- को लगानीमा निर्माण गरिएको हो। जुन बुटबल उप महानगरपालिकादेखी उत्तर दुइ कि.मी. सिध्दार्थ राजमार्गको पश्चिम ,दुइ सिध्दबाबा मन्दिरको बिचमा तिनाउ खोलाको पश्चिमी किनारमा अवस्थित छ।

     यहाको वातावरणीय अवस्थालाइ हेर्दा पुर्व पश्चिम ठुला ठुला चट्टान र पातलो रूखले घेरिएको र उत्तरवाट नागवेली लहरा जस्तै वगेको तिनाउ नदीको किनारमा अवस्थित छ। बाहिरी दृश्य हेर्दा निकै मनमोहक देखिने पावर हाउस भित्र निकै गर्मी ,ध्वनि प्रदुषण ,शुध्द हावाको कमी र प्रकाशको अभाव देखिन्छ ।यस विधुत प्राधिकणले महत्वपुर्ण संघसंस्था जस्तै अञ्चल अस्पताल ,दुर सञ्चार ,खानेपानी ,ब्लड बैङ्क जस्ता महत्वपुर्ण संस्थाहरुमा चौबिसै घन्टा विधुत उपलब्ध गराउछ ।

     विश्वकै सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लगायत विभिन्न जैविक तथा प्राकृतिक विविधताले भरिपुर्ण राज्य नेपालले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भु भाग ओगटेर विश्वमा आफ्नो छुट्टै पहिचान वनाउन सफल छ। कुनै पनि अध्ययनहरू सहि तौरतरिकाले सुचारू गरि सही निश्कर्शमा पुग्नका लागी एउटा निश्चित ठाउँ वा क्षेत्रको छनोट गर्नुपर्ने हुन्छ ।हाम्रो समुहले अध्ययन क्षेत्रको रूपमा तिनाउ विधुत गृह छनोट गरेको छ।

पुर्वमा सिध्दार्थ राजमार्ग र तिनाउ नदि पश्चिममा अग्ला अग्ला चट्टानले बनेको पहाड उत्तरमा पाल्पा सिध्दबाबा दोभान बजार र दक्षिणमा बुटबल उपमहानगरपालिकाले घेरिएको यस तिनाउ गृहको पावर क्षमता १००० किलोवाट रहेको छ। तिनाउ जलविधुत गृह तिनाउ नदिको किनार निकै मनमोहक र रमणीय देखिन्छ ।तिनाउ नदिको पानी बाँध बाँधी पावर हाउसमा लानाले नदिको पानी सुक्न गइ जलिय जिवहरू लोप हुदै गएको पाइन्छ भने अर्कोतर्फ दुबैतर्फ चट्टानी पहाड रहेको हुदा दुर्घटनाको सम्भावना प्रवल रहेको छ।

१.३अध्ययनको उद्धेश्य(OBJECTIVES OF STUDY)

कुनै पनि कार्य छिटो ,सरल र प्रभावकारी रूपमा सम्पन्न गर्नको लागी वा सफल पार्नका लागी सुरूमै त्यसको उध्देश्य किटान गरिएको हुन्छ ।यदि हामीले निश्चित उध्देश्य लिएर काम गरेमा मात्र हाम्रो अध्ययनले पुर्णता पाउन सक्छ ।हामिले पनि यस अध्ययन गर्नुभन्दा पहिले यसको उध्देश्य निर्धारण गर्नु जरूरी छ ।तिनाउ जलविधुत गृहको बातावरणीय अध्ययन सम्बन्धी प्रतिवेदनका उध्देश्यलाइ निम्न बुदामा उल्लेख गर्न सकिन्छ ।

1.     तिनाउ जलविधुत आयोजना क्षेत्रको पर्याबरणीय अवस्थाको विश्लेषण गर्ने ,

2.     तिनाउ जलविधुत आयोजना क्षेत्रको ब्यवस्थापन का समस्याहरू पहिचान गर्ने,

3.     तिनाउ जलविधुत आयोजना क्षेत्रको पर्यावरणीय ब्यवस्थापन समस्या समाधानका उपायहरू पहिचान गर्ने ।

१.४अध्ययनको महत्व(SIGNIFICANCE OF THE STUDY)

     विश्वमै जलस्रोतको दोस्रो ठुलो धनि देश नेपालमा सञ्चालित आयोजनाहरूको स्थिती र यसले वातावरणीय क्षेत्रमा पारेका प्रभावहरू पहिचान गराइ त्यस का समस्या समाधानका लागी स्थानिय निकायको ध्यानाकर्षण गराउन शिक्षक , विद्धार्थी ,बुद्धीजिवी वर्ग नै अग्रसर  हुनुपर्ने देखिन्छ । त्यसै कुरा मध्यनजर गर्दै तिनाउ जलविधुत आयोजना को वातावरणीय व्यवस्थापन सम्वन्धी यस प्रतिवेदनको महत्वलाइ निम्न बुँदामा उल्लेख गरिन्छ ।

1.     त्रिभुवन विश्वविधालय शिक्षाशाश्त्र सँकाय स्नातक तह तेस्रो बर्ष ऐच्छिक बिषय वातावरणीय शिक्षा ३३८ को आँशिक पाठ्यभार पुरा गर्दछ ।

2.     तिनाउ जलविधुत आयोजना क्षेत्रको पर्यावरणीय अवस्था पत्ता लगाउन मदत गर्दछ।

3.     यस आयोजनाले पर्यावरणीय अवस्थामा परेको प्रभाव जानकारी गराउछ ।

4.     पर्यावरणीय ब्यवस्थापनको समस्या समाधान र संरक्षण गर्न सहयोग गर्दछ ।

5.     भावि विद्धार्थीलाइ सन्दर्भ सामाग्रीको रूपमा प्रयोग गर्न मदत मिल्छ ।

१.५अध्ययनको सिमा (LIMITATION OF THE STUDY)

           कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्दा निश्चित सिमाभित्र रहेर गर्नुपर्ने हुन्छ ।

जसले गर्दा निश्चित लक्ष्य र उद्धेश्य प्राप्त गर्न सकिन्छ ।यो प्रतिवेदन एउटा शैशिक बर्षमा पुरा गर्नुपर्ने भएकाले तिनाउ जलविधुत आयोजना क्षेत्रको वातावरणीय पक्षको विश्लेषण गरिएको छ। कुनै पनि काम गर्दा समय लगानी को पक्षमा ध्यान  दिनुपर्ने हुन्छ ।छोटो समय र न्युनतम लगानीमा प्रतिवेदन तयार गर्ने प्रयत्न गरिएको छ । यस अध्ययनका सिमाहरू निम्न छन ।

1.     तिनाउ जलविधुत आयोजनाको पावर हाउसलाइ लिएको छ ।

2.     पावर हाउस का कर्मचारी र संस्थाका विवरणहरू लिइएको छ ।

3.     अध्ययन क्षेत्रको वातावरणीय अवस्था लिइएको छ ।

4.     पावर हाउसको क्षमता ,भित्रि वातावरणको अवस्थालाइ अध्ययनमा समावेश गरिएको छ ।

                         CHAPTER: 2

                                                           परिच्छेद दुइ

                       (METHODOLOGY)

                       अध्ययन विधी

२.१अध्ययनको ढाँचा(PLAN OF STUDY)

           यस अध्ययनका लागि वृहत योजनाको आवश्यकता पर्दछ ।त्यस्तो योजनालाइ नै अध्ययन ढाँचा भनिन्छ ।यो अध्ययन मुलतः गुणात्मक ढाँचाको भएता पनी परिणात्मक अध्ययन ढाँचाको पनि प्रयोग गरिएको छ ।यस अध्ययन कार्यमा विषयको छनोट देखी लिएर तथ्याङ्क संकलन ,विश्लेशण र प्रस्तुतिकरण गर्न सो को विस्तृत योजना बनाएर अध्ययन कार्यका लागि मार्ग निर्देशन गरिएको छ ।

२.२ तथ्याङ्क संकलन साधन(DATA COLLECTION MEDIUM)

     कुनै पनि अध्ययनमा सुचना संकलन गर्ने कार्यका लागी निर्माण गरिएका साधन र अध्ययनकर्ताको कलाले अध्ययनलाइ एउटा निश्चित विन्दुमा पुर्याउन मार्ग निर्देशन गर्दछ । यस अध्ययनमा तथ्याङ्क संकलन गर्नका लागी प्रश्नावली ,अन्तरवार्ता सुची र सर्वेक्षण अवलोकन फारम आदी साधनहरू प्रयोग गरिएको छ।

२.३तथ्याङ्कको  स्रोत(DATA COLLECTION SOURCES)

           सही र सत्य तथ्याङ्कबाट नै कुनै पनि अध्ययनको स्पष्ट नतिजामा पुग्न सकिन्छ । यस प्रतिवेदन लेखन कार्यमा २ प्रकारका तथ्यङ्कहरू समावेश गरिएको छ ।

क.प्राथमिक स्रोत(PRIMARY SOURCE)

     कुनै पनि विषयको अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पार्नको लागी सोहि स्थानमा गइ प्रत्यक्ष रूपले सहभागी भै गरिएको अध्ययन नै तथ्याङ्कको प्राथमिक स्रोत हो। प्रत्यक्ष रूपले गरिएको अध्ययन विधी अति विश्वासिलो हुन्छ । अध्ययनको त्रममा प्राथमिक स्रोतलाइ बढी ध्यान दिइएको छ । यस अन्तरगत प्रश्नावली निर्माण गरि सोध्ने कार्य,अन्तरवार्ता र अवलोकन विधी पर्दछन ।

ख.दितिय स्रोत(SECONDARY SOURCE)

     यस अध्ययन सर्वेक्षणलाइ पुरा गर्न प्राथमिक स्रोतका अतिरिक्त अन्य प्रकारका सुचना अभिलेखहरूलाइ पनि समावेश गरिएको छ। स्थानिय बासिन्दाहरूबाट प्राप्त सुचना,पुस्तक,पत्रपत्रिका र पुराना प्रतिवेदनलाइ यसअन्तरगत लिइएको छ।

२.३ तथ्याङ्क संकलन विधी(DATA COLLECTION METHODOLOGY)

           यस अध्ययन कार्यका लागि आवश्यक सुचना तथा तथ्याङ्क संकलन गर्न निर्माण गरिएका साधनहरूको साथमा अध्ययन कर्ताको टोली सम्बन्धित क्षेत्रमा पुगी उक्त क्षेत्रका कर्मचारिहरूको सहयोगमा तथ्याँङ्क संकलन गरिएको छ भने व्यवस्थापन समितिका पदाधीकारीहरूले उपलब्ध गराएको सुचनाको आधारमा सर्वेक्षण गरी आवश्यक तथ्याङ्क संकलन गरी अध्ययनलाइ पुर्णता दिइएको छ ।

२.४ तथ्याङ्क व्यख्या र विश्लेषण विधी(DATA  DESCRIBING AND ANALYSIS METHOD)

     अध्ययनको क्रममा प्राप्त तथ्याङ्कलाइ आवश्यकता अनुसार विश्लेषण गरिएको छ। यसको साथै प्राप्त सुचनाहरुलाइ विभिन्न शिर्षक र उप शिर्षकहरुमा बिभाजन गरि प्रस्तुत गरिएको छ । यो अध्ययन मिश्रित अध्ययन ढाँचामा विश्लेषण गरिएको छ । व्याख्या र विश्लेषण पश्चात आवश्यक सुझाब प्रस्तुत गरि अध्ययनलाइ अन्तिमरुप दिइएको छ ।

                       परिच्छेद: तिन

         CHAPTER: 3

                तथ्याङ्कको विश्लेषण तथा अध्ययन

                DATA ANALYSIS AND STUDY

नेपालको जलविधुत आयोजनाको वातावरणीय अवस्थाको अध्ययन गर्दा सामाजिक वातावरण, मानविय क्रियाकलाप औधोगिक क्षेत्रको अध्ययन पनि समेट्न सकिन्छ ।तिनाउ जलविधुत आयोजना क्षेत्रको भौगोलिक बनावट र वातावरणीय स्थितिको अध्ययन महत्वपुर्ण हुन्छ ।जलविधुत आयोजनाका लागि तिनाउको पश्चिमी किनारमा अवस्थित पावर हाउसको अध्ययन गरिएको छ ।यस प्रतिवेदन पाल्पा जिल्लाको तिर्थस्थलको रूपमा रहेको दोभान गाविसको सिध्दबाबा मन्दिरको नजिकै रहेको तिनाउ जलविधुत आयोजनाको क्षेत्र र वातावरणीय अध्ययन गरि प्रष्टाउन खोजिएको छ ।

३.१ तिनाउ जलविधुत गृहको विधुत उत्पादन अवस्था

    यस जलविधुत आयोजनाको वि.सं. २०२३ सालमा कार्य प्रारम्भ गरिएको थियो । बुटबल पावर कम्पनीको अगुवाइमा नेपाल उद्धोगसंघको संयुक्त लगानिमा निर्माण गरिएको थियो । यसको कुल लगानी रू. १,०२,००,०००।– रहेको छ ।वि.सं. २०२६ सालमा परिक्षणको लागी एउटा टर्वाइन राखी ५० किलोवाट विधुत उत्पादन गरिएको थियो ।उक्त विधुत बुटबल बासीको लागी वितरण गरिएको थियो ।विधुत क्षमता बढाउने क्रममा २०२८ सालमा २ टर्वाइन थपी ४५० किलोवाट उत्पादन गरिएको थियो।वि.सं.२०३२ साल वर्षायाममा ८५० किलोवाट विधुत उत्पादन भएको थियो । उत्पादित विधुत बुटबल बासीको लागी प्रयोग गर्नुका साथै बुटबल खानेपानी संस्थान,लुम्विनी अञ्चल अस्पताल ,ब्लड बैङ्क जस्ता संस्थाको लागी हालसम्म पनि विधुत उपलब्ध गराएको छ । बाकी रहेको विधुत वि.सं.२०३५ साल भदौ १ गते राष्टिय प्रशारण लाइनमा पुर्याइएको हो । तिनाउ नदिको न्युनतम वाहक २.४ क्युसिक (घनमिटर प्रतिसेकेन्ड ­) अधिकतम वाहाव ५.८ क्युसिक दोभानको बार्षिक औसत बर्षा ३७०० मिलिमिटर रहेको छ ।सुरूङ्को लम्बाइ २००० मिटर र पावरहाउसको लम्बाइ २८+६० मिटर चौडाइ ४.५ मिटर छ भने गहिराइ १५० मिटर रहेको छ ।तिनाउ नदिको दोभानमा वाध बाँधी ल्याइएको छ ,त्यस ठाँउलाइ हेडबक्स भनिन्छ ।हेडबक्सबाट सुरुङ्मार्ग हुँदै ल्याइएको पानीको बेगलाइ संकलन गरी टर्वाइन घुमाइएको छ । तिनाउ जलविधुत गृहमा १२ जना कर्मचारी खटाइएको छ ।प्रत्येक कर्मचारीलाइ ६/६ घन्टाको दरले ३ जनाको संख्यामा पावर हाउस र टर्वाइनको सुरक्षाको लागी खटाइएको छ । उक्त आयोजनाको प्रभावित क्षेत्रको रूपमा दोभान बजार सिद्धबाबा मन्दिर क्षेत्र र मुख्य गरी बुटबल उप महानगरपालिकाको अति आवश्यक संस्था तथा ठाँउहरुमा विधुत आपुर्ति गरेको छ ।

३.२ विधुत गृहका समस्याहरू(पर्यावरणीय समस्याहरू)

यस विधुत गृहका पर्यावरणीय समस्याहरूलाइ निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ।

·        तिनाउ जलविधुत आयोजनाको वातावरणीय असरको रूपमा जमिनलाइ छेदविच्छेद गरी खोलिएको सुरूङ्ले भौगोलिक धरातलाइ परिवर्तन गर्नुका साथै कमजोर बनाएको छ, साथै भुकम्प आएको समयमा मासीने सम्भावना देखिन्छ ।

·        हिउदमा पानीका स्रोतहरू सुक्ने हुनाले तिनाउ नदिको सवै पानी पावर हाउसमा पठाउदा हेडबक्सको भाग भन्दा तलको तिनाउ नदिको पानी सुकी जलिय प्राणीको लोप र जङ्गली जन्तुका लागी पिउनका लागी पानीको अभाव हुने गर्दछ ।

·        यो विधुत गृह १५० मिटर गहिराइ भएको सुरूङ्गमा विधुत उत्पादन हुने स्थान मानव जिवनका लागि योग्य छैन किनकी ,यहाँ धवनी प्रदुषण ,६० डिग्री सेल्सियस तापक्रम पुग्ने ,कम अक्सिजन र सुर्यको प्रकाश पुग्न नसक्दा त्यस स्थानमा लामो समय बस्नाले कान ,नाक,आखाको रोग लाग्ने सम्भावना देखिन्छ ।

·        नदिको पानीलाइ विधुत गृहमा बाध बाँधी लैजानाले नदिमा रहेका जलिय प्राणीहरूलाइ नकारात्मक असर पर्नुका साथै लोप हुदै गइरहेका छन ।

·        बर्षायाममा तिनाउ नदिमा पानीको मात्रा अत्याधिक बढ्नाले नदि गहिरिदै जाने ,भुक्षय हुने ,नदिका किनारका भागहरू पहिरो जाने हुनाले पावर हाउस लगायत सिध्दार्थ राजमार्ग र तिनाउ नदिका छेउछाउका भागहरू ,बस्तिहरू बगाउने ,ढुङ्गा पल्टिने जस्ता समस्याहरू देखापरी वातावरणमा नकारात्मक असर पर्दछ ।

३.३ समस्या समाधानका उपायहरू

यस्ता वातावरणीय समस्याहरूको न्युनिकरण गर्न स्थानिय बासीहरूमा वातावरणीय अवस्थावारे जनचेतना फैलाउने ,नदि वरिपरिको क्षेत्रमा तटवन्धन बाध्ने ,छेउछाउम वृक्षारोपण गर्ने ,बाँस ,अम्लिसोजस्ता पहिरोबोधक बोटविरूवाहरू लगाउने ,बनजङ्गल संरक्षण गर्ने ,वनजंगल फडानी ,आगलागी जस्ता क्रियाकलापहरूलाइ रोक्न स्थानियबासीहरू लगायत नेपालसरकारले ध्यान दिनु पर्दछ । विधुत गृह वरिपरीको भागहरूमा तटवन्धन गर्नुका साथै सधै हेरचाह र संरक्षण गर्नुपर्दछ ।

तिनाउ जलविधुत गृह पुरानो भएकोले निकै जिर्ण देखिन्छ ,जहाँ विधुतिय सामाग्रीहरू टर्वाइन ,पावर कन्ट्रोलर पुरानो भएकाले क्षमता अनुसार विधुत उत्पादन हुन सकेको छैन । त्यसैले यसलाइ मर्मत गर्नुका साथै नयाँ मेसीनहरू राख्न पहल गर्नुपर्दछ। यस पावर हाउसमा कटाआउट सिस्टम नभएको हुदा पुर्ण विधुत उत्पादन हुन सकेको छैन त्यसकारण अटेमेटिक कटआउट सिस्टम सन्चालन गर्ने ,पावर हाउसमा आवत जावत गर्नको लागी पुल कमजोर भएकाले यसको मर्मत गर्ने तिनाउ पावर हाउसको पुरा विवरण सहितको नक्साङ्कन बोर्डको अक्षर अस्पष्ट भएकाले नया बोर्डको व्यवस्था गर्ने ,पावर हाउस क्षेत्रको वनजंगलमा वृक्षारोपण गर्ने ,संरक्षण र पहिरोको रोकथाम गर्नुपर्ने देखिन्छ ।

सुदृढ र विधुत उत्पादन क्षमता बढाउनका लागि केही सुझावहरूलाइ सुचिवध्द रूपमा प्रस्तुत गरिएको छ ।

v जलविधुत गृह पुरानो र जिर्ण भइ पानी रसाएको हुनाले त्यसको तत्कालै रोकथाम गर्नुपर्दछ ।

v टर्वाइन पुरानो भएको हुदा क्षमता अनुसार विधुत उत्पादन भएको छैन ,तत्काल नया टर्वाइन राखी पुरा विधुत आपुर्ती गर्नुपर्दछ ।

v उत्पादित विधुतमा अटोमेटिक कटआउट सिस्टम राख्नुपर्दछ ।

v तिनाउ नदीको हेडबक्स भन्दा मुनिको नदी बग्ने बाटो धेरै गहिरिएको हुनाले बिच बिचमा तटबन्धनको साथै छेउछेउमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

v कर्मचारीमा विधुत सम्वन्धी विशेष तालिम ज्ञान सञ्चालन गराउनुपर्छ ।

v विधुतिय चुवावट र चोरीको रोकथाम गरी देशका सवै जनतालाइ विधुत उपलब्ध गराउनुपर्दछ ।

v सम्पुर्ण देशवासीलाइ विधुतिय खपतबारे जानकारि गराउनु पर्दछ ।

v पानीको संरक्षण र हेडबक्स र सुरुङ्को हेरचाह गर्नुपर्दछ ।

v उत्पादित विधुत तारको सही रुपमा विस्तार गर्नुका साथै मानव बस्तिमा हुने खतरालाइ ध्यान दिनुपर्दछ ।

परिच्छेद: चार

CHAPTER: FOUR

निष्कर्ष र सुझाव

CONCLUSION AND RECOMMENDATION

४.१निष्कर्ष (Conclusion)

           नेपालको जलविधुत उत्पादन गर्न सक्ने क्षमता ८३.२९० मेगावाट रहेता पनि हालसम्म उत्पादन भएको जलविधुत ५२७.५ मेगावाट मात्र छ ।त्यसमध्ये पनि तिनाउ जलविधुत आयोजनाको क्षमता १मेगावाट रहेको छ ।यस जलविधुत आयोजनाको अध्ययनवाट जल सम्पदा नेपालको अमुल्य सम्पति भएकोले यसको सहि पहिचानबाट देशको सामाजिक तथा आर्थिक स्तर उकास्न सक्ने भएकोले यसको उचित संरक्षण र जगेर्ना गर्नु नितान्त आवश्यक छ। जलविधुत क्षेत्रको वातावरणीय तथा भौतिक बस्तुको संरक्षण र सम्वर्धन गर्नु हामी सबैको दायित्व हो ।

     यहा तिनाउ जलविधुत आयोजनाको वातावरणीय अवस्थाको वारेमा अध्ययन पश्चात विश्लेषण गर्दा निम्न निष्कर्ष निकालिएको छ ।

Ø अध्ययन क्षेत्रको वाहिरी वातावरण हेर्दा स्वच्छ र सफा भएपनि भित्रि सुरूङ्ग को वातावरण मानव अनुकुल नभएको पाइएको छ ।

Ø तिनाउ जलविधुतको उत्पादन क्षमता १००० किलोवाट भएपनि हाल उत्पादन ४५० किलोवाट मात्र भएको पाइयो।

Ø हेडवक्स देखी पावर हाउस सम्मको सुरूङ्गको लम्बाइ २००० मिटर छ भने पावरहाउसको गहिराइ १५० मिटर र पावरहाउसदेखी सहस्त्र धारा सम्म १००० मिटर देखियो।

Ø तिनाउ जलविधुत को संस्थापक संस्था बुटबल पावर कम्पनी रहेछ।

Ø तिनाउ पावर हाउसलाइ वुटवल पावर कम्पनीले राष्ट्रिय विधुत प्राधिकरणलाइ वि.सं. २०३५ सालमा हस्तान्तरण गरेको पाइयो ।

Ø तिनाउ जलविधुत आयोजनाको हेडवक्सले त्यस स्थान माथिको क्षेत्रमा पहिरो र भू क्षय रोकेको पाइयो ।

Ø  हिउदमा सबै पानी पावर हाउसमा लानाले तिनाउ नदीका जलिय तथा स्थलिय प्राणीको लागी निकै असर पारेको पाइयो।

Ø पावर हाउस  निकै पुरानो र जिर्ण भएकाले मर्मत  सम्भारको कार्य गर्नुपर्ने देखियो ।

Ø यहावाट उत्पादन भएको विधुत मुख्यत खानेपानी संस्थान ,नेपाल दुरसञ्चार ,ब्लड बैङ्क ,लुम्विनी अञ्चल अस्पताल ,ब्लड बैङ्क जस्ता संस्थाहरूलाइ वितरण  गरेको पाइएको छ।

४.२ सुझाव (Recommendation)

           नेपाल प्राकृतिक सौन्दर्यले भरिएकाले विभिन्न भौगोलिक विविधता पाइन्छ ।हाम्रो देशको राजनैतिक परिवेशको कारणले विभिन्न विकास निर्माणका कार्यहरू ठप्प भएका छन । समुन्द्री सतहदेखी ८८४८ मिटर सम्मको उचाइ रहेको देशमा विधुत उत्पादन क्षमता ८४,२९० मेगावाट रहेको छ । हिमाल ,पहाड र तराइ मिली बसेको र उत्तरदेखी तिब्र वेग भइ दक्षिणतिर बग्ने नदिहरूको कारणले विधुत उत्पादन सम्भावना बढी देखिन्छ । थोरै मात्रामा विधुत उत्पादन भएपनि त्यसको सहि प्रयोग भएको छैन ।वनजंगल फडानी आगजनी ,जलप्रदुषण ,बाढी पहिरो र भु क्षय जस्ता प्राकृतिक प्रकोपले वातावरणीय सन्तुलन हुन सकेको छैन ।यस क्षेत्रको विकासका लागी नेपाल सरकारले नै आर्थिक स्थिति सुधार गर्नुका साथै बुटवल उप महानगरपालिकाको जिम्वेवारी महत्वपुर्ण रहन्छ । यस तिनाउ जलविधुत आयोजना क्षेत्रको वातावरणीय अवस्था सुदृढ र विधुत उत्पादन क्षमता वढाउनका लागि केही सुझावहरूलाइ सुचीबध्द रूपमा प्रस्तुत गरिएको छ ।

    जलविधुत गृह पुरानो र जिर्ण भइ पानी रसाएको हुनाले त्यसको तत्कालै रोकथाम गर्नुपर्दछ ।

    टर्वाइन पूरानो भइ क्षमता अनुसार विधुत उत्पादन भएको छैन जसमा नयाँ टर्वाइन राखी पूरा विधुत आपुर्ति गर्नुपर्दछ ।

    पावर हाउसको उत्पादित विधुतमा अटोमेटिक कटआउट सिस्टम राख्नुपर्दछ ।

    तिनाउ नदिको हेडवक्स भन्दा मुनिको नदि बग्ने बाटो धैरै गहिरिएको हुनाले बिच बिचमा तटबन्धनका साथै छेउछेउमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

    कर्मचारीमा विधुत सम्वन्धी विशेष तालिम ज्ञान सञ्चालन गराउनुपर्छ ।

    विधुतिय चुवावट र चोरीको रोकथाम गरी देशका सवै जनतालाइ विधुत उपलब्ध गराउनुपर्दछ ।

    सम्पुर्ण देशवासीलाइ विधुतिय खपतबारे जानकारि गराउनु पर्दछ ।

    पानीको संरक्षण र हेडबक्स र सुरुङ्को हेरचाह गर्नुपर्दछ ।

    उत्पादित विधुत तारको सही रुपमा विस्तार गर्नुका साथै मानव बस्तिमा हुने खतरालाइ ध्यान दिनुपर्दछ ।

    विधुत लाइन विस्तार गर्दा वनजंगल र बढी रूख विरूवा भएको क्षेत्रबाट लाइन विस्तार नगरी खाली र रोड छेउछाउ बाट अग्लो पोलमा लाइन तान्नुपर्दछ ।

                 सन्दर्भसुची (BIOLIGRAPHY)

गिरी सुरेन्द्र,रेश्मी धन बहादुर(२०७२),वातावरणीय शिक्षा ,पिनाकल पब्लिकेशन,बागबजार काठमाण्डौ।

सामाजिक सञ्जाल गुगल ।

पत्रपत्रिका आदिमा प्रकाशित लेख रचना ।

बुटबल पावर कम्पनीका अभिलेखहरू ।

पुराना प्रतिवेदनहरू ।

   तिनाउ जलविद्धुत गृहको वातावरणीय अध्ययनसम्बन्धी

एक अध्ययन प्रतिवेदन २०७३

त्रिभुवन विश्वविद्धालय शिक्षाशाश्त्र सँकाय तेस्रो वर्ष वातावरणीय शिक्षा ३३८ को आँशिक पाठ्यभार पुरा गर्नका लागी तयार पारिएको अध्ययन प्रतिवेदन