सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Aabaj Sharma

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आवाज शर्मा नेपाली गजल साधक हुन्। गण्डकी प्रदेश, कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिका वडा नं १ का बासिन्दा आवाजको वास्तविक नाम बालाराम अधिकारी हो।

पेशाले आवाज गणित शिक्षक हुन्। उनी एउटा स्थानीय सामुदायिक मा.वि. मा पढाउँछन्।

आवाज शर्मा पहिले दोहोरी गायकका रूपमा चिनिन्थे। शिक्षण पेशामा लागेपछि गायनलाई चटक्कै छोडेका उनले नेपाली गजलमा एउटा छुट्टै स्थान बनाएका छन्। उनले अरूज विज्ञान नामक इल्म ए अरूजको नेपाली भर्सन लेखेका छन्, जुन गजल सिद्धान्तको सम्पूर्ण ग्रन्थको रूपमा चिनिन्छ। उनी नेपाल गजल प्रतिष्ठानका परिकल्पनाकार पनि हुन्।

आवाज शर्माका २ वटा लोक दोहोरी एलबम छन्। उनका ३ वटा काव्य सङ्ग्रह र एउटा गजल निर्देशिका 'अरूज विज्ञान गरि ४ ओटा पुस्तक प्रकाशित भएका छन्।

आवाज शर्माको एउटा गजल जिउने बहाना हजार छन् मर्ने बहाना हजार छन् यो जिन्दगी एक नदी न हो तर्ने बहाना हजार छन् • माया, समर्पण र तिर्सना, या मृत्युको मात्र चाहना पुतली दियोको शिखा नजिक पर्ने बहाना हजार छन् • थामिन्न त्यो जे जसो गरोस् घटना मिलन या बिछोड हो्स् दोषी यही आशु नै त हो, झर्ने बहाना हजार छन् • बिर्सेर बिर्सिन्न त्यो अतित, बल्झिन्छ पलपल पवित्र प्रीत् अब सम्झना मात्र गर्ने हो, गर्ने बहाना हजार छन् • सपना, मनोचाह, बाध्यता, कुण्ठा र माया सँगै हुँदा प्याला नहोस् खालि क्यै गरी भर्ने बहाना हजार छन्

Aabaj Sharmaसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्