प्रयोगकर्ता वार्ता:27.34.16.100

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूकम्पपीडित ४ लाखले दोस्रो किस्ता रकम लिए, पुनर्निर्माणले गति लिँदै

काठमाडौं/ऊर्जा खबर

घर निर्माण सुरु गरेर दोस्रो किस्ता रकम लिने भूकम्पप्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्म अनुदान सम्झौता गरेका मध्ये ४ लाख रुपैयाँभन्दा बढीले दोस्रो किस्ता लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ ले दोस्रो किस्ता लिएका छन् । यो सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ता पाउन प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ४ सय पुगिसकेको छ । पहिलो किस्ता ७ लाख १० हजार ४३ लाभग्राहीले लिएका छन् । दोस्रो किस्ताको समय असारसम्म रहेकाले लाभग्राहीको संख्या बढीरहेको छ । प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका कारण घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राही बढेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीसँगै पुनर्निर्माणको गति पनि बढेको छ । पुनर्निर्माण सुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ सम्पन्न भएका छन् । जिल्लागत रूपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । यसैगरी, तेस्रो किस्ता लिनेको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । तेस्रो किस्ता लिन प्रमाणिकरण भएकाको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ । तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिएका छन् । भूकम्प प्रभावितले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउँछन् । प्राधिकरणले पछिल्लो समय गुनासो सुनवाई तीव्रता दिँदै योग्य गुनासोकर्तालाई लाभग्राहीमा थप गरिरहेको छ । प्राधिकरणले यही जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ लाभग्राही थपेको छ । लाभग्राही सूची लाभग्राही सूचीमा परेका : ७,७५,१२७ प्रमाणीकरण सूचीमा परेका : २९,४९३ अनुदान सम्झौता सम्पन्न : ७,१८,९०३ पहिलो किस्ता लिएका : ७,१०,०४३ दोस्रो किस्ता प्रमाणीकरण भएका : ४,३५,३४० तेस्रो किस्ता प्रमाणीकरण भएका : १,७४,२०८ पुनर्निर्माण भइरहेका घर : ४,८१,००४ पुनर्निर्माण सम्पन्न घर : १,६२,१८९

Read more at: http://www.urjakhabar.com/archives/11708


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्