ब्रेन भाइरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १९८६मा जनवरीमा पहिलो पटक देखा परेको यो कम्प्युटर भाइरस लाई प्रथम कम्प्युटर भाइरस भनिन्छ| यो भाइरस पाकिस्तान का दाजु-भाईले एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रूपले स्पष्ट हुन सकिएको छैन। सन् १९८४मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेनले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेको २ वर्ष नबित्दै सन् १९८६मा यस ब्रेन भाइरसको निर्माण भएको थियो। बिजिनेस विक् en:Businessweekले यसलाई पाकिस्तानि फ्लु en:Pakistani flu नामाकरण गरेको थियो |

प्रभाव[सम्पादन गर्नुहोस्]

फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए। बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो। हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन। बुट सेकट‍रलाई पु‍न नामाकरण् गरी देहायको सन्देश देखाउने गर्दथ्यो :

Welcome to the Dungeon © १९८६ Brain & Amjads (pvt) Ltd VIRUS_SHOE RECORD V९.० Dedicated to the dynamic memories of millions of viruses who are no longer with us today - Thanks GOODNESS!! BEWARE OF THE er..VIRUS : this program is catching program follows after these messages....$#@%$@!!