सामग्रीमा जानुहोस्

प्लेमेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुटबलमा प्लेमेकर भन्नाले त्यस्तो खेलाडी भन्ने बुझिन्छ, जसले आफ्नो टोली को आक्रामक खेल नियन्त्रण गर्ने हेक्का राख्दछ, टोलीका हरेक खेलाडीलाई विशेष तरिकाले पास उपलब्ध गराउने र स्ट्राइकरलाई सुन्दर गोल गर्ने अवसर प्रदान गर्दछ । प्लेमेकरमा धैर्यता, खेल पढ्ने क्षमता, बल नियन्त्रण, गोल गर्ने मौका सिर्जना गर्ने र बल वितरण जस्ता सिपहरू हुन्छन् । इङ्गलिस फुटबलमा प्लेमेकर शब्दले आक्रामक मिडफिल्डर भन्ने सङ्केत गर्दछ तर यी दुइ के मानेमा फरक छन् भने प्लेमेकरलाई सँधै एउटै स्थानबाट खेलिरहनु पर्ने दबाब हुँदैन । कैयौँ प्लेमेकरहरूमा विङ्ग पनि चिरफार गर्ने क्षमता हुन्छ भने कति समर्थनात्मक स्ट्राइकरको भूमिकामा रहन रूचाउँछन् । अधिकतर प्लेमेकरहरूलाई उनीहरूको रक्षात्मक क्षमताका कारण चिनिँदैन जसकारण उनीहरूलाई खेलमा रक्षात्मक मध्यपङ्क्तिबाट विशेष सहयोग मिल्दछ । समग्रमा भन्दा प्लेमेकर टोलीको जीतको सुत्रधार हो ।

एडभान्स्ड प्लेमेकर

[सम्पादन गर्नुहोस्]

पुर्ण र बहुप्रतिभावान प्लेमेकरलाई एडभान्स्ड प्लेमेकर वा स्वतन्त्र भूमिकाका प्लेमेकर भनिन्छ किनभने तिनिहरूले केन्द्रिय मध्यपङ्क्ति, आक्रामक मध्यपङ्क्ति र विङ्गबाट पनि खेल पस्कन सक्छन् । आक्रामक प्लेमेकरहरूलाई कहिलेकाहीँ "नम्बर १०" भनिन्छ किनभने प्राय उनीहरूले नम्बर १० जर्सी भिर्ने गर्दछन् ।

डीप-लाईङ प्लेमेकर

[सम्पादन गर्नुहोस्]

डीप-लाईङ प्लेमेकर, धेरैजसो जर्सी नम्बर ५, ६ वा ८ (दक्षिण अमेरिकी फुटबलमा), भित्री वा गहिराईबाट खेल्ने प्लेमेकर हुन् । यी प्लेमेकर आफ्नो तिक्ष्ण प्राविधिक खेल र पास क्षमताका कारण चिनिन्छन् ।