प्रयोगकर्ता वार्ता:Bishwash Nepali/प्रयोगस्थल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रसुवा रसुवा जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक हो । यहाँको जनसंख्या ४३३०० (जनगणना : २०६८) हाल परिवर्तित व्यवस्थाअनुसार जिल्लालाई ५ गाउँपालिकामा विभाजन गरिएको छ । १ निर्वाचन क्षेत्र (संघीय व्यवस्थाअनुसार) र २ प्रदेश निर्वाचन क्षेत्रमा विभाजित छ । यहाँ ५ गाउँपालिकामा २७ वटा वडामा विभाजन गरिएको छ ।

पाँच गाउँपालिकाहरुमा १. कालिका गाउँपालिका, २. उत्तरगया गाउँपालिका, ३. नौकुण्ड गाउँपालिका ४. गोसाइँकुण्ड गाउँपालिका र ५. आमाछोदिङ्मो गाउँपालिका छन् । रसुवा जिल्लाको सदरमुकाम धुन्चे हो । जुन गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ मा अवस्थित छ । भौगोलिक हिसावले केही कठिनाई भएपनि रसुवा जिल्ला प्राकृतिक छँटाको धनी जिल्लाको रुपमा चिनिन्छ । यहाँ पवित्र धार्मिक एवम् पर्यटकिय स्थल गोसाइँकुण्डदेखि लिएर लाङटाङ हिमालयसमेत पर्छ ।