सामग्रीमा जानुहोस्

जैविक क्षमता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बायोपावरबाट अनुप्रेषित)

जैविक क्षमता वा बायोपावर फ्रान्सेली विद्वान, दार्शनिक, इतिहासकार, र सामाजिक सिद्धान्तकार मिसेल फुकोद्वारा बनाइएको वा प्रयोग गरिएको शब्द हो। यो आधुनिक राष्ट्रका राज्यहरूको अभ्यास र विषयहरूको नियमनलगायत मानिसहरूलाई अधीनमा राख्न र जनसङ्ख्या नियन्त्रणको लागि विविध विधिहरूको ब्यापक प्रयोगसँग सम्बन्धित छ।[] फुकोले यो शब्द पहिलो पटक 'कोलेज दा फँस'मा आफ्नो व्याख्यानमा प्रयोग गरेका थिए।[] [] यो शब्दको पहिलो प्रकाशन भने (फुकोको 'द हिस्ट्री अफ सेक्लिसुटी'को पहिलो खण्डमा) 'द विल टु नोलेन्स'मा छापिएको थियो। []

फुकोका अनुसार जैविक क्षमता एक प्रविधि हो, जुन ठूलो समूहमा मानिसहरूलाई नियन्त्रणको लागि प्रयोग गरिन्छ। सामाजिक अनुशासनात्मक संस्थाहरूमार्फत तथा जनसङ्ख्याको जैविक राजनीतिमार्फत मानव नियन्त्रणलाई जनाउँछ। फुकोको विश्लेषण अनुसार आधुनिक शक्ति सामाजिक व्यवहार र मानवीय आचरणमा देखिने गर्छ, र यो विस्तारै सूक्ष्म नियमहरू र सामाजिक व्यवस्थालाई स्वीकार गर्छ। यसले आधुनिक राष्ट्र वा राज्य, पूँजीवाद, आदिको निर्माण गर्न सम्भव बनाउँछ।[] जैविक क्षमता शाब्दिक रुपमा शरीरिक शक्तिद्वारा जनसङ्ख्या नियन्त्रणको लागि धेरै र विविध विधिहरूको व्यापक प्रयोग हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Michel Foucault The History of Sexuality Vol. 1 p. 140 (1976)
  2. Michel Foucault: Security, Territory, Population: Lectures at the Collège de France 19771978 pp. 14; see notes on p. 24, notes 14 (2007)
  3. Michel Foucault: Society Must Be Defended Lectures at the Collège de France 19751976 p. 243 (2003)
  4. Michel Foucault, (1998) The History of Sexuality Vol. 1: The Will to Knowledge. London: Penguin
  5. "Amedeo Policante. "War against Biopower: Timely Reflections on an Historicist Foucault", Theory & Event, 13. 1 March 2010", Muse.jhu.edu, अन्तिम पहुँच २९ अक्टोबर २०१४
  6. Michel Foucault The History of Sexuality Vol. 1: The Will to Knowledge. London: Penguin. p. 140 (1998)