सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:मनोज रावल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो। जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ। कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो। समाजवादी र मजदुरहरूबीच सम्वोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड। युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो। समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिक वृत्तमा व्यापक भएको हो। भारतका नेहरूदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो।

कमरेड शब्दको साइनो रुसी भाषासँग छैन। तर, यसको विश्वव्यापीकरण र कम्युनिस्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ। सोभियत क्रान्तिकारीहरू एकअर्कालाई सम्वोधन गर्न तबारिस शब्दको प्रयोग गर्थे। छोटकरीमा टोभ भनिन्थ्यो। सोभियत क्रान्तिसम्बद्ध लेख, रचना, दस्ताबेज, भाषण आदिमा तबारिस शब्दको प्रयोग नभएको सायदै भेटिएला। कम्युनिस्टहरूको बन्न पुग्यो। आज विपीका अनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन। अर्थात् म कम्युनिस्ट होइन ।

कमरेड शब्दको मूलमै फर्कौं। कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दापर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको। राज्यव्यवस्थाअनुसार सम्वोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ। राजा र रैतीलाई गर्ने सम्वोधनमा फरक, धनी र गरिबका लागि गरिने सम्वोधनमा फरक, लिंगअनुसार सम्वोधनमा फरक अर्थात् सम्वोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन्। समाजवादी हुन् कि कम्युनिस्टहरू सम्वोधनमै हुने विभेद रुचाउँदैनथे। त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए।

‘कमरेड’को सामान्य अर्थ साथी, दाँैतरी वा मित्र हो। विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकेर हिडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो। कम्युनिस्ट पार्टीमा लागेका सबै सदस्य समान मानिने हुँदा एक अर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द कमरेड (साथी) को प्रयोग गरिएको हो।

कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई कमरेड भनेर सम्बोधन गरिन्छ। ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ। कम्युनिस्ट कम्युनिज्मको अनुयायीलाई कम्युनिस्ट भनिन्छ। ‘कम्युन’ बाट कम्युनिज्म र कम्युनिस्ट बनेको हो। ‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो। यस्तो समुदाय वा जनपद भएको सामाजिक विकासको उच्चतम अवस्था कम्युनिजम हो। उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकता अनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ।

कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहन्छ। कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट भनिन्छ।

पवित्र यो संसारमा पाइला टेक्ने अवसर सिर्जना गर्ने , नौ महिना आफ्नो कोखमा राखेर सबै कामहरू पूरा गर्ने,यो संसारमा जन्म दिने अनि सधैं सत्यको पक्षमा बोल्न सिकाउने आमा हुन्। मनोज रावल (कुरा गर्ने) २१:५१, २० अप्रिल २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

वीर

कति भाग्यमानी कति स्वार्थी छ हाम्रो जीवन कसैले बनाएको खान मन पराउने हामी सधै आफ्नै बारेमा मात्र सोच्ने हामी अनि कसरी हुन्छौ हामी वीर

बिदेशीले सनसनी मच्चाएको थियो जता ततै अशान्ति मात्रै हैन हत्या हिंसा पनि हुँदैथियो अवसरवादीहरु भाग्दै थिए देश प्रेमीहरु देश बचाउन अघि हिँड्दै मरेपनि देशकै निम्ति मर्छु भन्दै बाचा कसमहरु खाँदै घरपरिवारको साथ छोडेर हातमा हतियारहरु बोक्दै

आफ्नो देश बचाउनलाई अघि बढे विदेशीको इसारामा बाँच्नुभन्दा

देशको लागि शहीद बने

वीर सहिदहरु कै कारणले आज हामी स्वतन्त्र रुपमा

म नेपाली हुँ भनेर
गर्व गर्दै हिँडिरहेका हामी

आज भोलि आफूलाई वीर पो भन्दा रहेछौं

आफ्नो रगत र पसिनाको बलिदानपछि देश र जनताको हितको लागि

देशप्रेमी व्यक्तिहरू
शहिद बने 

घरपरिवार बाट टाढा बने सम्पूर्ण देशबासीका

साझा सन्तान अनि

यो देशका वीर सहिदहरु बने हामी भन्छौ आफूलाई म वीर नेपाली हुँ भनेर हामी त केबल स्वार्थी पो रहेछौं के नैं गर्न सक्यौं देशको लागि हामीले उल्टै देशलाई लुट्दै पो छौ

देश बचाउने वीरहरु यो देशका वीरताका खम्बा हुन् हामी सबैका सफलताका प्रतीक हुन् यो देशका असल सन्तान हुन् आफ्नो बलिदान दिने वीरहरु सधै यो देशका वीर हुन्

                                    लेखक :मनोज रावल

२०७९/०१/०७

मनोज रावल मनोज रावल (कुरा गर्ने) ०२:५१, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]