फ्राङ्क रिबेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्राङ्क रिबेरी

फ्राङ्क हेनरी पियरे रिबेरी (जन्म ७ अप्रिल १९८३), बिलाल युसुफ मोहम्मद नामले पनि चिनिन्छन् फ्रान्सेली फुटबल खेलाडी हुन् । रिबेरी हाल बायर्न म्युनिखमा आबद्ध छन् । राष्ट्रिय टिम या क्लब फुटबल जहाँसुकै उनको चर्चा चुलिएको हुन्छ । उनलाई द्रुत र चलाख खेलाडीका रूपमा लिइन्छ भने ड्रिब्लङमा उनको जवाफ छैन । बललाई कुसलतापुर्वक नियन्त्रण गर्न खुबी राख्ने रिबेरीलाई फ्रान्सेली सुपरस्टार जिदानेले "फ्रान्सेली फुटबलको गहना" का रूपमा परिभाषित गरेका छन् । ड्रिबल गर्दा उनको शारीरिक चालले विपक्षीलाई गलत प्रतिक्रिया गर्न उक्साउँछ ।