बौद्ध धर्ममा पञ्चशील

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चशील

  1. प्राणी हिंसाबाट टाढा रहने।
  2. झूठो बोल्नबाट टाढा रहने।
  3. चोरी नगर्ने।
  4. व्यभिचार नगर्ने।
  5. मध्यपान नगर्ने।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

प्राणी हिंसा नगरिँदाका दशवटा फल[सम्पादन गर्नुहोस्]

  • अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
  • स्वच्छ र सुन्दर शरीर हुनेछ।
  • हेर्दाखेरि नै मनलाग्दो सुन्दर रूप भएको हुनेछ।
  • शूर वीर हुनेछ।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

चोरी नगरिँदाका चारवटा फल[सम्पादन गर्नुहोस्]

  • धन सम्पत्ति पूर्ण हुनेछ।
  • भएको धन सम्पत्ति स्थिर हुनेछ।
  • इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
  • राजा, पानी, आगो, चोर र शत्रुहरूबाट केही गर्न नसकिने रूपबाट धन प्राप्त भइरहनेछ।

व्याभिचार नगरिँदाका सातवटा फल[सम्पादन गर्नुहोस्]

  • शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।
  • सुखपूर्वक सुत्न सक्नेछ।
  • सुखपूर्वक उठ्न सक्नेछ।
  • स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।
  • चारवटा दुर्गतिबाट बच्नेछ।
  • इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।
  • धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।

झुठ कुरा नबोलिँदाका पाँच फल[सम्पादन गर्नुहोस्]

  • विशेषरूपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
  • तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
  • दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
  • कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
  • नोकर चाकर र परिवारहरूले उसको कुरा सुन्नेछन्।

सुरापान नगरिँदाका नौवटा फल[सम्पादन गर्नुहोस्]

  • गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।
  • अलसी हुँदैन।
  • लाटो र गोंजेंग्रो हुनेछैन।
  • ज्ञान बुद्धि भएको हुनेछ।
  • ईर्ष्या गर्नेबाट रहित हुनेछ।
  • बेहोश हुँदैन।
  • शान्त स्वभावको हुनेछ।
  • नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।
  • इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।

प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक[सम्पादन गर्नुहोस्]

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नु पर्नेछ। • नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनु पर्नेछ। • सुन्दर रूप नभई विरूप भई जन्म लिनु पर्नेछ। • हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ। • खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनु पर्नेछ। • जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ। • नरम शान्त स्वभाव भन्ने हुँदैन। • रूप लक्षणको नभएर अलक्षणको हुनेछ। • सभाको बीचमा शूरु नभएर काथर हुनेछ। • बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन्। • बल शक्तिहीन हुनेछ। • लाटाले जस्तो कुरा गर्नेछ। • दाजु-भाई, इष्ट-मित्र परिवारहरू नाश भई एक्लो दु:खी जीवन बिताउनु पर्नेछ। • आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ। • दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरूले ठगी वा खोसी खाइदिनेछन्। • अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ। • आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरूसंग अलग भइ बस्नु पर्नेछ। • आमाको गर्भमै बसी मरण हुनु पर्नेछ। • जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।

परधन चोरिँदाका सातवटा विपाक[सम्पादन गर्नुहोस्]

• मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। • मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नु पर्नेछ। • अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन। • दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ। • राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ। • संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ। • खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।

व्यभिचार गर्दाका सातवटा विपाक[सम्पादन गर्नुहोस्]

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नु पर्नेछ। • धेरै प्राणीहरूका शत्रु भई बस्नु पर्नेछ। • धेरै मानिसहरूबाट मन नपराई अप्रिय भई बस्नु पर्नेछ। • परजनहरूबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नु पर्नेछ। • सुखपूर्वक सुत्न पाइनेछैन। • सुखपूर्वक उठ्न पाइनेछैन। • नपुंसक भई जन्म लिनु पर्नेछ।

असत्य कुरा गर्दाका सातवटा विपाक[सम्पादन गर्नुहोस्]

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नु पर्नेछ। • नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरूप हुनु पर्नेछ। • लाटो बक नफुट्ने भई जन्म लिनु पर्नेछ। • दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरूपमा कुरा गर्न नसकिने हुनेछ। • शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनु पर्नेछ। • अति नै दुर्गन्धित शरीर हुनेछ। • आफूले गरेको पराजनहरूद्धारा सुन्नमा मन लगाइने छैन।

सुरापन गर्दाका बीसवटा विपाक[सम्पादन गर्नुहोस्]

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। • नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनु पर्नेछ। • ज्ञान बुद्धि नभएका मूर्खहरूसँग सत्संगत गर्नु पर्नेछ। • सधैं स्मृति विहीन भई बस्नु पर्नेछ। • सधैं अलसी भई बस्नु पर्नेछ। • सधैं मूर्ख बदमास भई बस्नु पर्नेछ। • जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनु पर्नेछ। • समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नु पर्नेछ। • अति द्धेषी र अति क्रोधी भई जन्मनु पर्नेछ। • हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नु पर्नेछ। • राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नु पर्नेछ। • बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनु पर्नेछ। • असत्य कुरा गर्ने हुनेछ। • अरुलाई चुग्ली गर्ने हुनेछ। • परउपकारलाई नचिन्ने हुनेछ। • दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनु पर्नेछ। • पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ। • सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ। • उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ। • दुष्ट र नीच कर्म गर्ने हुनेछ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]