प्रयोगकर्ता वार्ता:विकास प्रसाद लोध ( शाहील )
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
Janak Bhatta (कुरा गर्ने) ०८:४६, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))
हिन्दु संस्कृतिको लोप
[सम्पादन गर्नुहोस्]--विकास प्रसाद लोध ( शाहील ) (कुरा गर्ने) १३:३६, २८ जुलाई २०१५ (युटिसी(UTC))हिन्दु सभ्यता एकदम बिकसित र प्रभावी रहेको अनन्त प्रमाण र लेख हरु को मध्यम ले अवगत गर्दै छन् एसको प्रमुख कारण केवल संस्कृत ज्ञान हो विश्व को सम्पूर्ण भाषा को जननी यो आफै मा पूर्ण छ येस्मा अपूर्णता को कुनै स्थान रहेको छैन संस्कृत मा एस्तो भाव छ जसले मानिस लाई पूर्ण ज्ञानवन चरित्रवान शक्तिवान बैभववान शिलवान धेयवान बनाऊ छ तर पश्चिमि दार्शनिक हरुको हस्तक्षेपले सनातन बिरोधि हरु को प्रयास र हाम्रो फुट्मत ले सब नस्ट भयो, उनीहरु हाम्रो सिद्धानत उपयोग गरेर प्रगति गरे, हामी चाही………. नालन्दा मा कुरान न भेद्दा “भक्तियर खिल्जी ” मुसलमान ले पुरै महाविहार मा आगो सालकाई दिए, त्यो आगो २ महिना सम्म लगातार दनादन प्रोज्योलित रह्यो ! हिन्दु ले सबै कुरा मा आफु लाइ अघाडी राखे पनि, मानब रुपी जनावर लाइ जित्न कहिलै सकेन, त्यै भएर होला आज आएर नालन्दा / तक्शिलाका सम्पूर्ण प्रमाण नस्ट भयो, धन्न केहि चिनी आगन्तुक हरु ले केहि मात्र मा ति प्राचिन दस्ताबेज आफु संगै चीन तिर लागे र आज त्यसकै भर मा हाम्रो आफ्नो इतिहास का केहि भाग हामि संग सुरक्षित छ ! पूर्व बैदिककल निकै बिकसित थियो | सनातन सब्भ्यता बिस्वब्यापी थियो तर त्यो युद्ध वा अन्य कारणले ध्वस्त भयो | यन्त्र र उपकरणहरु ध्वस्त भए तर केहि मन्त्र र सुत्र हरुमात्र बचाउन सफल भए | त्यहि मन्त्र र सूत्रहरुको आधारमा हाम्रा शास्त्र र परम्परा जीवित छन | कति संसोधन गरेर बिगारियो र कति ठिक छन यो गहन अध्ययनको कुरा हो | पश्चिमेलीहरुले संसार मा उपनिबेस गर्दै गर्ने क्रम मा भारतीय उपमहदिप मा भएका ज्ञान अतिनै मात्रामा नस्ट गर्यो |इन्डो सभ्यतासगै मानिसहरु हालको हिमालय देखी दक्षिण भागमा मात्र फैलिएनन केही यूरोप तर्फ पनि बिस्तारै बढे । उनीहरुले साथमा पूर्बिय दर्शन पनि लगे । पछी सन १६०० पछी युरोपियन ब्यापारको लागि भारत आउन लागे । उनीहरु ब्यापार सगै पूर्बिय दर्शन र महत्वपूर्ण सामाग्री पनि खोज्दै युरोप पुऱ्याए । अझ सन १८५८ पछिको बृटिस राजमा त सवै आफ्नो बनाए । यहा बाट युरोप लगेका सामाग्रीलाई अनुसन्धान र बिश्लेषण गरी नया कुरा निकाले आफ्नो नाम राखे र आफ्नो बनाए । सामान्य उदाहरणमा सन १५६४ मा जन्मेर १६१६ मा मृत्यु भएका सेक्सपियरका कैयौ कृतिमा पूर्बिय दर्शन र कथाका आधारमा पात्रको नाम र समयानुकुल परिर्वतन गरेर लेखे जस्तो देखिन्छ जुन हामी अध्यन को क्रम मा भेट्ने गर्दा छौ । अनि अर्को कुरा हाम्रो ज्योतिस शास्त्र र गणितिय शास्त्र पनि आधुनिक बिज्ञान आधार हो भन्न सकिन्छ । तर उनीहरुले लगेर आफ्नो बनाएर प्रयोग मा ल्याएपछी हामी भ्रममा पर्न बाध्य भएका हौ । हाम्रो संस्कृति र हाम्रो दर्शन शास्त्र हरु को प्रयोग गर्नु अगाडी उनि हरु द्वारा हामीहरु भित्र उच निच अर्थात् छुवाछुत को गहिरो जाल फालियो | उनीहरुले पढेको सत्य, उनीहरुले बोलेको सत्य हो उनि हरुको शिक्ष उत्तम हो भन्ने भावना को सिर्जना गरि हामी भित्र फुट हाल्दै हाम्रो शिक्षा माथि अनि बिस्तारै हाम्रो संस्कृति माथि घत गर्न थालियो हाम्रा अनि हाम्रा किताबमा पनि पश्चिमाहरुको तरिका अनुसार लेखिने, पठन पाठन हुन थाले हाम्रो दर्शन शास्त्र को कुरा हारु सिक्न बाट हामी लाई वन्चित गर्दै आफ्नो साम्राज्य कायम गर्ने सिद्धान को विकास गर्ने खल को शिक्षा को विकास गर्न थाले तर पनि हिन्दु दर्शन शास्त्री हरु को प्रयास ले सफल हुन सकेनन | यसरी पनि जब उनीहरु लाई कठिन हुने स्थिति को सिर्जना हुदा उनि हरु नया जाल बनाए त्यो जाल हो ईसाई सम्प्रदाय !ईसाई को जाल मा दुनिया लाई अल्झौदै आफ्नो साम्राज्य को विस्तार गरे र बढाए जसले गर्दा हाम्रो पुर्व दर्शन को आविष्कार हरु लाई नया तारिक ले प्रस्तुत गरि आफ्नो नाम राखे जसको सहमति एस सम्प्रदाय द्वारा गरियो र संसार ले नै मान्नु पर्ने स्थिति सिर्जना गरियो | हेरौ न हालका महत्वपूर्ण बैज्ञानिक आविश्कार पनि सत्रौ सताब्दी पछी मात्र भएका छन । उता ज्योतिष बिज्ञान को पनि कम बिकाश भाको हैन | पर पूर्व काल देखि नै यो बेलामा सुर्य ग्रहण, यो बेलामा चन्द्र ग्रहण आदि ठ्याक्कै मिलैदिन्छन | प्रकाश को गति तेस्रो सताब्दी तिरै थाहा भाको अवगत नै छ | अमेरिकामा अनु बम बनाउने रोबेर्ट ओपेन्हेइमेरले संस्कृत सिकेर गीताको गहन अध्यन गरेको कुरा हरु प्रमाण छन् | पूर्वीय दर्शनको योगबाट पश्चिमाले योगा बनाएर ढाड भाँचिने गरिको चर्को शुल्क उठाउने केन्द्रमा गएर शरीर नबङ्ग्याइ हामी हिन्दु ले योग आफ्नै स्वास्थ्यकालागि लाभप्रद हो भन्ने बुझेनौँ । त्यसैले योग अन्धविश्वासीहरूले फेर्ने सासमात्र हो भन्ने बुझिरह्यौँ आत्माको अस्तित्व हुन्छ भन्ने मान्यत बोकेको पूर्वीय दर्शनलाई पश्चिमाले जीवमा soul हुन्छ नभनिदिएसम्म आत्माको अस्तित्व हुन्छ भन्ने हिन्दु ले कहिल्यै मानेनौँ । पूर्वीयले पश्चिमालाई अङ्क नचिनाएको भए आविश्कार सम्भव थिएन भन्ने स्वयम् आइन्सटाइनले नै स्वीकार गरेका थिए । तर हाल पनि हामी वीजगणित र चक्रीय गणित पश्चिमाले नै हामीलाई दिएको मानिरहेका छौँ । सायद लुम्बिनीमा केही विदेशीले वुद्धको जन्मभूमि थियो भन्ने नमानि र नभनिदिएको भए नेपालीले वुद्ध जन्मेको र संसारमा ज्ञान बाँढेको कुरा मान्न तयार हुने थिएन । किनभने न त लुम्बिनीमा देखिने गरिको सुद्दोधनको दरवार बाँकी छ न त वुद्ध जन्मेको कुनै जन्म दर्ता कागजको प्रमाण नै कपिलवस्तु जिल्ला प्रसाशन कार्यालयमा छ । ईतिहासका सर्वसम्पन्न स्थानहरू पृथ्वीमा आउने प्रलय वा महाप्रलय वा मानव निर्मित युद्ध वा वस्ति नै सकिने गरिका रोगको महामारीले मानव अस्तित्व खण्डहर हुन्छन् र ज्ञान लोप हुन्छन् भन्ने मान्न तयार नहुने हामीलाई कालो पत्रे सडक मोहनजोदडोको भूगर्भबाट उत्खनन् गरेर पश्चिमाले नै परापूर्वमा कालोपत्रे सडक बनेको रहेछ नमानिदिएसम्म सिन्दूघाँटी सभ्यता मान्न तयार भएनौँ ।इलेक्ट्रोन प्रोटोन र सव-इलेक्ट्रोनिक पार्टिकल भन्दा शुक्षम कुराको व्याख्या गर्ने संस्कृत ग्रन्थका ज्ञानलाई वाह्यात मानेर जलाउने भौतिकबादी अङ्ग्रेजीमुखी हामीलाई पूर्वीय विकासका कुरा मान्न तयार नहुनुलाई नै आफूलाई सभ्य व्यक्तित्व मानिरहेका छौँ ।चङ्गा राम्रोसँग उडाउन नजानेका हामीहरूले परापूर्वको कुनै कालखण्माडमा यसै स्थान वरिपरी विमान नै बनेको थियो भन्ने नमान्नु अनौठो मान्ने कुरा पनि भएन । अब त हामीलाई जिउँदै छौ है भनेर पश्चिमाले नभनिदिएसम्म पूर्वीय दर्शन अनुसार सास फेर्दा रहेछौ जिउँदै रहेछौ भन्यो भने पनि हामी आफैलाई जिउँदो मान्न तयार नहुने स्थितिको नजिक छौँ । हाम्रै संस्कृती र शास्त्रको अध्यन गरेर युरोप र अमेरिकाले प्रबिधि र औषधि बिज्ञानमा धेरै उपलब्धि गरिसके तर हामी भने उनीहरु बाट केहि फाइदा लिन सकिन्छ कि भनेर उनीहरुकै पछि लागेका छौ! आफु संग भएको ज्ञान अरुमार्फत सिक्नुपर्ने यो भन्दा ठुलो बिडम्बना के हुन सक्ला र?
परमाणु सिद्धन्तको खोजि
[सम्पादन गर्नुहोस्]--विकास प्रसाद लोध ( शाहील ) (कुरा गर्ने) १४:१४, २८ जुलाई २०१५ (युटिसी(UTC))परमाणु सिद्धन्तको खोजि इतिहास प्रमाणित गर्दाछ हिन्दुहरु को विज्ञान र धर्म संसार को कुनै पनि बैज्ञानिक ले झुठो साबित गर्न सकेको छैन जुन अरब को बाटो हुदै युनान सम्म पुग्यो यूनानीहरुले यसलाई आफ्नो अध्यन र अनुशन्धान को मदतले जुन अविष्कार गरे जुन सिधान्त बनाए तेसबाट आधुनिक विज्ञान लाई अपार मदत मिल्यो तर यो लाज लाग्दो कुरा हो कि आधुनिक बैज्ञानिक हरु ले आफ्नो पूर्ववर्ती बैज्ञानिक हरु लाई श्रेय नदिई आफै लाई दीए | तर सत्य भने सुर्य जस्तो हुन्छ जुन धेरै बेर सम्म लुकेर रहन सक्दैन |भौतिक संसार को उत्पति सूक्ष्मातिसूक्ष्म कणहरु परमाणुहरु को संयोजन बाट हुन्छ यस सिधान्तको अविष्कारकर्ता महर्षि कणाद हुन् | यो कुरा आधुनिक युगको अणु बैज्ञानिक जॉन डाल्टन ( 6 सितंबर 1766 -27 जुलाई 1844 ) लाई पनि थाह नै थियो | यसै गरि महर्षि कणाद ले नै न्युटन भन्दा पूर्व गतिको तिन नियम भनेको कुरा न्यूटन लाई पनि थाहा थियो..... जुन नियम एस्तो थियो :- वेगः निमित्तविशेषात कर्मणो जायते। वेगः निमित्तापेक्षात कर्मणो जायते नियतदिक क्रियाप्रबन्धहेतु। वेगः संयोगविशेषविरोधी ।।- वैशेषिक दर्शनअर्थात् वेग वा मोशन पाच द्रव्यहरु मा निमित्त वा बिशेष कर्म ( कार्य)को कारण ले उत्पन्न हुन्छ तथा नियमित दिशा मा क्रिया हुने कारण ले संयोग विशेष ले नष्ट हुन्छ या उत्पन्न हुन्छ | गुरुत्वाकर्षण को सिद्धान्त सर आइजक न्यूटन 5 जुलाई 1687 मा आफ्नो कार्य 'फिलोसोफी नेचुरेलिस प्रिन्सिपिया मेथेमेटिका' मा गतिको तीन नियमहरु प्रकाशित गरे । पश्चिम जगत को बैज्ञानिक हरु यो भन्छ कि 1687 भन्दा पहिला कहिलै स्याउ जमिन तिर खसे को थिएन एक्कसी जब स्याउ खस्यो तब यो संसार लाई थाहा भयो गुरुत्वाकर्षण बल हुन्छ भनेर यकिन भयो | जेहोस यो शक्ति को बारे मा सविस्तार तरिकाले सब भन्दा पहिला भास्कराचार्यले बिस्तृत वर्णन गर्नु भाको छ उपरोक्त संस्कृत सूत्र न्यूटन भन्दा 913 वर्ष पूर्व अर्थात ईसा भन्दा 600 वर्ष पूर्व लेखिए को थियो। न्यूटन को गति को नियमहरु को खोज भन्दा पहले हिन्दु वैज्ञानिक र दार्शनिक महर्षि कणाद ले यो सूत्र 'वैशेषिक सूत्र' मा लेखि सक्नु भयको थियो जुन शक्ति र गति को बीचको संबंध को वर्णन गर्दछ । निश्चित नै न्यूटन ले वैशेषिक सूत्र द्वारा एस लाई साभार गरेको र खोजेको हुनु पर्छ | किन कि पश्चिमी जगतका वैज्ञानिकहरु दुनियाभरिमा खोज गर्दै हिड्ने गर्दछ |यसै क्रम मा खोज गर्दगर्दै उनि हरु लाई सब भन्दा अहम वस्तु प्राप्त भयो जुन तिनी हरु को लागि ठुलो उपलब्धि भयो तिनी हरु को अविस्कारहरु को लागि प्रमुख साधन को प्राप्ति गरे त्यो हो हाम्रो 'सनातनी दर्शन शास्त्रहरु ।' तपाई लाई परमाणु बम थाहा होला यो परमाणु बम को बारे मा आज सबै लाई यो कति को खतरनाक छ त्यो पनि अवगत नै छ आधुनिक काल मा यो बम बारे आविष्कार हैं- जे. रॉबर्ट ओपनहाइमर। रॉबर्ट केनेतृत्व मा 1939 देखि 1945 सम्म धेरै वैज्ञानिक हरु ले काम गरे र 16 जुलाई 1945 मा एसको पहिलो परीक्षण गरियो । परमाणु सिद्धांत र अस्त्रको अविष्कारक जॉन डाल्टन (6 सितंबर 1766 -27 जुलाई 1844) लाई मानिन छ तर हामी भुले को छौ केहि शास्त्र र दर्शन किन कि हामी लाई आफु माथि बिस्वाश छैन अरु ले भने मात्र हामी आफ्नो आमा लाई आमा भन्छौ नत्र भने को हो को ? डाल्टन भन्दा लगभग 913 वर्ष पूर्व ऋषि कणादले वेदमा लाख्नु भएको शुत्रहरु को आधार मा परमाणु सिधान्त को प्रतिपदन पहिले नै गरि सक्नु भएको थियो | विख्यात इतिहासज्ञ टीएन कोलेबुरक ले लेखनु भएको छ “अणुशास्त्रमा आचार्य कणाद तथा अन्य हिन्दु दार्शनिक शास्त्रज्ञ हरु यूरोपीयन वैज्ञानिकहरु को तुलना मा विश्वविख्यात र बुद्धिमान थिए” हाम्रो दर्शन र शास्त्र अनुसार ऋषि कणाद लाई परमाणुशास्त्र को जनक ( आबिस्कारक ) मानिन्छ आचार्य कणाद ले बताउनुभएको छ कि द्रव्य बाट परमाणु हुन्छन । महर्षि कणाद ले परमाणु लाई नै अंतिम तत्व मान्नु भएको छ । भनिन्छ कि जीवन को अंतिम क्षन मा उनका शिष्यहरु ले उनलाई अन्तिम अवस्था मा बिन्ति गर्दै परमात्मा को नाम लिनुस भन्दै अनुरोध गर्दा तिन को मुख बाट एस्तो निकाल्नु भयो पीलव:, पीलव:, पीलव: अर्थात परमाणु, परमाणु, परमाणु। आज भन्दा 2600 वर्ष पूर्व ब्रह्माण्ड को विश्लेषण परमाणु विज्ञान को दृष्टि ले सर्वप्रथम एक शास्त्र को रूप मा सूत्रबद्ध ढंगले महर्षि कणाद ले आफ्नो वैशेषिक दर्शन मा प्रतिपादन गर्नु भयको थियो । केहि तथ्यहरु महर्षि कणाद का प्रतिपादनहरु आजको विज्ञान भन्दाधेरै अगाडी रहेको छ।
वेदहरु मा एस्त कुनै पनि तथ्यहरु लुकेक छैनन् जुन बेधरु मा नलेखिएको होस्। सबै प्रकार क तथ्यहरु विज्ञान र दर्शन वेदोंहरु को रचना मा केन्द्रित रहदै बन्द छ। जसले ति तथ्य हरु खोलि अध्यन गरे तिनले आफ्नो एक अलग तरिका को दर्शन को खोज गरे। वेद हरु मा जुन आधार तत्त्वहरु बीज को रूप मा छरिएर देखिन्थे तेस्लाई नै सप्त ऋषिहरु ले आफ्नोगुरु शिष्य हरु मार्फत परम्परागत प्रसारण गरियो पछि तेही शुत्र हरु ब्राहमणहरु मा आएर अंकुरित भयो र तेही शुत्र हरु अरण्य हरु मा अएर विरुवा बने र तिनै अन्तमा उपनिषदहरु विशालरुख को रुप धारण गर्यो | विशालकाय वृक्ष को मुख्य शाखाहरु हुन् हाम्रो प्रमुख 6 सनातनी दर्शन। तर यी ६ दर्शन हरु भन्दा पुर्व भगवान कृष्ण द्वारा वेद , उपनिषद हरु मा उल्लेखित सम्पूर्ण तरिका को दर्शनहरु लाई गीता मा संग्लन गरिएका छन् यी ६ भाग हरु हुन् न्याय ( प्रत्यक्ष् नै सत्य हो विज्ञानवाद) वैशेषिक (अणु नै सत्य हो ) मीमांसा (बहुदेववादी) संख्या (दवैतवादी (वेदांत ) प्रयोगवादी र योग (अदवैतवाद) तरिका ले सम्झाउन क लागि येसरी भन्न सकिन्छ कि यो कुन तरिका को वेद हरु लाई मान्ने गर्छन |तर यो के हो आखिर कसरी एसको प्रतिपादन कशारी भएको हो येस्ता कुरा हरु सम्झन को लागि तपाई लाई दर्शन शास्त्र को अध्यन गर्नु जरुरि हुन्छ | यी ६ दर्शन हरु लाई हिन्दु हरु को षडयन्त्र र षड्दर्शन भन्ने गरिन्छ | वैशेषिक दर्शन वास्तव मा एक स्वतंत्र भौतिक विज्ञानवादी दर्शन हो । एसले आत्मा लाई पनि पदार्थ नै मानेको छ |न्याय लेखनु भयो महर्षि अक्षपाद गौतम ले , वैशेषिक लेखनु भयो महर्षि कणाद ले, मीमांसा लेखनु भयो आद्याचार्य जैमिनि ले,सांख्य लेखनु भयो महर्षि कपिल ले, वेदांत लेखनु भयो महर्षि वेदनारायण ले योग लेखनु भयो महर्षि पतंजलि ले र अर्थ शास्त्र लेखनु भयो कौटिल्य ले .... वेद, वेदांग, उपवेद आदिको अतिरिक्त संस्कृत वाङ्मयमा दर्शनशास्त्रको वाङ्मय पनि अत्यन्त विशाल छ। पूर्वमीमांसा, उत्तर मीमांसा, सांख्य, योग, वैशेषिक र न्याय-जस्ता ६ प्रमुख आस्तिक दर्शनहरु को अतिरिक्त पचासौ भन्दा बढी आस्तिक-नास्तिक दर्शनहरु को नाम तथा तिनीहरु वाङ्मय उपलब्ध छ जसमा आत्मा, परमात्मा, जीवन, जगत्पदार्थमीमांसा, तत्वमीमांसा आदिको सन्दर्भमा अत्यन्त प्रौढ विचार गरिएको छ । आस्तिक षड्दर्शनहरु को प्रवर्तक आचार्योंगको रूपमा व्यास, जैमिनि, कपिल, पतंजि, कणाद, गौतम आदिको नाम संस्कृत साहित्यमा अमर छन्। अन्य आस्तिक दर्शनहरूमा शैव, वैष्णव, तांत्रिक आदि सयौ दर्शनहरु आउँछन्। आस्तिकेतर दर्शनहरूमा बौद्धदर्शनहरू, जैनदर्शनहरू आदिको संस्कृत ग्रन्थ ठूलो प्रौढ र मौलिक छन । यिनीहरूमा गम्भीर विवेचन भएको छ तथा उनको विपुल ग्रन्थराशि आज पनि उपलब्ध छन । चार्वाक, लोकायतिक, गार्हपत्य आदि नास्तिक दर्शनहरूको उल्लेख पनि भेटिन्छ। वेदप्रामण्यको मान्नेहरू आस्तिक र तदितर नास्तिकको आचार्यहरू र मनीषिहरूले अत्यन्त प्रचुर मात्रामा दार्शनिक वाङ्मयको निर्माण गरेका छन्। दर्शन सूत्रको टीकाकारको रूपमा परमादृत शंकराचार्यको नाम संस्कृत साहित्यमा अमर छ।……………….