प्रशङ्ग अधिकारी
"सपना र संघर्षको रेखा"
नुवाकोट को एक सुन्दर गाउँ, जहाँ अमित र अन्कित नामक दुई मित्र जोडि बस्ने गर्थे ।उनिहरु महजोडि जस्तै थिए।उनीहरुको मित्रताको उदाहरण गाउँमा सबैले दिँदथे। बाल्यकालदेखि नै यी दुई एकअर्कासँग निकै नजिक थिए। तर दुबैका स्वभाव भने एकदमै फरक थिए।उनिहरु दुई जना को जहिले एउटा न एउटा कुरामा विवाद परिरह्न्थ्यो।
अमित भने शान्त र सरल, जीवनमा ठूलो सपना देख्ने स्वभाव को थियो भने अन्कित चे घमण्डी र जिद्दी, आफ्नो बल र सम्पत्तिमा धेरै विश्वास गर्ने स्वभाव को थियो।गाउँ मा प्रत्येक बर्ष मेला लाग्ने गर्थ्यो।यस बर्ष मेला मा निकै रोचक प्रस्तुति हुन गइरहेको थियो।अन्कित र अमित को पनि सधै झगडा भैरहने कारण ले,अन्कित ले ,"अमितलाई मलाई हराउन सक्छस भने मेला मा आइजे भनेर भन्छ।" तर अमितलाई मेलामा जान मन थिएन। तर अमितले अन्कितको घमण्ड टोड्न भएपनी मेलामा सहभागी हुने निधो गर्यो। र गाउँमा मेलाको आयोजना भयो। दुवैले प्रतिस्पर्धामा (धार्मिक ज्ञानको सवाल-जवाफ) मा भाग लिए।अमितले किताब र ठुलोबडा मान्छे बाट सिकेका कुरा बोलेर सबैलाई चकित पार्यो।अन्कितले भने आफूले केही नपढेको भए पनि घमण्डले अमितलाई हराउने अठोट लियो।मेलामा अमितले जित्यो।अन्कित आफुमा धिकार्छ।अन्कितले आफैले थापेको जालमा आफै परे भन्ने कुरा को अनुभुती लियो।अन्कितलाइ प्रतिस्पर्धा मा हारेपछि मन मा अमित प्रति उस्को रीस झनै बढी भयो । अन्कितले हारेको कुरा सहन सकेन। र ,"तिमीले के जान्यौ? एकदिन यो गाउँ मात्र होइन, सारा ठाउँमा मेरो नाम हुनेछ" अन्कितले चर्को घमण्डको स्वरका साथमा अमितलाई भन्यो। अमित शान्त भएकोले उस्ले एउटा श्लोक भन्छ जुन उस्ले आफ्नो हजुरबुबा बाट सिकेको थियो।"नाम ठूलोभन्दा पनि कर्म राम्रो हुनुपर्छ, साथी।" अमितले शान्त भई उत्तर दियो।तर त्यसै श्लोकमा अन्कित ले प्रश्न गर्छ,"यदि तिमिलाइ कर्म मा बढी बिश्वास लाग्छ भने किन प्रतिस्पर्धामा जितेर आफ्नो नाम बढायौ त?"फेरि अमित ले भन्छ,"त्यो त मैले केबल तिम्रो घमण्ड टोड्न मात्र गरेको हो," के तिमिलाइ सबै तिमी जस्तो हुन्छ जस्तो लाग्छ?" उनीहरु बिच को घनिष्ठ मित्रता अन्कितको घमण्ड को कारण चिसिन पुग्यो।कयौं वर्षहरू बिते।उनिहरु दुबै आआफ्नो खुट्टामा उभिन सक्ने भैसकेका थिए। अमितले गाउँमै रहेर सानो विद्यालय खोल्यो।जस्को नाम थियो "शान्ति अमित नुवाकोट विद्यालय"।जुन बिद्यालय मा गाउँका गरिब बालबालिकालाई निशुल्कमा शिक्षाको ज्योति दिने गरिन्थ्यो। अन्कित भने काठमाडौ सहर गयो र ऋणमा व्यापार सुरु गर्यो। अनि सोझा साझा जनतालाई नराम्रो र मिति सकेको खानेकुरा बेचेर धनाढ्य बन्यो। उ सङ्ग पहिलै देखिको घमण्ड थियो। झनै लुटपाट गरेर कमाको सम्पत्ति र सफलतापाएपछि उसको घमण्ड झनै बढ्दै गयो।र उस्लाइ चलायो भने पद्धकिने स्वभावको उ भयो।जन्तालाई लुटेर कमाको पैसा बाट मोज मस्ती गरिसकेर बढी भएको पैसा उस्ले आफ्नो पुरानो गरिब गाउँलेहरुलाइ दिने निर्णय गर्यो।र एकदिन अन्कित ठूलो कारमा गाउँ फर्कियो। उसले गाउँका मानिसहरूलाई उपहार दियो तर अमितसँग उसको दुरी झन् बढ्दै गयो। त्यो अलिअलि पैसा बाढेर झनै उस्मा बढि घमण्ड छायो।र त्यसैबिचमा अन्कित ले अमित त्यही गाउमा बसेर बिद्यालय खोलेको कुरा थाहापाउछ।र अमित पनि आफ्नो बिद्यालय जादै थियो त्यसै बिचमा बाटो मा अन्कित सङ्ग भेट हुन्छ।अन्कितले अमितलाइ होच्याउने तरिकाले," अमित तिमी अझै गाउँ मा बसिराछौ?हेर मलाइ सहर गएर कस्तो फेरिसके।तिमिले त बिद्यालय पनि खोलेकाछौ रे? अब मलाई तिम्रो सानो विद्यालयले केही फरक पार्दैन" अन्कितले भन्यो। तर अझै पनि अमित चुपचापनेइ थियो।अन्कितले फेरि होच्याएर ,"ए जा न मेरो साथिलाइ अलिकति पैसा दे" भनेर उस्को सहयोगी लाई अराउछ। र पैसा दिदा पनि अमितले लिदैन।र आफ्नो बाटो उ बिद्यालय जान्छ ।अन्कित पनि काठमाडौ फर्किन्छ।काठमाडौ फर्किसक्दा उस्को उद्योग पुरै दुब्छ।किनभने उस्ले ठगीमा गरेको व्यापार बारे प्रहरीलाई थाहा हुन्छ।र उस्को काम्दार सबैलाई प्रहरीले समात्छ र प्रहरी अन्कित कै पर्खाइ मा हुन्छ।तर उ भागेर आफ्नो गाउँ फेरि आउन सफल हुन्छ। जीवनले अन्कितलाई पनि सबक सिकायो। सबै मानिसहरू जसले एक समय उसको चाकरी गर्थे, विस्तारै टाढा हुन थाले। यो देखेर अन्कितलाई मात्र एउटा कुरा याद आयो।र त्यो कुरा थियो अमित।आफ्नो घमण्ड त्यागेर, अन्कितले अमितसँग माफी माग्यो। तर अमितले केही दिन अघिको कुरा सम्झेर नबोल्ने सोचेको थियो तर उस्को मनमा बैगुनीलाई गुणले मार्नु पर्छ भन्ने कुरा आयो र बोल्यो। "तिमी सधैं ठीक थियौ, साथी। धन ठूलो होइन, कर्म नै ठूलो हो।"भनेर अन्कितले अमित लाई भन्यो र उस्को सामु माफी माग्यो।
अमितले उसको कुरा सुनेर मुस्कुरायो। "हामी सबैसँग घमण्ड हुन्छ, तर माया त्यो हो जस्ले घमण्डलाई हराउन सक्छ।"भनेर अमितले अन्कितलाइ भन्यो।अन्कितले आफ्नो सीप र अनुभव प्रयोग गरेर विद्यालयको लागि सहयोग गर्ने निर्णय गर्यो ।तर अमितले फेरि होच्याएर मेरो बिध्यालय को नाममै शान्ति छ भन्छ।तर त्यो उस्ले जिस्किएर भनेको हुन्छ। दुई साथी फेरि मिलेर काम गर्न थाले र फेरि गाउँको आदर्श बने। सन्देश:
घमण्ड अन्ततः झुक्छ, तर माया र मित्रता सधैं अटल रहन्छ। सफलता कर्मबाट आउँछ, घमण्डबाट होइन। मित्रता भन्दा ठुलो पैसा होइन। गाउँमा बस्ने बितिक्कै पाखे भैहाल्दैन,पछि तेसै सङ्ग झूक्नुपर्ने अवस्था आउन्सक्छ। कथा कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला।