प्रयोगकर्ता वार्ता:Govind Mani Bhatt
नमस्ते!
Govind Mani Bhattजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।
- अहिले सम्म नेपाली विकिपीडियामा ३१,३८२ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
- विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
- सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरु र विकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
- विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
- कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
- प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत | |
विकिपीडिया:नेपाली दूतावास | |
प्रयोगस्थल | |
चौतारी | |
सहायता |
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद! --सरोज(Saroj) (कुरा गर्ने) १८:१८, १४ मार्च २०१५ (युटिसी(UTC))
ट्युसन जिन्दगीको
[सम्पादन गर्नुहोस्]- ट्युसन जिन्दगीको
“करुणा, के छ हालखबर ?” अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ? “ए, आकाश दादा, हजुर पो ?” “अँ, को भन्ठान्यौ र ?” खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?” “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !” “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।” हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “टिनएज”पनि बित्छ यसैगरि, अरुका जोडी हेर्दै, आफ्नो रुपको गुनासो आफैँसँग गर्दै । “अनि पुल्चोकमा नाम निक्लियो रे नि त इन्जिनियरिङ्गमा ! बधाई छ है ! मेरो समेत नाक लामो भो, एक जमानामा मेरोमा ट्युसन् पढ्ने केटी हो भन्न पाउँछु नि, तिमीले पो चिन्नै छाड्यौ त!” “त्यस्तो हैन दादा, साच्चैँ चिनिँन मैले एकैछिन त ।” “लौ, आत्तिनु पर्दैन, जिस्केको पो त । ल म गएँ है, हतार छ अहिले, राम्ररी पढ्नु, बाइ !” “बाइ !” बाइक फेरी पुरानै गती खोज्दै अघि बढ्यो, मलाई भने त्यहिँ रोकेछ समयले । दादालाई सजिलै नचिन्नु मेरो भुल थिएन । कहाँ आज बाइक हुइक्याँउने यो शरिर अनि कहाँ दुइवर्ष अघिको आकाश दादा । “दादा, यो फोटो कसको ?” भित्तामा टाँगिएको थियो तेरे नाम हेयरकटमा मुस्कान दिइरहेको एक क्लिन शेभ्ड मुहार । म सोच्दै थिएँ कतै कुनै नयाँ हिरो त आएन बलिवुड या कलीवुडमा जसको बारेमा मलाई केहि खबर नै थिएन । “मेरो !” पत्याउन सकिँन । मेरो अघि त्यो फोटो आफ्नो भन्ने दादालाई हेरेँ, ओढ्नाले ढाकेको छाती अनि महिनौँ देखि नकाटेको जुँगादारी र कपाल । बरु तेरे नामको अन्तिम तिरको सलमान भन्न सुहाउँथ्यो होला, कपाल त्यति लामो नभएको भए । “तर कस्तो अर्कै!” “अँ, एकजमानामा ह्यान्ड्सम नै थिएँ, अहिले पो यो हातले जोगी बनायो!” ओढ्नाले ढाकेको त्यो भाँच्चिएको हात सम्झिएर आफ्नो प्रश्न आफैँभित्र रोकेँ । टोलमा सुने अनुसार आकाश दाईको हात फुट्बल खेल्दा भाँच्चिएको थियो । दुइ घर पारिको मेरो घरको छतबाट ओढ्ना ओढेको देखेको धेरै समय बितिसकेको थियो, र पनि न त प्लास्टर हट्थ्यो, न त त्यो ओढ्ना नै । अचम्मलाग्थ्यो, मेरो खुट्टा भाँच्चिदा पनि त्यती महिना राख्नु परेको थिएन, अनि सुनेँ दादाको हातमा रड हालेको छ रे । अनि डर लाग्थ्यो, हाम्रो त हातमा हड्डी हुन्छ, रड हुने मान्छे कस्तो होला ? समय ले त्यही मान्छेलाई मेरो ट्युसन टिचर बनाएको थियो । नढाँटी भन्ने हो भने दादाको लागि त्यो ट्युसन रहर हैन बाध्यता थियो । कलेज जान, खेल्न, डुल्न सबैमा हातले प्रतिबन्ध लगाएको त्यो शरिरका लागी दिन बिताउने र अलिअलि पैसा जुटाउने मेसो । एकपटक झुलुक्क देखेकी थिएँ ति रडका बाहिर चिहाउने पुर्जा, अनि आँत काप्यो । खै कसरी त्यस्तोमा पनि कहिले काहिँ हाँस्नुहुन्थ्यो दादा । हाँस्नको कारण दुइमात्र थिए, ट्युसन कम रमाइलो बढी गर्न जाने हाम्रो जमात, अनि आफ्नी गर्ल्फ्रेन्डको फोनकल । को थियो होला र दादाको प्रेमको चर्चा नसुनेको ? मैले सुने अनुसार चार वर्ष बितिसकेको थियो रे त्यो प्रेमसम्बन्धको । दुवै परिवारलाई थाहा थियो, प्रतिक्षा थियो त केवल दादाको इन्जिनियरिङ्ग र दिदीको नर्सिङ सकिने समयको । पर्समा एकपटक तस्विर देखेकी पनि थिएँ । दादाको पुरानो तस्विर हेर्ने हो भने त सुन्दरतामा दादाले जित्नुहुन्थ्यो । अनि सम्झिन्थेँ मलाई कालीभन्दै आठ कक्षामा मेरो प्रेम प्रस्ताव खारेज गर्ने केटा ! “दादा, हजुर त दिदी भन्दा कती धेरै राम्रो हुनुहुन्थ्यो, अनि लभ कसरी पर्यो ?” “प्रेम यस्तै हो, आफुले माया गर्ने मान्छे को कमजोरी न देखिन्छ, न माया कम नै हुन्छ । तिमीहरुले बुझ्दैनौ यस्तो कुरा!” आफैँलाई लाग्यो, मलाई त “लभ”मात्र थाहा रहेछ, माया प्रेम त बुझ्ने बेला नै भएको थिएन । “सबै गइसके, तिम्रो घरमा त ताल्चा उस्तै छ, बस्दै गर एकैछिन, मम्मी आएपछि गए हुन्छ । म खाजा लिएर आउँछु । डर त लाग्दैन नि ?” एसएलसी नजिकिँदाको एक दिन थियो । डर ? घरमा भन्दा बढी समय त त्यहिँ बित्थ्यो मेरो । साँच्चै भनुँ भने मैले आकाश दादामा आफु एक्लो सन्तान हुँदा गुमाएका सबै अनुभव बटुल्दै थिएँ । भन्न मन लाग्थ्यो, आफ्नै दादासँग बस्न केको डर ? “लाग्दैन!” दादा ढोकाबाट बहिर निस्किएको केहि बेर पनि नहुँदै फोन बज्यो, रिङ्गटोन मैले चिनि हालेँ । बोलाउने सुरमा थिएँ तर मैले केहि गर्नुपरेन, रिङ्गटोन नै काफी थियो । जब जब त्यो रिङ्गटोन बज्थ्यो दादाको मुहारमा अर्कै चमक, अर्कै उत्साह हुन्थ्यो, फोन उठाउन हतार पनि गज्जब नै हुन्थ्यो । त्यो दिन पनि त्यही उत्साहले फोन लिएर निस्कनु भयो छतमा । अचानक आएको आवाजले झस्किएर बाहिर निस्किएँ । दादा वेगले सिँढिबाट ओर्लिएर मेरा आँखाबाट ओझेल हुनुभयो । केहि बेर त अलमलिएँ, अनि सिमेन्टले बनेको जमीनमा छरिएका मोबाइल फोनका पार्ट्पुर्जा देखेँ । सधैँ दादाले आफुलाई र हामीलाई समेत गित सुनाउने त्यो फोनको माया लाग्यो, अनि टिप्नु कि नटिप्नु असमन्जसमा परेँ । तर फोनको भन्दा बढी दादाको माया लाग्यो, अनि दौडिएँ तल । सायद फोनलाई टिपेर जोड्न सजिलो हुन्थ्यो होला, तर जब त्यहाँ दादालाई देखेँ तब लाग्यो त्यहाँ धेरै कुरा छरिइसकेका थिए जो त्यो उमेरमा मैले समेट्नु सम्भव थिएन । पूजा लगाएपछि आँगनबाट नहटाइएका कुर्र्सी दादाको रिसको शिकार बन्दै थिए । म न कारण सोध्न सक्थेँ न दादालाई सम्हाल्न नै । कुनामा चुपचाप उभिएर त्यो हालत,त्यो पागलपन देख्दा मेरै आँखाबाट आँसु बगिसकेछन्,निम्तो बिना नै । म रोएको देखेर थियो वा तर्सिएको बुझेर, दादा आफुलाई सम्हाल्दै चुपचापमाथि हिँड्नुभयो । म पनि प्रश्नै प्रश्नलिएर पछिपछि लागेँ, सोध्न सकिँन त्यो कुरा अलग थियो । केहि बेर त्यहाँँ केवल मौनता नै थियो, अनि मौनतामा पनि सधैँ ताकत हुँदैन रहेछ बोलिदिने । “फोर यर्स ! चार वर्ष को रिलेसन अनि आज आएर भन्छे फिलिङ्स आएन । फिलिङ्स के बेमौसमे झरी होर अचानक आउने अचानक बिलाउने ?” म सुनिरहेँ । “आइ कान्ट बि विथ यु, मलाई फिलिङ्स नै आउन छोड्यो तिम्रो लागी रे । फिलिङ्स माइ फुट! मेरो हात ठिक हुन्जेल त आउँथ्यो होला नि त्यसलाई फिलिङ्स ? बस् ! अहिले हात ठिक हुने आश मर्यो अनि मर्यो त्यसको फिलिङ्स पनि । बाइकमा घुमाउन लग्न सकिँन, त्यो सँग डेट जान हिँड्न सकिँन, अरुको अगाडी ब्वाइफ्रेन्ड भनेर चिनाउन पनि लाजैमर्दो पार्ने सन्यासी देखिएँ होला म, अनि आउन छोड्यो फिलिङ्स । अझ अर्को केटाले म भन्दा बढी केयर गर्यो रे ! बाइकमा घुमायो होला, इस्कुटीमा पेट्रोल हालिदियो होला, फोनमा रिचार्ज गरिदियो होला,महँगो खाजा खुवायो होला, त्यही केयर भो होला त्यसको लागि म जस्तो हात भाँच्चिएकोले गर्न नसक्ने । बरु हात प्लास्टर गरेको दिनमै म घाइतेलाई दया मात्र गर्न सक्छु, माया गर्न सक्दिँन भनेको भए बाटो छोडिदिन्थेँ । अहिले आएर फिलिङ्स मर्यो अरे ! त्यसको फिलिङ्स मरेको हैन अन्तै डेरा सरेको हो ।” मेरो सुझबुझ भन्दा बाहिर थियो,चुपचाप सुनिरहेँ । झ्यालनेर उभिएर बाहिर हेरेर अचानक म तिर फर्किनु भयो दादा “ढोका खुलिसकेछ तिम्रो घरको । आन्टी आउनुभो होला, जाउ!” त्यही अन्तिम थियो आज नभेटेसम्म मैले आकाश दादाको मुखबाट सुनेको । त्यो दिनबाट दादा खै कता हराउनुभयो, कसैले थाहा पाएन । पछी सुनेँ घर सरेको कुरा, अनि यो पनि सुनेँ कि उपचार गर्दा गर्दा हात निको भयो । सोच्थेँ, दादाको हात ठिक भएपछि दिदी फर्किनुभयो होला ? कि दादाले अरु कोही भेटाउनु भयो ?अनि फेरी सोच्छु, के त्यसपछि मायामा बिश्वास रह्यो होला र ? यहाँ म कहिले माया नपाएर त कहिले लभ नपरेको निहुँमा आफैँमा कमी खोज्दै दिन बिताउँछु । सायद यो मायाको परिभाषा नै यस्तो रहेछ, नपाउनेका लागि अलग, पाउनेका लागि अलग अनि पाएर पनि गुमाउनेका लागि अलग । छेवैबाट एक जोडी गयो एक अर्काको हात समाउँदै । आजपनि मेरो मनमा प्रश्न उठ्यो, केवल प्रश्न अलग : “के ति दुइमध्य कुनै हात प्लास्टरमा बाँधिए समाइ रहेको त्यो अर्को हात साथ रहला ?” Govind Mani Bhatt (कुरा गर्ने) ०७:४७, ११ जुन २०१५ (युटिसी(UTC))
गोविन्दमणि भट्ट
[सम्पादन गर्नुहोस्]- ट्युसन जिन्दगीको
“करुणा, के छ हालखबर ?” अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ? “ए, आकाश दादा, हजुर पो ?” “अँ, को भन्ठान्यौ र ?” खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?” “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !” “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।” हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “टिनएज”पनि बित्छ यसैगरि, अरुका जोडी हेर्दै, आफ्नो रुपको गुनासो आफैँसँग गर्दै । “अनि पुल्चोकमा नाम निक्लियो रे नि त इन्जिनियरिङ्गमा ! बधाई छ है ! मेरो समेत नाक लामो भो, एक जमानामा मेरोमा ट्युसन् पढ्ने केटी हो भन्न पाउँछु नि, तिमीले पो चिन्नै छाड्यौ त!” “त्यस्तो हैन दादा, साच्चैँ चिनिँन मैले एकैछिन त ।” “लौ, आत्तिनु पर्दैन, जिस्केको पो त । ल म गएँ है, हतार छ अहिले, राम्ररी पढ्नु, बाइ !” “बाइ !” बाइक फेरी पुरानै गती खोज्दै अघि बढ्यो, मलाई भने त्यहिँ रोकेछ समयले । दादालाई सजिलै नचिन्नु मेरो भुल थिएन । कहाँ आज बाइक हुइक्याँउने यो शरिर अनि कहाँ दुइवर्ष अघिको आकाश दादा । “दादा, यो फोटो कसको ?” भित्तामा टाँगिएको थियो तेरे नाम हेयरकटमा मुस्कान दिइरहेको एक क्लिन शेभ्ड मुहार । म सोच्दै थिएँ कतै कुनै नयाँ हिरो त आएन बलिवुड या कलीवुडमा जसको बारेमा मलाई केहि खबर नै थिएन । “मेरो !” पत्याउन सकिँन । मेरो अघि त्यो फोटो आफ्नो भन्ने दादालाई हेरेँ, ओढ्नाले ढाकेको छाती अनि महिनौँ देखि नकाटेको जुँगादारी र कपाल । बरु तेरे नामको अन्तिम तिरको सलमान भन्न सुहाउँथ्यो होला, कपाल त्यति लामो नभएको भए । “तर कस्तो अर्कै!” “अँ, एकजमानामा ह्यान्ड्सम नै थिएँ, अहिले पो यो हातले जोगी बनायो!” ओढ्नाले ढाकेको त्यो भाँच्चिएको हात सम्झिएर आफ्नो प्रश्न आफैँभित्र रोकेँ । टोलमा सुने अनुसार आकाश दाईको हात फुट्बल खेल्दा भाँच्चिएको थियो । दुइ घर पारिको मेरो घरको छतबाट ओढ्ना ओढेको देखेको धेरै समय बितिसकेको थियो, र पनि न त प्लास्टर हट्थ्यो, न त त्यो ओढ्ना नै । अचम्मलाग्थ्यो, मेरो खुट्टा भाँच्चिदा पनि त्यती महिना राख्नु परेको थिएन, अनि सुनेँ दादाको हातमा रड हालेको छ रे । अनि डर लाग्थ्यो, हाम्रो त हातमा हड्डी हुन्छ, रड हुने मान्छे कस्तो होला ? समय ले त्यही मान्छेलाई मेरो ट्युसन टिचर बनाएको थियो । नढाँटी भन्ने हो भने दादाको लागि त्यो ट्युसन रहर हैन बाध्यता थियो । कलेज जान, खेल्न, डुल्न सबैमा हातले प्रतिबन्ध लगाएको त्यो शरिरका लागी दिन बिताउने र अलिअलि पैसा जुटाउने मेसो । एकपटक झुलुक्क देखेकी थिएँ ति रडका बाहिर चिहाउने पुर्जा, अनि आँत काप्यो । खै कसरी त्यस्तोमा पनि कहिले काहिँ हाँस्नुहुन्थ्यो दादा । हाँस्नको कारण दुइमात्र थिए, ट्युसन कम रमाइलो बढी गर्न जाने हाम्रो जमात, अनि आफ्नी गर्ल्फ्रेन्डको फोनकल । को थियो होला र दादाको प्रेमको चर्चा नसुनेको ? मैले सुने अनुसार चार वर्ष बितिसकेको थियो रे त्यो प्रेमसम्बन्धको । दुवै परिवारलाई थाहा थियो, प्रतिक्षा थियो त केवल दादाको इन्जिनियरिङ्ग र दिदीको नर्सिङ सकिने समयको । पर्समा एकपटक तस्विर देखेकी पनि थिएँ । दादाको पुरानो तस्विर हेर्ने हो भने त सुन्दरतामा दादाले जित्नुहुन्थ्यो । अनि सम्झिन्थेँ मलाई कालीभन्दै आठ कक्षामा मेरो प्रेम प्रस्ताव खारेज गर्ने केटा ! “दादा, हजुर त दिदी भन्दा कती धेरै राम्रो हुनुहुन्थ्यो, अनि लभ कसरी पर्यो ?” “प्रेम यस्तै हो, आफुले माया गर्ने मान्छे को कमजोरी न देखिन्छ, न माया कम नै हुन्छ । तिमीहरुले बुझ्दैनौ यस्तो कुरा!” आफैँलाई लाग्यो, मलाई त “लभ”मात्र थाहा रहेछ, माया प्रेम त बुझ्ने बेला नै भएको थिएन । “सबै गइसके, तिम्रो घरमा त ताल्चा उस्तै छ, बस्दै गर एकैछिन, मम्मी आएपछि गए हुन्छ । म खाजा लिएर आउँछु । डर त लाग्दैन नि ?” एसएलसी नजिकिँदाको एक दिन थियो । डर ? घरमा भन्दा बढी समय त त्यहिँ बित्थ्यो मेरो । साँच्चै भनुँ भने मैले आकाश दादामा आफु एक्लो सन्तान हुँदा गुमाएका सबै अनुभव बटुल्दै थिएँ । भन्न मन लाग्थ्यो, आफ्नै दादासँग बस्न केको डर ? “लाग्दैन!” दादा ढोकाबाट बहिर निस्किएको केहि बेर पनि नहुँदै फोन बज्यो, रिङ्गटोन मैले चिनि हालेँ । बोलाउने सुरमा थिएँ तर मैले केहि गर्नुपरेन, रिङ्गटोन नै काफी थियो । जब जब त्यो रिङ्गटोन बज्थ्यो दादाको मुहारमा अर्कै चमक, अर्कै उत्साह हुन्थ्यो, फोन उठाउन हतार पनि गज्जब नै हुन्थ्यो । त्यो दिन पनि त्यही उत्साहले फोन लिएर निस्कनु भयो छतमा । अचानक आएको आवाजले झस्किएर बाहिर निस्किएँ । दादा वेगले सिँढिबाट ओर्लिएर मेरा आँखाबाट ओझेल हुनुभयो । केहि बेर त अलमलिएँ, अनि सिमेन्टले बनेको जमीनमा छरिएका मोबाइल फोनका पार्ट्पुर्जा देखेँ । सधैँ दादाले आफुलाई र हामीलाई समेत गित सुनाउने त्यो फोनको माया लाग्यो, अनि टिप्नु कि नटिप्नु असमन्जसमा परेँ । तर फोनको भन्दा बढी दादाको माया लाग्यो, अनि दौडिएँ तल । सायद फोनलाई टिपेर जोड्न सजिलो हुन्थ्यो होला, तर जब त्यहाँ दादालाई देखेँ तब लाग्यो त्यहाँ धेरै कुरा छरिइसकेका थिए जो त्यो उमेरमा मैले समेट्नु सम्भव थिएन । पूजा लगाएपछि आँगनबाट नहटाइएका कुर्र्सी दादाको रिसको शिकार बन्दै थिए । म न कारण सोध्न सक्थेँ न दादालाई सम्हाल्न नै । कुनामा चुपचाप उभिएर त्यो हालत,त्यो पागलपन देख्दा मेरै आँखाबाट आँसु बगिसकेछन्,निम्तो बिना नै । म रोएको देखेर थियो वा तर्सिएको बुझेर, दादा आफुलाई सम्हाल्दै चुपचापमाथि हिँड्नुभयो । म पनि प्रश्नै प्रश्नलिएर पछिपछि लागेँ, सोध्न सकिँन त्यो कुरा अलग थियो । केहि बेर त्यहाँँ केवल मौनता नै थियो, अनि मौनतामा पनि सधैँ ताकत हुँदैन रहेछ बोलिदिने । “फोर यर्स ! चार वर्ष को रिलेसन अनि आज आएर भन्छे फिलिङ्स आएन । फिलिङ्स के बेमौसमे झरी होर अचानक आउने अचानक बिलाउने ?” म सुनिरहेँ । “आइ कान्ट बि विथ यु, मलाई फिलिङ्स नै आउन छोड्यो तिम्रो लागी रे । फिलिङ्स माइ फुट! मेरो हात ठिक हुन्जेल त आउँथ्यो होला नि त्यसलाई फिलिङ्स ? बस् ! अहिले हात ठिक हुने आश मर्यो अनि मर्यो त्यसको फिलिङ्स पनि । बाइकमा घुमाउन लग्न सकिँन, त्यो सँग डेट जान हिँड्न सकिँन, अरुको अगाडी ब्वाइफ्रेन्ड भनेर चिनाउन पनि लाजैमर्दो पार्ने सन्यासी देखिएँ होला म, अनि आउन छोड्यो फिलिङ्स । अझ अर्को केटाले म भन्दा बढी केयर गर्यो रे ! बाइकमा घुमायो होला, इस्कुटीमा पेट्रोल हालिदियो होला, फोनमा रिचार्ज गरिदियो होला,महँगो खाजा खुवायो होला, त्यही केयर भो होला त्यसको लागि म जस्तो हात भाँच्चिएकोले गर्न नसक्ने । बरु हात प्लास्टर गरेको दिनमै म घाइतेलाई दया मात्र गर्न सक्छु, माया गर्न सक्दिँन भनेको भए बाटो छोडिदिन्थेँ । अहिले आएर फिलिङ्स मर्यो अरे ! त्यसको फिलिङ्स मरेको हैन अन्तै डेरा सरेको हो ।” मेरो सुझबुझ भन्दा बाहिर थियो,चुपचाप सुनिरहेँ । झ्यालनेर उभिएर बाहिर हेरेर अचानक म तिर फर्किनु भयो दादा “ढोका खुलिसकेछ तिम्रो घरको । आन्टी आउनुभो होला, जाउ!” त्यही अन्तिम थियो आज नभेटेसम्म मैले आकाश दादाको मुखबाट सुनेको । त्यो दिनबाट दादा खै कता हराउनुभयो, कसैले थाहा पाएन । पछी सुनेँ घर सरेको कुरा, अनि यो पनि सुनेँ कि उपचार गर्दा गर्दा हात निको भयो । सोच्थेँ, दादाको हात ठिक भएपछि दिदी फर्किनुभयो होला ? कि दादाले अरु कोही भेटाउनु भयो ?अनि फेरी सोच्छु, के त्यसपछि मायामा बिश्वास रह्यो होला र ? यहाँ म कहिले माया नपाएर त कहिले लभ नपरेको निहुँमा आफैँमा कमी खोज्दै दिन बिताउँछु । सायद यो मायाको परिभाषा नै यस्तो रहेछ, नपाउनेका लागि अलग, पाउनेका लागि अलग अनि पाएर पनि गुमाउनेका लागि अलग । छेवैबाट एक जोडी गयो एक अर्काको हात समाउँदै । आजपनि मेरो मनमा प्रश्न उठ्यो, केवल प्रश्न अलग : “के ति दुइमध्य कुनै हात प्लास्टरमा बाँधिए समाइ रहेको त्यो अर्को हात साथ रहला ?” Govind Mani Bhatt (कुरा गर्ने) ०७:५०, ११ जुन २०१५ (युटिसी(UTC))
प्रेम प्रश्ताव
[सम्पादन गर्नुहोस्]प्रेम प्रतिबद्धता पत्र ! >>>>>>>>>>>>>(पहिलो प्रेम प्रस्ताव असफल भएपछि दोस्रो प्रयासको सफलताको लागि ‘रक्स पोखरेल’को प्रेम प्रतिबद्धता पत्र ।) “अग्रगामी निर्णय, स्थिर सम्बन्ध र समृद्ध जिवन ।” प्रिय! म तिम्रो मन जित्ने दोस्रो प्रयास गर्दैछु । कसैलाइ प्रेम प्रस्ताव पटक पटक गरिने कुरा होइन । तर मैले पहिलो प्रस्तावमा तिम्रो मन जित्न नसकेका कारण दोस्रो प्रयासमा जाँदैछु । आखिर पहिलो प्रस्ताव तिमीले किन स्विकार गर्न सकिनौ ? यसको असफलताको निम्ति कुन व्यक्ति, पार्टि र शक्ति जिम्मेवार छ ? अब पनि तिमीले स्विकार गरिनौ भने के हुन्छ ? तिम्रो मन जित्ने अर्को कुनै बाटो छ कि ? तिमी सार्वभौम सम्पन्न प्रेमिकालाइ म प्रश्न गर्न चहान्छु । तिम्रो मायाको प्रबल दाबेदार भएर पनि तिम्रो मन जित्न नसक्दा म लज्जित छु र मैले गरेका गल्ति र कमिकमजोरीका लागि माफी माग्न चहान्छु । आगामी दिनमा गल्ति सच्याउने वाचा गर्दै आफ्नो तर्फबाट सत्यतथ्य तिम्रो सामु राख्ने अनुमति चहान्छु । यस क्रममा तिमी फेरी आफ्नो ब्वाइफ्रेन्ड आँफै रोज्ने ऐतिहासिक घडीमा उभिएकी छ्यौ । तिम्रो जिवनको अग्रगामी परिवर्तनका लागि आजसम्म भएका सबै कार्यको नेतृत्वदायी भूमिका मेरो नै छ । मेरो त्यागहरुको जगमा उभिन लागेको यस सम्बन्धले हाम्रो जिवनलाइ नयाँ दिशानिर्देष गर्नेछ । मेरो निती र कार्यक्रमबारे म तिमी समक्ष प्रस्तुत गर्न चहान्छु । म निती, योजना र कार्यक्रम घोषणा मात्र गर्दिन, कार्यान्वन गरेरै छोड्ने प्रतिबद्धता गर्दछु । 》♡♡♡नयाँ सम्बन्ध बारे मेरा प्रतिबद्धताहरु:-
१.सामन्ति अन्धप्रेमी र बुर्जुवा आत्मसमर्पणवादी प्रेमीको विपरीत मेरो प्रेम समयानुकुल र प्रगतिशील हुनेछ ।
२.सहभागिता र स्वतन्त्रताको प्रत्याभूती गरिने छ । मूल कानुन बाहेक अरुआचार संहितामा बाँधिने छैन ।
३.तिम्रो पहिचान र सार्वभौमिकताको ग्यारेन्टी गरिने छ । अधिकार सुसम्पन्न गरिने छ ।
४.जनमुखी, स्थिर र सुशासनयुक्त वातावरण बनाइने छ । निरंकुश शासन लादिने छैन ।
५.शक्तिसन्तुलन र जिम्मेवारी बाँडफाँडमा विशेष ध्यान दिइने छ । समान शक्ति र जिम्मेवारी प्रदान गरिने छ ।
६.घर धर्म, जात, क्षेत्र, वर्ग, भाषा निरपेक्ष रहने छ । धर्म, क्षेत्र र जातको आधारमा प्रेम गरिने छैन । ईच्छा अनुसारको भाषा(सभ्य) बोल्न पाइने छ । पोषाकमा कुनै रोकटोक हुने छैन । असल ब्वाइफ्रेन्डको
》♡♡♡मोर्चाबाट गर्ने कामबारे मेरो प्रतिबद्धताहरु:-
१.व्यक्तिगत हित संरक्षण र अन्तर्व्यक्तिय सम्बन्ध: ..........................................वर्तमान भूमण्डलीकृत साम्राज्यवादको बोलवाल रहेको समाजमा तिमी प्रति दुर्भावना राख्नेको बाहदुरीपूर्वक प्रतिकीर गरिने छ । अन्तर्व्यक्तिय नितीमा पन्चशीलको सिद्धान्त अक्तियार गरिने छ । सबैसँग सन्तुलित र समदुरीको सम्बन्ध बनाइने छ ।
२.शान्तिसम्झौता: ......................... विगतमा हामी विच भएका सबै द्वन्दको अन्त्य गरि मेलमिलापको निती पालना गरिने छ ।
३.स्थिर र भ्रष्टाचारमुक्त सम्बन्ध:
.......................सम्बन्धमा स्थिरता ल्याएर ब्रेकअपको जोखिम न्यूनीकरण गरिने छ । आय र खर्चको स्रोत पारदर्शी हुने छ ।
४.आर्थिक विकास: ........................आम्दानी सबै तिम्रो पर्समा संचिकृत हुनेछ भने खर्च सबै मेरो पर्सबाट गरिने छ । तिम्रो सपिन्गको र रेष्टुरेन्टको बिलको भुक्तानीको जिम्मेवारी मेरो हुनेछ । तिम्रो पर्समा मासिक ४ अंकको आर्थिक वृद्धदर कायम गरिने छ ।
५.शिक्षा: .......................तिम्रा सबै गृहकार्य, नोट्स, प्रिजेन्टेसन, असाइन्मेन्टको जिम्मेवारी मेरो हुनेछ । तोकिएको समयमा बढो कौशलतापूर्वक पूरा गरिने छ । .६.स्वास्थ्य: ...............तिम्रो स्वास्थ्यको विशेष ख्याल राखिने छ र पानीपुरी, चटपटजस्ता सडेगलेका र स्वस्थ्यमा गम्भिर संकट ल्याउने खाले खानेकुरा खानबाट तिमीलाइ प्रतिबन्ध गरिने छ ।
७.यातायात: ...
....तिमीलाइ कलेज लैजाने र घर ल्याउने जिम्मेवारी मेरो हुनेछ । र पन्चवर्षय योजना अन्तर्गत तिम्रो लागि एउटा स्कुटी खरिद गरिने छ । . ८.सूचना तथा संचार: . ...................तिम्रो मोबाइलमा ब्यालेन्स रिचार्ज गर्नपाउनु मोरो सौभाग्य हुनेछ । बातचित आदानप्रधान गर्नुपरेमा तिमीले मिसकल गर्न सक्ने व्यवस्था गर्नेछु । स्काइप, भाइबर, फेसबुक २४ घन्टा नै खुला गरिने छ ।
९.श्रम र रोजगारी: . ............तिमीबाट कुनै श्रम गराइने छैन ।
१०.कला र साहित्य: .................तिम्रा लागि दैनिक कविता लेखिने छ । तिमी प्रति समर्पित प्रेम ट्विट गरिने छ ।
.११.महिला: ..........कुनै महिलालाइ नराम्रो दृष्टिले हेरिने छैन ।
१२.बालबालिका: ............हालको अवस्थामा बालबालिक बारे कुनै योजना तर्जुमा गरिएको छैन । प्रिय! फेरी एकपटक तिमीले फैसला गर्ने समय आएको छ । आफ्नो ब्वाइफ्रेन्ड कसलाइ चुन्ने ? हो । पहिलोपटक मैले तिम्रो मन जित्न सकिन । मबाट कमीकमजोरी भए । गल्ति त अपराध होइन नि, गल्तिबाट नसिक्नु चाहीँ अपराध हो । तर मैले आफ्नो गल्तिबाट सिकेको छु । एकपटक फेरी मौका दिएर हेर । यसपाली तिमीलाइ निराश पार्ने छैन । यो प्रतिबद्धतापत्र अहिलेसम्मको मेरो प्रेम संघर्ष, यसले निम्त्याएको उपलब्धी र भविष्यको योजना समावेश गरिएको दस्तावेज हो । म आपसी आत्मियता, स्थिर सम्बन्ध र समतमूलक समृद्ध जिवन निर्माण गर्न प्रतिबद्ध छु । त्यसैले आगामी Feb 14 को भ्यालेन्टाइन्स डे मा मेरो प्रेम चिन्ह, पान भित्रको हँसिया हतौडामा स्नेहको छाप लगाएर प्रचण्ड बहुमतका साथ मलाइ आफ्नो ब्वाइफ्रेन्डमा निर्वाचित गर्न हार्दिक आग्रह गर्दछु ।
नोट :-धन्यवाद ! (द्रष्टव्य: यस घोषडापत्रको ढाँचा दोस्रो संविधानसभामा निर्वाचनको लागि कुनै पार्टिद्वारा प्रयोग गरिएको घोषणापत्रसँग मेल खाएमा संयोग मात्र हुनेछ ।) Govind Mani Bhatt (कुरा गर्ने) १५:२७, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
पर्दा, समय र मान्छे
[सम्पादन गर्नुहोस्]समय एउटा शक्ति हो, बगिरहने नदीको नाउँ जस्तै। किनारमा एउटा इतिहास विन्यस्त रहन्छ तर कहिले समयले फर्केर इतिहासलाई हेर्दैन। इतिहास कुनै परिस्थितिको उपजमात्र होइन, त्यस समयको शक्ति पनि हो तर त्यो शक्ति कहिले कुुनै परिच्छेदमा विलाएर पनि जान्छ। यस्ता घटना सिनेवृत्तमा प्रायः हुने गर्छन्।त्यस्तै एउटा नाम हो, चलचित्र निर्देशक प्रकाश थापाको। जो इतिहासको गर्तमा यसरी पुरियो, सम्झना गर्ने, उत्खनन गर्ने वा पुनरावृत्ति गर्ने मान्छे अब पटक्कै छैन। प्रकाश थापा समयको यो आरेखमा कुनै फुटबल खेलाडी हो कि नागरिक प्रशासनको उच्च ओहोदामा काम गर्ने पुराना ठालु हुन् वा पर्यटन व्यवसायी हुन्, यकिन गर्न नसकिने गरी यो नाम भीडमा हराएको छ। तर यो चानचुन नाम होइन। प्रकाश थापा जुन नामबाट नेपालीमा व्यावसायिक चलचित्रको बाटो बनेको थियो, नेपाली चलचित्र सरकारी लगानीबाट निजी क्षेत्रतर्फ अग्रसर गराउनुमा प्रकाश थापाको विशेष देन छ। प्रकाश थापा वितेको एक दशक चानचुन भयो तर सिनेकलाकारले, चलचित्र उद्यमीले, चलचित्र पत्रकारले उनलाई कहिले कतै कुनै कारणले दोहोर्याएर सम्झेको देखिँदैन। उनी त्यसरी सम्झिनुपर्ने नाम होइन। एउटा क्लासिक लेखकलाई जस्तै अद्भुत विशेषताका साथ हामी उनका आविष्कारलाई बिना उनीप्रति आभारी भई महसुस गरिदिन्छौं।प्रकाश थापा मुुम्बईबाट फिल्म उद्योगमा अभिनय गरेर आएका नेपाली अभिनेतामध्ये पहिलो होइनन्। प्रकाश थापा नेपालमा फिल्म बन्ने निर्देशकमध्ये पहिलो पनि अवश्य होइनन्।प्रकाश थापा नेपाली फिल्म बनाएर विश्व सिने उद्योगमा नाम दर्ता गराउने सफल फिल्मकार पनि होइनन्। सामान्य र औसत स्तरको अध्ययन गरेका प्रकाश थापा नेपाली फिल्मलाई व्यावसायिक लिकमा ल्याउने एक प्रतिबद्ध फिल्मकर्मी हुन्।उनी फिल्म बनाउन भारतको मुम्बईबाट नेपाल आउँदा यहाँ सिनेमा बनाउँदै गरेका एकदुईजना व्यक्ति थिए जो सुस्ताइसकेका थिए, नवीन केसीको 'कहीँ दियो कहीँ बत्ती' र सूर्यनाथ शर्माको 'मायालु' डब्बामा बन्द भइसकेका थिए। फिल्म निर्माणका निम्ति निजी व्यवसायी र उद्योगीहरू के कति कारणले तयार थिएनन्, सम्भावनाको बाटो थिएन शायद। नियम विनिमयका कुरा थिएनन्। समाजमा इज्जत र आदर्शका कुरा बिल्कुल थिएनन्। जब प्रकाश थापा सेतो सर्ट र सेतो पाइन्टमा उँचो कदमा एक्शन भन्न उभिए, त्रिकेटको क्रिजमा मोहिन्दर अमरनाथ उभिएजस्तै । उनका अगाडि समय मौन थियो, मानौं कुनै अवाँगार्डले जुलुसलाई लिड गरेजस्तै। उनले एक्सनभन्दा यहाँ एक्सन कट् भन्ने कुनै जमात बनिसकेको थिएन। आज उनको घनघोर आवाजको पछि मान्छेले क्लोज शट, लङ सट, मोन्टाज, स्ट्याटिक सट भन्न सिके वा भन्दै गए। यसअघि यी र यस्ता धारका शब्द कुनै छापामा देखिनु वा कुनै ध्वनि तरंगमा सुनिनु दुर्लभप्रायः थियो, उनले यसको बानी लगाइदिए २०३२ सालदेखि । उनी यसका प्रमिथस भए। प्रकाश थापाका जीवनका दुई दुर्गम क्षणहरू त्यही बेला सुरु भयो, जब उनले पहिलो चलचित्र 'मनको बाँध'को क्याप्टेनसिप सम्हाले।अर्धसरकारी स्वामित्वको शाही नेपाल चलचित्र संस्थानबाट 'मनको बाँध' बनाउँदा त्यहाँ दरबार प्रत्यक्ष सक्रिय थियो भने त्यही संस्थानको बोर्डमा साहित्यकार बालकृष्ण सम, माधव घिमिरेजस्ता दिग्गज स्रष्टा सञ्चालक समितिमा आबद्ध थिए। नेपाली साहित्यसित दूरदूरको नाता नभएका बम्बैया बाबु प्रकाश थापालाई असफल बनाउन संस्थानकै प्राविधिक कर्मचारी सक्रिय थिए र यो फिल्म एक हिसाबले धराशायी नै भयो। 'मनको बाँध' पछि प्रकाश थापाका जीवनमा दोधार त्यसै आयो, गुरुदेश भारत फर्किने कि सम्भावना नभए पनि नेपालमै बसेर फिल्म बनाउने? दोस्रो विकल्पमा उनले क्लिक् गरे, आफ्नै लगानीमा उनले 'मेरो देश' नामक फिल्म घोषणा गरे। दुर्भाग्यले यो फिल्म पनि नबनेपछि उनी फेरि थन्किए। शाही नेपाल चलचित्र संस्थानको तेस्रो फिल्म 'सिन्दूर' बाट उनले कमब्याक गरे। उनले यस फिल्मका लागि उपन्यासकार दौलतविक्रम विष्टको कथा ‘जब बादल फाट्छ किने। यस चलचित्रका निम्ति उनले पटकथा लेखनमा मुम्बईका देवु सेन र नायिकाका निम्ति मुम्बईमा संघर्षरत मीनाक्षी आनन्दको सहयोग लिए। संगीत निर्देशकमा उनले पहिलो पटक गोपाल योञ्जन र उनका सिनियर नातिकाजीलाई कम्बाइनमा लिए। यस फिल्मका निम्ति उनले छायाकारमा मुरारी ठाकुर र मञ्जुकुमार श्रेष्ठ अनि अन्य सहयोगमा चेतन कार्की, किरण खरेल, प्रदीप रिमाल, चैत्यदेवी सिंह, सतीश कोइरालाको सहयोग लिए। फिल्म बन्यो। चल्यो। नेपाली फिल्मको इतिहासमा पहिलो पटक काठमाडौं उपत्यकामा ५२ हप्ता भीडका साथ चलेको यो पहिलो फिल्म थियो र यो ऐतिहासिक रेकर्ड अरूफिल्मले आजसम्म तोड्न सकेको छैन।यसपछि उनले 'जीवन रेखा' बनाए, केशवराज पिँडालीको कथामा। यो फिल्मले व्यावसायिक रेकर्ड तोड्न सफल भयो। नेपाली फिल्म बन्नु ठूलो कुरा थियो त्यतिबेला। र, बनेर चल्नु ठूलो कुरा थियो त्यो बेला।हाम्रा फिल्ममा त्यतिबेला सत्यजित रे, आकिरा कुुरोसावा, इँग्मार बर्गम्यान्, फेडरिको फेलिनीका कुरा हुन्थे तर लागू गर्न गाह्रो थियो। त्यतिबेला भारत वर्षमा फ्रान्सेली सिनेमाको नोभेला भेग (नौलो धार) को प्रभाव आइसकेको थियो । हामी कहाँ नौभेला भेग पढेर आएका पिँढी तयार थिए तर प्रकाश थापाको बाटो त्यतातिर गएन। तीस दशकको अन्त्य र चालीस दशकको सुरुआतमा प्रकाश थापाको व्यावसायिक लहरले काठमाडौंका उद्यमीलाई नेपाली सिनेमा बनाउन प्रेरित गरे । यसपछि निजी क्षेत्रबाट केही सिने कम्पनीहरू जुर्मुराए, सुजाता फिल्मस्को 'जुनी', हेम्सको 'आदर्श नारी', त्रि ओम प्रोडक्सन्स्को 'कान्छी'। यही समय दार्जिलिङबाट प्रताप सुब्बा र मुम्बईबाट तुलसी घिमिरे र शम्भु प्रधान पनि देखा परे।प्रकाश थापाका दुई फिल्म 'सिन्दूर' र 'जीवन रेखा' का कारणले कमोवश रुपमा ल्याएको यो परिवर्तन उनका निम्ति पनि चुनौतीपूर्ण भयो। अब उनीभन्दा जान्ने निर्देशकहरू पनि मैदानमा आउन थाले।उनले यही समय निजी प्रोडक्सनबाट 'सन्तान' नामक फिल्म बनाए, 'सन्तान'मा उनले आफ्नो ठूलो मेहनतले मुम्बईका ख्यातनामामा सैक्सोफोनिस्ट मनोहरि सिंहलाई संगीतकारको रूपमालिए। यही फिल्ममार्फत् उनले नेपाली फिल्मको पर्दामा दुई नयाँ नायिका करिश्मा केसी र गौरी मल्ललाई पदार्पण गराए भने यही सिनेमाबाट नायकका रूपमाअर्जुनजंग शाहीलाई पनि परिचय दिलाए, यद्यपि यसअघि ‘जीवन रेखा’मा उनले नयाँ नायक शिव श्रेष्ठलाई पर्दामा ल्याइसकेका थिए। यसबाहेक उनले चलचित्रको पर्दामा अभिनेताका रूपमाविश्व बस्नेत, गोपालराज मैनाली, हरिवंश आचार्य, शम्भुजित बाँस्कोटा, कृष्टी केसी आदिलाई ल्याइसकेका थिए।मुम्बईको वर्लीमा हुर्केका प्रकाश थापाको मुम्बई कनेक्सनका कारण यसपछि नेपाली फिल्मको कामधाम यसपछि मुम्बईमै हुन थाल्यो। मुम्बईको रफ्तारमा नेपाली फिल्म व्यावसायिक बन्न थाल्यो। यसको श्रेय दुई शब्दमा भन्दा प्रकाश थापालाई नै जान्छ। प्रकाश थापाले नेपाली फिल्ममा धेरै प्रयोग गर्न चाहेनन् किनकि उनले जानेको पनि त्यति नै थियो। एक असफल अभिनेताका रूपमाफिल्मी जीवनमा प्रवेश गरेका प्रकाश थापाको फिल्मी पृष्ठभूमि निर्देशकका रूपमात्यति स्पष्ट थिएन। धनकुटाको मुगाबाट काठमाडौं आएर २००७ सालको क्रान्तिपछि शान्तशमशेरको परिवारसित मुम्बई पलायन भएका थापाका पिता उद्वीपसिंह थापा अंग्रेजी साहित्यका अध्येता थिए र अनुवादक पनि। उनैको छत्रछायामा उनले साहित्य पढे तर धेरै कम। तर प्रकाश थापाले नेपाली फिल्ममा सबैभन्दा धेरै साहित्यिक जगत्कै सहयोग लिए, माधव घिमिरे, दौलतविक्रम विष्ट, चेतन कार्की, श्रीधर खनाल, केशवराज पिँडाली, कालीप्रसाद रिजाल, लक्ष्मण लोहनी आदिको।सिनेमा निर्माणका क्रममा नेपालमा निर्देशकलाई उनले टेक्निकली साउन्ड हुन् र पल्टिकल्ली करेक्ट हुन बाटो देखाए। उनको चौथो तर निजी क्षेत्रबाट बनेको उनको पहिलो सिनेमा 'सन्तान' को पहिलो प्रिभ्यु उनीसितै बसेर मुम्बईको अँधेरीस्थित फिल्मालयमा हेर्ने मौका मिल्यो । यस प्रदर्शनीमा अभिनेता डैनी डेन्जोङ्पा, निर्देशक उग्येन, गायक उदितनारायण झा, गायिका दीपा गहतराज सहभागी थिए। त्यस क्रममा उनले गर्व गर्दै भनेका थिए, ‘नेपाली फिल्म यहाँ आइपुग्ला भनेर मैले कल्पनै गरेको थिइनँ तर नेपाली फिल्म यहाँ नआइपुगेको भए म पनि मुम्बईको भीडमै हराइसक्थेँ।' प्रकाश थापाका यी भावभिनी शब्द सुनेपछि बाटोमा फर्किंदै गर्दा गायिका दीपा गहतराजले भनेको पंक्ति म आज पनि सम्झिन्छु, ‘प्रकाश थापा नेपाली सिनेमाका एकमात्र ड्यासिङ डाइरेक्टर हुन्। उनको मुकाबिलामा अरू कोही छैन, हि इज् अल्वेज् टल।' नेपाली सिने उद्योगका ‘ए टल म्यान् प्रकाश थापा'ले 'सन्तान' पछि 'कन्यादान' बनाए, 'कन्यादान' कै समय नेपाली टेलिभिजनको इतिहासमा 'उजेली' जस्तो सिरियलको चर्चा भइसकेको थियो। उनले यही शैलीलाई पर्दामा ल्याए। यसपछि बनाएको 'महामाया' भन्ने फिल्मले उनलाई असफलताको संघारमा पुर्याइदियो।असफलताले उनको जीवनको रङ नै बदलिइदियो।फिल्ममा आएका नयाँ प्रविधि र परिधिसित उनी परिचित थिए तर सतर्क थिएनन्। 'महामाया' पछि उनले वि श्राम लिए। फेरि हेर्दा समय मौन भइसकेको थियो, उनले चिन्ने र नचिन्नेको लस्कर अघि बढ्दै थियो। उनको साइलेन्स् भन्ने आवाज शान्त भइसकेको थियो। उनी चूपचाप एक किनार लागे, मानौं इतिहासको एउटा पाना जस्तो।केही अन्तरालपछि उनलाई पुनः निर्माता भगवानदास श्रेष्ठले 'नाता रगतको' बाट पुनरागमन गराए। 'सन्तान'का निर्माता भगवानदासको पनि यो १२ वर्ष पछिको कमब्याक् थियो।२०५६ सालको फिल्म महोत्सवमा यही फिल्मबाट उनले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाए, प्रतिस्पर्धीमा उनी सित उग्येन र उज्ज्वल घिमिरे थिए। उनले पुरस्कार जित्दा सबै आशावादी थिए, अब उनको आगमन जोडदार हुनेछ।सिनेमाको इतिहासमा यस्तो घटना विरलै हुन्छ। उनले रिटायर्ड हल्ट लिए, क्रिकेटमा ९० र शतकका वीचको दूरीमा जस्तै। प्रकाश थापा बानेश्वरको हाइटमा एक एकान्तप्रिय जीवनमा गुम्सिए, थाकेका धेरै हारेका कम। सुनिएका धेरै देखिएका कम। उनलाई अभिवादनस्वरूप सलाम गर्न म एकदिन उनको घर गएँ, २०६० सालको मंसिर महिनाको बिहान। त्यतिबेला आफू संयोजक भएको लक्स फिल्म अवार्ड कार्यक्रममा सहभागी भइदिन आग्रह गर्न गएको थिएँ। उनले यति भने, ‘आजकाल म आँखा देख्दिनँ। लिन र पुर्याउन आउने भए आउँछु।'नेपाली सिने जगत्मा पहिलो पटक कार ड्राइभ गरेर हिँड्ने निर्देशक (निश्चयतः गायिका गौरी केसीको भोक्स् वागन किजेर चढेर हिँड्ने सिनेजगत्का उनी पहिलो सर्जक हुन्।) को यो आग्रह मलाई पीडादायक लाग्यो। सहर्ष स्वीकार गरेँ। उनी कार्यक्रममा सम्मानका साथ आए सम्मान ग्रहण गरे गए।यो उनको अन्तिम कार्यक्रम थियो सहभागिताको । यसको ६ महिनापछि २०६१ सालको जेठको १९ का दिन उनी महायात्रामा हिँडे, प्याक् अप भन्दै। उनका लागि धेरै कुरा बदलिसकेका थिए, समय, समाज, फिल्म र त्यस्तै पर्दा, पर्दामा आउने पात्र, चरित्र ...।प्रकाश थापाको निधनको एक दशकपछि र यसवीच उनका फिल्म कुनै हलमा अहिलेसम्म लागेका छैनन्। धेरै कुरा बदलिसकेका छन्, पर्दा, समय र मान्छे। तर हरेक वर्षको तीजभरि उनको चलचित्रको एउटै गीत (संयोगले नेपाली चलचित्रको एउटै गीत) ‘तीजको रहर बरी आयो लै...' मा नेपाली चेली नाच्छन्, झुम्छन् गाउँछन्। 'कन्यादान'को यो गीत प्रकाश थापाले चेतन कार्कीलाई नलेखाएको भए, वा मनोहरि सिंहलाई संगीत नगराएको भए हाम्रा चेलीको तीज अलि सुक्खा नै हुन्थ्यो होला शायद। गीत–संगीत, सिनेमा साहित्यका कारण नेपाली समाजमा यति ठूला वृत्त बनाउने ‘ए टलम्यान् प्रकाश थापा’का निम्ति हामीले हाम्रो मनको कुनै कुनामा वा हाम्रा अखबारका पानामा एउटा सानो स्पेस पनि दिन नसक्नु हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ। सम्झिन्छु, ल्याटिनी अमेरिकी कवि बोर्खेसका यी पंक्ति बारम्बार सम्झिन्छु: समय त्यो पदार्थ हो जसबाट म बनेको छु समय एउटा छाल हो जो मलाई बगाउँदै लान्छ, तर म किनार हुँ। ऊ चितुवा हो जो मलाई चिथोर्छ, फाड्छ तर म चितुवा हुँ। ऊ आगो हो जो मलाई निल्दछ तर म आगो हुँ दुनियाँ, दुर्भाग्यवश असली हो, म दुर्भाग्यवश बोर्खेस हुँ। Govind Mani Bhatt (कुरा गर्ने) ०९:०८, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
लेखक हुनुको अभिनय
[सम्पादन गर्नुहोस्]काठमाण्डूको सबैभन्दा पुरानो सिनेमा हलको नाउँ संयोगले काठमाण्डू सिनेमा हल नै थियो । यो हललाई पछि साहु भुवनेश्वर अमात्यले किनेर प्रयोगमा ल्याए, जनसेवा हल नाउँबाट । जनसेवा हलले शाही शासनकालमा जनता र राजा दुवैलाई सिनेमा मार्फत् मनोरञ्जन दिँदै आएका थिए । यो हलमा अन्तिम चलेको फिल्म थियो, द मिशन अफ् डैञ्जर । यो सिनेमा चल्दै गर्दा २०१८ सालको भदौमा यो हलमा आगो लगाइयो , आगालागी पछि हलका सबै कुरा सत्यानाश भए । हलकै भग्नावशेषमा अहिलेको व्यापारीक हब विशाल बजार बन्यो । १८ सालपछि यो हलले काठमाण्डूको जनजीवनसित सबै कुराको सम्बन्ध तोड्यो , इतिहास केही रहेन । रह्यो त एउटै कुरा , जनसेवाका अन्तिम म्यानेजरको टिप्पणी ः “हल जलेपछि म ढुक्क भएँ, अब कसैलाई हल म्यानेजरको रुपमा नयाँ वर्षको शुभकामना लेखीरहनु परेन । ” जनसेवा हलका अन्तिम म्यानेजर थिए, हल मालिक भुवनेश्वर अमात्यका छिमेकी शंकर । शंकर लामिछाने यसअगि नै नेपाली साहित्यमा निवन्धकार, कथाकारका रूपमापरिचित थिए । शंकरले यही समय हलको जागीरबाट सन्न्यास लिएर क्यूरिओ पसल खोले न्यूरोडमा । तर सिनेमा हलसितको उनको पूर्वसम्वन्धले सिनेमा र सिनेकर्मीसित जोडिरह्यो । विशेषतः विहाइन्ड द स्क्रिनमा । माउन्ट इज योँग् नामक् सिनेमाका निम्ति लियाजेँ अफिसर भएर पोखरा पुगे लेखक र फिल्मकर्मीसित । सिनेमाको छायाँकन त भएन तर यस चलचित्रमा उनी मज्जाले आवद्ध भए । सिनेमासित उनको अर्को रोचक सम्वन्ध रह्यो, निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघर ले गर्दा । सुमनाञ्जलि फिल्म्स् का निम्ति डा जोगेन्द्र झा र जनरल नरशम्सेरले बनाएको फिल्म माइतीघर को नामाकरण नै शंकरले गरिदिएका थिए जसका कारणले पछि सिंहदरवार, थापाथली र बबरमहलको चौतारोको नाउँ नै माइतीघर चोक हुन पुग्यो किनकि त्यही माइतीघर फिल्मको कार्यालय थियो । माइतीघर फिल्मको न्वारन शंकरले गरिदिएको भएपनि यसमा उनी अन्य किसिमले आवद्ध थिएनन् । सिनेमामा अत्यधिक रुचि राख्ने शंकरले आफ्ना समयका चर्चित नायिका मार्लिन मनरोको भनाईलाई धेरै ठाउँमा सन्दर्भतः कोट अनकोट गरेका छन्, मलाई जोक नबनाऊ भन्ने भाषामा । सिनेमाप्रेमी शंकरले आफ्ना निवन्धमा त्यतिवेलाका चर्चित अभिनेता जोन गिल्गुइड को अन्तर्वार्तालाई साभार गरेका छन् । त्यतिवेलाकै चर्चित निर्देशक फ्रान्क काप्राको नाउँ सापट लिएर कथा कसको टाउको भन्ने कथा पनि लेखेका छन् । शंकरको अध्ययनको दायरा व्यापक र विस्तीर्ण त थियो नै तर उनी सिनेमको चास्नी लिएर साहित्यमा त्यसको भिजीनरी –दृश्यीक स्थायीत्वको सिद्धान्तअनुसार दृश्यसत्ता दिन सक्ने ) हस्ति थिए । उनका कतिपय निवन्ध वा कथा यसै क्षमताका परिचायक थिए । शंकरले सिनेमाको आफ्नो अनुभव विज्ञापन लेखनमा पनि प्रयोग गरी भ्याएका छन् । रुपरेखा को पहिलो अंकमा प्रकाशित मोरंग सुगर मिलको विज्ञापनमा उनले चिनी र साहित्यको तुलना गरेर लेखेको सन्दर्भ सम्झनायोग्य छ । निवन्धमा उनले भित्र्याएको क्लोज अप र लंग शट्को भाषा सिनेमाकै उपज थियो भनें अन्तर्वार्तामा उनले भित्र्याएको प्रोफाइल को कन्सेप्ट पनि सिनेमाकै देन हो । विम्ब प्रतिविम्बमा पाइएका निवन्धमा उनको फ्ल्याशव्याक शैलीको लेखन सिनेमासित निकटता राख्दछ । सिनेमासँग उनको गज्जबको लगाव थियो भन्ने देखिन्छ । फ्रान्सबाट विकसित भएको नयाँ कला सिनेमामा मात्र होइन, चित्रकला अनि संगीतमा उनको वर्चस्व एउटा पाठक वा भावकको भन्दा वढी थियो । उनी चित्रकलामा वर्गसाँ, मोनेँ, पिकासो, डालीको चर्चा गर्छन् भन्ने संगीतमा विथोवन, बाख, मोत्सार्टका सन्दर्भ गाँसिरहन्छन् । नेपालमा रेडियोको स्थापना भएपछि पहिलो गीत लेख्ने र बजेको आधारमा रेडियोको पहिलो गीतकारको खिताब पाउने रचनाकार शंकरका अन्य गीत अम्बर गुरुङकोआवाजमा रेकर्डवद्ध छन् । रेडियो नेपालले सदैव उनलाई पहिलो गीतकारको रुपमा नै सम्मान दिइरहन्छ । नेपालीभाषाप्रेमी शंकरले नेपाली साहित्यमा हिन्दी, उर्दू, फारसी, नेवारी, अँग्रेजी शब्द भित्र्याउने श्रेय पाएका छन् , उनैले हो नेपाली भाषामा आफ्नो किताबको नाउँमा अँग्रेजी शब्द एब्स्ट्रैक्ट प्रयोग गरेर पहिलो पर्दा खोले । उनले बनाएको यो बाटोमा आज धेरै युवा पुस्ता पचासवर्ष पछि पनि सक्रिय छन् , आज त नेपाली साहित्यमा यो त एउटा फैशनको अख्तियार नै भइसक्यो । आफ्नो पुस्तकमा अरुकोभूमिका राख्न र लेखाउन मन नपराउने शंकरले पारिजातको शिरीषको फूल र पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे मा भूमिकाले नै तहल्का मचाइदिएका थिए । भूमिकाको आतंक मचाउने नेपाली साहित्यमा शंकर जतिको कोही हुन सकेन । शायद यो सरस्वति उनले मात्र पाएका थिए कि ? जापान र भारत वाहेक अन्य मुलुकको भ्रमण नगरेका शंकरका निवन्धमा योरोप र अमेरिकाका सुगन्ध पनि प्रशस्त आउनुको कारण बुझ्न गाह्रो छ । नेपाली साहित्यमा धेरै कुरा भित्र्याउने शंकरले जापान गएर आएपछि हायकू विधा नेपाली साहित्यमा भित्र्याए, यसका लागि नेपाली साहित्यमा समाजमा नसम्झने को होला ? वा, कसले यो खण्डको इतिहास मेट्न सक्ला ? जीवनमा एउटा ऐतिहासिक उपन्यास लेख्ने तयारीमा थिए शंकर तर प्रकाशकले धोखा दिएका कारण यस उपन्यासको भ्रूण हत्या भएको उनले स्वीकारेका छन् । त्यतिवेलाका पट्व्याइलर उपन्यासका अगाडि आफ्नो निवन्ध कृतिको बजार अलि अलि क्षय हुँदा उनले लेखे, मेरो कृति पचासवर्ष पछिका मेरा पाठकका लागि हुन् । आज पचास वर्षपछि नेपाली साहित्यमा सबभन्दा धेरै पढिने लेखकमा देवकोटा, भूपी पछि शंकर पनि पर्छन् तर त्यतिवेला चलेका ती उपन्यासकार अहिले रसातलमा पुगिसके । त्यसैले उनी सही थिए, बजारले बनाएका लेखक बाँच्दा रहेनछन् ती बजारकै लागि मात्र हुँदा रहेछन् । नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आमाको सपना र पारिजातको शिरीषको फूल को जन्म देखि प्रकाशन र प्रकाशन देखि पुरस्कारको संघारसम्म पुर्याउन उनले गरेको यावत् मिहेनत विर्सन सकिने खालको छैन । आज पनि नेपाली साहित्यमा शंकर लामिछानेको निवन्धको एक टुक्रा लिएर लामो लामो निवन्ध लेख्ने कति कलमबाज होलान् तर तिनको सबको स्मृतिमा शंकर विभिन्न सन्दर्भमा होलान् तर हुनुपर्ने सम्झनाको एउटा पाटो हो, शंकरको रिडर्स भ्यालू । यसमा शंकरलाई कसैले सेकेन्ड बनाउन सकेनन् । शंकरलाई जीवनमा तीन कुराले खूब सतायो, पाठकले । पाठक जस्ता साहित्यिकले । साहित्यिक जस्ता मित्रले । उनका साहित्यिक जस्ता मित्रले उनको नियमितजस्तो चलिरहेको ‘गोरखापत्र’ को स्थायी स्तम्भको लेखन धन्दा खोसीदिए, सँधै शंकर मात्र किन ? भनेर । उनलाई नियमित पढ्ने पाठक धेरै थिए भनें उनले लेखेको मननपराउने साहित्यिक मित्र पनि त्यतिकै थिए भनेर बुझन् सकिन्छ , तीले वारम्बार हमला गरे पछि उनले पचास रुपैञा पारिश्रमिक आउने नियमित स्तम्भ त्याग्नु पर्यो । उनले केही लामो समय नियमित लेख्न पाएका भए, नेपाली पाठकले कति धेरै विश्व साहित्य र लेखनको टेक्निकी सिक्थे होलान् , यो उनका साहित्यिक जस्ता मित्रलाई पचेन अनि शक्तिहीन अवस्थाम रहेका सम्पादकले पनि आत्मसमर्पण गर्नुपर्यो । धन्न, शंकर त्यतिवेला अहिलेका जस्ता प्रकाशकका नाता परेर वा पार्टी एउटै भएर जागीर पाएका पृष्ठ संयोजक वा सम्वाद्दातासित जुध्नुपरेन । शंकरको लेखनको युगमा पाठक र लेखकका वीच कुरा गर्ने माध्यम पुस्तक वाहेक अरुथिएन । यद्यपि लेखकले आफ्नो किताप वेच्न आज जस्तो सन्नी लिओनको अवतार लिनु पर्ने अवस्था पनि थिएन तर उनले आर्थिक अभावका कारण पुस्तक प्रकाशनपूर्व नै अग्रिम भुक्तानी लिने परम्परा शुरुगरे, पुस्तक संसारका देवीप्रसाद काफ्ले त्यसका एक उदाहरण हुन् । जसले शंकरको विम्वप्रतिविम्ब छापे । शंकरकै समय उनका पाठकजस्ता साहित्यिकमित्रले ताजा हमला गरे, उनको साहित्यिक चोरी माथि । जसले गर्दा त्यसपछि शंकरले लेखनबाट वाकओभर लिए । यो उनी माथि भएको प्रमुख हमला हो जसका निम्ति नेपाली साहित्य सदैव त्रासदीय देखिन्छ । सादृश्य रुपम ाशंकरको लेखनको दुई युग छ, एउटा पाठकको युग र अर्को लेखकको युग । नेपाली साहित्यमा यो भाग्य धेरै कम लेखकलाई मिलेको छ । उनले पाठकले भनेका र चाहेका लेखिरहे तर त्यो कालान्तरमा लेखकका लागि रस्टक नै ठहरियो । उनी पाठकको माग आपूर्तिका निम्ति लेख्ने क्रममा धेरै पटक लेखक भन्दा तल्लो दर्जामा पनि झरे वा रहे, यो उनको महान् स्वीकारोक्तिमा देखिन्छ, उनी स्वयम्ले भनेका छन्, “बाँच्नका निम्ति मैले कैयन् झूठ बाँचेको छु । ” यो हरेक लेखकको जीवनमा देखिइने एक विडम्बना हो । सिनेमा र साहित्य मनपराउने शंकरको शुरुकोसिर्जनात्मक यात्रा अभिनयबाट शुरुभयो, गौरी शंकर नाट्य समुदायको अभिनेताको रुपमा । यो अभिनयको यात्रा एकाधवर्षको रह्यो तर जीवनभर उनले लेखक हुनुको अभिनय गरिरहनु पर्यो र कहिले सच्चा लेखक । कहिले नक्कली लेखक । यो अभिनय अन्तिमसम्म कायमै रह्यो । जनसेवा हल आगलागी भएपछि उनले लेखेको पहिलो पंक्ति त्यसैको उद्वोधन थियो, “अब नयाँ वर्ष शुभकामना लेखीरहनु परेन । ”
Govind Mani Bhatt (कुरा गर्ने) ०९:०८, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
विकिथन-४को निम्तो !
[सम्पादन गर्नुहोस्]प्रिय Govind Mani Bhatt ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
- नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०१, १ अक्टोबर २०१५ (युटिसी(UTC))
एस एल सी सकियो.. साथिहरु शहरु पस्ने क्रम सुरु भयो… मिलन, सुवास, अर्जुन, रोसनि, सम्झना सबै शहर पसे …शहरमा बसेर पढ्ने तिन्का दिदि दाजु आएर लगे… अब गाउमा हाम्रो ब्याचका म र निशा मात्र बाँकि रह्यौ ।। निशा पनि शहर जाने हल्ला थियो तर बाआमा मात्र भएकाले रिजल्ट भएपछि उस्को दाजुले लाने भनेर अडिएकि थिइ । चैतको मैना.. यस्पाला त्यति गर्मि थिएन.. दिउसो भने टन्टलापुर घाम लाग्ने गर्थ्यो अलि गर्मि नै थियो दिउसो पख । न पढाइको बोझ… न होमर्क गर्नुपर्ने… रमाइलै थियो जिन्दगी तर मन कुनै कन्तरामा भने सानो डर सल्बलाइ रहेको थियो… म्याथ बिग्रेको थियो… म अलि कमजोर थिए म्याथमा … 40 देखि 50 भन्दा कहिल्यै धेरै नम्बर आएन भ्याथमा… अरुमाम ठिकठाकमै गनिन्थे… म थेरथोर घोक्न सक्थे तर म्याथमा घोक्ने कुनै कुरै हुदैन थियो । बाबु र छोराको उमेर मेरो दिमाक चाट्ने च्याप्टर थियो ।
दिउसो पख गोठालो जानुपर्ने काम अब बैनि बाट म मा सरेको थियो… मेरो एस एल सि को कारण झण्डै एक बर्ष देखि यो काम बैनिले नै सम्हाल्दै आएकि थिइ । गोठालो जानु अब दैनिकिनै बनेको थियो… निशा थिइ मेरो गोठालोको साथि । एक हिसाबले खुसिनै लाग्यो निशा शहर नपसेकोमा । म प्राय निशु भनेर बोलाउथे गाउमा मलाइ गोपि भनेर बोलाउथे तर निशा ले मात्र गोपु भनेर बोलाउथि ।
गोपाल बाट गोपि भए… अनि गोपि बाट गोपु भए निशाको लागि मात्रै ।
निशा र हाम्रो परिवारको सम्बन्ध त्यति राम्रो थिएन… पोहोर साल निशाको बुबा र हाम्रो बुबाको बिच कुलो को बिषयमा झगडा परेदेखि लगभग बोलचाल बन्द भएको थियो । तल्लो र माथ्लो घर भएका हामिमा भने बुबाहरुको झगडाले कुनै असर परेको थिएन । ठूलपोखरी चौर हाम्रो गाइबस्तु चर्ने चौर… धेरै अरुभाइ बैनि पनि गाइबस्तु चराउन जान्थे हामि भने ठूलपोखरी बाट पनि अझ माथि ठूलोलेक अझ कहिलेकाहि त कटुसे सम्म पुर्याउथ्यौ गाइबस्तुहरुलाइ । निशाको जुरे गोरुअलि छुच्चो थियो ठाडो पुच्चर लगाएर म्याराथुन दौड्डन्थ्यो कहिलेकाहि र मान्छेलाइ पनि हान्दिन्थो.. त्यसैले जुरे गोरुकोनिगरानि गर्ने जिम्मा मेरो थियो अनि अरुगाइबस्तु निशाको जिम्मामा । सदा जस्तै गए गोठालो… घरमाथिको चौतारोमा म पर्खिराखेको हुन्थे निशालाइ… उसले पनि गाइबस्तु फुकाएर ल्याइ… दुबैका गाइबस्तु मिसायौ एउटै ग्रुपमा… तिनेरु पनि निशा र म झै मिल्थे… सायद हाम्रा बा हरुबिचको झगडा थाह थिएन क्यारे तिनेर्लाइ… थाहा भएको भए तिनेरु पनि जुध्थे कि आपसमा…?
“निशु आज गाइबस्तु कटुसे पुर्याउनुपर्छ है” “अस्ति अबेला भोर आमाले कस्ति कराथिन चाढैनै फिर्नुपर्च है त गोपु” “ल.. ल… फिरम्ला क्यारे नि छ बजेतिर… अनि हिजो भन्या कुरा ल्याछेस् त ?” “के…!? “त्यै क्या हिजो हाम्रो प्लान बन्याथ्यो नि” “ए.. अँ ल्याछु त नि” “तैले पिसेको नुन खुर्सानि स्वादनै अर्कै लाउच क्या मलाइ” “होला खुब” काफल रुखभरी फलेका थिए… यसपाल त्यति धेरै असिना परेन… फलेका जति सप्पै काफल पाक्ने सुरमा थिए…. कटुसे पुगियो… गाइबस्तु जँगलमा चर्न थाले हामि काफलको खोजिमा पस्यौ । “ओइ निशु हेर त त्या कत्रो काफलको रुख रच!” “त्यो रुख ठूलो छ तँ चढ्न सक्दैनस क्या गोपु” “कत्रा कत्रा रुख चढियो जाबो त्यात्र रुख चढ्न सक्दैनस रे!” “तँ भनेको नै मान्दैनस त्यै पनि यो रुख सप्पै काचो मात्र छ काफल बरु उत्या हेर् न सप्पै पाक्या छ!”
“ए हो त रच…” “केसाँ टिप्नु नि?” “ला यो मेरो सलमा टिप्” सल फुकालेर दिदै भनि… “अलि बिस्तारै चढ् है गोपु” म रुखमा चढेर काफल टिप्न थाले.. निशु भुइमा बसेर एकटकले हेरिरन्थि माथि… “ला यो हागो त भूइमा बसेर टिप्” एउटा पाकेको हागो भाचेर तल फालिदिदै भने… उ भूइमा बसेर कुर्ताको पोल्टामा टिप्न थालि… “ओइ गोपु झर के अब पुग्यो” “पख् न एकछिन भर्खर त यत्ति भा छ” “धेरै खानु हुदैन क्या बिर्सिस अस्तिनै वाकेको ?” अस्ति धेरै खाएर वाकेको थिए… अतालिएको निशुको अनुहार झल्झलि आँखामा आयो.. तल भूइमा हेरे निशुपनि माथि मलाइनै हेर्दै रैछे… । “ल यो काफलको पोको समात हैत” “ल फ्याक” पोको निशुको हातमा फ्याक्दिए… समात्न नसकेर भूइमा खस्यो.. सायद गर्हौ भएर होला… म झरे र काफल खान लाग्यौ हामि समिको चौतारोमा… गाइबस्तु ठिक ठिक ठाउमा चरिरहेका थिए… निशुले काफलको पोको फुकालि अनि खल्तिबाट नुनखुर्सानिको पोको… “तैले क्या मिठो नुनखुर्सानि पिस्चेस नि हाम्ले पिस्दा चै किन यस्तो हुदैन हँ ?” “अब एउटि लिखौटि ल्या अनि त्यल्ले पिस्या झन मिठो हुन्च” “तँ पनि एउटा लिखौटेकाँ जा न त नुनखुर्सानि पिस्न” उस्को मुखबाट झर्न नपाउदै फर्काइहाले मैलेपनि… “जान्न जा के अर्चस? बरु तै ल्याइजे.. ह्वा तेरी आमालाइ कति दुख छ.. काम सँघाइदिन साथि त हुन्च!” नुनखुर्सानिले जिब्रो पट्काउदै भनि… “तै आ र सँघाए भै गोनि.. त्यस्तो दुख देख्ने मान्छेले त” उ चुपचाप काफल चपाउदै माथि आकाशतिर हेरेजस्तो गर्दै थिइ.. “ओए तलाइ कस्तो खाले लिखौटे मन पर्च?” मुखबाट फ्याट्टै निस्किहालेछ… “तँ जस्तै” हास्दै भनि “अनि तलाइ नि ?” “मलाइनि तै जस्तै !” मैलेपनि उस्तै फर्काए… “मेरो त दात कुड्डियो अब कत खान्न” उस्ले दाँत कटकट गर्दै भनि… “मनि खान्न.. यो चै घर लैजा त” “त लौजान्नस ?” “लान्न ब्यान बैनिले लग्या छे.. घाँस काट्न आउदा” दिन बितेछ… गोधुलि तिर फर्कियौ… घर माथिको चौतारो पुगियो.. अब हाम्रो बाटो छुट्टियो … गाइबस्तुहरु आआफ्नो गोठ तर्फ मोडिए… जेठ लाग्यो… बिहानै देखि आकाश धुम्म छ.. आकाशतिर घामको सानो टिकोमात्रै देखिएको छ । “अब त बर्खा लाग्यो.. यस्पाला त चाडैदेखि पानि पर्च जस्तो छ” खाना थप्दै आमाले भन्नु भयो । “आज बिकास को मोल लिन तल बजार सम्म जानु छ.. गोपि गोठालो जानु … त चै खेता मकैमा मोल हाल्ने बेला भा छ कि छैन हेरेर आउनु” बाले सप्पैलाइ ठिक ठिक काम अराउनुभो । बैनि स्कुल लागि म गोठालो लागे । चौतारोमा निशुलाइ कुरे उ आइन… सायद आज आउदिन होला एक्लै हानिए ठुलपोखरीको चौरमा… केहि छिन पछि निशु आइ.. “आज मलाइ नपर्खि आइचस.. जा तँ सँग बोल्दिन” ठुस्कुदै बोलि निशुले… “अझ पर्खेन रे! चौतारा आधा घन्टा कुर्दा पनि त आइनस… आउदिनस होला भनेर हिडे म त” “एकपल्न बोलाउन सक्दैनथिस?” “तेरी आमाले बोलाको थाँ पाए तँ सँग रिसौचिन भनेर नि” “सिट्टि फुकेर बोलाकोभे त म था पाइहाल्थे नि” “सरी नि त!” “भयो पुग्यो!” ठुस्किदै बोलि निशु… आकाश धुम्म त बिहानैदेखि थियो तर पानि पर्छ भन्ने चै लागेको थिएन… पर्नु थियो पर्यो अकस्मात.. आखिर पानिको धर्म पनि त चाहिएको बेलामा पर्नु रहेछ…। मुसलधरे पानि पर्यो.. गाइबस्तुहरु झन रमाइलो मानेर चर्दै छन्… चौतारोमा ओत लाग्न पुग्यौ निशु र म.. पिपलको साँघुरापातले मुसलधरे पानि ओत्न सकेन… सायद हामिलाइनै रुझाउन पो पानि परेको हो कि…? निशुले पटुकामा पच्छौरा बाधेरकि रैछे.. फूकालि र ओड्न थालि.. “गोपु आइज पच्छौरा ओड्न” “भैगो तँ ओड्न” “झन माया गरेर बोलाइराँछु आइज भनेको” “भो के म ओड्दिन” “तलाइ पानि रुझ्नु हुदैन भन्या हैन अस्तिनै..! तिन दिन बिरामि परेर स्कुल छुट्यको बिर्सिस?” मलाइनै पो ख्याल रैनछ म पानिमा रुझेसि बिरामि पर्छु भनेर कमसे कम निशुले ख्याल गरिराखेकि रैछ खुसीलाग्यो… उ नै मेरो नजिक आएर पच्छौरा ओडाइ.. हामि दुबै बाँधियौ पच्छौराको फन्कोले… म भाग्यमानि.. कि निशु भाग्यमानि… या त पच्छौरा भाग्यमानि… ?
पच्छौरा अलि छोटो थियो त्यस्ले निशु चपक्क टासिइ मेरो जिउमा…. मेरो कानमा उस्को स्वासको तातो हावाको रफ्तार बढ्दैगयो… कानमै मुख ल्याएर मसिनो आबजमा भनि.. “मैले त तलाइ आज पच्छौरा ओडाए तैलेचै मलाइ धुम्टो कैले ओडाउचस गोपु ?” मैले कहि बोलिन…. केहि नपढि परिक्षा दिन गएको बिधार्थिको हातमा प्रश्नपत्र परेपछि को अबस्था जस्तैमा थिए म.. खालि दिमाग… यदि उस्ले मेरो नाममात्रै सोधेको भएपनि म जान्दिनथे हूला आफ्नो नाम… मेरो काधमा टाउको राखेर बसिरहि निशु… म त मुर्ति भएको थिए… पानि रोकियो… गाइबस्तु जिउ तन्काएर पानि तैर्याउदैथिए जिउबाट… निशु पानि निचोर्दै थिइ पच्छौराबाट… म लठ्ठिकाट्न लागे झाडितिर.. खुर्पा बज्रियो र बुढिऔलोमा कट्यो.. “ऐया निशु” मुखबाट सधै ऐया आमा निस्कन्थ्यो तर अनायस निशु निस्कियो.. कतै दबेर बसेको मायाको खिट्टको निस्केकोपो हो कि …? निशु अतालिदै आइ… मुठ्ठिले कस्दा कस्दै पनि औलाबाट रगत चुहियो… “हेर कस्तरी काटेच… तलाइ लठ्ठिकाट्न कस्ले भनेको थ्यो हँ?” रुन्चे स्वरमा भनि… छेबैमा रहेको सेतोबनमासा हातमा मिचि.. दुइतिन थोपा मेरो काटेको ठाउमा चुहाएर पच्छौराको फेरो च्यातेर मेरो औलामा पट्टि बाधिदिइ… मेरो आँखामा अनायस आँशु भरिएछ.. निशु त पहिल्यै देखि रुदैथिइ.. काटेको चोटले पनि हैन.. बनमासाको झोलले चहर्याएर पनि हैन.. खै कुन पो तत्वले आँखा भरिए झचल्किएर पोखिएछ…? घर फर्कियौ… खाना त्यति रुचेन.. “पानिमा रुझेर बिरामि परिस् कि क्या हो गोपी ?” आमा फतफताउदै हुनुहुन्यो.. निन्द्रा पर्दै परेन.. बैनि अर्थशास्रको बजारका नियमहरु घोकेर निदाइसकेकि थिइ.. दिनभरका घटनाहरु एकाएक आँखिमा आइरहे… “मैले त तलाइ पच्छौरा ओढाए तैले मलाइ घुम्टो कैले ओढाउचस् गोपु ?” निशुको यो आवाज कानमा गुन्जिरहे । हात काटेको… निशु अतालिदै रोएको… मेरो हातमा पच्छौरा च्यातेर पट्टि बाँधिदिएको… एउटा मिठो सपना जस्तो आँखामा निरन्तर नाचिरहे… निशुप्रतिको अव्यक्त माया कतै टुसाएर शुशु प्त रहेछ क्यारे… क्षणमै हुर्कियो.. पात पलायो.. हाँङ्गा हाल्यो बालेश्ररी चौतारोको बढेमाको समिको रुख भन्दा कति हो कति ठूलो रुख बनेर मायाको छहारी दिन थालिहाल्यो । अब साँच्चै निशुलाइ माया गर्न थाले.. कहिले भोलि गोठालो जानेबेला हुन्छ झै लाग्न थाल्यो.. असार लागिसकेको थियो । अब गोठालो जानेकाम लगभग लगभग ठप्पनै भैसकेको थियो.. धमाधम रोपाइ सुरु भयो.. खेत यस्पाला प्रस्सत पानि परेको हुनाले झगडा हुन पाएन बाको निशुको बुबाको । आफ्नो खेत रोपिसकेपछि अरुकोपर्म तिर्न म नै जान्थे.. निशुपनि आफ्नो पर्म तिर्न उसैगरी आउथि.. हिलोखेल्न रमाइलो हुन्थ्यो.. म हिलो झ्यापेर निशुलाइ जिस्काइरहन्थे.. उ रिसाएर जस्तो गरिदिन्थी.. झन राम्रि देखिन्थि उ रिसाउदा… असारको अन्त्य तिर ठूलाघरेको मेलाबाट फर्कदै गर्दा रिजल्ट निस्किएको हल्ला भयो। माइलाकाकाको नोकिया मोबाइलबाट पहिले निशुको रिजल्ट हेर्न म्यासेज पठायौ.. निशा भट्ट कम नेपालि 68 कम म्याथ 70 . . फस्ट डिभिजन.. निशु पास भई… रमाउदै थिइ । अब मेरो पालो आयो… निकै डर लाग्यो म्याथ बिर्गिएको नै थियो रिजल्ट आयो गोपाल पौड्याल कम नेपाल 70 कम म्याथ 28 . . फेल… म फेल भए… जे को डर थियो त्यै भयो.. रोएछु आँसु निकालेर.. यसभन्दा पहिले पनि फेल भएको थिए तर कहिलै रुन आएन आज खै के ले आशु खस्यो…? निशुपनि त्यति खुसि थिइन मलाइ सम्झाइरहि बाटो भरी.. घर पुगे.. मुख पो कसरी देखाउनु निकै दुख लाग्यो फेल भएकोमा.. मेरो अनुहार देखेरै घरमा थाह पाइसक्नु भएछ रिजल्डको बारेमा… “अब ध्यान दिएर पढ् पास भैहाल्छन नि एक मैनामा” आमाले मलिन आबाजमा भन्नु भयो । अब त म पुरै आवाज निकालेर रुन थालेछु… खान खानै मन लागेन जुठो मुख गरेर सुते पुरक परिक्षा को मिति आयो.. घरमै बसेर पढ्न थाले बैनिको बर्खेबिदा भएको थियो त्यति काम गर्नु परेन घरको । बेलुका एक गाग्रि पालि ल्याइदिउ भनेर धारमा गए । निशु पनि आएकि रहिछ.. “तँ धारामा आउछस भन्ने मलाइ थाह थियो” मलिन आवाजमा बोलि निशु.. “किन ?” “शहरबाट दाइ आका छन मलाइ लिन भोलि जानेरे” मन खिन्न भयो “जा न त अब हाम्लाइ बिर्सिहाल्छेस नि शहर गएपछि” “जे पायो त्यइ नबोल है भन्देको छु” ठुस्किदै भनि “बरु तँ नि पुरक पास गरेर शहरमै आइजन है” “तेरा पो शहरमा दाइ छन र मलाइ त स्कुलको प्लस टु मा पढाउने भन्या छन बाले” “माइलो काकाको फुनमा फुनमा फुन गरिराख्छु नि म है गोपु” सुक्क सुक्क गर्दै भनि… म मौन भए.. पानि बोकेर सँगै फर्कियौ.. छुट्टिने बेलामा मैले भने “राम्रो सँग जा नबिर्सेस् है हाम्लाइ” उ केहि बोलिन.. मनमा एक किसिमको चिसो पस्यो…. पुरक दिए.. दश दिनमै रिजल्ट आयो.. पास भए । स्कुलकै प्लस टु मा भर्ना गरे नेपालि मेजर लिएर । दशै आयो गाउमा लिङ्गे पिङ हालियो..जताततै रमाइलो.. मन भने त्यति धेरै खुसि भएन । फुलपाति आयो.. शहर पढ्न गएका सबै फर्किए । तल रोडमा गएर बसिराखे…निशुलाइ कहिले देखुला भैराखेको थियो उ पनि आइ… पुरै परिबर्तन भइछे निशु.. झण्डै चिन्नै नसक्नै गरि.. कपाल पुरै रङ्गाएकि रैछे म हेरेको हेरै भए । उस्ले पनि देखि मुसुक्क मुस्काइ मात्र । जवाफमा मैले पनि मुस्काइ दिए कुरा हुन पाएन । भोलिपल्ट बेलुकि धारामा भेट भयो.. त्यति ध्यान दिइन उस्ले.. बोल्न नखोजेको जस्तो मानेर मैलेपनि बोलाइन । सुत्ने बेलामा पुराना कुराहरु एकाएक आइरहे आँखामा मन चिसो.. भयो आँखा त पहिल्यै चिसो भैसकेको रहेछ । न उस्ले कहिल्यै माइला काकाकोमा फुन गरि अब त मलाइ बिर्सिछ भन्ने लाग्यो । शहर पुगेपछि मान्छे फेरिन्छ भन्थे.. सायद मेरी निशु पनि फेरिइ कि.. ? म फेरी उस्ले गोपु भनेको सुन्न चाहन्थे… उस्ले माया देखाओस भन्ने चाहन्थे.. । नवमिको दिन पिङ खेल्ने ठाउमा समान्य बोलचाल मात्र भयो । बोलि पनि त फेरीएछ नि उस्को..! टिकाको पर्सिपल्ट निशुहरु शहर गएको कुरा बैनिले सुनाई । दशै सकियो तिहार आयो.. तिहारमा निशु गाउ आइनन्.. दाजु उतै भएकाले उतै तिहार मनाए भन्ने सुनियो.. चैत लाग्यो गोठालो बाट फर्किए.. खाना थप्दै आमाले भन्नु भो “माथ्लाघरकि निशे एउटा लफङ्गो टिपेर हिनिछ भनेर गाँउभरी गरिराछन ठिक्क भो असतिलाइ पोहोर कुलोमा झगडा गरेको काँ बिर्स्या छु र !” मन अमिलो भो.. बान्ता होला जस्तो भो.. खाना त्यतिकै छाडेर लोटा टिपेर चुठ्न निस्किए.. रातभर निन्द्रा लागेन । बिहानपख निदाएछु… सपनामा निशु रोईरहेको देखे बिहान अबेर उँठे.. कलेज जानु थिएन… शनिबारको बिदा । शरिरमा जागर थिएन… बिरामि भएर भर्खर उठेजस्तो… बिहानको भात खाएर गोठालो लागे मन नलाग्दा नलाग्दै… अब चौतारोमा निशुलाइ पर्खनु थिएन… सुरु सरु लागे । गाइबस्तु आफ्ने घुनमा चर्न थाले… बालेश्वरीको समिको चौतारोमा बसे… पुराना कुराहरु सम्झिए… आँखा धमिलो भयो… झेवैको काफलको रुखमा लटरम्म काफल फलेको थियो… बुढिऔला तिर हेरे खुर्पाले काटेको खत अझै बाँकि रहेछ….।।
https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता_वार्ता:Govind_Mani_Bhatt Govind Mani Bhatt (कुरा गर्ने) ०१:५६, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
कथा: आज फेरि उन्को काखमा
[सम्पादन गर्नुहोस्]बिहानै देखि आकाश धुम्म थियो… अलि अलि रापिनु बाहेक कै उत्पति गर्न सकेन घामले… दिनभर बाक्लो बादल घाम बिचको लगातार लुकामारीको क्रम दिनभर नै चलिरह्यो । काठमाण्डौमा जाडो बढ्दो थियो… पुषको महिना… नबढोस पनि कसरी ? तिन दिन देखिको लगातार सुर्यको दर्शन पाउन सकिएको थिएन… जाडो थप बढ्ने स्पष्ट सँकेत… मात्रै पाँच बजेपनि अध्यार्री सकेको थियो काठमाण्डौ… थकित मुद्रामा डेरामा पुगे… गरिमा तरकारी केलाउदै रैछे… तर्कारी पनि के भन्नु ?? गनाएको काउलि… बिहान काउलि.. बेलुका काउलि… आजित भैसकेको थिए काउलिबाट… अरुमुख फेर्ने पनि कसरी ? सस्तो त्यै थियो… बिस रुपया किलो.. चालिस रुपया धार्नि.. एक हप्ता गोदाममा राखेर पहेलिएको… अमिलो गन्ध आउने… “कै भयो त ?” गरिमाले पुलुक्क मुखमा हेर्दै सोधि.. म चुपचाप बसे या आबश्यक ठानिन जवाफ दिनुको… बाहिर धारामा गए… हातखुट्टा धोएर ओच्यानमा पल्टिए… गरिमा तरकारी पकाउने तयारी गर्दै थिए गर्दै थिइ । मोवाइलमा नोकिया टोन बज्यो… रमेशको फोन रहेछ… नोकिया 3110 को हरियो बटन दबाए मन नलाग्दा नलाग्दै… “अँ भन” “कुरा के भो ?” “के भो भन्नु यार सात हजार भन्दा दिन सक्दिन भन्यो” “अनि तैले के बिचार गरिस त?” “खै यार अब त्यै भएनि गर्नु पर्ला” “ए ल ल काम राम्रो गरिस भने बढाउछ चिन्ता नगर” “खै यार ल ल” “ल बाइ बेल्का मिल्लो भने तेरै कोठाबाट आउछु ल ल”
केहि बुझे जस्तो गरि गरिमाले सोधि “कस्तो फोन” “रमेशको” “कुरा मिल्यो त” “जाबो सात हजार तलब भा को जागिर नि के खानु ? त्यो पनि बिहान नौ बजेदेखि बेलुका सात बजेसम्म खट्नु पर्ने रे !” “अनि के भन्दिनु भो त ?” “आउछु भन्दिए अहिले त्यै गर्दै गर्नु पर्यो अन्त कतै राम्रो पाइएछ भने छोडौला ” “काम चै के मा नि ?” “फाइनान्समा पैसा उठाउने एउटा साइकल दिन्छु भनेको छ” “ए ए” गरिमा तरकारी पकाउन लागि.. मनभरी कुराहरु खेलिरहे.. ******** झण्डै एक बर्ष पुग्न आटि सकेछ गरिमालाइ बिहे गरेको बिहे गरेको त के भन्नु… ल्याएको… गाँउमा बुबाको नाक काटिएछ… मलम पट्टि गर्न भनेपनि गाउकै मन्दिरमा फेरी अर्को पटक बिहे गर्यौ सङ्गै बस्न थालेको बिस दिन पछि । उस्को घरबाट त हाम्रो सम्बन्ध लाइ अझै स्विकारिएकै छैन… मेरो घरबाट पनि स्विकारीएको थिएन… इज्जत जोगाउनकै लागि बुबाले बोलाएर गाउकै मन्दिरमा सिन्दुर हाल्न लागाउनु भयो । उस्को पनि आमा पट्टिका ठूल्वा आए टिका लगाइदिन… त्यसपछि घरमा सम्बन्ध त्यति धेरै समधुर छैन । उ पनि पहिलो बर्ष पढ्दै गरेकि.. म पनि पहिलो बर्ष पढ्दै… आलाकाचा नै रहेछौ क्यारे… त्यै भएर त दाल भातलाइ यति धेरै सँङ्घर्ष गर्नु परिरहेको छ । झण्डै 3 बर्ष देखि प्रेममा थियौ हामी… उस्को घरमा थाह भएछ… छाड्न लाइ दवाव आएछ… अनि हामी बाधियौ एकै जिन्दगीमा… कसैले छुटाउन नसक्ने गरि…
साच्चै गाह्रो थियो काठमाण्डौ मा गुजारा चलाउन । लगभग घरबाट पैसा आउन ठप्प भैसकेको थियो । आओस पनि कसरी? बुबाको दश हजारको तलबले घर चलाउनै पर्यो.. भाइ पढाउनै पर्यो । म सँगको चरम असन्तुष्टि बुबाकमा भाइलाइ पढ्न म सँग काठमाण्डौ नपठाइ चितवन पठाउदा देखिएको थियो । निकै बिजोक सँग जिबन चलाइदै थियो काठमाण्डौमा । 7 8 हजार भन्दा माथिको जागिर असँभब थियो काठमाण्डौमा बत्ति पानि डेरा भाडा गरेर 4 हजार घरबेटिको हातमा थमाउनु पर्थ्यो… बाकि 3 हजारमा कसरी जिन्दगी चलाउनु? पढ्नु त छदैछ । बिहेपछि एकजोर राम्रो कपडा किन्न पनि सकेको छैन गरिमालाइ…. तरकारी पाकिसकेछ । कुकरमा चामल हाल्दै थिइ गरिमा । चामल राख्ने ड्रममा टङ टङ आवाजले झस्किए… लौ चामल सकिएछ अर्को दुर्घटना हुनेवला छ । पखालेर चुलोमाथि राखेर ग्यास बालि र खाटमा आएर बसी ।
“चामल सकिएको हो नानु” “अँम 2 दिन जतिलाइ पुग्छ होला” मलिन आवजमा भनि उस्ले… “मैले तिमीलाइ कहिल्यै सुख दिन नसक्ने भए है” अनायसै आँखा भरिएछ… “हामी सँगै छौ यो भन्दा अरुसुख के हुन्छ र ?” मेरो कपाल सुम्सुमाउदै भनी गरिमाले… उस्कै काखमा रोईदिए… धित मरुन्जेएल… उस्ले आशु पुछिदिदै के के भन्दै सम्झाउदै थिई । साझ पर्यो खाना खायौ । जाडो निकै बढेको छ… सिरक अलि पतलो छ बाक्साबाट 2 ओटा तन्ना झिकी गरिमाले त्यै सिरकमा खापेर जाडो खेपौँ ।
जाडो बिदा सकियो अब कलेज जानुपर्छ बिहानै । म दिउसो काममा जानुपर्छ.. गरिमालाइ डे सिफ्टमा हालिदिएको थिए… बिहान खाना बनाएर खुवाएर म काम मा गएपछि कलेज जान्थि गरिमा । जुत्ता छैन जुत्ता किनिदिनु पर्छ भनेर पहिल्यै देखि भन्दै आएकि थिई… काममा जानेबेलामा 1500 हातमा थमाउदै जुत्ता किन्नु भनेर काममा लागे… आज त जाडो झनै ठिहिर्याउदो छ । दिनभर साइकल पेल्नु पर्ने भएकाले जाडोको त्यति मतलब हुदैन थियो । दिनभरको थकाइले लखतरान हुदै डेरामा पुगे । कोठा अझ्यारो थियो बत्ति बाले गरिमा बाहिर धारामा पानि भर्दै थिइ । टेबलमा दुइओटा पलाष्टिकको झोला रहेछ खोलेर हेरे एकजोर लेडिच चप्पल एकजोर मोजा र अर्को झोलामा एक जेन्स ज्याकेट थियो… म अकमक्कमा परे पानिको बाल्टि लिएर भित्र पसी… गरिमा उस्को अनुहार पुलुक्क हेरे… खुसि रेखाहरु स्पष्टै देखिन्थ्यो ।
“ज्याकट लगाएर हेर्नु त ठिक हुन्छ कि हुदैन ?” “अनि तिम्लाइ जुत्ता ?” “जुत्ता किनिन मैले चप्पल र मोजा किने.. अलिकति पैसा थपेर तपैलाइ ज्याकेट ल्याइदिएको नि” म अवाक भए… घाटिमा के आएर अड्किए जस्तो भयो बोल्न खोजे आवाज निस्किएन । “मलाइ जुत्ता भन्दा पैले तपैलाइ ज्याकेटको आवश्यकता थियो… त्यै भएर ल्याइदिएको नि।” पिन्चे म आशु खसिहाले आँखाबाट.. आज फेरी एकपटक उस्को काखमा धित मरुन्जेल रोए ।।
https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता_वार्ता:Govind_Mani_Bhatt
Govind Mani Bhatt (कुरा गर्ने) ०२:०४, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
एक अंश…….. दिपसरा बाट
[सम्पादन गर्नुहोस्]एक अंश …..
आकास बिहानै देखि धुम्म थियो। अक्सर बर्षाका दिनहरुको बिहानी यसरीनै सुरुबात हुनेगर्दछ। यो बर्ष त्यति धेरै पानि पर्न सकेन भनेर रेडियोहरुले फुकिरहेकै थिए। सँगै वाडी र पहिरोले यहाँ यति क्षति उहा यति मानिसको मृत्यु …. यस्तै यस्तै समाचार प्रसारण गर्नु नित्यकर्म थियो रेडियोहरुको। राती अबेर सम्म अनिदो वसेर तयार पारिएको डकुमेन्टका फाइलहरु असरल्ल छरिरहेका थिए टेवलमा । सायद अवेरसम्मको अनिदोले होला अलि अबेरसम्मनै सुतिएछ ।
टेवलमा छरपस्ट छरिएका फाईलहरुले झस्काउछ … आज कम्पनीको एकदम जरुरी मिटिङ …. त्यसैले सदाभन्दा चाडै अफिस जानुपर्ने ।
नित्यकर्मलाइ छोट्याएर पुरा नगरीसक्दै घडिका सुईहरुले सात बजाई सकेको हुन्छ । हतार हतार फाईलहरु सम्हाली ब्यागमा राख्छु । ओभरकोट लगाएर निस्कछु सदाझै उहि कर्म क्षेत्रमा । अफिस पुग्न मात्र पाच मिनेट हिड्ने बाटो बाकि थियो। चिसो चिसो सिरोटो जोडसँग चलिरहेको थियो ….. सँगै फुस्स फुस्स पानीका बुदहरु छरिरहेका थिए कनिका छरिएजसरी। छाता खोलेर के ओड्न लागेको थिएँ ..हावाको एक झोक्का मडारिदै आएर मेरो छातामाथि ठेकियो । अनि उल्टियो छाता पृथ्वी उल्टीएझै… अनि भाँचियो कच्याक्क । लौ फसाद पानिका बुदहरु त्यति बेलासम्म ठूला ठूला थोप्ला भई पृथ्वीमा बजारिदै फुट्दै थिए । पानी निकै जोडसँग परिरहेकोले अधि बड्ने स्थिति थिएन। नजिकै रहेको चौतारोमा अडिए। एउटी अपरचित महिला पनि त्यहि चौतारोको शरणमा रहिछन।
उनी निकै आकर्षक थिइन्। …यि आँखाहरु हेरेकोहेरै भएछन एकोहोरो । सायदै मलाइ कुनै महिलालाइ यसरी पहिले कहिल्यै हेरेको थिए । उनको कपालबाट पानीका थोपाहरु तर्किएर झरिरहेका थिए । यसले उनको सुन्दरतालाइ झन गाडापन थपिरहेको प्रतित भइरहेको थियो । सायद एक अपरिचित व्यतिले एकोहोरो हेरेकोले हो उनले अलि अफ्टेरो मानेको उनको अनुहारले बताईरहेको थियो । ……. तिनीसँग कुराकानीको क्रम सुरु गरे….. उनी भन्दैथिईन ” हाइ! म दिपसरा ”
रिदम आभाको उपन्यास #दिपसरा बाट …….. Govind Mani Bhatt (कुरा गर्ने) ०२:२५, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
“हराएको कानुनलाई नेपाल आमाको पत्र”
[सम्पादन गर्नुहोस्]हराएको मेरो कानुन, तिमीलाई लाख लाख सम्झना !
धेरै खोजे गाउँ-बस्ति, गल्लि-पेटी हुदै सडकदेखि उच्च सदनसम्म ! झुपडी देखि महलसम्म, छाप्रे होटल देखि पांच तारे होटलसम्म ! अझ भनु, नेपालका कुना काप्चा, कन्दरा, भिर-पाखाहरुका हरेक ठाउँहरुमा ! तर पनि खै किन हो तिमीलाई काही फेला पार्न सकिन ! कतै लुकेका छौ भनेर अध्यारो बस्ति भरि खोजे, कतै रमझममा पो भुलेका छौ कि भनि सहरका झिलामिलाउदा बत्तीहरुमा खोजे र पनि भेटिन ! त्यसैले, अन्तिम उपाय स्वरूप यो पत्र कोर्दैछु, तिम्रो नाउमा ! झुक्किएर पढी हाल्छौ कि भनि झिनो आशा लिएर !
कानुन, तिमीलाई मैले कहिल्लै आफ्नो भनि आफ्नो बनाउन सकिन ! पिता पुर्खाहरुले छोडेर गएका ति इतिहासका पानाहरुमा अनि ताम्र पत्रहरुमा कोरिएको रहेछ, कि “कानुनलाई सधै सम्मान गर्नु ताकी, उसले सधै तिम्रो रक्षा गर्नेछ !” त्यसैले उही दिव्यज्ञानलाई अनुसरण गरि तिम्रो सम्मानमा सधै यी शिर झुके ! तर खै तिमी कहाँ छौ ! किन मलाइ अलपत्र छोडेर तिमी लुक्यौ, कि भाग्यौ कि मार्यौ ? म रक्तपिपासुको फन्दामा परि बलत्कृत हुदाँ मेरो चित्कार किन सुनेनौ ? किन सुनेनौ, म आफ्नै घरमा लुटिदाको चित्कारलाई ! के कमि थियो मेरो सम्मान र सद्भावमा ? तिमीले त मेरो रक्षा गर्छु भनि सफथ लिएका थियौ रे नि, खोइ त्यो सफथको लाज राखेको तिमीले ? आफ्नो दायित्वलाई भुलेर किन, लात हान्यो ? म डलरमा बेचिदा, मेरो शरीर भरिका एक एक थोपा रगत, मानवरुप धारण गरेका व्वांसाहरुले चुस्दा अनि मेरा शारिर लुटिदा पनि तिमीले मौन रही टुलुटुलु हेरेर, किन बस्यौ ? दिउसै मेरो इज्जत लुटिएर धुजा धुजा हुन्छ यहाँ ! रक्षाको लागि म चिच्याउछु कराउछु ! तर मेरो चित्कार न त तिमीले सुन्यौ न त अरुले नै !
अनि, किन बोल्दैनौ, मेरा सन्तानलाई हिंश्रकहरुले गोलि हानी छातीमा, छियाछिया पारी मृत्युको काखमा सुम्पदा ? के मेरो काख यति बुषालु थियो र म आफ्नै सन्तानलाई बेकाख पारूँ ? मेरो सन्तानलाई आफ्नै आँखा अगाडी मृत्युवरण गरीरहेको, म कसरी हेर्न सकूँ ? प्रत्येक दिन म लाचार भएर मेरा आफ्नै सन्तानलाई त्यो डर लाग्दो मरुभूमिमापसिना बगाइरहेको कहिलेसम्म हेरुँ ? किन झकझकाउदैनौ तिमी, ति ममाथि उभिएर राज गरिरहेका नौटंकी बज्रस्वाँठहरुलाई ? तिम्रो नाम लिएर मेरो लिलामी गर्दा, म आफ्नै मलामी हुन्छु तर पनि तिमी चुप लागेर बस्छौ, आखिर कहिलेसम्म ? के मेरो छाती तेती सानो छ, म आफैमा यहाँ नअटाउ ? होइन, मेरा सन्तानहरु प्रसस्त खेल्न सक्छन मेरै छाती भरि तर पनि खेल्न पाउदैनन ! बाध्य छन् अर्काको देशमा पिसाचहरुको गुलामी भएर पसिना चुहाउन ! के उनीहरुको पसिनाको मूल्य तेत्ति मात्रै हो त ? किन सम्मान हुदैन उनीहरुको श्रमको ? किन आफ्नै माटो भिजाउन पाउदैनन् उनीहरुका मलिलो पसिनाले ? जवानी, पसिना र श्रमको अवमुल्यान कहिलेसम्म ?
सुनेकी थिए तिमी त कसैलाई काख अनि कसैलाई पाखा गर्दैनौ रे नि ! तर किन मलाई सदियौदेखि पाखाको पाखै राख्यौ ? तिम्रो स्वारुप सिर्फ तराजु लिएर आँखामा पाट्टी बाधिएर उभिनु मात्रै हो त ? तिमीले न्याय दिन, आँखा खोल्नु पर्छ कि पर्दैन ? न्यायिक रुपमा सबैलाई समान तरिकाले हेर्नु पर्छ कि पर्दैन ? कि तिमी त्यो किताबको थाकमा कोच्चिएको हरफ मात्रै हौ, जसलाई रटेर दिमागमा सेटिंग मिलाउनलाई मात्रै राखिने हो ? सुनेकी थिए तिमी त हर चिज भन्दा माथि छौ रे ! सबैलाई आफ्नो बसमा पार्न सक्छौ रे ! कसैको दृष्टि नपुगेको अध्यारोमा पनि तिम्रो दृष्टि पुग्छ रे ! किन देख्दैनौ देश लुटिएको ? किन देख्दैनौ देश पग्लिएको ?
अन्त्यमा,
तिमी जहाँ छौ आउ ! अनि आएर आफ्नै ठाउँमा बसेर राज गर ! लुकेर बसेको छौ भने बाहिर आउ ! आँखा बन्द गरेर बसेका छौ भने आँखा खोलेर आउ ! तर जसरी हुन्छ मलाई र मेरा सन्तान अनि मेरो देशलाई बचाउन आउ ! मेरो बलत्कृत चित्कारलाई सुनेर आउ, मेरो शरिरिक पीडालाई छामेर आउ ! पराइ मुलुकमा बगाईरहेका मेरा सन्तानका पसिना अनि पिसाचहरुको होहल्लाले बिउझेर आउ ! म छाती पिटीपिटी रोएर बाच्न सक्दिन सक्दिन, सारालाई त्यागेर मर्न पनि सक्दिन ! किन कि मेरो छाती माथि आशाहरु फुलेका छन् ! सन्तानका आशाहरुलाई मारेर म मर्न सक्दिन ! फेरी, सन्तानले न्याय माग्दा, कहाली लाग्दो मृत्युवरण गरेको हेरेर वाच्न पनि सक्दिन !
तिम्रो प्रतिक्षामा मेरा कहाली लाग्दा हरेक पलहरु बित्नेछन, तिमी सकुसल आउने आशामा !
उही तिम्रो नेपाल आमा !
https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता_वार्ता:Govind_Mani_Bhatt Govind Mani Bhatt (कुरा गर्ने) ०२:३६, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
शुनकोशिले दुखाउदा अलिकती राहत दिन सकिन्थ्यो कि !?
[सम्पादन गर्नुहोस्]२०७१/०४/१७ गते शनिवार बिहान पशुपती दर्शन गर्न भनी यसोदा दिज्यु, साथी तनु लगायत म जादै थियौ ! गाडिमा अचानक थाह भो कि शुनकोशीलाई पहिरो ले छेकेर ताल बन्या कुरो अनि कतिको घरबार नाश्ट भको अनि जनधनको क्षति भएको बिपत्तिको खबर थाह भो ! पूजा गर्ने मन कहाँ बाट आउथ्यो र अब ! कसो भयो, के भयो भन्ने मनमा एक प्रकारको हुरि चल्न थाल्यो !
पूजा गर्दै गयौं तर मलाइ किन किन भगवान्को नाममा भेटी चढाउन मन भएन ! बरु त्यो भेटीलाई ती दैवी प्रकोपमा परेका पिडितसम्म पुर्याउन पायो भने त्यही धर्म अनि त्यही पुन्य प्राप्त हुन्थ्यो भनी मनमा कुरो खेली रह्यो तर गर्ने कसरि र के भन्ने छुट्याउन सकिन !
दर्शन गर्नु भन्दा पहिला पर्शु साथिले भन्नू भाथ्यो कि, भगवानलाई भेटी चढाउनु भनेको भगवानलाई भ्रस्ट्चार गराउनु हो ! एक प्रकार ठिक लाग्यो, पुन्या कमाउनु छ भने राम्रो काम गरेर किन नकमाउने नि ! किन पैसो चढाउनै पर्छ र ? भन्ने भो त्यसपछी झन ! अनि रित्तो हात दर्शन गरे ! खाली उनै पिडितलाई मनमा राखी प्रार्थना गरे उद्वार होस भनी !
एक प्रकारको द्वन्द चलिरह्यो मनमा दिनभरी ! नेपाली सेनाले जहाज मार्फत बिरामिको उद्वार गर्दै थियो, यता मनमा एक खाले बाढी गड्गडादै थियो ! TV हेर्दा नि उहीँ पिडित्को चीत्कार ! उफ्फ ! मन तेसै आत्तियो !
अब एक प्रकारले मनमा अठोट नै लिए कि जति सक्छु पिडितको नाममा सहयोग पठाउछु ! तर कसरी भन्ने कुरो थाहा थिएन ! ट्विटरमा नि कुरो उठाए तर एक जना पर्शु साथिले मात्रै चासो दिनु भो !
खुशिको सिमा त्यो बेला रहेन जब नेपाली गायिका आस्था राउत दिज्युले यस्तै प्रकार बिपत्तिमा परेकाको लागि भनी नबिल बैंकमा खाता खोल्नु भएछ ! उहाको अभियान थाहा पाए अनि मनमा शान्तिको सास थोरै भए पनि फेरे ! किन किन बाटो नपाएर भौतारिए झै भाथ्यो मलाइ ! धेरै सहयोग गर्न नसके नि, कमसेकम सक्ने सहयोग गर्न त सक्छु नि ! म जस्ता धेरै साथिहरु होलान भनी फेरि यो ब्लग लख्दैछु, आत्मिय प्रिय मित्र छड्केको सल्लाहमा !
आपतबिपतमा परेकाका लागि भनी सहयोग गर्ने कदम्को थालनी गर्नु भएको छ उहाँले ! अनि धेरथोर साथ दिने हातहरु पनि भेटीइसकेको छन ! त्यही हातमा हातेमालो गरि आफुले सक्ने सहयोग गर्न सकिन्छ कि भनी उहाँ मार्फत बिपतमा परेका सम्म पुर्याउने आफैबाट सुरुवातगर्न मन लाग्यो ! अनि नजिकका साथिहरुलाई भने कि "जती सकिन्छ तेत्ती सहयोगलाई एक मुस्ट जम्मा गरि पठाउ !" सुरुवातमेरै स्टाफहरुबाट भयो !
अब तपाईं बाट पनि आशा लिएकी छु ! धन भएर पनि मन नहुनेको त के नै लाग्छ र तर धन नभए पनि मन हुनेले जति सकिन्छ तेत्ती सहयोगको हात लम्काउन अवस्य सकिन्छ ! यदि सिधा आस्था राउत दिज्युको नाममा रहेको खातामा जम्म गर्न चहानुहुनेलाई खाता नम्बर छ, नबिल बैंक 4810017502375 मा जम्मा गर्न सक्नुहुन्छ ! होइन हामी मार्फत पठाउन चहानुहुन्छ भने पनि सिधा सम्पर्क गर्न सक्नुहुन्छ ! ९८१८९४७०६५ मा !
कस्ले कति जम्म गरे भनी आस्थ दिज्युले रेकर्ड राख्नु हुनेछ अनि सामाजिक सन्जाल मार्फत नै सार्वजानिक गर्नु हुनेछ ! किनकी सामाजिक सन्जाल मार्फत गरिएको कार्यलाई यहि मार्फात उजागार गर्नु पर्छ भन्ने मान्यता बुझिन्छ !अनि कहाँ, किन, कति र कसरी सहयोग गरियो//खर्च भो भन्ने जानकारी नि प्रदान गर्नु हुनेछ सामाजिक सन्जाल मार्फत नै !
अहिलेको हाम्रो प्रमुख अभियान भने शुनकोशी दैवी प्रकोपमा परेकालाई सहयोगार्थ रकम र जिनिस सन्कलन हो ! दिर्घकालिन रुपमा यसलाई भने लागिने नै छ ! साथ हाम्रो, अगुवा आस्था राउत दिज्युको ! जो नेपाली साङितिक जगतमा एक उदाउदो तारा हुनुहुन्छ अनि एक्दम मनकारी र जिनियस पनि हुनुहुन्छ ! यसैले पनि उहाँ प्रती पुर्ण विश्वाश छ कि, यो सुरुवाती कदम सफल हुनेछ ! जहाँसम्म पुग्नु पर्ने हो त्यहीँ सम्म पुग्नेछ हाम्रो सहयोग !
विश्वास बिना कुनै कार्य गर्न सम्भव हुन्न ! जजस्ले मलाई अनि आस्था दिज्यु र उहाँका टिमलाई विश्वाश गर्नु हुन्छ तपाईं को सहयोग खेर जाने छैन ! मरि लानु के छ र दुई चार दिन बरु थोरै खाजा खाउ, फुर्मासी खर्च नगरु तिनलाई वचाएर राखी सामाजिक कार्यमा मिसाउ यो भन्दा पुण्यको काम अर्को के नै हुन्छ र !
थोरै थोरै गरि जम्मा गरेकी थिए सानो खुत्रुक्केमा त्यसैलाई तोडेर जम्मा गरे मैले पनि ! अब तपाईको सङ्ग मिसाएर स्वयम् भेट्न जान्छु आस्था दिज्युलाई !
अस्तु !
मन्दिरा राई भोजपुर ठुलोदुम्म हाल : काठमाडौं बिद्यार्थि लागयत सामान्य कर्मचारी
https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता_वार्ता:Govind_Mani_Bhatt
Govind Mani Bhatt (कुरा गर्ने) ०३:०१, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
पुरुषलाई थाहानहुने महिलाका गोप्य कुरा
[सम्पादन गर्नुहोस्]तपाईलाई लाग्न सक्छ मलाई मेरी श्रीमती र प्रेमिकाले सबै कुरा बताउछिन् तर तपाईं ढुक्क हुनुहोस उनले आफ्ना सबै कुरा तपाईंलाई कुनै पनि हालतमा बताएकी हुँदिनन् । भनिन्छ पुरुषलाई महिललाले बुझन सक्दैनन् तर सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्यनले देखाएको छ । महिलाले यस्ता कुरा सधै गोप्प राखने गरेको पाइएको छ । १.अर्काे महिलालाई मन पराउने सामान्य रुपमा मान्यता छ एक महिला अर्काे महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्काे महिलालाई मन पराउछन् । उनीहरुले अर्काे महिलाको साैर्दर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ । २. पुर्व प्रेमी प्रति चासो महिलाहरुले आफनो पुर्व प्रेमी प्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइ फेण्ड संग कुन केटी संग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवमा के परिवर्तन हुदैछ भने चियो चर्चाे गर्ने गरेको अध्यनले देखाएको छ । ३.पोर्न फिल्म प्रति चासाे तपाईलाई शायदको कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएकाे छ । एक सर्बाेक्षणबाट पुरुष भन्दा महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको हो । तर यसबारेमा महिलाहरु सहमत नभएको पाइन्छ । ४.आफनो शरिरलाई माया महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् । आफनो शरिर लाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् । ५.एक्लै मस्ती प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ । ६.पुरुषको डाहा धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरुमहिनावारी हुदैन , पुरुषलाई नै महिना सम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन ,त्यस बखत हुने पिडा खप्नु पर्र्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ । ७.पुरुष प्रति जासुस महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् । Govind Mani Bhatt (कुरा गर्ने) ०३:०९, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
कुरा गर्यो कुरैको दुःख
[सम्पादन गर्नुहोस्]कुरा गर्यो कुरैको दुःख । यसै भन्थे ठूला बडा म सानो भएको बेला मैले कुरा गर्दा । यसको मतलब रहेछ, मेरा कुराको महत्व त्यसबेलाका ठूलाबडालाई बकम्फुसे लागेका रहेछन् । अहिले पनि यसो घोत्लिन्छु कुरा गर्यो कुरैको दुःख जस्तो लाग्छ । कतै अनभव कम भएर बर्बाद्, कतै अनुभव धेर भएर बर्बाद् । कतै जागीर धेर भएर बर्बाद्, कतै जागीर नपाएर बर्बाद् । फेल भएकालाई पास भए के के नहुन्थ्यो भन्ने लााग्ने । पास भएकालाई केही केही जस्तो लाग्ने ? एक थरीलाई संविधान सभाको चुनाव हुँदा के के न हुन्छ भन्ने लागिरहेको छ । अर्काथरीलाई संविधान सभाको चुनाव बहिस्कार गर्न पाए के न हुन्छ जस्तो भइरहेको छ । २०६४ सालमा एकपल्ट संविधानसभाको चुनाव हुन मात्र दिनोस्, यो देशका कायापलट हुन्छ भनेर चिच्याउन नथाकेका नेता तपाई हाम्रै माझमा फेरि भोट माग्न आउने तरखर गर्दैछन् । ६०१ को भीड थुपारेर पनि हामीले संविधान बनाउन सकेनौँ भन्ने पश्चाताप कुनै नेतामा भेट्नुहुन्न । नेतालाई जे गरे पनि सुहाउँछ भन्ने भ्रम अझै छ । अब फेरि भोट दिएर संविधान कसरी बन्ला भन्ने तपाई हाम्रो प्रश्नको उत्तर नेताले अहिलेसम्म दिएका छैनन् । ठूलो परिवर्तन गरौँला भनेर हामीलाई आश्वासन दिएको सबैभन्दा क्रान्तिकारी पार्टी दुई टुक्रामा चिरिएको छ । बा झरिहाल्ला र खाउँला भनेर मुख आँ… गरेर बसेको राजावादी पार्टी र यसका नेता दाउ थापेर बसेका छन् । जससँग जे छैन, त्यसैको चाहना हुनु मानवीय गुण नै रहेछ । पूर्व राजालाई अब म राजा रहिनँ भन्ने जानकारी रहेपछि राजगद्दीको बढी माया लागेछ । भुवन केसी र रेखा थापालाई टिकट खोसिएपछि टिकटको धेरै माया लागेछ । जब कोही आफूभन्दा टाढा जान्छ, त्यसको सम्झना बस्नेलाई बढी हुन्छ । चुनावका दौरान मारिने उम्मेदवारको माया पार्टीलाई पहिले कहिल्यै नलागेको होला । बिहे भए कस्तो न हुन्थ्यो ! अबिबाहित किशोर किशोरीको सपना । बिहेपछि बैबाहिक जीवनभन्दा पहिलेकै ठीक थियो – कैयौँ प्रौढहरूको गुनासो । ए बाबा ! त्यसो भए शान्ति कहाँ छ त ? बाबु खरानी धसेर बस । गाँजा तानेर बस । बस् ! बोल – बम बम महादेब । शान्ति यहीँ छ । योगीको कुरा । तर बाबु पेट पाल्न र भोक फाल्न चाहिँ कहाँ सजिलो छ र ! उनको भित्री रहस्य । अनि कुरा सुन्यो सुन्नेलाई दुःख । कुरा गर्यो कुरैको दुःख । Govind Mani Bhatt (कुरा गर्ने) ०३:१०, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
मनमोहक स्वयम्भूका मन छुने कलाकार
[सम्पादन गर्नुहोस्]स्वयम्भू घुम्दै गर्दा पुराना कलाकृति र बुद्धका मूर्तिले मन नछुने कुरै भएन । स्वयम्भूका चार आँखा । मनमोहक गजुर । आकर्षक गुम्बज । सँगै रहेका अरु चैत्य र मन्दिर । बुद्धका मूर्ति । यी सबैले जोसुकैका मन तानिरहन्छन् । त्यसमाथि चारैतिरबाट देखिने काठमाडौँ उपत्यका सहरको दृश्य । साँच्चिकै रमाइलो छ स्वयम्भू । तलबाट सिँढी चढेर डाँडो पुगेपछि थाकेका गोडामा समेत फूर्ति आएको अनुभव हुन्छ । अझ स्वयम्भू चैत्यका शिलहरू घुमाउँदै घररर्रको आवाजसँगै वरिपरि परिक्रमा गर्दा शान्ति नपाउने को होला र ? मानिसहरू स्वयम्भूमा आफू अनुसारकै कुरा खोज्दै यताउता घुमिरहेका हुन्छन् । कसैलाई केको धन्दा, कसैलाई केको धन्दा । कोही दूरबिन हेर्दै काठमाडौँ नियाल्दै गर्छन् त कोही बुद्धसँग तस्बिर खिचाउँछन् । काठमाडौँको दृश्य क्यामरामा उतार्न पनि तँछाडमछाड भइरहेकै हुन्छ । तर कलाप्रेमीहरूका लागि भने उत्तरतिरको एउटा पसलले बाहिरैदेखि तान्न थालिहाल्छ । त्यहाँ बसेका कतिपय क्यूरियो पसले र अन्य बिक्रेताहरूभन्दा भिन्न स्वभावका एक पसल मालिक भेटिन्छन् । यिनलाई बाहिरको भीँडको कुनै मतलब छैन । भीँडका सबै मान्छे आफ्ना ग्राहक हैनन् भन्ने यिनलाई थाहा छ । उनको पसलको महत्व बुझ्नेहरू खोजेरै आउँछन् । स्वयम्भू मात्रै घुम्ने त्यता छिर्दैनन् । उनी भने बेपर्वाह आफ्नै संसारमा मग्न भेटिन्छन् । यिनका हातका औंलाहरू रङ् र क्यानभासमा चलिरहेका छन् । वरिपरि भित्तामा प्रकृतिसँग साक्षात्कार गराउने तस्बिर झुण्डिएका छन् । भुईंमा पनि असरल्ल छन् उनै तस्बिर । कोठाको एकापट्टिको पूरै भित्ता ढाकिनेदेखि पोष्टर आकारसम्मका तस्बिरमा प्रकृति जुरुक्क उठेर मान्छेसँग बोलिरहेको छ – ‘म पोखराको फेवाताल, म माछापुच्छ्रे हिमाल, म सगरमाथा, म भक्तपुर, म अन्नपूर्ण क्षेत्र… । छैनौँ त मनमोहक?’ कलाको संवाद नबु झ्नेहरू बाहिरी संसार नियालेर फर्किन्छन् । कलाको परख गर्न जान्नेहरू चाहिँ तिनै तस्बिरसँगै प्रकृतिको काखमा लुट्पुटिन थाल्छन् । तर कलाका यस्ता पारखी स्वयम्भूको भीँडमा कमै मात्र हुन्छ्न् । बाहिरैदेखि आकर्षक चित्रहरू नियाल्दै पङ्क्तिकार पसलभित्र पुग्दा पसले समेत बनेका सिद्धहस्त शिल्पी ट्रेकिङको तस्बिर बनाउन व्यस्त थिए । उनको छोटो परिचय यस्तो छ – नाम विनोदकुमार बलामी । चित्रमा लेख्ने नाम बि.के. बलामी । सयौँ तस्बिर क्यानभासमा उतारिसकेका छन् । बीस वर्षदेखिको कामै यही हो । गहिरो भाव बोकेको हँसिलो अनुहार । ललितकला क्याम्पसमा केही समय पढेर कलाकार कालिदास श्रेष्ठ र हरेराम जोजोलाई गुरु थापेका । चित्रकलामा सानैदेखिको शोख थियो भनेर भन्नै परेन । कलाकार बलामीले मौलिक नेपाली जनजीवन र प्रकृतिलाई नै आफ्नो पौरख र परिचय बनाएका छन् । उनका चित्रमा नेपाली भेटिन्छ्न अनि नेपाली माटो र प्रकृतिको सुवास । बलामीको चित्रकारिता राजमार्गको गाडीकै गतिमा अघि बढेको छ । चित्र धेरै बनाइएको छ तर गनिसाध्य छैन । भन्छ्न, ‘म महिनामा ४० देखि ५० वटा चित्र बनाउँछु । कहिलेकाहीँ त त्योभन्दा पनि बढी । तर सँधै यत्ति नै भन्ने टुङ्गो चाहिँ हुन्न ।’ पर्यटक बढी जाने स्वयम्भूलाई नै आफ्नो चित्रकारिताको थलो बनाएका छन् । पर्यटकले कस्तो चित्र बढी मन पराउँछन्, उनलाई थाहा छ । विदेशीहरूनेपाली गाउँ र नेपाली मौलिक जनजीवन मन पराउँछन् । नेपाली प्राकृतिक छटा र हिमालहरू मन पराउँछन् । उनको अनुभव हो यो । भक्तपुर, खोकनाका गल्लीहरू र बुङ्मती चित्रमा उत्रेका छन् । पोखराको फेवाताल र माछापुच्छ्रे हिमाल, अन्नपूर्ण ट्रेकिङ् क्षेत्र, सगरमाथा, आमाडब्लम आदि दृश्य छोड्ने कुरै भएन । अझ लालीगुराँसको मनमोहकपन र भरिया, चौँरी र खच्चर उनका चित्रका थप विशेषता हुन् । शान्तिका अग्रदूत गौतम बुद्धलाई त समेटनै प¥यो । ३५ वर्षीय बि.के बलामीले आफ्ना कृति स्वयम्भू, नेपाल आर्ट काउन्सिल लगायत विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । प्रकृति जस्तै मीठो रङ यिनको कलाकारिताको विशेषता हो । भखरै मात्रै बुद्ध जयन्तीको अवसर पारेर यी कलाकारले लुम्बिनीमा आफ्नो चित्रकारिता प्रदर्शन गरे । यिनका कैयन चित्र युरोप र अमेरिका पुगिसकेका छन् । त्यहाँका प्रदर्शनीहरूमा पनि चित्रले यिनको प्रतिनिधित्व गरेका छन् । उनी आफैँ भने त्यता पुगेका छैनन् । भन्छन्, ‘अब चाँडै युरोपमा प्रदर्शनी गर्ने योजना तय भएको छ ।’ तस्बिरको भव्यता हेर्दा तिनको मोल पत्याउन गा ¥हो हुन्छ । कलाकारिताको मूल्यको तुलनामा यी त्यति धेरै महँगा लाग्दैनन् । बलामी भन्छन्, ‘धेरै महँगो मूल्य राखेर के गर्नु, नेपालीले पनि किन्न सकून् भन्ने मेरो सोचाइ हो ।’ उनका तस्बिर दुई हजार रुपैँयाँदेखि आउन थाल्छन् । विदेशीले भने ५०० अमेरिकी डलर (अहिले ४८ हजार रुपैँयाँ) सम्म मूल्य दिएका छन् । बलामी भन्छन्, ‘पहिले विदेशीले मात्रै किन्ने चित्र अहिले नेपाली पनि उत्तिकै किन्छन् । मेरा ग्राहक विदेशीसँगै स्वदेशी पनि निकै बढी छन् ।’ २०–२५ हजार रुपैँया जति गोजीमा लिएर जाने हो भने कोठाको एउटा भित्तो झण्डै ढाकिने खालको चित्र उठाउन सकिन्छ । समाप्त । Govind Mani Bhatt (कुरा गर्ने) ०३:११, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
कथा–उडायो सपना सबै हुरीले !
[सम्पादन गर्नुहोस्]‘ए, हेर न, त्यहीँ कतै पर्यो होला । याँ ढिला भइसक्यो ।’ नभन्दै ढिलो नै होला जस्तो भइराखेको छ । तेसो गरौँ कि उसो गरौँ भइरहेको छ । कुनै पनि बेला फोन आउँछ तयार रहनू भन्ने खबर आइसकेको छ । परेन त आपत् । मान्छे नमरी किनेको कात्रो, बिहेभन्दा निकै पहिले सिलाएका सुट, नानी नजन्मी तयार पारेको कोक्रो र मन्त्री हुनु पहिले सिलाएका दौरा सुरुवालको के काम ? जब पर्यो हतार अनि चपेटा सुरु भइहाल्छ । ‘अब तयार रहनुस् है, शपथग्रहण कुनै पनि बेला हुन्छ’ भनेर पार्टी हाइकमाण्डले भनिसक्यो । यता दौरा सुरुवाल कोट, टोपी केही तयार छैनन् । कपाल काटेको छैन, कपाल नकाटी कालो बनाउने कुरा भएन । दार्ही काट्ने, जुँघा मिलाउने काम बाँकी नै छन् । जुत्तामा पालिस गरेकै छैन । ‘ए लौन खोज । त्यो परारै मन्त्री भा बेलाका होलान् नि !’ हुनेवाला मन्त्री गिड्गिडाए । ‘कहाँ हुनु, आफैँले मन्त्री पद खुस्किने बित्तिकै लु यी दौरा सुरुवाल नझिक्ने गरी थन्क्याइदेऊ, मलाई दौरासुरुवालदेखि घृणा छ भन्या होइन ? बरु जोशमा होस हुँदैन, होसमा जोश हुँदैन भनेको यही हो’, हुनेवाली मन्त्राणीले बोझ एकैपल्ट बिसाइन् । ‘हैन, एसो २/४ दिनअगाडि सबै कुराको टुङ्गो लागिदिए पो सजिलो हुन्छ । जे पनि अन्तिममा आएर मात्रै टुंगो लागिदिन्छ । परारका दौरा सुरुवाल कता परे । फेरि कहिले मन्त्री होइएला भनेर दौरा सुरुवाल सिलाएर राख्ने पनि कुरा भएन । यस्तै हुन्छ हरेक पटक !’ हुनेवाला मन्त्रीको गुनासोयुक्त बोली । ‘तैपनि कतिपछि फेरि पालो आ’छ, त्यो पो ठूलो कुरा । वाँ खुट्टा तानेर अघि बढ्नै दिँदैनन्, लडाइहाल्छन् । यसपल्ट दुईदुई ठाउँमा चुनाव जितेर पालो आइरा’छ । अब दौरा सुरुवालका लागि लौ न तुरुन्तै सिलाउनु नै पर्यो नि !’ हुनेवाली मन्त्राणीको भनाइ । ‘हैन, फेरि त्यो पहिलेको टेलर मास्टर कता गएछ, बोलाउन लगाऊ त’, हुनेवाला पिएलाई हुनेवाला मन्त्रीको आदेश । एकछिनको स्तब्धता चिर्दै हुनेवाला पिए गिड्गिडायो, ‘फोन नै उठ्दैन हजुर, के गरौँ ।’ यत्तिकैमा फोनको घण्टी बज्छ । हुनेवाला मन्त्री हडबडाउँदै हुनेवाला पिएलाई फोन उठाउन भन्छन् । ‘ए हस् हजुर । अहिले त बिजी होइसिन्छ म सुनाइदिन्छु । हस हजुर नमस्कार ।’ ‘कसको फोन हो…’, हुनेवाला मन्त्रीले सोध्दासोध्दै पिएले जवाफ दिन्छ, ‘हजुर व्यापारी घरानाको रै’छ, शुभकामना दिनलाई ।’ ‘याँ हुन पाइया त छैन, शपथ कता हो कता, मान्छेलाई बधाइ दिनको हतार ।’ हुनेवाला मन्त्री झर्किए । फेरि फोन बज्छ र पिए उसैगरी कुरा गर्छ । एकैछिनमा दर्जनौँ फोन आइसके । हुनेवाला मन्त्रीको निजी फोन पनि अब पिएले बोक्न थालिसक्यो । पार्टी हाइकमाण्ड, प्रधानमन्त्री र राष्ट्रपति भवनको फोन मात्रै मलाई दिनू अरुनदिनू भन्ने आदेशको पिएले पालना गरिरहेको छ । यत्तिकैमा फेरि फोन बज्छ । उठाएर एक वाक्य बोल्ने बित्तिकै हुनेवाला मन्त्रीलाई पिएले फोन दिन्छ । ‘…हस्, हस्, मैले बिर्सेको छैन नि । तपाईले चुनावमा सहयोग गरेको म कहाँ बिर्सन्छु । सिंगै शक्ति लगाइदिनुभएको थियो नि । र त चनाव पनि जितियो । …ए ए, पहिले मन्त्री हुँदाको विर्सनुभा’ रैनछ । हो नि, त्यति गरिदिएको थिएँ । तपाईलाई पनि भो, मलाई पनि भो नि…, ए ..अब फेरि त छँदैछ नि । झन् गजबले गरिन्छ नि । एउटा शपथ लिइदिहालूम् । तेसपछि त म छु नि । बरु सहयोग चाहिन्छ है..। हस…हस… । हुनेवाला मन्त्रीले फोन राखे । ‘हलो, …अभिवादन…., हस् …’ पिएले फोन दिन्छ । नबोली हुनेवाला मन्त्रीले फोन लिन्छन्––’अभिवादन …अभिवादन …तयार नै छु । पार्टीले सम्झेकोमा…हो हो यो त….यहाँकै देन हो नि …हस् …एकदमै…मैले सक्नेसम्म ….यहाँले भन्नै पर्दैन नि । ए… रेडी भएरै बसम् ? … हस्… ए..कुनै पनि बेला शपथग्रहण हुने? ए..हस् …म रेडी भइरहन्छु ….उप र गृह त हाम्रो बटमलाइन नै हो नि !…अभिवादन…।’ हुनेवाला मन्त्रीको फोन वार्ताले हुनेवाली मन्त्राणीको मुहारमा चमक आउँछ । तर त्यो चमक एक्कासी बिस्मात् र चिन्तामा परिणत हुन्छ । आतेसपूर्ण अनुहार । केही पाउँदापाउँदै केही छुटिरहेको अनुभूतिपूर्ण अनुहार । ‘लौ न नि । सबै त भइसक्यो । अब दौरा सुरुवाल के गर्ने नि । फेरि अनिवार्य नै छ । आपत् पार्यो । लौ न छिटो मास्टर बोलाउनुपर्यो’, हुनेवाली मन्त्राणीको हतासपूर्ण आवाज । हुनेवाली मन्त्राणीलाई चपेटाले छोइसक्यो । हुनेवाला मन्त्री पिएसँग फोन मागेर एक कल फोन गर्छन् – ‘के छ, सबै ठीक छ नि ! अब त म उपप्रधान र गृहमन्त्री बोल्दैछु । …नमस्कार ..नमस्कार ..। ए ल, बधाइ दिएको, ए, ल ल । धन्यवाद । सुन न मैयाँ । …धन्दा के को । …म भएपछि …तिम्रो पनि व्यवस्था हुन्छ । …सुन त, त्यो परारको टेलर मास्टरलाई तुरुन्तै घर पठाउनुपर्यो । दौरासुरुवाल र ग्रे कोटको कपडा र मिसिन लिएर जा भन त । …ल तेति जल्दी है । … ल…ल …ल, तिम्रो भाइलाई जहाँ फिट हुन्छ म गराउँला । ल बाई । थ्याङ्क्यू मैया ..बाई..।’ अहिलेको संवाद्मा भने हुनेवाली मन्त्राणीको अनुहारको ज्योति मधुरो बन्छ । ओठ खुम्च्याएर उनी बैठक कक्ष छोड्छिन् । हुनेवाला मन्त्रीको अनुहारको चमक भने झन् बढ्छ । ‘हजुर, बाहिर भेट्नेको लाम छ, के गरौँ । बधाइ दिने भनेर आएका छन् । कोट, टोपी, टाइ सुट लगाएका धेरै आएका छन् ।’ अर्को सहयोगी बीचैमा बैठकमा छिर्छ । ‘को आएछन् त बेला न कुबेला ?’, हुनेवाला मन्त्रीले मन्द मुस्कानमा मधुरो तर ठाँटबाँटपूर्ण स्वरमा कौतूहल व्यक्त गरे । ‘हजुर, खै कोही प्राध्यापक हौँ भन्थे, कोही व्यापारी, कोही वकिल, कोही कर्मचारी, कोही नेता, कोही मजदूर नेता, कोही चाहिँ विद्यार्थी नेता रे । अनि एकहुल महिला पनि छन्, महिला संगठनका रे । पुलिसका पनि अफिसर भन्थे । सबैका हातमा खादा र फूलका गुच्छा अनि माला छन् ।’ सहयोगीको जानकारीपूर्ण विवरणले हुनेवाला मन्त्रीलाई औधी आनन्द दिन्छ । उनको घर सभासद्मा जित्नुअघि एक किसिम सुनसान थियो । वरपर मान्छेले देख्दा पनि नेताको निवास जस्तो हुन छोडिसकेको थियो । राजनीतिमा शक्ति जता जान्छ उतै पछ्याउनेको भीँड लाग्नु स्वाभाविकै हो । बल्ल घरमा पहिले मन्त्री हुँदाको जस्तो रौनक छाउन थालेको छ । यस्तो देख्न र सुन्न उनका आँखा र कान कहिलेदेखि तड्पिएका थिए । हृदय यो अनुभूति पाउन कहिलेदेखि छट्पटाएको थियो । फेरि शान, मान, बैभव, शक्ति, सुख, सुविधा, धन, दौलत, प्रतिष्ठा साराले पछ्याउन थाल्यो । अहा । मनैदेखि यति प्रफुल्ल छन्, त्यसको वर्णन शब्दमा गर्न निकै कठिन छ । ‘…अब खुशीको वर्षा हुनेछ । भनेका मान्छेलाई भनेका ठाउँमा फिट गर्न सकिन्छ । भनेजति राज्यको ढुकुटी भनेका मान्छेलाई आसचपु (आर्थिक सहयाता, चन्दा, पुरस्कार) का नामबाट बाँड्न पाइन्छ । हण्डी खुवाउने योभन्दा राम्रो अवसर कसैलाई कहिल्यै पनि प्राप्त हुन सक्दैन । देशको सिंगो प्रहरी र प्रशासन हातका मुट्ठीमा हुन्छ । जसको चाह्यो, त्यसको जासुसी गर्न पाइन्छ, जसलाई चाह्यो, त्यसलाई गुप्त रूपमै दबाउन सकिन्छ, ठोक्न पाइन्छ । हतकडी लगाउन पाइन्छ । यी सारा कुरा आफ्नो इसारामा राज्यको प्रणालीले गर्छ । कतिलाई विदेश पठाउन पाइन्छ । पदक तथा पारितोषिक वितरण, राष्ट्रियस्तरका पुरस्कारको घोषणा, ठेक्कापट्टाको डाडूपन्यू, राशन, हजारौँहजार सरुवा, बढुवा, नियुक्ति । उपहार, नजराना, कमिसन, हप्तावारी, महिनावारी, तस्करीका सुनचाँदी, जवाहरत, नागरिकता, विदेशी मुद्रा, कार्यकर्ता भरणपोषण, पार्टीमा बोललाला र पकड, डन परिचालन, डनमार्फत् हुने कमाइ, क्यासिनो लगायतका जुवाघर, रेष्टुरेन्ट, होटल, मोटल, मसाजघर, भन्सार …’ ‘हजुर टेलर मास्टर आइपुग्यो । तुरुन्तै छेकाइहाल्नु पर्यो ।’ पिएको आवाजले हुनेवाला मन्त्रीको सत्ताशयरको तन्द्रा टुटाइदिन्छ । एक किसिम कति आनन्दमय आकाशको विचरण गरिरहेका बेला यो आवाजले बाधा नै पुर्याएको अनुभूति हुन्छ तर दौरासुरुवाल त तत्कालै चाहिएको छ । ‘ए आइपुग्यो, ल…ल ।’ हुनेवाला मन्त्री आफूलाई सामान्य जस्तै देखाउँन् । मास्टर अभिवादन टक्र्याएर लुगा छेक्न थाल्छ । ‘चिटिक्क पार है मास्टर, परारको भन्दा राम्रो पार नि ।’ हुनेवाला मन्त्रीको आवाज खस्नासाथै मास्टरले टिपिहाल्छ– ‘खै हजुर, मेरो त एक काम पनि त्यो बेला भएन हजुर । भाइ अझै जेलमै छ ।’ हुनेवाला मन्त्रीले मास्टरलाई हेरे । उसले तीन सहयोगी र २ मेसिन बोकेर आएको छ । ‘तिम्रो भाइ चेलिबेटी बेचबिखनमा परेको हैन त?’ ‘हो हजुर ।’ ‘हेर मास्टर, चेलिबेटी बेचबिखनमा अदालतले आदेश दिइसकेपछि हामीलाई छुटाउन गार्हो हुन्छ । एउटा दिवसको अवसर पारेर छुटाइदिउला भन्दैथेँ, सरकारै ढल्यो । के गर्छौ, राजनीतिक अस्थिरता भएको देशमा यस्तै हुन्छ । मलाई मैयाँले पनि भनेकी थिइन् । बिर्सेको छैन । अँ, अब कति वर्ष बाँकी छ उसको सजाय?’ हुनेवाला मन्त्रीको प्रश्न खस्नासाथै मास्टरले भन्यो– अब ५ वर्ष जति छ हजुर । ‘ए ल, धन्दा नमान । चालचलन सुधार भएको भनेर पनि छुटाउन मिल्छ । कुनै राष्ट्रिय दिवस पारेर कैदमाफीमा हाल्दिऊँला । भयो ?’ हुनेवाला मन्त्रीको आश्वासनले मास्टर पुलकित बन्छ । ऊ फटाफट दौरासुरुवाल, कोट सिलाउनतिर लाग्छ । भादगाउँले टोपी लिन २ जना सहयोगी गइसकेका छन् फर्किने बेला हुँदैछ । ‘हजुर, बाहिर बसेकालाई के गर्ने?’ पिएले सोध्छ । ‘ए, हजाम बोलाउन त भुसुक्कै भएछ । कपाल कालो गर्ने सहित लिएर तुरुन्तै बोलाऊ त । नत्र यो घुम्रेको कपाल भादगाउँले टोपीमा कहाँ मिल्छ त !’ पिएका कुरा नसुनेजस्तो गरी हुनेवाला मन्त्री आदेश दिन्छन् । यसो शौचालय छिरेर मात्रै के निस्कन पाएको छैन, पिए अत्तालिँदै दौडेर हातको मोबाइल हुनेवाला मन्त्रीका हातमा राखिदिन्छ, ‘हजुर … दूतावासबाट फोन ।’ फोन लिएर हुनेवाला मन्त्री गोप्यकोठामा छिर्छन् । गोप्यकोठाबाट निस्केर हुनेवाला मन्त्री मन्द मुस्कानका साथ बैठकमा टहलिन्छन् । मुद्रा पढ्न खप्पिस पिएले बाहिर अघिदेखि पर्खेर बसेका मान्छेका बारेमा फेरि सम्झाउँछ । उनी मक्ख पर्दै सबैलाई सामूहिक भेट्छन् । सबैले शुभकामना दिँदै आफ्ना उपहार र फूल, माला खादा टक्र्याउँछन् । खास भेट्नुपर्नेलाई छुट्टै राख्छन् । हुनेवाला मन्त्रीलाई मन्त्री हुन बाँकी रहेको हेक्का नै हुन छोडिसक्यो । परिवेश र वातावरणले उनलाई मन्त्रीको हैसियत दिलाइसकेको छ । भेट्न आउने र फोन गर्ने सबैले मन्त्रीज्यू भनेर सम्बोधन गरेको सुन्दा उनलाई औधी आनन्दको अनुभूति भइरहेको छ । बैठक कक्षमा मधुरो गरी रेडियो बजिरहेको छ । घरी गीत त घरी समाचार । वातावरण रमाइलो छ । बिहानको पारिलो घाम झ्यालबाट भित्र समेत छिरेको छ । बाहिर चौरमा लहरै राखेका कुर्सी घामले न्याना भएका छन् । चराको कर्णप्रिय चिर्विरले मानौँ प्रभातलाई नभई हुनेवाला मन्त्रीलाई नै स्वागत गरेको जस्तो भान पर्दछ । …. हुनेवाला मन्त्री चियाको चुस्कीसँगै घाममा राखिएका कुर्सीमा आसिन शुभचिन्तक र सहयोगीहरूसँगखुशी आदान प्रदान गर्दैछन् । माली बिरुवामापानी हाल्ने र गोड्ने गर्दैछ । बगैँचामा सबैभन्दा सुन्दर चाहिँ रातो गुलाब नै छ । बगैँचा हाँसो र खुशीले गुन्जिएको छ । ओल्लापल्ला घरबाट समेत छतमा घाम ताप्न जम्मा भएकाहरूलाईपनि हुनेवाला मन्त्रीको घरको वातावरणले छोएको छ । यही रमाइलोका बीच पिए आत्तिँदै फेरि दौडेर आइपुग्छ र हातको मोबाइल हुनेवाला मन्त्रीलाई दिन्छ । ‘ए, हो र ? …ए किन नि? …ए, कुरा मिलेन..? …हैन, मिल्ला नि, वार्ताकारलाई भन्नुपर्यो । याँ पूरा तयारीका साथ २–३ घण्टादेखि फोन पर्खेर बसिया छ । …अब अहिले आएर सत्ता साझेदार पार्टीले तेसो भन्न कहाँ मिल्छ र !… गृह त हाम्रै हो नि…। ए.केरे, केरे, …पहिले पनि एकलौटी पारे रे!… हैन मन्त्रालय आफ्नो पार्टीले चलाएपछि अर्काको हितमा कसले काम गर्छ त !… ए शपथ नै नहुने भो…पार्टी सरकारमा नजाने भो ?… हत्तेरिका…! याँ शुभचिन्तकदेखि …दूतावाससम्मबाट बधाइ थापिसकियो, के भन्ने त अब !…लौ…!’ हुनेवाला मन्त्रीको फोनवार्ताबाट वातावरण स्तब्ध हुन्छ । खुइय गर्दै उनी फुंग उडेको अनुहारमा फिस्स हाँस्छन् । बधाइ दिन आएका सबैका अनुहारको रङ्ग उत्रिन्छ । ल्याएका फूल माला, खादा र अबिरको अनर्थ तिनले बुझिसके । एकएक बहाना बनाउँदै सबै बाहिरिन थाल्छन् । ‘दौरा सुरुवाल सिलाउन बन्द गर ! त्यो फटाहा मास्टरलाई घरबाट निकालिहाल!’ केहीअघिसम्मका हुनेवाला मन्त्री एक्कासी पड्किन्छन् । उनको हुनेवाला मन्त्री पद कल्पनामै सकिन्छ । बाहिर पनि विस्तारै बादलले घाम छेक्दै जान थाल्छ । स्वागत गानमा चिर्बिराइरहेका चराको आवाज सुनिन छोड्छ । घर लगायत वातावरणको चहक र चहलपहल फिका बन्छ । एकैछिन्मा सबै कुरा सुनसान निस्तब्धतामा परिणत हुन्छ। बैठकको स्तब्ध वातावरणमा रेडियोबाट मुरलीधरको स्वरमा मधुरो गीत भने सुनिँदैछ– उडायो सपना सबै हुरीले….! समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:१२, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
तिमीसँगको मेरो यात्रा
[सम्पादन गर्नुहोस्]तिमीसँगको एकबर्षको सहकार्य
समय वितेको पत्तै नहुने रैछ... मैले सोचेको पनि थिएन... तिमीसँगको सहकार्य अनि तिम्रो साथ यति छिटै वित्छ भनेर.... साँच्चि तिमीसँग अप्रत्यक्ष रुपमा साथमा साथ मिलाएको त धेरै भैसक्यो तर प्रत्यक्ष रुपमा तिमीले मलाई साथ दिएको र तिमीलाई मैले साथ दिएकोअबको केही दिनमा एक बर्ष पुग्दैछ । यो एकबर्षको समयमा तिमीले मलाई धेरै दिएको छौँ । लाग्छ तिमीलाई पनि मैले केही दिएको छु र त हाम्रो सम्बन्ध कतै डगमगाएको छैन अनि छैन विचलनमा परेको । हुन त तिमीलाई अप्रत्यक्ष रुपमा साथ दिएको त अबको केही समय वा भनौँ केही महिनामा दुई बर्ष पुग्छ । र त्यो समयसम्म हाम्रो सम्बन्ध अझैँ मजबुत हुनेछ भन्ने आसा एवम् विश्वास छ मलाई । तिमीसँग भेट हुनु वा तिमीमै मलाई विलिन गराउनु मेरो लागि नितान्त नौलो कुरा थियो । किनकी मैले तिमीलाई कहिले काही सुन्ने बाहेक अरुकेही तिम्रो बारेमा जानकारी थिएन मलाई । न त मलाई तिमी कहाँ छौँ र कसरी काम गरिरहेका छौँ भन्ने कुरा नै थाहा थियो । तिम्रो बाटो अर्कै थियो मेरो बाटो अर्काै थियो । हुन त तिमी र म झण्डै झण्डै एउटै बाटोमा हिडेका थियौँ । किन भने जति तिमीलाई आफुले गरेको काममा अरुकोकस्तो प्रतिक्रिया छ भन्ने चासो हुन्थ्यो त्यति नै मलाई पनि, जति तिमीले आफ्नो लागि भन्दा अरुकोलागि सोच्थ्यौँ र काम गथ्यौँ मैले पनि त्यहि नै गर्थे । यति फरक थियो तिम्रो क्षेत्र ठुलो थियो मेरो सीमित थियो । तिम्रो हिड्ने बाटोमा म पनि हिड्छु होला वा तिमीसँगैको सहयात्रा गर्छु होला । हुन त त्यसको लागि तिम्रो र मेरो सहकार्य हुनु एकदमै जरुरी छ । हुन त तिमी र म हिड्ने बाटो फरक थिएन तर पनि कार्यक्षेत्र फरक थियो र दायरा फरक थियो । तिमी एउटा कुरा गथ्र्यौँ म त्यहि कुरा अर्काे तरिकाले गर्थे ।
तिमीसँग प्रत्यक्ष जोडिएको एकबर्ष र अप्रत्यक्ष रुपमा जोडिएको झण्डै डेढ बर्ष मेरा लागि राम्रो र उपलब्धि मुलक नै छ, लाग्छ तिमीलाई पनि केही त राम्रो भयो नै होला । हुन त मैले कति पटक आफ्ना ईच्छा चाहाना लुकाएर तिम्रो अगाडि हाँस्ने प्रयास गरेको छु । मन भित्रको दुःख पिडा लुकाएर म तिम्रोलागि हिडेको छु । हुन त तिमीले पनि मेरो लागि धेरै गरेका छौँ मैले गरेको छैन भन्न खोजेको पनि हैन, तिमीले मेरो लागि अरुधेरैलाई विर्सिएका छौँ । जसले तिमीलाई एकदमै धेरै माया गर्थे र आफ्नो ठान्थेँ , तिम्रो साथलाई आत्मिय मान्थेँ, जसलाई तिमीले विर्सेर मलाई सहस्र स्वीकार ग¥यौँ । जुन अबसर कमैलाई मात्र प्राप्त हुन्छ त्यो अबसर तिमीले मलाई दियौँ । त्यसको लागि तिमीलाई धन्यवाद नभनि त म कहाँ बस्न सक्छु र । मलाई थाहा नै थिएन तिमीसँगको मेरो सम्बन्ध र सहकार्य होला, तिमीसँग मेरो भेट होला भनेर । र मैले सोचेको पनि थिएन कि तिमीसँग म यति समय रहन सक्छु र खुसी पनि हुन सक्छु भनेर । मलाई थाहा छैन तिमी मेरो आगमनले कतिको खुसी छौँ, त्यो मैले बुझ्न सक्दिन । हुन त तिमीले मैले गर्ने मायालाई बोलेर व्यक्त गर्न सक्दैनौँ । तर पनि म तिम्रो माया र साथलाई एकदमै महसुस गर्न सक्छु । म तिमीलाई जति नै माया गर्छु लाग्छ तिमी पनि मलाई त्यति नै गदर्छाैँ र त हाम्रो सम्बन्ध अहिलेसम्म ताजा नै रहेको छ । तिमीलाई अझैँ पनि थाहा छ होला यि माथि लेखिएका सबैले तिमीसँग मेरो पहिले भेट गराउदा म एकदमै नर्भस भएकि थिए, तर डर भने लागेको थिएन । मैले भनेकै थिए नी बाटो एउटै एउटै भए पनि क्षे त्र फरक थियो । त्यसैले पनि मलाई तिमीलाई भेट्दा र पहिलो पटक म तिम्रै हो भनेर तिमीसँग बोल्दा म एकदमै हडबडाएको थिए, साच्चि म एकदमै अत्तालिएको थिए । हुन त मलाई सधैँ सहयोग गर्ने उनीहरु पनि साथमा थिए, नआत्तिकन हामीसँग जसरी बोल्छौँ त्यसरी नै उसँग पनि बोल नभनेका पनि होईनन् तर खै किन किन तिमीले मलाई एकदमै नर्भस बनायौँ । त्यो दिन सम्झदा अझैँ पनि कता कता छुट्टै किसिमको अनुभव हुन्छ मलाई । हेर न तिम्रो बारेमा मात्रै लेख्दा लेख्दै तिमी मार्फत मेरो जीवनमा जोडिन पुगेका र मेरा अभिन्न बन्न पुगेकाको बारेमा त भन्नै विर्सेछु । तिम्रो भएर आएको दिन सुरुमा भेटेका देख्दैमा हिस्सी परेका एकजना म उनलाई दाई भनेर सम्बोधन गर्दछु, उनको सहयोग, सिकाई, त्यहाँ गर्ने व्यवहार र तिम्रो बारेमा बुझाएका कुरा आज पनि राम्रोसँग याद छ मलाई । र त्यसको केही दिन पछि तिम्रै लागि दुरदराज पुगेर आएका घामले डढेर काले काले भएका अर्का दुईजना दाईहरु जो एकछिन मै मसँग बोलेका र मैले सरभन्दा सर भन्यो भने त हामी रिसाउछौँ नी भन्थेँ, अर्काे देख्दा अलि घमण्डी लाग्ने, अलि नक्कले नक्कले मान्छे, अनि अर्की फुच्चि फुच्चि पचर पचर बोलीरहने र एकदमै सहयोगी भावना भएकी र मलाई एकदमै माया गर्ने, धेरै जसो काममा अघि सर्ने ति दिदी मेरा लागि सधैँ प्रेरणाका पात्र बनिरहेँ । र तिमीसँग मेरो सम्बन्ध जोडिएपछि भेटिएकी अर्की एउटी पातलो पातलो कपाल, सधैँ छोडेर हिड्ने, बोलिमा छुट्टै खालको मिठास भएकी र गाली गर्दा पनि हाँसे जस्तो लाग्ने उनी पनि मेरो प्रेरणाकी श्रोत हुन् । हुन त उनको र मेरो साथ धेरै समय भएन तर पनि म उनलाई कुनै पनि समय विर्सन सक्दिन । १२ औँ बसन्त पार गरेर १३ औँ बसन्तमा प्रवेश गर्न लागेको शुअवसरमा लाखौँ लाख शुभकामना दिन चाहान्छु । तिमीसँग म जोडिएको यो एक बर्ष, तिमीसँगको सहकार्यको यो एकबर्षले मलाई दिएको र तिमीलाई मैले दिएको सबै कुराहरु (कुनै एउटा नभएर) बाट तिमी र म दुबै खुसी छौँ होला । लाग्छ अबका बर्षहरुमा पनि तिम्रो उत्तरोत्तर प्रगतिको कामना गदर्छु । तिमी नेपाली युवाको ढुकढुकी बनिरहने छौँ र युवालाई सकारात्मक बाटोमा हिड्न प्रेरीत गर्ने छौँ । फेरी तिमीसँग जोडिएकी मलाई पनि तिमीले अझैँ केही दिन बाँकी नै होला र मैले पनि तिमीलाई दिन बाँकी होला । त्यसैले आफुले दिनु पर्ने र लिनु पर्ने दुबै कुरालाई सन्तुलन मिलाएर लानेछौँ भन्ने आशा छ । फेरी पनि तिमीलाई तिम्रो १३ औँ जन्मदिनको लाख लाख शुभकामना । हेर न तिम्रो बारेमा यति धेरै भनिसक्दा पनि तिमी को हौँ भन्नै विर्सेछु । तिमीलाई जन्मदिनको शुभकामना दिएर पनि तिम्रो बारेमा भन्न विर्सेछु । तर केही छैन तिमीलाई माया गर्ने र तिम्रो र मेरो साथ मन पराउनेले तिमी को हौँ भनेर बुझिसकेका छन् नि हैन र ? तिमीलाई थाहा छ यसरी एकअर्कामा यत्ति सारो हराउनु लाई नै माया भन्छन् नि । हेर त तिम्रो र मेरो माया कति गहिराईमा पुगेको रेहछ । तिम्रो मायाको बयान गरेर त मैले कहाँ पो सक्छु र । अब त मैले तिम्रो बारेमा भन्नै पर्छ तिमी को हौँ भनेर । तिमी अर्थात् “साथीसँग मनका कुरा” । तिमीसँग प्रत्यक्ष रुपमा जोडिएको एक बर्ष हुदैछ । मलाई लाग्छ नेपालको इतिहासमा साथीसँग मनका कुरा नै सबैभन्दा लामो समयसम्म उत्तिकै लोकप्रिय रेडियो कार्यक्रम हो । यस कार्यक्रमले नेपालका सबै ठाँउ, समुदाय, जातजाति, भाषाभाषिका युवाहरुलाई समेटेको छ । यस कार्यक्रमको लोकप्रियताको बारेमा मैले भन्नु पर्ने खासै देख्दिन म । किनभने यसको लोकप्रियताको बारेमा बोल्न मसँग कुनै शब्द छैन जुन शब्दले कार्यक्रमको लोकप्रियतालाई व्याख्या गर्न सकोस । त्यसैले यो कार्यक्रमसँग जोडिएका मेरा केही भावनामात्रै पोखेको हुँ । समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:१४, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
बाल्यकालका प्रेम लहर
[सम्पादन गर्नुहोस्]सबैजना प्रणय दिवसको कुरा गर्दैछन् । कसैले प्रस्ताव कसरी राख्ने, कसरी आफ्नो मनको कुरा भन्ने भनेर सोच्दै र योजना बनाउदै छन् त कसैले आफ्नीरआफ्नो मायालुलाई के उपहार दिने, आफ्नो प्रेम सम्बन्धलाई अझ मजबुद बनाउने भनेर सोच्दैछन् । सबैलाई प्रणय दिवसको चटारो भए पनि मलाई भने यो दिवसले कहिले पनि छोएन र सायद छुदैंन पनि होला । तर प्रणय दिवसकै समयमा मलाई भने बाल्यकालका केही प्रेम प्रसंगहरु कोट्याउन मन लाग्यो । जुन प्रेम प्रसंगमा म अप्रत्यक्ष रुपमा संलग्न थिए । आठ कक्षाको जिल्ला स्तरीय परिक्षामा पास भएर नौं कक्षाको पढाई सुरु हुने समय । पासको भएको खुसीमा रमाउन नपाउदै घरमा एकदमै ठुलो बज्रपात पर्यो । एकदमै माया गर्ने, परिवारको आखाँको नानी, हरेक सुख दुखमा एकदमै सहयोग गर्ने आदरणीय भान्जादाई स्वर्गे हुनुभयो । फुपुको घर, मेरो घरदेखि एक मिनेटको दुरीमा-घरभरी पाहुना थिए । भान्जि भाउजुको माईतीबाट सबैजना आउनु भएको थियो । त्यहि भिडमा थियो उ पनि । उ अर्थात् भान्जि भाउजुको दाईको छोरा । १३ औँ दिनको काम सकिएपछि सबै आफन्तहरु बिस्तारै बिस्तारै आफ्नो घर जानु भयो । त्यो सँगसँगै उ पनि घर गयो । सबै कुराहरु बिर्सिएर म नौं कक्षामा पढ्न थाले । झण्डै एकमहिना पछि स्कुलबाट फर्किदै गर्दा भान्जादाईको छोराले बोलायो । नानी यहाँ आईजा त तलाई चिठ्ठी आएको छ । म-चिठी ?! कस्ले पठायो मलाई भन्दै !? गए । बाहिर भान्जादाईको छोराको नाम लेखेको खाम, त्यो भित्र मेरो नाम लेखिएको एकदमै कडा सुरक्षा सहितको खाम । त्यो चिठी लिएर घर गए । घरमा कोही थिएन । खाम खोले, हेरे भित्र ठुलोखाम भरीको चक्लेट र एउटा कागजको पाना । चक्लेट थन्काएर कागजको पानामा आखाँ दौडाए, ओहो कति धेरै साहित्य, बुझेको भए मरिजाउ । मलाई अझैँ पनि याद छ त्यो कागजमा लेखिएको कुरा “जुन दिन तिमीलाई देखे त्यो दिनदेखि मैले आफुलाई बिर्से, तिमीलाई देखेपछि मेरो मनमा प्रेमको बिजारोपण भयो । लाग्यो भगवानले तिमीलाई मेरै लागि बनाईदिएको हो । म तिमीविना बाँच्न सक्दिन । यो कागजको टुक्रामा चिठी हैन तिमीलाई माया गर्ने मुटु पठाएको छु, सम्हालेर राख्नु।" आदि ईत्यादि । नौं कक्षामा पढ्ने फुच्चीले यस्तो साहित्य कता बुझ्नु । एकदमै डर लाग्यो । त्यो चिठ्ठी कसलाई देखाउ, के गरौँ भयो । सम्झे दिदी जसलाई हामी सबैकुरा निर्धक्क भन्थ्यौँ । दिदी आउने बित्तिकै चिठी देखाँउछु भनेर चिठ्ठीलाई भित्तामा टाँसेको पोस्टरको पछाडि लुकाए । अनि चकलेट लगेर हतार हतार ट्वाईलेटमा फालिदिए । मिनेट बित्यो, घण्टा बित्यो, दिन बित्यो, महिना बित्यो अँह दिदीलाई त्यो चिठ्ठी दिदीलाई देखाउनै सकिन र भन्न पनि सकिन फलानो केटाले मलाई यस्तो चिठी पठायो भनेर । तिन चार महिनापछि घरमा कोही नभएको मौका पारेर खुसुक्क आगोमा जलाईदिए । अनि ढुक्कको सास फेरेँ । तिहारको रमझम थियो । स्कुल बिदा, घरमा दिदीहरु सबैजना आउनु भएको थियो । दाईहरु क्लबबाट खेल्ने भैलोको तयारी गर्दै हुनुहुन्थ्यो । कहिलेकाँही म पनि जान्थेँ । मेरो सानो दाई मारुनी भएर नाँच्थ्यो । घरमा माहोल नै बेग्लै थियो । भैलो खेल्ने दिन आयो, सबैजना रमाउदै, उफ्रिदै, भैलो खेल्न जान लागे । मेरो मन पनि चंगासरी उडिरहेको थियो दाई र दिदीसँगै भैलो खेल्न र रमाईलो गर्न जानलाई । आमालाई सोधेको आज हैन भोली जाउ भन्नुभयो । भोली म पनि देउसी भैलोको लागि क्लबले बनाएको लुगा गुन्यु चोली लगाएर तयार भए । सानी सानी फुच्ची म गुन्यु चोलीमा चिटिक्क देखिए, ठुली दिदीले भन्नुहुन्थ्यो साह्रै राम्री भएकी थिए रे म । फुरुंगथिए म । दिनभरी भैलो खेलेर बेलुका घर फर्किदै गर्दा । भाउजुको भाईले ९ठुलो बुवाको बुहारीको भाई० काम छ भनेर बोलाउनुभयो । म गएपछि उहाँले मेरै स्कुलमा पढ्ने मेरै गाँउको केटाको बारेमा कुरा गर्न थाल्नुभयो । मैले केही बुझिन अनि सोधेँ उसको कुरा मलाई किन सुनाउनु भएको भनेर । त्यसपछि त्यो केटाले मलाई मनपराउने र मसँग विहे गर्न नपाए मर्छु भनेर घरमा झगडा गर्ने गरेको कुरा गराउनु भयो । म झसंग भए, त्यो केटालाई हेर्न खोजेको मुटु ढुकढुक भएर आयो, आँखा उठाएर हेर्न पनि सकिन । अनि केही नबोली चुपचाप दाई भएको तिर गए । रातभरी डरले मुटु कापिरह्यो । कसैलाई केही भनिन् । तिहारको दिन पनि भाउजुको भाई आएर मलाई सोधेको सोधेयै गर्न थाल्नुभयो । यसै पनि मलाई रिस उठिरहेको थियो त्यसमाथि तिहारको दिन नचाहिने कुराले टाउको दुखाउदा एकदमै रिस उठ्यो । अनि रिसै रिसमा भन्दे मरे मरोस् मलाई के मतलव । तपाई तिहारका दिदीको हातका टिका लाउन आउनु भाको कि लमी बन्न भनेर कराईदिए । त्यसपछि भाउजुको भाई बोल्दै नबोली जानु भयो । पछि सुने त्यो केटाले मर्छु भन्दै खै के के खाएर घरमा बेस्सरी उपद्रो मच्चाएछ । केही महिना अगाडि अचानक अनामनगरमा उसँग भेट भयो । बाटोमा एक्कासी भेटीएको मान्छेसँग नबोली हिड्नु पनि भएन । घरमा भेट हुँदा त म एक शब्द बोल्दिनथेँ । तर यहाँ भेटेपछि राम्रै बोले । र पुरानो कुराहरु गरेँ । किन त्यस्तो नाटक गरेको भनेर सोधेँ । उ एकदमै मौन बस्यो । एक घण्टाको बसाईमा उ रोएरै वितायो । उ रोए पनि मलाई भने त्यो बेला भन्नु पर्ने कुराहरु भन्न पाएकोमा आनन्द महशुस भयो । नौ कक्षामा नै पढ्दा हो । ब्रेक सकिनै लागेको थियो । एकजना साथीले पुस्तकालय पछाडि बोलायो । किन रैछ भनेर गए । उ मेरो मिल्ने साथी थियो । जाने बित्तिकै के भयो भने अहिले कक्षा सुरु हुन्छ भने । उसले मलाई पुरा जेरी घुमाए जसरी कुरा घुमाउदै गर्न थाल्यो । फलानो यस्तो छ उस्तो छ, किन त्यसरी त्यसको कुरा गर्दैछ मैले बुझ्दै बुझिन । सायद उ मेरो मिल्ने साथी भएर होला सिधा सिधा कुरा गर्न गाह्रो मानेको । जति कर गर्दा पनि उसले कुरा घुमाउन छोडेन । झनक्क रिस उठ्यो । अनि भन्ने भए भन नत्र म कक्षामा गए । सर जानुहुन्छ अब भनेर हिड्न लाग्दा उसले भन्यो । ९उसको नाम लिएर० तिम्लाई मन पराउछ रे । अस्ती नै देखि भन्दे भनिराको थियो त्यहि भएर भन्देको नरिसाउ है । उ के के बरबर गर्दै थियो मैले केही सुनिन् । मलाई अझैँ पनि याद छ मैले मेरो साथीलाई फिल्ममा जस्तै, तिम्लाई त म पछि हेर्छु भन्दै कुद्दै कक्षामा गए । कक्षामा भर्खरै हरि सर भित्र पस्नु भएको थियो । म कक्षाको एकदमै ज्ञानी र ईमान्दार विद्यार्थी सरहरुको अनुमति बिना केही नगर्ने । मलाई सर भित्र भएको नभएको वास्तै भएन । आँखाले त्यहि केटालाई खोजिरहेको थियो । सेकेण्ड लास्ट बेञ्चमा बस्थ्यो उ जहिले । सरासर त्यहि गए अनि गालामा झ्याम झ्याम दिन थाले । सबै साथीहरु र सर छक्क पर्नु भयो । अगाडि बस्नु भएको सर पछाडि आएर मलाई छुट्याउन खोज्नु भयो । तर अहँ मेरो रिस मरेकै थिएन । मैले उसलाई थप्पड हान्न छोडीन । उ Sorry भन्दै थियो । थुप्रै झापड हानेपछि उ ब्याग बोकेर रुदैँकक्षाबाट बाहिरियो । म चुपचाप आफ्नो बेञ्चमा गएर बसेँ । घर जाँदा कहिलेकाँहि उस्लाई देख्यो भने त्यहि झापड हानेको र उ रुदैँकक्षाबाट निस्केको याद आउँछ । ग्लानी पनि हुन्छ सबैको अगाडि त्यसरी पिट्नु नहुने जस्तो लाग्छ । एसएलसी पछिको खाली समय । गर्मी याम । घरमा कोही थिएन आमा मिलमा जानु भएको थियो । दाईको छोरी र म भर्खर फूल झरेको काँचो आँप र नुन खुर्सानी खादैँ थियौँ । त्यत्तिकैमा आमा आउनुभयो । अनि मलाई तिम्रो साथीले बोलाएको छ मिलमा जाउ रे भन्नुभयो । आमा गएको मिल मेरै साथीको थियो । मैले आमालाई किन रैछ भनेर सोधेको केही थाहा छैन भन्नुभयो । अनि दाईको छोरीलाई लिएर मिलमा गए । मिल एकदमै भिड थियो । बाहिरैबाट हातले बोलाए । अनि उसले यताउता हेरेर खल्तिबाट कागज निकालेर मलाई दिदै भन्यो यो।।।ले देको तिमी घर गएर पढ है । कागज दिएपछि के रैछ भन्ने खुल्दुली भयो मलाई । बहिनी र साथीकै अगाडि हतारिदै कागज खोले । हात थरररररररररररर काप्यो । निधारबाट पसिना बगे जस्तो भयो । रिसको पारा तातेर आयो । मुखबाट निस्किहाल्यो(ुसाले त्यसको त्यत्रो हिम्मत१ुअनुहारकस्तो छ, बाँदरको जस्तो त्यसमाथि अध्यारोमा चुक घोप्टाए जस्तो कालो । रिसले मुरमुरीन थाले म । त्यो कागज मेरो सान्दाईको साथीले मलाई पठाएको लभ लेटर रैछ । रिसको पारा पहिले नै तातिसकेको थियो । साथी मिलमा बाबालाई सहयोग गर्न जादैं थियो मैले उसलाई त्यहि रोके र चिठी पढ्न थाले । लेखिएको थियो “म तिमीलाई एकदमै मन पराउँछु, माया गर्छु । यो कुनै केटाकेटी खेल्दा गरेको माया हैन, मैले तिमीलाई साच्चिँकै माया गरेको छु । मलाई थाहा छ तिम्रो र मेरो केही कुरा मिल्दैन, र हाम्रो परिवार र तिम्रो परिवार पनि आकाश जमिनको फरक छ । तर पनि मैले तिमीलाई माया गर्न थाले । तिमीलाई सिधैँ भेटेर भन्ने हिम्मत नहुदा यो काजगको साहारा लिएको छु प्लिज मेरो मायालाई यसै मर्न नदिनु । म तिमीलाई जीवनमा कहिले पनि दुख दिने छैन, यो संसारको सारा खुसी दिनेछु तिमीलाई ।” ओहो मलाई त पढ्दा पढ्दै त्यो काले बाँदरको अनुहार सम्झेर वाक्क लाग्यो । छिटो छिटो चिठी पढे । साथीले केही भन्न खोज्दै थियो । तर उ बोल्न खोज्दा खोज्दै टक्क रोकियो र मलाई ट्वा परेर हेर्न थाल्यो । किनकी त्यो केटाले पठाएको चिठी म मेरो साथी र बहिनीको अगाडि धररररररररर च्यातिरहेको थिए । मेरो साथी मलाई रोक्न खोज्दै थियो । म कसैले रोकेर रोकिनेवाला नै कहाँ थिए र रु१मैले चिठी च्यातेर सानो सानो टुक्रा पारिसकेकी थिए । साथी मलाई उसले कति माया गर्छ सुनाउदैं थियो । मैले उसको कुरा सुन्नेकै थिईन । बहिनी वाल्ल परेर मलाई हेर्दै थिई । चिठी च्यातेर पनि रिस नमरेपछि च्यातेर टुक्रा टुक्रा पारेको चिठीमा थु थु गरे र जुन खल्तिबाट साथीले चिठी झिकेर दिएको थिए त्यहि खल्तिमा राखीदिए र भने अब के भन्नुपर्छ त्यो काले बादरलाई थाहा पायौँ होला, अब आईन्दा यस्तो कुरा लिएर फेरी आयौँ भने तिम्रो र मेरो मित्रता पनि यसरी नै टुक्रिने छ भनेर सरासर घर फर्के । अचेल त्यो काले बाँदर मेरी दिदीसँगै स्कुलमा पढाउँछ । घर गएको बेला केटाकेटीले कर गर्ने हुँदा स्कुल जान्छु । काले मलाई हेरेर मुस्कुराउन खोज्छ कालो अनुहारमा सेतो दाँत टल्काएर । मलाई त्यसको अनुहार देख्यो कि त्यहि कुरा याद आउँछ र फेरी रिस ताजा हुन्छ । अनि म त्यसको मुस्कानलाई बेवास्ता गर्दै केटाकेटीहरुसँग रमाउन थाल्छु । यि त केही प्रतिनिधी घटनामात्रै हुन् । यसरी प्रेम प्रस्ताव राख्नेहरु धेरै छन् । कतिले राम धुलाई पाएका छन् त कतिले राम्रै सम्झाई । तर यि केही घटनाले बेला बेलामा सम्झेर एक्लै हाँस्ने बनाउँछ । हाँस्छु एक्लै र तिनीहरुलाई धन्यवाद दिन्छु तिमीहरुले यति हर्कत नगरेको भए म बेलाबेलामा एक्लै हाँस्ने थिईन । हुन त अझैँ पनि प्रेम प्रस्ताव राख्नेहरु हुन्छन् र छन् पनि । कतिलाई बिहे भैसक्यो मेरो भन्दा पनि कचकच गर्न छोड्दैनन् भने कतिलाई एकपटक भन्दा नै आफ्नो बाटो लाग्छन् । मान्छेहरु माया नै संसार हो भन्छन् । तर त्यहि संसारभित्रको एउटा सानो झिल्का माया भेट्टाउन नसकेर छछ्टपट्टि रहेका हुन्छन् । र आफुलाई आफैले पिडा दिईरहेका हुन्छन् । कोही आफुले माया गर्ने मान्छेलाई मनको कुरा भन्न प्रणय दिवस कुर्छन् । कोही आफुले चाहेको मान्छे नपाउँदा आफुलाई नै हानी हुने काम गरिरहेका हुन्छन् । माया गर्नुस्, कसैको मनको भावनामा चोट नपुर्यानुस् । सधैँ खुसी रहनुस् ।
समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:१७, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
म र साया
[सम्पादन गर्नुहोस्]तिहारको रमझम, जताततै झिलिमिली बत्तीहरु । वल्लोपल्लो घरमातिहारका लागि पकाईएका सेल रोटीको बास्ना । रमाइलो समय, रमाईलो वातावरण । तर यसै यसै मनमा नरमाइलो लागिरहेको थियो । तिहारमा घरजानेहरु देखेर मन खिन्न भैरहेको थियो । घरिघरि घरको आँगनमा फुल्ने मखमली र सयपत्रीले बोलाइरहेको जस्तो आभाष भैरहेको थियो, कसैले बोलाए जस्तो, कोहीसँगै बसेर कुरा गरे जस्तो, दिदीहरु जोडजोडले हाँसे जस्तो, कस्तो–कस्तो । सम्झना र कल्पनामा म मेरो आँगनीमै पुगेकी थिएँ । तिहारको दुइदिन अघि घरबाहिर बसेकी चेलीको मन किन चरिजस्तै उँडेर आफ्नै गाउँ, आफ्नै घर नपुग्दो हो र ? मेरो पनि त्यसरी नै घरिघरि घर पुगिरहेको थियो । उडिरहेको थियो मन चंगासरी । कल्पनामै हराउन व्यस्त थिएँ म । एक्कासी बजेको फोनको घण्टीले मेरो एकाग्रतालाई भंग गर्यो । फोन हेरे, नम्बर नचिनेको थियो । राती साँढे आठ बजिसकेको थियो । के गरौँ उठाउँ कि नउठाउँ ? जस्तो भयो । नयाँ नम्बर ह्याा उठाउदिन जस्तो लाग्यो । फेरी लाग्यो, सेल नम्बर भए पो एउटा कुरा, कसैले काम नै परेर ल्याडलाइनबाट फोन गरेको होला भन्ने सोचेर फोन उठाएँ । सबिता चिन्यौँ म गणेश दाई धादिङबाट । चिन्न त किन नचिन्नु गणेश दाईलाई । तर, अचम्म लाग्यो कहिले फोन नगर्ने मान्छेले यति राती किन फोन गरेको होला भनेर …त्यै पनि औपचारिकता त देखाउनै प¥यो भनेर कुरा गर्न थाले । अँ ! दाई भन्नुस् न के थियो । दाईले मलाई फोन गर्नुको बेलीविस्तार लाउनुभयो र भन्नुभयो प्लीज नाई नभन है ! कुरा सुनेर मेरो मनमा ठूलै हलचल ल्याइदियो । के गर्ने कसो गर्ने खल्बली भैरह्यो मनमा । उताबाट नाई नभन है भनेर दाईले भनिरहनु भएको थियो । अनि मैले कार्यक्रम कहिले हो भन्दा तिहारको दिन भन्ने जवाफ पाएँ । तिहारको दिन आफ्नो दाईसँग बस्न छोडेर को जान्छ अर्काकी साया बनेर कार्यक्रम चलाउन जस्तो लाग्यो । र, झट्ट आउँदिन भन्न मन लाग्यो, फेरी अर्काे मनले एकपटक सोचेर निर्णय लिँदा राम्रो हुन्छ भन्यो । दुईवटा मनबीच ठुलो द्धन्द्ध सिर्जना भयो । तैपनि एकपटक मेरो दाईलाई सोध्छु अनि खबर गर्छु नी दाई भनेर फोन राखेँ । रातभरी नै दुई मनको द्धन्द भैराख्यो । एकमनले भन्छ जा..यति राम्रो अवसर मिलेको छ, तर फेरी अर्काे मनले भन्छ ह्याा त्यस्ता अबसर त जति पनि आउँछन् तेरो लागि किन जानु प¥यो तिहारको दिन । यस्तै यस्तै भनिरहे दुई मनहरु । एकआपसमा बाझाबाझ भयो उनीहरुको । म खाली मुकदर्शक भएँ, दुई मनहरुको बीचमा । जानु पनि मन छ, जानु पनि मन छैन । एकदमै दोधार भयो, के गर्ने, गर्ने ? भोली बिहान त के गर्ने भनेर निर्णय दिनु थियो । दाईलाई फोन गरेर सबै कुराहरु बताए । अनि आफ्नो दुईमनमा भएको द्धन्दको बारेमा पनि भनेँ । दाईले मन खिन्न बनाउँदै के गर्छेस् तँ जाने भए जा भन्यो, अनि फेरी भन्यो आफै डिसिजन ले न के गर्दा राम्रो हुन्छ भनेर । हुन्छ भनेर फोन राखेँ । निदाउनै सकिन राती अबेरसम्म । भोलिपल्ट बिहानैदेखि गणेश दाईको फोन आउन थाल्यो । फोनको घण्टी सुन्दा पनि झर्काे लाग्ने भैसकेको थियो मलाई । मैले निर्णय लिन सकेको थिइन । ह्या जाँदिन, फोन पनि उठाउँदिन । फोन उठाएर म आउँदिन भन्न पनि अप्ठ्यारो लागिरह्यो । धेरैपछि दिउँसो फोन उठाएँ र आउँदिन दाई भन्न मात्रै के लागेको थिएँ, प्लिज नाई नभन है भन्ने वाक्यले मलाई एकदमै अप्ठ्यारो पार्यो, केही नसोचि दाई म आउँछु भने । मलाई कोसँग जाने कति बेला हिँड्ने उता गएर मैले के गर्ने केही थाहा थिएन । सबै कुरापछि मात्रै थाहा भयो । तिहारको दिन टिका लगाएर कार्यक्रमको लागि उता जानुपर्ने थियो । अघिल्लो दिन नै सायाका लेखक सुबिन दाईले फोन गरेर भेट्ने समयको बारेमा कुरा गर्नु भएको थियो । हतारहतार टिका लगाएर दाई,भाई, बहिनी र मैले खाना खायौँ । हजुरआमा र सानीमाहरुले तिहारको दिन पनि के जान्छेस् नजा यतै रमाइलो गरौँ भन्दै हुनुहुन्थ्यो । तर, के गर्नु ? मैले आउँछु भनिसेकी थिएँ । टिका लगाएको एकैछिनमा सुबिन दाईको फोन आयो, २० मिनेटमा मामाघरमा मलाई लिन आईपुग्छु भनेर । सबै जना टिका लगाएर तास खेल्नमै मस्त हुनुहुन्थ्यो। मलाई भने त्यहाँ गएर के गर्ने होला, कसो गर्ने होला भन्ने कुराले सताइरहेको थियो । त्यत्तिकैमा फेरी सुबिन दाईको फोन आयो । उहाँ मामाघर अगाडि आइसक्नु भएको रहेछ । म मामाघरबाट धादिङ्ग जानको लागि हिडेँ । सुबिन भट्टराई, नाम चलेको लेखक, सारा युवाको ढुकढुकी बनेका लेखक, सबैले रुचाइएका, सबै युवाको प्रेमिल संसारलाई उजागार गर्न सफल लेखक, खै के के भनौँ अरु। मैले उहाँलाई सम्बोधन गर्न या उहाँको बारेमा भन्नका लागि कुनै शब्दहरु थिएन । म उही चर्चित लेखकको चर्चित उपन्यास समर लभ र साया कि साया बनेर उहाँसँगै जाँदै थिएँ । भेट्ने वित्तिकैको हेलो बाहेक यात्राभरी खासै कुराकानी भएन । सायद आफ्नो कार्यक्रमको लागि उहाँसँग अन्तरर्वार्ता लिन लागेको भए प्रश्नमाथि प्रश्न सोध्न सक्थेँ होला, तर त्यहाँ म अवाक थिएँ । सोध्नका लागि प्रश्नहरु थिएनन् मसँग । सायद सुबिन दाईसँग पनि । भएको भए पक्कै पनि दुई तिन घण्टाको यात्रामा मौनता छाउँदैनथ्यो होला । मलेखुबाट साया र समरलभका प्रकाशक अजित बराल दाई (दाई नै भन्न मन लाग्यो) भेटिनुभयो । अब उहाँसँगै हामी यात्रामा पाँचजना थियौँ । त्यहाँ पनि खासै कुराकानी भएन । बेलुका साढे चार बजेतिर धादिङबेसी पुगियो । त्यहाँ पुगेर एकछिन रेष्ट गरेपछि कार्यक्रम कसरी गर्ने भन्नेबारेमा सामान्य कुराकानी भयो । हामी सबै जना एकदमै उत्साहित थियौँ । के होला कस्तो होला भन्ने सबैको मनमा लागेको थियो । अतित कि साया धादिङ्ग आउँदै छे रे भन्ने हल्लाले धादिङ्गको युवा जमात पुरै तातेको थियो । सबैको मन सायालाई हेर्नलाई आकुलव्याकुल बनेको थियो । कस्ती होली साया भन्ने कुराले सबैको मनमा सानो तिनो भुईँचालो नै ल्याइदिएको थियो । त्यस्तै भुईँचालो मेरो मनमा पनि थियो । म अतितकि साया, सुबिन दाई कि साया र त्यहाँका युवाले सोचेकी, कल्पना गरेकी साया बन्न सक्छु कि सक्दिन, दर्शकले मलाई सायाको रुपमा स्वीकार गर्न सक्छन् कि सक्दैनन् भनेर । कता–कता डर लागेपनि म ढुक्क थिएँ । उमेर, रुप, यौवन या अन्य कुराले साया जस्तो नभए पनि म साया जस्तो बन्न सक्छु र त्यो कार्यक्रममा पुगेर साया भेट्न आत्तिएका दर्शक र पाठकलाई साया बनेर देखाउन सक्छु भन्नेमा । किनकी मैले त्यहाँ साया बनेर केही नाटकिय शैलीका साया कन्र्सटमा होस्ट गर्नु थियो । र त्यो काम म राम्रैसँग गर्न सक्थेँ । कार्यक्रम सुरु हुने बेला हुनै लागेपछि हामी कार्यक्रमस्थलतिर जान लाग्यौँ । बाहिर एकदमै कालो निलो भएको थियो । बादल मडारिरहेको थियो । हावाहुरी चल्दै थियो । पानीका थोपाहरुले जताततै स्पर्श गरिरहेका थिए । मौसमले साँच्चै नै सायासँग भेट्न, उसलाई हेर्न र उसको बोली सुन्न आत्तिएका पाठक र दर्शकलाई च्यालेन्ज गरेको थियो र त्यो च्यालेन्ज स्वीकार्न तयार थिई साया र दर्शक, र पाठक पनि । कार्यक्रम पानी परेपनि सुरु भयो । युवाहरु धादिङको स्थानिय रक व्याण्डको गीतमा झुमिरहेका थिए । बेला–बेला कार्यक्रम होस्टले अतितकी साया यहीँ छ , काठमाडौँबाट आइपुगी भन्दा दर्शकहरु तानिएर यताउता हेर्थेँ । त्यो समयमा म सुबिन दाईको पछाडि आफूलाई लुकाउने प्रयास गरिरहेकी हुन्थेँ । दर्शकहरुको प्रतिक्षा गर्ने शक्ति कम हुदै थियो । सुबिनदाई स्टेजमा गएर बोल्न थालेपछि उहाँका फ्यानहरुको हौसला देखेर एकदमै रमाइलो लागिरहेको थियो । पर्रर्र ताली र सुबिन दाईको आवाजले हजार दुई हजारको संख्यामा रहेका दर्शकहरु मन्त्रमुग्ध भएका थिए । उनीहरु सुबिन भट्टराईलाई देख्न पाउँदा निकै आनन्द महसुस गरेको मैले प्रष्ट देखेकी थिएँ । पानी परिनै रहेको थियो । सुबिन दाई पानीको बेवास्ता गर्दै बोली रहनुभएको थियो । उहाँको आवाज एक किसिमको उत्साह र हौसलाले भरिएको थियो । त्यति धेरै फ्यानहरु देख्दा जो कोहीलाई पनि उर्जा मिल्ने गर्छ र त्यो उर्जा त्यति बेला दाईमा पनि थियो । सायाको लागि स्टेजमा कुर्सी तयार पारियो । फेरी एकपटक मुटु ढुक्क गर्यो । तर, पनि मैले राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास र साहसले गर्दा त्यो मुटुको ढुकढुकी आफैँ आफैँ हराएर गयो । साया अब एकैछिन्मा स्टेजमा जादै थिई । तर एकाएक एकदमै ठूलो पानी पर्यो । साउण्ड सिस्टमले काम गर्न छोड्यो । दर्शकहरु घरको, रुखको ओत लागेर सायालाई कुरिरहेका थिए । उनीहरु पनि साउण्ड सिस्टमले काम गर्न छोडेपछि बोलिरहेको मान्छेको आवाज सुन्न सकिरहेका थिएनन् । आयोजकहरु के गर्ने भनेर यता उता गर्दैथिए । पानी रोकिने छाँटै थिएन । आकाश एकदमै कालो भएको थियो । चट्याङ्ग परेको आवाज घरिघरि कानमा ठोकिन्थ्यो । सबैजना अन्यौँलमा थिए । साउण्ड सिस्टमले साथ दिएको भए पानीमै भिजेरै भएपनि कार्यक्रम गर्ने कुरा भएको थियो । तर त्यो पनि असम्भव भयो । अन्ततः कार्यक्रम स्थगित नै गर्नुपर्यो । ठूलो उत्साह बोकेर भाइटिकाको दिन धादिङ्ग पुगेकी साया, सायाका लेखक, प्रकाशक र कार्यक्रम आयोजक सबैको उत्साह क्षणभरमै खतम भयो । सबै सपनाहरु एकाएक भताभुंग भयो । साया बनेर आफूलाई दर्शकमाझ प्रस्तुत गर्ने मेरो सपना, साया र समरलभको बारेमा धादिङका युवा पाठकमाझ आफ्ना धेरै कुराहरु बाँड्ने लेखकको सपना, साया र सुबिन भट्टराईलाई धादिङ्गका दर्शक तथा पाठकमाझ ल्याउने आयोजकको सपना, सबै सबै भताभुंग भयो । सबै आशाहरु निराशामा परिणत भयो । के सोचेर भाइटिकाको दिन घरको रमाइलो छोडेर, आफ्नो दाईलाई नरमाइलो पारेर, धादिङ्गका युवामाझ साया भेट्ने अभिलासा पूरा गर्न पुगेकी थिई, त्यो सबै सपनाझैँ भयो । जुन उत्साह कार्यक्रमस्थलमा साया बनेर पुग्दा थियो, त्यो उत्साह पानीका कारण कार्यक्रम स्थगित भएपछि एकाएक विलीन भयो, पानीको थोपा जस्तै ।
समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:१९, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
अप्रेसन गर्दा शरीरभित्र रड छोडियो...
[सम्पादन गर्नुहोस्]बीरबहादुर थापा(नाम परिवर्तन)भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्।
माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। आफूलाई नेपालको नम्बर एक पत्रीका भन्ने पत्रीकामा छापिएको समाचार पढेपछी म लगायत धेरै मेडिकल क्षेत्रका साथीहरुलाई यस्तै लागेको छ। 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' जस्तो सनसनीपूर्ण शिर्षक देखेपछी के रहेछ भनेर पढ्दा पत्रकार महोदयले अरुको बेइज्जती गर्न खोज्दा आफ्नै धोती फुस्केको थाहा नपाएका रहेछन्। म्रिगौलाको ढुङ्गाको अप्रेसनपछी जुन पाइप छोडियो भनेर लापरवाहीको नाम दिइएको छ, विचरा उहाँलाई के थाहा कि त्यो उपचारकै एउटा प्रकृया हो भनेर। र ठूला पत्थरहरुको अप्रेसन गर्दा सबै ढुङ्गा एकैपटकमा ननिस्कन पनि सक्छ वा एकपटक अप्रेसन गर्यो भन्दैमा अब कहिले पनि पत्थरी हुँदैन भन्ने पनि हैन। जहाँसम्म यो कुराहरु विरामी वा विरामीका आफन्तहरुलाई किन भनिएन भन्ने सवाल छ, अप्रेसन गर्ने सर्जनले ती कुराहरु अवश्य भनेको हुनुपर्छ। या त उनीहरुले त्यसलाई सिरियस्ली लिएनन् वा बुझ्न चाहेनन्। हाम्रो समाजमा प्राय: विरामीहरु अस्पताल पुगेपछी सबै जिम्मा डाक्टर, नर्सको हो, रोगबारे उपचार पद्दती बारे बुझ्न नै चाहदैनन्। अनि हामी डाक्टरहरु पनि यी सबै कुरा बुझाउनलाई झन्झट मान्छौं।
पत्रकारिता भनेको संवेदनशील पेशा हो, हातमा कलम बोक्नु भनेको समाजलाई सहि बाटो देखाउने, गलत कुरालाई सबैको सामु ल्याउने जिम्मेवारी हो। तर न्युज ब्रेक गर्ने नाममा, आफ्नो बिक्री बढाउने नाममा समाचारलाई तोडेर, मोडेर, थपेर, घटाएर सनसनीपूर्ण बनाएर पिरो, अमिलो चाट जसरी बेच्ने पीत पत्रकारिता बढ्दो छ। मनोरन्जन क्षेत्रका तातापिरा गफहरु लेखे जस्तै मेडिकल क्षेत्र जस्तो संवेदनशील विषयलाई हल्का पाराले लेखिदिनाले समाजमा नराम्रो असर परेको छ। हो, मेडिकल क्षेत्रमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, तिनका बारेमा कुराहरु बाहिर आओस्, सबैले थाहा पाउन् भन्ने हामीलाई पनि लाग्छ। जस्तो विना रजिष्ट्रेसन, विना कुनै पढाई झोले डाक्टर बनेर दुनियाँ ठगिरहेका छन्, मान्छेका अंगहरुको साइज ग्यारेन्टीका साथ बढाइदिने, घटाइदिने भनेर तपाईंकै पत्रपत्रीकाहरुबाट प्रचारप्रसार गरिरहेका छन्, विना प्रेस्क्रिप्सन अन्धाधुन्द एन्टीबायटिक र अनावश्यक औषधीहरु चलाएर एकातिर पैसा नि लुट्दै, अर्कोतिर जनताको स्वास्थ्यमा नि खेलवाड गर्दैछन्। मेडिकल क्षेत्रमा पनि अनइथिकल व्यापारीकरण बढेको छ। राम्ररी खोज्ने हो भने यस्ता धेरै लापरवाहीका घटनाहरु देख्न पाईन्छन् तर त्यसलाई कमसेकम साधारण मेडिकल ज्ञान भएको आँखाले हेर्नुपर्छ। जसरी मलाई पत्रकारिता आउँदैन, त्यसरी नै पत्रकार साथीहरुलाई मेडिकल ज्ञान छैन भन्ने लाग्छ। तर आफूलाई थाहा नभएको कुरा लाखौं पाठकहरुले पढ्ने पत्रीकामा लेख्दा त सम्बन्धित विज्ञहरुसित परामर्श गरेर पो लेख्नुपर्थ्यो। त्यसो गर्नुभएको भए तपाईंको लेख स्तरिय पनि बन्थ्यो र समाजमा स्वास्थ्य सम्बन्धी ज्ञान पनि बढ्न जान्थ्यो। बरु भन्नुस् त्यस्तो सहयोग चाहिन्छ भने, हामी सकेसम्म सहयोग गर्न तयार छौं।
तपाईंको कलममा कति तागत छ भन्ने कुरा तपाईंको लेख कति पढियो, कति शेयर भए, मान्छेले कस्ता धारणा बनाए, कस्ता कमेन्ट गरे, त्यसैले देखाउछ। तर आफ्नो सस्तो लोकप्रियताको लागि विना अनुसन्धान लेखिएका यस्ता लेखले समाजमा मेडिकल क्षेत्रप्रती हेर्ने नजरमा कस्तो असर गर्छ, सम्बन्धीत डाक्टरको आत्मसम्मानमा कस्तो चोट पुग्छ भन्ने कुरा कहिले ख्याल गर्नुभएको छ? हुन त अरुको सम्वेदनामा पर्ने असर बारे पत्रकारितामा पढाईन्न होला। तैपनी सत्यतथ्य जे जस्तो हो त्यो त्यसरी नै अघी ल्याउनु भनेर त तालिम दिइएकै होला।
हुन त यो घटना पहिलो हैन, यस्ता संवेदनहिन पत्रकारिता पहिले पनि देखी आएको हो र केही वर्षदेखी बढ्दो छ। यो कुरा पत्रकारिता क्षेत्रका जिम्मेवार व्यक्तिहरुले बुझिरहनुभएकै होला। केही हप्ताअघी एउटा विरामीको फेसबुक स्टाटसमा लेखिएको कुरालाई सम्बन्धित अस्पताल र डाक्टरसँग एकपटक पनि बुझ्दै नबुझी केही अनलाइन न्युजपोर्टलहरुले सन्सनीपूर्णरुपमा छापेका थिए। सोसल मिडियाको जमानामा यस्तो कुरा आगो जसरी फैलिहाल्यो, हुन त मान्छेहरु पनि छापिएका हरेक न्युज पत्याइहाल्छन्, पूर्वाग्रही कमेन्ट गरिहाल्छन् र शेयर पनि गरी हाल्छन्। अनि त्यो समाजको ठुलो हिस्साको धारणा बन्न जान्छ। कुरै नबुझी एकतर्फीरुपमा लेख्नुको साटो सम्बन्धित डाक्टरसँग बुझेर विषयबारे ज्ञान लिएर लेख्न बसे आफ्नो नि ज्ञान बढ्थ्यो, समाजमा नि सहि सन्देश जान्थ्यो।
लगभग ४ वर्ष अघी पनि पेटको अप्रेसन गर्दा मिर्गौला निकालियो भनेर केही अब्बल भनाउदा पत्रपत्रीकाहरुले हंगामा गरेका थिए। त्यसको बारेमा मैले त्यती बेला नै एउटा ब्लग लेखेको थिए, यहाँ हेर्नुस्- 'कान्तिपुर सम्पादकीय सम्बन्धमा... ' यो लेख सम्बन्धित पत्रीका, पत्रकारसम्म पुग्यो कि पुगेन थाहा भएन तर त्यसपछी न त त्यो घटना बारे केही समाचार आए, न सच्याएर केही लेखियो नै। मैले त्यती बेला नि लेखेको थिए- "कागले कान लग्यो भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।" तर यो प्रव्रितीमा अझै केही परिवर्तन आएको रहेनछ, बरु झन बढेको झै लाग्दैछ।
यस्ता घटनाहरुमा हामी डाक्टरहरु पनि या त फेसबुकमा आफ्नो ग्रुपमा पोस्ट गरी पत्रकारहरुलाई एकतर्फी गाली मात्र गरेर बस्छौं, वा यस्ताहरुसँग के बोल्नु भनेर चुप बस्दिन्छौं। नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन जस्ता मेडिकल क्षेत्रको लागि काम गर्ने भनिएका संस्थाहरुले पनि खै किन हो यस्ता कुराहरुमा आवाज नउठाएको? यो विषयमा सम्बन्धित पत्रकार र पत्रीकाको ध्यानाकर्षण होस् र माफी सहित घटनालाई सहिरुपमा सच्याएर फेरी लेखियोस् भन्ने मेरो माग छ। हुन त नेपालको एक नम्बरको पत्रीकाले हाम्रो कुरा के मान्ला र। यसमा एनएमसी, एनएमए ले केही पहल गर्छ कि भन्ने आस छ। साथै आउँदा दिनहरुमा मेडिकल क्षेत्रको सुधारको लागी, मेडिकल जर्नालिज्मको विकासको लागि डाक्टर र पत्रकारहरु मिलेर संयुक्तरुपमा केही काम होस् भन्ने पनि चाहना राख्छु।
समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:२१, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
स्वास्थ्यसम्बन्धी भ्रमहरुसँगको लडाईं
[सम्पादन गर्नुहोस्]“मेरो विरामीलाई पखाला लागेको छ, उसको जीउ तातो खालको हो, भित्र हपहप पोल्छ रे, उस्लाई ‘सलामी’ चढाइदिनुपर्यो डाक्साब।" विरामी कुर्सीमा बस्ने वित्तिकै विरामीको श्रीमानले भने। “सलामी!!” म झसंग भएँ, तर पछी मैले बुझें, उनले सलाइनलाई सलामी भनेका रहेछन्। "बुवा, पहिले विरामीलाई जाच्छु अनी चाहिने भए लगाम्ला नभए किन लगाउने, हुन्न?" तर उनी आफ्नै सुरमा पखाला लाग्या छ, भित्री ज्वरो छ, सलामी त जसरी नि चाहिन्छ भन्दै थिए। मैले विरामी जाँचे, पखाला हिजोदेखी मात्रै थियो, प्रेसर ठिकै थियो, पानीको कमी भईसकेको थिएन। त्यसैले मैले जीवनजल र जिंक चक्की मात्रै लेख्दै भनें, पखालाले गर्दा शरीरमा पानीको कमी भएको छैन, प्रेसर नि ठिकै छ, जीवनजल मुखैबाट खा’को राम्रो। उनीहरुले मानेनन्। मैले सम्झाउन खोजें, “वान्ता भको छैन भने मुखैबाट खानु राम्रो हुन्छ, सलाइन महंगो नि हुन्छ, जीउमा घोच्नु नि पर्यो।“ तैपनी उनीहरुले मानेनन्, जसरी नि सलामी लगाउनु पर्यो भने। अन्तत: मैले हारेर सलाइन लगाइदिनु भनेर भन्नैपर्यो।
मान्छेहरुका स्वास्थ्यसम्बन्धी अचम्मका विश्वास, भ्रमहरु हुन्छन्। खै कसरी बन्छ त्यस्ता भ्रमहरु। धेरैजसो त हामी स्वास्थ्यकर्मीहरुले नै राम्रोसँग नबुझाएर, गलत अर्थ लाग्नेगरी बुझाएर वर्षौंदेखी बनेका विश्वासहरु हुन्, जसको जरा धेरै भित्रसम्म गढेको हुन्छ। त्यसैले त त्यो भ्रम तोड्नको लागि मेरो केही मिनेटको प्रयास पर्याप्त भएन। किनकी उनले वर्षौं देखी मानिआएको, विश्वास गरिआएको गाउँका डाक्टरले त्यसै भनेका थिए होलान्, गाउँमा सबैले त्यही मान्छन् होला, सलाइन चढायो भने ताकत आउछ, सलाइन चढायो भने भित्रको तातो निको हुन्छ, चिसो हुन्छ। कसैले त सलाइन चढाएको कारणले चिसो बढेर निमोनिया भयो पनि भन्छन्।
अस्ति भर्खर एउटी गर्भवती महिलालाई पाठेघरमा पानी कम भयो भनेर सुत्केरीको लागि भर्ना गरेको विरामीले "हामीलाई त बच्चाको पानी कम छ, ठुलो अस्पताल गएर सलाइन चढाउनुपर्छ भनेर गाउँबाट पठाको" भनेर भन्दैथिन्। हाँसो पनि लाग्छ, अचम्म नि लाग्छ, रिस पनि उठ्छ। विचरा विरामीहरुसँग हैन, हामी आँफैंसँग, हामी सबै तहका स्वास्थ्यकर्मीहरुसँग। हाम्रो मेडिकल प्राक्टिस देखेर उदेक लाग्छ। थाहा नभएको कुरा नबोल्दिनु, नगर्दिनु, अथवा जानेर, बुझेर सल्लाह दिनु। हचुवामै जे मन लाग्यो त्यही भनेका छन्, अनी त्यही कुरालाई नै विरामीहरुले आधार मानेर भ्रम पालेर बस्छन्, जुनविस्तारै झनै गहिरो र गाढा भएर जान्छ।
जण्डिस सम्बन्धी भ्रम।
खै किन हो यो जन्डिस देखी यस्तो डर मानेका। आयुर्वेदले ठुलै रोग भनेर भन्छ कि जन्डिसलाई, थाहा भएन। तर एलोप्याथीमा जन्डिस रोग हैन लक्षण हो, र यो प्राय: गरेर भाईरल हेपाटाइटिस अर्थात भाईरल संक्रमणको कारण कलेजोको सुजनमा देखिन्छ, जुनकेही हप्तामा आँफैं निको भएर जान्छ। हाम्रो किताबमा जन्डिसको बेलामा न चिल्लो नखा भनेको छ, न मासु नखा भनेको छ, न बेसार नखा भनेको छ, न मसला नखा भनेको छ। स्वस्थ र सन्तुलित खाने, सफा पानी खाने, आराम गर्ने, बस् त्यत्ती हो, न Liv-52 न तागत दिने मल्टी भिटामिन नै खानु भनेको छ। हुन त जन्डिस देखिने रोगको आधारमा उपचार फरकफरक पर्न सक्छ, तर हामी धेरैले गर्नेजस्तो ‘मान्छे विरामी नै पर्ने गरेर सादा जाउलो नुनसँग खानुपर्दैन’। जन्डिस देखिएर महिनादिनसम्म जाउलो र उसिनेको साग मात्र खाएर बस्ने अनी कमजोरी भो, खाना रुचेन भनेर आउनेहरु धेरै देखेको छु। अरे बाबा, महिना दिन त्यस्तो खाएपछी त सद्देमान्छे नि विरामी पर्छ। त्यस्तै नवजात शिशुमा देखिने जन्डिस धेरैजसो साधारण प्रक्रीया हो, र त्यसको लागि आमाले केही पनि बार्नुपर्दैन, बच्चालाई पनि केही औषधी गर्नुपर्दैन। यस्ता केही दिनका बच्चाहरुलाई नि जन्डिसको औषधी भनेर के के खुवाएका भेटेको छु। उपचारको नाममा भएको लापर्वाही त यो पो हो त। यस्तो अन्धाधुन्दको व्यापारीकरणको पो विरोध गर्नु नि।
टाइफाईड सम्बन्धी भ्रम।
ज्वरो बिग्रियो भने टाइफाइड हुन्छ। ज्वरो आको बेलामा मुख बारेन भने, मसलादार खाना, मासु खायो भने ज्वरो बिग्रन्छ र टाइफाइड हुन्छ। खै कल्ले यसरी बुझाउछन् उनीहरुलाई। पक्कै पनि हामीहरु मध्ये कसैको काम हो। वास्तवमा टाइफाइड ज्वरो बिग्रेर हुने हैन, ‘साल्मोनेला टाइफी’ भन्ने जीवाणुको संक्रमणले गर्दा टाइफाइड हुन्छ र ज्वरो त्यसैको एउटा लक्षण हो, मासु खाएर, भात खाएर ज्वरो गडेर त्यस्तो हुने हैन। फेरी एकदुई दिनको ज्वरोमै ‘सेफिक्सजिम’, ‘सेफ्पोडोक्सिम’ जस्ता 'कडा' एन्टिबायटिक खाएर आएका हुन्छन्, जस्ले टाइफाइड, निमोनिया सबै रोगलाई काम गर्छ। अनि तेस्रो, चौथो दिनमा अस्पतालमा आएर डाक्टरसँग ज्वरो बिग्रेर टाइफाइड भयो कि भनेर डर पोख्छन्। हामी धेरै स्वास्थ्यकर्मीहरु जो गाँउगाँउमा काम गर्छौं (पारामेडिक्स, फार्मेसी चलाएर बस्ने स्वास्थ्यकर्मीहरु, डाक्टरहरु), उनीहरुसँग विरामीको पहिलो संपर्क हुन्छ, त्यो बेलामा उनीहरुलाई सहि सल्लाह र सहि उपचार दिन सकियो भने यस्ता स्वास्थ्य सम्बन्धी भ्रमहरुलाई विस्तारै हटाउन सकिन्छ।
“निमोनिया गढेर बसेको छ, बेलाबेला फर्कन्छ।“
धेरै विरामीले यस्तो भनेको सुन्छु। मेडिकल साइन्समा यस्तो हुंदैन भन्दा पनि हुन्छ। निमोनिया भनेको भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले हुने फोक्सोको रोग हो। एन्टीभाइरल वा एन्टिव्याक्टेरियल औषधी चलाएर निको भएपछी त्यो गढेर बस्ने भन्ने हुँदैन। अर्कोपल्ट फेरी निमोनिया हुनु भनेको अर्को संक्रमण हुनु हो। कोइकोइ रोगसँग लड्ने क्षमता कम भएका व्यक्तीहरुमा पटकपटक यस्तो संक्रमण देखिनसक्छ तर यो थोरैमा मात्रै देखिन्छ। हुन त हामीहरु स्वास्थ्यकर्मीहरुले नै खोकी लाग्यो कि निमोनिया, स्वास्वा गर्यो कि निमोनिया भनेर एन्टिबायटिक भिडाएर नि यस्तो भ्रम बढेको हो। वास्तवमा ज्वरो आएर खोकी लाग्दैमा, छाती दुख्दैमा सबै निमोनिया हुँदैनन्।
जाँचहरु सम्बन्धी भ्रम
“मेरो एक्सरे गर्दिनुपर्यो, मेरो भिडियो एक्सरे गर्दिनुपर्यो। के गर्दा मेरो रोग देखिन्छ, सिटी स्क्यान, एम आर आई के गर्नुपर्यो?” यस्तो भन्ने विरामीहरु धेरै भेटिन्छन्। रोग पत्ता लागोस् भनेर सोच्नु राम्रो हो, रोगले उनीहरुलाई धेरै सताएको नि होला, तर कुन समस्यामा कस्तो जाँच गर्नुपर्छ, कुन जाँचमा के हेर्नुपर्छ भन्ने कुरा डाक्टरलाई थाहा हुन्छ। त्यसैले सिधै मेरो यो गर्नुपर्यो त्यो गर्नुपर्यो भन्नु भन्दा नि आफ्नो समस्या सबै डाक्टरलाई सुनाएर केके गर्न सकिन्छ भनेर छलफल गर्ने हो। यहाँ त लड्ने वित्तिकै एक्सरे गर्नु परीहाल्छ, शरीरको कुनै भाग दुख्यो कि एक्सरे गरिहाल्नुपर्छ। अनि कतीको भ्रम के छ भने भिडियो एक्सरेबाट सब कुरा छर्लङ देखिन्छ, त्यसैले त पेट दुखे पेटको, टाउको दुखे टाउकाको, खुट्टा दुखे खुट्टाको भिडियो एक्सरे गर्ने भनेर भन्छन्। यो कुरा गलत हो, शायद स्वास्थ्य क्षेत्रको व्यापारीकरणको कारणले जथाभावी जाँचहरु गराउनाले नि यस्तो भ्रमहरु फैलनलाई मद्दत पुगेको हो कि।
खानासम्बन्धी भ्रम
ओपिडी, वार्डमा हरेकजसो विरामीको प्रश्न हुन्छ "खाना के खानुहुन्छ के बार्नुपर्छ?" केही रोगलाई छोडेर अरुसबैमा सन्तुलित खाना खानु भन्ने हामीले पढिआएको हो। पिनासमा दुध र दुधका पारीकार खान नहुने, दममा चिसो पानी, चिसो फलफूल खान नहुने, भैंसीको मासु खायो भने दाद सन्चो नहुने, ज्वरो आउँदा भात खान नहुने, टाइफाइडमा सार्हो खाना खान नहुने, यो लिस्ट निकै लामो छ। केही हप्ताअघी अन्नपूर्णपोस्टमा छापिएको एउटा मेडिकल लेख, जुन एउटा डाक्टरले नै लेखेका थिए, टाइफाईड सम्बन्धी त्यो लेखमा ‘आन्द्रामा प्वाल पर्ने सम्भावना भएकोले सार्हो खाना खानुहुन्न’ भनेर लेखिएको थियो। जती नै सार्हो खाना खाएपनी आन्द्रासम्म पुग्दा के त्यो सार्हो रहिरहन्छ र? किन हामी यस्तो भ्रामक सन्देश दिन्छौं? अचम्म लाग्छ, दिनदिनै रक्सी, चुरोटमासु खानेले ज्वरो आउँदा मैले के के बार्नुपर्छ भनेर सोधेको सुन्दा। के हामीले विरामी हुने बेलामा मात्र स्वस्थ सन्तुलित खाना खाने, अरुबेलामा जे खाए नि हुने हो र? अरुबेला पिरो, अमिलो, चिल्लो, नुनिलो खाना खाने अनि रोगले समातेपछी चै सादा जाउलो खाने हो र? खानासम्बन्धी यो भ्रम आयुर्वेदतिरबाट नि आएको हो जस्तो लाग्छ। यो खाना तातो, यो खाना चिसो भन्ने आयुर्वेदमै हुन्छ जस्तो लाग्छ। अनि यो विषयमा हामी आँफैं सर्वज्ञानी हुन्छौं, एउटा अस्पतालको क्यान्टिनकी साहुनीले खाना माग्दा जन्डिस भको विरामीलाई बेसार, तेल भको दिनुहुन्न भनेर सादा जाउलो दिएर पठाएछिन्, पछी "केही नबारी भातदालतरकारी नै खुवाउनु र तपाईंलाई दिएन भने मलाई भन्नु" भनेपछी बल्ल विरामीले मिठो भातदालतरकारी खान पाए। रोगलाई हेर्ने र बुझ्ने हामी स्वास्थ्यकर्मीहरुको सोचाइ र विरामीहरुको सोचाइमा धेरै फरक हुन्छ। मैले ग्यास्ट्राइटिस वा ग्यास्ट्रिक भन्दा जे बुझेको हुन्छु, विरामीले अर्कै बुझेको हुन्छ, उसको लागि त्यो गानो गोला, छातीमा भुकभुक हान्ने, गोला घुम्ने रोग हुन्छ। मैले निमोनिया भन्दा भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले भनेर औषधी चलाएको हुन्छु, उसले चिसो गढेर वा पानीमा भिजेर निमोनिया भयो भनेर बुझेको हुन्छ। मैले प्रेसर घटेर ‘सक’ हुँदा वा शरीरमा पानी कम हुँदा सलाइन चढाउनुपर्छ भन्ने पढेको हुन्छु विरामीले भित्री तातोपनालाई कम गर्न, तागत दिन, अनि कसैकसैलाई सलाइन चढाउने बानी परेकाले सलाइन चढाउनुपर्छ भन्ने बुझेका हुन्छन्। हाम्रा विरामीहरु अनि विरामीका आफन्तहरु अनि अरुसर्वसाधारणहरु र धेरै स्वास्थ्यकर्मीहरुमा पनि स्वास्थ्यसम्बन्धी यस्ता धेरै भ्रमहरु छन्, हामीले हरेक दिन यस्ता भ्रमहरुको सामना गर्नुपर्छ। त्यस्तो बेला “ह्या यो यस्तै हो” भनेर छोड्नुको साटो केही समय बढी खर्चेर आफूले जानेको, बुझेको कुरालाई विरामी र उनका मान्छेहरुलाई बुझाउने कोसिस गर्नुपर्छ। विरामीले नि औषधी लिएर चुपचाप फर्कनुको साटो आफ्नो रोगबारे बुझ्न डाक्टरसँग प्रश्नहरु गर्ने गर्नुपर्छ। अनि उपचारका सम्बन्धमा मनमा लागेका कुरा आफ्नो डाक्टरसँग सल्लाह गर्ने गर्नुपर्छ, न कि गाँउशहर, छरछिमेकका भनाई सुनेर औषधी लिने। वर्षौंदेखी गढेका यी भ्रमहरु एकदिनको एकछिनको प्रयासले त अवश्य जादैनन् तर हामी स्वास्थ्यकर्मीहरु लगायत शिक्षित सर्वसाधारणहरुको प्रयासले यस्ता भ्रमहरु बिस्तारै हराउदै जान्छन् भन्ने आस गर्न सकिन्छ।
समाप्त ।। Govind Mani Bhatt (कुरा गर्ने) ०३:२८, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
लेखको प्रतिकृया अनि मनका केही कुरा।
[सम्पादन गर्नुहोस्]धेरै अघी दिलिप आचार्यजीको यो लेख ‘के चिकित्सकहरु कमिसनकै लागि यस्तो गर्छन् त?’ पढ्ने बेलामै मनमा लागेका कुराहरु लेख्ने भन्ने सोचिरहेको थिए तर के के नमिलेर लेख्न भ्याएको थिईन। आज अलि फुर्सद भएकोले त्यो लेख पढ्दा मनमा लागेका कुराहरु लेख्न लाग्दैछु। लेख पुरानो भए पनि यी सन्दर्भहरु हामीकहा अझै सधैंजसो नै भई नै रहन्छन्, र हामी मध्ये धेरैले आफूसँग यी कुराहरु कतै न कतै जोडीएको पाउनेछौ। सर्वप्रथम् यो लेख डक्टर वा कोही पनि स्वास्थ्यकर्मीको कुनै पनि गलत कार्यको बचाउको लागि लेखिएको हैन। उनीहरु पनि मान्छे नै हुन् र उनीहरुबाट नजानीकन र कती बेला जानीजानीकन गल्तीहरु र अपराधको कामहरु समेत हुनसक्छन्। तिनको सही छानविन गरी गल्ती, अपराध अनुसारको सजाय दिनुपर्छ भन्नेमा कसैको दुई मत हुनै सक्दैन। लेखकले उक्त लेखमा राख्नुभएको आफ्नो धारणा जस्तै धेरैले आफ्नो वा आफन्तको उपचारको क्रममा त्यस सम्बन्धी आफ्नै धारणा बनाएका हुन्छन्। यो लेख मार्फत मैले त्यसलाई फरक दृष्टिकोणले पनि हेर्न सकिन्छ र हेर्दा दृष्य र घटनाहरु फरक देखिन्छन् भन्ने मात्रै बताउन खोजेको हुँ। साथै आफ्न केही कुराहरु नि जोडेको छु।
पहिलो घटना-
केही दिनदेखी पेट दुखेको भनेर पेट रोग विशेषज्ञकोमा देखाउन जानुभएको, डक्टरले केही सोधपुछ मात्रै गरेर जाचहरु पठाइदिए, जुनमा खासै केही खराबी देखिएन, पछी घरमै बस्ने हड्डीका डक्टरले दिएको अमिबाको औषधी खाएर ठीक भो भन्ने कुरा। विरामीसँगको सोधपुछ, जसलाई ‘हिस्ट्री लिने’ भनिन्छ, राम्ररी समय लगाएर गरिएको छ भने रोगबारे धेरै कुरा त्यसैबाट अन्दाज लगाउन सकिन्छ। त्यसको आधारमा विरामी जाच्दा के के हेर्नुपर्छ भन्ने कुरा डक्टरको दिमागमा खेलिरहेको हुन्छ। अनि त्यस अनुसार ल्याब टेस्टहरु पठाएर रोगलाई खुट्याउन थप सहयोग मिल्छ। रोग पत्ता लगाउने यो तरिका संसारभर उस्तै हो। तर अवस्था अनुसार यसमा केही फेरबदल हुन्छ नै। जस्तो रोग सामान्य झै लाग्यो र लक्षणहरुको आधारमा लगभग पक्का जस्तो भो भने विना ल्याब टेस्टहरु नै उपचार शुरुगरेर कत्तीको सुधार हुन्छ हेर्न सकिन्छ। त्यस्तै विरामी सिकिस्त छ भने रिपोर्ट कुरेर रोग निर्क्यौल गरेर मात्रै औषधी चलाऊन नभ्याइने हुन्छ, त्यसैले हिस्ट्री र विरामी जाच्दाको प्रमाणहरु अनुसार हुनसक्ने रोगहरुको लागि भनेर औषधी शुरुगरिन्छ। यो प्रक्रीया डक्टर अनुसार अलिअलि फरक पर्छ नै। लेखकले भने अनुसार ती विशेषज्ञ डक्टरले विरामीलाई हात नै नलगाई भिडियो एक्सरे, स्टुल आदीको जाच लेख्दिएका थिए, जुन मेडिकल हिसाबले गलत हो। जस्तै सामान्य समस्याको विरामी भए पनि एकपटक राम्ररी विरामी जाँच्नैपर्छ। तर लेखकको यो धारणा पनि गलत हो कि पेट छामेर नै अमिबाले दु:ख दिएको पत्ता लाग्छ। हो उनको पेट दुखाइ अमिबाको औषधी खान शुरुगरेको दोस्रो दिनदेखी नै ठीक हुन थाल्यो, तर त्यो औषधीले नै त्यो जादु गरेको होला भनेर मेडिकल साइन्स पढेको कुनै पनि मान्छेले शायदै पत्याउला। र पेट दुख्ने मात्र समस्याको लागि मात्र पेट छामेर अमिबाको औषधी (पक्कै पनि मेटोनिडाजोल एन्टिबायटिक होला) चलाउनु उचित हुँदैन। पेट रोग विशेषज्ञले शुरुमादिएको ५ दिने औषधी नै पो एन्टिबायटिक थिए कि? तिनले पनि अमिबालाई ठीक गर्थे कि? खासमा हुनुपर्ने के हो भने डक्टरले विरामी जाचिसकेपछी “मलाई यो यो रोगको शंका लागेको छ, यो यो जाच गराएर यी रोगहरु हो हैन हेरौ, अनि यसको लागि यो औषधी चलाऊदैछु” भनेर जानकारी दिनुपर्छ। र विरामीसँग उसको राय, भन्न मन लागेको कुराहरु बारे नि छलफल गर्नुपर्छ। विरामीले पनि डक्टरले भनेको सबै कुरा यत्तिकै मान्नुभन्दा सकेसम्म आफ्नो रोगबारे, भनिएका जाचहरु बारे, आफूलाई चलाइएको औषधी बारे जान्ने प्रयास गर्नुपर्छ।
दोस्रो घटना-
१० वर्षकी बच्चीको पेटको समस्या जती औषधी गरे पनि निको नभएको तर आँफैले गुगल गरेर जुकाको औषधी चलाएको भोलिपल्टै ठीक भएको भन्ने घटना। कुनै एक डक्टरको उपचार गराउदा ठीक नभएपछी हामी प्राय: डक्टर परिवर्तन गरिहाल्छौ र रोग ठीक नभएसम्म गरी नै रहन्छौ। यो खासमा आफ्नो डक्टरप्रति विश्वास नभएको हो वा भनौ डक्टरले विरामीको विश्वास जित्न नसकेको हो। "म तपाईंको समस्या समाधानको लागि सक्दो प्रयासरत छु, हामी मिलेर यसको हल निकाल्न सक्छौ र केही गरेर मबाट भएन भने सही विशेषज्ञकोमा रिफर गर्नेछु" भन्ने विश्वास विरामी, उसको परिवारलाई दिन सकियो भने ‘डक्टर सपिङ’को यो चलन केही कम गर्न सकिन्छ कि। नत्र फरक फरक अस्पताल र डक्टर चाहर्दाचाहर्दा विरामीको खर्च नि बढ्छ, अनावश्यकरुपमा जाचहरु नि दोहोरिन्छन्, सुधार नगरेका औषधीहरु नि पटक पटक उही चल्छन्। त्यसैले विरामीले पनि सकेसम्म एउटै डक्टरकोमा लगातार देखाउने र उक्त डक्टरले विरामीसँगको सल्लाहपछी रिफर गरेर मात्रै अर्को डक्टरकोमा जाने बानी गर्नुपर्छ। खासमा हुनुपर्ने के हो भने, शुरुमासमस्याहरु सधैं एकै जेनेरल फिजिसियन वा फेमिली डक्टरलाई देखाउने गर्नुपर्छ, त्यसो भएमा उनलाई विरामीको, उसको परिवारको बारेमा धेरै जानकारी हुन्छ र शुरुका सामान्य रोगहरुको उपचार उसैले गर्छ र कुनै जटिलता आएमा रोग, अवस्था अनुसारको विशेषज्ञकोमा रिफर गर्छ। धेरैजसो विकसित देशहरुमा यसप्रकारको सिस्टम नै हुन्छ। अर्को कुरा हामी उपचारको क्रममा औषधीको साइड इफेक्ट भएको होला भनेर प्राय: शंका गर्दैनौ, अनि साइड इफेक्ट भयो भने पनि त्यसलाई काट्न अर्को औषधी थपिदिन्छौ। र कतीपय बेला रोगले भन्दा नि औषधीको साइड इफेक्टले विरामीलाई झन बढी सिकिस्त बनाइरहेको हुन्छ। त्यसो हो भने सोही डक्टरकोमा गएर मलाई यस्तो यस्तो भयो भनेर थाहा दिनु उचित हुन्छ। हुन त लेखकले ३ घण्टा गुगल गरेर पत्ता लगाएर एक डोज जुकाको औषधी दिएर भोलीपल्टै च्वाट्टै निको भयो भनेका छन् तर किन किन मलाई पहिले चलाईएका औषधीहरु बन्द गरेकाले साइड इफेक्ट विस्तारै हराएर आँफै ठीक भएको हो कि भन्ने लागिर'छ, तर वाह वाह चै एक डोज अल्बेन्डाजोलले पायो कि।
तेस्रो घटना-
विशेषज्ञले जाच गर्दा, इन्डोस्कोपि गरेर औषधी चलाऊदा नि ठीक पार्न नसकेको पेट दुखाइ एमबीबीएस पास गरेका तर नाम नचलेको "क्वाक डक्टर" ले दिएको एउटा औषधीले ठीक गरेको घटना। पहिलो कुरा एमबीबीएस पास गरेको तर नाम नचलेको भन्दैमा ती डक्टर कसरी "क्वाक डक्टर" भए, बुझिएन। त्यसो हो भने त नेपालमा गाउगाउ सेवा गर्ने एमबीबीएस पास डक्टरहरु त सबै नै 'क्वाक' हुने भए। दोस्रो कुरा ती क्वाक भनिएका डक्टरले दिएको Razo-20 भन्ने औषधी Rabeprazole/ राबेप्राजोल हो, जुन ग्यास्ट्राइटिस रोगहरुमा चलाइन्छ। ती शुरुकाविशेषज्ञ डक्टरले उनको पेट दुखाइका लागि त्यही ग्रुपको कुनै औषधी (प्यान्टोप्राजोल ओमेप्राजोल, एस्मोप्राजोल आदी) चलाएनन् होला भनेर मलाई चै पत्यार लाग्दैन। हो, ती औषधीहरुले उनको दुखाइ ठीक भएन त्यो आफ्नो ठाउँमा छ, तर एउटा समस्या ठीक पारेको, नपारेको आधारमा कोही डक्टर राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन। हामी धेरैले डक्टरको उपचारलाई त्यसरी नै तौलिरहेका हुन्छौ। कसैले धेरै औषधी लेख्ने डक्टर राम्रो भन्छन्, कसैले एउटै समूहका फरक औषधी लेखेर ठीक हुँदा शुरुकोखत्तम, पछीको दामी डक्टर भन्छन्, कसैले मेडिकल साइन्सले नै गर्न नसक्ने ग्यारेन्टी दिएर औषधी गर्ने, अप्रेसन गर्ने डक्टरलाई विश्वास गरिरहेका हुन्छन्। हुन त यो मान्छेको आ-आफ्नो विश्वासको कुरा हो, यसले खासै फरक त पर्दैन तर सत्य नबुझी बनाइएका यस्ता धारणाले भविष्यमा धोका दिनसक्छ। आफ्नो लेखमा लेखकले शंका गरेजस्तै ती डक्टरहरुले कमिसनकै लागि अनावश्यक जाचहरु पठाएका पनि हुनसक्छन्। यो समस्या हाम्रो मेडिकल क्षेत्रमा धेरै नै छ। त्यसैले जाचहरु गर्दा किन गरिएको, के रोगको शंका हो भनेर बुझाउने वा कम्तीमा बुझाउन प्रयास गर्ने डक्टरलाई देखाउनु बेस हुन्छ। साथै आँफैले पनि आफ्नो स्वास्थ्यको बारेमा जान्ने, खोजविन गर्ने प्रयास गर्नुपर्छ।
"सामान्य रोगलाई जटिल भन्दिने र जटिललाई सामान्य मान्दिने" कुरा बारे -
डक्टरले विरामीको हिस्ट्री, जाच्दाका देखिएका प्रमाणहरु, ल्याब रिपोर्टहरु अनि आफ्नो ज्ञानका आधारमा नै रोगको पहिचान गर्ने हो, त्यसमा कोही पनि सधैं शतप्रतिशत सही हुन्छ भनेर संसारको कुनै पनि भागमा ग्यारेन्टि दिन सकिदैन। त्यसैले त मेडिसिन साइन्स हो, जादु हैन। फेरी त्यो भनाइ सबैकुरा वितेपछी पछाडि फर्केर हेरी गरिएको कमेन्ट हो, फर्केर हेर्दा कहाँ को के गलत भयो, ठीक भयो भन्न सजिलो हुन्छ, तर शुरुकोअवस्थामा भएका लक्षण, जाचका प्रमाण, ल्याब रिपोर्टहरु, उपलब्ध पूर्वाधारहरुका आधारमा गर्नसकिने त्यति नै थियो कि, त्यही नै थियो कि।
☆.सबैलाई मेरो सुझाव-
--उपचारको लागि विरामीसँग राम्रोसँग कुरा गर्ने, सबै समस्या बुझ्न कोसिस गर्ने, विरामी जाँच्नलाई समय दिने डक्टरलाई विश्वास गर्नुहोला न कि हतार हतारमा कुरा सुनेर औषधी लेख्ने डक्टरलाई। नामै चलेको डक्टर भए पनि विरामीको कुरा राम्ररी नसुनी, राम्ररी नजाची उसले गरेको उपचार गलत हुनसक्छ। त्यसैले कस्को क्लिनिकमा बढी भिड लाग्छ उसैलाई देखाउने भन्दा नि कस्ले समय दिएर विरामी हेर्छन् उस्लाई आफ्नो डक्टर छान्नुहोला।
--औषधी शुरुगर्नु अघी आफूलाई वा आफ्नो आफन्तलाई के समस्या भएको हो डक्टरसँग सोध्ने गर्नुहोला। एउटै रोग ठ्याक्कै भन्न नसकिए पनि के रोगको शंका छ, के के हुनसक्छ भनेर डक्टरले सोचेको हुन्छ नै, त्यसैको आधारमा नै औषधी चलाऊने हो। कहिलेकाही त्यो शुरुकोप्रोभिजनल डायग्नोसिस पछी फेरिन सक्छ, फरक रोग हुनसक्छ, त्यसैले भनेको मेडिकल साइन्सले १००% ग्यारेन्टि दिन सक्दैन। तर तपाईंको डक्टरले रोग पत्ता लगाउनका लागि सकेसम्म प्रयास गरेका छन् भन्ने कुरामा तपाईं ढुक्क हुनुपर्यो।
--टाउको दुखेको छ भने टाउकोको डक्टर, छाती दुखेको छ भने छातीकै डक्टर, पेट दुखेको छ भने पेटकै डक्टर खोज्नुभन्दा पहिले जेनेरल फिजिसियन वा जेनेरल प्राक्टिसनर वा एमडी जीपीलाई देखाउनुहोला, जसले तपाईंको रोगबारे बुझेर समस्या साधारण भए उपचार गर्दिन्छन् र सम्बन्धित रोगकै विशेषज्ञ चाहिने भए रिफर गर्दिन्छन्। यसो गर्दा ग्यास्ट्राइटिस, निमोनिया भएको विरामी गंगालाल (मुटुरोग अस्पताल) पुग्नुपर्दैन, सर्जनले हेर्नुपर्ने पेट दुखाइको विरामी मेडिसिनको डक्टरको मा लाइन बस्नुपर्दैन, मानसिक रोग विशेषज्ञले हेर्नुपर्ने विरामी सबै अस्पताल चहारी हिंड्नुपर्दैन।
समाप्त ।।
Govind Mani Bhatt (कुरा गर्ने) ०३:३४, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
दिवस र छोरी
[सम्पादन गर्नुहोस्]एकाविहानै आमाको अलि ठुलो आवाजले मलाई एक्कासी झस्कायो आमा नानी हैन तँ महिनाबारी हुने समय त गैसक्यो नी हैन र ? म हो आमा आमा तेरी भाउजु त भै सकि त ... तँ खै किन अहिलेसम्म नभएकी हँ अब के गर्ने कसरी आमालाई मेरो महिनाबारी रोकिएको छ भनेर भन्नु अलमलमा परेँ म । झुट बोल्नु भन्दा अर्काे कुनै विकल्प थिएन मसँग म अस्ती मामाघर गएको बेलामा भयो आमा, त्यहि भएर छ दिन उतै बसेको म, फेरी यसपाली त २८ दिन मै भयो आमा ए.. आमाको ए...ले मलाई ठुलै राहत मिल्यो । हतार हतार कोठामा गएर ऐना अगाडि बसेर आफुलाई नियाले । अनि फोन निकालेर डायल गर्न थाले दिवसलाई, दिवसलाई खुसीको कुरा सुनाउनको लागि मलाई धेरै दिन देखि हतार भैरहेको थियो । तर हरेक समय हरेक पल उसको फोन माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वीच अफ गरिएको छ वा त सम्पर्क हुन सकेन बाहेक अर्काे कुरा मैले सुन्नै पाईन । यो पहिलो महिना त मैले आमालाई मामाघर गाको बेला महिनाबारी भयो भनेर टारे तर अरुआठ महिना कसरी टार्ने, विस्तारै बढ्दै आउने पेटलाई परिवार र समाजबाट कसरी लुकाउने भन्ने पिरले सताउन थाल्यो । दिवस जसरी पनि मैले मेरो मायाको चिनोलाई यो संसारमा ल्याउनु नै थियो र आशा पनि थियो म त्यो काम गर्न सक्छु जुन कामको लागि तिमीले मलाई पुरा साथ दिनेछौँ भनेर । हेर न दिवस अब त मेरो दैनिकी नै भैसकेको थियो विहान बेलुका राती, यति मात्रै के भन्नु र चौविस घण्टा मोवाईल हातमा लिएर तिम्रो हरेक नम्बरमा फोन गर्नु, तर तिम्रो फोन लाग्ने नामोनिसाना केही थिएन । मलाई छोडेर गएको पनि झण्डै एकमहिना पुग्न लागेको थियो । हरेक समय तिम्लाई सोचेर विताउनु मेरो दैनिकी बनिसकेको थियो । तिमी तर पनि सबै कुरा विर्सेर अब म आफुलाई आमा कसरी बनाउने भन्ने कुरामा आफुलाई बढि केन्द्रित गर्न थाले । मेरो पेटमा भएको मेरो मायाको चिनारी विस्तारै बढ्दै थियो । मैले परिवार विशेषगरी आमालाई मेरो बढेको पेट लुकाउनु थियो । धेरै जाडो नभए पनि मैले सल ओडेर हिड्ने गर्न थाले । अनि हरेक महिनामा महिनाबारी भयो भनेर चारदिन सम्म आफुलाई भान्साकोठा र पुजाकोठाबाट अलग राखे । दुई महिना तिन महिना हुदै मेरो बच्चा नौँ महिना पुग्न लागेको थियो । अब नपत्याउदो तरिकाले मेरो पेट ठुलो भएको थियो । मलाई कसैले सोध्यो भने के भन्ने, भन्ने कुराको कुनै ज्ञान थिएन । एकदिन राती सुत्ने बेला भाउजु मेरो कोठामा पानी पु¥याउने बाहानामा आएर सोधपुछ गर्न लाग्नु भयो । एकमनले त सबै कुरा भनौँ जस्तो लाग्यो तर ह्याा भाउजु पनि नचाहिने संका गर्नु हुन्छ भनेर टारे । अब भने मलाई एकदमै डर लाग्न थालेको थियो । हरेक समय म तनाबमा हुन थालेको थिए । मलाई केही भयो भन्ने कुरा मनमा खेलिरहन्थ्यो । श्रीमान परिवारको साथ पाउदा त कति गाह्रो हुन्छ गर्भबती भएको बेलामा । म त कसैलदाई थाहा नदिएर लुकिछिपी लगाएको मायाको उपहारलाई जन्माउने प्रयत्न थिए, जुन कुरा दिवसलाई पनि थाहा थिएन या त थाहा पाएर पनि उसले वेवास्ता गरेको थियो । तरपनि दिवसलाई सम्पर्क गर्ने प्रयास जारी राखेको छु नौ महिनापछि फेरी मेरी आमाको कडा स्वर विस्ताराबाट नउठ्दै सुने आमा ः हैन ए नानी त आजभोली कति अल्छि भएकी हँ, काम गर्ने खाने सबै कुराबाट भाग्न खोज्छेस्, छोरी मान्छे यसो चाडै उठ्नु घरधन्दामा सघाउनु केही छैन, छिटो आईजा उठेर । आमाले आफ्नो कुरा सक्नु भएछ क्यारे बोल्नु भएन । अनि म पनि उठ्न खोजे तर कता कता शरिर एकदमै थाके जस्तो, कतै दुखे जस्तो भयो । विस्ताराबाट उठ्नै सकिन । लौ न मलाई त प्रसब व्यथा लागे छ कि क्या हो, एकदमै गाह्रो पो भयो , पेट पनि दुखिरहेको छ । अनि गुप्ताङ्गबाट खै यो के चिल्लो चिल्लो पानी पनि आईरहेको छ, लौन के गर्ने अब, कस्लाई भन्ने, मलाई एकदमै छटपटि भयो । एकपटक दिवसलाई सम्झेर भक्कानीएर रुन मन लाग्यो । सिरकलाई अंगालो हालेर बेसरी रोए । तर रोएर के गर्नु । सबैको अगाडी नौँ महिनासम्म लुकाएर राखेको सत्य अगाडी आउदै थियो । मलाई अरुकसैको डर थिएन, डर थियो त आफैँसँग अनि डर थियो मेरी आमासँग, जसको आवाज सुन्दै म थरररर हुन्थे । कसरी सामना गर्नु आमालाई । प्रसब पिडा खप्न नसकेर म बेसरी नै कराएछु, तल्लो तलाबाट आमा र भाउजु आउनु भयो । भाउजुलाई पहिलेदेखि नै दिवससँगको मेरो सम्बन्धको बारेमा थाहा थियो त्यसैले केही दिन अगाडी संका लागेर सोध्नु पनि भएको थियो , तर मेरी आमालाई आफ्नी कुमारी छोरी आमा बन्दैछे भन्ने कुराको थाहा थिएन । आमा एकदमै अनविज्ञ हुनुहुन्थ्यो । म चिच्याएर रोएको देखेर आमा आत्तिनु भयो र भाउजुलाई तातो पानी ल्याएर आईजा भन्नु भयो । भाउजुको संका अब सच्चाईमा बदलिसकेको थियो उहाँले आमालाई मलाई अस्पताल लैजान आग्रह गर्नु भयो । कठै मेरी आमाले अलिकता पेट दुख्दैमा मलाई किन अस्पताल लैजान मान्नु हुन्थ्यो र मान्नु भएन तर पनि भाउजुले मनाएरै छोड्नु भयो । अस्पतालको बेडमा म प्रसव पिडाले छटपटिरहेँ । आमालाई भित्र पस्न दिईएन । पिडा खप्नलाई म भगवान पुकारी रहेँ, भनिरेहँ मेरो बच्चा स्वस्थ जन्मोस भनेर प्राथना गरीरहेँ, गरिरहेँ । एक्कासी बच्चाको च्यााा ले मलाई संसारको सारा खुसी दियो । पिडा भुलेर उठेर हेर्न मन लाग्यो मेरो मुटुको टुक्रालाई । हेरे, छोरी रैछे, दिवसले जे चाहेको थियो त्यहि उजस्तै राम्री रैछे । डाक्टरले मलाई को छ तपाईको भनेर सोधेपछि मैले आमा भनेर बाहिर ईसारा गरे । मैले सोचे जसरी मैले मेरो सन्तानलाई जन्म दिदा मेरो ममता छताछुल्ल भएको छ त्यसरी नै खबर सुनेर मेरी आमाको पनि ममता छताछुल्ल हुन्छ होला, कुद्दै भित्र आएर मलाई सुमसुम्याउदै कस्तो छ भनेर सोध्नु हुन्छ होला भनेको त आमा अस्पताल बाहिरै मलाई तथानाम गाली गर्न थाल्नु भयो । म अन्यौलमा थिए अब कहाँ जाने के गर्ने, भर्खर जन्मिएकी मेरी अबोध छोरीलाई मैले के भन्ने, कस्लाई आफ्नो भन्ने कस्लाई पराई भन्ने केही कुरा दिमागमा घुसेन । एउटै आशा बाँकी थियो मेरा लागि, मेरी भाउजु । तर उनले पनि मलाई अस्पतालबाट घर लैजाने कुरामा कुनै चासो देखाईनन् । छोरी अस्पलातको बेडमा घाँटी सुक्ने गरी रुदैथिई, मैले होस नै गुमाएछु क्यारे सुन्दै सुनिन्, सबैले लात हानेर गएपछि कसरी सुन्नु छोरी रोएको । थाहा छ दिवस त्यति बेला तिमीलाई निक्कै सम्झिए, तिमी कहाँ थियौँ के गर्दै थियौँ केही थाहा थिएन । तिमी अब आउदैनौँ थाहा भैसकेको थियो मलाई र पनि तिम्लाई सम्झिन मन लाग्यो । छोरीलाई दुध खुवाउदा खुवाउदै खै कति बेला निदाएको रैछु, कसैले छोए पछि ब्युझिए । यसो हेरेको भाउजु र आमा मेरो बेड नजिकै उभिनु भएको रैछ । आमालाई हेर्नै सकिन डरले, एकशब्द नबोलेर छोरीको सानो औला सुम्सुम्यादै बसिरहे । आमाले उहि रुखो स्वरमा भन्नु भयो “घर जान उठ अब” विश्वास नै लागेन एकछिन अगाडीसम्म तथानाम गाली गर्ने मेरी आमाले मलाई साच्चिकै घर जानलाई उठ भनेकी हुन की यत्तिकै थाहै पाउन सकिन । भाउजुलाई यसो हेरेको भाउजु डराएका तर चम्किएका आखाले मुसुक्क हाँस्दै मलाई आमाले घर जाने स्वीकृति दिएको कुरा भन्दै हुनुहुन्थ्यो । मलाई एकदमै खुसी लाग्यो । आमाले नै स्वीकार गरिसकेपछि अब मलाई कसैको डर थिएन । म घर जानको लागि तयार भए र आमा र भाउजुको अगाडि लागेर घर गए । घरमा बुवाले पनि कुनै किसीमको प्रतिकार गर्नु भएन । गाँउलेको मुख थुन्ने काम आमाले नै गर्नु भएको थियो तर पनि उनिहरुले भन्न भने बाँकी राखेका थिएनन् । मलाई अब कसैको कुराले कुनै असर गर्दैनथ्यो । बानी परिसकेको थियो मलाई । तिम्लाई थाहा छ दिवस, तिमी विना पनि मैले हाम्रो...हैन हैन मेरो छोरीलाई राम्रोसँग हुर्काईहरको छु । अहिले त उ नर्सरीमा पढ्ने भैसकि । भर्खर बोल्न सिक्दा त बाबा खै भनेर हैरान गरी तर अहिले उसले बुझीसकेकी छे कि उ बाबु विनाको छोरी हो, म नै उसको बाबा र मामु दुबै हो भनेर । बोल्ने बेला एकपटक मामु र एकपटक बाबा भनेर बोलाउछे मलाई । दिवस अब मलाई तिमीसँग कुनै कुराको आशा छैन र तिम्रो आवश्यकता पनि छैन । तिमीलाई सम्झेर कुनै दिन, कुनै पल एकदमै रोए, कराए, अत्तालिए । तर अब तिम्रो लागि म न त कहिले दुखी हुनेछु न त कहिले रुनै नै छु । कस्तो विर्सिएछु यो सबै त मैले तिमीलाई धन्यवाद दिनको लागि पो लेखेको हो त । तिमीले बेहोसीमै भए पनि मेरो लागि मेरो जीवनको सबैभन्दा महत्वपुर्ण कुरा मेरी छोरी मलाई दियौँ । दिवस तिमीलाई त थाहा छ या छैन छोरीको कुरा तर पनि कसैले तिमीलाई सुनाएको छ या त तिमी भेष बदलेर मेरो र मेरो छोरीको खुसी टुलुटुलु हेर्दैँ छौँ भने तिमीले अबश्य पनि देखेको हुनु पर्छ संसारको सबैभन्दा धेरै खुसी र भाग्यमानि म र मेरी छोरीलाई । दिवस फेरी पनि तिमीलाई धेरै धेरै धन्यवाद । हुन त अरुले हेर्दा र देख्दा अथवा सुन्दा तिमी धन्यवादको लायक छैनौँ । किनभने एउटा नारीलाई दुईचार दिनको माया देखाएर आफ्नो स्वार्थ पुरा गरेर हिड्ने मान्छेलाई यो समाजले कहिले राम्रो भन्दैन र भन्नु पनि हुदैन । तर मैले भने तिमीलाई अब कहिले पनि नराम्रो ठान्ने छैन । मेरो आमा हुने अधिकारलाई तिमीले पुरा गरिदिएका छौँ । त्यसैले पनि बारबार तिमीलाई धन्यवाद भनिरहेको छु । दिवस म अहिले एकदमै खुसी छु । मेरी छोरी खुसी छे । मेरो परिवार खुसी छ र मेरो सिंगो समाज खुसी छ । श्रीमान विना श्रीमतिले केही गर्न सक्दैन भन्ने मानसिकतालाई मैले सहजै तोडेको छु, र त्यो तोड्नको लागि परम्परागत र अन्धविश्वासले सिकार भएकी मेरी आमाले सहयोग गरिन र त्यसमा साथ दियो परिवार र समाजले । दिवस तिम्रो पनि त सपना थियो नि एउटी राम्री छोरीको । त्यो सपना अब पुरा भएको छ । तिमीले सधैँ भन्ने गरेकी छोरी मेरो काखमा लुटपुटिएकी छे, उसलाई मेरो काखमा लुटपुटिन एकदमै मन पर्छ, तिमीलाई पनि त मेरो काख जस्तो प्यारो अर्काे कुनै कुरा थिएन नी हैन र ? त्यहि भएर पनि होला सायद छोरी पनि यस्ती भएकी । दिवस कति सुनाउनु तिमीलाई मेरो खुसीको कुराहरु मात्रै, तिमी जहाँ छौँ जोसँग छौँ जस्तो अबस्थामा छौँ सधैँ खुसी र सुखी रहनु । छोरी बढ्दै गएकी छे । दिवससँग अझै सम्पर्क भएको छैन । समाप्त ।। 49.126.0.43 (कुरा गर्ने) ०३:५७, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
सिँगाने सभासद् !
[सम्पादन गर्नुहोस्]बूढा बा बाख्रालाई घाँस हाल्दै थिएँ । पर्तिर गाईले बाच्छो कुल्चियो । बाच्छो छुटाउँदै यसो के जुँघामा हात के पुर्याएका थिए, भैँसीको पछाडिको हतियार पुच्छरले झ्याम्म हान्यो । ‘हैन ए दोख हो, कति दुःख दिन जानेका ए’, बा पड्किए । पुच्छरले सोहोरेर बाको पुरानो जमानाको एचएमटी घडी कान्लामुनि पु¥यायो । बालाई थामिनसक्नु रिस उठ्यो । तैपनि आफैलाई संयमित राख्दै बा कान्लामुनि घडी खोज्न झरे । भैँसीको गोबरमा लतपतिएको घडी उठाएर यसो दौराका फेरले पुछपाछ त पारे नि । घडीको दम दिने चाबी घडीमा छैन । त्यत्तिकैमा हल्लुँड ल्याएर भैंसी कुट्न थाल्छन् । ‘असती किरिया तैँले गर्दा जतन गरेर चलाएको ४० वर्ष पुरानो घडीको चाबी हरायो । तेरा ।’ हुन पनि एकपल्ट मेकानिककहाँ नपुर्याईकनै चलाएको घडीको यो हालत । रिस नउठोस् पनि किन । हिजो दिएको दम सकिएपछि घडीको पनि दम बस्छ नै । बिहानै बिरालाले बाटो काटेको पनि सम्झना छँदैछ । चिया बनाउँदा मरिचको धुलो भनेर जीरा धनियाँको धुलो आमैले खुवाएको रिस समेत भैँसीले खप्नुपरेको छ । बूढा बा आना मानु घिउ खाएको कुरा अझै गर्न थाक्दैनन् । छोरो जनयुद्धका बेला मारिएको । बुहारी अर्कैसँग गएकी । नाति र नातिनी पढाउन मावलीले लगेका। घरमा आमै र उनै मात्र । उमेरले ७४ लाई बिदा दिन दिन खोज्दैछ । घरका सबै काम आफ्नै काँधमा । बिहानै खेत पुग्न पाएकै छैनन् । धान असरल्ल छ खेतमा । भट्मास टिपेकै छैन । आलीमै प्वाकप्वाक फुटेर झर्न थालिसके । खलो ताछतुछ, बढारकुँढार, लिपपोत केही छैन । खेताला पाइँदैनन् । आफू सबै काम गर्न सकिँदैन । केही रामायण र केही गीताका श्लोक मन परेका बेला मुखबाट आउँछन् । रिस उठेपछि आधुनिक गाली । त्यति गर्दा पनि रिस मरेन भने कहिलेकाहीँ भैँसी कुटेर र आँगनको छेवैमा रहेको बडहरको रूखमाखुकुरी बजारेर बूढा चित्त बुझाउँछन् । आमैलाई हत्तपत्त केही भन्दैनन् किनकि आमैलाई रिस उठ्यो भने यिनका सातपुस्ता भाकेर एकैपल्ट पिण्ड दिन्छिन् । एकपल्ट अलि उमेर भएकै बेला यिनलाई आमैदेखि रिस उठ्यो । यिनले आधा घण्टा गाली दिए । आमैले कालीकाली रातीराती हुँदै सबै गाली सुनिन् । जब यिनका गाली सकिए, आमैले एक घण्टा धारा प्रवाह यिनलाई गाली दिइन् । तेसपछि बाबैको बातो बसेको अहिलेसम्म पनि आमैलाई एक बचन गाली गरेका छैनन् । बरु त्यो रिस बाख्रा, भैसी र विशेष गरी जोत्न जाँदा गोरुमाथि खन्याउने चलन अझै कायमै छ । केही नचले रूखलेसमेत यिनका रिस थाम्नुपर्ने हुन्छ । डोका, नाम्ला र थुन्से मात्रै यिनले झण्डै दर्जन जति ता काटिसकेका छन् । कहिलेकाहीँ केही गर्दा पनि रिस मरेन भने जो आयो उसैलाई गाली गर्न र झर्किन पनि बूढा बा पछाडि नपर्ने । तर बूढाको तर्क भने प्रायः गलत हुँदैन । आज पनि घडीको दम दिने चाबी खुस्किएको छ । बालाई सानो रिस उठेको छैन । यत्तिकैमा पर्तिर झ्यामझ्याम बाजा बज्न थालेको सुनियो । मंसिरको दोस्रो हप्ता भर्खर लाग्दैछ । बिहेको बाजा होला भनेर मनमनमा सोचे । याँ आफूलाई घडीको चाबी हराएको बेला जोसुकैको बिहे होस है आ… भनेर बूढा बा फेरि चाबी खोज्ने ध्याउन्नमा लागे । गोबरको थुप्रो । तेसमाथि पराल बेरिएको छ । फेरि वरपर बाक्लै र लामै झार पनि उम्रेको छ । खोजेर त्यो सानो चाबी के भेटिन्थ्यो । एक चरण फेरि भैँसीलाई गाली गर्दै एक दुई दनक धुलाइ दिएर धारामा हात धुन बूढा बा लागे । बूढी आमै र यिनको गजब मिल्ती के छ भने यिनलाई रिस उठेका बेला आमै चुपचाप बस्छिन् अनि आमैलाई रिस उठेका बेला यी । चुनावका बेला अस्ति भोट माग्न आएका उम्मेदवारलाई यिनले गोहोरो चुटेभन्दा धेर कुरैले चुटेर पठाएका थिए । उम्मेदवारले बोल्न पाएका भए ता मारिदिनू । एउटा संविधानको धारो दिन नसक्ने तिमेरु जाबाले के कुलो दिन्छौ, के नहर दिन्छौ र के बाटोघाटो विकास दिन्छौ ए सिँगाने । लू भन्, बूढा बाले उम्मेदवारको सातो टिपेका थिए । तँ सिँगाने अरु१० वर्ष सभासद बन्दैनस् , जा ! भन्दै एक-एक उम्मेदवारलाई लघारेका थिए । उनीपछि आमैको पालो आएको थियो गालीको । उनले पनि चण्डी पाठ सरह नै फरर्र गाली दिएकी थिइन् उम्मेदवारहरूलाई – तेरिमा …खाने ….बजिया ..लबस्तरा…. ! धारामा हात धुँदाधुँदै बाजा झनझन नजिक बज्दै आएको सुनियो । बिहान बिहानै कुन असत्तिको बिहे हो यो ? – बाजे मुर्मुरिँदै थिए । फेरि चिया बनाएर आमैले ल्याइदिइन् । चिया चुस्की लाएपछि बाको रिस अलिक शान्त भयो । अब बा रामायणका श्लोक पढ्न थाले – ‘तर्छु क्षार समुन्द्र आज सहजै भन्ने इरादा धरी…।’ तेसपछि आइपुग्यो बाको तमाखु । नली हालेर गुडुर्र-गुडुर्र पार्दै तान्न थाले । आमैको काम धन्दा भान्छामै चलिरेहको छ । हाते माइकको आवाज पनि प्रष्टै सुनिन थाल्यो । ‘हैन ए बजिया हो नै केके फलाक्तै हिँड्दैछन् ए…।’ बाका मनमा कुरा खेल्दा खेल्दै यत्तिकैमा एउटा पुरुष स्वर सुनियो, ‘तपाई हामीले भोट हालेका विजयी सभासद् तपाई हाम्रो घर दैलोमा आउनुभएको छ’, …बाँकी महिला स्वरमा सुनियो, …’उहाँलाई आमा, बाबु, दाजुभाइ, दिदी बहिनी सबै मिलेर स्वागत गरौँ । फूलमाला र अबिरले स्वागत गरौँ । उहाँले धन्यवाद दिनुहुनेछ । तपाईहरूका अगाडि प्रण गर्नुहुनेछ ।…’ ‘ए, सिँगाने बजिया पो आएछ ! तेस तल्ला गाउँका सिँगाने बजियालाई हामीले स्वागत गर्नुपर्ने । मेरो हुक्काको नली देख्दा सानोमा भागेर कहाँ पुग्थ्यो । अहिले मैले स्वागत गर्नुपर्ने । आओस् न !’ बाजे मनमनै कड्किँदै मुर्मुरिए । पर डाँडाबाट उनैका घरतिर एक हुल लावालस्कर आउँदैछन् । अगाडिअगाडि पञ्चैबाजा, झ्याम्टा, झ्याली बजिरहेका छन् । पञ्चै बाजाको स्वरलाई साथ दिँदै दमाहासँगै ढोल पनि बज्दैछ । मादलको ताल पनि छ । सहनाई सबै बाजाभन्दा माथि बसे जस्तो गरी लगातार बजिरहेको छ । धुतुरी…धुतुरी …नर्र्सिंगा पनि सकिनसकी दुई हातले थामेर बजाउँदैछन् बाद्यवादक । दुई घरयता बाकै घर छ । बिहानदेखिको रिस उसै छ । तेसमाथि राजनीति भनेपछि बा उसै बम्किन्छन् । तेही राजनीतिले छोरो लग्यो । नत्र अहिले घरका कामकाज उसैले गर्थ्यो । ३६ वर्षको उमेरमा छोरोलाई सुराकी भनी सेनाले उठाएर लगेका । सात दिनपछि लाश खोलामा भेटियो । कुन सेनाले हो उनले छुट्याउन सकेका छैनन् । राजनीतिले केटाकेटीलाई टुहुरा बनाएको छ अनि बूढाबूढीलाई बेसहारा । तेही राजनीति, जो दिन केही जान्दैन, लिन मात्रै जान्दछ । तेही राजनीति कहिले भोटका रूपमात कहिले चोटका रूपमाजनताको घरदैलोमा झुल्किन्छ । अनि तिनै राजनीतिपीडित नेपाली जनताका एक प्रतिनिधिपात्र बूढा बा राजनीतिसँग नरिसाउन् पनि किन । बाजाको आवाजसँगै हाते माइकको आवाज पनि नजिकै आइपुग्यो । वरपरका केटाकेटी दौडिँदै बाजा बजेको ठाउँतिर जम्मा हुँदैछन् । बाको घर यस मामलामा सुनसान छ । निरस छ । आँगनैनिर आइपुग्यो सभासदको विजय जुलुस । ५–७ सयको हाराहारीमा मान्छेले घेरिएको र बोकिएको सभासद् भुइँमा ओर्लिन्छ र परैबाट दण्डवत गर्छ – ‘बा, आशिर्वाद दिनुस्मै, ले जितेर आएँ । अब संविधान बनाउन सकौँ ।’ सभासद्ले बूढाको खुट्टामा ढोगिदिन्छ । कार्यकर्ताले बूढाबालाई बोकेर घुमाउँछन् । तल्ला गाउँको सिँगाने सभासद् भएर आएको । आफ्नै छोराको उमेरको मान्छे । बूढालाई केले छोप्छ छोप्छ । रिस कता पुग्छ । द्रबित हुन्छन् । आँखाबाट आँसु झर्छन् । ‘मेरो छोरो पनि बाँचेको भए यसैगरी मलाई खुट्टामा ढोग्थ्यो बाबु । के गर्नु बजियाहरूलेमारिगए ।’ खुइय गर्छन् । सभासद् भावुक हुन्छ । भन्छ– ‘बुबा पीर नगर्नुस् । ऊ गयो त के भो, मलाई पनि तपाईकै छोरो सम्झिनुस् । तपाईको यो सिँगाने आज सभासद् भएको छ । देशको काम गर्छ । तपाई जस्तै आमाबुबाको आँसु पुछ्ने काम गर्छ । देशलाई समयमा संविधान दिन्छ र बिग्रेको राजनीतिलाई सही ठाउँमा ल्याएर जनताको प्रिय मात्रै जनताको नेता बन्न सक्ने पद्धति बसाउँछ… ।’ ‘बाबू तँलाई धेरै आशिर्वाद छ । राम्रो गरेस् । सिँगाने, तैले सबैको मन जितेस् । अघिल्ला ६०१ जस्तो नगन्हाएस् । यही आशिर्वाद छ मेरो’ – बूढा बा भावुक बने । आमैले अबिर लगाई दहीको सगुन खुवाइदिइन् । सभासद्ले खुट्टामा ढोग्यो । …. एकाएक बूढा बाको बिहानदेखिको रिस फेरि जागेर आउँछ । कड्किए–’ तँ बजिया सिँगाने, एउटा संविधानको धारो पनि दिन सकिनस् भने यताहुँदो नदेखिनू । संविधान नबनएसम्म तँ मेरा घरमा नबस्, गइहाल् । कथं गन्हाइस् भने पासो लागेर उतै मरेस् । गाउँ नआएस् !’ बज्दै गरेका बाजा ठप्प रोकिए । वातावरण एक्कासी स्तब्ध बन्यो । सिँगाने सभासद्का अनुहारमा चिन्ताका रेखा दौडिन थाले । समाप्त 49.126.0.37 (कुरा गर्ने) ०४:०६, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
सन्तान भएर पनि एक्लै र्छौँ
[सम्पादन गर्नुहोस्]नमस्ते आमा बुवा, सञ्चै हुनुहुन्छ ? यो हाम्रो सम्बोधनको क्रम नसकिदै भित्रबाट बुढि आमा र बुढाबा बाहिर निस्केर को हो ला ? यसरी एकाविहानै सञ्चो विसन्चो सोध्ने भन्दै बाहिर निस्कनु भयो । को हौ बा तिमीहरु कहाँ बाट आयौँ....“हेर त बुढि हाम्लाई पनि कोही त आउदो रैछ नी सञ्चो विसञ्चो सोध्नलाई” बुढा बाले आमालाई भन्नु भयो । हामी बाआमाले नभन्दै पहिले नै यहाँ बस्दा हुन्छ नी भन्दै बसिहाल्यौँ । किनभने हामी उकाली ओराली हिडेर निक्कै थाकेका थियौँ । त्यसैले पनि उहाँहरुको बस न भन्ने आग्रह कुर्न सकेनौँ र थ्याच्च बस्यौँ । आमा अलि हतारिदै भन्नु भयो किन नहुनु हुन्छ नी बस न बा । हामी दुबै जना त्यहि नजिकैको खाटमा बस्यौँ । अब कुराकानीको सुरुवातकहाँ बाट कसरी गर्ने भन्ने कुराको नै अलमल भयो । मलाई हामीलाई सञ्चो विसञ्चो सोध्ने नी कोही रहेछ भन्ने वाक्यले कता कता भित्र भित्र पोलिरहेको थियो । किन उहाँहरुले यस्तो भन्नु भएको होला भन्ने कुरा जान्न एकदमै मन लागेको थियो । सोध्न सकिरहेको थिएन । तर पनि कुराकानीको सुरुवातत गर्नै पर्ने थियो । अनि भन्नु पर्ने थियो हामी के कामले त्यहाँ गएका थियौँ भनेर । हुन त हामी त्यहाँ रेडियो मदनपोखराको कार्यक्रम किसान बोल्छले त्यहाँका किसानलाई पारेको प्रभावको बारेमा अध्ययन गर्नका लागि कलेजबाट गएका थियौँ । उहाँहरु हाम्रो लक्षित उमेर समुह (१४–४५) मा पर्नु हुदैनथ्यौँ । त्यहि पनि हामी त्यो घरलाई रोज्यौँ, रोज्यौँ ति आमा बालाई । जो हामीलाई देखेर घरमा भगवान आएजस्तो गरेर खुसी हुनु भएको थियो । मैले उहाँहरुलाई हामी किन र कहाँबाट त्यहाँ पुग्यौँ भन्ने कुराको जानकारी दिए पछि हाम्रो कामको लागि थोरै कुरा गरेर अरुनै कुरा गर्न थाले । मैले केही कुरा गर्न लाग्दा मसँगै गएकी मेरी साथीले ति बुढा बाआमालाई खोई त बा घरमा त तपाईहरु मात्रै हुनुहुन्छ त छोराछोरी कता हुनुहुन्छ । पढाई र कामका लागि बाहिर हो की भनेर के सोधेकी थिईन आमाले लामो सुस्केरा हालेर भन्नु भयो काँ पढाईका लागि बाहिर जानु बा, छैनन् गएका । अनि मलाई फेरी मनका चिसो पस्यो सोध्नै नहुने कुरा पो सोधियो की भनेर । तर पनि मलाई उहाँहरुको कुरा जान्न मन लाग्यो र छोराछोरी कति हुनुहुन्छ कहाँ हुनुहुन्छ भन्ने कुरा सोधेँ । मेरो प्रश्नको उत्तरमा आमा बा दुवैजनाले एक्कै पटक भन्नु भयो हाम्रा छोरा छैनन नानी , छोरा छैनन् । त्यहि भएर हामी एक्लै छौँ, हामीलाई सञ्चो विसञ्चो सोध्ने, खायौँ खाएनौँ सोध्ने कोही छैन, कोही छैन हाम्रो । मलाई हाम्रा छोरा छैनन् र हामी एक्लै छौँ भन्ने वाक्यले एकदमै नरमाईलो लाग्यो तर पनि सोधेँ छोरी त हुनुन्छ होला नी । मेरो यो प्रश्नको उत्तर उहाँका लागि खै कस्तो भयो थाहा छैन उहाँले आँखाभरी आँशु पारेर भन्नु भयो छन् बा छोरी छन् हाम्रा एउटा हैन दुई वटा हैन पाँच पाँच वटा छन्, त भएर के गर्नु हाम्लाई हेर्ने फुर्सद त कहाँ छ र उनिहरुलाई । आफ्नै घरलाई स्याहार सुसार गर्दै ठिक्क छ । बुढाबुढिलाई कस्ले हेर्छ र । छोरा भएको भए किन यो बुढेसकालमा एक्लै बस्नु पथ्र्याै र ? यति भन्दा उहाँका आँखा आँशुले छपक्कै छोपिएका थिए, गला अबरुद्ध हुदै गयो, भन्दा भन्दै आमा सुक्क सुक्क गरेर रुन थाल्नु भयो । एकछिन वातावरण स्तब्ध भयो । एकछिनको मौनता तोड्दै बा बोल्न थाल्नु भयो , अहिले त हामी सञ्चैँ छौँ नानी, पानी खुवाउने र सञ्चो विसन्चो सोध्ने मान्छेको खाँचो छैन । यत्तिको हुदा त आफै गर्न सक्छौँ तर बुढाबुढी नै विरामी परेर वल्लो पल्लो विस्तारामा पल्टिदा भने साहै्र नराम्रो लागेर आउछ । उहाँका फेरी गहभरी आँश भए । मलाई लाग्यो बुवाले आफ्नो दुःख पोख्दै हुनुहुन्छ र कुनै गम्भिर घटना सुनाउदै हुनुहुन्छ । हामी दुवै जना मौन थियौँ, सुन्यता छायो एकछिन । शुन्यतालाई चिर्दै आमा बोल्नु भयो । छोरीहरु सबैको विहे भैसेको थियो, घरमा कोही थिएन दुबैजना विरामी प¥यौँ, छोरीहरु फर्केर आएनन्, छिमेकीले कति नै हेर्छन् र भाग्य बलियो रैछ र बाँचियो । आमा र बाको छोराप्रतिको आसक्ति देखेर र छोरा नहुदा एक्लै बस्नु प¥यो भन्ने सुन्दा नरमाईलो लाग्यो । अनि मलाई उहाँ दाङ, पाल्पा, बुटवलमा विहे भएर गएका पाँच जना छोरीहरुको सम्झना आयो । लाग्यो पाँच जना छोरी मध्ये एकजनाले त ति बुढा आमा बा को हेरचाह र रेखदेख गर्नु पर्ने थियो । तर उहाँहरुको पनि आफ्नै बाध्यता र कठिनाई थिए होलान् त्यसैले त आफुलाई जन्म दिने बुवाआमालाई त्यसरी एक्लै छोड्नु परेको होला भन्ने पनि नलागेको होईन । मलाई कता कता ति आमाबाका छोरीहरु सम्झेर रिस उठ्यौँ मनमनै गाली पनि गरे । हुन त छोराले भन्दा धेरै स्याहार सुसार र माया दिएर सँगै राखेका छोरीहरु पनि त हाम्रो समाजमा थुप्रै छन् नि । उनीहरुले आफ्नी आमालाई कहिले छोराको अभाव हुन दिएका छैनन् । मलाई यहाँ मेरै फुपुको कुरा गर्न मन लाग्यो । सरकारी कर्मचारी त्यो पनि ठुलै ओहोदामा रहेका मेरा भान्जदाजु जस्लाई एउटी आमा निकै बोझ भयो तर तिनै भान्जिदीदि जसले रातदिन नभनी आमाको स्याहार सुसारमा आफुलाई लगाईरहन्छिन् । हरेक समय आमाको खुसीलाई जिवीत राख्न र छोराको आवश्यकता महसुस हुन नदिन लागि पर्छिन । जुन छोरालाई छोरीलाई भन्दा सधैँ धेरै महत्व दिईन सधैँ छोराकै लागि भनेर आफ्नो पसिना बगाई, जुन छोराका लागि आफु भोकै बसिन् ति आमा जसलाई अब छोराको साहाराको आवश्यकता प¥यो तब छोराले सबै कुरा बर्सेर आमालाई एक्लै छोडेर शहर पसे । तर छोरी जो सधैँ दाईको अगाडि ओझेल परिन उनले आमाको दुखमा हरेक पलपल साथ दिईन । आमाको हरेक पिडालाई आफुले लिईन र आमाको आँखाबाट कहिले पनि आँशु झर्न दिईनन् । अब मेरी फुपुलाई छोराको कुनै आवश्यकता छैन । भेटमा भन्छिन् छोरा छैन, अब मलाई कस्ले हेर्छ भनेर पिरोलिनु बेकार छ । म अहिले एकदम खुसी र सुखी छु । ति बाआमाको कुरा सुन्दा मलाई मेरी फुपुको निकै सम्झना भयो । मैले निकै सम्झिए पाल्पाको एउटा गाँउबाट काठमाडौँको सुखसयलमा छोरीसँग बस्दै गरेकी मेरी फुपुलाई । जो छोराको कारणले गाँउमा सधैँ रोएर रात विताउने गर्थिन । मलाई आफु छोरी भएर जन्मन पाएकोमा सधैँ एकदमै गर्व लाग्थ्यो । सधँै भन्ने गर्थे छोरीले बाआमाको सम्बेदना र भावनालाई बुझ्छ । आमाबाको दुखमा साथ दिन्छ भनेर । तर ति बाआमालाई भेटे पनि र उहाँहरु कुरा सुने पछि लाग्यो कतै म पनि आफ्नो घर परिवार र सन्तानको हेरचाह गर्ने नाममा आफ्ना आमा बालाई त विर्सने हैन, कतै ति बुढा आमाबाले बुढेसकालमा विताउनु परे को एक्लोपन र महसुस गर्नु परेको जस्तै मेरा बाआमाले त गर्नु पर्ने हैन भनेर मन भित्रभित्रै पोल्न थाल्यो । मनमा अनेक किसीमका कुराहरु खेलाउदै हामी (म र मेरो साथी) बस भएको ठाँउमा आईपुग्यौँ । ति आमाबाबाट विदा मागेर आएको धेरै समयसम्म पनि मेरो मनमा त्यहि बाआमाको कुराहरु मनमा आईर¥यो । छोरा भनेको छोरै हो रै बा भनेर ति आमाले आँखाभरी आँशु पारेर भनेको कुरा पछि सम्म पनि चलचित्रको दृष्य जस्तै एकपछि अर्काे गर्दै आउन थाले । के साच्चिकै ति बुढा आमाबाको आँशु पुछ्न, एकान्त र बुढेसकालको साहारा टुटेको छोरा नभएर नै हो त ? के साच्चै छोरीले विहे पछि आमाबालाई केही गर्नै सक्दैनन् र ? कि त विहे पनि गर्नै मिल्दैन ? बुवाआमालाई बुढेसकालमा साहारा दिने काम त छोरा होस् या छोरी दुबैको हो । आफुलाई हरेक समयमा साथ दिएर पढाउने बढाउने बुवाआमालाई जस्तो सुकै अबस्थामा हेर्नु पर्ने दायित्वबाट विभिन्न बाहानामा पछि हट्न मिल्छ र ?
49.126.0.37 (कुरा गर्ने) ०४:१०, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
बेन्च पाट्नर-२
[सम्पादन गर्नुहोस्]उसलाई फस्ट टाइम देख्ने बित्तिकै म उ माथी फिदा भएको थिए, एउटि केटिले मेरो मनमा यसरी भुइचालो ल्याउछ भनेर मैले कहिल्यै सोचेको पनि थिइन। अर्को परिक्षा फिजिक्सको थियो, इन्ट्रेस्ट भएको भएर होला फिजिक्स मलाई खासै गार्हो लाग्दैन तर परिक्षामा राम्रो अंक भने कहिल्यै ल्याउन सकिन। बोर्ड एक्जम पो होत भन्दै किताब पल्टाएर पढ्न थाले तर त्यो मोरिको तस्वीर आँखामा यसरी बसेको थियो कि किताबमा अक्षर हैन त्यै मोरिकै तस्वीरहरु देख्थे। एकैछिन दिमाग खाली हुदा मोरिकै याद आउथ्यो, म आफ्नै कल्पनाको संसारमा रुमलिन थाल्थे, मनमनै उ सँग वार्तलाप गर्थे, कल्पनामै मोरिसँग भृकुटीमण्डपको फन पार्कमा गएर फन पनि गरे, टुँडिखेलमा गएर घाम ताप्दै भुटेको बदाम र सुन्तला पनि खाँए, गार्डेन अफ डृममा गएर घन्टौ माया पिरतिका गफ गरेर पनि बसे, फिलिममा हिरो हिरोईनले झै गित गाउदै नाच्यौ पनि, छिनमै प्रेमिहरुको सहर पेरिसमा पुग्थ्यौ त छिनमै काठमाडौंको वसन्तपुरमा पुग्थ्यौ..यहाँ सम्म कि कल्पनामै मोरिसँग बिहे गरेर छोरा छोरी धरी पाए भोलिपल्ट बिहानै उठेर एक्साइटेड हुँदै परिक्षा दिन हिंडे। परिक्षा सेन्टरमा पुगेर यताउती खोजे तर अँह उसलाई कतै भेटिन। एक ठाउमा गएर बसे अनि गेस पेपर निकालेर पल्टाउन थाले, कन्फिउज हुने खालका फर्मुलाहरु हातमा लेखे। एउटा साह्रै गारो लाग्ने डेरिभेसन च्यातेर गोजिमा हाले पनि। गेस पेपरको पान्ना च्यातेर गोजिमा हालेको कसैले देखेको पो छ कि भनेर यता उति नजर डुलाएर हेरे, तल रोडमा कालो चिल्लो मर्सिटिज रोकिएको रहेछ, मेरो आँखा ठ्याक्क त्यहा पुग्दा कारको ढोका खुल्यो। कार बाट कुर्था लगाएकि एउटि केटि उत्री। चट्ट कम्मर छिनेकी, ज्यु ज्यान पनि चट्ट मिलेको त्यो मोरि म तिर फर्केपछि पो चिने, मोरि त मेरै बेन्च पाट्नर रहेछ। केटि हिजो भन्दा आज राम्री भइछे झै लाग्यो, के साह्रै रम्री हो के मोरिलाई बनाउदा भगवानले पनि अरुकाम बाट छुट्टी लिएको थियो होला। उ बिस्तारै कलेजको गेट तर्फ लागि, मेरो मनले भन्दै थियो त्यसरी एकोहोरो नहेर तर अटेरी नजरले टेरेन, मेरो गिद्दे नजर अगिनै उ माथी फिदा भइसकेको थियो… परिक्षा दिन आउदा पनि ४ पाङ्ग्रे पुर्याउन आउने? भनेपछि मोरि पक्कै पनि धनी बाउकी एक्लि पुत्री हुन पर्छ, निलो रंगको कुर्था कति सुहाएको हो के,आज बाट मेरो फेब्रेट रंग निलो भयो :p मोरि किन आज आउट ड्रेसमा आइछे? स्कुल ड्रेसमा भन्दा आउट ड्रेसमा उ झन च्वाक देखोएकी थिइ, सिम्पल तर एक्दम सेक्सी। राम्री मान्छेले त जे लगाए पनि सुहाउने रहेछ जस्तो लाग्यो.. दिमाग एक्छिन रेस्ट नगरी यस्तै यस्तै सोच्दै थियो, त्यतिबेला परीक्षा हल भित्र पस्ने घण्टी नबज्दिएको भए हुन्थ्यो…. म आफ्नो परिक्षा हल भित्र प्रवेश गरे, मोरि अगिनै आफ्नो सिटमा गएर बसिसकेकी रहिछे, excuse me भन्दै म पनि आफ्नै सिटमा गएर बसे, अरुहरुले आआफ्नो सिट पाट्नर सँग चिनजान गरिसकेका थिए क्यार सबैजना हाँस्दै हल्ला गर्दै थिए तर म र उ भने मौन थियौ। म बाहिर बाट मौन देखिन्थे तर मनले भने चिच्याई चिच्याई मोरिलाई बोलाइरहेको थियो। प्रेमी प्रेमिकाले एक अर्काको मनको कुरा मनलेनै सुन्छ्न भन्थे तर मेरो मनले बोलाको मोरिले पटक्कै सुनिन, कारण मोरि मेरो प्रेमिका नभएर होला। प्रश्न पत्र बाँड्न सुरु भइसकेको थियो, मोरि झसङ्ग भए झै गरि “excuse me, मैले क्याल्कुलेटर ल्याउन बिर्सेछु, तपाईंको शेर गरौ न है??””sure” मेरो मुखबाट यतिमात्र आवाज निक्लियो। थुक्क मुर्दार! मौका पाएको बेलामा जाबो एक शब्दले टार्दिस है भन्दै अफैलाई सरापे । “by the way, what is your name?” भनेर सोधुम? अँह यसरी सोध्ने आँट कहाँ थियो र म सँग.. आज क्याल्कुलेटर शेर गरिन्छ भोलि कफी शेर गर्ने होला अनि दुई चार महिना संगत भइ रह्यो भने त बेड पनि शेर गर्न पाइन्छ कि क्याहो गाँठे :p मन त हो, एकैछिनमा बतास्सी हाल्ने क्या, थुक्क पापी मुर्दार, आर्काको चेलिबेटी बारे यस्तो सोच्न हुन्न भनेर फेरि आफैलाई सरापे शुसिन रहेछ उसको नाम, प्रवेश पत्रमा देखेको, नाम पनि मान्छे जस्तै राम्रो लाग्यो। हामी दुबैले आआफ्नो उत्तर पुस्तिका मा कलम चलाउन थाली सएका थिएम। उत्तर लेख्दै मैले उसको हरेक क्रियाकलाप नियाल्दै थिए, मोरि कहिले गहिरो सोचमा पकेकी जस्तो देखिन्थी अनि खुरुरुकलम डौडाउथी, फेरि लामो सास फेरेर कलमलाई बेतोडले कुदाउथि, क्याल्कुलेटर ठिच्थी अनि फेरि कलम चलाउथी, कति छिटो लेख्न सक्या को कुन्नी, मोरि पुरै आफै काममा ब्यस्त थिइ, यस्तो लाग्यो कि उसलाई कुनै भुस्तिघ्रेले प्रतीक्षा गरिरहेको छ र उ चै चाँडो भन्दा चाँडो परीक्षा सकेर उस्लाई भेट्न जाँदै छ । समय १:४५ जति बितेको थियो होला, मोरि लेख्दा लेख्दै टक्क अड्डिइ, मलाई लाग्यो उसले सबै सक्काइ सकि अब जान्छे, तर मोरि चारै तिर आँखा डुलाएर बसिमात्र रहि, मौका यै हो भनेर उस्लाई सोधे..के भयो? यो कोइसन आउँछ? उसले उल्टै मलाई सोधी गेस पेपर च्यातेर हालेको काम लागेको थियो, त्यो प्रस्न पनि सोधिएको रहेछ, गार्डको आँखा छलेर मैले अगिनै चिट सार्न भ्याइसकेको थिए, आफू लेख्न छोडेर उसलाई आफ्नो कापी पल्टाएर सुम्पिदिए, मोरि पनि मेरो कापिमा छड्के नजर पार्दै छिटो छिटो सार्न थाली अनि मैले चै फुर्सद पाए… आँखा एक लट मोरिको शिर देखि पाउ सम्म सयर गर्न गएको थियो, सयर गर्ने क्रममा मेरो नजर मोरिको छातिमा गएर एक्छिन विश्राम पनि गरेको थियो। गाजल धरी नलगाएकि थिइन, केटिको सुन्दरता पुरै प्राकृतिक थियो। पुरै छोडेको लामो र सिल्की बाल बिहान आउदा चिसै थियो, चिसो बाल वाला तरुनी मलाई अत्ति सेक्सी लाग्छ। बिहानै नुहाएर आएकी हुन पर्छ सन्सिल्क स्याम्पूको हरक मेरो नाकले excuse me भनेर म आफ्नो सिटमा बस्ने बेलैमा पाइसकेको थियो। उ माथी जति पटक मेरो नजर पर्थ्यो म त्यति पटक उसको प्रेममा पर्थे, मोरि त सुपर फास्ट रैछे बाई, एकैछिनमा सब सारेर भ्याई सकिछे…. हिजो जस्तै सबै सकेर उ मलाई वास्तै नगरी निक्लेर गइ, आफू लेख्न छोडेर सार्न दिए नकचरिले Thank you पनि भनिन, साँच्चै टिमुर्केकी रैछे यो केटि त झै लाग्यो। बाहिर निस्किए, मलाई लिन साथी आइसकेको रहेछ, मोरि सडकको छेउमा बसिरहेकी थिइ चार पाङ्रेलाई कुरेको हुन पर्छ सायद अथवा कुनै भुस्तिघ्रेलाई कुरेको हुन पर्छ। उसले मलाई देखि अनि हल्का मुस्कान दिए झै गरि, मेरो हात आफै हल्लेछ उसले पनि जवाफमा हात हल्लाएर बाई गरि, दिमागमा आयो “उफ्! आज पनि रात भरी निद्रा नलाग्ने भयो” https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता_वार्ता:Govind_Mani_Bhatt 49.126.0.37 (कुरा गर्ने) ०४:१७, १७ अक्टोबर २०१५ (युटिसी(UTC))
ग्रिस, युरोजन र नवउदारवाद
[सम्पादन गर्नुहोस्]नेपालमा उत्पिडित जाति, समुदाय, लिंग र वर्गलाई अधिकार कटौती गर्ने तथा संघीयतालाई कमजोर बनाएर परम्परागत शासक वर्गलाई फायीदा पुग्नेगरि नयाँ संविधानको मस्यौदा सार्वजनिक हुँदैगर्दा उता विश्वमा भने यो शताव्दीलाई नै प्रभावित गर्नेगरि केहि महत्वपुर्ण घटनाहरु घटेका छन् । अहिलेकै भाँडभैलो कायम रहने हो भने नेपालले दशकौंसम्म पनि आन्तरिक राजनीतिक स्थिरता कायम गर्नै मुश्किल देखिन्छ । विकासका दृष्टिले अगाढी बढेर शक्तिशाली आर्थिक केन्द्र बन्दै भएका दुई विशाल छिमेकीका विचमा एउटा कमजोर र द्धन्दग्रस्त देशको भविष्य स्वतः संकटापन्न रहन्छ नै । यतिको राजनीतिक फेरवदल र क्रान्तीपछि पनि नेपालको शासकवर्गमा रहेको अल्पदृष्टि र शक्तिलम्पट राजनीतिक दृष्टिकोण नबदलिएको देख्दा अचम्म लाग्छ । अमेरिकी राष्ट्रपति वाराक ओवामाले संसदबाट प्रशान्त महासागर आरपारका देशहरुकाविच सहकार्य र व्यापार बढाउन गरिने सम्झौतका लागि राखिएको प्रस्तावमा अनुमोदन प्राप्त गरेका छन् । यसले अष्ट्रेलीया, जापान, भियतनाम, संयुक्त राज्य अमेरिका, भियतनाम, क्यानाडा, चिलि, न्युजील्याण्ड, मेक्सीको, सिंगापुर मलेसिया र पेरु लगायतका देशहरुलाई समेटेको छ । यसले विश्व अर्थतन्त्रको झण्डै ३० प्रतिशत ओगट्छ । यता त्यहि बेला बेईजींगमा चीनीया राष्ट्रपति सि जिनपिंग ५७ देशका अर्थमन्त्री या प्रतिनिधिहरुलाई स्वगत गरिरहेका थिए । सबै महादेशका यी ५७ देश मध्य ५० देशका अर्थमन्त्रीले एशियाली पूर्वाधार लगानी वैंकको संस्थापकका रुपमा त्यसको सञ्चालनको लागि भएका सहमतीमा हस्ताक्षर गरेका थिए । त्यसमा चीनको शेयर ३० प्रतिशत छ र चीनीयाहरुको भोट २६ प्रतिशत भन्दा माथि छ । अर्थात चीनमा मुख्य कार्यालय रहने यो बैंकको नेतृत्व चीनले गर्ने छ जापानले मनिलामा मुख्य कार्यालय रहेको एशियाली विसका बैंकको नेतृत्व गरेजस्तै । उदाउँदो जापानको शाख स्थापित गर्दै ४५ बर्ष जति अगाडी एडिविको स्थापना भएको थियो र अहिले चीनको विश्वस्तरमा बढ्दो साखलाई बैधानिकता दिदै एआईआईबीको स्थापना भएको छ । यसमा अमेरिकाको अप्रत्यक्ष धम्कीका बाबजुद उसका निकटका देशहरुअष्टे«लीया, बेलायत, जर्मन र दक्षिणकोरीया पनि सामेल भएका छन् । यता विश्वमा नयाँ नयाँ आर्थिक गठबन्धन र क्षेत्रीय साझेदारीका प्रयासहरु अगाडी बढिरहेका बेला साठीबर्ष देखि प्रयास गरेर स्थापना गरिएको युरोपेली युनियन र युरोजोन भने संकटमा धकेलीएको छ । ग्रिसले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई दिनुपर्ने १.५५ अर्ब डलर बरावरको ऋण तिर्नुपर्ने अन्तिम समय मंगलवार साँझसम्म तिर्न नसके पछि ग्रिस टाट उल्टने पहिलो विकसित देश बनेको छ । र यसका असरहरुदुरागमी बन्ने निस्चित छ । यस अगाडी सन् जव संकट सुरु भयो ग्रिसले उद्धारका लागि यी तिन संस्था गुहार्यो । र त्यसबापत सम्पुर्ण सार्वभौमसत्ता खरिद गरे झै गरि तिनले ग्रिसमाथि शर्तहरु लादे र आफैले पो शासन सुरु गरे । निर्वाचन ग्रिसमा हुन्थ्यो, सरकार ग्रिसेली मतले छानिन्थ्यो तर शासन या नीति नियम या अर्थनीतिका सबै पक्षमा यीनले निर्देशीत गर्थे । युरोपेली आयोग, युरोपेली केन्द्रीय बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता साहुहरु जो ग्रिसलाई संकटबाट मुक्त गर्न भनेर थैली लिएर प्रवेश गरेका थिए तिनको निर्देशनात्मक शासन त ओहो ! ग्रिसेलीहरुका लागि अपमान, वेरोजगारी, गरिवी, शिक्षा र स्वास्थय सेवामा पहुँच घट्दै जानु, सरकारी खर्च कटौती र महँगीको मार बनेर पो आयो । भएको के थियो भने सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा देखा परेको संकटले विश्वभरको अर्थतन्त्रलाई नराम्ररी हल्लाईदियो । सन् १९३० को दशकको महान मन्दीपछि सबैभन्दा ठुलो मानिएको यसपटकको पुँजवादी संकटको चक्र सन् १९८० मा थालीएको नवउदारवादी अर्थनीतिका असफलताको विष्फोट थियो । मुनाफाको अति केन्द्रीकरण वित्तिय केन्द्रीकरण या सम्पत्तीको केन्द्रीकरण बढदै जाँदा बजार जहाँ गएर ठोक्कीनुपथ्र्यो ठोक्कियो र विश्वव्यापी आर्थिक मन्दी आयो । यस्तो मन्दीको मारमा धेरथोर सबै देश परेको भएपनि जुन जोखिममा बढि छ त्यहिँ पहिरो भुईचालो जे पनि जान्छ । ग्रिस, स्पेन, पोर्चुगल त्यस्तैमा थिए । तीनीहरु मध्यपनि ग्रिसले सबैभन्दा बढि सार्वभौम ऋण बनाएको थियो । त्यो ऋण तिर्न धौधौ परे पछि उद्धारका लागि गुहारिएका साहुहरुले धनिहरु अझ सिमित उच्च धनिहरुलाई नोक्सान नपर्ने तर पेन्समा बसेकाको पेन्सन घटाउने, साधारण मजदुरको तलव घटाउने, सरकारी उद्योग र सेवा क्षेत्रको नीजिकरण गर्ने, उपभोग्य वस्तुको करको दर बढाउने अर्थात आफ्नो ऋण तिर्न सक्ने गरि राज्यले पैसा जम्मा गरोस भनेर श्रमजीवी वर्गलाई सिमान्ततर्फ धकेल्दै जान नीति लिए । अब झन उद्योग व्यबसाय धरासायी बन्दै गए । आम हडताल र प्रदर्शन सामान्य बन्दै गए । समाजको धु्रविकरण तिव्र भयो । सरकारहरु एकपछि अर्को ढल्दै गए । यहि समयमा त्यहाका वामपन्थीहरु र कम्युनिष्टहरुले नयाँ खालको कम्युनिष्ट आन्दोलन, नयाँ खालको श्रमजीवी वर्गिय आन्दोलन संगठित गरे । अहिलेका प्रधामन्त्री सिप्रास र उनको पार्टी सिरिजा यहि आन्दोलनका कारण ग्रिसमा स्थापित भएका थिए । पाँच महिना अगाडी भएको निर्वाचनमा खर्च कटौती गरेर गरिव मार्ने साहुहरुको नीति र त्यसलाई पच्छा्याउने ग्रिसेली सरकारहरुको लाचारीको विरोध गर्दै सिप्रासले सिरिजालाई निर्वाचन जिताएका थिए । अहिले यीनीहरुको सत्ता छ र आउने आईतवार खर्चकटौती (अष्टेरीटी) को भार व्यहोर्ने कि नव्यहोर्ने भन्ने प्रश्नमा जनमत संग्रहको घोषणा गरिएको छ । प्रधानमन्त्री स्वयंले खर्च कटौतीको प्रस्ताव स्विकार्न सकिन्न बरु जे पर्ला पर्ला भन्ने सन्देश दिएका छन् । यो घोषणाले युरोपेली युनियन र आईएमएफका साहुहरुका आँखा तिलमिलाए । हाम्रो असामी भएर, हामीले बचाईदिएको ग्रिसले हामीले दिएको राहतमा बाँच्ने अनि हामीले भनेको चैं नटेर्ने भन्ने आसय सहितका धम्की दिए । युरोजोनबाट (साझा युरो मुद्रा चलाउने संघ) बाट निस्के निस्कि भन्ने खालको दवाव र धम्की जर्मन चान्सलर मार्केल देखि वित्तमन्त्रीहरुको समुहले समेत दियो । यहि अवस्था उच्चतातिर पुग्दा मंगलवार साँझबाट ग्रिसले ऋण तिर्न नसकेर अघोषित रुपमाटाट उल्टेको जनाउ दियो । यतिवेला ग्रिसेली वैंकहरु बन्द गरिएका छन् । मानिसहरुलेपेन्सन त पाईरहेका छन् तर दिनमा ७० युरो भन्दा बढि रकम एटिएम या बैंकहरुबाट निकाल्न दिईएको छैन । शेयर बजार पुर्णत बन्द गरिएको छ । सरकार र वैंकहरुसंग पैसा एकदम थोरै छ । के हुने हो भन्ने अन्योल कायम छ । यदि जनमत संग्रहमा सिप्रासको वामपन्थी अर्थात खर्च कटौती प्रस्तावको विपक्षीहरु पराजित भए भने नयाँ आउने सरकारले ईयुमा र त्यसको साझा मुद्रा समुदायमा रहने गरि शर्तहरु मान्ला, अन्यथा अव ग्रिसको ईयु साझा मुद्रामा रहने दिन सकिएजस्तो छ । यसले युरोपेली समुदायलाई एउटै अर्थतन्त्त, समाज र राजनीतिले डोर्याउन गरिएका कल्पना माथि अवस्य घातक प्रहार गर्ने छ । किनपनि भने स्पेन र ईटलीको अवस्था पनि यतिकै अस्थिर र टाट उल्टने सम्भावना बोकेको छ । यो ग्रिसको मात्र संकट अवस्य होईन, समग्र युरोपको संकट हो । र प्रधानमन्त्री सिप्रास र उनको गठबन्धन सरकारले पच्छा्याएका नीतिहरु चाहिँ नवउदारवादका श्रमजीवी वर्गिय विकल्प । यहिँनिर एउटा विषय अलिकति थप्नु प्रासंगिक हुनेछ । हाम्रो संविधानका मस्यौदाकारहरुले नेपाललाई समाजवाद उन्मुख लोकतन्त्रको पगरी गुथाएका रहेछन् । तर महिला, जनजाती, मधेशी, श्रमजीवी या किसानलाई अधिकार दिनबाट भने छलकपट गरेर भागेछन् । अहिले मस्यौदा भएकै अवस्थामा आउने संविधानले नेपालमा पनि हुने नहुने विचको खाडल, सत्ताधारी समुदाय र सिमान्तकृतका विचको खाडल बढाउँदै लाने निस्चित छ । यसले देशलाई सम्वृद्धि र समानताको उकालो चढाउने हैसीयत राख्दैन । यस्तो बाटो हिँडेर समाजवादमा पुग्नु भनेको खर्च कटौतीको बाटो विकासमा जान्छु भन्नुजस्तै हो । ग्रिसका समाजवादी नेता पापान्द्रीउका बाबुछोराले ग्रिसलाई तन्नम बनाए, हाम्रा समाजवादीहरुले के गर्नेहुन कुन्नी ? See more at...http://jhalaksubedi.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०६:५९, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
एउटा डरलाग्दो मौनता
[सम्पादन गर्नुहोस्]नेपालको सिमानामा भारतीयले लगाएको नाकाबन्दी जारी छ । र, जारी छ तराई मधेसको झन्डै आठ साता लामो आन्दोलन पनि । नाकाबन्दीले पहाडी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । त्यसरी नै अस्तव्यस्त छ, मधेसका सर्वसाधारणको जीवन पनि । अर्थात् सिंगो नेपाल नै अस्तव्यस्त छ । यो अस्तव्यस्तताका तीन पक्ष छन्, आन्दोलनरत मधेसी मोर्चाका दल र नेताहरू,जो भारतसँग मिलेर काठमाडौंसँग दुश्मनी साँध्न हिँडेका जुवाडेझैँ आन्दोलनमा छन् । दोस्रो पक्षमा मधेस आन्दोलनको नाम सुन्दा पनि एलर्जी भएझैँ गर्ने काठमाडौंको सत्ताधारी वर्ग छ, जसको नेतृत्व सुशील कोइराला र केपी शर्मा ओलीले गरेका छन् । तिनीहरूकोदम्भले देशले निकै ठूलो मूल्य चुकाइरहेको छ । र, तेस्रो पक्ष हो भारत, जसले नेपालमाथि यसरी व्यवहार गर्दै छ, मानौँ नेपाल भारतको ३०औँ प्रान्त हो र यसमा दिल्लीको सीधा शासन चल्छ । भारतले काठमाडौंलाई दबाब दिन कूटनीतिक लगौँटी खोलेर फाल्दै नांगै भएर नाकाबन्दी लगाएको छ र त्यसलाई नेपालमा रहेका ‘भारतीय मूलका नागरिकहरू’कोहितरक्षाको जामा पहिर्याएको छ । भारतीय प्रधानमन्त्री मोदी र उनको दल भाजपाका स्वार्थ र त्यसको दर्शन कसरी एउटा भयानक दु:खान्त बनेर नेपालमा थोपरिएको छ भन्नेचाहिँ बिस्तारै खुल्दै जानेछ । यसपालिको आलेखको विषय नेपालसँग भारतको सम्बन्ध होइन, बरु भारतमै कसरी भाजपाई हिन्दू अतिवादी दर्शनले बिस्तारै फासीवादी बाटो लिएको छ र त्यो किन नेपालका लागि खतराजनक छ भन्ने सन्दर्भलाई केलाउनु हो । मंगलबार सामाजिक सञ्जालबाट थाहा भएको एउटा समाचारले मलाई निकैबेर निराश बनायो । भारतीय साहित्य एकेडेमी पुरस्कार प्राप्त चर्चित लेखक नयनतारा सहगलले उक्त पुरस्कार र सम्मान फिर्ता गरेको घोषणा गरेकी रहिछिन् । ६ अक्टोबरको मितिमा देहरादुनबाट जारी गरिएको ८८ वर्षे लेखकको उक्त वक्तव्यले भारतमा बिस्तारै बढ्दै गएको हिन्दू संस्करणको फासीवादको झस्को दिन्छ । सहगल प्रथम भारतीय प्रधानमन्त्री पण्डित नेहरूकीबहिनी विजयलक्ष्मीकी छोरी हुन् । त्यति मात्र होइन, भारतमा अंग्रेजी साहित्यकी जानेमाने हस्ती पनि हुन् उनी । आफ्ना मामाकी छोरी इन्दिरा गान्धीको संकटकाल लगाउने निर्णयविरुद्ध बोल्ने साहस गरेर दृढतापूर्वक उभिएकी यी लेखिका लोकतन्त्रप्रतिको निष्ठामा कति बलशाली ढंगले उभिएकी रहिछन् भन्ने उनको यो सम्मान फिर्ता गर्ने निर्णयले पनि देखाउँछ । उनले आफ्नो वक्तव्यमा भनेकी छिन्, ‘अन्धविश्वासमाथि प्रश्न उठाउनेहरू,हिन्दुत्व भनिने हिन्दू धर्मको भ्रष्टीकरणमाथि– चाहे त्यो बौद्धिक रूपलेहोस् या कलाको क्षेत्रबाट, अथवा चाहे खाद्य संस्कृतिको कुरो होस् या जीवनशैली– प्रश्न उठाउनेहरूसीमान्तीकरणमा धकेलिएका छन्, दण्डित गरिएका छन् अथवा मारिएका छन् । साहित्य अकादमी पुरस्कारबाट सम्मानित प्रसिद्ध कन्नड लेखक एमएम कलबुर्गी र दुईजना महाराष्ट्रि्रयन नरेन्द्र धबोल्कर र गोविन्द पानसरे दुवै अन्धविश्वासविरुद्ध सक्रिय थिए । ती दुवै मोटरसाइकल चढेर आउने बन्दुकधारीबाट मारिएका छन् । भिन्न मत राख्ने अरूहरूलाई पनि अब तेरो पालो भन्दै धम्क्याइएको छ । हालै मात्र मोहम्मद अखलक नाम गरेका एकजना गाउँले, उनको घरमा गाईको मासु पकाइएको छ भन्ने शंकाको भरमा दिल्लीनजिकैको बिसरा गाउँको आफ्नै घरबाट घिसारेर बाहिर ल्याइए र निर्ममतापूर्वक मारिए ।… यी सबै मामिलामा न्यायाधीशले खुट्टा तान्ने गरेका छन्, आतंकको यो राज्यबारे प्रधानमन्त्री मौन बस्छन् । अझ दु:खको कुरो त यो छ कि साहित्य अकादमी पनि यसमा मौन बसेको छ । …अकादमीको मौनताविरुद्ध लेखक उदय प्रकाशले आफ्नो अकादमी सम्मान फिर्ता गरेका छन् । त्यस्तै ६ जना कन्नड लेखकले कन्नड साहित्य परिषद्लाई आफ्नो सम्मान फिर्ता गरेका छन् । ‘…मारिएका भारतीयहरूकोसम्झनामा, असहमत हुन पाउने सबै भारतीय र भय र अनिश्चयमा जिउन बाध्य अरू असहमतहरूकोसमर्थनमा म मेरो साहित्य अकादमी पुरस्कार फिर्ता गर्छु ।’ उदय प्रकाशको भनाइले भारतीय समाजमा कसरी हिन्दुत्वको रक्षाका नाममा एउटा खतरनाक राजनीतिक शक्ति बलशाली हुँदै गएको छ, कसरी लोकतान्त्रिक संस्था र शक्तिहरू निशब्द बनाइँदै छन् । असहमत मानिसको जीवन कति दुरुह हुँदै गएको छ भन्नेतर्फ संकेत गर्छ । नेपालमा जे–जसरी नाकाबन्दी लगाएर भारतले मानवीय संकट सिर्जना गराइरहेको छ, त्यो मोदीको रिस या सनक मात्र होइन, समग्र दक्षिण एसियामा भारतीय जनता पार्टी र उसको माउ संगठन आरएसएसको रणनीतिअनुरूपनै भएको हो भनेर कैयन घटनाले प्रमाणित गरेका छन् । कन्नड विश्वविद्यालय हम्पीका उपकुलपति रहेका एकजना जानेमाने प्राज्ञ प्रोफेसर एमएम कलबुर्गी मूर्तिपूजाका आलोचक थिए । कन्नड भाषामा उनले पुर्याएको सेवाका लागि उनलाई साहित्य अकादमी पुरस्कारले सम्मान गरिएको थियो । उनलाई घरमै बसिरहेका वेला आएका अपिरिचित व्यक्तिले गोली हानेर हत्या गरेका थिए । मोटरसाइकलमा आएका दुईजनामध्ये एउटाले घरको ढोकाको घन्टी बजायो, श्रीमती कलबुर्गीले ढोका खोलिन् । अपरिचित युवाले आफू प्रोफेसरलाई भेट्न आएको बताएपछि उनले प्रोफेसर भएको ठाउँमा तिनलाई पुर्याइदिइन् । उसले गोली हानेर प्रोफेसरको हत्या गर्यो र बाहिर निस्केर मोटरसाइकलको पछाडि बसेर भाग्यो । यो यही अगस्ट अन्तिम साताको घटना थियो । गोविन्द पानसरे भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ता र लेखक थिए । महाराष्ट्रमा बसेर सामाजिक कुरीतिका विपक्षमा निरन्तर आवाज उठाउने यी सक्रिय सामाजिक कार्यकर्तामाथि २० फेब्रुअरी २०१५ मा आफ्नी श्रीमतीसहित मर्निङवाकमा हिँडिरहेका वेला मोटरसाइकलमा आएका बन्दुकधारीले पाँच गोली प्रहार गरेका थिए । उनीमाथि आक्रमण गर्नेहरू सनातन संस्थाका भएको पछि पुष्टि भयो । दुई वर्षअघि महाराष्ट्रमै नरेन्द्र धवोल्करको हत्या गरिएको थियो, जो सामाजिक अन्धविश्वासविरुद्ध अभियानकर्ता तथा महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समितिका संस्थापक थिए । उनलाई पनि हिन्दू कट्टरपन्थीले हत्या गरेका थिए । केही वर्षअघि वरिष्ठ कलाकार एमएफ हुसैनले मुम्बईबाट आफ्नो बसाइँ दोहातिर सारेको घटना काठमाडौंका कला–साहित्य फाँटका मानिसबीच निकै चर्चाको विषय बनेको थियो । अहिले सय वर्ष पुगेका यी वृद्ध चित्रकारको कतार पलायन हिन्दूवादीको धम्कीकै कारण भएको थियो । उनले ९० वर्ष पुगेपछि भारत छाड्न बाध्य हुनुपरेको थियो । भारतीय जनता पार्टी सत्तामा आएपछि नोबेल पुरस्कार प्राप्त अर्थशास्त्री तथा अहिलेको समयका एकजना शक्तिशाली प्राज्ञ अमत्र्य सेनलाई नालन्दा विश्वविद्यालयको प्राचार्यबाट हटाइयो । नालन्दा विश्वविद्यालय गौतम बुद्धका ज्ञानहरूको अध्ययन गर्ने शताब्दीयौँ पुरानो अध्ययन केन्द्रको पुनर्जागरण गर्दै एउटा विश्वस्तरको ज्ञानकेन्द्रका रूपमा विकास गर्न स्थापित गरिएको थियो । तर, भाजपाले त्यसलाई पनि हिन्दूकरण गर्ने नियतले सेनलाई हटाएको मानिएको छ । अमत्र्य सेनलाई हटाउनने कारणको रचना गर्न उनलाई भ्रष्टाचार गरेको अप्रत्यक्ष आरोपसमेत लगाइएको थियो । जब कि उनी विनापारिश्रमिक त्यहाँ काम गरिरहेका थिए । ३ अक्टोबरको न्युयोर्क टाइम्समा लन्डनबाट सोनिया फलेइरोले ‘स्वतन्त्र अभिव्यक्तिमाथि भारतीय आक्रमण’ शीर्षकमा एउटा लामो आलेख लेखेकी छिन् । अहिले भारतमा हिन्दुत्वसँग या भाजपाई विचारसँग असहमत हुनेहरूकति असुरक्षित छन् भन्ने उदाहरण दिँदै उनी लेख्छिन्, ‘गत डिसेम्बरमा एकजना सम्मानित लेखक पेरुमल मुरुगानले आफ्नो सन् २०१० मा प्रकाशित उपन्यासलाई लिएर हिन्दू अतिवादीले उनलाई धम्की दिएको र पुस्तक जलाएर प्रदर्शन गरेको हुनाले आफूले असुरक्षा महसुस गरेको भन्दै प्रहरीमा सुरक्षाका लागि सूचित गरे । प्रहरीले चाहिँ उनलाई सुरक्षा दिन नसकिने भएकाले निर्वासनमा जान सुझाब दियो ।’ अन्त्यमा मोदीको शासनमा ज्यानको सुरक्षाको कुनै निश्चितता नभएपछि पेरुमलले लेखकका रूपमा आफ्नो सबै रचना खारेज गरेको घोषणा गरे, आफ्नो लेखन कर्मका लागि सार्वजनिक रूपमामाफी मागे । किनकि, उनलाई आफ्नो भन्दा पनि परिवारको सुरक्षाको चिन्ता थियो । यी केही उदाहरण हुन् भारत कता जाँदै छ भन्ने सन्देश दिनका लागि । यी सब काम नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि झन् खुला रूपमा भइरहेका छन् । मोदी यसविरुद्ध एक शब्द पनि बोल्दैनन् । धेरैको अनुमान छ उनको मौनता नै यी घटनामा संलग्नहरूको संरक्षणका आधार र उक्साहटको कारण बनेको छ । डेढ वर्षअघि अत्यधिक लोकप्रियता देखाएर निर्वाचन जितेका र प्रधानमन्त्री बनेका मोदी गुजरातका मुख्यमन्त्री हुँदा मुस्लिममाथि दमन गरेको र गोधरा काण्डमा सयौँ मुस्लिमको ज्यान जाने घटनाको संरक्षण गरेको भनेर आलोचित थिए । कतिसम्म भने उनी प्रधानमन्त्री निर्वाचित हुने छनक पाउनुअघिसम्म मोदीलाई अमेरिकाले भिसासमेत दिएको थिएन । निर्वाचनमा भएको हिन्दूवादीहरूको विजयले मात्र होइन, अत्यन्त न्यून सिट जितेर कमजोर बनेको भारतीय कांग्रेस र भारतका कम्युनिस्ट पार्टीहरूको हस्तक्षेपकारी क्षमतामा आएको ह्रासका कारणले समेत भारतमा ‘सेक्युलर’ आवाज झनै बढी दमनमा परेका छन् । हिन्दुत्वको रक्षा र विस्तारलाई नै आफ्नो अस्तित्वको आधार मानेको आरएसएस र बिजेपी गठबन्धनको ध्येय नेपाल र भुटानलाई समेत आफ्नो प्रभाव क्षेत्रका रूपमाविस्तार गर्ने, यिनलाई निरन्तर नियन्त्रणमा राख्ने र पाकिस्तान तथा बंगलादेशलाई पनि दबाबमा राख्ने रहेको प्रस्टै छ । त्यति मात्र होइन, यो समूह भारत वर्षलाई आफ्नो आधार इलाका मान्छ, जसमा यी सबै भूखण्ड पर्छन् । नेपालमा लगाइएको नाकाबन्दी त्यही आकांक्षाको एउटा नग्न अभिव्यक्ति मात्र हो । जानी–नजानी केही र काठमाडौंका शासकको मतिभ्रम या खस अहंकारवादको सिकार भएका कारण लघारिएका केही नेपाली त्यही भारतीय आकांक्षाको सहयोगी बनेर दशगजाबाट नेपालतर्फ ढुंगा प्रहार गरिरहेका छन् । यस्तो लाग्छ छिटै काठमाडौंको नेतृत्वले बुद्धि पुर्याएन भने नेपालले अहिलेभन्दा ठूलो चुनौतीको सामना गरिरहनुपर्नेछ । जसरी भारतमा हिन्दूवादीले मानिसको बाँच्ने अधिकार हनन गर्दा मोदी चुप रहन्छन्, त्यसरी नै उनी नेपालको नाकाबन्दीबारे पनि चुप छन् । यो मौनता फासिस्टहरूको गहना हो । यससँग सतर्क रहौँ । नयनतारा सहगलको कदम र वक्तव्यले केवल भारतीय सर्जक र आलोचकका लागि मात्र सन्देश दिएको अवश्य होइन । यो लेख सक्दा नसक्दा प्रसिद्ध भारतीय कवि अशोक बाजपेयीले पनि साहित्य अकादमी सम्मान फिर्ता गरेका छन् । उनको पनि मुख्य आक्रोश प्रधानमन्त्री मोदीको मौनतामाथि र भारतमा आलोचकमाथि भइरहेको हत्या र दमनविरुद्ध परिलक्षित छ । लाग्छ, मोदीलाई अब सम्मानहरूको पहिरोले अँठ्याउनेछ । See more at...http://jhalaksubedi.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:००, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
यसपछि मैले सक्रिय राजनीति छाडेँ
[सम्पादन गर्नुहोस्]१) ०४८ साल मंसिर २८ गते शनिबार । स्थान बालमन्दिरको सभाहल, पुतलीबजार स्याङ्जा । एमालेका केन्द्रीय सदस्य कमरेड त्रिलोचन ढकाल माइकअगाडि हातमा शपथ–ग्रहणसम्बन्धी नोट लिएर उभिएका थिए । स्याङ्जा जिल्ला कमिटी एमालेका सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिव कमरेड लक्ष्मीकुमारी कार्की र नेकपा एमालेको साधारण सदस्य रहेको म झलक सुवेदीबीच विवाह सम्पन्न हुँदै थियो । पार्टीले नै यो विवाह कार्यक्रम आयोजना गरेको थियो । मञ्चमा भाषण र शुभकामनाको लहर चल्यो । वधूका परिवारजनले टीका लगाएर शुभाशिष दिने क्रम पनि सँगसँगै चल्यो । कुनै पनि खालको उपहार र दान–दक्षिणा भने निषेधित थियो । त्यसपछि शपथ–ग्रहण गर्ने, गराउने समय आयो । शपथ– ग्रहणका लागि उभिएपछि कमरेड त्रिलोचन शपथ व्यहोरा पढ्न थाल्नुभयो । मैले शपथका लागि त्यहाँ पढिएको भनाइ दोहोर्याउनुका साटो माइक लक्ष्मीजीतिर सारिदिएँ । हलमा मेरा मित्रहरू गलल्ल हाँसे । कोही बुझेर हाँसे र कोही नबुझेर हाँसेका थिए । पार्टीका विधि–विधान र अनुशासनमा बसिरहने मेरो अनिच्छाको सार्वजनिक अभिव्यक्ति थियो त्यो । त्यही वर्षको जेठमा संसद् निर्वाचन सकिनासाथ मैले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर निजी जीवन बिताउन थालेको थिएँ । हामी दुवै तत्कालीन नेकपा मालेका पूर्णकालीन कार्यकर्ता, अखिलको केन्द्रीय कमिटीमा सँगै रहेर काम गरेका र पृथ्वीनारायण क्याम्समा सभापति र सचिवको भूमिकामा रहेका एक समयका क्रान्तिकारी नेता र सहकर्मी थियौँ । दुवैले सँगै जेलजीवन पनि बिताएका थियौँ । ०४६ सालको आन्दोलनका वेला लक्ष्मीजीको चर्चा शिखरमा पुगेको थियो । केही वास्तविकता र केही काल्पनिक हल्लाको मिश्रणसहित । विवाहको केही दिनपछि म एमएको पहिलो र दोस्रो वर्षको परीक्षाको तयारीमा लागेँ । लक्ष्मीजी स्याङ्जामा बसेर पार्टी काममै लाग्नुभयो । संसद्का लागि ०४८ मा भएको निर्वाचनमा स्याङ्जाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पार्टीले लक्ष्मीलाई त्यही क्षेत्रको काममा खटाएको थियो । पार्टीप्रति अति लोयल भएकाले अनि आफ्नो भविष्य पार्टीमै देखेकाले होला लक्ष्मी उतै खटिनुभएको थियो । २) त्यही वर्ष फागुनको कुनै दिन मेरा पुराना मित्र गणेश तिमिल्सिना मलाई खोज्दै आइपुगे । उनी पर्वतको पार्टी नेताका रूपमास्थापित भइसकेका थिए । सायद धवलागिरि अञ्चल कमिटीका सचिव थिए । पर्वतको तिलाहारमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको अध्यापन गर्ने लेक्चरर चाहिएको रहेछ । मेरो दोस्रो वर्षको परीक्षा त सकिएको थियो, पहिलो वर्षको परीक्षा दिन बाँकी नै थियो । पार्टीको जिम्मेवारी छाडेर अर्थात् सक्रिय राजनीति छाडेर बसेको वर्षदिन हुन लागेको थियो । त्यसबीच पोखराबाट हाम्रै पहलमा निस्कने गरेको नौलो हाँक साप्ताहिकको सम्पादकका रूपमाकाम गरेको थिएँ । एकपटक पार्टीका जिल्ला सचिव खगराज अधिकारीको अन्तरवार्ता प्रेसमा दिएर हिँडेको थिएँ । भोलिपल्ट बिहान जाँदा त पत्रिकाको उक्त पेज नै जफत भएको रहेछ । पार्टीमा केन्द्रीय सदस्य कमरेड वाचस्पति देवकोटाको नेतृत्वमा छानबिन समितिसमेत गठन भयो । पार्टीसँग आर्थिक रूपलेनिर्भर पत्रिकामा यति विवाद भएपछि बस्ने सम्भावना थिएन । मैले सोही दिन पत्रिकाबाट बिदा लिएँ । यसरी म विनाआम्दानी परीक्षाका लागि मात्र भनेर पोखराको बगरमा रहेको कमल गुरुङकोघरमा डेरा लिएर बसेको थिएँ । आर्थिक समस्याले गाँज्दै थियो । त्यतिवेलासम्ममा हाम्रो प्रथम सन्तान आमाको पेटमा बसेर बाहिर आउने समय कुर्न थालेको छ भन्ने थाहा भइसकेको थियो । अर्थात् जिम्मेवारीचाहिँ थपिँदै थियो । यस्ता जिम्मेवारीभन्दा पनि ठूलो समस्याचाहिँ आफँैभित्रथियो : लामो समय राजनीतिमा संलग्न रहेर बाहिरिएपछि व्यक्तित्व र करिअरमा देखापरेको अनिश्चितताको भय । यही दबाबबीच मैले गणेश तिमिल्सिनाको प्रस्ताव स्वीकार गरेँ र झोला बोकेर तिलाहारतिर हिँडेँ । झन्डै १० हजार विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, अनेरास्ववियुको केन्द्रीय सदस्य, शिक्षक संगठनको जिल्ला सदस्य, गण्डकी अञ्चल वाममोर्चाको सदस्य, ०४६ सालको जनआन्दोलन संयन्त्रमा कास्कीको सचिव, युवासंघको जिल्ला संयोजक, एमाले कास्की जिल्ला कमिटीको सचिवालय सदस्यलगायत अनेक जिम्मेवारीसहित सक्रियतापूर्वक राजनीतिमा नेतृत्व गरिसकेको मेरो तिलाहार यात्रा अरू कतिपयका लागि अविश्वसनीय थियो । तर, म भने जीवनलाई यही सरल रेखामा बुझ्ने र स्वीकार गर्ने प्रयासमा थिएँ । आफ्नो जीवनको आयतनभन्दा निकै साँघुरो गाउँठाउँ तिलाहारमा गएपछि सुरुका दिन न्यास्रालाग्दा र डिप्रेसन गराउलान् झैँ एकलासका थिए । पोखरा–बाग्लुङ सडक भर्खर बन्दै थियो । न पत्रपत्रिका आउँथे, न टेलिफोनको सुविधा थियो । भर्खर बिहे गरेकी र गर्भवती पत्नीसँग महिनौँ भेट हुन्नथ्यो । बिहानमा क्लास थियो । आइएका प्रथम र दोस्रो वर्षका लागि अर्थशास्त्र, इतिहास र राजनीति–शास्त्र पढाउँथेँ । मेरो विषय त अर्थशास्त्र हो तर क्याम्पस प्रमुख मोतीप्रसाद पौडेल बाँकी दुई विषय पनि मलाई पढाउन लगाएर कहिले खासा व्यापारमा जान्थे, कहिले जग्गा कारोबारका लागि या स्थानीय रूपमाकांग्रेसको राजनीतिका लागि हिँड्थे । मबाहेक गणितमा मित्र गोविन्द तिमिल्सिना र अंग्रेजीमा कास्कीको निर्मलपोखरी फोक्सिङका विष्णु पराजुली पनि पढाउँथे । पराजुली र म एउटै कोठामा बस्थ्यौँ । कहिले काहीँ डिमुवा हुँदै दोबिल्ला या बिरेठाँटीसम्म मोदी किनारमा गएर असला माछा खानु, कहिले थामर्जुङ या देउपुरतिर उक्लेर फलफुल चाख्नु र धेरैजसो भने कोठामै बसेर साथमा भएका उपन्यास पढ्नु मेरो दिनचर्या बनेको थियो । वार एन्ड पिस र क्राइम एन्ड पनिसमेन्ट मैले त्यहीँ छँदा दोहोर्याएर पढेको थिएँ । त्यहीँ गएको एक महिनामै एमए प्रथम वर्षको परीक्षा आउँदै, जाँदै गरेर दिएँ । पहिलो वर्षको तथ्यांक–शास्त्रबाहेकका सबै र दोस्रो वर्षका सबै पत्र मैले यसैपटक पास गरेँ । वास्तवमा मेरा लागि राजनीति छाडेपछिको जीवन व्यवस्थापनको भयानक अप्ठेरो र अन्तरद्वन्द्वका दिन थिए ती । राजनीति छाड्छु त भन्थेँ तर राजनीतिले मलाई पटक्कै छाड्दैनथ्यो । मेरो जीवनबाट राजनीतिको नशा हटिसकेको थिएन । मैले यो अन्तरद्वन्द्वको सामना त्यसपछि पनि लामो समय गरिरहनुपर्यो । त्यही वेला मेरो मनमा आफ्नो विगत र आगतबारेको नमिलेको खाता ओल्टाई–पल्टाई हेर्ने अवसर मिलेको थियो । सक्रिय राजनीतिक जीवनबाट बाहिरिनुका कारणको जस्टिफिकेसन गर्नु र नयाँ जीवनको सहीपना स्थापित गर्ने तर्क या कुतर्कको खोजी मेरो मनमा खेल्ने मुख्य विषय थियो । ३) ०४४ साल मंसिरमा पृथ्वीनारायण कलेजमा स्थानीय प्रशासनले मच्चाएको मालेविरोधी अप्रेसनका वेला म गाउँनजिकै सैमराङमा रहेको राष्ट्रज्योति निमाविमा शिक्षक थिएँ । शिक्षक संगठनको काम र स्थानीय इलाकाको पार्टी काम पनि गर्दै थिएँ । उक्त घटनामा स्ववियु सभापति तुलबहादुर गुरुङर सचिव रामनाथ ढकालसहित विद्यार्थी नेताहरूअपहरण गरिएका थिए । केही साथी पहिल्यैदेखि जेलमा थिए । अचानक विद्यार्थी नेतृत्वको संकट परेकाले केही समय मलाई त्यो खाली ठाउँ भर्न पार्टीले बोलायो । अपहरणकाण्डविरोधी आन्दोलन लगभग साढे दुई महिना चल्यो । मैले विद्यालयमा शिक्षक पदबाट त्यहीबीच राजीनामा दिएँ । त्यहीबीच चैतमा अनेरास्ववियुको नवौँ राष्ट्रिय सम्मेलनले मलाई केन्द्रीय समितिमा निर्वाचित गर्यो । रंगशाला काण्डका कारण ०४४ फागुनको साटो वैशाख ०४५ मा मात्र स्ववियु निर्वाचन भयो । म सभापति निर्वाचित भएँ । त्यतिवेला यसरी सक्रियतापूर्वक राजनीतिको मोर्चामा खटे पनि मेरो मनमा दुइटा प्रश्नले हलचल मच्चाइरहेका थिए : पहिलो– विश्वमा साम्यवादी राजनीतिक प्रयोगको भविष्य र दोस्रो– नेकपा मालेको राजनीतिक भविष्य । ०३५ सालमा स्थापित नेकपा माले ०२८ को झापा आन्दोलनको विकसित रूपमात्र थिएन । यो झापा आन्दोलनका राजनीतिक अवस्थाहरूको विस्थापन र विश्व राजनीतिमा कम्युनिस्टहरूको बदलिँदो राजनीतिक नक्साको पनि प्रतिनिधि थियो । माओले चलाएको सांस्कृतिक क्रान्तिका प्रभावबाट थालिएको झापा आन्दोलनका प्रतिनिधि बीस वर्ष नपुग्दै सोभियत संघलाई समाजवादी भन्ने तहमा पुगेका थिए । ०३७ मा भएको जनमतसंग्रहले सुधारवादलाई सहयोग गर्ने र सामन्तवाद साम्राज्यवादविरोधी जनवादी क्रान्तिलाई पछि धकेल्ने निष्कर्षमा पुगेर त्यसको बहिष्कारको निर्णय गरेका झापाली कमरेडहरू०४३ मा भएको राष्ट्रिय पञ्चायत र ०४४ मा भएको स्थानीय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार भन्दै पार्टीलाई निर्वाचनमा होम्न तयार भएका थिए । विश्व रंगमञ्चमा देङको बजार समाजवाद बिक्न थालेको समय थियो । सोभियत समाजवाद गतिहीनताको सिकार भइरहेको थियो । यस्तो अवस्थामा विश्व समाजवादी आन्दोलनको भविष्य मैले प्रारम्भमा देखेको जस्तो सरल र उज्यालो थिएन । परम्परागत ढर्राको जनवादी या समाजवादी क्रान्ति पनि नहुने र त्यस प्रकारका एकदलीय राजनीतिक प्रणाली पनि अव्यावहारिक हुने मेरो ठम्याइ थियो । तर, यसको विकल्पबारे मेरो कुनै धारणा बनिसकेको थिएन । मालेको पञ्चायती मञ्चको उपयोग नीतिका केही नकारात्मक पाटा पनि झांगिँदै थिए । कुनै पदमा निर्वाचित हुनेको नाम र ‘ग्ल्यामर’ले अरूलाई पोल्ने, निर्वाचित हुनेको जीवनशैली अरूले नपचाउने र निर्वाचित हुनेले आफूलाई विशिष्ट ठान्ने सम्भावना त्यस्तो कडा अनुशासन भएको पार्टीमा पनि जन्माइदिएको थियो । मैले यसलाई पार्टीको संसदीय राजनीतितर्फको यात्राका प्रारम्भिक चरित्रका रूपमाबुझेँ । स्ववियु निर्वाचनमा सभापति भएपछि म एकपटक जेलमा रहेका विद्यार्थी नेतासँग भेट्न हिँडेँ । क्रमश: दमौलीमा आनन्द सुवेदी, गोर्खा जेलमा हितकाजी गुरुङ,वीरगन्ज कारागारमा रहेका गणेश तिमिल्सिनालाई भेट्न गएँ । यी साथीमा जेलमा रहँदाका न्यास्रोपन देखिए पनि आन्दोलनप्रतिको उत्साहमा कत्ति कमी देखिएन । वीरगन्जमा मित्र रामकुमार भट्टराईको कोठामा एकरात बिताएर म रेलमा रक्सोलबाट बैरगनिया गएँ र गौरमा रहेका खगराज अधिकारीलाई भेट्न गएको थिएँ । गौर कारागारमा म पहिले मोदनाथ प्रश्रितलाई भेट्न पुगेको थिएँ ०४२ सालमा । असारको पहिलो साता उग्र गर्मी थियो । हामीले दिउँसो चार घन्टाजति कारागार कम्पाउन्डको चौर र रुखका छायामा बसेर राजनीतिका यावत् विषयमा कुरा गर्यौँ । अखिलको केन्द्रीय उपाध्यक्ष र क्याम्पस स्ववियुमा दुईपटक सभापति भइसकेका अधिकारी प्यासीजीको पक्षमा निर्वाचनको प्रचार– प्रसार गरिरहेका वेला पक्राउ परेका थिए । दुई वर्षदेखि जेलमा रहेका उनीसँगको लामो कुराकानीका क्रममा उनले बारम्बार फर्केर कास्कीमा पार्टीको प्रभाव र अर्कोपटकको निर्वाचनमा पार्टीको सम्भावित स्थानबारे निकै ध्यान दिएर कुरा गरिरहे । उनले आन्दोलनको भविष्य या देशमा पञ्चायती व्यवस्थापछिको राजनीतिका सम्भावनाबारे भन्दा आउने निर्वाचनमा केन्द्रित रहेर दोहोर्याई–तेहेर्याई कुरा गरेपछि म एकप्रकारले झस्किन पुगेँ । साँझ म जेलकै अगाडि रहेका शिव पुरीको घरमा बास बसेँ, जसको व्यवस्था कमरेड अधिकारीले नै मिलाइदिएका थिए । भोलिपल्ट निजगढ पुगेर पुरुषोत्तम पौडेलको घरमा बास बसेँ । संयोगले अहिले पौडेल र अधिकारी एउटै मन्त्रिपरिषद्मा सदस्य छन् । साथीहरूसँगभेटेर पोखरा फर्कें तर मेरो मनमा मालेको राजनीतिक भविष्यका विषयमा एउटा गम्भीर प्रश्न उठ्यो । पञ्चायती निर्दलीयताको अन्त्य त ढिलो–चाँडो हुनेवाला नै थियो । यसको अन्त्यपछि कुनै जनवादी व्यवस्था स्थापित हुँदैन भन्ने पनि प्रस्ट भइसकेको थियो । ०३७ मा जनआन्दोलनलाई पहिलो प्राथमिकतामा राखेर संगठन सुरु गरेको पार्टी बिस्तारै सशस्त्र विद्रोहबाट निकै टाढा पुगेको थियो । प्रस्टै थियो, अब देश संसदीय मोडेलको बहुदलीय व्यवस्थातर्फ उन्मुख थियो । नयाँ जनवादले राजाको निरंकुशता या सामन्तवाद अन्त्य गरेर मात्र हुन्नथ्यो, साम्राज्यवाद अर्थात् देशको आन्तरिक राजनीतिमा उदार पुँजीवादी राजनीतिको पनि निषेध गर्नुपथ्र्यो । त्यो एक त सशस्त्र विद्रोह र सत्ता कब्जामा मात्र निर्भर थियो, अर्कातर्फ त्यसका लागि कमसेकम एउटा छिमेकीको सम्पूर्ण समर्थन पनि चाहिन्थ्यो । चीनले यसरी सहयोग गर्ने बाटो छाडिसेकेको थियो । त्यही भएरै पनि बर्मा र थाइल्यान्डको शक्तिशाली माओवादी विद्रोह तहसनहस भइसकेका थिए । यस्तो अवस्थामा ०३६ देखि नयाँ जनवादका लागि भनेर लड्न हिँडेको हाम्रो राजनीतिक भविष्य र काग्रेससँग सहकार्यको संसदीय बाटोमा हिँडेका मनमोहन अधिकारीहरूकोभविष्य एउटै भएको थियो । संसदीय राजनीतिमा प्रवेश गरेपछि राजनीति सम्पूर्ण रूपमाव्यक्तिवादी हुनु अनिवार्य छ । त्यसमाथि हाम्रो जस्तो मध्यम–वर्गीयबहुल राजनीतिको भ्रष्टीकरण पनि अनिवार्य छ । मैले गौरबाट फर्केपछि लामो समय यसमाथि चिन्तन गरेँ र निष्कर्षमा पुगेँ : म पञ्चायतको समाप्तिसँगै राजनीतिबाट पछि हट्छु । यो मेरो बाटो होइन । मेरो निस्पृह खालको बिन्दास जीवनशैलीसँग राजनीतिले मेल खाँदैन । यही निष्कर्षसाथ म पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहिरहेँ । त्यसको दुई वर्ष नपुग्दै देशमा जनआन्दोलन सफल भयो । आन्दोलनका क्रममा पोखरामा व्यापक दमन भयो । त्यतिवेलाको राजनीतिक परिदृश्यबारे मैले मेरो उपन्यास आधा जुनमा विस्तारमा चर्चा गरेको छु । मलाई कलेजबाटै पक्राउ गरियो र केही दिन हतकडीसहित कस्टडीमा राखेर जेलमा लगियो । राज्य विप्लवदेखि सार्वजनिक अपराधसम्मका अनेक मुद्दा लगाइयो । तर, हार्ने पालो राजाको थियो । २६ चैतमा दलमाथिको प्रतिबन्ध हट्यो र हामी वैशाख २ गते जेलमुक्त भयौँ । २७ गते नै मैले जेलमा रहेका रवीन्द्र अधिकारीलगायत साथीहरूलाईभनेको थिएँ– साथी हो म अब पहिलो निर्वाचनसम्म मात्र राजनीतिमा काम गर्छु अनि आफ्नै पेसामा लाग्छु । ममा केही हदसम्म सोलोखोभको उपन्यास ‘जो देशका लागि लडे’ को पात्र लोपाखिनको प्रभाव थियो । साथीहरूले भने त्यसलाई गम्भीरतापूर्वक लिएनन् । त्यसपछि म एक वर्ष जिल्लाका अनेक भागमा पार्टीको संगठन बनाउन र निर्वाचन परिचालनमा खटेँ । संसदीय निर्वाचनमा जिल्ला निर्वाचन समिति र क्षेत्र नम्बर एकको निर्वाचन परिचालन समितिको मुख्य नेताका रूपमाकाम गरेँ । खटेँ अरूजत्तिकै या अझ बढी नै । प्रेसर निकै लो थियो । तौल ४६ केजी । खाना रुच्दैनथ्यो । तर, कहिल्यै रातभर सुतिएन । कांग्रेसका तारानाथ रानाभाटले एक नम्बर क्षेत्रको निर्वाचन जिते । हाम्रो पार्टी पाराजित भयो दुई हजारजति मतले । उम्मेदवार थिए तिनै खगराज अधिकारी, जसलाई मैले गौर गएर भेटेको थिएँ । पहिले पार्टीले यस क्षेत्रमा बलराम उपाध्यायलाई टिकट दिएको थियो । पछि केहीले विरोध गरेपछि पार्टीले बलरामको स्थानमा खगराजलाई उठाएको थियो । मेरो अनुमानको संसदीय राजनीतिको एक झल्को पनि यही नै थियो, जसबाट म भाग्न चाहन्थेँ । निर्वाचन परिणाम घोषणा भएको चौथो दिन पोखरा नयाँबजारस्थित कमरेड सुरेश राजभण्डारीको घरमा भएको पार्टी जिल्ला कमिटीको बैठकमा मैले पहिले नै लेखेर लगेको राजीनामा–पत्र बुझाएँ र बाहिर निस्केँ । सम्भवत: यो ०४८ जेठ ९ गतेको दिन थियो । मैले अब आफ्नो जीविकाको बाटो खोज्नु थियो, करिअर बनाउनु थियो । २८ वर्षको भइसकेको थिएँ, घरजम पनि नगरी हुन्न भन्ने आग्रह मनभरि पालेको थिएँ । तर, बाहिर निस्कँदा मसँग यतै जाने भन्ने कुनै गन्तव्य र लक्ष्य थिएन । कतिसम्म भने बा, आमा र साथीभाइले अब के गर्छस् भनेर सोधे भने त्यसको उत्तर पनि मसँग थिएन । म सरासर क्याम्पस गेट गएँ र लगातार चिया पिइरहेँ । म अनिश्चिततामा त थिएँ तर आफ्ना निर्णयप्रति पटक्कै पश्चात्तापमा थिइनँ । (मैले तत्कालीन माले र पछि एमालेको पार्टी राजनीतिमा जोडिँदै र छाड्दै गरेर जीवनका झन्डै २३ वर्ष बिताएँ । अन्तिमपटक ०५९ मा दलगत आबद्धता त्याग्नुअघि पनि मैले दुईपटक राजनीति छाडेको भनेको थिएँ । यी तीन खण्डका अनेक सन्दर्भ र कारण छन् । यसपटक ०४८ मा सक्रिय राजनीति त्याग्नका मुख्य कारणबारे संक्षेपमा उल्लेख गरेको छु । बाँकी कुनै अर्को अवसरका लागि ।) - See more at: http://www.enayapatrika.com/2015/08/21102#sthash.B5KHG6gC.dpuf Govind Mani Bhatt (कुरा गर्ने) ०७:०२, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
संविधानमा उत्पीडित र श्रमिकको स्थान
[सम्पादन गर्नुहोस्]संविधानको प्रारम्भिक मस्यौदामाथि संविधानसभामा छलफल समाप्त भएको छ । यसका विविध पक्षमा सार्वजनिक बहस पनि तीव्र भएको छ । संविधान ठीक छ कि छैन, यसले खासगरी जनआन्दोलन ०६२/६३ मा जनताले देखाएको उत्सर्ग, जनयुद्ध र मधेस आन्दोलनका क्रममा गरिएको बलिदानको सम्मान गरेको छ कि छैन ? एउटा समतामूलक समाजको स्थापनाका लागि, एउटा समावेशी लोकतान्त्रिक व्यवस्थाका लागि, जाति भाषा र क्षेत्रगत उत्पीडनको समाप्तिका लागि राज्यको पुनर्संरचनाको सन्दर्भमा यो मस्यौदाले बोकेको भावना तथा यसमा परिमार्जन भएर आउन सक्ने सम्भावित संविधानको चित्रले के–के दिने भयो र के–के बिगार्ने भयो ? यी प्रश्नको सेरोफेरोमा जनताले, जनमत निर्माताले, आन्दोलनका अगुवा र सहभागीले उत्साहजनक ढंगले बहस गरिरहेका छन् । यसमा खासगरी मधेसी, जनजाति, महिला र दलितको आक्रोश र दबाब निकै प्रभावशाली छ । सबै पार्टीका, खासगरी कांग्रेस र एमालेजस्ता परम्परावादी (उदारवादका प्रवक्ताका अर्थमा) दलका सभासद्ले समेत आफ्ना नेताका आधिकारिक या औपचारिक दृष्टिकोणका विपक्षमा आवाज उठाएका छन् । यस आलेखको विषय भने उत्पीडित समूह र श्रमिक वर्गका दृष्टिले मस्यौदा कति उदारवादी र कति प्रगतिशील रह्यो भन्नेबारे केलाउनु हो । सबै देशका संविधान भनेका त्यस देशको राजनीति, अर्थतन्त्र, समाज र संस्कृति कता जानेछ भनेर दिशानिर्देश गर्ने राजनीतिक दस्ताबेज हो । धेरैजसो देशका अहिलेका संविधान परम्परागत शासन प्रणालीविरुद्धका संघर्ष, आन्दोलन र क्रान्तिका उपज हुन् । अमेरिकी संविधान बेलायती साम्राज्यविरुद्धको संघर्षको उपज हो । फ्रान्सेली संविधानको मूल पाठ सामन्तवादविरुद्धको पुँजीवादी क्रान्तिको अभिव्यक्ति हो । बेलायतको संविधान अलिखित नै भए पनि त्यो बुर्जुवा वर्गले सामन्तबाट अधिकार खोस्ने क्रममा स्थापित भएको हो । चिनियाँ संविधान सामन्तवाद र साम्राज्यवादविरुद्धको युद्धमा चिनियाँ जनताले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै बनेको हो । आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न भएकाले त्यसमा साम्यवादी दर्शनको प्रभाव छ, त्यसलाई अहिले भने बुर्जुवा वर्गको पक्षमा पतक्कै नुहाइएको छ । भारतीय संविधान मूलत: स्वतन्त्रता संग्रामको नेतृत्व गर्ने उदाउँदो बुर्जुवा वर्ग र त्यही वर्गका क्रान्तिकारीहरूमा रहेको समाजवादी विचारको प्रभावको मिसमास दस्ताबेज हो । सन् १९९० मा पुग्दा राजनीति र अर्थतन्त्रसमेतमा समाजवादी प्रभाव सकिएकाले अहिलेको प्रयोगका दृष्टिले यो सम्पूर्ण रूपमाबुर्जुवा वर्गको हित गर्ने संविधान हो । नेपालको संविधान निर्माण प्रक्रिया लामो छ । २००७ को अन्तरिम संविधानदेखि यताका संविधानको आधार सामन्तवादविरुद्धको संघर्षका जगमा बनेका भए पनि बीचमा ०१९ को संविधान सामन्तवादलाई फेरि शक्तिशाली बनाउन सफल भयो अर्थात् यसले सामन्तवादविरुद्ध बुर्जुवा वर्गको संघर्षमा बुर्जुवा वर्गको पराजयको परिणाम मान्न सकिन्छ । ०४७ को संविधान सामन्ती राजतन्त्र र बुर्जुवा वर्गबीच सम्झौताको दस्ताबेज थियो । त्यस सम्झौतालाई एकातिरबाट जनस्तरमा अस्वीकार गरिँदै थियो, अर्कातिर स्वयं राजाले त्यसलाई तोडेपछि सामन्तवादविरुद्ध निर्णायक संघर्ष भयो । २००७ सालयताका ५५ वर्षमा देशमा विकास भएको पुँजीवादी उत्पादन प्रणालीले समाजमा श्रमजीवी वर्गको उल्लेख्य उपस्थिति रहेको सन्दर्भमा पछिल्लो जनआन्दोलन केबल बुर्जुवा वर्गको मात्र सहभागितामा होइन, बरु मजदुर, किसान, सहरिया गरिब र निम्नपुँजीपति वर्गको प्रभावशाली सहभागितामा भएको थियो । आन्दोलनमा यो समूहको प्रतिनिधित्व आधारभूत रूपमातत्कालीन विद्रोही माओवादीले गथ्र्यो । यसका साथसाथै नेपालमा भएको जनयुद्ध, मधेस आन्दोलन, महिला आन्दोलन, दलित र जनजातिहरूकोआन्दोलनको पनि यसमा जबर्जस्त उपस्थिति थियो । यसर्थ नेपालको अहिलेको संविधान सैद्धान्तिक वैचारिक रूपलेसामन्तवादलाई निषेध गरेर बुर्जुवा वर्गले श्रमजीवी वर्गसँग केही हदसम्म सम्झौता गरी उदारवादी लोकतन्त्रलाई संस्थागत गर्दै आएको संविधान हो । तर, संविधानसभाको दोस्रो निर्वाचनपछि बुर्जुवा वर्ग र परम्परागत सत्तारुढ सभ्रान्त वर्ग श्रमजीवी र उत्पीडित वर्गमाथि निर्णायक रूपमाहाबी भयो । स्वयं आन्दोलनहरूमा प्रभावशाली देखिएका र पहिलो संविधानसभासम्म शक्तिशाली देखिएका उक्त समूह या समुदायको प्रतिनिधित्व गर्ने शक्ति या दलहरूविचारधारात्मक रूपलेसम्झौतापरस्त तथा शक्तिका दृष्टिले कमजोर भए पनि दुवै पक्षका आवाज कमजोर भए । उनीहरूलेधेरै गुमाएको तर बुर्जुवा वर्गले सम्झौता गर्न बाध्य भएको अवस्थामा यो मस्यौदा आएको हो । त्यसैले यो संविधान मूलत: उदारवादी व्यवस्थालाई संस्थागत गर्ने दस्ताबेज हो भन्नेमा कुनै विवाद होओइन । यसको मुख्य आधार उदारवाद हो, तर यसमा केही प्रगतिशील पक्ष पनि विद्यमान छन् । यो संविधानले सामन्तवादका अवशेष समाप्त पार्यो भन्ने होइन, यसले उत्पीडित समुदायका मागसँग केही हदसम्म सम्झौता गरेको छ भन्ने मात्र हो । अझै पनि महिला, आदिवासी जनजाति, मधेसी, अल्पसंख्यकलाई पूर्ण अधिकार दिनबाट बुजुर्वा वर्ग तर्केको छ । तर, संविधानका प्रावधानले अधिकार दिन संविधान संशोधनको बाटो अवलम्बन गर्ने सम्भावना खुला राखेको छ । अहिले उत्पीडित समुदायले सत्तारुढ वर्ग तथा विचारको बर्चस्व समाप्त पार्न नसकेपछि बुर्जुवा वर्गले अधिकार र शक्ति आफ्नो हातमा केन्द्रित गर्ने अधिकतम प्रयास गर्यो । यस्तो बुर्जुवा वर्गको सामाजिक स्रोत परम्परागत पहाडे शासक समुदायको पुरुष नै भएकाले अधिकारको बाँडफाँड पनि त्यहीअनुरूप भएको छ । यद्यपि यो संविधान विश्वमा प्रचलित उदारवादी राज्य व्यवस्थाको एउटा आधारभूत पक्षलाई अस्वीकार गरेर बनेको हुनाले यो केही अर्थमा प्रगतिशील पनि छ । परम्परागत उदारवादी लोकतन्त्रमा यसले गरेको पहिलो सम्बन्धविच्छेद भनेको यसले देशका सबै नागरिकलाई समान मानेर पनि असमान व्यवहार गर्न सहमत रहनु हो । यसले हरेक नागरिकलाई समान मान्ने भनेको छ र समाजमा विद्यमान असमानतालाई पनि स्वीकार गर्दै समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार गरेको छ । परम्परागत उदारवादले नागरिकलाई समान मान्छ र कसैलाई विशेष व्यवस्था गर्दैन । राजनीतिमा सहभागिता र निर्वाचन हुने स्वतन्त्रता समान नागरिकताका सिद्धान्तमा आधारित हुन्छ । यो बजारको स्वतन्त्र छनोटका नियममा आधारित छ, जो सबैलाई समान रूपमालागू हुन्छ । ‘इन्डिभिजुल लिबर्टी’ र ‘इक्वालिटी’ यसका आधारभूत दार्शनिक पक्ष हुन् । तर, हामीकहाँ व्यक्ति– व्यक्तिबीच प्रतिस्पर्धाका अवसरका साथ निश्चित समुदायलाई संरक्षणसहित राज्यमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने निश्चित भएको छ । मधेसी र जनजातिका हकमा उनीहरूलेखोजेको आफ्नो पहिचान झल्कने र राज्यमा आफ्नो प्रभावशाली उपस्थिति कायम हुने प्रस्ट सीमा र नाम भएको संविधान नबन्नु मुख्य चासोका रूपमारहेको छ । यो स्वाभाविक पनि हो । परम्परागत साम्यवादी या उदारवादी मूल्यभन्दा भिन्न समावेशी प्रकारको लोकतान्त्रिक अभ्यासको सुनिश्चितता यसले गरेकाले यसलाई केही हदसम्म उत्पीडित समुदायको पक्षमा झुकेको मान्नैपर्छ । महिलाको राजनीतिक प्रतिनिधित्वको दृष्टिले यो निकै प्रगतिशील मान्नुपर्छ । महिलालाई स्थानीय निकायमा ४० र संघीय संसद्मा ३३ प्रतिशत प्रतिनिधित्वको निश्चितता राजनीतिक दृष्टिले गुणात्मक महत्त्वको छ । आमा र बाबु दुवैलाई वंश परम्पराका रूपमास्वीकार गर्ने प्रावधानले महिलामाथि रहेको सामन्तवादी थिचोमिचोको एउटा महत्त्वपूर्ण पक्षलाई समाप्त पारेको छ । विदेशी नागरिकसँग बिहे गर्ने पुरुष र महिलाबीच गरिएको विभेद नै महिलामाथि संविधानले थोपरेको सबैभन्दा खराब विभेद हो । दलितका लागि राजनीतिक प्रतिनिधित्वमा निश्चित स्थान नतोकेकाले उनीहरूकोमुख्य माग अस्वीकार गरेको छ । तर, अन्य विषयमा दलितका पक्षमा सकारात्मक विभेदका सिद्धान्तलाई प्रस्टसँग व्यवस्था गरिएकाले यसलाई अग्रगमनतिरकै पाइलो मान्नुपर्छ । दलित आयोगलाई संवैधानिक मान्यता र राज्यका निकायमा समानुपातिक सहभागिताको सुनिश्चितता गरिनु सकारात्मक देखिन्छ । तैपनि दलितका दृष्टिले हेर्दा नेपालका सन्दर्भमा अझै कहालीलाग्दो शोषणको एउटा पक्षलाई समाप्त पार्न नचाहेको सन्देश दिने पक्ष हो । यी कुरा यसकारण यहाँ उल्लेख गरिएका हुन् कि यिनले धेरै हदसम्म परम्परागत उदारवादको लिकबाट हटेर नेपालमा चलिरहेको सामाजिक आन्दोलन र हाम्रो समाजको विविधतालाई सम्बोधन गर्ने मौलिक प्रकारको लोकतान्त्रिक व्यवस्थाको परिकल्पना गर्छन् । यो पनि नेपाली जनताले गरेका आन्दोलनको प्रतिफल हो, बुर्जुवा वर्गले अन्य उत्पीडित वर्ग र तप्कासँग गरेको सम्झौताको परिणाम हो । तर, यो संविधानले मजदुर वर्गका पक्षमा प्रत्यक्षत: राजनीतिक सत्तामा सहभागिता जनाउन पाउने उसको अधिकार सुनिश्चित गरेको छैन । त्यस प्रकारको प्रतिनिधित्व केबल अमुक राजनीतिक दलमा रहेको उक्त वर्गको प्रभावमा निहित रहने गरी श्रमिक वर्गलाई बुर्जुवा वर्ग र मध्यम वर्गसँग प्रतिस्पर्धामा आउने चुनौती खडा गरेको छ । यहीँनेर आएर श्रमजीवी वर्गले धेरै गुमाएको छ, पछिल्लो जनआन्दोलनमा उसको सहभागिताको रानजीतिक प्रतिनिधित्व गर्ने शक्ति कमजोर रहेको या प्रभावशाली नरहेकाले आफ्ना अधिकारका लागि श्रमजीवी वर्गले अझै धेरै संघर्ष गर्नुपर्नेतर्फ यसले संकेत गरेको छ । यस पक्षबाट हेर्दा यो संविधान देशमा बुर्जुवा वर्ग अर्थात् अनेक अवतारका पुँजीपति वर्गलाई पुँजी सञ्चय गर्न, लगानी गर्न र मुनाफा कमाउन स्वतन्त्रता दिने, पुँजीपति वर्गका पक्षमा कानुन बनाउने र पुँजीवादी उत्पादन प्रणालीको निर्बाध विकास गर्न दिने मान्यतामा आधारित छ । राज्यको निर्देशक सिद्धान्त र प्रस्तावनामा समेटिएको समाजवाद भन्ने शब्द मूर्त होइन, शक्तिमा रहनेले गर्ने परिभाषामा आधारित हुने अर्थ बोकेर आएको प्रस्टै छ । महिला या दलितलाई दिइएका अधिकारले उक्त पंक्तिलाई समाजमा विद्यमान अनेक अर्थसामाजिक छेकबारबाट बाहिर निस्केर पुँजीवादी प्रणालीमा समाहित हुन र श्रम गर्न सहज बाटो खोल्छ । यसै पनि कतार या मेलेसियाका अर्धदास अवस्थामा श्रम गर्न बाध्य भएका या आफ्नो अस्मिता बेचिरहेका नेपाली श्रमिकका अनेक हिस्सामा परम्परागत समाजको छेकबार बिस्तारै खुकुलिँदै छ, त्यसरी काममा जानेहरूबीचपहाडे, मधेसी र हिमाली या दलित र गैरदलित विभेद कमजोर भएको छ । उनीहरूएकै ठाउँमा बस्ने, खाने र काम गर्ने समान हैसियतका पुँजीका दास बनेका छन् । यता नेपालमा पनि श्रम शक्तिको खाँचो बढ्दै गएको अवस्थामा त्यो पंक्तिलाई औद्योगिक या निर्माण क्षेत्रको श्रममा विनाविभेद सामेल नगराई पुँजीवादी व्यवसाय नचल्ने हुन थालेको छ । यसका लागि महिला र दलितलाई उत्पादन कार्यको मूलधारमा ल्याउन आवश्यक पर्ने राजनीतिक व्यवस्था गर्न भने संविधान सफल देखिन्छ । संविधानमा अनेक धारामा गरी श्रमजीवी वर्गका पक्षमा गरिएको व्यवस्थामा : ट्ेरड युनियन खोल्न र त्यसमार्फत सामूहिक सौदाबाजीमा सामेल हुने अधिकार दिइनु, अन्य उत्पीडित र गरिब असहायकै समकक्षमा मजदुरका पक्षमा विशेष व्यवस्था गर्न सक्ने प्रावधान राखिनु, मर्यादित श्रमको अवधारणा लागू गर्ने र व्यवस्थापनमा श्रमिकको सहभागिता सुनिश्चित गर्ने बुँदा समावेश गर्नु, बाल श्रमको उन्मूलन र जबर्जस्ती काममा लगाउन नपाइने व्यवस्था संविधानको मस्यौदाले श्रमिकका पक्षमा गरेका विशेष व्यवस्था हुन् । तर, सौदाबाजीको अधिकारलाई वेलावेलामा कसरी कमजोर बनाइन्छ भन्ने कुरा तीन वर्षअघि तत्कालीन सरकार, उद्योग वाणिज्य संघ र मजदुर प्रतिनिधिबीच मजदुरको न्यूनतमा पारिश्रमिकमा गरिएको सामान्य वृद्धिको बदला उनीहरूलेपाँच वर्षसम्म हडताल गर्न नपाउने गरी भएको सहमतिले नै प्रस्ट पार्छ । उत्पादनका साधनमाथिको स्वामित्व, मुनाफामाथिको हिस्सेदारी र व्यवस्थापनमा प्रभावकारी उपस्थिति खोजिरहेको मजदुरलाई कमजोर बनाउन देशका अनेक भागमा स्थापना गरिएका विशेष औद्योगिक क्षेत्र, करारमा काम गर्नैपर्ने बाध्यात्मक अवस्थाको सिर्जना र हायर एन्ड फायरको अधिकार खोज्ने पुँजीपति वर्गको राजनीतिक दल र नेतृत्वलाई चन्दाका भरमा प्रभावमा लिनसक्ने हैसियतका कारण पनि संविधानमा गरिएको व्यवस्थाले उल्लेख्य प्रभाव पार्दैन भन्ने नै देखाउँछ । श्रमिक वर्ग आधारभूत राजनीतिक अधिकार अर्थात् प्रतिनिधित्वको अधिकारबाट वञ्चित भएपछि बाँकी अधिकार पनि कुण्ठित हुन केही गारो हुँदैन । आन्दोलनमा सहभागी भएर पनि सबैभन्दा बढी ठगिएकोचाहिँ श्रमजीवी वर्ग नै हो । See more at...http://jhalaksubedi.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:०२, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
बिद्रोही --> रोबर्ट जे. सी को सर्ट स्टोरी Mutineer बाट नेपालीमा उल्था गरिएको.
[सम्पादन गर्नुहोस्]१ क्रुद्ध ट्रुपर लेन, टमामी स्क्वेरको माथि ३००० फीटको उचाईमा विचरण गरिरहेको थियो। शल्यक्रियाद्वारा उसमा स्थापित शीतल यान्त्रिक दिमाग - साइब्रेन समस्यासँग जुधीरहेको थियो। तर ऊसँग कुनै धैर्यता थिएन। उनीहरूपसिनै-पसिना हुनेछन, उसको शरीरलाई यताउता लैजाने चीसो वायु प्रवाहसँग दिक्क मान्दै ऊ सोच्दथ्यो। टमामी स्क्वेरको सीमामा स्थापित तीन टावरहरूतिरऊ एकतमासले हेर्दै उसले थुक्यो र त्यो झर्दै गरेको थुकको सेतो दानालाई हेरीरह्यो, हेरीरह्यो। (लौ अब थुन मलाई सैन्यागारमा। मैले छोटो समयको बिश्राम त मागेको थिएँ। मैले उनीहरूकोलागि चिसँग युद्ध गरेँ। साँच्चै बेकारमा पो गरेछु। अलिकति बिश्राम गरौँ, ताकि मेरो शीर विष्फोट नहोस। यतिबेला त सुरक्षा-कवच पनि छैन।) ऊ त्यहाँ उपस्थित सबैको नजरमा परिसकेको थियो। ऊसले नगर प्रहरीहरूको हुललाई आफ्नो प्रशिक्षणको क्रममा कागजको पुतलाहरूभुटेसरह भुटेको थियो। त्यो कालो कुकुर लेनको पिठ्युँमा थियो। बुढो नगरप्रमुख आफैँ यस प्रकरणलाई हेर्दै थियो। (किन नहेरोस् त? के नगरप्रमुख न्युयोर्क ट्रुपरहरूको मुख्य इन्चार्ज होइन र?) काँधको पत्ताको मुन्तिर जडित एकनाससँग भुन-भुनाईरहेको गुरूत्त्वाकर्षणको प्रभावरहित यन्त्र - प्याराग्र्याभ प्याकले उसलाई न्युयोर्कका तीन प्रशासनिक टावरहरूमाथि उचाइमा स्थीर राखिरहेको थियो। यी टावरहरूथिए टमामी हल, नगरप्रमुखको दरबार र न्यायालय। लेनले आफ्नै मूर्खतामाथि थुक्क गऱ्यो। उसलाई अगाडि कुनचाहिँ टावर के थियो भन्ने हेक्कै थिएन। (उनीहरूट्रुपरहरूलाई प्रशिक्षणकक्षमा राखेर युद्धकला सिकाउँछन। उनीहरूलाईआफ्नै नगरको बारेमा जानकारी दिँदैनन् जुन नगरको लागि उनीहरूयुद्ध गरिरहेका हुनेछन्। सात बर्षको उमेरदेखि ट्रुपरहरूले युद्धकलाको बारेमा यति धेरै सिक्नुपर्छ कि अन्य कुराको लागि समय नै हुँदैन।) नगरप्रमुख पक्कै पनि ती देखिएका हजारौँ झ्यालहरूमध्ये कुनै एक झ्यालको पछाडि थियो। परिपक्व साइब्रेन, ट्रुपर शल्य चिकित्सकहरूकोउपहार, नगरको शानले नै त्यो सही झ्याल पत्ता लगाउनु पर्ने भयो। तातो रगत उसको नशा-नशामा सलबलायो, उसको सबै स्नायु अधीर भएर उखरमाउलो गर्न थाल्यो। लेन आफ्नो साइब्रेनको उत्तरको प्रतीक्षामा बसिरह्यो। त्यसपछि उसको टाउको टाढाबाट आईरहेको आवाजतिर फर्क्यो। प्रहरीहरू आउँदै थिए। दुईवटा गुरूत्त्वाकर्षण प्रभाव रहित वाहनहरून्युयोर्कको क्षेप्यास्त्र प्रतिरोधी अर्धपारदर्शी शक्ति क्षेत्र, सेलको पछाडि पट्टि चलेको देखियो। (परिपक्व साइब्रेन छिटो गर। एकदम छिटो!) साइब्रेनले मेरुदण्डमा एक संवेगको सञ्चार गऱ्यो। लेनको शरीर हावामा गोलचक्कर खान थाल्यो। साइब्रेनले लेनको चाललाई नियन्त्रणमा लियो र उसको आफ्नै दिमाग पनि यो यात्रामा उसको सहयात्री भयो। २ उसको शरीर सीधै तल डाईभ गर्ने पोजिसनमा मोडियो। अनि ऊ गति लिँदै तल झर्न थाल्यो। उसको कवचयुक्त हातहरू तीरको टुप्पोझैँ सीधै अगाडि तन्किए। ती हातहरूकुनै एक टावरमा भएको कुनै एक झ्यालतर्फ बढ्दै गए। जसै ऊ अगाडि बढ्दै गयो, एक हिंसक उत्साह उसमा भरिँदै गयो। उसलाई फेरी पनि युद्धमा गएझैँ लाग्दै थियो। एउटा रातो-सेतो-हरियो झण्डा झ्यालको मुन्तिर फहराईरहेको थियो। कसको झण्डा? नगरको झण्डा त सुन्तला र नीलो रङ्गको थियो। उसले त्यो कुरालाई बेवास्ता गऱ्यो। साइब्रेनलाई थाहा छ ऊ के गर्दैछ। उसले धातुको कवचयुक्त दाहिने हातको कान्छी औँलामा कम्पन महसुस गऱ्यो। एउटा पहेँलो किरण-भाइब्रे, लेन्सयुक्त उसको औँलाबाट प्रबाहित भयो। सिसा तथा प्लास्टिक मिश्रित ग्लास्टिक पाता चकनाचुर भयो। लेन झ्यालबाट भित्र छिऱ्यो। उसको प्याराग्र्याभ प्याक बन्द भयो र ऊ बिस्तारै जमीनमा युद्धमुद्रामा कुप्रिँदै झऱ्यो। एउटा थ्रीभी सेटबाट आवाज आईरहेको थियो। एउटी केटी चिच्याई। लेनको हातले स्वचालित रूपमानिशाना लगायो। उसको औँलामा कम्पन भयो, आँखाको कुनाबाट उसले त्यो केटी जमीन तिर ढलेको देख्यो। कोठामा अरुकोही पनि थिएन, लेन अझै पनि कुप्रँदै ओठ टोक्न थाल्यो। (मेयर खोई?) उसले टाउको घुमाएर थ्रीभी सेटतर्फ नियाल्यो। उसले थ्रीभी सेटमा आफ्नै अनुहार देख्यो। “प्रहरीहरूलाई भाइब्रे सुट गर्दै,” समाचार वाचक भन्दै थियो, “लेन म्यानहाटन सैन्यागारबाट बलपूर्वक बाहिरियो। घटनामा दुई प्रहरीहरूको मृत्यु भएको छ र अन्य चार प्रहरीहरूलाई गहिरो चोट लागेको छ। टमामी हलको अनुसार भाग्ने व्यक्ति एकदमै खतरनाक छ। नागरिकहरूलाईउसबाट टाढा तथा सुरक्षित रहन अनुरोध गरिन्छ। लेन एक क्रुर हत्यारा हो र ऊ अत्याधुनिक सैनिक हतियारहरूलेसुसज्जित छ। एक साइब्रेन उसका संवेगहरूकोनियन्त्रण गरिरहेको छ ––” “लौ अब धेरै नभट्या,” भन्दै लेनको औँला तन्कियो र ठुलो आवाजका साथ, अर्को क्षण त्यो थ्रीभी सेट ग्लास्टिकको डल्लोमा परिणत भयो। (मेयर खोई?) लेन झ्यालतर्फ बढ्यो। दुईवटा प्रहरी वाहनहरूटावरको माथितिर विचरण गरिरहेका थिए। लेनको कवचयुक्त हात उसको कम्मरको पेटीमा जडित एउटा पोको खोतल्न थाल्यो र हत्केलाभरको घनाकार बस्तु जमीनतिर फाल्यो। त्यो फोर्स बम पड्क्यो या फुल्यो या फैलियो, साँच्चै, उसले त्यही विस्फोटकै गतिमा झ्यालबाहिर हेऱ्यो। शक्ति क्षेत्रको एउटा भाग माथिबाट आउँदै थियो जसले उसको झ्यालबाहिरको दृश्यलाई अवरोध पुऱ्यायो र त्यसभन्दा तलको टावरको भित्तातिर प्रवेश गऱ्यो। अब त्यो केटी। ऊ कोठा भित्र आयो। “ब्युँझ नगर बाहिरकी नानी।” उसले भाइब्रेको हल्का स्पर्शले उनलाई ब्युँझायो। “तिमी को हो?” उनले काम्दै सोधीन। लेन फिस्स मुस्कुरायो। “ट्रुपर लेन, न्युयोर्क स्पेशल ट्रुपबाट।” ऊ स्यालुटको पारामा तनक्क तन्कियो। “तिमी अर्कै नगरबाट हुनुपर्छ। मैले न्युयोर्कको केटीले पहेँलो कपाल बनाएको धेरै बर्ष भयो देखेको छैन। सुन्तला रङ्ग र नीलो रङ्ग आदतै भईसक्यो। अनि तिमी मेयरको कोठामा के गर्दै थियौ?” ३ केटी बिस्तारै आफ्नो खुट्टाको सहाराले उभीई। लेनले देख्यो केटी खाइलाग्दी थिई। ऊ सुन्दर थिई अनि हेर्दै ऊ त्यस शहरभन्दा बाहिरबाट आएकी देखिन्थी। ऊ सिधा उभीई आफ्नो नीलो तथा बैजनी आँखा तर्दै लेनलाई हेर्न लागि – “के वाहियात काम गर्दैछौ, सैनिक? म मंगलको ग्रासरुट्स रिपब्लिकबाट यहाँ आएको कुटनीतिज्ञ हुँ। यो एक दुताबास हो, यदि तिमीलाई त्यसको अर्थ थाहा छ भने।” “अहँ थाहा छैन,” बेवास्ता गर्दै लेनले भन्यो। “हेर, यदि तिमीसँग दिमाग भएको भए त्यो बाहिरको झण्डाको सम्मान राख्थ्यौ होला। सैनिक, त्यो मंगल ग्रहको झण्डा हो। यदि तिमीले कुटनीतिक उन्मुक्ति बारेमा सुनेको छैनौ भने तिमीले यो अज्ञानताको नराम्रो मूल्य चुकाउनु पर्छ।” उसका ठूला, अँध्यारा आँखा साँघुरिँदै गए – “तिमीलाई यहाँ कसले पठायो?” “मेरो साइब्रेनले मलाई यहाँ ल्यायो।” उसको मुख आश्चर्यले खुल्यो – “तिमी लेन हौ!” “हो म त्यहि मानिस हुँ जसको बारेमा थ्रीभीले तिमीलाई जानकारी दियो। नगरप्रमुख खोई? यो उनकै अफिस होइन र?” “होइन, होइन, तिमी गलत कोठामा छौ। अझ गलत भवनमा। नगरप्रमुखको कक्ष उ त्यता छ।” उसले हातले इशारा गरी, “उ त्यहाँ हेर त जहाँ बार्दली छ। यो त दुताबास भवन हो। यदि तिमीलाई मेयरसँग भेटनु छ भने त्यतै जानुपर्छ।” “तिमीले जानेको कुरा,” लेनले भन्यो, “साइब्रेनलाई पनि थाहा रहेनछ, मैले जाने जत्ति पनि।” केटीले त्यो शक्ति प्रभाव क्षेत्र बिस्तारित हुँदै गएको देखी। “त्यहाँ के हो त्यो?” “रक्षा कवच हो। यसको आर-पार पुर्ण शक्तिवाला महाबिनाशक किरणभन्दा अरू केही जान सक्दैन। यसले प्रहरीहरूलाई बाहिर राख्छ। तिमीलाई पनि सुरक्षित राख्छ। के तिमी साँच्चै नै बिशिष्ट व्यक्ति हौ?” “मैले अगाडि नै भनिसकेँ म एक राजदुत हुँ। मंगलबाट एक कुटनीतिक मिसनको लागि यहाँ आएको।” “ए? मंगल? ठुलो शहर होला हैन त्यो?” उसले एकटकले लेनलाई हेर्न थाली, उसका बैजनी आँखाहरूबिस्फारित हुँदै गए – “मंगल ग्रह।” “ग्रह? ए त्यो मंगल ग्रह। अँ त्यसको बारेमा सुनेको त छु – त्यहाँबाट आउन त अन्तरीक्ष यान चाहिन्छ होइन? तिम्रो नाम के हो?” “गेरी किन। हेर लेन, मलाई उठाएर कुनै काम छैन। झन तिमीलाई समस्या पर्न सक्छ। के गर्न चाहन्छौ?” “म नगरप्रमुखसँग भेटन चाहन्छु। म र मेरा साथीहरू,हामी भर्खर चीबाट युद्ध सकेर आयौँ। हामीले जित्यौँ। त्यहाँ चीमा नयाँ नगरप्रमुख बने। अहिले उसले आदेशहरू सबै न्युयोर्कबाटै लिन्छ।” गेरी किन ले भनिन्, “प्रत्येक शक्ति केन्द्रले त्यसै त गर्थे। पुर्ण सुरक्षा - तर नगर-राज्यमा निरकुंशता फर्किने बाटो पनि त त्यही हो - अराजकता पनि।” लेनले भन्यो, “अँ, अनि हामीले त्यही गऱ्यौँ जो उनीहरूचाहन्थे। हामीले उनीहरूकोयुद्ध लड्यौँ। अनि हामी न्युयोर्क फिर्ता आयौँ अनि उनीहरूहामीलाई फेरी सैन्यागारमा कैद गर्छन। तलब दिँदैनन। हामीलाई बाहिर निस्कनसमेत दिँदैनन। नगर प्रहरीहरूको घेरामा राख्छन।” लेन रीसले चुर हुँदै भन्यो। “अनि म निक्लेँ। म नगरप्रमुखसँग भेटन चाहन्छु र सोध्न चाहन्छु हामीले छुट्टी किन नपाउने? म छक्का पञ्जा जान्दिन गेरी, म त सिधै माथिल्लो तहमा नै जान्छु।” लेनले आफ्नो कुरा सिध्यायो। झ्याल बाहिरबाट भिन-भिन आवाज आइरहेको थियो। ऊ आवाज आएतिर फर्क्यो र बाहिरतिर घोरीयो। प्रहरीको गुरुत्त्वप्रभावहीन दुई वाहनहरूरक्षा कवच भएतिर फर्केको थियो। लेन ले ती वाहनहरूमा पोतीएको सेतो रङ्गको नम्बर प्रष्टसँग पढ्न सक्थ्यो। लाउडस्पीकरको आवाज कोठा भित्र फैलियो – “त्यहाँबाट बाहिर निक्ल लेन, नत्र भने रक्षा कवच तोडेरै तिमीलाई बाहिर निकाल्छौँ।” “त्यसो गर्न सक्दैनौ,” लेनले भित्रबाट भन्यो। “मंगल ग्रहको विशिष्ट अतिथी गेरी किन यहीँ छीन्।” “म फेरी भन्दैछु लेन – बाहिर आऊ, नत्र हामी कवच तोडेरै निकाल्छौँ।” लेन केटीतर्फ फर्कियो – “मलाई त लाग्थ्यो तिमी विशिष्ट व्यक्ति होलाऊ।” ४ उनी त्यहाँ आफ्ना दुबै हात बाँधेर, शान्त रूपमाउसलाई हेर्दै उभीइन् र भनीन् – “अवश्य हुँ। अनि उनीहरूकोलागि तिमी पनि बिशेष व्यक्ति हौ। मंगल ग्रह यहाँबाट लाखौँ माइलको दुरीमा छ, अनि तिमी नगरप्रमुखको भवनको ठीक विपरीततर्फ।” “हो, तर –” लेनले टाउको हल्लायो र झ्यालतर्फ फर्क्यो। “ठीक छ, हेर! तिमीहरू यो वाहनहरूहटाओ, अनि म यो केटीलाई छोडिदिन्छु।” “कुनै शर्त हुँदैन लेन। हामी आउँदैछौँ।” प्रहरी वाहनहरूबिस्तारै पछाडि हटे, अनि माथितिर हुइँकिए र ओझेल भए। लेनले तर स्क्वेर तिर हेऱ्यो। निकै तल, लामो चम्किरहेको बिनाशक तोपको नालको चमक न्युयोर्कको सेल भवनको पारदर्शी भागको पछाडिबाट फिल्टर भएर आउँदैथियो। त्यो तोप स्क्वेरको मध्य भागतिर बाकस आकारको झुसिलकिरा जस्तो देखिने खोलमा घिसार्दै ल्याइयो। र टावरहरूकोआधारस्तम्भबाट समान दुरीमा स्क्वेरको बिचोबिच स्थापित भयो। यतिखेर तलबाट अत्याधिक गुन-गुन आवाजहरूआउन थाले। लेनले तल नियालेर हेऱ्यो – थुप्रै व्यक्तिहरूको एक समूह टमामी स्क्वेरमा जम्मा हुन थाल्यो। ध्वनी समन यन्त्र जडित ट्रकहरू मानिसहरूकोभिडको छेवैमा एकत्रित हुन थाल्यो। सबै मानिसहरूमाथि हेर्न थाले। लेनले स्क्वेरको पारिपट्टि हेऱ्यो। पारिपट्टिको टावरका झ्यालहरू, जुन उसले सजिलै देख्न सक्थ्यो, सबै मानव अनुहारहरूलेभरिएका थिए। गेरी किन ले देखाएको नगरप्रमुखको बार्दलीमा केही सेतो छिर्केमिर्के अनुहारहरूथिए। थ्रीभी समाचारको आवाज स्क्वेरबाट फैलँदै र टावरको भित्ताहरूमा प्रतिध्वनित हुँदै माथितिर सऱ्यो। “लेनले मंगल ग्रहको राजदुत, गेरी किन लाई बन्दी बनाएको छ। तपाईँहरूशक्ति प्रभाव क्षेत्रको पछाडिको तिन रङ्गको झण्डा देख्न सक्नुहुन्छ। प्रहरीहरू महाबिनाशक तोप ल्याउँदै छन्। लेनको सुरक्षा प्रणाली त्यही कवच प्रणाली हो जसले न्युयोर्कलाई आकाशीय हमलाबाट जोगाउँछ।” लेनले गेरी किन तिर फर्केर मुस्कुराउँदै भन्यो – “पुरा शहर यहिँ एकत्रित भएको छ।” त्यसपछि उसको मुस्कान त्यसै हरायो। यती राम्री, मृदुभाषी यस्ती केटी मर्ने चाहना त्यति राख्दिन होला जति ऊ त्यसबाट बेखबर छ। तिनीहरूयो केटीलाई बाँच्ने एक मौका दिन किन चाहँदैनन? सायद अब यो काम उसले गर्न सक्छ। साइब्रेनले भन्यो, “होइन। शक्ति प्रभाव क्षेत्र बन्द गर्नासाथ उनीहरूलेयो पुरै कोठालाई ध्वस्त पार्नेछन। मंगल ग्रहकी यो केटीको कुनै सम्भावना नै थिएन।” गेरी किन ले आफ्नो हात निधारतिर लगी। “तिमीले मेरै कोठा किन रोज्नु परेको नि? मलाई यो पागलहरूकोशहरमा किन पठाएका होलान? निजी सैनिकहरूरे। दुई करोड व्यक्तिहरू एउटै भवनमा लासमा किराहरूपरे सरह बस्ने। पृथ्वी देखि म दिक्क भएँ। यिनीहरूलेमार्ने भए। अब के होला?” उसले उनलाई निराश हुँदै हेऱ्यो। ट्रुपरहरूको सामु दुई किसिमका केटीहरूमात्र आउँथे कि त उनीहरूपागल हुन्थे कि त नगरले किनेका नगरवधुहरूहुन्थे। उसले मन पराएको कुनै केटी ऊ आफैँ मृत्युको नजिक हुँदा मात्र भेट्ने किन? यतिबेला जब ऊनी अलि कम त्रासमा र कम रिसमा भएकोले ऊसँग सिधै बोलिरहेकी थिई। राम्री थिई तर उसको लागि अति राम्री छु भनेर नक्कल पारिरहेकी पनि थिइन। “उनीहरूलेअब चाँडै नै प्रहार गर्छन,” लेनले भन्यो। “मलाई तिम्रो चिन्ता लागिरहेछ।” “बुबा-आमालाई चिठी लेख्न पाए पनि हुने।” उनले भनीन्। “के?” “मैले भनेको बुझेनौ?” “चिठी भनेको के हो?” “मंगल ग्रह कहाँ छ थाहा छैन। अनि चिठी के हो पनि थाहा छैन। तिमी त सायद लेख्न पढ्न पनि सक्दैनौ होला!” ५ लेनले कुम नचायो। उसले आफ्नो वार्ता अनिच्छापुर्वक जारी राख्यो, पेशेवर योद्धाले युद्धको अगाडि आनन्द माने जस्तै गरी – “यी मैले गर्न नसक्ने चिजहरूके हुन? के ती महत्त्वपुर्ण छन्?” “हो तर जति म यो शहरलाई अनि यहाँका मानिसहरूलाईहेर्छु, त्यति नै यिनीहरूकोमहत्त्व महसुस गर्दछु। तिमीलाई युद्धकला राम्रो आउँछ होइन? म ठोकुवा गर्न सक्छु ती हतियारहरूचलाउन तिमी पोख्त छौ।” “सुन्नुस, उनीहरूलेमलाई म सानो छँदैदेखि युद्ध गर्न सिकाए। अनि म राम्रो योद्धा किन नबन्ने?” “बिशिष्टता,” मंगल ग्रहकी केटीले भनीन्। “के?” “बिशिष्टता। मैले यहाँ जो पनि भेटेँ ऊ विशेषज्ञ छ। सामाजिक विशेषज्ञ ले सरकार चलाउँछ। यान्त्रिक विशेषज्ञले यन्त्रहरू चलाउँछ। ट्रुपरहरू युद्ध लड्छन। अनि नब्बे प्रतिशत जनता काम गर्दैनन किनभने उनीहरूलाईकुनै तालिम नै दिइएको हुँदैन।” “प्रशंसकहरू,” लेनले भन्यो। “उनीहरूनरम मिजासका हुन्छन। उनीहरूजो तल यो युद्ध हेर्न आएका छन्।” “तिमीलाई थाहा छ लेन, किन तिमीहरूलाईसैन्यागारमा राखिएको? हिजो रात्रीभोजमा मैले उनीहरूलेकुरा गरेको सुनेकी थिएँ।” “किन?” “किनभने उनीहरूट्रुपरहरूसँग डराएका छन्। तिमीहरूलेचि मा राम्रो युद्ध कला प्रदर्शन गऱ्यौ। तिमीहरू उनीहरूलेबनाएका सबैभन्दा घातक हतियार हौ। तिमी मात्र एक आकाशीय सैनिक।” लेनले भन्यो, “तर उनीहरूलेट्रुपर प्रशिक्षणगृहमा त युद्ध जित्ने त मानिसहरूमात्रै हो भन्थे त।” “हो, तर न्युयोर्कका सामाजिक बिशेषज्ञहरूले ट्रुपरहरू ल्याउनुभन्दा अगाडि यो बिर्सिसकेका थिए। ट्रुपरहरू भन्दा अगाडि सरकारहरूसँधै ठुला-ठुला हतियारहरूमामात्र एकाग्र भएर लागेका थिए। ती हतियारहरूक्षेप्यास्त्र, बमहरू आदि थिए। अनि शहरहरूरक्षा कवचको सहायताले बम तथा यस्ता हतियारहरूबाटसुरक्षित थिए। उनीहरूयही शहर सुरक्षा घेरा भित्र आत्म निर्भर अनि आत्म सन्तुष्ट भए। उनीहरूयति सुरक्षित, निश्चिन्त अनि वियोजित भए कि, राष्ट्रीय सरकारहरूधराशायी भए। तर तिमी ट्रुपरहरूले उनीहरूकोत्यो सुरक्षाको भावनालाई निमिट्यान्न पारिदियौ, जब तिमीहरूले चि को सुरक्षा घेरा लाई भेदेर चि लाई कब्जा गऱ्यौ।” “ए, हामीले उनीहरूलाईतर्सायौँ होईन त?” गेरी भन्दै गई – “तिमीले उनीहरूलाईयति तर्सायौ कि तिमी फर्केपछि उनीहरूतिमीलाई केही दिनको छुट्टी पनि दिन चाहेनन। उनीहरूलाईडर थियो कि तिमी ट्रुपरहरूले महसुस गर्ने छौ कि तिमीहरूलेचाह्यौ भने कुनै पनि शहर सजिलै कब्जा गर्न सक्नेछौ। उनीहरूयति तर्सेका छन् कि उनीहरूम मरे पनि मतलब राख्दैनन। उनीहरूतिमीलाई मार्न पाए मंगल ग्रहसँग दुश्मनीको जोखिम मोल्न पनि तयार हुनेछन्।” “म तिम्रो बारेमा चिन्तित छु। साँच्चै, म ---” त्यसै बेला कर्णभेदी ठुलो विस्फोटले उसलाई कार्पेटतिर हुत्यायो, उसका कान बन्द भए, आँखा तिर्मिराए। उ सम्भालियो र देख्यो गेरी केही फीट पर चार हातखुट्टामा उभीएकी थिई। लेन झ्यालतिर हामफाल्यो, छिटो बाहिर हेऱ्यो, र उफ्रियो। साइब्रेनले उसको स्नायुप्रणालीमा आदेश प्रबाहित गर्न थाल्यो। “यो महा बिनाशक तोप हो,” उसले भन्यो। “तर एउटा मात्र। पख साइब्रेन म यसलाई छल्न सक्छु।” उसले आफ्नो सुरक्षा कबचको नियन्त्रक कालो बाकस उठायो। त्यसलाई खोल्दै बुढीऔँलाको दवावबाट एउटा सानो डायल घुमायो अनि पर्खियो। फेरी एउटा ठुलो धमाका, दिमागै हल्लाउने कम्पन। फेरी लेन र गेरी जमीन तिर लडे। तर यस पटक दोश्रो विस्फोट पनि संगसंगै भयो अनि तलबाट प्रकाशको पुञ्ज पनि फैलियो। लेन बच्चा हाँसे झैँ हास्यो र झ्याल तर्फ दौड्यो। “हेर,” उसले गेरीलाई भन्यो। ६ तलको भीडमा एक ठुलो भाग खाली भएको थियो। फुटपाथ पुरै कालो भएको थियो र छिया छिया परेको थियो। खुल्ला ठाउँ भित्र अनि त्यसको वरिपरि दर्जनौ काला आकृतिहरूयत्र-तत्र छरिएका थिए। “परावर्तन,” लेन ले भन्यो। “मैले कवचको स्क्रिन उनीहरूकोमहा बिनाशक किरण परावर्तन भएर उनीहरूप्रति नै लक्षित हुने गरि सेट गरेको थिएँ।” “अनि उनीहरूलाईथाहा थियो कि तिमीले यसो गर्न सक्छौ भनेर। तैपनि त्यत्रो भीड जम्मा हुन दिए!” गेरी दिक्क मान्दै झ्यालबाट पर गई। लेनले भन्यो, “म एक दुई पटक अझै यसो गर्न सक्छु तर यसले मेरो कवच पनि जल्छ। अनि त्यस पछि म मर्नेछु।” उसले थ्रीभी समाचारवाचकको आवाज सुन्योः “करीब पचास जना हताहत भए। अहिले स्थिती लेनको पक्षमा छ। प्रहरीहरूको प्रयासलाई उसमा जडित साइब्रेनले बिफल तुल्यायो। यतिबेला प्रहरीहरू यो समस्याको समाधान गर्नको लागि न्यायालयको भुइँतल्लामा भएको उनीहरूकोमुख्य एनालग कम्प्युटरमा यस समस्याको बारेमा जानकारी प्रविष्ट गराउँदै छन। जानकारी प्रविष्ट हुनासाथ प्रहरीको एनालग कम्प्युटरले चाँडै नै साइब्रेनको सोच्ने शक्तिलाई नियन्त्रण गरेर लेनको योजनाको बारेमा अग्रिम जानकारी पाउने छ। चारवटा अरू महा बिनाशक तोपहरूब्रोडवेबाट झिकाइँदै छ---” “उनीहरूयी मानिसहरूलाईस्क्वेरबाट किन हटाउँदैनन?” गेरी चिच्याई। “के? ए ती प्रशंसकहरू—तिनीहरूलाई कसैले हटाउँदैन।” ऊ एक छिन रोकियो। “म एउटा प्रयास गर्न सक्छु।” उसले कवचयुक्त पञ्जा मुखतिर लग्यो र नाडीमा भएको एउटा बटन दबायो। उसले भन्यो, “ट्रुपर हेडक्वार्टर, म लेन बोल्दैछु।” उसको हेलमेटमा एक आवाज आयो। “लेन ट्रुपर हेडक्वार्टर बाट, तिमीले यहाँ कल गरेका रहेछौ।” “कर्नल क्लेटसँग कुरा गराउनुस।” तीस सेकेण्ड बित्यो। लेन ले बाहिरबाट झिकाइएका चलनशील महा बिनाशक तोपहरूटमामी स्क्वेर तिर भित्रिँदाको खन्द्र्याङ-खुन्द्रुङ सुनिरहेको थियो। लेनको कानमा ट्रुपरहरूको कमाण्डिङ अफिसरको आवाज गुञ्जन थाल्यो। “महामूर्ख! मेरो आदेश नमान्ने होइन! अहिले आफूलाई हेर त!” “मलाई थाहा थियो त्यो तपाईँको आदेश थिएन, सर।” “त्यहाँबाट केही गरि बाँचेर आइस भने तँलाई मेरो आदेश उल्लंघन गरेको अपराधमा झुण्ड्याउँछु।” “हुन्छ, सर। तर यहाँ एउटी केटी छिन – कोही बिशिष्ट व्यक्ति – मंगल ग्रहबाट। तपाईँलाई ग्रहहरूको बारेमा त थाहा छ नि सर। उनी भन्छीन् यदि हामीले चाह्यौँ भने हामीले कब्जा गर्न सक्छौँ। के त्यो सत्य हो सर?” केही बेरको बिश्रामपछी उताबाट आवाज आयो – “ती केटीले भनेको कुरा सत्य हो लेन, तर अहिले ढीलो भइसकेको छ। यदि हामीले पहिले नै योजना बनाएर नगर सरकार कब्जा गरेको भए यो सम्भब थियो। तर अहिले उनीहरूतयार छन। हामीलाई महा बिनाशक तोपबाट भुट्ने छन।” “सर मलाई तपाईँको सहयोग चाहियो। मलाई थाहा छ तपाईँ मेरै पक्षमा हुनुहुन्छ।” “म तिम्रै पक्षमा छु लेन।” कर्नेल क्लेटको आवाज भारी भयो। “म यो कुरा स्वीकार गर्ने थिइन यदि तिमीसँग त्यहाँबाट बचेर आउने सम्भावना भएदेखि। तिमीले गर्नुपर्ने काम गऱ्यौ बाबु। तिमीलाई बचाउनको लागि मैले अरू मानिस गुमाउनु पर्छ। जब उनीहरूलेत्यो जानकारी एनालग कम्प्युटरमा दाखिला गर्ने छन तिमी सिद्धिनेछौ।” “हो, सर।” “मलाई माफ गर लेन।” “हुन्छ सर, ओभर एण्ड आउट।” उसले नाडीको बटन फेरी दबायो। ऊ गेरी भए तर्फ फर्क्यो। “तिमी ठीक छौ। मेरो इच्छा तिमीलाई बचाउने हो। तर यो साइब्रेन भन्छ, मैले सक्दिन। भन्छ यदि मैले शक्ति कवच बन्द गरेँ भने उनीहरूलेसोझै कोठामा निशाना बनाउने छन, अनि हामी दुवै मर्नेछौँ।” ७ गेरी दुबै हात बाँध्दै उभीई अनि उसलाई हेर्दै भन्न थालि, “तिमीलाई जे गर्नु ठीक लाग्छ गर। जहाँसम्म मैले देखेकी छु, यो शहरमा तिमी मात्र एक व्यक्ति हो जो अलिकति भए पनि आफ्नो पक्षमा ठीक छ।” लेन हाँस्यो, “मैले देखेका र भेटेका सबै नगरकन्याहरू अति डराउँछन। तिमी पनि त छुट्टै छौ।” “जतिबेला मेरा हजुरबुबाले मंगल ग्रहमा पाइला टेक्नु भयो, वहाँहरूलेबुझ्नुभयो कि स्वार्थ लिनु बिलासीताको लक्षण हो। मंगल ग्रहबासीहरू यसको मोल तिर्न सक्दैनन्।” लेनले सोच्ने मुद्रामा निधार खुम्च्यायो। “तिम्रो अनुसार म मेरो पक्षमा ठीक छु। त्यो सोच राम्रो हो। मलाई आजसम्म कसैले पनि यसरी आफ्नो बारेमा सोच्ने अवसर दिएको छैन। यो जानेर मर्नु मेरो लागि राम्रो कुरा हो।” “मलाई थाहा छ,” गेरीले भनी। तलबाट आएको लाउड स्पीकरको आवाजले भन्न थाल्यो, “प्रहरीको एनालग कम्प्युटर महा बिनाशक तोपको नियन्त्रणसँग जोडिएको छ। अब लेनको साईब्रेनको सबै योजना अग्रिम रूपमाथाहा हुनेछ।” लेनले गेरी लाई हेऱ्यो र भन्यो। “मलाई उनीहरूलेभेट्टाउनु अघि एक चुम्बन लिँदा कसो होला? तिमी जस्ती केटीको चुम्बन पाएर मर्नु मेरो जीवनकै उत्कृष्ट अवसर हुनेछ।” उनी मुस्काउँदै अघि बढीन्, “तिमी यसको हकदार पनि छौ, लेन।” उसले उनलाई चुम्यो र उसको भित्र-भित्र नजानिँदो बेनामे चाहनाहरूउम्लिएर आयो। अनि ऊ पछाडि हट्यो र टाउको हल्लाउँदै भन्यो, “तिमी मर्नु राम्रो हुँदै होइन। यदि म त्यो झ्यालबाट बाहिरिएँ भने उनीहरूलेमलाई ताक्नेछन यहाँ होइन।” “अनि तिमीलाई चाँडै मार्नेछन।” यो बन्द कोठामा झुल्सिएर मर्नुभन्दा त त्यहि बेश। तिमी आफ्नो पक्षमा ठीक छौ। यहाँ थुप्रै ट्रुपरहरू त छन तर तिमीजस्ता राम्रा मानिस कम छन्। यो साइब्रेनले भन्छ यहीँ बस, तर अब म यसको आदेशमा हिँडदिन। म तिम्रो चुम्बनको मुल्य चुकाउँछु।” “तर तिमी त यहीँ सुरक्षित हुन्थ्यौ!” “तिमी आफ्नो बारेमा चिन्ता गर, मेरो बारेमा होइन।” लेनले फोर्स बम निकाल्यो र उनलाई दिँदै भन्यो। “जब म ‘अन’ भन्छु, तब यो बटन थिचेर आफ्नो हात झट्ट हटाउनु। यसले सुरक्षा कवचलाई एक सेकेण्डको लागि बन्द गर्नेछ।” ऊ झ्यालको बाहिरपट्टिको टपमा चढ्यो। स्वचालित रूपमासाइब्रेनले प्याराग्र्याभ प्याक आफैँ बन्द गऱ्यो। “अलबिदा गेरी। ‘अन’।” ऊ झ्यालको टपबाट हामफाल्यो। जब महा बिनाशक तोप फायर भयो, ऊ टमामि स्क्वेरको पारितिर हुइकिँदै थियो। ती तोपहरूत्यो झ्यालतिर लक्षित थिएन जुन झ्यालमा रातो सेतो र हरियो तिनरङ्गे झण्डा फहराईरहेको थियो। तर तिनीहरू लेन तिर पनि लक्षित थिएनन्। उनीहरूअन्धाधुन्ध फायरिङ गरिरहेथे। (अब कुन बाटो जाने होला? सायद मसँग एउटा मौका छ। तर साइब्रेन त तोप भएतिर लैजान खोज्छ।) उसले अगाडि नगरप्रमुखको क्याबिन देख्यो। (साईब्रेनले जेसुकै गरोस। म मलाई जे ठीक लाग्छ त्यो गर्छु। म यहाँ नगरप्रमुखलाई भेटन आएको हुँ, अब त्यतै जान्छु।) लेन अगाडि बढ्यो। उसले डरले त्रस्त भएका मानिसहरूकोक्रन्दन सुन्यो। ऊ बार्दलीको रेलिङतिर हुँइकियो। एउटा व्यक्ति महा बिनाशक किरण युक्त पेस्तोल ऊ भएतिर तेर्साईरहेको थियो। बार्दलीमा अरू पाँचजना मानिसहरूथिए – संकटको अवस्था! बर्षौँको प्रशिक्षण र साइब्रेनले स्थिति नियन्त्रणमा लिए। औँलाहरूमाकम्पन हुन थाल्यो। जब ऊ बार्दलीमा युद्ध मुद्रामा कुप्रेको थियो ती सबै मानिसहरूउसका वरिपरि लडिरहेका थिए। महा बिनाशक किरण युक्त पेस्तोल लिएको मानिसलाई उसले पहिले देखेको थियो। उनी न्यु योर्कका नगर प्रमुख थिए। लेन एकै छिन ती हतप्रभ भएको मानिसहरूकोबिचमा उभीइरह्यो, मानिसहरूकोचित्कार उसको वरीपरी फैलँदै थियो। अनि उसले हातको कवचयुक्त पञ्जा मुखतिर लग्यो र म्यानहाटन सैन्यागारमा सम्पर्क गऱ्यो। “कर्नल क्लेट, सर। तपाईँ भन्नुहुन्थ्यो यदि हामीले नगर सरकारलाई कब्जा गर्न सक्यौँ भने हामी सफल हुन्छौँ। ल मैले नगर सरकार कब्जा गरेँ। अब यिनीहरूलाईके गर्ने हो?” ८ लेन यतिबेला आफुले लगाइरहेको युनिफर्ममा अप्ठ्यारो महसुस गर्दै थियो। यस भन्दा अगाडि टमामि स्क्वेरमा न्युयोर्कको नयाँ सैन्य संरक्षित शासनको उद्धाटन र ट्रुपर लेनको सम्मान कार्यक्रम थियो। यतिबेला औपचारिक रात्रीभोज चलिरहेको थियो। कर्नल क्लेट र गेरी किन लेन को दुबैतिर बसेका थिए। क्लेट भन्दै थिए, “मलाई अवसरवादी भने पनि भन्नुहोला मिस केन, मेरो सरकार स्थीर रहनेछ, र मंगल ग्रहले यससँग सम्झौता गर्न सक्छ।” कर्नल क्लेट एक दुब्लो-पातलो कडा मिजाजका अनुहार भरि खतै-खत भएका अनि केश पाक्दै गएका व्यक्ति थिए। गेरीले आफ्नो टाउको हल्लाईन् र भनीन्, “नयाँ सरकारले मान्यता पाउन केही समय लाग्छ। म मंगल ग्रहमा जाँदैछु, अनि सायद उनीहरूलेअर्को राजदुत पठाउलान। मेरो त्यस्तो गुनासो केही छैन – तर म यहाँ बस्न चाहन्न।” लेनले भन्यो, “म पनि मंगल ग्रह जाँदैछु।” “उनले बोलाएकी हुन र?” क्लेटले सोध्यो। लेनले अस्विकृतीमा टाउको हल्लायो। “उनको क्लास त मैले धेरै लिनु छ। तर मलाई उनले मंगल ग्रहको बारेमा जे भनीन त्यो मलाई मन पऱ्यो। त्यो ठाउँ स्वस्थ छ।” क्लेटले निधार खुम्च्यायो र भन्यो, “यदि तिमीले आफ्नो अलिकति भए पनि दिमाग प्रयोग गरेर नगरप्रमुखलाई हराएको हो भन्ने मलाई अलिकति पनि लाग्थ्यो भने म तिमीलाई छुट्टी दिने थिइन। तर मलाई थाहा छ तिमीले त्यो एनालग कम्प्युटरलाई आफ्नो मूर्खताको मद्दतले – साइब्रेनको आदेश नमानेर हरायौ।” लेनले भन्यो “यदि त्यसले साँच्चै नै काम गऱ्यो भने त्यो मूर्खता कसरी भयो र?” “यहि कुराले त मलाई चिन्तित बनाइरहेको छ। सायद अब हामीले आफ्नो रणनीतिहरूपरिमार्जन गर्नुपर्छ। अब हामीले त्यो एनालग कम्प्युटरलाई हराउन सक्ने कला जानिसक्यौँ। यदि कसैले यसलाई हाम्रो बिरूद्धमा प्रयोग गर्न खोजे भने।” “म उनलाई चोट पुऱ्याउन चाहन्नथेँ।” “बास्तवमै। कम्प्युटरले एक यन्त्रलाई नियन्त्रण गर्न सक्छ, जस्तो कि तिम्रो साइब्रेन। तर तिमीले एउटा अकल्पनीय तथ्य प्रस्तुत गऱ्यौ – मानवीय संवेग। जसले यो प्रमाणित गर्छ जुन मैले सैन्य व्यक्तित्वको रूपमासँधै विश्वास कायम राखिरहेको छु – कि सबैभन्दा खतरनाक हतियार मानव शस्त्रागारमा केही छ भने त्यो एक मानव सैनिक हो र सँधै हुनेछ।” “हो तपाईँले भर्खर जे भन्नु भयो, सर,” लेनले भन्यो। “त्यसैले म न्युयोर्क छोड्दैछु।” “के मतलब हो तिम्रो?” कर्नल क्लेटले सोधे। “म हतियार बनेर थाकिसकेँ सर, म अब मानव बन्न चाहन्छु।” समाप्त Govind Mani Bhatt (कुरा गर्ने) ०७:१५, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
पाठेघर नै फाल्या महिला नि गर्भवती!! के मिलेन त?
[सम्पादन गर्नुहोस्]घरमा तीनवटा बच्चा छन् रे उनका, यो आठौ गर्भ हो रे, अरुकोइ पेटमै खेर गए, कोइ जन्मेर खेर गए रे। लेखाजोखा नै छैन, उनलाई याद नि छैन। पछील्लो बच्चा जन्मेपछी पाठेघर खस्ने समस्या भएर पाठेघर फालेको रे। कालिकोट मान्मको शिविरमा फालेको भन्थिन्। अहिले गर्भवती भएर आएकी थिईन्। हुनै नसक्ने कुरा। पाठेघर नै फालेपछी कसरी गर्भ बस्छ, कहाँ गर्भ बस्छ। हुन त उनी अति नै विपन्न, चेतनाको स्तर न्युन भएकी देखिन्थिन्। गाउघरका धेरैजसो विरामी यस्तै हुने रहेछन्। आफ्नो अवस्थाको बारेमा केही थाहा नहुने, के औषधी खाएको, के अप्रेसन गरेको त झनै थाहा हुने कुरै भएन। उनलाई आफ्नो पाठेघर फालिएको भन्ने चै शायद शिविरमा उपचार पछी कसैले भनेको थियो होला। उनको साथमा कोइ बुझ्ने मान्छे आएको छ कि भनेर सोद्धा जेठी श्रीमतीको छोरा आएका रहेछन्, उनलाई धेरै थाहा नभए नि "शिविरमा आङ खस्ने समस्याको उपचार गरेको, त्यो बेला अरुहरुकोपनि पाठेघर फालेको थियो" भनेर मात्रै भन्न सके। पेटमा सुन्दा खेरी बच्चाको मुटुको धड्कन चै सुनिन्थ्यो। पेटमा काटेको दाग केही नभए पनि तलबाट जाच्दा औंला हाली जाच्दा भने योनी एकदम साघुरिएको थियो। सिजेरियन अप्रेसन गरियो, पाठेघर सङ्लै थियो, बच्चा राम्रै भयो। उनको पाठेघर निकालिएकै थिएन। पाठेघर खस्ने समस्याको लागि योनीमार्गको अप्रेसन (Pelvic floor repair) मात्रै गरिएको थियो कि, उनलाई बुझाउदा पाठेघर नै फालेको भनेर पो बुझिन् कि। अथवा पाठेघर नै ननिकाली निकालेको पो भनेका हुन् कि। जे पनि हुनसक्छ। मैले यहाँ भन्न खोजेको चै हाम्रो उपचार प्रणालीमा 'डकुमेन्टेसन'को कमजोरी र स्वास्थ्य प्रणालीमा गरिनुपर्ने सुधार बारे हो। ती महिलाको के उपचार, अप्रेसन गरिएको थियो भनेर लिखित रेकर्ड कतै भएको भए यति 'कन्फ्युजन' नै हुन्थेन। हो, विरामीलाई के कस्तो उपचार, अप्रेसन भनेर सबै बुझाउन सकिदैन, सबैको त्यत्तिको मेडिकल ज्ञान पनि हुँदैन। तर कुनै पनि विरामीको उपचारको कतै रेकर्ड हुने सिस्टम भयो भने त्यो व्यक्तीको जिन्दगी भरको लागि सजिलो हुन्छ। हाम्रोमा कती विरामी अस्पताल आउनु अघी नै विभिन्न एन्टीवायटिक, थरीथरीका औषधी खाएर आएका हुन्छन्, के खानुभाथ्यो भनेर सोध्यो भने नाम थाहा हुने त कुरै भएन अनी एउटा सेतोसेतो लामो ट्याब्लेट थ्यो, अर्को गुलियो गुलियो झोल थ्यो, दिनको ३ पटक खाने, यस्तै यस्तै भन्छन्, त्यसैका आधारमा अन्दाज मानेर यो खाएको होला भनेर चल्नुपर्ने हुन्छ। कति बेला पहिल्यै चलेको औषधी फेरी दोहोरिन्छ, भन्न सकिदैन। कसै कसैले पुराना कागजात, औषधीहरुको थुप्रो बोकेर आएका हुन्छन्, कतिले त के बोक्ने के नबोक्ने थाहा नपाएर औषधीको, जाचहरुका बिलहरु पनि लिएर हिड्छन्। पुराना प्रेस्क्रिप्सनहरु पनि कहिले कस्कोमा देखा'को हुन्छ, कहिले कस्कोमा। एउटै औषधी दोहोरिएको हुन्छ, एउटै जाच अनावश्यकरुपमा पटक पटक भईरहेका हुन्छन्, पैसा अनावश्यक खर्च भईरहेको हुन्छ, समस्या जहिको तही हुन्छ। विरामीले नि पटक पटक डक्टर फेरेको भएर डक्टरसँगको कुनै स्थायी सम्बन्ध अनुभव गर्न पाएका हुँदैनन्, डक्टरहरुले नि ४-५ मिनेटको भेटमा विरामीलाई खासै केही सेवा दिन सकिरहेका हुँदैनन्।
त्यसो भने हुनुपर्ने के हो त? कस्तो हो त?
खासमा हुनुपर्ने के भने कुनै एउटा निश्चित क्षेत्रको लागि एउटा एमडीजीपी डक्टर वा फेमिली डक्टर हुनुपर्छ, जस्को जिम्मामा त्यो क्षेत्रका सबै महिला, पुरुष, बच्चा, बुढाबुढी, सबैको स्वास्थ्य अवस्थाको हेरचाह हुनुपर्छ। कुनै महिला गर्भवती भईन् भने गर्भावस्थाको जाच गर्ने, टिटी सूई लाउने, आइरन चक्की खाने आदी सबै काम उसैको मातहतमा हुनुपर्छ, र त्यो सबको रेकर्ड उसको अफिसमा हुनुपर्छ। र केही गरेर रिफर गर्नुपर्यो भने उसले नै केन्द्रको स्त्री रोग विशेषज्ञकोमा रिफर गर्ने र रिफरको बेला आवश्यक जानकारी सम्बन्धित विशेषज्ञकोमा पठाउने जिम्मा नि उही डक्टरको हुनुपर्छ। त्यसै गरी त्यो क्षेत्रका हरेक बच्चाबच्चीको स्वास्थ्य अवस्था, खोप लाए नलाएको रेकर्ड, जन्मको बेलाको रेकर्ड, प्रत्येकपल्ट विरामी हुँदा, अस्पताल भर्ना हुँदाको रेकर्ड त्यो क्षेत्रको जीपीको अफिसमा हुनुपर्छ। त्यस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता विभिन्न दिर्घरोगहरुको पनि नियमित फलोअप उनैको अफिसबाट हुनुपर्छ। केन्द्रका ठुला अस्पतालहरुमा भर्ना भएर, अप्रेसन गरेर फर्केका विरामीहरुको पनि फलोअप गर्नको लागि क्षेत्रकै जीपीको माध्यमबाट गरिनुपर्छ, जसले गर्दा विरामीलाई नि शहर नै धाउनुपर्ने झन्झट हुँदैन र डक्टर-डक्टर बीचको कम्युनिकेसनबाट फलोअप हुने हुँदा गलत जानकारी जाला भन्ने डर पनि हुँदैन। साथै जीपीले आफ्नो क्षेत्रका विरामीको रिफरलका लागि व्यवस्था मिलाउने, केन्द्रका स्पेसलिस्टलाई विरामीको मेडिकल रेकर्ड उपलब्ध गराउने, गरिएको उपचार, औषधीका बारेमा थाहा दिने, केही नबुझिएको भए थप जानकारी दिने अनी विरामीको मेडिकल प्रवक्ताको रुपमा काम गर्ने पनि गर्नुपर्छ। प्राय: विकसित देशहरुमा यस्तै खाले मेडिकल प्रणाली सरकारीरुपमा नै लागू भएको हुन्छ। यसले जनताको स्वास्थ्य अवस्थाको रेकर्ड राम्रो रहन्छ, विरामीलाई आफ्नो स्वास्थ्य समस्या आफ्नो क्षेत्रको जीपी वा फेमिली डक्टरलाई भन्ने भनेर निश्चित हुन्छ, विरामीको उपचारमा निरन्तरता हुन्छ, रिफरलको राम्रो सिस्टम नि बस्छ, कम्युनिकेसन ग्याप पनि हुँदैन। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारीरुपमै स्वास्थ्य विमा गर्ने कानुन ल्याएर त्यस अन्तर्गत यस्तो प्रणाली बसाल्न सक्यो भने हाम्रो पनि स्वास्थ्य क्षेत्र व्यवस्थित भएर जान्थ्यो कि। शुरुकोकेसमा शायद हाम्रो स्वास्थ्य सेवा प्रणाली नमिलेको हो, कुनै मेडिकल चमत्कार भएको हैन। Govind Mani Bhatt (कुरा गर्ने) ०७:२९, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
मेरो नजरमा मेरो दाई
[सम्पादन गर्नुहोस्]“हैन के भयो मेरो दाईलाई किन हल्लिदै हुनुहुन्छ कहाँको भूत लागेछ”। यस्तै सोच्थे जब म आठ बर्षको थिए। मेरो प्यारो दाई जसले मलाई उठ्न ,हिड्न ,दौडिन सिकाउनुभयो। जस्ले मलाई कहिल्यै लड्न दिनुभएन त्यस दिन उहाँ चार हात खुट्टा टेकेर कोठामा छिर्नुभयो। शरीर सबै भिजेको,लुगामा फोहोरको गन्ध ,जुत्ता एउटा खुट्टामा त्यो पनि रङग् चिन्न गाह्रो । आखा रातो अनि मुखबाट र्याल बगेको। झस्स हेर्दा त माया लागेर आयो रोए पनि किन यस्तो हालत बनाउनु भयो भनेर सोधें। ढुङ्गो बोल्ला मान्छे बोल्दैनन्। धेरै सोचे आमा बुबालाई नभन भन्नुभयो भनिन्। अर्को दिन पनि हल्लिदै आउनुभयो आज नजिक गएर सुघे गन्ध आयो। अनि पो थाहा पाए दाईले त रक्सी पो खानुभएछ। मलाई त के थाहा रक्सी खाएको सुगेर थाहा हुन्छ भन्ने। त्यस दिन मैले मेरो साथीसँग दाईको बारेमा सबै भनेको थिए। उसको बुबा सधै त्यसरी नै आउने गरेको र त्यस्तो रक्सी खाएर हुने उसले बतायो। अनि पो मलाई थाहा भयो मेरो दाईले तो माईले कामी, कान्छो सार्की अनि माख्लो घरे साइलोले खाएर बूढी पिट्ने रक्सी पो खाएको रहेछ। अब म रक्सी खाने मान्छेको बारेमा थाहा पाउन इच्छुक भए। स्कुलमा साथीलाई सोधे उसको बुबाले अरूबेला असाध्धै माया गर्ने ,रक्सी खाएर बैलाउने अनि उसको आमा, दिदी र उसलाई समेत नछोड्ने बतायो। त्यस्तो नराम्रो चिज खान मेरो दाईलाई कसले सिकायो भनेर ज्यदै रिस उठयो। तर गल्ति मेरो दाई कै हो खान नहुने कुरा त खान नहुने नि। तै पनि एक चोटी दाईलाई भन्छु भनेर दाई घरमा आउने प्रतिक्षा गरेर बसे । राति दाई आउनुभयो आमा बुबा पनि कुरेर बस्नुभएको रहेछ। उहाँहरूलेपनि दाईले रक्सी खाएको थाहा पाउनुभयो। त्यस दिन उहाँहरूलेदाईलाई गाली गर्नुभयो। त्यति मात्र नभई बुबाले त अब पनि खाइस भने घर नै आउनु पर्देन भन्नुभयो। त्यस दिन म बुबा आमा संगै सुते आमा राति धेरैबेर सम्म रूनुभयो।मलाई धेरै दुख लाग्यो। मैले आमा रूनुभएको कहिल्यै देखेको थिईन। मलाई दाई देखि ज्यादै रिस उठ्यो। भेलि दाईसंग कुरा गर्छु भनेर मन मन सोच्दा सोच्दै निदाए। आज पनि दाई रक्सी खाएर आउनुहुन्छ फरक यति हो कि आजकल आमा बुबाले थाहा पाएर हो कि थाहा नपाएर हो दाई लाई गाली गर्नुहुन्न। मेरो भने दाईलाई भन्नु धेरै छ तर रक्सी नखादाँ मेरो प्यारो दाई हुन्छ जस्लाई म शंका पनि गर्न सक्दिन अनि रक्सी खादाँ पराई जस्लाई देख्दा आज पनि मलाई डर लाग्छ।हुनत दाईले मलाई गर्ने माया घटेको छैन, न त म नै दाईलाई घृणा गर्न सक्छु तर मेरो मनमा दाईको लागि गुनासो एउटै छ। किन दाई यस्तो लतमा फस्नुभयो, मैले र दाईले पाएको पारिवारिक वातावरण एउटै होइन र ! बाबा आमाले केही भेदभाव पनि गर्नुभएको थिएन। Govind Mani Bhatt (कुरा गर्ने) ०७:३०, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
शरिरका कुन अंग फर्फराए के हुन्छ ? शुभ या अशुभ ? जानी राखौं
[सम्पादन गर्नुहोस्]नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फर्फराउने विषयलाई पनि नेपाली समूदायले विशेष महत्व दिएको हुन्छ । हाम्रो शरिर निकै संवेदनशील हुने गर्दछ । यसै कारण हाम्रो शरिरले भविष्यमा हुने घटनालाई पनि पहिले नै आशंकाको रुपमा व्यक्त गर्ने गर्दछ । भविष्यको घटनालाई अवगत गराउनका लागि हाम्रो शरिरको विभिन्न अंग फर्फराउने गर्दछ । अंग फर्फराउनु हामीलाई शुभ र अशुभ कुराको अवगत गराउनु हो । हाम्रो शरिरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । आउनुहोस्, यस बारे विस्तृत जानकारी लिऔं । – यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुकोबायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो । – बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ । – बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ । – यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ । – दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ । – यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ । – यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ । – ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ । – यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ । – यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ । – यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ । – यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ । – यदि तपाईंको दायाँ कान फर्फराएमा तपाईंले शुभ समाचार पाउन सक्नुहुन्छ । बायाँ कान फर्फराएमा प्रतिष्ठित व्यक्तिसँग तपाईंको भेटघाट हुने सम्भावना रहेको हुन्छ । – यदि तपाईंको पूरै टाउको फर्फराइरहेको छ भने तपाईंले यो सबैभन्दा राम्रो शुभ स्थिती हो । यस्तो अवस्थामा तपाईंले अरुकोधन पाउन सक्नुहुन्छ, कुनै मुद्दामा जित हाँसिल गर्नुहुन्छ, राजसम्मान पाउन सक्नुहुन्छ अथवा भूमी प्राप्त गर्नसक्नुहुन्छ । – यदि तपाईंको दायाँ आँखीभौं फर्फराए तपाईंको मनोकामना पूरा हुनेछ । बायाँ आँखीभौं फर्फराए शुभ समाचार पाउनुहुन्छ । दायाँ आँखाको माथिल्लो तर्फको भाग फर्फराउँछ भने तपाईंले पैसा र कीर्ति पाउनुहुन्छ अथवा जागिरमा पदोन्नती हुनसक्छ तर तल्लो भाग फर्फराए केही अशुभ हुने सम्भावना व्यक्त गर्दछ । – यदि तपाईंको कुर्कुच्चा फर्फराउँछ भने यो आर्थिक लाभको शुभ संकेत हो । दायाँ कुर्कच्चा फर्फराउँछ भने यसले बिरामी भएको सूचना दिइरहेको छ । बायाँ कुर्कच्चा फर्फराइरहेको छ भने तपाईंले कुनै अपराधका कारण जेल जानुपर्ने हुन्छ । – यदि तपाईंको पिठ्युँ फर्फराए कुनै विपदमा फस्ने सम्भावना हुने गर्दछ । पिठ्युँको दाहिने तर्फ फर्फराए तपाईंलाई आँखाको रोग हुनसक्छ । छाती फर्फराए मित्रको मिलनको सूचनक हो । छातीको माथिल्लो भाग फर्फराए झगडा हुने सम्भावना हुन्छ । नितम्ब फर्फराए प्रसिद्धि अथवा सुखको सूचक हो । – यदि तपार्ईंको पेट फर्फराउँछ भने यो अन्नको समृद्धिको सूचना दिने गर्दछ । यदि पेटको दायाँ हिस्सा फर्फराइरहेको छ भने घरमा धनको वृद्धि हुनेछ भने सुख र खुसी बढ्ने गर्दछ । – यदि तपाईंको बायाँ भाग फर्फराउँछ भने धन समृद्धि ढिलो रुपमा बढ्ने गर्दछ र यो शुभ संकेत होइन । – यदि तपाईंको माथिल्लो भाग फर्फराउँछ भने यो अशुभ हुने गर्दछ । तर पेटको तल्लो भाग फर्फराउँछ भने स्वादिष्ट भोजनको सम्भावना हुने गर्दछ । – यदि पिठ्युँ दायाँ तर्फ फर्फराइरहेको छ भने धन धान्यको वृद्धि हुनसक्छ तर पिठ्युँको बायाँ भाग फर्फराउनु ठिक होइन । यस्तो भए, मुद्दा मामलामा हार र कोहीसँग झगडा हुने गर्दछ । – यदि बायाँ पिठ्युँ बिस्तारै फर्फराइरहेको छ भने परिवारमा छोरीको जन्म हुने सम्भावना हुनसक्छ र यदि तेज रुपमा फर्फराइएको छ भने समयभन्दा पहिले नै प्रसव हुनसक्छ । – यदि पिठ्युँको माथिल्लो भाग फर्फराइरहेको छ भने धन प्राप्ति हुन सक्छ र तल्लो भाग फर्फराइरहेको छ भने धेरै मानिसबाट प्रशंसा पाइने सम्भावना हुन्छ ।
Govind Mani Bhatt (कुरा गर्ने) ०८:४४, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
किन आवश्यक छ वास्तुकला संरक्षण ऐन? -नेपाल
[सम्पादन गर्नुहोस्]डा. विपिन अधिकारीअन्नपूर्ण पोस्ट २०७२ जेष्ठ १० आईतवार
विनाशकारी भुइँचालोको चपेटामा परी नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा अत्यधिक रूपमा क्षतिग्रस्त भएको अहिलेको परिस्थितिमा नेपाली वास्तुकला अब लोप भएरै जाने हो त? एउटा गम्भीर प्रश्न उपस्थित भएको छ। नेपाल सरकार पुनर्निर्माणका लागि आफ्नो अठोट सार्वजनिक गर्दै बजेट व्यवस्थातर्फ उन्मुख हुन लागेको अनुभव सबैले गरेका छन्। यो खुसीको कुरा हो, तर यो अवसरलाई किन नेपाली वास्तुकलाको संरक्षण वा प्रवद्र्धनका लागि प्रयोग नगर्ने? यसतर्फ पनि सोच्नु जरुरी छ। नेपाली वास्तुकला अद्वितीय मानिन्छ। नेपाली जातिको सामाजिक, आर्थिक एवं सांस्कृतिक विकास एवं पहिचान स्थापना गर्नका लागि यिनको एेतिहासिक कालमा ठूलो भूमिका रह्यो। एउटा स्वतन्त्र देशको रूपमाआफ्नो क्षमता प्रमाणित गर्न भाषा, धर्म, संस्कृति, साहित्य, जातीयता, भूगोललगायत पहिचानमुखी विभिन्न परम्पराको ठूलो भूमिका हुन्छ। यी विषय राजनीति र सार्वभौमसत्ताजत्तिकै महत्त्वपूर्ण विषय हुन्।
यस सम्बन्धमा नेपालका आदि निर्माता गोपाल, महिषपाल र किरातवंशको प्रागैतिहासिक सन्दर्भ कस्तो रह्यो? हामीलाई थाहा छैन। तर पाँचौं शताब्दीदेखि देखापरेका लिच्छवीहरू र बाह्रौंदेखि अठारौं शताब्दीसम्मका मल्लहरूले यसको सिर्जना र विकासमा ठूलो लगानी गरे। अठारौं शताब्दीदेखिका शाह र राणा वंशहरूले पनि नेपाली वास्तुकलाको पुख्र्यौली अवधारणालाई केही न केही रूपमा अगाडि बढाउँदै लगे। नवौं शताब्दीदेखि बाह्रौं शताब्दीका बीच नेपालको वास्तुकला कुन रूपमा रह्यो भन्ने कुरा अन्धकारमै छ। तर यो अवधिमै कश्मीरदेखि पश्चिम भोट तथा नेपालको पश्चिमाञ्चलसम्म खस साम्राज्यको इतिहास पाइन्छ। तर वर्तमान नेपालको वास्तुकलामा उनीहरूको विशेष योगदान देखिँदैन। यससम्बन्धमा उनीहरूले धेरै सिके पनि नवनिर्माण गर्ने क्षमता देखाउन सकेनन्। तर जुन रूपमा भए पनि समग्र नेपालले ऐतिहासिक कालदेखिको प्रयासबाट नेपाली वास्तुकलालाई विकसित गरेरै छोडेको देखिन्छ।
नेपाली वास्तुकला यहाँको हिन्दु र बुद्ध परम्परामा आधारित छन्। ती बीचमा पनि कतिपय अवस्थामा अन्योन्याश्रित सम्बन्ध छ। कतिपय परम्परा धर्मनिरपेक्ष पनि होलान्। धर्म र संस्कृतिलाई विचारै नगरी पनि कतिपय निर्माण कार्य सम्पन्न भएका होलान्। तथापि यहाँका पुराना घर, बहाल, फाल्चा, पाटीपौवा, मन्दिर, स्तूप र दरबारले ती परम्पराको उत्कृष्ट नमुना के थिए वा कस्ता थिए भनी देखाउन सक्छन्। मल्ल राजाहरूले सहरीकरण गर्दा सामाजिक वा राजनीतिक तह वा हैसियतअनुसार यी वास्तुकलाको प्रयोग गरेको देखिन्छ । सिक्किम, भोटाङदेखि हिमवत् खण्डका विभिन्न राज्य-रजौटाले आफ्नो हैसियतअनुसार यी नमुनाको अनुकरण गरेको इतिहासले देखाउँछ। लिच्छवीका बारेमा स्पष्ट उल्लेख गर्न नसकिएला, तर मल्लकालका कालिगढ यस क्षेत्रका विभिन्न देशमा शिल्पीका रूपमा जाने-आउने गर्थे भन्ने कुरा अंग्रेजद्वारा लिखित पुराना पुस्तकमा उल्लेख गरिएका छन्। इँटका घरमा बस्ने सहर हिमवत् खण्डमा नेपाल उपत्यकाबाहेक कतै थिएन। उपत्यकाको वास्तुकलालगायतका सांस्कृतिक सम्पदाले उनीहरूको बौद्धिक हैसियत प्रमाणित गर्दथ्यो। यसले नै नेपाली वास्तुकलाका कलात्मक संकेत वा प्रतीकको स्थापित ग:यो। नेपाली विशेषताका रूपमा तिनलाई लिन थालिए। प्रकाशित गरिएको इतिहासले सामान्यतया त्यस्ता वास्तुकलाको नक्सांकन कसले ग:यो वा कसरी गरिए भन्ने कुराको प्रमाण छोडेको छैन। राणाकालमा राज्यको ध्यान त्यति पुगेको नदेखिए पनि सम्पदाका रूपमा नेपालमा प्रजातन्त्र आउञ्जेल पनि ती सुरक्षित नै थिए।
नेपालमा तीनथरीका वास्तुकला ऐतिहासिक रूपमा प्रचलनमा देखिन्छन्। सबैभन्दा मुख्यचाहिँ पगोडा शैली नै हो। यो नेपालको आफ्नै मौलिक सिर्जना हो। कतैबाट कसैसँग सिकेको होइन। यो शैली विश्वप्रसिद्ध पनि हुन सक्यो। नेपालबाटै यो भोट र चीन हुँदै दक्षिणपूर्व तथा पूर्वी एसियाका धेरै मुलुक पुग्न सक्यो। इतिहासमा अत्यधिक चर्चा गरिएको मानगृह, चाँगुनारायणको मन्दिर, कैलाशकुट भवन इत्यादिलाई यसको ऐतिहासिक नमुना मानिएको देखिन्छ। पछि मल्लकालमा दत्तात्रेय, न्यातपोल देवल तथा काष्ठमण्डप इत्यादि उत्कृष्ट संरचना थपिए। वसन्तपुरको नौतले र नुवाकोटको पगोडा शैलीका दरबारले पुरानै परम्परालाई निरन्तरता दिएको देखिन्छ। पशुपतिनाथ, तलेजु, पलाञ्चोक भगवती पगोडा शैलीका अन्य उत्कृष्ट नमुना हुन्। नेपाली इँट, काठका कलात्मक झ्याल, ढोका र रंग इत्यादिको अनुपम प्रयोगका कारण पगोडा शैलीले जनस्तरमै आफूलाई स्थापित गर्यो।
यस प्रकारको पगोडा शैलीबाहेक पनि स्तूप र चैत्यको नेपालको आफ्नै समानान्तर शैली छ। बौद्ध परम्परामा यसले गहिरो छाप छोडेको छ। कतिपयले यो परम्परालाई राजा अशोकले सुरु गरेको मान्दछन्। मायादेवीको मन्दिर यसको एउटा राम्रो उदाहरण हो। यो प्राचीन समयदेखि नै प्रयोगमा छ।स्वयम्भूनाथ र बौद्धनाथ स्तूप शैलीको उत्कृष्ट नमुना हुन्। पाटनको अशोक स्तूप नेपालको सबैभन्दा पुरानो मानिन्छ। चाबहिलमा रहेको चारुमतीको चैत्य पनि यसै शैलीमा बनेको छ, तर गत शताब्दीदेखि यसमा उल्लेख्य लगानी हुन सकेको छैन।
नेपालमा शिखर शैलीका पुराना वास्तुकला पनि प्रचलित छन्। यो पिरामिड आकारमा देखिन्छ। हरेक आकारको टुप्पोमा गजुर राखिएको हुन्छ। तल बाक्लो र माथि बिस्तारै मसिनो हुँदै जाने पाटनको कृष्ण मन्दिर र महाबौद्धलाई उत्कृष्ट उदाहरणका रूपमा लिन सकिन्छ। कतिपय ठाउँमा गुम्बज शैलीमा पनि धार्मिक मठमन्दिर देखिन्छन्। मुगल शैली पनि नेपालमा प्रचलनमा आयो। जानकी मन्दिर यसै शैलीको हो। मल्लकालीन पचपन्न झ्याले दरबार, राणाकालीन सिंहदरबार, केशरमहल, थापाथली दरबार, श्रीमहल, रानीमहल अन्य उदाहरण हुन्। यी पछिल्ला शैलीतर्फ उन्मुख भएपछि पगोडा शैली विस्तारै पछाडि पर्न थालेको अनुभूति हुन्छ। मुगल शैलीमा बेलायती प्रभाव पनि भएकाले बेलायत जल्दोबल्दो भएका बेला नेपालका शासक त्यसतर्फ आकृष्ट भएका हुन्।
हाल नेपाली तथा नेपाल सरकारले आत्मसात् गर्न छोडेको तर विश्वले सम्पदाका रूपमा स्वीकार गरेको सातवटा विश्वसम्पदा स्थल छन्। तिनले नेपाली वास्तुकलालाई प्रमाणका रूपमा जीवन्त राखेका छन्। तर बनेपा, पलाञ्चोक, सुनकोशी, नुवाकोट, गोरखा, टिस्टुङ-पालुङको सिमानाभित्र भएका सम्पूर्ण सम्पदा जोड्ने हो भने यो वास्तुकला उक्त विश्वसम्पदा स्थलभन्दा बाहिर पनि त्यत्तिकै प्रभावशाली रूपमादेख्न सकिन्छ। जनस्तरमा जेजति थिए वा कायम छन्, ती छरिएर रहे पनि मूलसम्पदाभन्दा कम महत्त्वपूर्ण मानिँदैनन्। तर तिनको सुरक्षा हुन नसक्दा ती क्रमश: समाप्त हुँदै गए। यसपालिको भुइँचालोले ती विश्वसम्पदालाई लगभग समाप्त नै गर्न खोजेको देखिन्छ। सरकारको निरन्तर उदासीनता, जनस्तरमा रहेको वास्तुकलाका अनुभूति संस्थागत गर्न नसकेको अवस्था र भुइँचालोले लौ त भन्ने शैलीमा बलात् ढालिदिनु एउटा नियतिकै रूपमा हेरिनुपर्ने बाध्यता छ। वास्तवमा नेपालको बृहत्तर राष्ट्रिय सम्पदालाई केवल बाँधसाँध गरेर वा भत्काउन नदिई सुरक्षित राखेर मात्र संरक्षण गर्न सकिँदैन। भएको सम्पदाको निरन्तर स्याहार-सम्भार एउटा प्रमुख आवश्यक पक्ष हो भने त्यसैबमोजिम नयाँ किसिमका निर्माण र यथोचित विकास सम्पदा संरक्षणको अर्को पक्ष हो।
त्यस्तै, नेपाल सरकार मात्र यस्ता सम्पदाको संरक्षक रहन सक्दैन। यसको स्याहार- सम्भार, संरक्षण, नवनिर्माण र विकासको व्यवस्थापनमा आमनेपाली तथा धार्मिक, सांस्कृतिक संघसंस्थालाई संलग्न गराउनुपर्छ। मानगृह बनाउन मानदेव, कैलाशकुट भवन बनाउन अंशुबर्मा वा वसन्तपुरको नौतले दरबार बनाउन पृथ्वीनारायण नै जन्मिनुपर्ने हो भने त्यो कहिल्यै सम्भव हुँदैन। सम्पदा संरक्षण र निर्माण निरन्तर प्रक्रिया हो। सरकारले यो कुरालाई अत्याधिक रूपमा ध्यान दिनुपर्छ। जुन रूपमा नारायणहिटी राजदरबार बन्यो, जसरी दशरथ रंगशालाको संरचना बनाइयो, जुन किसिमले भृकुटीमण्डप वा प्रदर्शनी स्थल बने वा आज सिंहदरबारभित्र जसरी गैरमुगल, गैरयुरोपियन नमुनाका कार्यालय बनेका छन्, यी सबैबाट के थाहा हुन्छ भने नेपालमा पैसाको मात्र अभाव छैन, बुद्धिको र विवेकको पनि अभाव छ। आजको राजनीतिक निर्णयकर्तामा नेपाली वास्तुकलाको कुनै सोचै छैन भन्दा पनि हुन्छ।
सरकारमा अलिकति पनि स्थापित दृष्टिकोण भएको भए यसले सातवटा विश्वसम्पदा स्थल भएको काठमाडौं उपत्यकालाई यी विश्वसम्पदा भन्दा अलग प्रारूपमा विकसित हुन दिने थिएन। गत पचास-साठी वर्षमा उपत्यकामा पुरानो हैसियत र ओज भएको कुनै संरचना बनेको देखिँदैन। ढल्न लागेका सम्मलाई घेरबेर गर्ने वा गुठी संस्थानको जिम्मा लाउने कामसम्म भएको हो। यसबाहेक जेजति नयाँ घरहरूबने, ती सबै विश्वसम्पदाको न्यूनतम वास्तुकलात्मक स्तरमा बनाइएका भए आज काठमाडौंको रूपरङ, एेश्वर्य र पहिचान यति दर्दनाक रूपमाधमिलिने थिएन। भक्तपुरमा यस सम्बन्धमा केही प्रयास गरिए, तर ती राष्ट्रिय स्तरका प्रयास हुन सकेनन्। काठमाडौं आई बस्नेले काठमाडौंको स्तरबमोजिम आउनेबस्ने बाध्यता गराइदिएको भए काठमाडौंको वास्तुकला खोज्न किताब पल्टाउनुपर्ने स्थिति आउने थिएन। काठमाडौं आज पैसा भए पनि स्वाभिमान नभएको सहरका रूपमास्थापित छ। यसैले गर्दा उचित दृष्टिकोणको अभावमा आज हुँदै गरेको नवनिर्माणका कुराले काठमाडौंलाई अझ कंक्रिटको जंगल बनाउने हो कि भन्ने सम्भावना बढेको छ।
यति हुँदाहुँदै पनि सबै कुरा सिद्धिएको छैन। एउटा साधारण संविधान र कानुनको विद्यार्थीले वास्तुकलाका बारेमा यत्रो चिन्ता राख्नुले के देखिन्छ भने भविष्य समाप्त भइसकेको छैन। आज पनि नेपाली वास्तुकलाको पुनरुत्थान गर्नका लागि हामीसँग योग्य मान्छेको कमी छैन। धरहरा ढले पनि नेपालको सांस्कृतिक धरोहरका बारेमा राम्रो ज्ञान भएका संस्कृतिविद् सत्यमोहन जोशी हामीमाझै हुनुहुन्छ। 'नेपाल मण्डला' का बारेमा मेरी सेपहार्ड स्लस्सरले गरेको विषद् अध्ययन वा काठमाडौं उपत्यकाको प्राचीन बस्तीका विद्वान् डा. सुदर्शनराज तिवारी वा नेपालको परम्परागत वास्तुकलाका बारेमा विहंगम् दृष्टिकोण भएका ओल्फगङ जस्ता विद्वान्-विदूषीको अनुसन्धानबाट केही गर्न चाहनेले सम्पूर्ण ऐतिहासिक ज्ञान प्राप्त गर्न सक्दछ। नेपालविद् प्रा. माइकल हट्ट या नेपालको बौद्ध सम्पदाका विद्वान् जन् के. लकले पनि यसबारे धेरै लेखेका छन्। यस विषयको प्राज्ञिक महत्त्व अहिले पनि घटेको छैन। नमुना अहिले पनि छन्। हरेक सम्पदाका डिजिटल तस्बिर उपलब्ध छन्। देश-विदेशका धेरै विश्वविद्यालयले यो वास्तुकलामा गरेको अध्ययन सुरक्षितै छ। हामीलाई थाहा नभएको नजानेका अरूकति होलान्। त्यसैले सरकारले उपलब्ध योग्यतम् व्यक्तिको सहयोग लिई नेपाली वास्तुकलाको विकासका लागि उचित दृष्टिकोण बनाउन सक्यो भने पुनर्निर्माण गाह्रो छैन।
नेपाली वास्तुकलालाई जनस्तरमा पुनस्र्थापित गर्ने हो भने नेपालमा जनसहभागिता परिचालन गर्ने गरी नेपाली वास्तुकला प्रवद्र्धन एेन नै ल्याउनुपर्ने हुन्छ। यसलाई जनस्तरमै एड्भोकेसी गर्नुपर्ने स्थिति छ, यसका लागि सबैभन्दा सजिलो सरकारलाई नै छ। जस्तो- अहिले दोलखा, सिन्धुपाल्चोक र गोरखामा सरकारले उचित रूपमा सहयोग नगरी भुइँचालोबाट सकिएका भत्किएका घर पुनर्निर्माण गर्न सकिने स्थिति छैन। निब्र्याजी वा आंशिक ब्याजदरमा ऋण दिई सरकारले घरबार पुनर्निर्माण सुरु गर्ने सोच बनाएको छ। उपरोक्त सबै क्षेत्रको जातीय वास्तुकलात्मक नमुना छन्। सरकारले पैसा लगानी गर्दैछ भने त्यस्तो घर संसार निर्माण गर्दा स्थानीय वास्तुकला प्रवद्र्धन गर्ने गरी गराउन नसकिने होइन। ती क्षेत्र अनुपम सांस्कृतिक विशेषतायुक्त क्षेत्रका रूपमा विकास गराउन सकिन्छ। काठमाडौं उपत्यकाका हकमा पनि यो अत्यन्तै जरुरी छ। भत्किएका घरको पुनर्निर्माणमा ६० प्रतिशतदेखि शतप्रतिशतसम्म उपत्यकामा परिचित वास्तुकलाको ढाँचा अपनाउन सकिन्छ। अहिल्यै यसका बारेमा निर्णय गर्ने र पछि एेन बनाई व्यवस्था गर्ने तरिका उत्तम मान्नुपर्छ।
काठमाडौंको सांस्कृतिक पुनरुत्थानका लागि राज्य संरक्षित सम्पदाबाहेक पनि पुराना व्यक्तिगत घरसम्पदादेखि पाटीपौवा इत्यादि समेतलाई पनि पुनरुद्धार गर्नु गराउनु जरुरी छ। सांस्कृतिक सम्पदा व्यक्तिको होस् वा सरकारको, ती सबै राष्ट्रिय सम्पत्ति मानिनुपर्छ। प्रयोगकर्ताको वा बिक्रीकर्ताको अधिकार साम्पत्तिक अधिकार हो। तर त्यसलाई बिगार्न भत्काउन दिने प्रचलन अब आजका कुनै सभ्य राष्ट्रमा देखिँदैन। यस अर्थमा पूर्वमा धनकुटा बजारदेखि पश्चिममा डोटी सिलगढी बजारसम्मका परम्परागत घरबारको संरक्षण जरुरी छ। उदाहरणका रूपमालिइएका यी दुवै सहर काठमाडौं उपत्यकाकै विस्तार मान्न सकिन्छ। यसमा सरकारले केही किसिमका प्रोत्साहन पनि दिनुपर्ने हुन्छ। यी घर आकर्षक नेपाली कलामा आधारित मात्र छैनन्, धान्न सकिने खालका पनि छन्। त्यसैले त त्यति पुराना भए पनि आजसम्म टिकेका छन्। यो पक्षलाई पनि उपरोक्त ऐनले समेट्नुपर्छ।
नेपाली वास्तुकलालाई राष्ट्रिय गौरवका रूपमा कहिल्यै प्रचारप्रसार गरिएन। त्यसो नगरिए पनि पूर्वमा कोशीतिरमा बनेका आधुनिक मन्दिरदेखि पश्चिममा म्याग्दीको गलेश्वरको मन्दिर वा डडेलधुराको उग्रताराको मन्दिरसम्म नेपाली शैलीमा बनेका छन्। कतिपय नेपालीले यो परम्परालाई स्वतस्फूर्त रूपमाजीवित राखेका छन्। तर राष्ट्रिय रूपमा त्यसलाई महत्त्व दिने हो भने छोटो समयमै अपूर्व रूपमा पुराना परम्परा पुनस्र्थापित गर्न सकिन्छ। त्यसका लागि नेपाल सरकारले वास्तुकला क्षेत्रमा र विशेषगरी परम्परागत सीप भएका कालीगढमा लगानी गर्नुपर्ने हुन्छ। नीतिगत परिवर्तन मात्रले ठूला-ठूला परिवर्तन गराउन सकिन्छ। जस्तो- काठमाडौं उपत्यकामा फस्टाएको आबास उद्योगमा वास्तुकलाको स्तर मात्र निर्धारण गरिदिएको भए सरकारले एक कौडी खर्च नगरीकन सयौं नमुना घर बनिसक्ने थिए । त्यस्तै दिइएको वास्तुकलाबमोजिमको घर निर्माण भएका अवस्थामा सरकारले केही वर्षका लागि घरजग्गा कर माफी गरिदिने वा घरधुरीका हिसाबले त्यस्ता घरमा बस्ने बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराइदिने व्यवस्था गरिदिन सक्छ। नेपाल सरकारले विगतमा बनाएका सयौं घरबाट ती नमुना पुनस्र्थापित हुनसक्ने थिए।
अहिले उत्तर र दक्षिण दुवैतर्फबाट क्षति भएको नेपालको वास्तुकलाको पुनर्निर्माणमा सहयोग गर्ने वचनबद्धता आएको छ। कतिले यो कुरालाई साँच्चि नै प्रशंसा गरेका छन्, तर नेपाली वास्तुकलाको पुनरुद्धार विदेशीबाट गराउनु पुर्खाको अपमान मात्र होइन, नेपाली हुनुको गौरवप्रतिको अनास्था पनि हो। यो सबै नेपाल सरकार वा यहीँका धार्मिक, सांस्कृतिक संस्था वा जनस्तरबाटै बन्नु, बनाइनुपर्छ। यसै पनि जुन स्केलमा क्षति भएको छ, त्यो स्केलमा निर्माण गर्न नेपाली आफैं तम्सिनुपर्ने हुन्छ। नेपालीको इज्जत सापेक्ष पनि यही नै हो।
http:// bipinadhikari.com.np/Archives/ Opinions/ Kin_aawashyak_Bastukala_Sanrakshan _Act_AppanurnaPost_20150524.php Govind Mani Bhatt (कुरा गर्ने) ०८:४५, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
सृष्टि श्रेष्ठ, मीस नेपाल २०१२-कुराकानी
[सम्पादन गर्नुहोस्]प्रेमको झन्कार मनमा अझै छसृष्टि श्रेष्ठ, मीस नेपाल २०१२
लामो समयपछि ठूलो सम्भावना बोकेकी युवती मिस नेपाल भएकी छन् । बेलायतमा तीन वर्षदेखि मोडेलिङ् गरिरहेकी सृष्टि श्रेष्ठले मीस नेपालको ताज पहिरिदै गर्दा निणर्ायकहरुले यसपालीकी मिस नेपाल विशेष भएको प्रतिक्रिया दिएका थिए । हुन पनि आयोजक संस्थाले उनको प्रतिभा देखेर सृष्टिका लागि केही नियम पनि तोडेको आरोप लागेको छ । ५ फिट ९ इन्च अग्ली आकर्षक सृष्टि भने यस्ता कुराबाट बेखवर छिन् । गएको बुधवार अति व्यस्तताका बावजूद पनि आयोजक संस्था हिडेन ट्रेजरले सृष्टिसहित मीस नेपालका प्रथम तीन युवतीलाई साप्ताहिकसँग भेट गरायो । साधारण भेषभूषामा दरवारमार्गको नाङ्लो रेष्टुराँमा आएकी सृष्टिले अश्विनी कोइरालासँग खुलेर कुरा गरिन् ।
तपाईंको नामसँग तपाईंको जीवनको केही अर्थ छ ? सृष्टि भनेको क्रिएसन हो । यो संसार स्वयंमा एउटा क्रिएसन हो । अनी म त्यस क्रिएसनको एउटा अङ्ग । मेरो नामसँग मेरो जीवनको अन्तरङ्ग सम्बन्ध छ ।
तपाईंसँग त्यस्तो के छ, जसले तपाईंलाई मिस नेपाल बनायो ?
पोजेटिभ थट । म कुनै कुरालाई पनि नकारात्मक रुपमा लिन्न । हरेक कुरामा इन्ज्ाोयगर्छु । त्यसपछि म जुन कुराको उद्देश्य राख्छु, त्यसलाई लगनशिल भएर पुरा गर्छु । यहि तीन कुराले मलाई मिस नेपाल बनाएको हुन सक्छ । मुख्य कुरा सकारात्मक सोच हो ।
सकारात्मक सोच भनेको त्यति सजिलै प्राप्त हुँदैन, त्यति ठूलो कुरा तपाईंले कसरी प्राप्त गर्नुभयो ? जस्तो हामी यतिबेला चिया पिइरहेका छौं । यो चियाको प्रत्येक चुस्कीमा एउटा स्वाद छ । फरक कति छ भने त्यो स्वाद हामी लिइरहेका छौं कि छैनौ । यदि स्वाद लिइरहेका छौं भने हामी सकारात्मक सोचमा छौं । प्रत्येक पल इन्जोय गरिरहेका छौं । चीया पिउने जुन उद्देश्य थियो, त्यो पुरा गरिरहेका छौं । साह्रै सुन्दर कुरा, यो सोच्ने शैली हो, कहाँबाट पाउनु भयो ?
मेरो बुवाबाट । उहाँ मलाई भन्ने गर्नुहुन्छ, तिमी जुन काम गर्छौ, हृदयदेखि गर, प्रेमपूर्वक गर । उद्देश्य भएका कुरा मात्र गर । निरर्थक कुरा नगर । म सकेसम्म उहाँको कुरा फलो गर्ने प्रयास गर्छु । तपाईं अहिलेसम्मका सुन्दर मिस नेपालहरु मध्ये एक हुनुहुन्छ भन्ने थाहा छ ? थाहा छ । यद्यपि सुन्दरताको परिभाषा मेरो केही भिन्न छ । सुन्दर स्त्री घमन्डी हुनसक्छिन् । यदि कोही स्त्रीमा घमन्ड छ भने त्यो सुन्दरताको अर्थ रहन्न । ममा त्यो घमन्ड आएको दिन मेरो स्वन्दर्य मर्छ । त्यसैले म सचेत छु । त्यो घमन्ड आएको नआएको कसरी थाहा पाउनु ? आफन्त र परिवारले थाहा पाउँछन् । जस्तो मलाई सुरुमा भेट्नेहरुले मलाई सुन्दरताको घमन्ड छ कि भनेर सोच्ने गर्छन् । जव दुई चार मिटिङ् हुन्छ, उनीहरु आफै भन्छन्, तपाईंको रुप भन्दा तपाईंको व्यवहार असल छ । सौन्दर्य भनेको यहि हो । यति राम्री स्त्री कहिलै प्रेममा परि कि परिन ? एकपल्ट परि । ऊ मेरो कलेजको साथी थियो, तर कतिखेर प्रेमी भयो मलाई नै थाहा भएन । जे होस्, प्रेम भनेको के हो मलाई थाहा छ ।
त्यो प्रेम अहिले टुङ्गियो भन्ने सुनियो, के भयो ?
प्रेम कहिलै टुङ्गिदैन । यति हो, उ र म टाढा भयौं । यद्यपि त्यो प्रेमको झङ्कार अझै मेरो मनमा छ । मिलनको सम्भावना छ ?
संगीतको अन्त्यमा त्यसको झन्कार मात्र बाँकी रहन्छ । प्रसङ्ग केही परिवर्तन गरौं, अहिले तपाईं मीस नेपाल हुनुभएको छ, यद्यपि नियम मिचेर तपाईंलाई समावेश गरियो भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ ?
मैले सन् २०१० मै मिस नेपालमा भाग लिन हिडेन ड्रेजरसँग सम्पर्क गरेकी थिएँ । त्यसबेला मैले अडिसन दिएकी थिएँ । ए लेभल अध्ययन गरिरहेको अवस्थामा मैले त्यसबेला त्यो अवसर पाइन ।
त्यसबेला दिएको प्रारम्भिक अडिसनले पनि काम गरेको हुन सक्छ । यो वर्ष हुने प्रतियोगिताको अडिसन दुई वर्षअघि दिएर हुन्छ ?
मैले फोनमा म नर्सिङ् पढिरहेकी छु । कलेजका कारणले एक हप्ता ढिला हुन्छ भनेर आफ्नो समस्या राखेकी थिएँ । उहाँहरुले मेरो पुरानो अडिसनलाई आधार बनाउन सकिने बताउनु भयो । फोनमा लामो अन्तरवार्ता लिनुभयो । फिजिकली उपस्थित नभए पनि फोनबाट म सेलेक्ट भएकी हुँ । अहिलेको प्रविधिको युगमा यसलाई सामान्य रुपमा लिनुपर्छ । तै पनि विरोध भइरहेको छ, के भन्नुहुन्छ ? मैले प्रारम्भिक अडिसन मात्र छुटाएकी हुँ । पछिल्ला सबै तालिम र प्रतिस्पर्धामा मैले भाग लिएकी थिएँ । लामो यात्राबाट आउँदा एक-दुई दिन ढिला भएको हुनसक्छ । यद्यपि फोनबाट आयोजक एवं जर्जहरुसँग प्रारम्भिक अन्तरवार्ता दिएकी हुनाले त्यो ठूलो कुरा हो भन्ने मलाई लाग्दैन ।
एउटी नेपाली युवती बेलायत जस्तो देशमा मोडलिङ्को अवसर कसरी पाउनु भयो ? म साउथ वेस्ट इङ्ल्यान्डको क्रिप्स रेस्टुराँमा वेट्रेसको काम गर्थे । ए लेभलको पढाईका लागि मैले त्यो साधारण रेष्टुराँमा जागीर खानु परेको थियो । काम गरेको दुई चार महिनापछि एक जना व्यक्ति लगातार मैले काम गरेको रेष्टुराँमा आउन थाल्नुभयो । उहाँ मलाई निकै ध्यान दिएर हेर्दथ्यो र मलाई नै अर्डर गरेर डिस ल्याऊ भन्थ्यो । आफ्नो ग्राहकलाई खुशी राख्नु हाम्रो धर्म हो । म उसले अर्डर गरेका सामग्री पुर्याउँथे ।
को थियो त्यो व्यक्ति ? चर्चित फोटोग्राफर विपोन्ड थोमस । उहाँ विभिन्न म्यागेजिनका लागि न्यु कमर मोडल खोज्ने र थिम अनुसार फोटो सेसन गर्नुहुँदो रहेछ । मलाई देखेपछि उहाँले म मोडलिङ्का उपयुक्त युवती हुँ भन्ने ठान्नु भएछ । म कुन पहिरनका लागि उपयुक्त हुन्छु भनेर मेरो रेष्टुराँमा आउन थाल्नु भएको रहेछ । अनी एक दिन मलाई तिमी मोडलिङ् गर, तिम्रा लागि राम्रो अफर छ भन्नुभयो । पहिले त मैले पत्याइन । उहाँले आफ्नो बारेमा बताएपछि मैले अफर स्वीकार गरें । त्यसपछि ?
त्यहाँको 'ब्राइडल' म्यागेजिनमा मेरो फोटो छापियो । त्यसपछि उहाँले मोडलिङ् गर्ने रहर लागे मलाई भेट्नू भनेर आफ्नो सम्पर्क ठेगाना िदनुभयौ । त्यसपछि मलाई यो क्षेत्रमा अघि बढ्ने रहर बढेर आयो ।
अहिले बेलायतमा मोडलिङ्को कुन पोजिसनमा छु भन्ने लाग्छ ?
त्यहाँ मेरो विशेष पोजिसन छ भन्ने लाग्दैन । मलाई एउटा मोडल एजेन्सीले एक वर्षको कन्ट्राक्टमा लिएको थियो । एसियाली मूलको कुनै मोडल चाहिएको खण्डमा एजेन्सीले मलाई रिफर गर्छ । धेरै युरोप-अमेरिकन मोडेलको बीचमा म एक्ली नेपाली मोडल भएकी छु ।
बेलायतमा पहिलो नेपाली मोडल ? पहिलो भनेर दावी गर्दिन । यद्यपि अहिले त्यहाँ म एक्ली नेपाली मोडल हुँ कि भन्ने लाग्छ । अहिले मीस नेपाल हुनुभएको छ, अब बेलायतको मोडलिङ्को दुनिया छाड्नु हुन्छ ? सबै नेपालीहरुका लागि नेपाल पहिलो प्राथामिकतामा पर्छ । विदेशमा जतिसुकै प्रख्यात भए पनि नेपालमा सानो भूमिका निभाउन पाउँदा पनि नेपालीलाई गर्व लाग्छ । त्यसमाथि मिस नेपाल आफैमा ठूलो पद हो । यो भूमिका निभाउन पाउनु मेरा लागि ठूलो अवसर हो । फेरि म बेलायतकै प्रशिद्ध मोडल त होइन । सानो तिनो एजेन्सीले सानो तिनो काम गर्ने मोडल हुँ । म बेलायतकै सुपर मोडल बन्न सक्छु भन्ने सपना पनि पालेकी छैन । मेरा लागि मिस नेपाल हुनु धेरै ठूलो कुरा हो । यसका लागि यस्ता कुरा त्याग गर्न सकिन्छ । मीस नेपाल बन्ने सपना कहिलेदेखि पाल्नु भएको थियो ? जुन बेला माल्भिका सुब्बा मीस नेपाल हुनुभयो, त्यसबेला मलाई मीस नेपालको गरिमा बढेको महसुस भयो । त्यहि बेलादेखि सपना बुन्न थालेकी थिएँ । मोडेलिङ्ले यसमा थप उत्साह प्रदान गर्यो । अब एक वर्ष तपाईंले नेपाल र नेपालीकै लागि काम गर्नुपर्छ, के भन्नुहुन्छ ? त्यो मलाई थाहा छ । नेपाल आएर यसरी काम गर्न पाउनु त ठूलो कुरा हो । म त यो अवसर पाएर निकै खुशी छु । कतिपय मिस नेपाल आफ्नो कार्यकाल सकेपछि विदेश पुग्छन्, तपाईंका परिवार बेलायतै बसोवास गर्छ, यस अर्थमा नेपालीले तपाईंलाई एक वर्ष मात्र देख्न पाउने भए, होइन ? म बेलायतमा मोडलिङ् गरे पनि वा नर्सिङ्को विद्यार्थी भए पनि बेलाबेलामा नेपाल आएर समाज सेवाकेा काम गर्थे । चितवनको एउटा बृद्धाश्रम एवं जिल्लाका कतिपय स्थानमा स्वास्थ्य सेवा दिने काममा खट्ने गर्थे । मेरो बुवा बेलायतमा रेष्टुराँ खोलेर बस्नु भएको छ । उहाँको मन भने नेपालमै छ । अलिकति पैसा जुटाएर नेपाल आउने र केहि न केहि सहयोग गर्ने कार्यलाई दश वर्षदेखि निरन्तरता दिइरहनु भएको छ । उहाँको कारण म पनि यस्ता काममा जोडिएकी छु । मिस नेपालले मलाई त्यस्ता काममा थप जम्ने अवसर दिएको छ । भन्न त सबैले यसै भन्छन्, तर व्यवहार फरक पर्ने गरेको छ.... ? अहिले नै मैले धेरै कुरा गर्नु हतार हुन्छ । यो बोलेर गर्ने कुरा होइन, गरेर प्रुफ गर्ने कुरा हो । यति चाहिँ भन्छु, म हराउने मिस नेपाल होइन । तपाईं मिस नेपाल भएपछि निणर्ायकहरुले पनि तपाईंबाट धेरै आशा राखेको देखियो, चीनमा हुने मिस वर्डले नेपाललाई के देला ? म आफ्नो तर्फबाट धेरै मेहेनत गर्दैछु । जुन आशा, जुन भरोसा र विश्वासले मलाई यो ताज पहिर्याउनु भएको छ, त्यो भरोसा म सकेसम्म मर्न दिन्न । आशा गरौं, केहि न केहि त अवश्य होला ।
http://aswini-koirala.blogspot.com/2012/05/miss-nepal.html Govind Mani Bhatt (कुरा गर्ने) ०८:४६, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
उनीका केही झलकहरु
[सम्पादन गर्नुहोस्]काठमाडौं सहर हेर्दा लाग्छ रहर...अश्विनी कोइराला काठमाडौंवासीका लागि खुशीको खवर ! अब काठमाडौं फोहोर, दुर्गन्धित एवं जामयुक्त सहरको रुपमा चिनिने छैन । काठमाडौं देशकै लागि गौरव वन्ने भएको छ । फराकिला सडक, ओभरहेट बि्रज एवं फूटपाथको उचित व्यवस्थाले काठमाडौं देशको राजधानी भनेर गर्व गर्न लायक बन्ने भएको छ । सहरमा राती झिलिमिली बत्ति बल्नेछ । सवारी साधनले मानिसको चाप थेग्न नसक्ने भए मेट्रो रेल हाजिर हुनेछ । वर्ष २०६९ वाट प्रारम्भ हुने यो अभियानले काठमाडौंभित्रका ४ सय किलोमिटर सडकलाई झण्डै दोब्बर चौडा बनाउने छ । 'योजना अनुसार काम भयो भने अब काठमाडौं सहर आँखामा नबिझाउने बन्ने छ, यो हाम्रो राजधानी हो भनेर गर्व गर्न सकिने छ ।' नगरविकास नियोजक भाइकाजी तिवारी भन्छन्, 'बजेट, म्यानपावर एवं राजधानीवासीको सहयोग हेर्दा यो लक्ष्य २०७० सालमा पुरा हुने देखिन्छ ।' अघिल्लो वर्ष प्रंारम्भ भएको 'काठमाडौं सहर अभियान वाटो चौडा पार्ने कामबाट प्रारम्भ भएको थियो । प्रधानमन्त्री, नगरविकास एवं ट्राफिक प्रहरीको सक्रियतामा सुरु भएको यो अभियानले काठमाडौंका सबैजसो सडक चौडा पारिसकेको छ । राष्ट्रपति निवासबाट सुरु भएको सडक चौडा अभियान प्रधानमन्त्री निवास हुँदै चारखाल अड्डा, तीनकुनेदेखि बबरमहल हुँदै सबैजसो सडकमा डोजर चलिसकेको छ । यो अभियानअन्तर्गत महानगर क्षेत्रको सबै मुख्य मार्ग फराकिलो भइसकेका छन् भने साँगुरा सडकपेटी तथा अनधिकृत तवरमा बनाइएका घरटहरा र कुनाकाप्चाका संरचना भत्काउँदै नदीकिनारमा बसेका सुकुम्बासी बस्तीका छाप्राटहरा भत्काउनेसम्म पुगेको छ । वैशाखभरीमा फरकाकिलो भएका सडकमा पीच गर्ने, विजुलीका पोल एवं सकड फोहोर देखिने सबै बस्तु हटाइने योजना छ । 'हामी काठमाडौंभित्रका करिब चार सय किलोमिटर सडक चौडा पार्दैछौ ।' तिवारीले साप्ताहिकसँग भने, 'सडक व्यवस्थापन सँगै जनघनत्व अनुसार छहारीसहितको बस वे -बिसौनी), ट्याक्सी स्ट्यान्ड, ट्याक्सी तथा निजी गाडी पार्किङ क्षेत्र पनि निर्माण गरिने लक्ष्य छ ।' यसका लागिकाठमाडौं महानगरपालिका र मुलुकका प्रतिष्ठित व्यवशायीबीच सहकार्य हुने भएको छ । चैतमा नेपाल चेम्बरर्स एन्ड कमर्स हलमा भएको उक्त भेलामा भएको सहमति अनुसार काठमाडौं उपत्यकाभित्र रहेको पाकिङ् व्यवर्थापन, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, होडिङ्बार्ड व्यवस्थापनमा निजी क्षेत्रले लगानी गर्नेछ ।
फ्लाईओभर र आठ लेनको चक्रपथ
सडक चौडा पारेर मात्र काठमाडौंमा हुने सडक जाम व्यवस्थित नहुने भएपछि चीनले काठमाडौंका मुख्य चौकमा फ्लाईओभर बनाइदिने भएको छ । पहिलो चरणमा नारायणगोपाल चोक, चाबहिल र कलंकीमा फलाइओभर -आकाशे सडक) बनाउन चीन सरकारले अर्थ मन्त्रालयलाई खर्च उपलब्ध गराउने सहमति जनाएको हो । यहि कार्यका लागि आएको सात सदस्यीय चिनियाँ प्रविधिक टोलीले बैशाखको पहिलो साता अनुसन्धानको काम सकेको छ । उसले तयार गरेको प्रतिवेदनमा र्लाइओभरको स्वरुप, लर्बाइ, चौडाइ र उचाइ, कति जर्गाको आवश्यकता पर्न, कति लागत चाहिने, कति लेनको बनाउनेलगायतका पक्षहरु समेटेको छ । चीनले बनाइदिने ती फ्याइओभरले मात्र समस्या समाधान हुने नदेखेपछि सरकार आफैले थप नौ स्थानमा फ्लाइओभरको संम्भाव्यता अध्ययन गरी पँाच स्थानमा फ्र्लाइओभर निर्माण गर्न तयारी गरेको छ । सरकारले बनाउने फ्याइओभरचाहिँ बालाजु, गोंगबु, लैनचौर, केशरमहल, त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वरलगायतका स्थान छन् ।
नयाँ बानेश्वरमा फ्लाईओभरका निम्ति माटो परिक्षण थालिसकेको सडक विभागले जनाएको छ । विभागले एक स्थानमा पैदलयात्रुले सडक पार गर्न र अर्को स्थानमा सवारी नै ओहोरदोहोर गर्न हिसाबले दुईवटा सब वे -भूमिगत मार्ग) को तयारी पनि थालेको छ । कलंकीदेखि एयरपोर्टम्म आउजाउ सहज पार्न उद्देश्यले अघि बढाइएको तीनवटा र्लाइओभरमध्ये एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म, अर्को कालिमाटीमा र तेस्रो सहिदगेटदेखि त्रिपुरेश्वरको आँखा अस्पतालसम्म राखिनेछ । यसका निम्ति विभागले अध्ययन सुरु गरिसकेकेा जनाएको छ । विभागका अनुसार यी सबै र्लाइओभरको काम अघि बढाउन 'र्वाइल टेस्ट प्रालि' र 'अभियान कन्सल्टिङ कम्पनी'लाई जिम्मेवारी दिइएको छ । माइतीघर-तीनकुने खण्डमा पर्न फ्लाइओभरको डिजाइन तयार भैसकेको छ । 'नयाँ बानेश्वर चोकैमा ४० मिटरको पुलसहित दुवैतर्फ १ सय ७० मिटर भिरालो संरचनाको नमुना डिजाइन तयार पारिसकेका छौं,' विभागका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले साप्ताहिकसँग भने, 'माटो परीक्षणको काम पनि सम्पन्न भइसकेको छ।' शाक्यका अनुसार यि फ्लाइओभर दुई टुक्रामा विभाजित गरेर एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म र अर्क कालिमाटी चोकमा बनाउने निर्ण गरिएको हो । अब त्रिपुरेश्वरबाटै थापाथली पुग्ने फलाइओभर दुई लेन चौडा बन्नेछ । माइतीघरतर्फजानेले र्लाइओभर प्रयोग गर्नपर्नछ भने कुपण्डोलतर्फजानेले हालकै तलको बाटो प्रयोग गर्न हिसाबले यसको डिजाइन गरिएको छ । त्यसैगरी मैतीदेवीदेखि पुरानो बानेश्वर हुँदै सिनामंगलसम्म निस्कने अर्क भूमिगत मार्गे बनाइने छ । योजना अनुसार नयाँ बानेश्वरमा सडकको तल्लो भागमा प्यासेज बनाएर सडकको चारै कुनामा एक्सिट प्वाइन्ट राखिनेछ । त्यसबाहेक सडक विभागले मैतीदेवीदेखि पुरानो बानेश्वरमा हाल भएको सडक मुन्तिरबाट सुरुङमार्गनिर्माण गर्न तयारी गरेको छ । काठमाडौंलाई अझ स्तरीय बनाउन उपत्यकाभित्रको आठ लेनको चक्रपथ बनाउने तयारी पनि सरकारले गरेको छ । हालको दुई लेनको चक्रपथको क्षमता विर्तारका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रकि्रया अगाडि बढाएको हो । सवारीसाधन चापको अनुपातमा सडकको चौडाइ सानो भएपछि डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रर्ताव पठाएको थियो । उक्त प्रर्तावलाई मन्त्रालयले स्वीकृत गरेको हो । २७ दशमलव ८ किलोमिटर लामो चक्रपथमा लेन थप गर्नसाढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सडक विभागका नाममा रहेको खाली जर्गालाई अधिकतम उपयोग गर्न र राजधानीवासीलाई सवारी जामबाट मुक्त गराउन चक्रपथमा नयाँ संरचना थप ्रगर्नपरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णबहादुर कडरियाले जानकारी दिए । विस्तारित चक्रपथ दुई चरणमा निर्माण गर्न योजना डिभिजन सडक कार्यालय काठमाडौंले गरेको छ । पहिलो चरणमा ललितपुर र काठमाडौं छुट्याउने मनहरा नदीमा निर्मित बालकुमारी पुलदेखि पशुपति नजिकको तिलगंगापुलसम्मको ४ दशमलव ३ किलोमिटर सडकका लागि ५१ करोड रुपैयाँ अनुमान गरिएको छ । दोस्रो चरणको बाँकी ठाउँ २३ दशमलव ५ किलोमिटरका लागि ४ अर्व रुपैयाा लाग्ने अनुमान छ । आठ लेन सडकमा चार लेन तीव्र गतिमा गाडी गुडाउने सडक बन्नेछ । अन्यमा तीन मिटरको फुटपाथ, तीन मिटरको साइकल लेन, ६ मिटरको सर्भिस ट्रयाक, दुई मिटरको सडकको पानी बग्ने नाली, सात मिटरको बगैंचा, एक मिटरको साइड नाली र सात मिटरको दुई/दुई लेनको स्पिड हाइवे बनाउने योजना छ । हाई स्पिड एक लेनको चौडाइ तीन दशमलव पाँच मिटर हुनेछ । चार लेनको बीचमा दुई/दुई मिटर फराकिलो फूलवारी बनाउने योजना छ । सडकको पूरा चौडाइ ६२ मिटर हुने प्रर्तावमा उल्लेख छ ।'सडकको दायाँबायाँको २५/२५ मिटर खाली छ,' कडरियाले साप्ताहिकसँग भने, 'यो खाली स्थानलाई सदुपयोग गरेर काठमाडौं साच्चैको सुन्दर नगर बनाउने मन्त्रालयको योजना छ ।'
काठमाडौं महनागर पालिकासँग जोडिएका ललितपुर र भक्तपुर पनि सुन्दर बन्नेछन् । भक्तपुर जोड्ने तीनकुने-सूर्यविनायक ६ लेन सडकमा १५ वटा आकासेपुल बन्ने भएका छन्ा् । नमुनाका लागि गठ्ठाघर चोक जडिबुटी, लोकन्थली, कौशलटार र गठ्ठाघरमा पुल बनिसकेको छ । अहिलेसम्मको नमूना सडकको रुपमा चिनिएको उक्त सडकका कारण उसै पनि काठमाडौंको सोभा बढाइरहेको छ । 'पुरै सडक संरचना भएपछि उपत्यका नै सुन्दर देखिनेछ ।' काठमाडौं -भक्तपुर सडक विस्तार आयोजनाका इन्जिनियर कृष्णबहादुर थापाले भन्छन्, 'यहि सुन्दर योजना र दुर्घटना क मगर्न भक्तपुर खण्डमा ११ वटा ओभरहेड बि्रजको ठेक्का पुरा गरिएको हो ।' चार वटा पुल बनाउने ठेर्का गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनले पाएको छ । आयोजनाका अनुसार कोटेश्वर, गठ्ठाघर, टिबी अस्पताल, ठिमी, एसएस कलेज, राधेराधे, सिर्जनानगर, सर्लाघारी, सुवर्णचोक, चुनदेवी र सूर्यनिायकमा पुल बन्न लागेका हुन्ा् । नयाँ बन्ने १५ वटा पुलमा र्यापारिक दृष्टिकोणले सटर नबन्ने भएको छ । ट्राफिक र सडक कार्यालयको आवश्यक सामान राख्न दुई वटा साना कोठा बन्ने छन्ा् । नयाँ बन्ने सबै पुलमा सिसिटिभी जडान गर्न योजना रहेको उनले बताए । 'सडकको गतिविधि अवलोकन गर्न क्यामेरा जडानका लागि जाइकासँग कुरा भइरहेको छ,' थापाले भने, 'जाइकाले हाम्रो योजनालाई सकारात्मक लिएको छ ।' सूयविनायक र कोटेश्वरमा कन्ट्रोल रुम राखेर सडकको गतिविधि नियाल्ने सडकको योजना छ ।
त्यसपछि मेट्रो
काठमाडौंका योजनाकारहरु यत्तिमा पनि चित्त बुझाइरहेका छैनन् । काठमाडौंलाई दीर्घकालीनरुपमा आकर्षक सहर बनाउन काठमाडौं मेट्रोको योजना अधि ल्याइएको छ । सरकारले यसको प्रारम्भिक खाका तयार पारिसकेको छ । योजनाअनुसार रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने एक गरि ५ वटा लाइन पस््रताव गरिएको छ । रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जाड्ने छ । ६६ दशमलव १ किलोमिटर लामो रेलसंंजालको मुख्य टर्मिनल रत्नपाक लााई बनाउने प्रस्ताव गरिएको छ । कुल ३१ स्टेशन रहने काठमाडौं मेट्रो रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र शहिदगेड, जमल र नारायणहिटी गरि कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्त गर्न ट्रान्सफर स्टेसन बनाउने प्रर्ताव गरिएको छ । अन्य २१ ठाउँमा यात्रु चढ्ने र ओर्लने स्टेसन बनाउने प्रस्ावगरिएको छ । काठमाडौं मेट्रो बनाउन संभावत्या अध्ययन गर्न जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट रेल बिभागलाई पेश गरेको हो । कोरियाको चुङसुङ इन्जिनियरिङ, कोरिया रेलवे नेटवर्कअथोरिटी तथा नेपालका तर्फाट इएमआइसी तथा बिडिए नेपालले मेट्रो रेलको प्रारम्भिक सर्भाव्यता अध्ययन गरेको हो । सुन्दा कल्पना जस्ता लाग्ने यी कार्य धमाधम सुरु भएको देख्दा भन्न करै लाग्छ, काठमाडौं सहर हेर्दा लाग्छ रहर...।
http://aswini-koirala.blogspot.com/2013/04/blog-post_11.html Govind Mani Bhatt (कुरा गर्ने) ०८:४७, १८ अक्टोबर २०१५ (युटिसी(UTC))
बस वाली संगको प्रेम ....
[सम्पादन गर्नुहोस्]चिसो हावाको स्पर्श,उकाली ओरालीसंगको मित्रता,मम्मिको मिठो न्यानो माया,भाइ बहिनि गाउ समाज,साथी भाईसंगको मिठो सामित्यतामा रमाएको पनि थुप्रै दिन भएछ | अध्ययनको लागि फेरी जानु पर्ने बाटो तताउनु पर्ने दिन आयो | दसैँ तिहारको छुट्टी सकियो,फर्कनु पर्ने हल्का बिरामी थिए मम्मीले जान सक्दैन बसमा गाह्रो हुन्छ गएर एक्लै कसरि ख्याल गर्छ भनेर चिन्ता गर्नुभा थियो तर मलाइ जानु थियो | तिहारको पर्सि सबैसंग बिदा लिएर म घरबात हिडे,त्यतिबेला गाउदेखि सिधै बस नलाग्ने एक घण्टाको पैदल दुरी हिडि सकेसी मात्र बस भेटाउनु पर्ने हाम्रो बाध्यता थियो | त्यो एक घन्टाको दुरी हिडाई पछि असिन पसिन हुदै बस रोक्ने ठाउ सम्म आइ पुगे | त्यहा धेरै मान्छे थिए तम्घास बाट आउने बस कुरी बसेका सबै आफ्नो गन्तव्यमा पुग्नलाई तछाड मछाड गर्दै कोइ हिडेका कोइ बसेका सबैलाई एक नजर लगाउछु आफ्नै धुनमा छन सबै , हल्का थकान जस्तो महसुस भयो नजिकैको प्रतिक्षालयमा गएर बसे | त्यहि प्रतिक्षालयको दाहिने तिर एउटी युवती बसेकी थिन , गएको केहि मिनेट पछि कति बज्यो होला अहिले सम्म बस आएन भन्दै सोधिन सायद उनीसंग घडी नभएर होला सम्झे अनि बिहानको १०:३० बज्यो भनेर उत्तर दिए | केहि बेरमा बस आयो पुरा भरिएको बाहिर बाट नै देखियो जाने कसरि उफ्फ़ नजाउ जानुछ जाउ यो भिड जसो तसो भित्र छिर्नु पर्छ सोचेर छिरे गाडीको सहाएकले सबै पछाडी जाऊ भन्दै कराउन थाल्यो गाउको बाटो त्यस्तै हो हल्का कस्ट गर्नु पर्छ भन्दै थियो | पछाडी गए त्यहा दुइ जना झर्दा रहेछन मौका मिलाई त्यहि सिटमा बसे आनन्दसंग जान पाइनेभो खुसि लाग्यो मनमनै | संजोकनै मान्नु पर्छ,समय सोध्ने युवती त्यहि आइन बसको सहाएक दाइसंग,मेरै सिटसंगै बस्न भनि जानु भयो | सबै यात्रु बसि सकेसी ध्यवाह ध्य्वाह गर्दै कालो मुस्लो धुवा त्यहाका मान्छेलाई छोड्दै बस अगाडी बढ्यो | झ्यालबाट त्यो ठाउ अनि मेरो जन्म ठाउलाई नियाले अलिकति याद अनि सम्झना छोडेर हिडे जस्तो लाग्यो जहा मैले बाल्यकाल बिताए,स्कुल त्यहि पढे कति माया लाग्छ आफ्नो जन्म ठाउ,गाउघर हामि जहाँ भए पनि हाम्रो मानसपटलमा याद बनि बस्छ | बस आफ्नै रफतारमा गुडेको थियो यात्रु कोइ निदाउने कोइ गित सुन्नमा मस्त थिए मेरो छेउको युवती अलि छटपटिमा थिइन कहिले एता हेर्ने कहिले उता किन यस्तो छटपटिमा होला म सोध्न सकेन,बुझ्न सकेन | उनको हातमा घडी रहेछ तर म संग समय सोधेकी म अचम्म भए, केहि समय पछि उनैले सोधिन मलाई हजुर कहाँ सम्म जानु हुन्छ? म भैरहवा भने,उनले फेरी तपाइको घर भैरहवा नै हो? मैले हैन अध्ययन गर्छु भने र हाम्रो परिचय हुदै गयो | उनको नाम मिना रहेछ , भैरहवा आफ्नै दाजु भाउजुकोमा जादै रहेछिन सबै कुरा सुनाइन आफ्नो बारे | केटि राम्रै थिन निलो आकाशे रंगको कुर्ता,हल्का कपाल छोडेकी,गोरी,पातली पातली,उसको सरिरले मागे जस्तो पहिरन लगाएकी रहेछिन मनमनै सोचे | दुइ घन्टाको यात्रा पछि अब खाना खाने ठाउमा गुरु जीले बस रोक्नु भयो सबैलाई खाना खान भन्दै जानु भयो हामि बसबाट ओर्लेर संगै खाना खायौ सबै यात्रुले खाइसकेसि फेरी बसको रफ्तार आफ्नै गतिमा हिड्यो | बसमा उनीसंग मिठा मिठा गफ चलिनै रहे पाच घण्टाको यात्रा पछि बुटवल बस पार्क अगाडी ओर्लियौ हामि त्यहाबाट भैरहवा को माइक्रोमा संगै चढी लागियो फेरी आफ्नै गन्तव्यमा गफ गर्दै,कति मिठा कुरा गर्दी रहेछिन मीनाले म सोची बसेको थिए, भैरहवा आएको पत्तै भएन | भैरहवाको बुद्ध चोकमा ओर्लियौ हामि,त्यहा उनको दाजु लिन आउनु भएको रहेछ टक्क कार अगाडी म केहि बोल्नै सकेन उनको दाजुको अगाडी | जाने बेला बाइ भन्दै हात हल्लाउदै त्यहा आफ्नो छायालाई छोडी भागिन उनि म आफ्नो कोठा जानु थियो नजिकैको रिक्सालाइ बोलाएर आफ्नो कोठा तिर लागे | त्यस दिन देखि हाम्रो २/३ महिना भेट भएन तर सम्झन्थे मिनालाई ,मेरो पढाइ चलेकै थियो | एक दिन साथीको बर्थ डे पार्टीमा गएको थिय, संजोक पहिले बसमा भेट भएकी मिना उनीपनि त्यहा आएकी रहेछिन | छक्क परे म समयले मान्छेलाइ कसरि तान्छ, घचेडछ,जिन्दगीमा कसैलाई थाहा हुदैन | म आफै बोले उनीसंग मजाले गफ भयो उनैको नातेदार रहेछ जन्मदिन पर्ने साथि सुनाइन | उनले सम्झदै भनिन पहिले भेटमा तिमीसंग समय सोधेको बोल्न मन लागेर हो भन्दै मुसुक्क हासिन | धेरै बेर गफ भयो त्यो दिन उनीसंग, मनमनै सोचे मैले खोजेको मान्छे भेटे जस्तो लाग्यो भनेर | फेरी उनीसंगको भेटले नजिक हुने आसा पलायो | आपसमा फोन नम्बर लियौ हामि बिस्तारै हाम्रो भेट फोन सम्पर्क दिनहु हुन् लाग्यो | जिन्दगीमा कोइ मान्छे एक पटक हेर्दैमा मनमा बास बस्न सफल हुन्छ भने कोइ धेरै पटक हेर्दा पनि मनमा बास बस्न सक्दैन हो त्यस्तै भयो हाम्रो सम्बन्ध | म उनलाई मन पराउथे उनि पनि मलाइ मन पराउदि रहेछिन भन्न मात्र नसकेकी एकदिन SMS बाट मनको कुरा सुनाए तुरुन्त उनले स्वाकार्दै SMS रिप्लाई दिइन खुसिले दङ्ग भए त्यस पछि हाम्रो सम्बन्ध अगाडी बढ्यो , कति गहराइमा पुग्यो पत्तै भएन | हाम्रो आ-आफ्नै जिन्दगीका बेथा थिए | मेरो पढाइ निरन्तर थियो उनको पनि पढाइ चलेकै थियो, उनि उच्च घर परिवारकी थिइन म भने सामान्य परिवारको | समय बित्दै गएको थियो उनको दाजु भाउजुले हाम्रो सम्बन्धको बारे थाहा पाउनु भएछ , त्यो कुराले हामीमा तनाब सिर्जना गर्यो | मेरो भावाना बुझ्ने उनी थिइन त्यसमा पनि कसैको आखा लागेको संकेत मैले पाए | भेटमा उनले सम्झाउथिन हाम्रो मिलन अबस्य हुन्छ,तिम्रो साथ् छोडदिन भन्दै त्यो कुरा सुनेर म खुसि हुदै अझ बढी माया गर्थे | जिनदगि कस्तो आनौठो रहेछ जता हेर्दा पनि भेटिदैन जिन्दगीका पानाहरु , म मिनालाई मनको गहिराइ बाट मन पराउथे उनले पनि मलाइ त्यो भन्दा धेरै माया गर्थिन निस्वार्थ | केहि दिन पछि मीनाले भेटने कुरा गरिन म हुन्छ भने अर्को दिन सनिबार थियो हामि लुम्बिनी घुम्न गएका थियौ दिन भरि घुमियो साझ आउने बेला उनले पढाइको लागि बिदेस जाने कुरा सुनाइन म छागाबाट खसे जस्तो भए, गाडीको सिटमा छु तर भासिएको जमिन मुनि भए जस्तो लाग्यो , केहि बोल्न सकेन मेरा ओठ सब्द बिहिन भए एकोहोर उनले कुरा सुनाउदै छिन मलाइ पहिले नै दाजुले बिदेस जान कर गर्नु भएको थियो मानेकी थिइन अहिले बढीनै कर गर्नुभो म राजि भए जानको लागि म बिदेस गएपनि हाम्रो माया टुट्ने छैन पबित्र मायालाई अझ मलजल गरि हुर्काउने छौ भन्दै उनि बोल्दै थिइन | म केहि बोलेन भैरहवा आइ पुगियो उनलाई कोठा जान्छु भन्दै बाइ भनेर बिदा लिए त्यो दिन | कोठामा आए बेडमा पल्टी मारे केहि खाने मन छैन प्यास प्यास भएको मनमा केवल मायाको भोक लागेको थियो मलाई त्यो मीनाले मात्र पुरा गर्न सक्थिन | निदाएछु एकै पटक बिहान बिउझिए कलेज जाने मन लागेन कोठामै बसे | मुबाइमा हेर्छु भन्दा SMS आएको रहेछ हेर्छु मीनाको म्यासेजमा ..... म बिहानै काठमान्डु हिडी सके यसरि माया मारेर गयो नसम्झनु,तिमीलाई पल पल सम्झी रहनेछु;जानी बित्तिकै फोन गर्नेछु तिमि पनि माया नमार्नु मेरो,तिमीलाई भेट्न चाडै आउने छु अहिलेलाइ बाइ .... यस्तै थियो SMS मीनाको म केहि रिप्लाई पठाएँन | केहि दिन बित्यो त्यो समय भरि म अलि बद्लिएछु मिना अस्ट्रेलिया पुगेछिंन अनि कलेज भर्नाभै सुरु भएछ तर म संग सम्पर्क भएंन उनको साथिबाट थाहा पाए | आखामा आसु टलपलाउदै याद गर्नु सिवाय केहि थियन हो म त्यहि गर्थे उनलाई सम्झन्थे | बोल्दै नबोली हिडेको त्यो दिन उनीसंगको अन्तिम दिन हुन्छ भन्ने सोचेको पनि थिएन मैले | मिना तिमि जहा भएनी तिम्रो लागि यो मुटु हरेक पल धडकि रहनेछ | तिमि सधै खुसि रहनु तिम्रो भाबि जिबन उज्जल रहोस | तिमि आउने बाटो कुरी बस्नेछु, कहिँ कतै मिना आउछनकि आस गर्दै आजसम्म बाटो हेर्दै बसेकोछु , मेरा यी आखा थाकेका छैनन् मेरो आस जिवितैछ तर मिना आएकी छैनन हो मिना आएकी छैनन | See more at...http://www.olchiketo.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:०३, २० अक्टोबर २०१५ (युटिसी(UTC))
!! टुटेका सपना !! !! भत्किएको जिन्दगि !!
[सम्पादन गर्नुहोस्]लैनो भैसी बेचेर MRP पासपोर्ट बनायो छोराले केहि गर्छु भन्दै,आमा बाबाको दुख देख्न नसकेर साहुसंग ऋर्ण खोजि अरब छिर्यो छोरा केहि कमाउला साहुको ऋर्ण तिरौला आमा बाबालाइ सुख दिउला,चुहेको खरको छानोलाइ जस्ता पाता लगाउला,श्रीमतीलाई गलामा केहि झुन्ड़ाई दिउला,छोरा छोरीलाई राम्रो स्कुलमा भर्ना गरौला सोचेको थियो ! असंख्या सपना बोकेर सपनाको सहरमा छिर्न जति सजिलो थियो सपना साकार बनाउन त्यति गाह्रो हुदो रहेछ भन्ने भान बुझ्दै गयो ! आमाको हातले बनाको ढेडो र बाक्लो भैसीको महिसंगै हिमाल देखि बग्ने मिठो पानि र सितल हावाको स्पर्शबाट रमाएको केटा यहाको तातो गर्मीमा टिक्न उसलाई गाह्रो हुदै गयो तर पनि आफ्नो दुखलाई सम्झेर काम गर्दै थियो ! एक दिन काम गर्दै गर्दा अचानक उसको जिबनमा ठुलो बज्रपात आइ पुग्यो उ दुर्घटनामा पर्यो अनि बोल्न सकेन आमा दुख्यो भन्न सकेन उसको सरिरबाट असारे झरी जस्तो रगतको भेल बग्यो बस हेर्नेले हेर्यो नसक्नेले आखा छोप्यो बिचरा उ छटपटाउदै जिबन र मिर्तुसंग लडदै रगताम्य भयो ! पुलिस आयो ऐर एम्बुस हेलिकप्टर आयो लग्यो,अचेत अबस्थामा थियो अझै त्यस्तै छ ! घरबाट बुढा बाबा आमाले छोराले कहिले पैसा पठाउछ र साहुको ऋर्ण तिरौला भनि कुरेर बसेका छन् बिचरा छोरा यहा बोल्न,हिड्न नसक्ने भएर अस्पतालको सैयामा आखाबाट हजारौ आसुका भेल बगाउदै दिन काटेको छ ! आफ्ना सपना टुटाएको छ जिबन देखि हार खाएर बुढा बाउ आमाको र आफ्नी जिबन संगिनी छोरा छोरिको मुख हेर्ने इक्षा देखाउदै भगवान संग पार्थना गर्दै दिन रात काट्दैछ ! See more at...http://www.olchiketo.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:०९, २० अक्टोबर २०१५ (युटिसी(UTC))
!! अशिक्षित समाज !!
[सम्पादन गर्नुहोस्]धेरै समय पछि गाउ गएको थिए सारा गाउ घुम्ने सबैसंग बोल्दै हाइ हेल्लो गर्ने मेरो सोच थियो | एकाबिहानै म घर बाट निस्के घुम्दै थिए पानि भर्ने धारा आयो जहा गाउका धेरै महिला त्यहा बाट पानि भरेर लैजान्छन | त्यहा महिलाले पानि भर्ने लैजाने आपसमा भलाकुसारी गर्ने उनीहरुको चौतारिनै थियो | यो त् मैले सानो देखिने देख्दै आएको थिए,त्यो दिन पनि तिन चार जना महिला भएर कुरा गर्दै थिए | पल्ला घरे कान्छीले फेरी छोरी पाइछे कस्ती आइमाई होलि चार चार छोरी पाउदा एउटा छोरा पाउन नसक्ने अब त्यो कान्छाले अर्को बिहे गर्छ एउटा छोरा पाउन नसक्नेलाई के कुरेर बसोस त | टक्क मेरा खुट्टा अडिए अगाडी बढन मानेनन् ,एक्कासि दिमागमा तुफ़ान आइदियो | अहो अझै पनि गाउमा यस्तो कुराको बिस्वाश देस समाज गाउ परिबर्तन भएको छ भन्छन तर हाम्रो चेतना,बिबेक कहिल्यै परिबर्तन भएको रहेनछ सोचे | अझै पनि धेरै परिबर्तन हुन बाकि रहेछ गाउ समाजमा,सुनेको थिए अहिले त् गाउनमा जन चेतना,सामाजिक सिप जस्ता बिषयमा राम्रो पहुच पुगेछ भनेर तर सबै बकवास रहेछ | उनीहरुको कुरा सुनेर म त्यहि सुत्केरी भएको कान्छी आन्टीको घरमा जाने सोचेर त्यतै लागे | घरमा हजुर आमा हुनुदो रहेछ ढोगे,एकछिन कुरा भयो अनि आन्टीको बारे सोधे | सोधेको के थिए आमाको मुख नै बिग्रो हल्का ठुलो स्वरमा भित्र हुनु हुन्छ जा गएर बस्दै गर म पर गएर आउछु भन्दै हजुर आमा लाग्नु भयो | भित्र छिरे सानो नानीले आची गरेको रहेछन सफा गर्दिदैन हुनुदो रहेछ मैले ढोगे | आन्टी-आसिर्बाद बाबु कहिले आयौ म-भयो पाच दिन कति दिन बस्छौ बाबु,तिहार सम्म बस्छु होला | अङ्कल खै त् ? खै घास काट्न जानु भाछ होला अघि सम्म यहि कराउदै हुनु हुन्थो | किन कराउनु झगडा भाकी कसो हैन हेर्न बाबु छोरी जन्मी भनेर रात दिन कहल छ घरमा | छोरी जन्मी त हजुरसंग किन झगडा कस्तो नबुझेको अङ्कलले आफ्नै गल्तीले जन्मेको हो भन्ने कुरा | खै बाबु उति बेला चेक गराउ भन्दा मानेनन् अहिले छोरी छोरी भयो एउटा छोरा जन्माउन सकिनस भन्दै आमा छोरा मै माथि कराउनु हुन्छ | हेर्न बाबु मेरो के दोस नमैले देख्नु छोरा छ कि छोरी भनेर | चेतनाको कमि हो आन्टी हजुरको दोस हैन हाम्रो समाजको हो जसले केहि बुझेको छैन | छोरा छोरी सबै बराबर हुन् भेदभाब गर्नु हुदैन | अहिलेको समयमा छोराले भन्दा छोरीले आफ्नो आमा बाबालाई हेर्छन छोरा ठुलो भयो एकतिर लाग्छ तर छोरीले आफ्नो जिम्बेबारी कहिल्यै भुल्दैन | हजुरले आफुलाई खिन्नता,दुखि बनाउनु भएन | सन्तान सबै बराबर बुझ्नु पर्यो अंकलले | आन्टीसंगको कुराले अझ मेरो मनमा अनेक प्रश्न खडा भए | छोरी जन्माउनु महिलाको दोस देख्ने नबुझ्ने समाज | छोरानै चाहिने किन?नसुध्रेको अशिक्षित समाजमा कहिले सम्म महिलाले दुख भेदभाब सहनु यावत | सानोमा मलाइ पनि थाहा थिएन छोरा जन्माउनु छोरी जन्माउनु पुरुसकै हात हुन्छ भनेर | जब स्कुल पढदा जनसंख्या पढाउने पदम सरले भनेको आजसम्म भुलेको छैन | छोरा छोरी जे जन्माउ पुरुसकै हातमा हुन्छ पुरुस संग XY र महिला संग XX मात्र हुन्छ | पुरुसले X दिन्छ XX भएर छोरी र Y दिन्छ YX भएर छोरा हुन्छ भन्ने कुरा | छोरा जन्मेर भोज भतेर गर्ने हाम्रो त्यहि शिक्षित समाज छ जो छोरी जन्मेकोका एउटा दियो सम्म जलाउदैन अनि त्यहि समाजका ठुला भनाउदाले बाहिर छोरा छोरि बराबर भन्दै नारा र भासर्ण दिन्छन | छोरी जन्मे सत्रुनै ठान्ने हाम्रो अशिक्षित,रुढीबादीले ग्रस्त समाजमा चेतना जाग्नु आबस्यक छ | छोरा छोरी बराबर कुनै भेदभाब राख्नु हुदैन शिक्ष! दिक्षिमा समानता लिनु पर्छ छोरालाई बोडिंगमा छोरीलाई भने सरकारी स्कुलमा भर्ना गर्ने घरको काममा लाद्ने पढ्न समय नदिने जस्ता कुरामा परिबर्तन हुन् जरुरि छ | हरेक आमाको लागि चाहे छोरा होस् या छोरी सबै समान लाग्छ उति नै माया ममता जाग्छ | See more at...http://www.olchiketo.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:१५, २० अक्टोबर २०१५ (युटिसी(UTC))
!! घरबेटीको हुकुमी !!
[सम्पादन गर्नुहोस्]भखर कलेज बाट आएको भोकले पेटका आन्द्रा जोड तोडका साथ् हडतालमा उत्रेका थिए असिम पसिम कपडा खोलेर खान बनाउन लागे पतिलामा चामल बसाले अनि घरबाट ममीले पठाई दिनु भाको सिन्की थियो त्यहि पकाउने सोचे कसरि हुन्छ चाडो पकाएर खानु थियो | आफ्नै तालमा खाना बनाउदै थिए घरबेटी आमा आउनु भो धेरै दिन देखि कोठा छोडन भन्दै किच किच थियो घरबेटीको बोलिनै सुन्ने मन थिएन सहरका गल्लीमा कोठा सर्दा कम्ता सास्ती बेहोर्नु पर्छ हरेक पल्ट कोठाको सजावट नया मान्छेसंग घुलमिल संगै बस्न्नु पर्ने घाह्रो तर बाध्यताले सबै सामान्य लिनु पर्ने ! घरबेटी:भाइ कोठा पायौ त? म: नाइँ.. ... घरबेटी : छिटो खोज कोठा मलाइ यो हप्ता भित्र खालि चाहियो म: आज र भोलि सनिबार दिन भर लगाएर खोज्छु बटारिएका आन्द्रा एका एक सान्त बसे दिमागमा कुरा खेल्न थाले सोचे कोठा भाडा गरेर बस्नु नै दुर्भाग्य हाम्रो | पाक्यो खाना खाए जुठा भाडा त्यतिकै राखेर जिन्स पाइन्ट र कालो टि-सर्ट लगाएर हिडे चाहार्य कति घर दिन भर घुमे कतै पाएन साझा पख लखतरान भएर फर्किए त्यहि कोठामा थाकेको मन दिमाग सरिर केहि बनाउने जागर चलेन त्यतिकै सुते ! बिहान जाग्दा सात बजेछ फ्रेश भएर आफ्नै बेडमा बसेर मन गन्थन गर्दै थिए सोचे एक पटक साथीलाई लगेर जान्छु कोठा खोज्न अनि कल घन्टी घुमाए साथीले सहमति जनायो संगै जाने भयौ | केटा मान्छेलाई जो कोइले कोठा दिननै नमान्ने,घरबेटि हरुले सोच्दाहुन कि आफ्नै छोरी श्रीमती भगाएर लगिदिन्छन भनेर | घुम्दा घुम्दा एउटा कोठा पाए उपल्लो तला सानो कोप्चिएको भाडा सोधेको दुइ हजार पानि,बिजुली,सबै छुट्टै तिर्नु पर्ने महिना बित्योकी भाडा दिनु पर्ने सुनायो घरबेटीले जब आफुलाई आबस्यकता भएसी जस्तो भएनी राम्रो लाग्ने,हुन्छ भने र साथीसंग सल्लाह गरेर आझै सर्ने निधो गरे | म बिद्यार्थी कतिनै हुन्छ मेरो सामान दुइटा रिक्सा बोलाएर साथीले मैले लादेउ रिक्सामा ,घरबेटी लाइ बोलाएर हिसाब पुरा बुझाई ल घरबेटी आमा बस्नु होला भन्दै लागे घरबेटी:भाइ तिमीलाई यसरि सर्न भन्ने मन थिएन बाध्य भएर,समयमै कोठा छोड्यौ मलाइ नराम्रो नसोच्नु म:किन सोच्नु आमा तपाइको घर राख्न मन लागे राख्नु नलागे जा भने भैगो भन्दै म रिक्सामा चढेर लागे ! See more at...http://www.olchiketo.blogspot.com/ Govind Mani Bhatt (कुरा गर्ने) ०७:१७, २० अक्टोबर २०१५ (युटिसी(UTC))
कलेजको प्रेम
[सम्पादन गर्नुहोस्]झसङ्ग भऍ !बहिनीले बोलाइराकि रैछे, दिदि खाना खान आउनु ! भन्दै भान्सा तिर पसी। म भने ब्याचलर पढ़दाको एउटा घटनालाई सम्झेर टोलाइलराको रैछु।
निस्वार्थ देखिने त्यो रुप, गएर उ संग बोलिहाल्न मन लाग्थ्यो। उ आफ्नै पारामा कलेज आउँथ्यो। हेर्दा भलाद्मी, ५ फिट ८ इन्च जति को हाइट, अगाडी थोरै राखेर पछाडी छोटो छोटो पारेर काटेको कपाल, गहुँ गोरो मुहार, उ मलाई अरु भन्दा हेन्सम लाग्थ्यो। म क्लासमा रेगुलर आउंथे, उ भने कहिले काहिं मात्र आको हुन्थ्यो। क्लासमा उ भन्दा राम्रा अरुपनि केटा थिए, तर म मौका छोपी छोपी उसैलाई हेरिरहन्थे। उसले आएर मलाइ बोलाएनि हुन्थ्यो भन्ठान्थे।
उ ४, ५ जानाको ग्रुपमा हिँडथ्यो। त्यो ग्रुपको कसैसंग पनि गफनहुने भएकोले उ संग कसरि बोल्ने भनेर मेरो मनमा खुल्दुल हुन थाल्यो। कुनै विकल्प भएन। साथीहरुलाई भन्न पनि लाज लाग्यो। तनाब जस्तै हुन थाल्यो। सिधै उ संग गएर बोल्न पनि अफ्टेरो लाग्यो। पढाई प्रति जाने ध्यान पनि भंग भयो। कैले काहिँ उ कलेज नआउँदा क्लास नै खल्लो लाग्थ्यो। उसलाई रेगुलर क्लासमा नदेख्दा यो कलेजको होइन कि के हो जस्तो लाग्न थाल्यो। उसको त नाम सम्म पनि था छैन, अब के गर्ने ? कसरि पत्ता लाउने ? अब मनमा यस्तै कुरो मात्र खेल्न थाल्यो।
अब मैले उसको बारेमा जान्नको लागि लागि परें। उसको ग्रुप क्लासका अरुसंगखासै नबोल्ने भएकाले अरुकोमध्यम बाट पनि थाहा पाउन सकिएन। कुनै उपाय बिना त्यो असम्भब थियो। अब सोच्न थालें। उ प्राय अन्तिममा बस्थ्यो र म अगाडी नै बसेको हुन्थे। अब मैले कलेज ढिलो जाने प्लान बनाएँ।
अर्को दिन बिस्तारै हिड्दै कलेज पुगें। अगाडिका सिट सबै प्याक भैदिएपनि हुन्थ्यो भन्ने चाहानाले क्लासमा छिरें। सँधै अगाडी बस्थेँ आज पछाडी बस्दा के सोच्ने हुन् साथीहरुले जस्तो पनि लाग्थ्यो। साथीहरुले तँ किन ढिला आकी भन्दै थिए तर मेरो मन र आँखा एकोहोरिएकोले झसङ्ग हुदै त्यत्तिकै भन्दिए। हतार हतार पछाडी गएर बसेँ। उ आकै रैनछ। आँखाले एक टक लाएर ढोकातिरै हेरिराखे। सर क्लासमा पसिसक्नु भो तर उ आएन। आँखा बोर्डतिर भन्दा ढोकै तिर तेर्सिराखे। पहिलो क्लास सकिन लाग्यो तर उ आएन। मन खल्लो भो र पनि आश नमारी ढोकै तिर हेरिराखें। उसका साथीहरु आइसकेका थिए तर उ आएन। ती साथीहरुसंग बोल्ने नगरेकाले उसको बारेमा सोध्ने आँट आएन। कतै तिनीहरुले उसको नाम लिन्छन कि भनेर चुपचाप त्यै बसेर तिनीहरुकै गफ सुनिरहें। कति नाम त भन्दै थिए तर उसको नाम पत्ता लाउन सकिन। त्यसदिनका सबै आशा भत्किए। घर फर्कें।
अर्को दिन पनि उ संग बोल्ने आशाको थुप्रो बोकेर कलेजको बाटो तिर पाइला अघि बढाएँ। लास्ट सिटमा बस्छु भन्दै क्लासमा पसें। आज मैले अगाडिका सिटलाई वास्ता नगरी पछाडी गए र बसेँ। कहानी हिजोकै दोहोरियो, उ आएन। आशा भत्किदै जान थाले र पनि मनले हरेस खान मानेन। लगातार चार दिन सम्म यहि प्रकृया दोहोरियो तर उ आएन। अब त मनले पनि हरेस खान थाल्यो। उ त सपनामा आएको राजकुमार थियो सपनाको कुरो पुरा हुन्छ भन्ने के छ र ? भन्दै मनलाई चित्त बुझाए।
चार दिन सम्म एक्लै पछाडी गएर बस्दा साथीहरु मलाइ के भो ? किन एक्लै बसेकी ? भनेर प्रश्न माथि प्रश्न गर्न थाले। मैले सत्यता बताउन सकिन। कहिलेकाहिँ पछाडी बसेको अनुभब बटुल्न नि भनेर टारिदिए। त्यस दिन त्यसै बित्यो।
अर्को दिन देखि म सधैँ झैँ चांडै गैर अगाडी बसेँ। तैपनि मनमा कतै उ आइपो हाल्छ कि जस्तो लाग्थ्यो। सर आएर पढाउन सुरु मात्र गर्नु भाको थियो, उसको प्रवेश भो ! म अत्तालिए झैँ भएँ। हाइ ! भन्न मन लाग्यो तर अन्जान भाको नाताले उ संग बोल्न शब्द फुरेन। उ पछाडी नै गएर बस्यो। उ संग बोल्न र भेट्न मेरो भाग्यमा रहेछ झैँ लाग्यो। सर निस्केपछि हतार हतार उसको पछाडी गएर बसेँ। अर्को सर आएर पढाउन सुरु गर्नुभो। उनीहरुको खासखुस गफ सुरु भो। म उ संग नजिकिने बाहानामा ब्यागबाट कपि झिक्ने बाहानामा जानी जानी उसको ढाडमा घोचिदिएँ। अनि उसले यता हेर्यो। 'सरि' मात्र भने। ठिकै छ भनेर उ अगाडी फर्कियो। म संग बोल्यो पहिलो पटक, खुसीको सिमा भएन।
मेरो ध्यान पढाई भन्दा उतिरै धेरै गैराको थियो। त्यत्तिकैमा एउटाले विषेश ! भनेर बोलायो। हजुर भन्ने उही थियो। मैले उसको नाम पनि थाहा पाएँ। साच्चै, मेरो लागि विषेश नै थियो उसको त्यो 'विषेश' नाम। त्यो दिन खुसि हुदै घर फर्कें।
भोलिपल्ट, म लास्टमै गएर बसें। सबै आए, उ पनि आयो। उनीहरुले लाइब्रेरी जाने सल्लाह गर्न थाले, अनि मैले थाहा पाएँ कि, उ यसै कलेजको हो भनेर। उ संग बोल्ने निहुले म घरि घरि छेकियो भन्दिन्थे। यसो गर्दा गर्दै उ संगको परिचयको चरणमा आइपुगियो। उसले सोध्यो, "तिमीलाई म के भनेर बोलाउँ ?" म अकमक्क परिहालें, र पनि जवाफ दिएँ ! "सबैले प्राप्ति भनेर बोलाउँछन् " "म पनि प्राप्ति भनेर बोलाउँ त प्राप्ति ?" उसले भन्यो। म हाँसे। उसले फेरी भन्यो, "तिम्रो हाँसो त खुब राम्रो छ !" "भो अब हाँस्दिन, आँखा लाउने भयौ !" भने। "तिम्रो नाम त विषेश हैन ??" मैले गफलाइ निरन्तरता दिन चाहेँ। उ बोल्यो, "अँ कसरी थाहा पायौ ?" "था पाएँ नी ! " गफ टारिदिएँ । उसलाई अहिलेनै सबै कुरा बताउन जरुरि सम्झिन। समयलाइ कुरें। उ सँगसँगै उसका साथीहरु सँगको परिचय पनि सकियो। खुसीको भारि बोकेर घर फर्किएँ।
घरमा आउँदा पनि क्लासमै घटेका घटना मनमा खेलिरहे। अब मलाई प्रतिक्षा रह्यो त केवल भोलिको। भोलिको कुराइ निकै लामो भो। कहिलै आएन भोलि। सुत्नेबेला पनि क्लासकै कुरा मनमा खेलिरह्यो। रात काट्ने छाँटकाँट देखिएन, सोच्दा सोच्दै निदाएछु।
बिहानै ब्युझिएछु, मनमा विषेशको मात्र कुरा खेलिरहेकोले कलेज जाने ध्यान मात्र थियो। खाना पकाईकन खाएर हतार हतार कलेज पुगेँ। आधा घन्टा चाँडो पुगीछु। कोहि पनि आएका थिएनन। पछाडी गएर बसेँ। अब म लास्ट बेन्चर हुने तयारीमा थिएँ। बिस्तारै क्लास भरियो। उ पनि आयो। उ मेरै छेउमा बसोस् भन्ने चाहानाले नजिक आउने बित्तिकै सरेर ठाउँ बनाईदिएँ। उ पनि संगै आएर बस्यो। के छ ? कसो छ ? भन्दै हालखबर सोधासोध हुन थाल्यो। उ नजिक आएर बसेको, मेरो पढाइमा के नै जान्थ्यो र ? उ भने ध्यान दिएर सुनिरहेको थियो। पछाडी बस्ने भएपनि उ ट्यालेन्ट रैछ। क्लास खाली हुँदा हाम्रो गफ पनि बढ्दै जान थाल्यो।
हामी मिल्ने साथि भयौ। दिन प्रतिदिनको दुइ बिचको निकटताले मित्रता झन् गाढ़ा हुँदै गयो। मेरा साथी छुट्टीए। अगाडी बस्ने साथीहरुले प्रश्न गर्न थाले, "तँ त आजकल खुब त्यै केटा संग हुन्छेस त ?" मैले "उ मेरो मिल्ने साथी" भन्दिऍ । "केटा र केटि पनि मिल्ने साथी हुन्छन र ??" भन्न थाले।
मलाई मनमनै झोक चल्यो, हो संग कुरा मिल्छ, जो संग धेरै बोल्न मनपर्छ, जसलाई सानोसानो कुरा पनि सुनाउन मनलाग्छ उही त होनी मिल्ने साथी ! मित्रतालाई केटा र केटिले फरक पार्दैन भन्ने मेरो सोच थियो। उनीहरुका अगाडी, "तिमीहरुका हुदैनन् होला मेरा हुन्छन !" भन्दिए। उनीहरुको सोचलाई वास्ता गरिन। एकदिन कलेजमा एक्जाम चलेकोले कलेज बिदा थियो। उसले फोन गरेर कलेजमै बोलायो। म पनि घरमा क्लास छ भन्दै ढाँटेर गएँ। उ आइसकेको रहेछ। दुवै भेट भएर कलेजकै चौर नजिक बसेर गफ गर्न थाल्यौ। उसका र मेरा व्यक्तिगत कुरा पनि शेयर हुन थाले। ११ बजे देखि ३ बजेको समय यति छिटो कटेछ कि पत्तै पाईएन। "३ बजिसकेछ, ल विषेश अब घर जानुपर्छ!" मन नलागी नलागी उसलाई भने। "एकछिन त बस न आज ढिलो गएपनि केहि हुन्न !" उ कर गर्न थाल्यो। "किन ढिलो आकी भनेर सोधेको मलाइ मनपर्दैन के, जाउँ !" मैले कर गरेर उसलाई उठाए। उसले छुट्टिन मन गरेको थिएन। मलाइ घर जान हतार भैसकेकोले करले त्याँ बाट हिडे। घरमा आएर उसकै झझल्को आउन थाल्यो।
साँझ छतमा गएर बसेको थिए, त्यति बेला म उसकै कल्पनामा डुब्न थाले। कतै मैले विषेशलाइ साच्चिकै माया गर्न त थलिन? मनमा डर र खुसि एकैचोटी उत्पन्न भए। म आत्तिन पो थाले। "प्रेम" शब्द देखि नै डर लाग्थ्यो। म विषेशलाइ कसरि प्रेम गर्न सक्छु ? ममा खुसि भन्दा धेरै डर छाउन थाल्यो। "प्रेम" भन्ने कुरा मलाई सुन्नमा मात्र रमाइलो लाग्थ्यो। मा विशेषलाइ मनपराउथे, साथी बनाउन चाहन्थे, तर यत्तिकै मा मित्रताको सम्बन्धले प्रेमको रुप लिन्छ भन्ने पटक्कै बिश्वाश थिएन। भेट भोलिपल्ट कलेजमा भयो। क्लासमा विषेश र मेरो बारेमा हल्ला चलेछ। "हिजो छुट्टीको दिन पनि २ जना कलेज आको थियौ रे त ? " भन्न थाले, मैले पनि नढाटि आका थियौ त ! भन्दिए। एकापसमा प्राप्ति र विषेशको डेटिङ् सुरु भन्दै कानेखुसी गर्न थाले कानेखुसि गर्न थाले। मलाई रिस उठ्यो र पनि वास्ता नगरे झैँ बसिरहे। हामि सधै संगै बस्थ्यौ। त्यो दिन पनि संगै त बस्यौ तर खासै बोलिएन।
उ संग सधै भेट भैराख्ने हुनाले फोनमा कुरा हुदैन थियो। त्यो दिन राति उसले कल गर्यो। "के भो ? आज किन यति राति कल गरेको ?" मैले आत्तिदै सोधें। उसले सहज रुपमा जवाफ दियो, "तिमि संग बोल्न मन लागेर !" मैले जवाफ फर्काउन सकिन। बोल्दा बोल्दै मैले "विषेश भोलि देखि संगै नबसौ है !" भने। "किन ? के भो ? यस्तो कुरा किन गरेको? भन्न थाल्यो। " साथीहरु अनेक कुरा कट्छ्न" नबसौ न भनेर जिद्दी गर्न गर्न थाले पछि उसले हुन्छ भन्यो। उ संगै बस्न चाहाने मन हुदा हुदै पनि साथीहरुको कारणले अलग्गिएर बस्न बाध्य भएँ। अर्कोदिन चाडै गएर अगाडी बसे। उ पछाडी नै गयो। धेरै पछि उ संग छुट्टीएर बसेको ले यस्तो लाग्थ्यो कि मैले आज ठुलै कुरा बिर्सें। तर के बिर्सें पत्ता लाउन सकिन। पछाडी हेर्न मन भए पनि हेरीन। मन थामिएन, हेरे। उ एक्लै बसिराको थियो। छेउमा गएर बस्न मन लाग्यो तर उ सँग नबस्ने जिद्दी मैले नै गरेको थिए । साथीहरु पनि अचम्म मान्दै थिए । "ओई तेरो र बिशेष को झगडा पर्यो हो ??" भन्न थाले । हैन मात्र भने । सँगै बस्दा नि कुरा काट्छन छुट्टीएर बस्दा पनि कुरै मात्र काट्छन् जस्तो लाग्यो । त्यो दिन साह्रै बोरिङ्ग भो । घर आएर खाजा खाँदै थिए बिशेषको फोन आयो, "के छ हालखबर ??" सोध्नथाल्यो । "ठीक छ भर्खर फुर्सद पाएउ ?" भने । हालखबर सोध्न तिमीले नै प्रतिबन्ध गरेकी थियौ भन्दै मेरै दोश लायो । उसले भोली देखी सँगै बसौ भन्न थाल्यो, मैले नाइ नबसौ भन्ने बित्तिकै फोन काट्यो । बेलुकी पनि फोन गरेर सँगै बसौ भन्दै कर गर्न थाल्यो मैले नाइ भनेरै जिते ।
क्लासमा कम गफ हुने भएकोले उसको र मेरो फोन र च्याट मा धेरै कुरा हुन थाल्यो । लुकी लुकी भेट्न थाल्यौ । चलिरहेको मित्रता झन गाढा प्रेममा बद्लिन पुगेछ, मैले पत्तै पाइन। अब मलाई झन डर लाग्न थाल्यो । जसरी पनि म बिशेषबाट टाढा हुनैपर्छ। तर कसरी ? उ त मेरो मिल्ने साथी हो । अब मलाई साथीहरुले भनेका कुरा याद आउन थाल्यो । उनिहरु त भन्दै थिए केटा र केटी मिल्ने साथी हुँदैनन भनेर, मैले त्यो कुरा वास्तै गरेको थिईन । अब मैले बिशेषसँग मित्रताको भन्दा बढी भाब देखाउनु हुँदैन भनेर उ सँग टाढिने निधो गरे। उ सँग टाढिनुको कारण डर मात्र थियो । एकदिन दुई दिन नसकिएला त्यस्पछी त बानी पारीएला भन्ने थियो। तर, सोचे जस्तो थिएन अब मैले उ प्रती रुखो व्यबहार देखाउन थालेँ । मनले पटक्कै मानेको थिएन, तर गर्नु पर्ने त्यसै थियो । प्रेम बाट हुने छट्पट्टी मैले साथीहरुको माध्यम बाट सुनेको थिए, जानी जानी त्यो दलदल्मा फस्न मनलागेको थिएन तर म फसिसकेको थिएँ । फोन बोल्दा अनेक बाहाना पारेर काटिदिन्थे । बिबिएस् प्रथम बर्षको रुटिन आयो। सबैलाई पढाइको बिषयमा चिन्ता बढ्न थाल्यो। अब मैले पढाइको प्रेसरले पनि विशेष संग टाढिने बाहाना भेट्ने भए। उसको पढाइ पो बिग्रिने हो कि भन्ने पनि चिन्ता लाग्थ्यो।
धेरै दिन भैसकेको थियो, उ संग बोल्न नपाएको। एकदिन फोन गरेँ। उसको त्यो रुन्चे बोलि सुनेर झन् माया पलायो। आज भेटम न भने। उ खुसि भएर सहमति जनायो। पशुपतिको डाँडामा ११ बजे भेट्ने कुरो थियो। म १० मिनेट छिटो पुग्दा पनि अगाडिनै उ आइसकेको रहेछ। "कति चाँडो आको त ?" मैले भने। "कतै तिमि पनि चांडै आइपुग्छौ कि भनेर" भन्यो। त्यसपछि म बोल्न सकिन। निकै बेर चुप भयौ। उ पनि बोलेन, मेरो त झन् मुखनै फुरेन। एकछिन पछि उ बोल्यो, "प्राप्ति तिमि आजभोलि किन टाढा भाको ?" मैले उत्तर दिनै सकिन। भक्कनिएर अंगालो हाल्दै रुन मन लाग्यो। आफुलाई सम्हाले। केहि बोलिन, उसको अगाडी कठोर बन्नु छ। फेरी उसले हात समाउदै भन्यो "तिमीलाई त म कति धेरै माया पो गर्छु त ! यसरी टाढा भाको मा सहन सक्दिन" उ पनि रुन खोजे जस्तो गर्यो। कठोर मन बनाएर "तिमि मेरो बेस्ट फ्रेन्ड हौ विशेष, माया प्रेमका कुरा नगर।" भने। पिडा भरिएको आँखाले उ एकोहोरो मै तिर हेरिरह्यो। म मन थाम्न सक्ने स्थितिमा थिइन, आशु झर्न मात्र बाकि थियो। एकछिन दुवै चुप भएउँ। उसलाई नराम्रो लागेको थियो था छ, तर मैले केहि भन्न सकिन। उसलाई पनि थाहा थियो म उसलाइ माया गर्छु भनेर, तर उसले मेरो तर्काइको कारण बुझ्न सकेन। मैले बुझाउन पनि चाहिन। निकै बेर भैसकेको थियो। उसलाई मैले भोक लागेको बाहानामा खाजा खान लिएर गए। उ त्यहाँ पनि एक टक लाएर मलाई नै हेरिरंथ्यो। उसको मुहार देखेर , मनमनै ठुलो पाप पो गरिछु कि जस्तो लाग्न थाल्यो। म नजर लुकाउदै बस्थे। उसको आँखामा अथाह माया भरिएको थियो। कास, त्यो माया स्विकार्न सक्थें। अहँ ! म भित्र फैलिएको प्रेम प्रतिको डरले बारम्बार नकार्न आग्रह गर्थ्यो। साँझ परिसकेकोले अब छुट्टीनै पर्ने बाध्यता थियो। एक्जाम आउदै गरेकोले एकछिन पढाइका कुरा गरेर,बाइ बन्ने हिम्मत जुटाएर म बिदा भएँ। मैले पर पुगेछि फर्केर हेर्दा उ यतै हेर्दै थियो। भारि मन बनाउदै घर आइपुगेँ।
परिक्षा नजिकिदै गरेकोले पढाईमा धेरै ध्यान दिनुपर्ने थियो। अब विशेषको याद भन्दा पनि पढाई चुनौती बनेर अगाडी आको थियो। पढाइमा ध्यान जाने भएकोले उसको याद अलि कम मात्र भाको थियो। तर उसको याद त मेरो लागि अम्मल जस्तै भैसकेको थियो, उसको याद नआको कुनै दिन हुदैन थियो। परिक्षा राम्रै गरि सकियो। उसले पनि राम्रो भो भन्थ्यो। परिक्षा सकिएपछि सबै घर जाने कुरा गर्न थाले। मलाइ पनि घर जान मन लागएको थियो। घर जानु अघि विशेष संग भेटें। उसको मुहार बाट हजारौ प्रश्न झल्किएका थिए। तर उ मौन थियो। उसले सोध्यो , "कहिले आउछौ ? " २ महिना पछि भने। खासै गफ नभई उ र म छुट्टीयौं। घर जाने बेला बाटो भरि उसकै याद बोकेर गएँ। गाडीबाट ओर्लने बेला मोबाईल बसमै छुटेछ। मोबाईल हरायो, उसको नम्बर पनि याद छैन। उ संग टाढिने ठुलो बाहाना भेटियो। घरको व्यस्तताले उसको याद कम हुदै त थियो तर छुटेको थिएन। घरकै रमझममा मैले उसलाई बिर्सिछु। उ प्रतिको फिलिंग नै हरायो। मैले विशेषलाई बिर्सेकै हो त ? आफैलाई बिस्वाश भएन।
बिबिएस दोस्रो बर्षको क्लास सुरु भैसकेको थियो। घरबाट काठमान्डौ आइपुगे। पहिलो दिन क्लासमा जान कुनै हिच्किचाहट भएन। सबै जाना आइसकेका थिए। बिशेष संग बस्न मन भएर हैन अगाडी सिट नभएर नै म पछाडी गएर बसें। बिशेष पनि आइसकेको थियो। मैले छोडेर गएको बिशेष थिएन उ, अर्कै भैसकेको थियो। लाग्थ्यो, उसले पनि मलाई बिर्सेछ। म प्रतिको प्रेम उसको मुहारमा कतै देखिन। मनमनै हाँस उठ्यो र खुसि पनि लाग्यो। मैले गर्दा कसैले जिन्दगीभरि पिडा भोग्नु परेन। अब मलाइ महशुस भयो। २ महिना मै बिर्सिन सक्ने विशेष र म बिचको प्रेम, "प्रेम" नभएर मात्र आकर्षण थियो।
Note:-यो कथाको घटना र पात्र सबै काल्पनिक हुन् , वास्तविक लागेमा संयोग मात्र हुनेछ।
49.126.251.227 (कुरा गर्ने) ०७:३०, २२ अक्टोबर २०१५ (युटिसी(UTC))
मलाई माफ गर, तिम्रो माया मार्नै सकिन
[सम्पादन गर्नुहोस्]आँखाले देखेसम्म हेरेँ घरको छतमा बसेर- चन्द्रमा आफ्नै प्रकाशमा चम्किरहेको थियो। घामले बिदा लिएपछि आजकाल चन्द्रमा प्रकाश छर्न आइपुग्छ। गोधुली भर्खरै मात्र बितेको थियो, सायद त्यसैले चन्द्रमाको छेउमा एउटा मात्र तारा देखिएको थियो। आफ्नो चमक बढाउँदै लगेको चन्द्रमा र छेउमा देखिएको सानो तारा देखेर सोचेँ- चन्द्रमा तिमी हौ, जो फक्रिँदै गइरहेकी छौ अनि छेउको सानो तारा म- न त तिमीबाट टाढा हराउन सकेको छु न त तिमीसँगै बिलिन हुन। यसअघि आकाश हेरेर, आकाशमा देखेको तारा वा जून देखेर आफू हराएको थाहा छैन। अनि यसअघि तिम्रा बारेमा यति गहिरिएर सोचेको थिइनँ। किन किन मलाई जूनसँगै बरालिन मन लागिरहेको थियो- सायद त्यसले तिमीसँगै रहेको अनुभूति दिन्थ्यो मलाई। आकाशबाट तल हेरेँ परसम्म, शहरमा भर्खर बत्ती बल्दै थियो अनि कतै टाढा बलेका ती बत्तीहरु पनि मलाई ताराहरु जस्तै लागिरहेको थियो। आकाशका जून तारा र शहरका घरहरुमा धिपधिपाइरहेका ती बत्तीहरुले मलाई तिमीसम्म डोहोर्याइरहेका थिए। तिमीले मेरा बारेमा केही मीठा कुरा भन्नु न भन्दा पनि मैले अहिलेसम्म मीठा कुरा भन्न सकेको छैन, बरु जवाफमा सँधै ‘जेरी, लालमोहन’ भन्दै टारेको छु।
तिमीले हरेकपटक भन्ने गर्थ्यौ- ‘माया गरेर पनि माया देखाउनै जान्नुहुन्न हजुर ! माया गर्छु भन्नसम्म शब्द आउँदैन हजुरका ओठमा। न त यो मनले नै कहिल्यै माया गरेको आभास गर्यो।’ हो त, मैले कहिल्यै पनि तिमीले सुन्ने गरेर, तिमीले अनुभव गर्ने गरेर माया गरेको आभास हुनै दिइनँ अनि तिमीसँग हुँदा न त माया र प्रेमका कुरा नै गरेँ। म सँधै तिमीमा आशक्त भइरहेँ, तिमीसँग बोलिरहेँ, तिमीलाई भेट्न चाहिरहेँ तर पनि कहिल्यै माया गर्छु भनेर तिम्रो धडकनलाई महसुस हुने गरी भनेको छैन। मेरा आँखामा हेरेर तिमीले मैले प्रेम गर्ने कुरा बुझेऊ कि सायद ! तर अझैसम्म पनि तिमी मैले तिमीले बुझ्नेगरी माया गर्छु भनेको सुन्न आतुर छ्यौ भन्ने पनि थाहा छ मलाई।
म जून हेरेर यी कुराहरु सोचिरहेको छु। थाहा छैन मैले जून हेरेर आफूलाई टोलाउन हुन्छ या हुँदैन। यो पनि थाहा छैन कि जूनलाई तिमीसँग तुलना गर्न हुन्छ कि हुँदैन, तर यतिबेला म त्यही गरिरहेको छु। आकाशमा चम्किरहेको जूनमा म तिमीलाई देखिरहेछु- मेरो अगाडि नाचिरहेकी, मेरो अगाडि जिस्किरहेकी अनि मेरा दुवै हातलाई तानेर मेरो छातीमा लुकिरहेकी। तिम्रो आवाज, तिम्रो आँखाको चमक, तिम्रो मुस्कान सबै म त्यही जूनमा देखिरहेछु। तिमीलाई कतै अग्लो हरियाली पहाडमा पुगेर मैले ‘म तिमीलाई माया गर्छु’ भनेको इको सुन्न मन पर्छ। तिमी चाहान्छ्यौ, मैले तिमीलाई कति माया गर्छु भन्ने कुरो सारा दुनियाँले थाहा पाओस् अनि सँगै तिमीले मलाई कति माया गर्छ्यौ भन्ने कुरो पनि।
हातमा मोबाइल खेलाउँदै जूनसँग म संवाद गरिरहेको थिएँ। सोचेँ, यति सुन्दर तिम्रो एउटा तस्बिर खिच्छु र इन्स्टाग्राममा पोस्ट गर्छु, ‘मेरी सुन्दर चन्द्रमा तिमी’ क्याप्सन राखेर अनि मोबाइलको होमस्क्रिनमा सजाएर राख्छु। मोबाइलको क्यामेरा अन गरेँ। आफूलाई छतमा रहेको मार्बलमा टपक्कै टाँसेँ र क्लिक गरेँ। कैद भएको तस्बिर हेरेँ, अहँ तस्बिर सुन्दर भएन। मोबाइल स्क्रिनमा फोटो अोल्टाइपल्टाई गरेर हेरेँ, अहँ पटक्कै मन परेन। यतिबेला मेरो अगाडि नाचिरहेकी तिमी जति सुन्दर छ्यौ त्यसको एकै प्रतिशत सुन्दरता पनि फोटोमा आएन।
तिमीले टाढा हुनुपर्दाको पीडा व्यक्त गर्दा भनेको थिएँ, ‘जीवनको नियति हो यो, भोग्नैपर्छ। आफूलाई बलियो बनाऊ।’ अनि तिमीले भनेकी थियौ, ‘कोशिस त गरिरहेकी छु, अब सम्झिन्नँ भन्छु तर बेइमान मन, मान्दै मान्दैन।’ हो त, यतिबेला जून हेरेर म आफूलाई कमजोर महसुस गरिरहेको छु, सायद तिमीभन्दा पनि धेरै। हो, मैले तिमीलाई धेरै सम्झिरहेको छु, म तड्पिरहेको छु तिमीलाई देख्न, तिमीलाई भेट्न भनेँ भनेपनि तिमीले पत्याउन्नौ। किनकी मैले अहिलेसम्म कहिल्यै त्यसो भनेको छैन। अनि पछि सोचौली सायद अनि फुरुङ्ग पनि परौली। तर त्यसले तिमीलाई एकैछिनमा पीडा दिनेछ। अनि तिमीले फेरि मेरै शब्द बोल्नेछौ, ‘खै के गरौं, पखेटा छैन उँडेर आउन।’ कस्तो बिडम्बना यो भनेर पनि गुनासो गरौली सायद। आफूले माया गरेको मान्छेसँग म छैन अनि आफूलाई माया गर्छु भन्ने मान्छेले माया नै जताउन जान्दैन।
फेरि जून हेरेँ, त्यो उस्तै सुन्दर थियो अनि सँगै मुस्काइरहेकी थियौ तिमी त्यही सुन्दरताका साथ। फोटो डिलिट गरेँ, पानी ट्याङ्की राखेको छैटौं तलामा पुगेँ र त्यहाँबाट फेरि एक क्लिक गरेँ। अहँ पटक्कै चित्त बुझेन। पाँचौं तलामा झरेँ। अगाडि पूजा गर्नका लागि मठ देखियो। मठलाई अगाडि राखेर शहरको फोटो क्लिक गरेँ अनि भूकम्पपछि शहर ब्यूँतिदैछ भनेर इन्स्टाग्राममा फोटो अपलोड गरेँ। म शहरका बत्तीहरुमा भुलिन चाहिरहेको थिएँ किनकी मलाई जूनले तिम्रो यादमा डुबाइरहेको थियो। मलाई आकाशतिर हेर्नु थिएन। मलाई क्षितिजतिर हेर्नु थिएन किनकी म पलपल कमजोर बनिरहेको थिएँ, तिम्रो यादमा।
जून हेर्न छोडेर शहर हेरे पनि तिम्रो याद, तिम्रो हाँसो, तिम्रो आवाज, तिम्रो धड्कन मसम्मै आइरहेको थियो अनवरत। म कहिले पाँचौं तला र कहिले छैटौं तला भौंतारिरहेको थिएँ तिम्रो यादबाट भाग्न। तर हर पाइलामा, हर दृष्ट्रिमा, हर स्वासमा तिमी तिमी र तिमी घुमिरह्यौ। असह्य पीडामा म छटपटिँदै, भाग्दै चौथो तलामा पुगेँ। ओछ्यानमा पल्टेँ, मोबाइललाई एकातिर हुत्याएर पल्टिरहेँ। आँखा खोल्दा पनि तिमी अनि आँखा बन्द गर्दा पनि तिमी। अहँ, कहाँ भाग्ने? सकिनँ। बत्तीको स्वीच अन गरेँ, टिभीको प्लक जोडेँ। उप्स्, तिम्रो यादमा भूकम्पमा परेर टिभी फुटेको यादै पो भएनछ।
मोबाइल हेरेँ। मोबाइलमा त झन् तिम्रा अनेकन यादहरु छरपस्ट भेटिए। केही म्यासेजहरु हेरेँ र ओछ्यानमै टोलाइरहेँ। टोलाउँदै गर्दा कताकता मलाई पिङ खेलिरहे झैं लाग्यो। सायद म झकाएको थिएँ वा तिमीमै हराइरहेको थिएँ। बेडबाट उठेँ, यताउता हेरेँ, केही अनौठो देखिनँ। छतमा निस्किएँ, छिमेकीहरु ‘आयो आयो’ भन्दै थिए। एकैछिनमा थाहा पाएँ भूकम्पको परकम्प आएको रहेछ। तिम्रा याद र परकम्प पनि एकैपटक आउनुपर्ने। परकम्प आउँदा पनि तिमीलाई बिर्सिनँ सकिनँ, फेरि तिमीलाई नै सम्झेँ। तिमीले भनेकी थियौ, ‘त्यो चर्केको घरमा नबस्नू, कोठा खोजेर अन्तै सर्नू।’ खै, घर सरेर तिम्रा याद र परकम्प रोकिने छाँट छैन।
कहिलेकाहीँ सोच्छु, यसैगरी तिम्रा याद आइरहने, अनि तिम्रै यादमा म घोत्लिरहने हुँदा ठूलै परकम्प पनि थाहा नहुने दिन नआओस्। त्यसैपनि म आजकाल टोलाइरहने भएको छु। काममा ध्यान लगाउन सकेको छैन। मलाई माफ गर, मैले तिम्रो माया मार्नै सकिनँ।
See more at...http://anantabrt.com/
विकिपिडिया
[सम्पादन गर्नुहोस्]छ प्रेम भट्टराई (कुरा गर्ने) १६:५३, २५ फेब्रुअरी २०२१ (नेपाली समय)
अन्तरबार्ता
[सम्पादन गर्नुहोस्]25 103.10.31.93 (कुरा गर्नुहोस्) १५:०५, १९ मे २०२४ (नेपाली समय)
अन्तरबार्ता मा सोधिने प्रश्नहरू
[सम्पादन गर्नुहोस्]40 103.10.31.93 (कुरा गर्नुहोस्) १५:०९, १९ मे २०२४ (नेपाली समय)