बाँस काट्नेको कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजकुमारी कागुयालाई भेटाइएको (इडो अवधि, १७ औं शताब्दीको अन्त्यतिर गरिएको चित्रण)

बाँस काट्नेको कथा (竹取物語?) १० औं शताब्दीको जापानी मोनोगाटारी (काल्पनिक गद्य कथा) हो जसमा जापानी लोककथा समावेश छ। यसलाई सबैभन्दा पुरानो जिवित जापानी गद्य कथन मानिन्छ।[१][२] यद्यपि सबैभन्दा पुरानो पांडुलिपि १५९२ सम्मको मिल्छ। [३]

यो कथालाई यसको नायिकाको पछि राजकुमारी कागुयाको कथा को रूपमा पनि चिनिन्छ। [४] यसले मुख्य रूपमा कागुया भन्ने रहस्यमय केटीको जीवनको बारेमा वर्णन गर्दछ, जो एक चम्किरहेको बाँसको बोटको डाँठ भित्र एउटा बच्चाको रूपमा पत्ता लागेकी थिइन्।

कथा[सम्पादन गर्ने]

टाकोटोरी नो ओकिनाले कागुया-हिमलाई आफ्नो घरमा लैजान्छ। सी. १६००मा तोसा हिरोमिचीले बनाएको।

एक दिन, बाँसको जङ्गलमा हिंड्दै गर्दा, टेकटोरी नो ओकिना (竹 取 翁 "वृद्ध मानिस जो बाँस काट्छ"?) भनिने एक पुरानो, सन्तानहीन बाँस कटर बाँसको मानिसले एक रहस्यमय चम्किरहेको डाँठ भेट्टाउछ। यसलाई काटे पछि, उसले आफ्नो बुढी औलाको आकारको शिशु फेला पार्छन्। ऊ यति सुन्दर केटी पाउँदा रमाए र उसलाई आफ्नो घरमा लगे। उनी र उनकी पत्नीले उसलाई आफ्नै बच्चाको रूपमा पालनपोषण गरे र उनको नाम कागुया-हिम राखे (सहि भन्दा かぐや姫, नायोतके नो कागुया-हिम, "कोमल बाँसको चमकदार राजकुमारी")। त्यस पछि, टाकोटोरी नो ओकिनाले हरेक चोटी बाँस डाँठ काट्दा सुनको सानो टुक्रा भेट्टाए। चाँडै ऊ धनी भए। कागुया-हिम सानो बच्चाबाट सामान्य आकारमा बढोर असाधारण सुन्दरताको महिला भइन्। सुरुमा, टाकोटोरी नो ओकिनाले उनलाई बाहिरी व्यक्तिहरूबाट टाढा राख्ने प्रयास गरे, तर समय बित्दै जाँदा उनको सुन्दरताको खबर फैलियो।

अन्तमा, पाँच राजकुमार टाकोटोरी नो ओकिनाको निवासमा विवाह गर्न भनेर सुन्दर कागुया-हिमको हातको माग्‍न आए। राजकुमारहरूले अन्ततः टाकोटोरी नो ओकिनालाई मनाए कि अनिच्छुक कागुया-हिमलाई उनीहरू बीचबाट एउटा छनौट गर्न मनाए। जुन राजकुमारले असम्भव कार्य गरेर आफुले भनेको निर्दिष्ट वस्तु लिएर आउछ, त्यै राजकुमारसँग विवाह गर्न कागुया-हिम सहमत भइन। त्यो रात, टाकोटोरी नो ओकिनाले पाँच जना राजकुमारहरूलाई प्रत्येकले के ल्याउनुपर्नेछ भनेर भने पहिलोलाई उनले भारतबाट बुद्ध शाक्यमुनीको पत्थरको कचौरा ल्याउन भने, दोस्रोलाई होराईको पौराणिक टापुबाट आएको रत्नको शाखा, तेस्रोलाई चीनको आगोवाला मुसोको पौराणिक पोशाक, चौथोलाई ड्रागनको घाँटीमा भएको रङ्गीन गहना , र अन्तिम राजकुमारलाई गौँथलीले जन्माएको एक कौडीको खोल ल्याउन भने।

यो असम्भव काम हो भनेर बुझेपछि पहिलो राजकुमारले कागुया-हिमेले यसलाई वास्तविक मान्नेछिन भन्ने आशामा, एक महँगो ढुङ्गाको कचौरा लिएर फर्के, तर पवित्र प्रकाशमा त्यो कचौरा नचम्किए पछि कागुया-हिमेले आफुलाई छल गरेको चाल पाइन्। त्यस्तै अन्य दुई राजकुमारहरूले उनलाई नक्कलको साथ धोका दिन कोशिश गरे तर असफल भए। चौथोले आँधीबेहरी सामना गरेर हार माने अनि अन्तिम राजकुमारले उनको प्रयासमा ज्यान गुमाए (केही संस्करणमा गम्भीर घाइते भए)।

यसपछि, जापानका सम्राट, मिकाडो, सुन्दर कागुया-हिम हेर्न आए र, प्रेममा परेपछि, उनले उनलाई विवाह गर्न भने। राजकुमारहरूलाई जस्तो असम्भव कार्य नदिए पनि कागुया-हिमले विवाहको लागि गरिएको अनुरोधलाई अस्वीकार गरिन र उनीले आफू सम्राटको देशको नभएकोले उनीसँग दरबारमा जान नसक्ने कुरा बताइन्। उनी सम्राटको निकटमा रहिन, तर उनको अनुरोध र विवाह प्रस्तावलाई अस्विकार गरिरहिन।

त्यो गर्मीमा जब कागुया-हिमेले पूर्णिमाको चन्द्रमा देख्छिन्, उनका आँखाहरू आँसुले भरिन्छन्। उनलाई पाल्ने आमा बुबाले धेरै चिन्ता गरेर उनलाई प्रश्न गर्दा पनि उनी बताउन असमर्थ थिइन्। उनको व्यवहार अस्थिर बन्न थाल्यो। त्यस पछि उनले आफू त्यो संसारको नभएकोले चन्द्रमामा आफु फर्कनु पर्ने कुरा बताइन्। यस कथाको केही संस्करणहरूमा यो भनिन्छ कि उनलाई अपराधीको रूपमा पृथ्वीमा भौतिक संलग्नता बनाउन पठाइएको थियो, जबकि अरूमा, उनलाई आकाशीय युद्धको समयमा उनको आफ्नै सुरक्षाको लागि पृथ्वी पठाइएको बताइएको छ। टाकोटोरि नो ओकिनाले भेटाएको सुन वास्तवमा चन्द्रमाका मानिसहरूले कागुया-हिमकोको लागि वृत्ति पठाइएको रहेछन्।

कागुया-हिम फेरि चन्द्रमामा जान्छिन्

उनको फर्कने दिन नजिक आईपुग्दा, सम्राटले उनलाई चन्द्रमाको मानिसहरूबाट जोगाउन उनको घर वरिपरिका धेरै रक्षकहरू पठाए तर जब स्वर्गका दुतहरु टाकोटोरी नो ओकिनाको घर को ढोकामा आइपुगे, रक्षकहरूले अजीब प्रकाशले केहि देखेनन्। कागुया-हिमेले घोषणा गरिन कि उनी पृथ्वीमा आफ्ना धेरै साथीहरूलाई माया गर्छिन्, तर उनीले चन्द्रमाको मानिसहरूसँगै उनको घर फर्किनुपर्छ। उनले आफ्ना बाबुआमा र सम्राटलाई माफी माग्न दु:खले भरिएको चिठीहरू लेखिन्, त्यसपछि उनको आमाबुबालाई सम्झनाको रूपमा आफ्नो पोशाक दिइन्। त्यसपछि उनले सम्राटलाई उनको पत्रमा अमर बनाउने अमृत राखेर त्यो एक गार्ड अफिसरलाई दिइन्। जब उनले त्यो सुम्पिन्, उनको फेदरको लुगा उनको काँधमा राखियो, र पृथ्वीका मानिसहरूप्रति उनको सबै उदासी र अनुकम्पा स्पष्ट रूपमा उनले बिर्सिइन्। स्वर्गीय पदयात्राले कागुया-हिमलाई क्षुकि नो मियाको (の 都; lit. "चंद्रमाको राजधानी") फर्काए। उनको पार्थिव पालनपोषण गर्ने अभिभावकहरू आँसुले भरिए।

जादै गरेकी राजकुमारी

आमाबुबा धेरै दुःखी भएर बिरामी भए। अधिकारीले कागुया-हिमेले सम्राटलाई दिएको चिजहरु दिएर के भएको थियो भने। सम्राटले उनको पत्र पढी उदासिनताले भरिए। उनले आफ्ना नोकरहरूलाई सोधे, "स्वर्गको सबभन्दा नजिकको पर्वत कुन पर्वत हो?", जसलाई कसैले सुरुगा प्रान्तको महान पर्वत हो भनेर जवाफ दिए। उनको सन्देश टाढाको राजकुमारीमा पुग्नेछ भन्ने आशामा सम्राटले आफ्ना मान्छेहरूलाई उक्त पत्र त्यो डाँडाको चुचुरोमा लगेर जलाउने आदेश दिए। ती मानिसहरूलाई अमृत पनि जलाउन आदेश दिइयो किनकि सम्राटले उनलाई नदेखी सधैंभरि बाँच्न चाहेनन्। किवदन्ती अनुसार अमरत्व, 不死 (फ्युसी), बाट माउन्ट फुजी पहाडको नाम बनेको हो । यो पनि भनिन्छ कि पहाडका लागि कांजी, 富士山 ("परवतमा प्रशस्त योद्धाहरु"), सम्राटको सेनाहरु पहाडको भित्तामा चढेको घटनाबाट आएको हो। भनिन्छ कि आगोको धुवाँ अझै पनि उठ्छ। (विगतमा माउन्ट फुजी धेरै बढी ज्वालामुखी क्रियाशील थियो र यसैले बढी धुवाँ उत्पादन गर्थ्यो।)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "रजापान: साहित्य", Windows on Asia, MSU। 
  2. "17. A Picture Contest". The Tale of Genji. http://www.globusz.com/ebooks/Genji/00000028.htm. "the ancestor of all romances" )
  3. Katagiri et al. 1994: 95.
  4. Katagiri et al. 1994: 81.