प्रयोगकर्ता वार्ता:Bestpramod
डोल्लु ( डोल्लु गाउँ )
[सम्पादन गर्नुहोस्]डोल्लु : काठमाडौ उपत्यकाको दक्षिणतर्फ करिब १३ कि मि मा पर्ने रमणिय ठाउँ गाउँ हो डोल्लु । प्राकृतिक सुन्दरताले धनी गाउँ हो डोल्लु । डोल्लुको नामाकरणलाई बिचार गर्दा यकिन साथ यसको नाम सँग प्रश्ट कुनै प्रमाण वा अभिलेख पाईएको छैन । यसको नामाजरन सँग बिभिन्न अडकल तथा अनुमान जोडीएर आएको पाईन्छ । भौगोलिक रुपमा दक्षिणपुर्ब खुला भई उतरदक्षिण र पश्चिम तर्फ पहाडले घेरिएको , बिचको तरेली परेको बस्तीलाई डोल जस्तो देखेर डोलखर्क भन्ने नाम बोलिन थालियो र पछी डोल्लु बोल्न थालियो भन्ने बुढापाकाको भनाइ छ । डोल्लुमा गाईपालनको लागी गोठहरु निर्माण भएका थिए र सो ठाउँ चरनको लागि राम्रो भुमिको रुपमा प्रयोग हुने गर्दथ्यो भन्ने पनि भनाइ रही आएको छ । डोल्लुलाई तिनवटा दिशाबाट हरिया सुन्दर बनले आफ्नो काखमा शोभायमान गराएको छ । डोल्लुको शिरमा करिब ७००० फिट उचाईमा चम्पादेबी माताले बास गरेकी छिन ।
पौराणिक कालमा चम्पादेबीमा महादेबले यस स्थानको चापको रुखमुनी आराम गर्नु भएको र माता पार्बतीले आई भगवानलाई चापको फुल चढाउनु भएको कुरा पौराणिक कथाहरुमा सुन्न पाईन्छ । त्यतिबेला शेषनारायण गा बि सको ६ , ७ , ८ , ९ गरी डोल्लुमा ४ वटा वटा रहेको थियो भने हाल यो गाउँ दक्षिणकाली नगरपालिकाको ५ नम्बर वडामा अबस्थित छ । ब्राहमण , क्षत्री लागायत अन्य जातजाती ( तामाङ , लामा , मगर आदी )को बसोबास रहेको यस ठाउँमा हिन्दू , बौद्द , इशाई ( केही संख्या )धर्म अनुसरण गर्ने स्थानियहरु जातिय , धार्मिक तथा सामाजिक रुपमा एकजुट रही , शहिस्णुता कायम रही बसोबास गर्दै आएका छन । जातिय , धार्मिक , तथा सामाजिक समानताको राम्रो उदाहरणको लागि यस ठाउँलाई लिने गरिन्छ ।
डोल्लुमा मानब बस्ती : डोल्लुमा मानब अब्स्ती कुन वा कती समय बस्यो भन्ने यकिन ठोस प्रमाण प्राप्र छैन । बुढापाकाहरुका अनुसार डोल्लुमा मानब बस्ती बस्नु भन्दा करिब 1000 बर्ष अघी फर्पिङ बजारको पश्चिम तर्फ पर्ने हुडु भन्ने स्थानमा मानब बस्ती बस्न सुरु भएको भन्ने भनाइ पाईन्छ , तर यसको पुस्टी भने हुने प्रमाणको अभाब छ । डोल्लुलाई नजिकबाट नियाल्ने ब्यक्तीहरुका अनुसार डोल्लुमा बसोबास गर्ने खत्री ( खतिवडा खत्री ) हरु सबभन्दा पहिला धादिङ्गको थाक्रे भन्ने ठाउँ बाट डोल्लु प्रवेश गरेका हुन र डोल्लु प्रबेश गर्ने पहिलो पुरुष केसब खत्री र किसान खत्री हुन र यिनै पुरुषहरु डोल्लुको पहिलो खत्रीहरु हुन र खत्रीहरुका आदिपुरुष पनि हुन । तर डोल्लुमा पहिलो पटक पाईला राख्ने ब्यक्ती भनेको तमाङगहरु हुन । त्यतिबेला सतिखेल ( सुल्टिखुल )मा बिर्ता पाएर बसेका बस्नेतहरुको सहयोगीका रुपमा धादिङको थाक्रेबाट थोकर ( तमाङग ) हरु आएर बस्नेतहरुकोमा काम गर्ने , गाई चराउने लगायत काम गर्दथे , यसै क्रमामा चरनकै क्रममा तिनै थोकरहरु डोल्लुमा प्रबेश गरे । घट्नाक्रम हेर्दा यही नै देखिन्छ र डोल्लुको पहिलो मानब तमाङ अर्थात थोकर नै हुन सक्ने बलिया आधारहरु पाइन्छन । तिनै तामाङ्गहरुको सहयोगमा थाक्रेबाट खतिवडा खत्रीहरु डोल्लु प्रबेश गरे भन्ने बुझ्न सकिन्छ । स्मराणिय रहोस् : खत्री र थोकरको आगमन धादिङको थाक्रेनै रहेकोले यि नै डोल्लुका पुराना बासिन्दा मानिन्छन । डोल्लुमा बस्ने थोकर ( तामाङ )हरुको उदगमस्थल थाक्रे भएको र थाक्रेबाट क्रमश: थोकरमा परिबर्तन हुँदै गएको भनी भन्ने गरिन्छ । डोल्लुमा पौडेलहरुको बसोबास पनि बाक्लै छ । डोल्लुमा पौडेलहरुको प्रबेशलाई हेर्दा पौडेलअहरुका प्रथम पुरुष अर्थात मुल पुरुष (मनोहरका नाती , धनपती पौडेलका छोरा) माधव पौडेल नजिकै पर्ने सिस्नेरीबाट डोल्लु प्रबेश गरेका हुन र पौडेलका मुल पुरुष माधब पौडेललाई मानिदै आएको छ । हाल बसोबास गर्दै आएका पौडेलअहरु तिनै माधव र माधवका छोरा नारद पौडेलका बंश हुन । ( पुस्तक : पौडेल शन्तती : केशबनाथ पौडेल र जनर्दन शर्मा पौडेल ) पौडेलहरुलाई सिस्नेरीबाट डोल्लु प्रबेश खतिवडा खत्रीहरुले धार्मिक संस्कार सम्पन्न गराउन पुरोहितका रुपमा गराएका हुन भन्ने भनाइ रहेको छ र यो सत्यसङ्ग धेरै नजिक पनि छ ।
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)