प्रयोजनवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रयोजनवाद अङ्ग्रेजी शब्द Pragmatism को नेपाली रुप हो । Pragmatism शब्द ग्रीक शब्द Pragma बाट आएको हो । यसको अर्थ गरिएको कार्य (Work done), प्रभावपूर्ण कार्य (Effective action), अभ्यास र कार्य (Practical or use and deed) भन्ने हुन्छ । मुलतः जीवनका व्यवहारिकताहरूमा जोड दिने सिद्धान्त नै प्रयोजनवाद हो । प्रयोजनवादको जन्मदाता विलियम जेम्स हुन् । प्रयोजनवादको विकासमा जोन डिवे, चाल्स पेयर, स्किलर, डब्लु एच पेट्रिक जस्ता दार्शनिकहरुको ठूलो योगदाग रहेको छ । प्रयोजनवादले कुनै पनि कुरा, बस्तु वा विचार आदिलाई सोझै स्विकार नगरी त्यसलाई अभ्यासद्वारा व्यवहारमा लागु गर्दछ । प्रयोजनवादीहरू विशेषतः अभ्यास र व्यवहारमा विश्वास गर्दछन् । प्रयोजनवादीहरू कल्पना, विचार, आदर्श, आत्मा, अमरता, ईश्वरीय शक्तिलाई अस्वीकार गर्दछन् ।