ब्लग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के हो ब्लग ?[सम्पादन गर्नुहोस्]

ब्लगको चरम स्वच्छन्दता कारण यसको कुनै निश्चित तोकिएको परिभाषा एवम् यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन। जसका कारण ब्लगलाई एउटै प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन। तैपनि ब्लगलाई प्राय सबैले अनलाईन डायरीको रूपमा परिभाषित गर्ने गरेका छन। त्यसैले ब्लग लाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ जस्तै :–

  • ब्लग यस्तो अनलाईन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रूपमा राख्न सक्नुहुन्छ ।
  • ब्लग यस्तो अनलाईन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।

ब्लग शब्दको प्रारम्भ वेबलगबाट शुरु भएको हो। वेभ लग बाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन्। छोटकरी रूपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रक्रियालाई ब्लगगिङ्ग भनिन्छ ।

ब्लगको इतिहास [सम्पादन गर्नुहोस्]

इन्टरनेटको प्रारम्भमा प्रत्येक नयाँ पन्नाहरू खुल्दा उमंग र उत्साहको माहौल बन्थ्यो। इन्टरनेटको संजालमा जो जो छिर्नसक्थे उनीहरूमा गर्व हुन्थ्यो एक छुट्टै संसारमा पुग्न सकेकोमा। सन् १९९२को दशकमा आएर टाम बर्नरर्स लिले प्रारम्भमा क्यानयाँ पन्ना नामक पेज निर्माण गरे। त्यसपछि अर्का हस्ती र्माक एन्डरसर्नले उस्तै अर्को पन्नाको निर्माण गरे। दुबैले आफ्ना रचनाहरू इन्टरनेटको दुनियमा लिंक गरिदिए। जव इन्टरनेटका प्रयोगकर्ताहरूको प्रयोग बढ्दै गयो, र वल्डवाइड वेभको प्रयोग बढ्दै गयो अन्य कार्यक्रम निर्माताहरूले कोडेड पन्नाहरूको निर्माण गरी इन्टरनेटका प्रयोगकर्ताहरूमाझ फालिदिए जस्टीन हलले सन् १९९४मा फिल्टर लगको प्रारम्भ गरे। उनले त्यो बेला ष्लिप।लभत बाट ब्लगको शुरुवात गरेका थिए। सन् १९९८मा जर्न र्बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरे। त्यसपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो। र यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगरपिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधानको प्रारम्भ गरे। यि दुबै साइट प्रदायहरूले सहज रूपमा जसलाई पनि वेभब्लग खोल्ने सुविधा उपलब्ध गराए।
दुबैका सहजै साइनअप गरेर आफुलाई मन लागेको कुरा लेखेर प्रकाशित गर्न सक्ने भए। यि दुबैले एचटिएमएल कोड विहिन सेवा शुरु गरेकाले यो ज्ञान नभएकाका लागि पनि सहज बन्दै गयो। त्यसपछि करौडौ ब्लगहरू इन्टरनेटको दुनियामा तैरिन थाले ।

नेपालमा ब्लग[सम्पादन गर्नुहोस्]

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने एकिन इतिहास छैन। तर २०६१ माघ १९मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रूपमा ब्लग देखिएको हो। राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि सम्पूर्ण साचार माध्ययमलाई नियन्त्रणमा राख्ने प्रयास भयो। यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरू पत्रकारहरूले नेपालामा ब्लगिङ्गलाई प्रवेश गराएका हुन्। हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो।

नेपालमा ब्लगको प्रवेश[सम्पादन गर्नुहोस्]

राजाको सञ्चार र स्वतन्त्रताप्रति अनुदार नैतिका साथ शुरु भएको प्रत्यक्ष शासनसंगै नेपालमा ब्लग शब्द भित्रिएको मानिन्छ। २०६१को शाही कु संगै स्वतन्त्र रूपमा पत्रकारीतालाई आफ्नो पेशाका रूपमा अङ्गाल्दै आएका युवा पत्रकारहरूले सूचना प्रति अनुदार सरकारको प्रत्यक्ष अनुभव गर्नपुगे।। राजाको प्रत्यक्ष शासन अगाडि केही अपवादलाई छोडेर हेर्ने हो भने उनीहरू निर्धक्कताका साथ दे देख्थे त्यो लेख्थे। उनीहरूमा मैले लेखेको समाचार कतै सेन्सर हुने होकि भन्ने पूर्व भय थिएन।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरू सम्पादन हुन थाले। उनीहरू कालोलाई सेतो अनी सेतोलाई कालो बनाउन थाले। केही सञ्चार गृहहरूले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरूलाई दवाव दिन थाले। तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रूपमा स्विकार गर्न सकेनन्। तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन। समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरूको सामु बरदान बनेर आयो ब्लग। स्वतन्त्रताका भोका युवा पत्रकारहरूले आफ्नो सही सूचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे।

बैशाख ११, २०६३को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरूको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ। २०६१ माघ १९ राजनीतिक रूपमा नेपालको इतिहासमा काला अक्षरले आतंकित दिनका रूपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुनेछ।

ब्लगिङ् गर्दा ध्यान दिनुपर्ने कुराहरु [सम्पादन गर्नुहोस्]

  • १. सकेसम्म सिर्जनात्मक लेखलाई मात्र स्थान दिनुहोस् । साभार जानकारी जस्तै समाचार पोष्ट गर्दै हुनुहुन्छ भने लिङ्क ब्याक गर्न नबिर्सुहोला । अरुको रचना चोरेर नकरात्मक ख्याति नकामाउनुहोस् । 
  • २. ब्लगपोष्टका शीर्षकहरू छोटा र आकर्षक बनाउनुस् । शीर्षक नदोहोर्याउनुस् । शीर्षक लेख सुहाउँदो भए नभएको मुल्याङ्कन गर्नुहोस् । 
  • ३. ब्लगपोष्टको प्रस्तुतिमा ध्यान दिनुहोस् । कुरा र अनुच्छेद दुवै छोटा र विषय केन्द्रित राख्नुहोस् । आफ्नो ब्लगको मूल उदेद्दय पहिचान गर्नुहोस् । 
  • ४. पाठक बढाउँन अरूका ब्लगपोष्टहरू अध्ययन गर्नुहोस् र प्रतिक्रिया दिनुहोस् । तपाईँले अरूको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईँको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भवना रहन्छ । 
  • ५.पाठकहरूसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरूले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत् गर्नुहोस् । 
  • ६. ब्लगलेखनलाई नियमित बनाउनुहोस् । अनियमित ब्लगरलाई अरु पाठक र ब्लगरहरूले ध्यान नदिन सक्दछन् । 
  • ७. आफ्ना लेखरचनालाई समाजिक सञ्जालको प्रयोग गरी धेरै जनामा बाड्नुहोस् । यसो गर्दा तपाइंको पोष्टका पाठकसंख्या बढ्ने सम्भवना रहन्छ । 
  • ८. समय सापेक्षित लेखरचना र पढ्दा फाईदा हुने कुराहरु लेख्नुहोस् र बाढ्नुहोस । 

रिफरेन्सहरू[सम्पादन गर्नुहोस्]